नागरिक दैनिकमा केही वर्ष सँगै काम गरेका मेरा एक मित्र रामचन्द्र भट्ट एक दशकदेखि अमेरिकामा छन्। तर आज एउटा मिडियाले उनलाई ‘सुपारी तस्कर’ पो बनाइदिएछ ! फेसबुक स्क्रोल गर्दैगर्दा एउटा समाचारमा आँखा गयो। ‘खोजमूलक पत्रकारिता’ नारा रहेको नेपालबहस डट कममा ‘यस वर्ष सुपारी आयात खुला गर्दा ६० करोडको डिल’ शीर्षकको समाचार राखिएको रहेछ। त्यसमा सुपारीसँगै… Continue reading
प्रियङ्का कार्की र क्रिप्टोकरेन्सी विज्ञापनको लफडा : ‘हुँदै नभएको कुरा’ पनि मिडियामा?
आज कलाकार प्रियङ्का कार्की समाचारमा छाइन्। क्रिप्टोकरेन्सीको कारोबारको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान लियो रे भन्ने खबरहरु सामाजिक सञ्जालमा देखियो। कुरो के रहेछ भनेर मिडियामा आएका कुराहरु हेर्दा झन् कन्फ्युजनमा पार्ने कुराहरु रहेछन्। हुँदै नभएको भिडियोको कुरा पनि लेखिएछन्।
अमेरिकी सेनाको जहाजले सम्झाइदिएको ८ वर्ष पुरानो कुरा
अमेरिकी सेनाको जहाज आयो भनेर आज सोसल मिडिया र अनलाइन मिडियामा समेत हल्लीखल्ली मच्चिएको देख्दा झण्डै ८ वर्षअघिको घटना याद आयो। त्यतिबेला एयरपोर्ट छेउमा अफिस थियो। यसो जुम गर्दै लेन्स चलाउँदै गरेको, एउटा फरक खालको प्लेन देखेँ। फोटो खिचेर जिस्केर ट्विटरतिर हालेको, नसोचेको हङ्गामा मच्चियो। त्यही फोटो साभार गर्दै नाम चलेका सबै अनलाइन मिडियाहरुले समाचार… Continue reading
पल शाहविरुद्ध किन मुद्दा चलाइयो ? अभियोग पत्रमा लिइएका सात आधार
कलाकार पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा चैत ३ गते बिहीबार नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दा दर्ता भएको छ। मुद्दा चलाउनका लागि जिल्ला सरकारी वकिलको कार्यालयले १६ पेजको अभियोग पत्र तयार पारेको छ। अभियोग पत्रमा लिइएका सात प्रमुख आधार यस्ता छन्-
पल शाहविरुद्ध नवलपुरमा अभियोग दर्ता, अब ‘अभियुक्त’, प्रहरीले जुटायो यस्ता प्रमाण
कलाकार पल शाह अब ‘आरोपित’ हैन ‘अभियुक्त’ भएका छन्। तनहुँ र नवलपुर दुई ठाउँमा कलाकार पल शाहविरुद्ध नाबालिग बलात्कारको उजुरी दर्ता भए पनि सबैभन्दा पहिला मुद्दा दायर भने नवलपुर जिल्ला अदालतमा भएको छ। चैत ३ गते बिहीबारका दिन जिल्ला सरकारी वकिलको कार्यालय नवलपरासी (पूर्व) ले १६ पेजको अभियोग पत्रसहित मुद्दा दायर गरेको हो। जाहेरीमा के… Continue reading
एनसेल मुद्दा : हुँदै नभएको हेगको समाचार अनि लोगो चैँ भारतीय कम्पनीको :)
कहिलेकाहीँ अनलाइनहरुमा बडा रमाइलो समाचारहरु आउँछ। हाँस्न कमेडी शोहरु हेर्न जानै पर्दैन। मोबाइलमै आइपुग्छन् कसैले सेयर गरेका न्युजहरु। खोलेर पढ्यो, नहाँसी बस्न सकिन्न। एउटा त्यस्तै समाचार तपाईँहरुसित बाँड्न मन लाग्यो। तपाईँहरु पनि हाँस्नुस्, ममात्र किन हाँस्ने। एउटा समाचारको लिङ्क सोसल मिडियामा देखेँ। शीर्षक थियो- ‘एनसेल कर छलीको मुद्दा हेगमा : बिचौलियाको दबदबाबीच सरकारले मुद्दा जित्ने… Continue reading
प्रकाश सपुतको ‘पिर’ले अइय्या अइय्या हुनेहरुलाई चार टिप्स
एमसीसीपछि पल शाहको पालो आएको थियो। पलपछि अब प्रकाश सपुतको ‘पिर’ अहिले राष्ट्रिय बहसको विषय बनेको छ। ‘पिर’ एउटा सामान्य गीतको म्युजिक भिडियो मात्र रहेन, यो ठीक छ कि ठीक छैन भन्ने पिर गर्दै देशै लागेपछि यो अब गम्भीर मुद्दा बन्न पुग्यो। माओवादी नेता तथा कार्यकर्तालाई पिरले पर्नु पिर पारेको छ। माओवादी र उनीहरुको सशस्त्र… Continue reading
पुलिसकै सूचना ‘फेक’ हान्दिएछन्, मिडियासमेत यसरी झुक्कियो
नेपाल प्रहरीले आसन्न निर्वाचनको लागि १ लाख १८ हजार जना म्यादी प्रहरीको भर्ना खोलेको दावी गरिएको एउटा सूचना बुधबार (९ मार्च २०२२) देखि नै सामाजिक सञ्जालमा देखिएको थियो। बिहीबार त्यो अझ फैलियो र अनलाइन मिडियामा समेत योबारे समाचार आयो। बिहीबार अपराह्न प्रहरी प्रधान कार्यालयले यसको खण्डन गर्दै ‘हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको’ जानकारी दियो। हाम्रो… Continue reading
विषय एउटै, व्यक्ति एउटै- भनाई कसरी फरक : विज्ञको काँधमा बन्दूक राखेर पड्काउने प्रवृत्ति?
जसरी हुन्छ मिडियामा छाइरहन चाहनेहरुका कुरा छाड्दिम, अलि सिरियस मान्छेहरुलाई सोध्नुहुन्छ भने उनीहरु नेपालका पत्रकारहरुले आफ्नो भनाई जस्तो हो त्यस्तो नलेखिदिने गुनासो गर्छन्। अर्थात् बोलेको हुन्छ एउटा, छापिँदा अर्को भएर आइदिन्छ। दिने कोट (लुगा भन्या हैन नि फेरि, quote भनेको) एउटा, छापिने कोट अर्को। कोट अर्थात् तपाईँले उद्धरण चिह्नभित्र केही शब्द वा वाक्य हाल्नुहुन्छ भने… Continue reading
के साँच्चै युक्रेनी सेनामा भर्ती भएर लड्छु भनेका व्यक्ति नेपाली नै हुन्? बल्ल पत्ता लाग्यो
सामाजिक सञ्जालमा बुधबारदेखि एउटा भिडियो खुबै भाइरल भयो, जसमा आफूलाई नेपाली बताउने एक युवक युक्रेनको रक्षाका लागि सेनामा भर्ती हुन आएको बताउँछन्। प्रताप बस्नेत नाम बताउने ती युवकले अङ्ग्रेजीमा बोलेको र युक्रेनी भाषाको सबटाइटल रहेको सोही भिडियोकै आधारमा विभिन्न अनलाइनहरुले पनि समाचार बनाएका छन्। केही अनलाइनहरुले भिडियोमा नेपाली सबटाइटल समेत राखेका छन्। तर ती अनलाइनहरुले… Continue reading
पल शाह प्रकरणमा अबको कानुनी प्रक्रिया के हुन्छ?
अपडेट : आज तनहुँ जिल्ला अदालतले पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान दिन अनुमति दिएको छ। यसअघि गएको आइतबार ७ दिनको म्याद दिइएको थियो भने अहिले थप १२ दिन दिइएको हो। पल शाह प्रकरणमा युट्युबमा अझै मिथ्या सूचनाहरु आउने क्रम रोकिएको छैन। शुक्रबार एकै दिन प्रेस काउन्सिल, राष्ट्रिय मानवधिकार आयोग, नेपाल प्रहरीको साइबर… Continue reading
समाचार बनाउनु पर्ने मान्छे आफै समाचार बन्दा…
समाचार बनाउने सञ्चारकर्मी आफै समाचार बन्नु सुखद कुरा होइन। तर कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि त्यस्तो परिस्थिति आइलाग्दो रहेछ। कुरा गएको हप्ताको। फेक न्युज बारे लेखेको ब्लगको प्रिन्टआउट अगाडि राखेर ‘यस्तो लेख्ने अधिकार कसले दियो, यस्तो लेख्न पाइन्छ?’ भनेर साइबर ब्युरोका डिएसपीको थर्काइ खाएको। ट्वाँ परियो सुरुमा। आफ्नो हातमा भएको फाइलमा के लेखिएको छ, सुरुमा पढेर… Continue reading
कम्प्युटरले कम्युनिस्ट पार्टीलाई दिएको धोका
एकै दिन राजनीतिक पार्टीहरुको दुई वटा विज्ञप्तिमा ‘सिल्ली मिस्टेक’ हुनु दुर्लभ हो। तर शिवरात्रीको दिन त्यसो भयो। विज्ञप्ति त तत्काल सच्याउन धेरै गाह्रो भएन। तर अहिले सोसल मिडियाको जमानामा एक मिनेट मात्रै गलत विज्ञप्ति इन्टरनेटमा रहे पनि त्यो मेट्न गाह्रै पर्छ। तुरुन्तै फैलिहाल्छन् यस्ता विषय।
पल शाह प्रकरणमा जेल जान रहर गर्नेहरु
गएको बुधबार पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पल शाह आज आइतबार बल्ल प्रहरीको सम्पर्कमा आउन बाध्य भए। यो बीचमा कानुनसँग लुकेर उनले फेसबुके, युट्युबे र टिकटके अदालतमा अडियो सहितका ‘प्रमाण’ राख्दै बहस छेडेका थिए। तर यो क्रममा जजसले पीडित किशोरीको नाम, फोटो र परिचय खुल्ने काम गरिरहेका छन्, उनीहरुले नबुझेको कुरा के हो भने… Continue reading
फेक न्युज बारे ब्लग लेख्दा झण्डै साइबर ब्युरोको थुनामा परियो
तपाईँले यो के लेख्नुभएको? तपाईँलाई यस्तो लेख्ने अधिकार कसले दियो? यस्तो लेख्न पाइन्छ? साइबर ब्युरोका डिएसपी प्रदिन ताम्राकारको एकोहोरो थर्काइ जारी थियो। मैले ‘हेर्नुस् न त्यहाँ के लेखेको छु, यस्तो यस्तो फेक न्युज आयो भनेर तपाईँहरुलाई सहयोग हुने गरी नै लेखेको छु त’ भनेर बुझाउनु खोज्छु, बुझे पो। दर्ता नगरी किन चलाउनु भएको? यस्तो लेख्ने… Continue reading
एमसीसीको बहानामा मनमा लागेका कुरालाई ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरु
एमसीसीको विषयले समाजलाई कसरी ध्रुवीकृत बनाइसक्यो, त्यो अहिले छर्लङ्ग भइसक्यो। तर एमसीसीको मूल मुद्दासँगै योसँगै जोडिएका मिथ्या सूचनाहरुले पनि मान्छेको दिमाग भुटिरहेको छ। सर्वसाधारण एमसीसीका कुन सही कुरा हो, कुन मिथ्या- थाहा पाउनै नसकिने गरी अलमलमा छन्। लिडर र ओपिनियन लिडरहरुले यस्तोमा गाइड गर्नुपर्ने हो। तर उनीहरु आफै द्वैध चरित्र देखाउँदै छन्। यही मौकामा एमसीसीको… Continue reading
चीनले खासमा भनेको के हो ? ‘विरोध’ कि ‘प्रतिरोधको चेतावनी’? नेपाली मिडियामा आ-आफ्नै व्याख्या
अहिले नेपालको ‘हट टपिक’ एमसीसीको विषयमा शक्ति राष्ट्रहरु अमेरिका र चीन वक्तव्यबाजीमा उत्रेका छन्। एकअर्कालाई आरोप-प्रत्यारोप गर्न थालेका छन्। केही दिनअघि मात्रै वाशिङटन डीसीमा अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले नेपालमा एमसीसीविरुद्ध चीनले खेलिरहेको ठानेको बताएका थिए। हिजो चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि अमेरिकालाई आक्षेप लगाए। चिनियाँ प्रवक्ताले भनेको विषयमा नेपाली मिडियामा फरक फरक अर्थ दिने… Continue reading
आयल निगमले हैन, मिडियाले बढाएछ पेट्रोलियम पदार्थको भाउ
के तपाईँले पनि बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढेको समाचार पढ्नुभएको थियो ? समाचार राख्ने अनलाइन मिडियाहरुको दावी अनुसार बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ रुपैयाँले भाउ बढाइएको थियो। नझुक्किनुस्, भाउ बढेको छैन। ती समाचारहरु गलत हुन्। यसबारे नेपाल फ्याक्ट चेकमा तथ्य जाँच… Continue reading
मन्त्री आलेको अडियो यसरी भएको रहेछ भाइरल
आज धेरैले बिहान उठ्ने बित्तिकै फेसबुक, ट्विटर, टिकटक जताततै प्रेम आले नै प्रेम आले देखे। अनि अलि खोज्नेहरुले एउटा भिडियो पनि देखे जुन सबैका अगाडि सुन्न नसकिने खालको थियो। मुख छाडेर गाली गरिएको यो भिडियोको आवाज आले कै हो र भन्ने शंका पनि उनको सचिवालयलाई नै कोट गरेर आएको समाचार पढेपछि प्रष्ट हुने नै भयो।… Continue reading
प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाभियोग दर्ता, अबको प्रक्रिया यस्तो हुन्छ
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता भएको छ। आजै यस्तो प्रस्ताव दर्ता हुने कुरा आज बिहानसम्म कुनै मिडियामा वा हल्लामा पनि चुहिएको थाहा थिएन। अकस्मात् बिहान साढे ११ बजेतिर यस्तो खबर मिडियामा आयो। सत्तारुढ गठबन्धनले प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव पेश गर्ने सूचना दिएका हुन्। नेपाली कांग्रेसबाट पुष्पा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट जीवनराम श्रेष्ठ… Continue reading