फणिराज पाठक पूर्व राजा ज्ञानेन्द्रका संवाद सचिव हुन्। ज्ञानेन्द्रका आधिकारिक प्रेस विज्ञप्ति, प्रेस नोट र जानकारीहरु उनीमार्फत् जारी हुन्छन्। उनको फेसबुकबाट पनि त्यस्ता जानकारी प्रवाह हुन्छन्। उनै पाठकको फेसबुकमा बुधबार एउटा सनसनीपूर्ण लिङ्क सेयर भयो। माथि त्यसको स्क्रिनसटमा तपाईँ देख्नसक्नुहुन्छ- भनिएको छ कि भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्प, भारतीय प्रधानमन्त्री मोदी र ज्ञानेन्द्रको भेट… Continue reading
Category: Fact check
काठमाडौँको आकाशमा ‘अनौठो विमान’? नझुक्किनुस्, मिडिया भ्रम मात्रै छर्दैछ
यो फोटो हेर्दा तपाईँलाई केही अनौठो लाग्यो? यसमा सेतो धुँवा छाड्दै एउटा विमान आकाशमा उडिरहेको देखिन्छ। यो फोटो मैले अस्ति भर्खर मंगोलिया जाँदा त्यहीँको आकाशमा खिचेको हुँ। एकदम चीसो मौसम हुने मंगोलियाको आकाशमा यो सामान्य दृश्य हो। कहिलेकाहीँ त दुई वटा यस्ता सेता धर्कासहित विमानहरु उडिरहेका हुन्छन्। यस्तै दृश्य जब काठमाडौँमा देखियो, तब के भयो… Continue reading
रवि प्रकरणमा हाम्रो ‘FBI’ को अनुसन्धान : शालिकरामको आँखामा हत्यारा नै फेला पार्न सफल भएछन् रे
सबभन्दा पहिला शीर्षकमा नझुक्किनुस् है। FBI को अर्थ अमेरिकाको Federal Bureau of Investigation हैन। यो त हाम्रो FBI हो। अर्थात् हाम्रा Facebooke Bureau of Investigation. हाम्रो FBI ले रवि प्रकरणमा गजब गजबको अनुसन्धान गरेर चितवन प्रहरी त के, CIB लाई समेत मात दिइसकेको छ। यही टोलीले गरेको अनुसन्धानको नतिजा फेसबुक र युट्युबमा सार्वजनिक भएपछि अहिले… Continue reading