Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: Fact check

डा. शेरबहादुर पुनलाई दुई वर्षपछि फेरि तनाव दिने त्यो फेसबुक पोस्ट

Posted on April 24, 2022 by Salokya

मन्त्री र सचिवलाई गाली गरिएको एउटा पोस्ट अहिले फेसबुकमा भाइरल भएको छ जसमा लेखिएको छ, ‘मरी मरी पढेर डाक्टर बन्यो,स्थायी बन्न दशतिर चाकरी ठोक्नुपर्छ, करारमा बसेर काम गर्‍यो, अनि साँचो बोल्यो भनेर चोरेर बीए पास गर्ने मन्त्रीले थर्काउँछ, नेपाली घोकेर सचिव बन्नेहरुले पेल्छन्, अनि कोही कसरी नेपालमा टिकुन्।’ पोस्टमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका… Continue reading

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भाइरल फोटोको तथ्य यस्तो छ

Posted on April 13, 2022 by Salokya

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भनिएको एउटा फोटो अहिले फेसबुकमा भाइरल भएको छ। फोटोमा गरिएको दावी अनुसार अध्यक्ष लिङ्देनले दुर्घटनामा परेका व्यक्तिलाई आफ्नो गाडी रोकेर उद्दार गरेका हुन्। फोटोमा मान्छे नचिनिए पनि सडकमा दुई वटा मोटरसाइकल लडेको र घाइते जस्तो देखिएका एक व्यक्तिलाई दुई जनाले उठाउँदै गरेको देखिन्छ। हाम्रो तथ्य जाँचमा यो फोटो पुरानो… Continue reading

पुलिसकै सूचना ‘फेक’ हान्दिएछन्, मिडियासमेत यसरी झुक्कियो

Posted on March 12, 2022 by Salokya

नेपाल प्रहरीले आसन्न निर्वाचनको लागि १ लाख १८ हजार जना म्यादी प्रहरीको भर्ना खोलेको दावी गरिएको एउटा सूचना बुधबार (९ मार्च २०२२) देखि नै सामाजिक सञ्जालमा देखिएको थियो। बिहीबार त्यो अझ फैलियो र अनलाइन मिडियामा समेत योबारे समाचार आयो। बिहीबार अपराह्न प्रहरी प्रधान कार्यालयले यसको खण्डन गर्दै ‘हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको’ जानकारी दियो। हाम्रो… Continue reading

के साँच्चै युक्रेनी सेनामा भर्ती भएर लड्छु भनेका व्यक्ति नेपाली नै हुन्? बल्ल पत्ता लाग्यो

Posted on March 7, 2022March 7, 2022 by Salokya

सामाजिक सञ्जालमा बुधबारदेखि एउटा भिडियो खुबै भाइरल भयो, जसमा आफूलाई नेपाली बताउने एक युवक युक्रेनको रक्षाका लागि सेनामा भर्ती हुन आएको बताउँछन्। प्रताप बस्नेत नाम बताउने ती युवकले अङ्ग्रेजीमा बोलेको र युक्रेनी भाषाको सबटाइटल रहेको सोही भिडियोकै आधारमा विभिन्न अनलाइनहरुले पनि समाचार बनाएका छन्। केही अनलाइनहरुले भिडियोमा नेपाली सबटाइटल समेत राखेका छन्। तर ती अनलाइनहरुले… Continue reading

नेपालीलाई अराइभल भिसाबारे पत्रकार देवप्रकाश त्रिपाठीको दावी गलत

Posted on February 1, 2022February 1, 2022 by Salokya

घटना र विचार साप्ताहिक तथा अनलाइनका प्रधान सम्पादक देवप्रकाश त्रिपाठीले ‘यस्तो हुन्छ माफियातन्त्र !‘ शीर्षकको लेखमा नेपालीले दुई वटा एसियाली र केही अफ्रिकी देशमा मात्र अराइभल भिसा पाउने दावी गरेका छन्। उनले लेखेका छन्- ‘भियतनाम, श्रीलंका र केही अफ्रिकीबाहेक अन्य कुनै पनि मुलुकमा नेपालीलाई अराइवल भिसाको सुविधा छैन।’ के उनको दावी सही हो ? हामीले… Continue reading

रमेश प्रसाइँको अपरेसनको ‘फेक न्युज’ भाइरल, कसले र किन लेख्छन् यस्ता गलत कुरा?

Posted on January 31, 2022January 31, 2022 by Salokya

के तपाईँले पनि सामाजिक सञ्जालका चर्चित पात्र तथा हाल लालमोहर नामको टिभी कार्यक्रमका होस्ट रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको खबर देख्नुभएको थियो? हिजोदेखि यस्तो खबर फेसबुकमा भाइरल भएको छ। भाइरल खबरमा नेपालकै टप आँखा चिकित्सकहरु मिलेर रमेश प्रसाईको आँखाको शल्यक्रिया सफल पारेको, आँखा देखे लगत्तै खुशी हुँदै सबैभन्दा पहिला छोरी र पत्नीलाई हेरेको, शल्यक्रिया सफल… Continue reading

फेसबुकमा ज्ञानेन्द्र शाहीले फैलाएको भ्रामक सूचना

Posted on January 30, 2022 by Salokya

फेसबुकमा ३ लाख ७५ हजारभन्दा बढी फलोअर भएका ज्ञानेन्द्र शाहीले शनिबार लेखेका छन्, ‘भारतको सिक्किममा नेपाली भाषालाई राष्ट्रिय भाषा घोषणा गरिएको छ।’ उनकै स्टायटस साभार गर्दै केही फेसबुक पेजहरुले पनि यही दावी सेयर गरेका छन्। तर हाम्रो फ्याक्ट चेक (तथ्य जाँच)मा उनको यो दावी भ्रामक देखिएको छ।

यसकारण भ्रामक छ भाइरल भएको ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्लुएचओ’ शीर्षकको समाचार

Posted on January 25, 2022January 26, 2022 by Salokya

सोमबार एउटा समाचार निकै भाइरल भयो सामाजिक सञ्जालमा। ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्लुएचओ’ शीर्षकमा यो समाचार थुप्रै नाम चलेका, नचलेका सबैखालका अनलाइनहरुमा आएका थिए। दुई वर्षदेखि दिक्क बनाइरहेको कोभिड-१९ महामारी अन्त्य हुने निश्चित भए त गज्जबकै खुशीको कुरा हो नि। त्यही भएर होला धेरैले खुसीको खबर लेख्दै यस्ता समाचार सेयर गरेको पनि… Continue reading

भाइरल भएको बाजुरा अस्पतालको अपरेसन थियटर : खास कुरो यस्तो पो रहेछ

Posted on December 27, 2021December 27, 2021 by Salokya

केही दिनदेखि फेसबुकमा एउटा फोटो धेरैले सेयर गरिरहेको देखेको छु। फोटोमा जस्तापाताले बेरेको एउटा टहरा जस्तो देखिन्छ। त्यसमा राखिएको साइनबोर्डमा लेखिएको छ- जिल्ला अस्पताल बाजुरा शल्यक्रिया कक्ष। मुनि अङ्ग्रेजीमा अपरेसन थियटर पनि लेखिएको छ। एउटा कुखुरा पनि नजिकै देखिन्छ। दुर्गम क्षेत्रको अस्पतालको अवस्था दर्शाएको भन्दै धेरैले सामाजिक सञ्जालमा यसलाई राखेर भाइरल बनाएका छन्। के यो… Continue reading

बाइक चढ्ने दुवैले हेल्मेट लाउनु पर्ने नयाँ ऐन बन्न लागेको समाचार पढ्नुभाथ्यो? यसकारण त्यो गलत

Posted on December 22, 2021 by Salokya

बाइक वा स्कूटर चढ्ने दुवैले हेल्मेट लगाउनु पर्ने नयाँ नियम सरकारले अब ऐनमा नै व्यवस्था गरेर लागू गर्न लाग्यो। के तपाईँले पनि यस्तो समाचार कुनै अनलाइनमा वा कुनै टिभीमा वा सोसल मिडियामा देख्नुभएको थियो? देख्नुभएको थियो भने ती समाचार भ्रामक छन्। ऐनमा नभएर यो व्यवस्था लागू नभएको होइन। समाचार लेख्नेहरुले ऐन नै पढेनछन्। ऐन नै… Continue reading

के ओलीले विश्वकै महँगो साबुन प्रयोग गरेका हुन्?

Posted on December 7, 2021December 7, 2021 by Salokya

आइतबारदेखि सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै महँगो साबुन प्रयोग गरेको दावीसहितका केही पोस्टहरु एकदमै भाइरल भए। त्यसमा गरिएका दावी अनुसार सुन र हीराको धूलो अनि मह प्रयोग गरी बनाइएको यो साबुन एउटाकै १२ सय डलर पर्छ रे। यो कुरा फैलाउनमा पूर्व सचिव भीम उपाध्यायसमेत लागे। अनि  केही अनलाइनले यस विषयमा लेखेका छन्। यसबारे… Continue reading

के साँच्चै एमाले महाधिवेशनबारे बीबीसी, रोयटर्स, अलजजिरा, न्युयोर्क टाइम्सले लेखेका हुन्? भाइरल पोस्टको तथ्य यस्तो

Posted on November 29, 2021November 29, 2021 by Salokya

अहिले एउटा पोस्ट सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको देखिन्छ। विषय हो- नेकपा एमालेको १० औँ महाधिवेशन बारे अन्तर्राष्ट्रिय मिडियामा भएको कभरेज। बीबीसी, रोयटर्स, अलजजिरा, न्युयोर्क टाइम्स आदिले महाधिवेशन र ओलीको प्रशंसामा विभिन्न कुराहरु लेखेको दावी गरिएको छ ती भाइरल पोस्टमा। सामान्य कार्यकर्ताहरु मात्रको के कुरा, वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नै यो सेयर गरेका… Continue reading

स्याटेलाइटसम्बन्धी ओलीको दावी यसकारण गलत

Posted on November 28, 2021November 28, 2021 by Salokya

पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै २०७८ मंसिर १० गते सम्बोधन गर्ने क्रममा स्याटेलाइट सम्बन्धी विभिन्न दावी गरे। ‘अन्तरिक्ष पनि हाम्रो हो। अन्तरिक्षबाट, स्याटेलाइटबाट हामी काम गर्नेछौँ’, ओलीले भने, ‘स्याटेलाइटका लागि हाम्रो मार्ग रहेनछ। मेरो नेतृत्वको सरकारले स्याटेलाइटका लागि हाम्रो मार्ग, अरुले लिएको मार्ग, अरुले… Continue reading

समाचार आयो- सगरमाथाको फेदीमा इटालीका राजकुमार, इटालीमा राजा नै छैन कसरी राजकुमार?

Posted on September 30, 2021 by Salokya

तपाईँले पनि केही दिनअघि नेपाली अनलाइन मिडियाहरुले माउन्ट एभरेस्ट फेसन रनवेका समाचारहरुमा इटालीका राजकुमार पनि सहभागी भएको पढ्नुभएको होला। अझ कुनै समाचारमा त नेदरल्यान्डसकी राजकुमारी पनि सहभागी भएको लेखिएको छ। एउटा मात्र हैन धेरै वटा मिडियामा अनि ससाना कपिपेस्ट मिडियामा होइन, नाम चलेकै मिडियाहरुमा त्यस्ता समाचार पढ्दा हो कि भन्ने पनि लाग्न सक्छ। तर नेपालफ्याक्टचेकको… Continue reading

‘कागले कान लग्यो’ भन्दा भूषण दाहालसहितका मान्छे कागका पछिपछि दौडेका?

Posted on September 16, 2021September 16, 2021 by Salokya

आज एउटा रमाइलो दृश्य देखियो सामाजिक सञ्जालमा- कान्तिपुर टेलिभिजनमा वर्षौँ नेतृत्व तहमा रहेका भूषण दाहाल जस्ता सञ्चारकर्मी एउटा फेक स्क्रिनसटलाई विश्वास गरेर कान्तिपुरका प्रधान सम्पादकलाई मेन्सँदै गरेको। कत्रा ठूलाठूला नेताहरुको अन्तर्वार्ता लिइसकेका व्यक्ति त त्यसरी ‘कागले कान लग्यो’ भन्दा कान नछामी कागका पछि पछि दौड्दै गरेको देखियो भने अरु सामान्य मान्छेको के होला हालत ?… Continue reading

माधव नेपालको दुई वर्ष पुरानो आँसु बेचेर उल्लु बनाउन खोज्ने मिडिया

Posted on August 31, 2021 by Salokya

के तपाईँले दोस्रो पुस्ताका नेताहरुले धोका दिएको भन्दै एमाले फुटाएकोमा पछुतो मानेर नेता माधवकुमार नेपाल रोएको फोटो कुनै मिडियामा वा सामाजिक सञ्जालमा देख्नुभएको छ? त्यो सही होइन है। माधव नेपाल रोएका पक्कै हुन्, तर त्यो दुई वर्षअगाडिको भिडियोको कुरा हो। दुई वर्ष पुरानो आँसु बेचेर मिडियाले उल्लु बनाउन खोजेको मात्रै हो। यो बारेमा नेपालफ्याक्टचेकमा प्रकाशित… Continue reading

मेस्सीको स्वागतमा उर्लिएको भिड भन्दै अमेरिकाको फेस्टिभलको फोटो भाइरल

Posted on August 11, 2021August 11, 2021 by Salokya

सोसल मिडियामा अहिले एउटा फोटो भाइरल भएको छ। फोटोमा ठूलो भिड देखिन्छ। फोटोसँगै अङ्ग्रेजीमा लेखिएको छ- ‘This isn’t political rally or a concert but a crowd to welcome Leo Messi in Paris! THIS MAN IS BIGGER THAN ANY SPORT!’ फुटबल स्टार मेस्सीलाई पेरिसमा स्वागत गर्न यो भिड आएको ती भाइरल पोस्टहरुमा दावी छ। यी दावीको… Continue reading

के नेपालले ६० लाख फाइजर खोप किन्ने सम्झौता गरिसकेको हो?

Posted on July 29, 2021 by Salokya

कान्तिपुर राष्ट्रिय दैनिकले १२ साउन २०७८ मंगलबारको अङ्कमा ‘किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता’ शीर्षकमा चार कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ। समाचारमा ‘सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको र अमेरिकाको फाइजर एन्ड बायोटेक (वास्तविक नाम फाइजर-बायोएनटेक) कम्पनीले उत्पादन गरेको… Continue reading

कसले फैलायो विजय शाहीको मृत्युको ‘फेक न्युज’ ?

Posted on July 28, 2021July 28, 2021 by Salokya

मंगलबार एकाएक सामाजिक सञ्जालमा एउटा विषय निकै चर्चामा आयो – विजय शाहीको मृत्यु। उनको मृत्यु भएको दावी गर्दै फोटोसहितको पोस्ट भाइरल भयो। सबैभन्दा पहिला युट्युबर भाग्य न्यौपानेले अद्‍भूत स्मरण शक्ति रहेको दावी गरेर चर्चामा ल्याएका उनी पछि राष्ट्रिय टेलिभिजनमा ऋषि धमलाको शोमा सम्म छाए। कर्णाली सरकारले पुरस्कारको घोषणा गर्‍यो। उनका दावीहरुको परीक्षणसम्म पनि नगरी उनलाई… Continue reading

प्रम देउवा आलोचित भएपछि मन्त्रालयबाट फोटो तोडमरोड, ‘अनलाइनखबर’बाट फोटो नै डिलिट

Posted on July 21, 2021July 22, 2021 by Salokya

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी पहिलो सार्वजनिक कार्यक्रमको सामाजिक सञ्जालमा निकै आलोचना भयो। २०७८ साउन ४ गते उनी अमेरिकाले अनुदान दिएको खोप दिन थाल्ने कार्यक्रममा सहभागी थिए। पछाडि ब्यानरमा असार ४ लेखिएको थियो। असार ४ मा त उनी प्रम नै भइसकेका थिएनन्। तर त्यही दिन स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भने सोही कार्यक्रमको ब्यानरमा ‘श्रावण… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 11
  • Next

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme