Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मधेश प्रदेशमा कसको बन्ला सरकार? बहुमत कसैको छैन, १० दलको प्रतिनिधित्व, एमाले ठूलो दल

Posted on December 1, 2022December 7, 2022 by Salokya

मधेश प्रदेशको प्रदेश सभाका लागि भएको निर्वाचनमा रोचक परिणाम आएको छ। सरकार बनाउनलाई आवश्यक ५४ सिट कुनै दलसँग पनि छैन। अर्थात् त्यहाँ कसैको बहुमत आएको छैन तर एक सिट मात्र जित्ने दलहरुसमेत गरी १० दलको प्रतिनिधित्व हुने भएको छ। प्रदेश सभामा सबैभन्दा बढी सिट जितेर एमाले त्यहाँको सबैभन्दा ठूलो दल बन्ने भएको छ।

मधेश प्रदेशमा १०७ सिटको लागि चुनाव भएको हो। त्यसमा प्रत्यक्षबाट ६४ जना सदस्य निर्वाचित भएको घोषणा भइसक्यो। समानुपातिकबाट निर्वाचित हुने सदस्यको संख्या ४३ हो। समानुपातिक गणना सकिसकेको छैन। तर हालसम्मको नतिजाबाट सम्भावित संख्या अनुमान गर्न सकिन्छ।

प्रत्यक्षमा एमाले अगाडि

मधेश प्रदेश सभामा प्रत्यक्ष तर्फका ६४ सिटका लागि भएको निर्वाचनमा एमालेले सबैभन्दा बढी १५ सिट जितेको छ। नेपाली कांग्रेस १३ सिटका साथ दोस्रो स्थानमा छ। कसले कति सिट जिते? चार्टमा हेर्नुस्-

समानुपातिकमा कांग्रेस अगाडि

समानुपातिकतर्फका ४३ सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ। तर बिहीबार राति ९ बजेसम्म प्राप्त मत अनुसार हिसाब गर्दा सबैभन्दा बढी सिट कांग्रेसले पाउने देखिन्छ। कांग्रेसले ९ सिट पाए पनि एमाले ८ सिटका साथ दोस्रो स्थानमा छ। ७-७ सिट पाएर जसपा र जनमत पार्टी तेस्रो स्थानमा छ।

प्रदेश सभामा १.५ प्रतिशत मात्र थ्रेसहोल्ड भएकोले राप्रपादेखि नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादीले समेत एक एक सिट पाउने देखिन्छ।

कसको बन्ला सरकार ?

एक सिटको अन्तरले कांग्रेसभन्दा एमाले अगाडि भए पनि सरकार बनाउन यी दुवै दलले सक्ने स्थिति छैन। सरकार बनाउन आवश्यक कम्तिमा ५४ सदस्यको समर्थनका लागि भ्यागुताको धार्नी पुर्‍याउन जस्तै सकस हुने देखिन्छ।

मधेशकेन्द्रित दल जसपा १६ सिटका साथ तेस्रो र जनमत पार्टी १३ सिटका साथ चौथो हुने देखिन्छ। अर्को मधेशकेन्द्रित दल लोसपाले ९ सिट पाउने देखिन्छ।

सम्बन्धित ब्लग
बागमती प्रदेशमा सात पार्टीको प्रतिनिधित्व : कसको बन्ला सरकार?

हामीले यो गणना कसरी गर्‍यौँ ?

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ मा समानुपातिक सिटका लागि यस्तो प्रावधान छ-

मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्वतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ । (उदाहरण: १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सीट सङ्ख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सीट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले बन्दसूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सीटको बाँडफाँट गरिनेछ ।

यही मतपरिणाम विभाजक सूत्र प्रयोग गरी समिर केसीले यो गणनाका लागि सघाएका हुन्। यसमा गणना भएको मतको १.५ प्रतिशतलाई हामीले थ्रेसहोल्ड मानेका छौँ।

हामीले यसअघि पहिलो संविधान सभा, दोस्रो संविधान सभा निर्वाचन र अघिल्लो निर्वाचनमा पनि यस्तो गणना गरेका थियौँ।

2 thoughts on “मधेश प्रदेशमा कसको बन्ला सरकार? बहुमत कसैको छैन, १० दलको प्रतिनिधित्व, एमाले ठूलो दल”

  1. GK says:
    December 6, 2022 at 10:15 pm

    In reference to “… यही मतपरिणाम विभाजक सूत्र प्रयोग गरी समिर केसीले यो गणनाका लागि सघाएका हुन्। यसमा गणना भएको मतको तीन प्रतिशतलाई हामीले थ्रेसहोल्ड मानेका छौँ। .. ”

    For Provincial Assembly, isn’t the threshold at 1.5% instead?

    Reply
    1. Salokya says:
      December 7, 2022 at 2:55 am

      हो, १.५ % नै हो। प्रतिनिधि सभाको कपिपेस्ट गर्दा गल्ती भएछ। सच्याएका छौँ। धन्यवाद गल्ती औँल्याइदिनुभएकोमा।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme