Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: Fact check

अहँ, रुसका सडकमा पुटिनले ८ सय वटा सिंह छाडेका छैनन्, फेक न्युज नपत्याउनुस् !

Posted on March 22, 2020 by Salokya

सामाजिक सञ्जालमा एउटा खबर निकै सेयर भइरहेको छ। त्यसमा भनिएको छ- कोरोना संक्रमणबाट बच्ने उपायका रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले करिब ८ सय बाघ र सिंहलाई सडकमा खुल्ला छाडिदिएका छन्। नागरिकहरु डराएर घरबाट ननिस्कून् भनेर त्यसो गरिएको रे। साथमा एउठा सडकमा एउटा सिंह हिँडिरहेको फोटो पनि छ। विश्वासिला मानिने वरिष्ठ पत्रकारहरुबाट नै यो खबर सेयर… Continue reading

नझुक्किनुस्, मान्छेहरु ढलेको यो फोटो इटालीको होइन

Posted on March 22, 2020March 22, 2020 by Salokya

अहिले फेसबुकमा एउटा फोटो धेरैले सेयर गरिरहेका छन्। फोटोमा धेरै मान्छेहरु सडकमै ढलिरहेको देखिन्छ। इटालीमा यस्तो अवस्था देखिएको भन्दै मानिसहरुले यो फोटो सेयर गरिरहेका छन्। तर नझुक्किनु होला, यो फोटो इटालीको होइन। न यी मान्छेहरु कोरोना भाइरसकै कारण मरेका हुन्। के हो त यो फोटोको सत्य? आउनुस् हेरौँ। 

आकाशबाट सेनाले हेलिकप्टरबाट औषधि छर्कने कुरा भारतबाट सुरु भएको ‘फेक न्युज’

Posted on March 21, 2020March 21, 2020 by Salokya

फेसबुकमा अहिले कोरोना भाइरससम्बन्धी एउटा अर्को मेसेज भाइरल भइरहेको छ। यो मेसेज टेक्स्ट र अडियो दुवैमा छ। टेक्स्टमा आज राति १२ बजे नेपाल भर आर्मी हेलिकप्टरले आकाशबाट कोरोना भँइरसविरुद्ध किटनाशक औषधि छर्कने हुनाले घर बाहिर ननिस्कन र कपडा र अरु कुरा बाहिर नराख्न भनिएको छ। त्यसैगरी अडियोमा एक महिला आवाजमा त्यही कुरा भनेको सुन्न पाइन्छ।… Continue reading

नर्भिक हस्पिटलको भन्दै फेसबुकमा फैलाइएको अडियो यसकारण गलत

Posted on March 21, 2020March 21, 2020 by Salokya

“अँ हिमाल, तिमीलाई एउटा एकदम इम्पोर्टेन्ट कुरा सुनाउन फोन गरेको है” यी वाक्यबाट सुरु हुने पुरुष आवाज रहेको अडियो तपाईँले पनि फेसबुकको मेसेन्जरमा पाउनु भयो होला। त्यो मेसेजमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखाएको र नेपालमा एकदमै फैलिसकेको भन्दै आतंक मच्चाउन खोजिएको छ। उसले यो कुरा फेक हैन है भनेर… Continue reading

टेकुमा कोरोना संक्रमित भेटिएको फेक न्युजदेखि सावधान !

Posted on March 15, 2020 by Salokya

कोरोना भाइरस प्यान्डेमिक सँगै अहिले सोसल मिडियामा अर्को एउटा संक्रमण पनि बढ्दो छ- इन्फोडेमिक अर्थात् सूचना संक्रमण। कोरोना संक्रमण भएको होस् या नहोस् सूचना संक्रमणले चाहिँ तपाईँले भेट्टाउन सक्छ। त्यसैले सावधान रहनु होला। तपाईँको फेसबुक वालमा वा ग्रुपहरुमा, मेसेजमा एउटा खबर देख्नुभएकै होला- टेकुमा परीक्षण गरेका एक व्यक्तिमा कोरोना संक्रमण भेटियो शीर्षकमा। नाम नसुनेका अनलाइनहरुमा… Continue reading

फ्याक्टचेक : म्याग्दीको तातोपानीमा मास्क लगाउनेहरुको फोटो एक वर्षभन्दा पुरानो

Posted on March 13, 2020March 13, 2020 by Salokya

आज सोसल मिडियामा म्याग्दीको तातोपानीमा डुबुल्की लगाउनेहरुले मास्क लगाउँदै गरेको फोटो राखेर त्यसलाई कोरोना भाइरसको संक्रमणसँग जोडेर ‘मूर्खहरु’ भन्दै आलोचना भइरहेको तपाईँले धेरै देख्नुभयो होला। सोसल मिडियामा ती फोटोहरुको स्रोत आजको कान्तिपुर दैनिक हो। आजको कान्तिपुर दैनिकको पाँचौँ पेजमा महामारीको घोषणासँगै सतर्कता बढाइयो शीर्षकको समाचारमा एउटा ठूलो फोटो राखिएको छ, जसको क्याप्सनमा पोखरीमा मास्क अनिवार्य… Continue reading

ट्रम्प, मोदी र ज्ञानेन्द्रको भेट? फेक न्युज हो कि साँच्चै? : फ्याक्टचेक

Posted on February 27, 2020February 27, 2020 by Salokya

फणिराज पाठक पूर्व राजा ज्ञानेन्द्रका संवाद सचिव हुन्। ज्ञानेन्द्रका आधिकारिक प्रेस विज्ञप्ति, प्रेस नोट र जानकारीहरु उनीमार्फत् जारी हुन्छन्। उनको फेसबुकबाट पनि त्यस्ता जानकारी प्रवाह हुन्छन्। उनै पाठकको फेसबुकमा बुधबार एउटा सनसनीपूर्ण लिङ्क सेयर भयो। माथि त्यसको स्क्रिनसटमा तपाईँ देख्नसक्नुहुन्छ- भनिएको छ कि भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्प, भारतीय प्रधानमन्त्री मोदी र ज्ञानेन्द्रको भेट… Continue reading

काठमाडौँको आकाशमा ‘अनौठो विमान’? नझुक्किनुस्, मिडिया भ्रम मात्रै छर्दैछ

Posted on November 24, 2019November 24, 2019 by Salokya

यो फोटो हेर्दा तपाईँलाई केही अनौठो लाग्यो? यसमा सेतो धुँवा छाड्दै एउटा विमान आकाशमा उडिरहेको देखिन्छ। यो फोटो मैले अस्ति भर्खर मंगोलिया जाँदा त्यहीँको आकाशमा खिचेको हुँ। एकदम चीसो मौसम हुने मंगोलियाको आकाशमा यो सामान्य दृश्य हो। कहिलेकाहीँ त दुई वटा यस्ता सेता धर्कासहित विमानहरु उडिरहेका हुन्छन्। यस्तै दृश्य जब काठमाडौँमा देखियो, तब के भयो… Continue reading

रवि प्रकरणमा हाम्रो ‘FBI’ को अनुसन्धान : शालिकरामको आँखामा हत्यारा नै फेला पार्न सफल भएछन् रे

Posted on August 22, 2019August 22, 2019 by Salokya

सबभन्दा पहिला शीर्षकमा नझुक्किनुस् है। FBI को अर्थ अमेरिकाको Federal Bureau of Investigation हैन। यो त हाम्रो FBI हो। अर्थात् हाम्रा Facebooke Bureau of Investigation. हाम्रो FBI ले रवि प्रकरणमा गजब गजबको अनुसन्धान गरेर चितवन प्रहरी त के, CIB लाई समेत मात दिइसकेको छ। यही टोलीले गरेको अनुसन्धानको नतिजा फेसबुक र युट्युबमा सार्वजनिक भएपछि अहिले… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 6
  • 7
  • 8
  • 9

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme