‘अब विदेशमा घुम्न जाने नेपालीले दुई सय अमेरिकी डलर मात्रै साटेर लैजान पाउँछन्।’ नेपालका अनलाइन मिडिया र सोसल मिडिया हेर्ने गर्नुभएको छ भने तपाईँले पनि यो खबर पक्कै देख्नुभएको होला। कयौँले त्यसमा देखिएकै आधारमा आफ्नो विचार पनि बनाएर कमेन्ट ठोकिसक्नुभो होला, ‘जाबो दुई सय डलरले के आउँछ- यस्तो हावा नियम लगाउने’ भन्दै। तर नझुक्किनुस्। सरकारी… Continue reading
नेपालभ्युजमा सामूहिक राजीनामा : २४/७ काम गर्दा पनि एकाएक जागिर छोड भन्नेसँग कुन विश्वासमा काम गर्ने?
नेपालको मिडिया बजारले धान्नै नसक्ने न्यूज पोर्टलहरू खुलिसके। अर्को एउटा न्यूज पोर्टल किन चाहियो ? केका लागि ? कतिञ्जेल थेगिन्छ? लगानी र जनशक्ति पर्याप्त छ? संस्थागत होला? १६ भदौ २०७८ मा सुरु भएको नेपालभ्युज अनलाइन मिडियाले आफ्नो सम्पादकीयको सुरुमै लेखेका शब्द थिए यी। आफैले लेखेको सम्पादकीयको प्रश्न यतिखेर नेपालभ्युजमा तेर्सिएको छ। आर्थिक संकटको कारण देखाउँदै… Continue reading
संसदको एउटा ‘फेक न्युज’ जुन नेपाल हुँदै भारतसम्म फैलियो
अपडेट (२०७९ साउन ९) : हामीले यो ब्लग लेख्दा यो विधेयक पारित भइनसके पनि २०७९ साउन ६ गते बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको छ। *** भारतीय मिडियाहरु पछ्याउनु हुन्छ भने केही दिनअघिदेखि आएको नेपालको एउटा समाचार तपाईँले याद गर्नुभयो होला। नेपालको संसद्ले नागरिकतासम्बन्धी नयाँ कानुन पारित गर्यो। दुई वर्षदेखि अड्किएको कानुन नेपालको संसदले पास… Continue reading
राम,राम ! साउनको सोमबार के पढ्न पर्यो यो दर्तावाला अनलाइन मिडियामा !!
डिस्क्लेमर : तपाईँ १८ वर्ष पुग्नुभएको छैन भने यो ब्लग नपढ्नुहोला। यो ब्लगमा राखिएको लिङ्क पनि क्लिक नगर्नुहोला। १८ वर्ष पुगिसक्नुभएको भए पनि यो ब्लगको विषय र यसको एक्सटर्नल लिङ्कमा explicit content भएको जानकारी गराउन चाहन्छु। आज साउन महिनाको पहिलो सोमबार। सधैँ झैँ बिहान मोबाइल हातमा लिएर यसो देशदुनियाँको भ्रमण गरिरहेको थिएँ, फेसबुकको अल्गोरिदमले यो… Continue reading
बलात्कार मुद्दामा झुट्टा उजुरी दिनेलाई सजाय नहुने भन्दै मिडियाले यसरी झुक्यायो तपाईँलाई
बलात्कार मुद्दामा झुट्टा उजुरी दिनेलाई अब सजाय नहुने ! पछिल्लो दिनमा केही नाम चलेका अनलाइन मिडिया पछ्याउने गर्नुभएको छ र सामाजिक सञ्जाल हेरिरहनुभएको छ भने यस्तो खबर तपाईँले पक्कै हेर्नुभएको होला। र, यसको पक्ष वा विपक्षमा आफ्नो धारणा पनि बनाइसक्नुभएको होला। तर नझुक्किनुस्, त्यो पूर्ण रुपमा सही समाचार होइन। तपाईँलाई मिडियाहरुले झुक्याएका हुन्। यसबारे हामीले… Continue reading
उदयपुरमा साँच्चिकै ‘दुर्लभ’ अजिङ्गर भेटिएको कि पत्रकारलाई ‘दुर्लभ’ लागेको?
नयाँ पत्रिका राष्ट्रिय दैनिकको अनलाइनमा आइतबार राति एउटा समाचार आएको रहेछ। शीर्षक थियो- ‘उदयपुरमा भेटियो दुर्लभ अजिंगर : आठ किलोको बोका सिंगै निल्यो’ समाचार पढ्ने बित्तिकै दिमागमा के आयो ? यो साँच्चिकै दुर्लभ अजिङ्गर हो कि समाचार लेख्ने पत्रकारलाई दुर्लभ लागेको ? आठ किलोको बोका खाएकोले मात्र यो दुर्लभ भएको हो कि? खाएको बोका आठ… Continue reading
बाघको आनीबानी सुध्रिएको कि पत्रकारको समाचार लेख्ने शैली बिग्रिएको?
राजु आचार्य केही दिनअघि ‘नरभक्षी बाघको आनीबानी सुध्रिएको’ ले जंगलमा छाडिएको भन्ने आशयको समाचार नेपाली मिडियामा प्रकाशित भए पछि अनौठो लाग्नु स्वाभाविक थियो। घाइते र उद्दार गरिएका वन्यजन्तुहरूलाई प्राकृतिक वासस्थानमा छोड्नु सामान्य भए पनि, नेपाल जस्तो मुलुकमा मान्छे खाने वा घाइते बनाउने बाघलाई के को आधारमा चिनियो/छोडियो होला भनेर शङ्का गर्नु सामान्य हो। बाघ सुध्रिएको… Continue reading
हरायो ! हरायो !! ‘अनलाइनखबर’को समाचारबाट ‘एनसेल’ हरायो !
कर्पोरेट हाउसहरुका कारण पत्रकारितामा कस्तो असर परिरहेको छ र केसम्म हुनसक्छ भन्ने बारे एउटा राम्रो उदाहरण भेटिएको छ। कुरा एनसेलको। एनसेल नेपालको ठूलो विज्ञापनदाता कम्पनी मध्ये एक हो। यसैसँग मुछिएको एउटा घटनामा नेपालकै अग्रणी अनलाइन अनलाइनखबरले छापेको समाचारसम्बन्धी ब्लग हो यो। घटना निकै रोचक छ हेर्नुस्।
शिक्षकले विद्यार्थी कुटेको भिडियो बझाङको होइन भारतको
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा एक व्यक्तिले कक्षाकोठा जस्तो देखिने ठाउँमा एक बालकलाई निर्दयी भएर कुटिरहेको देख्न सकिन्छ। भिडियोसहितका पोस्टहरुमा यो दृश्य नेपालको बझाङ जिल्लाको रहेको दावी गर्दै शिक्षकलाई कारबाही गर्नुपर्ने लेखिएका छन्। तर हाम्रो तथ्य जाँचमा यो भिडियो नेपालको नभई छिमेकी देश भारतको बिहार राज्यस्थित कोचिङ सेन्टरको रहेको देखिन्छ।
गल्ती लुकाउन खोज्ने ‘रुटिन अफ नेपाल बन्द’, बुझ्नु पर्ने कुरा-गल्ती स्वीकार्दा झन् विश्वास बढ्छ
कसैले माने पनि नमाने पनि ठूलो संख्यामा किशोरकिशोरी र युवा पुस्ताले समाचार स्रोतको रुपमा स्थापित कुनै मिडियालाई होइन, ‘रुटिन अफ नेपाल बन्द’ नामको फेसबुक पेजलाई पछ्यउँछन्। ठूला मिडियाले समेत इर्ष्या गर्ने गरी लोभलाग्दो इन्गेजमेन्ट र फलोअरको विशाल संख्या योसित छ। काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको विजय पछि ‘रुटिन’मा शक्ति केन्द्रहरुको आँखा पनि परेको छ।… Continue reading
नझुक्किनुस्, नेपाली युवती ‘अन्तरिक्ष यात्री’ बनेकी होइनन्, खास कुरा यस्तो हो
पहिलो पटक एक नेपाली युवती अन्तरिक्ष यात्री बन्न सफल भएकी छिन्। पछिल्लो समय नेपाली मिडियाका समाचारहरु पछ्याउनु भएको भए तपाईँले पनि यस्तो खालको खबर पक्कै देख्नुभएको होला। तर नझुक्किनुस् है, अहिलेसम्म कुनै नेपाली वा नेपाली मूलका व्यक्ति अन्तरिक्ष पुगेर अन्तरिक्ष यात्री बनिसकेका छैनन्। समाचारहरुमा ‘अन्तरिक्ष यात्री’ लेखिए पनि खासमा ती युवतीले लिएको दावी गरिएको ट्रेनिङ… Continue reading
एमेजनबाट प्रकाशित किताब भन्ठानेर यसरी झुक्कियो ‘कान्तिपुर’
गएको असार १३ गते कान्तिपुरको अनलाइन संस्करणमा एउटा समाचार छापिएको छ जसको शीर्षक छ- कवि धामीको ‘एटलान्टिक’ एमेजनबाट प्रकाशित समाचार कसले लेखेको हो, नाम खुलाइएको छैन। तर समाचार लेख्ने या त झुक्किएका छन्, या समाचार दिनेले उनलाई नराम्ररी झुक्याएका छन्। समाचारको लिडलाइनमा लेखिएको छ- ‘दार्चुलामा जन्मे-हुर्केका कवि किसनसिंह धामीको अंग्रेजी कविता संग्रह ‘एटलान्टिक’ अमेरिकी प्रकाशन… Continue reading
‘मोटे ग्याङ’बाट तर्सिएका सुर्खेतका पत्रकार
पछिल्ला केही दिनमा ब्लग अपडेट भएन। कारण- म देशका विभिन्न प्रदेशहरुको यात्रामा थिएँ। मनाङबाट सुरु भएको यो यात्रामा देखेका, भोगेका विषयलाई समेटेर ब्लगहरु लेख्ने क्रम अब थाल्नेछु। आइतबार सुर्खेत पुगेको थिएँ। दुई वर्षअघि लकडाउनका बेला रिपोर्टिङका क्रममा रुकुम पश्चिमबाट फर्कँदा सुर्खेतमा एक रात बास बसेको भए पनि खासै केही बुझ्न र घुम्न पाइएको थिएन। यस… Continue reading
रामकुमारी झाँक्रीको घर भन्दै भाइरल भएको फोटोको वास्तविकता यस्तो रहेछ
अहिले सामाजिक सञ्जालमा एउटा घरको फोटो भाइरल भएको छ। बन्दै गरेको जस्तो देखिने सो बहुतल्ले घरको फोटोसहित सामाजिक सञ्जालमा दावी गरिएको छ- सो घर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट मन्त्री भएकी रामकुमारी झाँक्रीको हो। एकीकृत समाजवादीले आफ्नो दलका मन्त्रीहरु परिवर्तन गर्न लागेको समाचार आइरहेको बेला यो फोटो भाइरल भएको हो। सामाजिक सञ्जालमा सामान्य मान्छेले मात्र… Continue reading
सरकारी न्युज एजेन्सी ‘रासस’लाई हेलिकप्टर/प्लेन साहुहरुको गम्भीर आरोप
हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव, हेलिकप्टरमा दुई पाइलट राख्न सम्भव छैन जस्ता हेडलाइनमा समाचारहरु तपाईँहरुले पनि केही दिनअघि पढ्नुभएकै होला। तारा एयरको ट्विनअटर विमान जोमसोम जाने क्रममा दुर्घटना भएपछि हवाई यातायातको सुरक्षा बारे अहिले सबैतिर चासो पनि छ। यो समाचार सरकारी अखबार गोरखापत्रको अनलाइनदेखि निजी अनलाइन मिडियाहरु अनलाइनखबरदेखि सेतोपाटीसम्मले हालेका थिए। सबैको स्रोत भने सरकारी… Continue reading
मुस्ताङमा अस्ति दुर्घटना भएको प्लेन चढेर विश्वकै सबैभन्दा डरलाग्दो एयरपोर्टमा ओर्लिएको त्यो दिन
पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान जोमसोम नपुग्दै हरायो। त्यो दिन जति खोज्दा पनि भेटिएन। भोलिपल्ट बल्ल विमान पहाडमा ठोक्किएर टुक्राटुक्रा अवस्थामा रहेको ह्रदयविदारक दृश्य सार्वजनिक भयो। हराइरहँदा आएको विवरण खोज्ने क्रममा थाहा भइसकेको थियो, यो त्यही विमान रहेछ जसमा चढेर दुई वर्षअघि हामी विश्वकै सबैभन्दा डरलाग्दो एयरपोर्टमध्ये एक मानिने लुक्ला विमानस्थलमा अवतरण गरेका थियौँ।
हरे दैव – बालेनमात्र चिनेका पत्रकारलाई केको बैठक बस्यो नै थाहा रहेनछ !
बालेन दाइले पिच गर्दिन्छन् रोड… भन्ने प्यारोडी गाना खुब चल्यो टिकटकमा। बालेनको सित्तैमा चुनाव प्रचार भो। मूलधारे मिडिया, सोसल मिडिया जताततै बालेनै बालेन लहर छायो। सब हेभिवेट भनिएका उम्मेदवारलाई ट्वाँ पार्दै बालेनले चुनाव पनि जिते। आज शपथ ग्रहणपछि त औपचारिक रुपमा कार्यभार पनि सम्हालिसके। बालेनले जादूको लौरो घुमाएर सब ठीक पार्दिन्छन् जस्तो भएको छ अहिले… Continue reading
कस्तो फटाहा : एभिन्युज टिभीले तारा एयर दुर्घटनाको भन्दै देखाएको फोटो भारतको
पोखराबाट जोमसोमका लागि आइतबार बिहान उडेको तारा एयरको एउटा विमान सम्पर्कविहीन भयो। यो ब्लग लेख्दासम्म विमान कहाँ छ, भेटिएको छैन। यस्तो खालको समाचारमा धेरैको चासो हुन्छ। त्यसैले मिडियाले हतारमा पहिलो समाचार दिन होडबाजी गर्ने गर्छन्। म पनि विभिन्न अनलाइन र टिभीमा यसबारे समाचार हेर्दै थिएँ। त्यसै क्रममा एभिन्युज खबर टेलिभिजनमा आइतबार दिउँसो ‘दुर्घटना भएको स्थलको… Continue reading
काठमाडौँ महानगरपालिका : एमाले खुम्चिँदा कांग्रेसलाई फाइदा; राप्रपा हरायो, एस एक ठाउँमा
काठमाडौँ महानगरपालिकाको मतगणना १३ औँ दिनमा बल्ल सकिएको छ। इतिहासमा पहिलो पटक स्वतन्त्र उम्मेदवारले मेयर जिते पनि वडा तहमा भने पार्टीकै उम्मेदवारहरु विजयी भए। वडा तहमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भएको छ। अघिल्लो पटक एक सिट जित्न सफल राप्रपाले यस पटक काठमाडौँ महानगरपालिकामा कुनै सिट जित्न सकेन। बरु नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले भने… Continue reading
‘सेतोपाटी’ले क्षमा मागेर हटाउन बाध्य भएको त्यो विवादास्पद कवितामा के थियो?
८ वर्षअगाडि ब्युटी कन्टेस्टको नाममा बेहोस बनाएर जबर्जस्ती गरेकोदेखि आफूमाथि भएका विभिन्न यौन दुर्व्यवहारको शृङ्खलालाई टिकटकबाट एक युवतीले सार्वजनिक गरेपछि अहिले सबैको ध्यान त्यसमा तानिएको छ। सडकदेखि संसदसम्म यो विषयमा कुरा उठेका छन्। बलात्कारसम्बन्धी मुद्दामा कुनै निश्चित समयभित्र उजुरी नदिए नलाग्ने खालको हदम्यादको प्रावधान हटाउन आवाज उठिरहेका बेला सेतोपाटीमा एउटा कविता छापियो शनिबार। जसलाई व्यङ्ग्यात्मक… Continue reading