Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चले आदेश दिएको समाचार गलत

Posted on July 31, 2020July 31, 2020 by Salokya

‘लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चको आदेश’ भएको समाचार हिजो साउन १५ देखि सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘थाहाखबर’ अनलाइनले लेखेको समाचार फेसबुकका थुप्रै ग्रुपहरुमा सेयर भएका छन् भने अरु वेबसाइटहरुमा पनि थाहाखबरकै हुबहु समाचार कपिपेस्ट गरिएको छ। के यो समाचार सही हो? हामीले फ्याक्टचेक गरेका छौँ।

थाहाखबरमा साउन १५ मा प्रकाशित ‘लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चको आदेश’ शीर्षकको समाचारमा ‘सर्वोच्च अदालतले लकडाउन अवधिको भाडा नलिन घरधनीहरुका नाममा आदेश जारी गरेको छ’ लेखिएको छ।

समाचारको दोस्रो अनुच्छेदमा पनि ‘लकडाउन हटेको ९ दिनपछि सर्वोच्च अदालतले घरधनीहरुका नाममा आदेश जारी गर्दै घरभाडा नलिन भनेको हो’ लेखिएको छ। त्यही अनुच्छेदको अन्तिममा फेरि ‘चैत ११ देखि साउन ६ गतेसम्मको भाडा नलिन सर्वोच्चले आदेश दिएको हो’ लेखिएको छ।

त्यसैगरी नेपाललाइभमा पनि ‘लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्चको आदेश’ शीर्षकको समाचार छ। समाचारको पहिलो अनुच्छेदमा ‘सर्वोच्च अदालतले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन आदेश गरेको छ’ लेखिएको छ। त्यसैगरी समाचारको चौथो अनुच्छेदको अन्तिममा ‘सर्वोच्चले घर भाडा लिने निर्णय तत्काल रोक्न सबै प्रदेशका मुख्यमन्त्रीको नाममा आदेश गरेको हो’ लेखिएको छ।

यसको सत्य पत्ता लगाउन हामीले न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको अन्तरिम आदेश खोज्यौँ। आदेशमा स्पष्ट रुपमा लेखिएको छ, ‘अहिले बन्दाबन्दी (लकडाउन)को अवधिभर घरभाडा नलिनु भन्ने अन्तरिम आदेश जारी गरिरहनु परेन।’

लकडाउनको अङ्ग्रेजीमा स्पेलिङ भने Lockdown हुनुपर्नेमा Luck Down लेखिएको छ आदेशमा।

यद्यपि आदेशमा ‘तत्काल बहाल दिन नसकेको अवस्थामा पनि बहालमा बस्ने र व्यवसाय गर्नेहरुलाई घरबाट निस्कन बाध्य नपार्ने, निक्लन नभन्ने र सो आधारमा दुर्व्यवहार नगर्ने र नगराउने विषयमा स्थानीय वडा कार्यालयले अनुगमन र सुपरीवेक्षण गर्ने गरी व्यवस्था मिलाउन’ भनिएको छ।

निश्कर्ष : तसर्थ थाहाखबरले ‘लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चको आदेश’ शीर्षकमा लेखेको समाचार र नेपाललाइभले ‘लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्चको आदेश’ शीर्षकमा लेखेको समाचार गलत छ। यससम्बन्धमा सामाजिक सञ्जालमा लेखिएका जानकारीहरु पनि गलत छन्। सर्वोच्चले घरभाडा नलिनू भन्ने अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेश दिएको हो।

यो गलत समाचार प्रकाशन गर्ने अरु केही अनलाइनहरु यस्ता छन्-

1 thought on “लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चले आदेश दिएको समाचार गलत”

  1. madan bajracharya says:
    July 31, 2020 at 9:30 pm

    सर्वोच्च अदालतको मानहानि हुने यस्तो धेरैको जिविका चलाऊने र् रिन तिर्ने आधार भयको सम्पत्ति निसुल्क उपभोग गर्न पाउने गलत समाचार दिने ब्यक्ती बा संस्थालाई सरकार र् सर्बोच्च अदालत कार्यवाही गरियुन। घरभाडामा बस्ने तर भाडानै तिर्न नचाहने बा नतिर्ने भनेको अर्काको घर सम्पत्ति कब्जा गर्ने अपराध नै हो। घर भाडामा लियर ब्यवसाय गर्नेले लक्दाउन भयो भन्दैमा कसैलाई निसुल्क केही दिन्दैन; घर भाडामा दिनेको रिन तिरिदिन्दैन त् घर भाडा मा दिनेले मात्रै किन घर भाडा माफ बा मिनाह गर्नु पर्ने?

    लकदाउन ब तेस्तै कुनै पनि समस्याले घर भाडामा बस्ने मात्रै होईन घर भाडामा दिने पनि समस्यामा परेको छ्। घर भाडामा लिनेको मात्रै खाने मुख र् तिर्नु पर्ने रिन छैन घर भाडामा राख्नेको खाने मुख र् तिर्नु पर्ने रिन पर्ने हुन्छ। घर भाडामा लिने पनि सबैमा सामाजिक इमान्दारिता हुँदैन। घर भाडामा दिनेलाई थग्ने प्रवितिका पनि हुन्छ। तेसैले जसरी घर भाडामा बस्नेको संघ बनायको छ् घर भाडामा दिनेको पनि बलियो संघ हुनु पर्छ।

    घर भाडामा बस्ने कोही कस्तो पनि हुन सक्छन भन्ने कुरा मैले पनि भोगेकै छु।आवश्यक सबै सुबिधा भयको शहर भित्र सडक छेउको यक लिभिङ रुम ३ बेद रुम, यक स्तोररुम यक किचन र् यक बाथरुम भयको फ्लायत मैले मात्र् महिनाको ५०००मा भाडामा दियको थिय्। मैले कुनै पनि घर भाडामा बस्ने सित कहिले पनि घर भाडा माग्ने गरेको छैन र् कहिले पनि घर भाडा बधायको छैन। भाडा दिन आय लिने दिन नआय तेसतै पर्‍यो होला भय पछी दिन अैइ हाल्छ भनेर बस्थे। त्यो सित घर भाडाको कुरा गरे अवस्था ठीक छैन गाउको जग्गा बेचेर तिर्छु भनेर ताल्दै barsauko samm ko भाडानै नै नतिरी भागे। भाडा नतिरेकोमा पुलिश कार्य्वाही गराउन नसकिने अदालति प्रकृयामा जानु पर्ने। अनि अदालति प्रकृयाको खर्च उठाउनु पर्ने भाडा भन्दा बढी हुने!!! को पीडित छन भाडाको सम्स्या बाट घर धनी कि घर भाडामा लगाउने?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme