Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बागमती प्रदेशमा सात पार्टीको प्रतिनिधित्व : कसको बन्ला सरकार?

Posted on November 30, 2022 by Salokya

खासमा प्रतिनिधि सभा र प्रदेश सभा दुई छुट्टाछुट्टै इकाई हुन्। तर दुवैको एकै पटक चुनाव हुँदा प्रतिनिधि सभाले सधैँ प्रदेश सभालाई छायामा पारिरहेको हुन्छ। भोट हाल्ने बेलामा पनि चार चार वटा मतपत्र (प्रतिनिधि सभाका दुई र प्रदेश सभाका दुई) मा छाप लगाउनु पर्ने भएकोले मतदाता कन्फ्युज!

प्रतिनिधि सभाले छायामा पारेकोले प्रदेश सभाहरुमा कसको सरकार बन्न लागेको छ भन्ने पनि खासै चासो नहुने बनाइदिने रहेछ। मिडियाले पनि प्रदेशतिर भन्दा प्रतिनिधि सभातिर नै बढी ध्यान दिने गर्छ। बागमती प्रदेशमा कसको कति सिट छ त ? अनि कसको सरकार बन्ने सम्भावना छ त ?

बागमती प्रदेश ११० सदस्यको हुन्छ। त्यसमा ६६ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने ४४ जना समानुपातिकबाट। प्रत्यक्षतर्फ ६४ सिटको परिणाम आइसक्यो भने दोलखाका दुई सिटको परिणाम आउन बाँकी छ। प्रत्यक्षतर्फको नतिजा यस्तो छ-

प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट कांग्रेसले जितेको छ (२४)। १४ सिटका साथ माओवादी दोस्रो छ भने १२ सिटका साथ एमाले तेस्रो भएको छ। राप्रपाले ७ सिट पाएको छ भने हाम्रो नेपाली पार्टीले १ र नेमकिपाले १ सिट पाएको छ।

अब समानुपातिकतर्फको हेरौँ-

समानुपातिकतर्फ एमालेको सबैभन्दा बढी सिट (१४) छ भने कांग्रेसको ११, माओवादी र राप्रपाको ७ र नेकपा एसको २ नेमकिपाको २ र हाम्रो नेपाली पार्टीको १ छ। समानुपातिकको मतगणना नसकिएकोले यसमा केही सामान्य हेरफेर हुनसक्छ।

कसको बन्ला सरकार ?

बागमती प्रदेश सभा ११० सदस्यको छ। सरकार बनाउनलाई कम्तिमा ५६ सदस्यको समर्थन आवश्यक हुन्छ। सबैभन्दा ठूलो दल ३५ सिट जितेको कांग्रेस भए पनि उसित बहुमत छैन।

तर गठबन्धनको भने बहुमत पुगेको छ (कांग्रेस ३५ + माओवादी २१ + नेकपा एस ७)। गठबन्धन गरेर चुनाव लडेका दलहरु एक साथ भए भने ६३ अर्थात् बहुमत पुग्छ।

गठबन्धन टुक्रियो भने एमाले, राप्रपा र माओवादीको समर्थनमा सरकार बनाउन सक्ने सम्भावना छ। किनभने एमालेको २६ र राप्रपाको १४ अनि माओवादीको २१ सिट जोड्दा ६१ हुन आउँछ।

यस पटक बागमती प्रदेश सभामा सात वटा पार्टीको प्रतिनिधित्व हुनेछ। पहिलेको प्रदेश सभामा रहेको विवेकशील साझा पार्टी यस पटक रहने छैन। बरु हाम्रो नेपाली पार्टीले यस पटक पहिलो चोटी प्रदेश सभामा प्रतिनिधित्व गर्दैछ। काठमाडौँ महानगरपालिकामा बालेन शाहले मेयरको चुनाव जितेपछि लोकप्रिय भएको लौरो चिह्न राखेर त्यसैको फाइदा उठाउन यो नयाँ पार्टी खोलिएको थियो। प्रत्यक्षतर्फ यो दलले प्रदेश सभामा एक सिट जितेको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme