Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिमालखबरको ‘न्युजरुम ल्याब’ले काठमाडौँमा थपिदियो ६ जना कोरोना संक्रमित?

Posted on July 19, 2020July 19, 2020 by Salokya


कोरोना संक्रमित भएको/नभएको पुष्टि गर्ने काम देशभरमा भएका २७ वटा ल्याबले पीसीआर परीक्षणबाट गर्ने गर्छन्। तर आज त्यसमा एउटा नयाँ ल्याब पनि थपियो जस्तो छ- हिमालखबरको न्युजरुम ल्याब!

हिमालखबरले आज २०७७ साउन ४ गते ‘काठमाडौंमा सात जना सहित १५६ संक्रमित थपिए’ शीर्षकको समाचार राखेको छ। समाचारमा लेखिएको छ, ‘राजधानी उपत्यकाको काठमाडौंमा सात र ललितपुरमा दुई जना सहित देशभर १५६ जना संक्रमित थपिएका छन्।’ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा भने प्रवक्ता डा. जागेश्वर गौतमले त्यस्तो जानकारी दिएका थिएनन्।

http://www.mysansar.com/wp-content/uploads/2020/07/2020-07-19-17-17-44.mp4

उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँमा १ जना, ललितपुरका २ जना र मोरङका १ जना कोभिड १९ पोजिटिभ भएको बताएका थिए।

मिडिया ब्रिफिङमा देशभरका अन्य २६ ल्याबमध्ये अरु कुनै पनिमा काठमाडौँका पोजिटिभ भेटिएको बताएका थिएनन्।

त्यसो भए हिमालखबरले एक जनाको ठाउँमा सात जना कसरी लेख्यो त काठमाडौँमा ? पक्कै पनि बाँकी ६ जना (मान्छेलाई त दर्जन भनेर सामान जस्तो गन्न भएन, सामान हुन्थ्यो भने आधा आधा दर्जन संख्या) थप कसरी भयो त ?

यसमा हिमालखबरको आफ्नै न्युजरुम ल्याबले ती ६ जना कोभिड-१९ पोजिटिभ पुष्टि गरेर समाचार लेखेको भनेर मान्नुपर्ने स्थिति आएन त? कि कसो? त्यो सम्भव छैन भने हिमालखबरले फेक न्युज छापेको हो।

यस्तो छ समाचार-

अर्काइभ लिङ्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme