Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: Fact check

राष्ट्रपतिको भित्ते फोटोमा गरियो के? ‘ब्लर’ गरेकोदेखि ‘सेतो पट्टीले छोपेको’सम्मका समाचार

Posted on July 15, 2021July 17, 2021 by Salokya

संविधानको धारा नखोली प्रधानमन्त्री नियुक्त गरेको कारण हिजो राष्ट्रपति विद्यादेवी भण्डारी चर्चामा रहेकी थिइन्। चर्चा आज झन् चर्को छ। आज चाहिँ राष्ट्रपतिको भित्ते फोटोका कारण तरङ्ग मच्चिएको हो। सोसल मिडियाका अरु प्रयोगकर्ताहरुको त कुरै छाडिदिउँ, पूर्वमन्त्री लालबाबु पण्डितदेखि लिएर नाम चलेका/नचलेका अनलाइन मिडियाहरुसम्म यही फोटोका पछाडि लागेका थिए। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकको भित्तोमा देखिएको राष्ट्रपतिको… Continue reading

खोप छैन, हल्ला बढी : डेनमार्कको १४ लाख, अमेरिकाको ५० लाख र बेलायतको २० लाख डोज हल्ला मात्रै

Posted on June 9, 2021June 9, 2021 by Salokya

नेपाललाई अहिले कोभिड १९ विरुद्ध खोपको एकदम खाँचो छ। कोभिशिल्डको एक डोज लगाइसकेकाहरुले दोस्रो डोज लाउन पाएका छैनन्। अग्रिम रकम भुक्तानी गरिसक्दा पनि भारतमा बनेको खोप नआउने भइसक्यो। अरु देशले प्रयोग नगरेका अस्ट्राजेनेकाको खोप पाए त्यो लाउन हुन्थ्यो। तर त्यो पनि आउने सुरसार छैन। तर हल्लामा भने ६४ लाख डोज खोप आइसक्यो। केही अघि मात्रै… Continue reading

तीन जना डाक्टर विज्ञहरुले चिनियाँ खोपबारे फैलाएको भ्रम

Posted on May 9, 2021May 9, 2021 by Salokya

हामी जस्तो सामान्य मान्छेहरुलाई धेरै कुराको ज्ञान हुँदैन। त्यसैले हामी भर पर्ने भनेको विज्ञमा हो। तर विज्ञले नै भ्रम फैलायो भने के होला? विज्ञले पनि भ्रम फैलाउँछन् र भन्ने तपाईँलाई लाग्यो होला। एउटा यस्तै उदाहरण आज देखियो। तीन जना डाक्टरहरु मिलेर गलत कुरा गरेर एउटा भ्रम फैलाए। सन्दर्भ हो, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ७ मे… Continue reading

खोप लगाउनेमा भारत पछि पहिलो भनेर प्रमले किन भ्रमित पार्नु, साँचो कुरा गरे भो नि

Posted on May 3, 2021May 4, 2021 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते सोमबार टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गरे। कोभिड–१९ महामारीको नियन्त्रणका विषयमा सरकारले गरिरहेका र गर्ने विभिन्न काम बारे बताए। सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल बनाउन लगाउने, वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैय्या भएका मेडिकल कलेज, ठूला… Continue reading

नझुक्किनुस्, पठाओको सेवा बन्द हुन लागेको होइन

Posted on March 23, 2021March 23, 2021 by Salokya

राइड सेयरिङ एप पठाओ बन्द गर्न लागिएको बारे २०७७ चैत १० गते मंगलबार सामाजिक सञ्जालमा निकै चर्चा र केही मिडियामा समाचारसमेत आएका छन्। के साँच्चिकै पठाओ बन्द गर्न लागिएको हो त? हामीले यो विषयमा तथ्य जाँच गरेका छौँ।

दुई जनालाई सैनिक अदालतले, एक जनालाई मिडिया आफैले बर्खास्त गरिदिएछ

Posted on March 12, 2021March 12, 2021 by Salokya

हाम्रा मिडियाले पनि रमाइलो गर्छ अचेल। अस्ति भर्खर मिडियाले मलाला युसुफजाईलाई अमेरिकाले दिँदै नदिएको अवार्ड दिलाइदियो। आज फेरि एक महिला सैनिक अधिकृतलाई मिडिया आफैले बर्खास्त गरिदिएछ भन्या। समाचारहरु हेर्नुहुन्छ तपाईँले पक्कै पनि देख्नुभयो होला- २०७७ फागुन २८ गते शुक्रबार देशका प्रमुख मिडियाहरुमा नेपाली सेनाले एक सहायक रथी (जर्नेल) र दुई महिला अधिकृतहरुलाई बर्खास्त गरेको समाचार।… Continue reading

हाम्रा मिडिया साह्रै खतरा : मलालाले पाउँदै नपाएको पुरस्कार आफैले बाँडिदिए मुस्कानको नाममा

Posted on March 9, 2021 by Salokya

अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार खासमा अमेरिकी सरकारले दिने हो। तर यसपालि नेपाली मिडियाले बाँडेछ। पत्याउनु भएन? पख्नुस्, म पत्याउने गरी बुझाइदिन्छु। अमेरिकाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मार्च ८ तारिखमा यो पुरस्कार दिने गर्छ। सन् २००७ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कन्डोलिजा राइसले सुरु गरेको यो अवार्ड पाउनेमा यसपालि पहिलो पटक नेपालीले पाइन्। किशोरी… Continue reading

न्यायाधीशले नलेखेको आदेश पत्रकार आफैले लेख्दा रहेछन्, नियुक्ति खारेजको समाचारले तपाईँ पनि झुक्किनु त भएन?

Posted on February 24, 2021February 24, 2021 by Salokya

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदियो। त्योसँगै तपाईँले ‘पुस ५ गतेपछिका सबै नियुक्ति खारेज गर्न सर्वोच्चले आदेश दिएको’ भन्ने समाचार पनि कतै पढ्नुभएको थियो? पढ्नुभएको थियो भने त्यसलाई पत्याउनु भएको पनि होला। न्युज हेरेरै त होला नि थुप्रैले फेसबुक र ट्विटरमा यो सम्बन्धी स्टायटसहरु लेखेको देखेँ। मैले पनि सुरुमा… Continue reading

‘साइबर सेना’बाट असली सेना नै हैरान

Posted on February 22, 2021February 22, 2021 by Salokya

द्वन्द्वकालमा देशमा ‘शाही नेपाली सेना’ र माओवादीको ‘जनसेना’ गरी देशमा दुई थरि सेना हुन्थे। माओवादी शान्ति प्रक्रिया हुँदै मूलधारको राजनीतिमा आएपछि देशमा एउटा मात्र सेना रह्यो जसको नाम ‘नेपाली सेना’ छ। तर अचेल एउटा अर्को ‘सेना’ को पनि नाम निकै चलेको छ- ‘साइबर सेना’। कानुनी रुपमा नभए पनि व्यवहारिक रुपमा सत्तारुढ नेकपा फुटेपछि प्रधानमन्त्री केपी… Continue reading

के प्रचण्ड-माधव नेपालले नेतृत्व गरेको जुलुसमा भारतीय झण्डा बोकेर प्रदर्शन गरिएको हो?

Posted on February 11, 2021February 11, 2021 by Salokya

आन्दोलनरत पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (२०७७ माघ २८ गते बुधबार) राजधानी काठमाडौँमा प्रदर्शन र सभा गरेको छ। यस क्रममा एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ जसमा अगाडि प्रचण्ड र माधव नेपालसहितका शीर्ष नेताहरु देखिन्छन् भने पछाडि भारतको राष्ट्रिय झण्डा देखिन्छ। यही फोटोको बारेमा हामीले… Continue reading

प्रधानमन्त्रीलाई समेत झुक्याउने तरकारीको खास रहस्य बल्ल पो थाहा पाइयो, यस्तो रहेछ

Posted on February 8, 2021 by Salokya

‘बूढीआमाले टमाटर साग किनेर डोकामा बोकेर ल्याएर बाटाका छेउमा बेच्न राखेको बाटाभरी छरेर क्रान्ति गर्न खोजियो। यही हो उहाँहरुको क्रान्ति। किसानका मुला फ्याँकिए, तरकारी फ्याँकियो। त्यही हो क्रान्ति उहाँहरुको !’ नारायणहिटी दरबारको अगाडि बनाइएको मञ्चमा उभिएर भाषण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी समूहप्रति आफ्नो बोलीको अस्त्र प्रहार गरे। अघिल्लो दिन प्रचण्ड-माधव नेपाल समूहले गरेको… Continue reading

पूर्वराजा ज्ञानेन्द्रको नाममा दुनियाँलाई उल्लु बनाउने एउटा अकाउन्ट

Posted on February 4, 2021February 4, 2021 by Salokya

पूर्व राजा ज्ञानेन्द्र शाहको आधिकारिक ट्विटर दावी गर्दै उनको नाममा चलाइएको ट्विटर ह्यान्डल @GBBShah ह्यान्डल भएको ट्विटर अकाउन्टबाट आज गरिएको एउटा ट्विट रातिसम्ममा ७७० रिट्विट भएको छ। यही ट्विटका आधारमा केही मिडियाले समाचार पनि बनाउने गर्थे, केहीले अझै पनि बनाउँछन्। के साँच्चै मिडियामा दावी गरिए जस्तो पूर्वराजा ज्ञानेन्द्रले ट्विटर र फेसबुक चलाउन थालेका हुन्? यो… Continue reading

आम हड्तालको दिन भाइरल भएका फोटो र भिडियो- कुन सही, कुन भ्रामक?

Posted on February 4, 2021February 5, 2021 by Salokya

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको समूहले बिहीबार (फेब्रुअरी ४) गरेको देशव्यापी आम हड्तालको क्रममा सामाजिक सञ्जालमा विभिन्न फोटो र भिडियो भाइरल भएका छन्। हामीले त्यसमध्ये केही फोटो र भिडियोको तथ्य जाँच (फ्याक्टचेक) गरेका छौँ।

प्रचण्डलाई विराटनगरमा हैन, फेसबुकमा मात्रै हानिएको रहेछ जुत्ता

Posted on February 1, 2021February 1, 2021 by Salokya

प्रचण्डलाई विराटनगरमा जुत्ता प्रहार गरियो भन्ने खबर फेसबुकमा निकै भाइरल भएको रहेछ। मलाई त थाहा पनि थिएन। यो बारेमा फ्याक्ट चेक गर्ने अनुरोध आएपछि मात्रै यसो खोजेर हेरेको त प्रचण्डको एउटै फोटोसहित टन्नै ग्रुप र पेज अनि व्यक्तिगत फेसबुक प्रोफाइलहरुमा पनि रहेछ। सयौँ सेयर, हजारौँ रियाक्सनहरु रहेछन् ती पोस्टहरुमा। एउटा अचम्म चाहिँ के रह्यो भने… Continue reading

के परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ‘अख्तियारमा धूलो परेका फाइल निकाल्दै छौं’ भनेका हुन् ?

Posted on January 27, 2021January 27, 2021 by Salokya

माघ १० गते राति कान्तिपुर राष्ट्रिय दैनिकको अनलाइन संस्करण इकान्तिपुरमा ‘अख्तियारमा धूलो परेका फाइल निकाल्दै छौं : परराष्ट्रमन्त्री ज्ञवाली‘ शीर्षकमा समाचार छापियो। सोही दिन नेकपा ओली समूहका अगुवा कार्यकर्तालाई गुल्मीको रेसुंगा नगरपालिकाको तम्घासमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले त्यसो भनेको भनी समाचार इकान्तिपुरमा प्रकाशित भएपछि संवैधानिक निकायलाई सरकारको मातहत ल्याउन लागेको भन्दै सामाजिक सञ्जालमा यसको चर्को… Continue reading

वनको बाघले हैन, मनको बाघले पो खाएको रैछ बारामा

Posted on January 24, 2021January 25, 2021 by Salokya

अचेल सोसल मिडियामा बाघ काण्ड निकै भाइरल छ। बर्दियाको बाघ काण्डबारे पोस्टहरु कति हो कति।  हिजो शनिबार (२०७७ माघ १० गते) भने सोसल मिडिया र विभिन्न अनलाइन मिडियाहरुमा अर्को बाघ काण्डको चर्चा थियो। तर यो बर्दियाको नभएर बाराको थियो। बारा भए पनि पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगञ्ज सडकखण्डबाट शनिबार बिहान बाघले झम्टिएर एक जना… Continue reading

*’बाघ’ भनेर *’बिरालो’को फोटो दिने सीआइबी, छाप्‍ने मिडिया : गल्ती हुन नदिन केही टिप्स

Posted on January 15, 2021January 15, 2021 by राजु आचार्य

-राजु आचार्य- यही पुस २० गते काठमाडौँमा प्रहरीले ‘चरीबाघको छालासहित धापासीबाट एक जनालाई पक्राउ गरेको समाचार विभिन्न प्रमुख अनलाइन मिडियाहरुमा आयो। ‘चरीबाघ’ नेपाल सरकारले प्राथमिकतामा राखेको संरक्षित स्तनधारी वन्यजन्तु हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले टोखा नगरपालिका,धापासीबाट ताप्लेजुङ फुङ्लिङ नगरपालिका निवासी कमलप्रसाद सुनुवारलाई दुई वटा चरीबाघको छालासहित पक्राउ गरेको समाचार थियो त्यसमा। तर बरामद… Continue reading

भाइरल भएको थेसिस फ्याँकेको फोटो नेपालको हैन, ‘युनिभर्सिटी अफ कालाबार’को

Posted on January 10, 2021 by Salokya

फेसबुकमा साढे एक लाखभन्दा बढी फलोअर भएका पूर्व सचिव भीम उपाध्यायले गएको साता एउटा फोटो राखे जसमा थेसिस फोहरको डंगुरसरह फ्याँकेको देखिन्थ्यो। उनले यो फोटोलाई नेपालको भन्दै पोस्ट गरेका थिए। (केही दिनपछि उनले त्यसलाई सच्याए) हाल क्यानाडामा रहेका भानुभक्त आचार्यले ‘हाम्रा थेसिसको यो हरिबिजोग । हाम्रो बौद्धिक क्षमताको सत्यनाश’ लेख्दै सोही फोटो ६ जनवरीमा फेसबुकमा… Continue reading

बीबीसीले लेखेको एउटा गलत समाचार

Posted on January 1, 2021 by Salokya

३१ डिसेम्बर २०२० मा बीबीसी नेपालीको वेबसाइटमा एउटा समाचार राखियो जसको शीर्षक थियो- ‘फोन ट्यापिङ: के नेपालमा सरकारले अरू कसैको फोन कुराकानी रेकर्ड गरेर सुन्न सक्छ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेताहरूको फोन ट्यापिङ गर्न लगाएको आरोप भर्खरै ओली मन्त्रिपरिषद्‍बाट राजीनामा दिएर बाहिरिएका वर्षमान पुनले लगाएको पृष्ठभूमिमा यो समाचार बनेको थियो। सोही समाचारमा एउटा सब… Continue reading

के भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भनेका हुन्?

Posted on December 29, 2020January 27, 2021 by Salokya

अहिले सामाजिक सञ्जालमा एउटा समाचार भाइरल भएको छ। समाचारमा नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भन्दै भाषण गरिएको उल्लेख छ। यही समाचारका आधारमा धेरैले आफ्ना विचारहरु फेसबुक र ट्विटरमा लेखिरहेका छन्। के साँच्चै नेता रावलले यस्तो भाषण गरेका हुन् त? हामीले यसबारे तथ्यजाँच (फ्याक्टचेक) गरेका छौँ।

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • …
  • 11
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme