Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: Fact check

के दिवेश (आर्थर गन) एक्लैले अमेरिकन आइडलमा ३ करोड ६० लाख भोट ल्याएका हुन्?

Posted on May 6, 2020May 6, 2020 by Salokya

लकडाउनले घरैमा थुनिनु परेका नेपालीहरुले गएको आइतबार अमेरिकाबाट एउटा खुसीको खबर पाए। अमेरिकन आइडलमा नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) टप १० मा छानिए। उनलाई भोट दिन अमेरिकामा रहेका नेपालीहरुले सामाजिक सञ्जालबाट आग्रह गरेका थिए। नेपालबाट आधिकारिक रुपमा भोट दिन नपाइए पनि भिपिएन प्रयोग गरेर भोट दिनेहरु पनि थिए। आर्थर गन टप टेनमा पुगिसकेपछि एउटा… Continue reading

नपत्याउनुस्, आमिर खानले आटाको प्याकेटमा १५ हजार राखेर बाँडेका हैनन्

Posted on May 4, 2020May 4, 2020 by Salokya

फेसबुक र ट्विटरमा केही दिनअघिदेखि एउटा जानकारी निकै भाइरल हुँदैछ- भारतीय अभिनेता आमिर खानले आटाको प्याकेटमा १५ हजार रुपैयाँ राखेर बाँडे। आवश्यक मान्छेलाई सहयोग बाँड्ने यो तरिकाको निकै प्रशंसा गर्दै सयौँको संख्यामा पोस्ट सेयर गरिएका छन्। सोसल मिडियामात्र होइन, रिपोर्टसनेपाल र मेरोलगानी जस्ता अनलाइनले यसबारे समाचारै बनाएका छन्। तर हाम्रो फ्याक्टचेकले यो गलत भएको देखाएको… Continue reading

होइन, नेपालगञ्जमा आजै २४ जना संक्रमित भेटिएको र कूल संक्रमित संख्या ८४ पुगेको छैन

Posted on May 4, 2020May 4, 2020 by Salokya

नेपालगञ्जमा आज आइतबार मात्रै २४ जना संक्रमित भेटिएको र कूल संक्रमित संख्या ८४ पुगेको समाचार धेरै मिडियामा आएको छ। धेरै नेपालीहरुले एकदमै विश्वास गर्ने वर्ल्डोमिटर्स डट इन्फोले पनि संक्रमित संख्या ८४ पुगेको देखाएपछि त धेरैले यो समाचारलाई सही माने। तर यो सही थिएन। के हो त यसको सत्य? हामीले यसबारे फ्याक्टचेक गरेका छौँ।

फ्याक्टचेक : के प्रधानमन्त्रीले आज सार्वजनिक गरेको कविता २०१९ मा अर्कैले रचेको थियो?

Posted on May 2, 2020May 2, 2020 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसका दिन रचेको ‘अब आँसु खसाउनु पर्दैन’ शीर्षकको कविता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको सामाजिक सञ्जालबाट सार्वजनिक भयो। तर शुक्रबार राति एक्कासी प्रधानमन्त्री ओलीको सो कविता अरुबाट नै कपि गरिएको आरोप पनि सामाजिक सञ्जालमा देखियो। भर्खरै धरौटीमा थुनामुक्त भएका भाइरल पूर्व सचिव भीम उपाध्यायले यसलाई भाइरल बनाए। उनी मात्र हैन,… Continue reading

भ्रममा नपर्नुस्, यो ऋषि कपुरको मृत्युभन्दा एक दिनअघिको भिडियो होइन

Posted on May 1, 2020May 1, 2020 by Salokya

बलिउडले एक दिनको अन्तरालमा दुई प्रतिभाशाली कलाकार गुमायो। सुरुमा इरफान खान र भोलिपल्ट ऋषि कपुर। ऋषि कपुरको मृत्युसँगै नेपालमा पनि सोसल मिडिया प्रयोगकर्ताहरु माझ एउटा भिडियो भाइरल भयो। भिडियोमा ऋषि कपुर अस्पतालको बेडमा देखिन्छन् र एक जना व्यक्ति उनले अभिनय गरेको फिल्मको गीत गाउँदै छन्। भिडियोसँगै मन छुने दावी पनि थियो। लेखिएको थियो- ‘मृत्युकाे अघिल्लो… Continue reading

नेपालमा कोरोना ‘कम्युनिटी ट्रान्समिसन’मा पुगेको खबर भ्रामक, WHO यसो भन्छ

Posted on April 30, 2020May 1, 2020 by Salokya

कोरोना भाइरसको संक्रमण तेस्रो चरण अर्थात् कम्युनिटी ट्रान्समिसनमा पुगेको खबर मूलधारका मिडिया र सामाजिक सञ्जालमा केही दिनदेखि फैलिएको छ। खासगरी उदयपुरको भुल्केमा धेरै संक्रमितहरु फेला परेपछि नेपालमा संक्रमण समुदाय स्तरमा फैलिएको दावी गरिएको छ। के यी खबर साँचो हुन्? हामीले यसमा फ्याक्टचेक गरेका छौँ।

कोरोना संक्रमितको संख्यामा मिडिया झुक्किए, कूल संख्या ५८ होइन ५७ हो

Posted on April 30, 2020April 30, 2020 by Salokya

कोरोनाको महामारी फैलिएसँगै गलत सूचना पनि फैलिने क्रम बढ्दो छ। बुधबार फेरि पनि मिडियाबाट गलत जानकारी फैलियो। सरकारी मिडिया नेपाल टेलिभिजन र गोरखापत्रबाट समेत गलत जानकारी दिइयो। बुधबार बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको भन्दै मिडियाले कूल संक्रमितको संख्या ५८ पुर्‍याएको थियो। तर यो गलत थियो। कूल संख्या ५७ मात्रै थियो। बाराका दुई… Continue reading

सजाय ३ महिनाको, समाचार ५ वर्षको ! ‘नागरिक’ पहिलो पेजको समाचारमा चिप्लँदा..

Posted on April 28, 2020April 28, 2020 by Salokya

नागरिक दैनिकले आज वैशाख १६, २०७७ को पहिलो पेजको ‘बक्स’मा ‘राष्ट्रपतिको आलोचना गर्दा पाँच वर्ष जेल’ शीर्षकमा समाचार लेखेको छ। समाचारमा ‘झन्डै दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीका लागि किनिएको १६ करोडको गाडीको विषयमा लेख्दा सोनमकुमार सुनारले पाँच वर्ष जेल सजाय  पाए। उनी अहिले केन्द्रीय कारागार सुन्धारामा छन्’ लेखिएको छ। के साँच्चिकै सुनारलाई पाँच वर्षको जेल सजाय… Continue reading

के प्रम ओलीले नयाँ अवार्ड पाउने घोषणा भएको हो?

Posted on April 26, 2020 by Salokya

फेसबुकमा आइतबार एउटा जानकारी भाइरल हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियन एसोसिएशन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (AAMO) ले एसियाकै दुरदर्शी नेता घोषणा गर्दै “AAMO Visionary Leader & National Builder Award-2020” घोषणा गरेको भन्दै फेसबुकमा हार्दिक बधाई र शुभकामना दिनेहरुको लर्को लागेको छ। सामान्य व्यक्तिमात्र हैन, संवैधानिक आयोगका अध्यक्षसमेत यसरी शुभकामना दिन हतारिएका छन्। मुस्लिम आयोगका अध्यक्ष… Continue reading

कोरोना भाइरसको उच्च जोखिम रहेका देशहरुको सूचीबाट नेपाल हटेको समाचार गलत

Posted on April 26, 2020 by Salokya

विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना भाइरसको उच्च जोखिममा रहेका देशहरुको सूचीबाट नेपाललाई हटाएको समाचार धेरै मिडियामा आएका छन्। सरकारी मिडिया गोरखापत्र दैनिक र समाचार एजेन्सी राससले बनाएको यो समाचार थुप्रै निजी मिडिया र अनलाइनहरुमा पनि आएका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समेत ‘सरकारकाे कामले नतिजा दिँदै, काेराेनाकाे अति उच्च जाेखिम सूचीबाट हट्याे नेपाल’ भन्दै… Continue reading

के कोरोनाबाट भएको नोक्सानीको क्षतिपूर्ति माग गर्दै जर्मनीले चीनलाई बिल पठाएको हो?

Posted on April 21, 2020 by Salokya

अहिले इन्टरनेटमा एउटा समाचारको चर्चा हुँदैछ। केही नेपाली अनलाइनहरुले पनि यो समाचार राखेका छन्। कामनान्युज अनलाइनले दावी गरेको छ, ‘जर्मनीले चीनलाई १ खर्ब ३० अर्ब युरोको क्षतिपूर्ति बिल पठाएको हो। उसले राष्ट्रिय जीवनका फरकफरक क्षेत्रमा भएको क्षतिको मूल्यांकन गर्दै बिल पठाएको हो । जसमध्ये २७ विलियन पर्यटन घाटावापत, ७.२ विलियन फिल्म उद्योगबाट भएको घाटावापत, जर्मन… Continue reading

धन्दा नमान्नुस्, दुई दिन विश्वभर इन्टरनेट बन्द हुन लागेको होइन

Posted on April 20, 2020 by Salokya

सामाजिक सञ्जालमा हिजोदेखि एउटा हल्ला फैलिएको छ- दुई दिन विश्वभर इन्टरनेट बन्द हुन लागेको बारे। सत्यसमाचार नाम भएको एउटा वेबसाइटले राखेको यो हल्ला अरु थुप्रै कपिपेस्ट अनलाइनहरुले पनि जस्तातस्तै साभार गरेका छन्। केही पत्रकारहरुले समेत यो हल्ला पत्याएर सामाजिक सञ्जालमा सेयर गरेको देखियो। सत्यसमाचारको फेसबुक पेजमा यो ८ सयभन्दा बढी सेयर भएको देखिएको छ। के… Continue reading

बुद्ध एयरले राखेको जोन्स हपकिन्स विश्वविद्यालयका कोरोना टिप्स भ्रामक

Posted on April 20, 2020April 20, 2020 by Salokya

बुद्ध एयरको वेबसाइटमा कोभिड १९ सम्बन्धी केही महत्त्वपूर्ण तथ्य र जानकारी शीर्षकमा एउटा पोस्ट राखिएको छ। सोसल मिडियाका प्रयोगकर्ताहरुले पनि अमेरिकाको जोन्स हपकिन्स विश्वविद्यालयले तयार पारेको दावी गरेका कोरोना भाइरसबाट बच्ने सम्बन्धी टिप्सहरु सेयर गर्दै आइरहेका छन्। बुलेट प्वाइन्ट बनाएर विभिन्न सुझाव र तथ्य त्यसमा राखेको देख्न पाइन्छ। बुद्ध एयरको वेबसाइटमा यसलाई “जोन्स हपकिन्स विश्वविद्यालय… Continue reading

नझुक्किनुस्, पूर्वराजा ज्ञानेन्द्रको ट्विटर र फेसबुक अकाउन्ट फेक हो

Posted on April 19, 2020 by Salokya

केही दिनदेखि मिडिया विशेषतः अनलाइनहरुमा राजा ज्ञानेन्द्रको आधिकारिक ट्विटर दावी गर्दै त्यसलाई उद्‍धृत गर्दै समाचार आउन थालेका छन्। गएको फेब्रुअरी चलाउन थालिएको @GBBShah ह्यान्डल भएको ट्विटर अकाउन्टमा साढे १३ हजारभन्दा बढी फलोअर छन्। यसमा विभिन्न विषयमा ट्विट गर्ने गरिन्छ। यही ट्विटका आधारमा केही मिडियाले समाचार पनि बनाउने गर्छन्। सो ट्विटर अकाउन्टमा The Former King Gyanendra… Continue reading

कोरोना भाइरसबारे मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रवचन, कति सही कति गलत?

Posted on April 18, 2020April 18, 2020 by Salokya

अघिल्लो शनिबार अर्थात् चैत २९ गते प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसित सिंहदरबारस्थित एक्सन रुमबाट छलफल गरेका थिए। त्यतिबेलाको एउटा भिडियोको अंश अहिले सामाजिक सञ्जालमा चर्चाको विषय भएको छ। प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई कोरोना भाइरसबारे दिएको प्रवचन कति सही, कति गलत? हामीले फ्याक्टचेक गरेका छौँ। प्रधानमन्त्रीले भनेका छन्,भाइरस भनेको निर्जीव तत्व हो। यो निर्जीव तत्वमा जुन बोसो… Continue reading

नझुक्किनुस्, डब्लुएचओले मासु खान प्रतिबन्ध लगाउन भनेको होइन

Posted on April 18, 2020 by Salokya

काठमाडौँ टुडे अनलाइनमा ‘जनावरको मासु खान प्रतिबन्ध लगाऊः डब्लुएचओ’ शीर्षकमा वैशाख ६ गते एउटा समाचार प्रकाशन भएको छ। फेसबुकमा ९ सयभन्दा बढी पटक सेयर भइसकेको यो समाचारमा दावी गरिएको छ, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वन्यजन्तुको मासु नखान र खान प्रतिबन्ध लगाउन अपिल गरेको छ। ७० प्रतिशत नयाँ भाइरस वन्यजन्तुको मासुबाटै आएको भन्दै डब्लुएचओले जनावरको… Continue reading

नपत्याउनुस्, राति साढे १२ बजेदेखि साढे ३ बजेसम्म कुनै रेडिएसन आउन लागेको होइन

Posted on April 15, 2020 by Salokya

अहिले फेसबुकको मेसेन्जरमा एउटा भिडियो भाइरल भइरहेको छ। भारतबाट आयातित यो भिडियोमा दावी गरिएको छ, आज राति साढे १२ बजेदेखि साढे ३ बजेसम्म खतरनाक रेडिएसन हामीहरुको घरबाट गुज्रनेछ। त्यसैले मोबाइल, ल्यापटप, टिभी आदि सबै इलेक्ट्रोनिक सामान नचलाइकन स्विच अफ गरेर राख्नू। अमेरिकाको नासाका वैज्ञानिकहरुका तर्फबाट यो खबर आएको भनेर त्यसमा दावी गरिएको छ। सुन्दै अपत्यारिलो… Continue reading

प्रमका प्रेस सल्लाहकारको ट्विटमा गलत जानकारी, हावामा ८ घण्टा कोरोना भाइरस बाँच्दैन

Posted on April 14, 2020April 14, 2020 by Salokya

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार साँझ ५ बजे एउटा ट्विट गरे। ‘लकडाउनपछिकाे नियमित दिनचर्या । मुखमा मास्क नटुटाउने स्वअनुशासनकाे परिपालना । जगत भलाेका लागि …!’ लेखिएको सो ट्विटमा दुई वटा फोटो थिए, एउटा- उनको आफ्नै मास्क लगाएको, अर्को- हावाबाट कोभिड १९ सर्छ, भाइरस हावामा ८ घण्टा बाँच्छ लेखिएको र सिएनबिसीको डब्ल्युएचओका अधिकारीको फोटोसहितको एउटा… Continue reading

के हो काठमाडौँमा १५ सय कोरोना संक्रमित भन्दै भाइरल भएको भिडियोको सत्य?

Posted on April 13, 2020 by Salokya

फेसबुकमा अहिले एउटा भिडियो भाइरल भएको छ। भिडियोमा एक जना पत्रकारले काठमाडौँमा १५ सय जना कोरोना संक्रमित भएको हुनसक्ने तथ्याङ्क टेकु अस्पतालका प्रमुख डा. सागर राजभण्डारीले खुलासा गरेको दावी गरिएको छ। के हो यो भिडियोको सत्य? हामीले फ्याक्टचेक गर्ने क्रममा पाएका तथ्य यस्ता छन्।

के हो प्रचण्डलाई कोरोनाको आशंका भन्दै फैलाइएको समाचारको सत्य?

Posted on April 12, 2020 by Salokya

फेसबुकका केही ग्रुपहरुमा अहिले प्रचण्ड अस्वस्थ्य भएको र कोरोनाको आशंका भएको समाचार भाइरल भएको छ। समाचारमा गरिएको दावी अनुसार प्रचण्ड केही दिनदेखि बिरामी छन्, उनलाई रुघाखोकीले सताएको छ, अनि कोरोनाको आशंका पनि गरिएको छ। के साँच्चिकै यस्तो हो त? हामीले फ्याक्टचेक गरेका छौँ।

Posts navigation

  • Previous
  • 1
  • …
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme