Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के सत्तारुढ गठबन्धनको बहुमत पुग्छ? एमाले गठबन्धनको बहुमत सम्भव छ? यस्तो छ हिसाब

Posted on November 25, 2022 by Salokya

१३५ सिटको परिणााम आइसक्दा र समानुपातिकतर्फ पनि आधा मत गनिसक्दा सिन अलि क्लियर हुन थालेको छ। सत्तारुढ गठबन्धनको बहुमत पुग्छ कि एमाले गठबन्धनको? अब अनुमान लगाउन अलि सहज भएको छ।

२७५ सिटको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ देशभरबाट १६५ जना निर्वाचित हुन्छन् भने देशभर पार्टीले पाएको सिटका आधारमा धेरै मत ल्याउने दलहरुले ११० सिट जित्छन्। सरकार बनाउन चाहिने बहुमत १३८ हो। शुक्रबार राति १० बजेसम्मको प्रत्यक्षतर्फको जित र अग्रता अनि लगभग आधा गणना भइसकेको समानुपातिकतर्फको मतगणना अनुसार पाउने सिट सम्भावनाको हिसाब गर्दा सत्तारुढ गठबन्धन बहुमतको लगभग नजिक पुगेको देखिन्छ।

हेर्नुस् चार्टहरु

तलको चार्टमा देखिएका प्रत्येक गोलोको आकारले उनीहरुको सिट संख्या देखाउँछ। हरेक दलको नाममा क्लिक गर्नुभयो भने थप विवरण आउँछ।

नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा माओवादी, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चा छन्। एमाले नेतृत्वको विपक्षी गठबन्धनमा भने जसपा र राप्रपा छ। बिना गठबन्धन चुनाव लड्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेमकिपा छन्।

अहिलेको अवस्था हेर्दा बिना गठबन्धन लडेका पार्टीहरु विपक्षी गठबन्धनमा आए सत्तारुढ र विपक्षी गठबन्धनको लगभग उस्तै संख्या पुग्ने देखिन्छ। प्रत्यक्षमा तीन स्थानको मतगणना हुन बाँकी नै छ।

1 thought on “के सत्तारुढ गठबन्धनको बहुमत पुग्छ? एमाले गठबन्धनको बहुमत सम्भव छ? यस्तो छ हिसाब”

  1. Narayan Manandhar says:
    November 26, 2022 at 7:21 am

    Anything can happen in Nepali politics. There are many possibilities including a coalition government of Nepali Congress and UML. There is also a possibility of communist ekata (possibly with China backing). However, these factors are worth noting:
    1. Jasapa (Upendra Yadav) can easily switch to the ruling coalition with the dangling of the ministerial carrot.
    2. Nagarik Unmukti Party (Resham Chaudhary) will be more inclined towards joining ruling coalition than staying in Oli camp. (Remember Prachanda meeting Resham Chaudhary)
    3. Ratriya Jana Morcha could leave ruling coalition
    4. Some independents like Amresh Singh may return home
    5. Rastriya Swotantra Party (RSP) will be squeezed between “durbariya group” (inclined to support Oli) and “democrats” (inclined to join government).
    6. The positions of the Rastrapati, Upa-rastrapati, Speaker will be used as bargaining chips to keep intact ruling coalition.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme