Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: Fact check

के भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भनेका हुन्?

Posted on December 29, 2020January 27, 2021 by Salokya

अहिले सामाजिक सञ्जालमा एउटा समाचार भाइरल भएको छ। समाचारमा नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भन्दै भाषण गरिएको उल्लेख छ। यही समाचारका आधारमा धेरैले आफ्ना विचारहरु फेसबुक र ट्विटरमा लेखिरहेका छन्। के साँच्चै नेता रावलले यस्तो भाषण गरेका हुन् त? हामीले यसबारे तथ्यजाँच (फ्याक्टचेक) गरेका छौँ।

खोप खरिदमा कसरी लाग्ने भो ४२ अर्ब? हिसाब मिलेन नि, कि कमिसन पनि जोडेको ;)

Posted on December 12, 2020December 12, 2020 by Salokya

आज (मंसिर २७, २०७७) को कान्तिपुरमा ‘खोप खरिदमा ४२ अर्ब लाग्‍ने आकलन’ शीर्षकको समाचार छ तेस्रो पेजमा। समाचारमा लेखिएको छ- ‘स्वास्थ्य मन्त्रालयले भारतमा बनेको खोप नेपालमा ७ अमेरिकी डलरमा उपलब्ध हुन सक्ने बैठकमा जानकारी गराएको छ।’ सँगै नाम नखुलाइएका एक मन्त्रीलाई उद्‍धृत गर्दै लेखिएको छ, ‘भारतमा ३ डलरमा उपलब्ध हुने भए पनि ढुवानी र अन्य… Continue reading

झापाको भन्दै भाइरल भएको र्‍यालीको फोटो बुटवलमा खिचिएको चार वर्ष पुरानो

Posted on December 6, 2020December 6, 2020 by Salokya

झापामा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन भएको भन्दै अहिले एउटा फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। विभिन्न राजतन्त्र समर्थक फेसबुक पेजहरु मात्र होइन, विभिन्न व्यक्तिका फेसबुक प्रोफाइलहरुमा पनि यो फोटो निकै सेयर भएको देखिन्छ। यो फोटोको तथ्य के हो, हामीले खोजेका छौँ।

‘अनलाइनखबर’मा मान्छेले सर्पसित बिहे गरेको ‘फेक न्युज’

Posted on October 19, 2020 by Salokya

अनलाइनखबरले २०७७ असोज २९ गते ‘यी पुरुषले किन गरे सर्पसँग बिहे ?’ शीर्षकमा एउटा समाचार राखेको छ। स्रोत उल्लेख नगरी ‘एजेन्सी’ मात्र लेखिएको यो समाचारमा ‘थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरेर सप्पैलाई तीनछक्क पारिदिएको’ दावी गर्दै कारण खुलाइएको छ, ‘आफ्नी भूतपूर्व प्रेमिकाको मृत्युपछि मृतक प्रेमिका सर्पको रुप धारण गरेर आएकोले सोही सर्पसँग बिहे गरेको।’… Continue reading

पत्रकारले ‘सर्च’ गर्न नजान्दा ‘सेतीदेवी’लाई मर्का, ‘फिन्सेन फाइल्स’मा भएको गम्भीर गल्ती

Posted on September 21, 2020September 21, 2020 by Salokya

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि पहुँच पाएको ठूलो संख्याको गोप्य सरकारी कागजातहरुलाई खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजे र ८० देशका १०० भन्दा बढी सञ्चार संस्थाहरुसित सहकार्य गरेर हिजो रिपोर्ट सार्वजनिक गर्‍यो। आइसिआइजेमार्फत् नेपालको खोज पत्रकारिता केन्द्र (सिआइजे) पनि यसमा जोडियो। कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँलेले यसबारे तयार पारेको रिपोर्ट आजको कान्तिपुर दैनिक… Continue reading

के पीसीआर परीक्षण कामै नलाग्ने हो? फैलाइएका चार भ्रम र तथ्य

Posted on September 19, 2020September 19, 2020 by Salokya

कोभिड-१९ को संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षणलाई अहिले केही षड्यन्त्र सिद्धान्तका रचनाकारहरुले ‘गाई कि त्रिशुल’ जस्तो भएको दावी गर्दै यसले कोरोना भाइरस पत्ता लगाउन नसक्ने हल्ला फैलाएका छन्। केही अस्पतालमा पीसीआर परीक्षण गर्दा अस्पतालै पिच्छे फरक रिपोर्ट आएको समाचारले पनि उनीहरुलाई हल्ला फैलाउन मद्दत गरेको छ। हल्ला यति फैलाइएको छ कि अब नो पीसीआर… Continue reading

सरकारको निर्णयबारे सरकारी मिडियाहरुकै खबर गलत ठहरियो, कसको विश्वास गर्ने?

Posted on September 16, 2020September 16, 2020 by Salokya

सरकारी मिडिया किन चाहिन्छ भन्ने प्रश्नको जवाफमा सरकारको आधिकारिक सूचना र जानकारीहरु प्रवाह गर्नका लागि भन्ने जवाफ आउने गर्छ। हुन पनि सरकारको निर्णयबारे सरकारी मिडियामै समाचार आएपछि विश्वास नगर्ने भन्ने कुरा हुँदैन। तर नेपालमा भने त्यसो नहुने रहेछ। सरकारी मिडियामै समाचार आए पनि विश्वास गरिहाल्न नहुने रहेछ। के थाहा, २४ घण्टा नबित्दै त्यो समाचार गलत… Continue reading

कोरोनाभाइरसबारे एपीवान टिभीको बहसमा गरिएका पाँच भ्रामक दावी

Posted on September 13, 2020September 14, 2020 by Salokya

एपिवान टेलिभिजनमा समाचार प्रमुख टीकाराम यात्रीले सञ्चालन गर्ने ‘एपी सेन्टर’ कार्यक्रममा भदौ २७ गते शनिबार जागृत रायमाझी र डा. समिरमणि दीक्षितसँग बहस प्रसारण भयो। पहिलेका विद्यार्थी नेता रायमाझीले यसअघि पनि विभिन्न युट्युब च्यानलहरुमा विभिन्न अपुष्ट दावी गर्दै आएका थिए। पछिल्लो समय मूलधारे मिडियाहरुमा पनि ठाउँ पाउने क्रममा एपी वान टिभीमा बहस कार्यक्रम भएको हो। कार्यक्रममा… Continue reading

के कारमा स्यानिटाइजर राख्दा आगो लाग्न सक्ने नास्टका वैज्ञानिकको भनाई सही हो ?

Posted on September 11, 2020 by Salokya

‘हिमालखबर’मा २१ भदौ २०७७ मा प्रकाशित समाचारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक तथा माइक्रोबायोलोजिष्ट डा. टिष्टा प्रसाईंको भनाई उद्‍धृत गर्दै लेखिएको छ- “अहिले सबैले यात्रा गर्ने क्रममा पनि स्यानिटाइजर बोक्ने गरेको पाइएको छ। आफ्नो कारमा स्यानिटाइजर बोकेर हिंड्दा त्यतिबेला गाडीको तापक्रम बढेर १०५ डिग्री फरेन हाइटसम्म पुग्छ। स्यानिटाइजरमा भएको रसायनका कारण… Continue reading

भ्रममा नपर्नुस्, म्याच फिक्सिङ प्रकरणमा सर्वोच्चले खेल मिलेमतोमा नखेलेको ठहर गरेको होइन

Posted on September 8, 2020September 15, 2020 by Salokya

फुटबल खेलाडीहरुको म्याच फिक्सिङ प्रकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि यसबारे समाचार आउने क्रम जारी छ। यही क्रममा केही मिडियाले सर्वोच्च अदालतले फैसलामा म्याच फिक्सिङ नै नगरेको अर्थात् खेल मिलेमतोमा नखेलेको ठहर गरेको शीर्षकमा समाचार राखेका छन्। के यो सही हो त? हामीले फ्याक्टचेकका क्रममा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ अध्ययन गर्दा यी… Continue reading

के ‘न्युयोर्क टाइम्स’ले हिसिला यमिलाई एसियाकै भ्रष्ट महिला भनेर रिपोर्ट छापेको थियो?

Posted on September 8, 2020September 8, 2020 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ भदौ २०७७ सोमबार बिहान फेसबुकमा एउटा स्टायटस लेखेका छन्। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाको विदाइका बेला गरेको ट्विटको जवाफ दिँदै थापाले फेसबुकमा लामो स्टायटस लेख्दै सोधेका छन्- ‘न्यूयाेर्क टाइम्सले २०७० सालमा “एसियाकै भ्रष्ट महिला” भनेर विशेष खाेज रिपाेर्ट प्रकाशित गरेकाे समेत बिर्सनु… Continue reading

‘नागरिक’ दैनिक मुख्य समाचारमै यसरी चुक्यो

Posted on September 7, 2020 by Salokya

नागरिक दैनिकले २० भदौ २०७७ शनिबार पहिलो पेजमा ‘हार्नेलाई मन्त्री बनाउन संविधान बाधक‘ शीर्षकको समाचार राखेको छ। समाचार नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय लिएको र उनको मन्त्री बन्ने आकांक्षा देखिएकोले चुनाव हार्नेले मन्त्री बन्न सक्ने कि नसक्ने भनेर उठेको विवादमा केन्द्रित छ। सोही समाचारमा नेकपा प्रवक्तासमेत… Continue reading

‘ओरालो लागेको’ कान्तिपुरलाई मेस्सीको फ्यानले नि लखेट्छ

Posted on September 5, 2020September 6, 2020 by Salokya

हामी सानो हुँदा टेलिभिजनमा बज्ने एउटा विज्ञापन खुब रमाइलो मानी मानी हेरिन्थ्यो। विज्ञापनमा गोपालराज मैनालीलाई जसले पनि लेखट्थ्यो। लखेट्दा लखेट्दै जिउभरी हिलो र धुलो लागेर घर पुग्दा आफ्नै बूढीले पनि बाँकी राख्दिनन्। भन्छिन्, गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई लखेट्ने..! अहिले यस्तै भएको छ कान्तिपुरलाई। कान्तिपुरलाई ‘क’ अक्षरको दशा लागेको छ कि के हो,… Continue reading

इन्टरभ्युमा सिधै ढाँटिदिने प्रधानमन्त्रीज्यु? दिनमा २३ हजार पिसिआर टेस्ट कहिले भएको छ- खै देखाउनुस् त

Posted on August 31, 2020August 31, 2020 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ऋषि धमलाले लिएको २०२० अगस्त २९ शनिबार प्रसारण भएको अन्तर्वार्ता अहिले युट्युब ट्रेन्डिङमा आइसक्यो। १ घण्टा ४६ मिनेट लामो अन्तर्वार्ता रहेछ। धैर्य राख्दै कुनै ठाउँमा स्किप गर्दै, कुनै ठाउँमा दोहोर्‍याइ तेहर्‍याइ हेरियो। प्रधानमन्त्रीले कति सही कुरा गरेका छन्, कतिमा भने हाकाहाकी ढाँटेका छन्। सबभन्दा स्पष्ट देखिने गरी ढाँटेको विषय चाहिँ पिसिआर… Continue reading

नझुक्किनुस्, स्यानिटरी प्याड लगाउँदा ५६ जना किशोरीको मृत्यु भएको होइन

Posted on August 28, 2020 by Salokya

नायिका वर्षा शिवाकोटीले बिहीबार आफ्नो फेसबुकमा एउटा स्टायटस राखिन्, जसमा लेखिएको थियो- ह्विस्पर, स्टे फ्री आदि स्यानिटरी प्याड प्रयोग गरेका कारण ५६ जनाको मृत्यु भयो। उनले जस्तै अहिले धेरै नेपालीले फेसबुकमा यही स्टायटस कपिपेस्ट गरी राखेका छन्। त्यसमा दावी गरिएको छ-एउटै प्याड दिनभर प्रयोग गर्दा अल्ट्रा न्यापकिनहरुमा प्रयोग हुने रसायन लिक्विडबाट जेलमा परिणत हुन्छ, यसले… Continue reading

भ्रममा नपर्नुस्, कुलमान घिसिङलाई सरकारले पुनः नियुक्त गरिसकेको छैन

Posted on August 25, 2020August 25, 2020 by Salokya

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले चार वर्षका लागि पुनः नियुक्त गरेको खबर मंगलबार साँझ भाइरल भयो। सोसल मिडियामा धेरैले उनलाई बधाई दिए। सोसल मिडियामात्र हैन, केही अनलाइन मिडियाले समेत कुलमानलाई पुनः नियुक्त गरिसकेको समाचार दिए। सर्वसाधारणले मात्र होइन, पत्रकारहरुले समेत यो समाचार आफ्नो सोसल मिडियामा लेखे। यी सबै समाचार मिथ्या थिए। ऊर्जा… Continue reading

भ्रममा नपर्नुस्, मास्क लगाउँदैमा तपाईँको अक्सिजन लेभल घट्दैन

Posted on August 23, 2020August 23, 2020 by Salokya

मास्क लगाउँदा शरीरमा अक्सिजन कम हुने लगायतका दावीहरु गरिएका पोस्टहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। त्यसमा गरिएको दावी अनुसार मास्क लगाउन हुन्न। मास्क लगातार लगाउनु विष पिउनु सरह हो। के हो यसको तथ्य? हामीले फ्याक्टचेक गरेका छौँ। 

बौद्धमार्गी मुलुक महामारीबाट जोगिएकोबारे ‘नागरिक’को समाचार भ्रामक

Posted on August 11, 2020 by Salokya

आज २७ साउन २०७७ को ‘नागरिक’ दैनिकको पहिलो पेजमा ‘बौद्धमार्गी मुलुक कसरी जाेगिए महामारीबाट ?’ शीर्षकमा समाचार रहेको छ। समाचारमा ‘आंशिक तथा पूर्ण रूपमा बौद्ध धर्म मान्ने कम्बोडिया, लाओस, मियान्मा, थाइल्यान्ड र भियतनमाले ‘हाच्छ्युँ’ पनि गरेका छैनन्’ भन्दै ‘भियतनाममा महामारीका कारण अहिलेसम्म एकजनाको पनि मृत्यु नभएको’ दावी गरिएको छ। हामीले यो विषयमा तथ्यजाँच गरेका छौँ।

काठमाडौँमा दुई हप्ता ‘सटडाउन’बारेका खबर भ्रामक, खासमा केही सेवा बन्द हो, सहर होइन

Posted on August 7, 2020August 7, 2020 by Salokya

२०७७ साउन २३ गते शुक्रबार एउटा समाचार सोसल मिडियामा भाइरल भएको छ। थुप्रै अनलाइन मिडियाहरुले काठमाडौँ उपत्यका दुई हप्ता ‘सटडाउन’ गरिने उल्लेख गरेका छन्। लकडाउन खुला भएसँगै काठमाडौँमा दिनदिनै बढिरहेको संक्रमणले जोखिम बढाएपछि फेरि लकडाउन हुने/नहुने अनुमान चलिरहँदा ‘सटडाउन’को समाचार भाइरल भएको हो। के हो यसको सत्य? हामीले फ्याक्टचेक गरेका छौँ।

घरभाडा नलिने सर्वोच्चको आदेशबारे ‘फेक न्युज’ : दुई अनलाइनले माफी मागेर सच्याए, अरुले के गर्लान्?

Posted on July 31, 2020 by Salokya

हिजो साँझदेखि एउटा समाचार निकै भाइरल भएको थियो सोसल मिडियामा- सर्वोच्च अदालतले लकडाउनको अवधिको भाडा नलिनु भन्ने आदेश दियो रे। अनलाइन मिडियाहरुलाई पत्याएरै त होला, धेरैले यो समाचार आफ्नो ग्रुपमा, वालमा सेयर गरे। तर सर्वोच्चको आदेशै हेरेपछि पो थाहा भयो, यो खबर त ‘फेक’ पो रहेछ। तर पनि हिजो भाइरल भएर व्यापक भइसकेको यो खबर… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • 11
  • Next

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme