Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: Fact check

भ्रममा नपर्नुस्, कुलमान घिसिङलाई सरकारले पुनः नियुक्त गरिसकेको छैन

Posted on August 25, 2020August 25, 2020 by Salokya

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले चार वर्षका लागि पुनः नियुक्त गरेको खबर मंगलबार साँझ भाइरल भयो। सोसल मिडियामा धेरैले उनलाई बधाई दिए। सोसल मिडियामात्र हैन, केही अनलाइन मिडियाले समेत कुलमानलाई पुनः नियुक्त गरिसकेको समाचार दिए। सर्वसाधारणले मात्र होइन, पत्रकारहरुले समेत यो समाचार आफ्नो सोसल मिडियामा लेखे। यी सबै समाचार मिथ्या थिए। ऊर्जा… Continue reading

भ्रममा नपर्नुस्, मास्क लगाउँदैमा तपाईँको अक्सिजन लेभल घट्दैन

Posted on August 23, 2020August 23, 2020 by Salokya

मास्क लगाउँदा शरीरमा अक्सिजन कम हुने लगायतका दावीहरु गरिएका पोस्टहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। त्यसमा गरिएको दावी अनुसार मास्क लगाउन हुन्न। मास्क लगातार लगाउनु विष पिउनु सरह हो। के हो यसको तथ्य? हामीले फ्याक्टचेक गरेका छौँ। 

बौद्धमार्गी मुलुक महामारीबाट जोगिएकोबारे ‘नागरिक’को समाचार भ्रामक

Posted on August 11, 2020 by Salokya

आज २७ साउन २०७७ को ‘नागरिक’ दैनिकको पहिलो पेजमा ‘बौद्धमार्गी मुलुक कसरी जाेगिए महामारीबाट ?’ शीर्षकमा समाचार रहेको छ। समाचारमा ‘आंशिक तथा पूर्ण रूपमा बौद्ध धर्म मान्ने कम्बोडिया, लाओस, मियान्मा, थाइल्यान्ड र भियतनमाले ‘हाच्छ्युँ’ पनि गरेका छैनन्’ भन्दै ‘भियतनाममा महामारीका कारण अहिलेसम्म एकजनाको पनि मृत्यु नभएको’ दावी गरिएको छ। हामीले यो विषयमा तथ्यजाँच गरेका छौँ।

हुस्सु बनेका मिडिया : अरुण तेस्रोको भन्दै आफू पनि झुक्किए, पाठकलाई पनि झुक्याए

Posted on August 9, 2020August 9, 2020 by Salokya

नयाँ पत्रिका राष्ट्रिय दैनिकले २०७७ साउन २१ गते पहिलो पृष्ठमा छापेको मुख्य समाचारमा ‘संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो’ क्याप्सनसहित एउटा फोटो राखिएको छ। समाचारमा प्रयोग गरिएको यो फोटो साँच्चै अरुण तेस्रोकै हो कि होइन भन्ने विषयमा हामीले फ्याक्टचेक गरेका छौँ। 

काठमाडौँमा दुई हप्ता ‘सटडाउन’बारेका खबर भ्रामक, खासमा केही सेवा बन्द हो, सहर होइन

Posted on August 7, 2020August 7, 2020 by Salokya

२०७७ साउन २३ गते शुक्रबार एउटा समाचार सोसल मिडियामा भाइरल भएको छ। थुप्रै अनलाइन मिडियाहरुले काठमाडौँ उपत्यका दुई हप्ता ‘सटडाउन’ गरिने उल्लेख गरेका छन्। लकडाउन खुला भएसँगै काठमाडौँमा दिनदिनै बढिरहेको संक्रमणले जोखिम बढाएपछि फेरि लकडाउन हुने/नहुने अनुमान चलिरहँदा ‘सटडाउन’को समाचार भाइरल भएको हो। के हो यसको सत्य? हामीले फ्याक्टचेक गरेका छौँ।

घरभाडा नलिने सर्वोच्चको आदेशबारे ‘फेक न्युज’ : दुई अनलाइनले माफी मागेर सच्याए, अरुले के गर्लान्?

Posted on July 31, 2020 by Salokya

हिजो साँझदेखि एउटा समाचार निकै भाइरल भएको थियो सोसल मिडियामा- सर्वोच्च अदालतले लकडाउनको अवधिको भाडा नलिनु भन्ने आदेश दियो रे। अनलाइन मिडियाहरुलाई पत्याएरै त होला, धेरैले यो समाचार आफ्नो ग्रुपमा, वालमा सेयर गरे। तर सर्वोच्चको आदेशै हेरेपछि पो थाहा भयो, यो खबर त ‘फेक’ पो रहेछ। तर पनि हिजो भाइरल भएर व्यापक भइसकेको यो खबर… Continue reading

लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चले आदेश दिएको समाचार गलत

Posted on July 31, 2020July 31, 2020 by Salokya

‘लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चको आदेश’ भएको समाचार हिजो साउन १५ देखि सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘थाहाखबर’ अनलाइनले लेखेको समाचार फेसबुकका थुप्रै ग्रुपहरुमा सेयर भएका छन् भने अरु वेबसाइटहरुमा पनि थाहाखबरकै हुबहु समाचार कपिपेस्ट गरिएको छ। के यो समाचार सही हो? हामीले फ्याक्टचेक गरेका छौँ।

नझुक्किनुस्, स्यानिटरी प्याड लगाएकै कारण कसैको मृत्यु भएको छैन

Posted on July 30, 2020August 30, 2020 by Salokya

नायिका वर्षा शिवाकोटीले बिहीबार आफ्नो फेसबुकमा एउटा स्टायटस राखिन्, जसमा लेखिएको थियो- ह्विस्पर, स्टे फ्री आदि स्यानिटरी प्याड प्रयोग गरेका कारण ५६ जनाको मृत्यु भयो। उनले जस्तै अहिले धेरै नेपालीले फेसबुकमा यही स्टायटस कपिपेस्ट गरी राखेका छन्। त्यसमा दावी गरिएको छ-एउटै प्याड दिनभर प्रयोग गर्दा अल्ट्रा न्यापकिनहरुमा प्रयोग हुने रसायन लिक्विडबाट जेलमा परिणत हुन्छ, यसले… Continue reading

हिमानी शाहलाई राष्ट्रिय सभामा मनोनीत गर्ने समाचारको वास्तविकता के हो?

Posted on July 29, 2020 by Salokya

सामाजिक सञ्जालमा अहिले राष्ट्रिय सभाको राष्ट्रपतिले मनोनीत गर्ने सदस्यमा पूर्व युवराज्ञी हिमानी शाहलाई प्रस्ताव गरिएको विषय भाइरल हुँदैछ। ९० हजारभन्दा बढी फलोअर भएकी बेलायत बस्ने इशा गुरुङले जुलाई २९ मा ब्रेकिङ भन्दै यो विषयमा फेसबुकमा स्टायटस लेखेकी छिन् जुन बुधबार साँझ यो तथ्यजाँच तयार पार्दासम्म १८१ पटक सेयर भएको छ। फेसबुकका विभिन्न ग्रुपहरुमा समेत उनको… Continue reading

‘कान्तिपुर’को कहाँ चुक्यो समाचार? काठमाडौँका ११ र ललितपुरका तीन संक्रमितको हिसाब गडबड

Posted on July 29, 2020July 29, 2020 by Salokya

लकडाउन खुलेपछि पछिल्लो समय राजधानी काठमाडौँमा कोभिड-१९ संक्रमणको संख्या बढ्दै गएको छ। यसै क्रममा २०७७ साउन १३ गते मंगलबार एकै दिन ठूलो संख्यामा संक्रमित भेटिए। तर मंगलबार पुष्टि भएका संक्रमितको संख्या भने मिडियाले फरक-फरक दिएका छन्। कान्तिपुरले साउन १४ गते बुधबारको अङ्कको पहिलो पेजको  ‘कोरोना नियन्त्रणमा कहाँ चुक्यो सरकार?’ शीर्षकको समाचारको उपशीर्षकमा ‘राजधानीमा एकै दिन… Continue reading

कान्तिपुरमा छापिँदै नछापिएको ‘फेक न्युज’ बनाई महिलाको ‘चरित्र हत्या’

Posted on July 28, 2020July 28, 2020 by Salokya

सोसल मिडियामा अहिले ‘कान्तिपुर’ दैनिकको फ्रन्टपेजको दावी गरिएको एउटा स्क्रिनसट भाइरल भएको छ। ६ लाखभन्दा बढीले फलो गर्ने हाल अमेरिकामा रहेकी तिर्सना बुढाथोकीको फेसबुक पेजमा राखिएको पोस्ट र उनैले बनाएको टिकटकबाट यो विषय भाइरल भएको हो। ती पोस्टमा जापानमा रहेकी फेसबुकमा झण्डै डेढ लाख फलोअर भएकी ज्वाला संग्रौलाको विषयमा आपत्तिजनक शीर्षकसहितको समाचार देखिन्छ। के हो… Continue reading

‘निर्मला हत्याका दुई वर्ष’ शीर्षकको समाचारमा कान्तिपुरले गरेका दुई गल्ती

Posted on July 26, 2020July 28, 2020 by Salokya

हल्ला र अफवाहको भरमा बनाइएका समाचारका कारण निर्मला प्रकरण कसरी गिजोलियो भन्ने विषयमा त धेरै कुरा प्रष्ट भइसकेको नै छ। तर अझै पनि यो प्रकरणमा हुँदै नभएको कुरा लेख्ने क्रम हटेको छैन। हिजोमात्रै नागरिक दैनिकले लेखेको समाचारबारे ब्लग लेखेको थिएँ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। आज चाहिँ कान्तिपुरको पालो रहेछ। ‘निर्मलाको हत्याको दुई… Continue reading

हिमालखबरको ‘न्युजरुम ल्याब’ले काठमाडौँमा थपिदियो ६ जना कोरोना संक्रमित?

Posted on July 19, 2020July 19, 2020 by Salokya

कोरोना संक्रमित भएको/नभएको पुष्टि गर्ने काम देशभरमा भएका २७ वटा ल्याबले पीसीआर परीक्षणबाट गर्ने गर्छन्। तर आज त्यसमा एउटा नयाँ ल्याब पनि थपियो जस्तो छ- हिमालखबरको न्युजरुम ल्याब! हिमालखबरले आज २०७७ साउन ४ गते ‘काठमाडौंमा सात जना सहित १५६ संक्रमित थपिए’ शीर्षकको समाचार राखेको छ। समाचारमा लेखिएको छ, ‘राजधानी उपत्यकाको काठमाडौंमा सात र ललितपुरमा दुई… Continue reading

के ‘जी न्युज’ले साँच्चिकै नेपालीसित माफी मागेको हो?

Posted on July 12, 2020 by Salokya

केही दिनदेखि भारतीय मिडियाको सामग्रीलाई लिएर नेपालमा बहस चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको बारेमा बिना आधार ‘बलिउड गसिप’ जस्तो समाचार बनाएर जी न्युजको बिहार झारखण्ड च्यानलले सामग्री तयार पारेको थियो। त्यो पत्रकारिता थिएन, समाचार थिएन, घृणा फैलाउन बनाइएको वाहियात सामग्री थियो। त्यो सामग्री सोसल मिडियामार्फत् फैलिएपछि नेपालमा चर्को आलोचना भयो। मल्टी… Continue reading

के रक्षामन्त्रीको घरमा काम गर्ने ४ फुटको नाबालकलाई सेनामा भर्ना गरिएको हो?

Posted on July 9, 2020July 9, 2020 by Salokya

सामाजिक सञ्जालमा अहिले एउटा पोस्ट चर्चामा छ। पोस्टमा सेनाको बर्दी लगाएका दुई जना फूलमालासहित देखिएका छन्। त्यसको विवरणमा रक्षामन्त्रीको घरमा काम गर्ने चार फुटको नाबालकलाई नेपाली सेनामा भर्ना गरिएको दावी गरिएको छ। कल्यान सिंह महता नामको फेसबुकबाट सेयर  भएको यो पोस्टलाई बिहीबार मध्याह्नसम्म ३४ जनाले सेयर गरेका छन्।  

कोरोना संक्रमण भएपछि डिस्चार्ज हुनेको संख्या ९ हजार होइन, ६ हजार हो

Posted on July 4, 2020 by Salokya

अन्नपूर्ण पोस्टले २०७७ असार २० गतेको अनलाइन संस्करणमा ‘कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुग्यो : ९ हजार ४२ डिस्चार्ज’ शीर्षकमा समाचार छ। त्यसैगरी अरु केही अनलाइनहरुले पनि डिस्चार्ज गर्नेहरुको संख्या अन्नपूर्ण पोस्टले जस्तै लेखेका छन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक विवरणले भने त्यसो भन्दैन।

अहँ, हेभी मेटल म्युजिकले सलहलाई कक्रक्कै पार्दैन

Posted on June 30, 2020June 30, 2020 by Salokya

कृषि मन्त्री घनश्याम भुसालले हेभी मेटल म्युजिक सुनाएपछि सलह कक्रक्कै पर्ने भएकोले त्यस्तो म्युजिक संकलन गरिरहेको बताएको खबरले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बताएको कुरालाई ‘कान्तिपुर’ ले ‘सलह कक्रक्कै हुने अमेरिकी गीत संकलन गर्दैछौं : मन्त्री भुसाल‘ शीर्षकमा समाचार छापेको थियो। लगत्तै कृषि मन्त्रीका पिएले कान्तिपुरको नाम नलिई… Continue reading

के प्रम ओलीले भने जस्तै स्वीडेनका राजा साइकलमा हिँड्छन्?

Posted on June 28, 2020June 28, 2020 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मजयन्तीमा आइतबार बालुवाटारमा भएको कार्यक्रममा राष्ट्रपतिले महँगो गाडी चढ्यो भनेर भइरहेको आलोचनाको जवाफ दिए। यस क्रममा उनले ‘मदन भण्डारीकी धर्मपत्नीलाई साइकल चलाउन जान्नु हुन्न’ मात्र भनेनन्, उच्च पदस्थहरु साइकलमा नहिँड्ने बताए। यसै क्रममा उनले भने, ‘राष्ट्रपति साइकलमा हिँड्दैनन्। हो, स्वीडेनका राजा साइकलमा हिँड्छन्। बडो चर्चा छ। मैले पनि कहिले… Continue reading

स्वदेशीदेखि विदेशी नेताहरु झुक्किए, तपाईँ नझुक्किनुस् : कार्ड भिरेर भाइरस भाग्दैन

Posted on June 28, 2020June 28, 2020 by Salokya

नेकपाको स्थायी समितिको बैठकमा आइडी कार्ड जस्तो नेताहरुको घाँटीमा ‘भाइरस भगाउने कार्ड’ झुण्डिएको देखियो। त्यहाँमात्र होइन, संसदमा समेत नेकपाका नेताहरु त्यही कार्ड घाँटीमा झुण्ड्याएर बैठकमा सहभागी भएको देखियो। कान्तिपुरको समाचार अनुसार सांसद कल्याणी खड्काको छोरा विप्लव केसीको बियोन्ड द वाल ट्रेडिङ कम्पनीले चीनबाट १० हजार थान यो कार्ड नेपाल ल्याएका र नेकपा पार्टीले नै किनेर… Continue reading

कृषि मन्त्रालयको हुँदै नभाको प्रतिवेदन : ‘कान्तिपुर’को क्षमायाचना, ‘नागरिक’को स्पष्टीकरण, ‘अन्नपूर्ण पोस्ट’ चुप

Posted on June 27, 2020June 27, 2020 by Salokya

कृषि मन्त्रालयको फेक प्रतिवेदनलाई आधार बनाएर मिडियाहरुले समाचार लेखेको बारे तीन दिनअघि ब्लग लेखेको थिएँ- कहाँबाट आयो ‘हुँदै नभएको’ कृषि मन्त्रालयको सीमा मिचेको ‘प्रतिवेदन’? आज असार १३ गते ‘कान्तिपुर’ले असार १० गते छापिएको ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा ‘गम्भीर तथ्यगत त्रुटि’ भएको स्वीकार्दै क्षमायाचना गरेको छ। विदेशतिर गल्ती हुँदा सच्याउने चलन सामान्य… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme