Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: Fact check

‘साइबर सेना’बाट असली सेना नै हैरान

Posted on February 22, 2021February 22, 2021 by Salokya

द्वन्द्वकालमा देशमा ‘शाही नेपाली सेना’ र माओवादीको ‘जनसेना’ गरी देशमा दुई थरि सेना हुन्थे। माओवादी शान्ति प्रक्रिया हुँदै मूलधारको राजनीतिमा आएपछि देशमा एउटा मात्र सेना रह्यो जसको नाम ‘नेपाली सेना’ छ। तर अचेल एउटा अर्को ‘सेना’ को पनि नाम निकै चलेको छ- ‘साइबर सेना’। कानुनी रुपमा नभए पनि व्यवहारिक रुपमा सत्तारुढ नेकपा फुटेपछि प्रधानमन्त्री केपी… Continue reading

के प्रचण्ड-माधव नेपालले नेतृत्व गरेको जुलुसमा भारतीय झण्डा बोकेर प्रदर्शन गरिएको हो?

Posted on February 11, 2021February 11, 2021 by Salokya

आन्दोलनरत पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (२०७७ माघ २८ गते बुधबार) राजधानी काठमाडौँमा प्रदर्शन र सभा गरेको छ। यस क्रममा एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ जसमा अगाडि प्रचण्ड र माधव नेपालसहितका शीर्ष नेताहरु देखिन्छन् भने पछाडि भारतको राष्ट्रिय झण्डा देखिन्छ। यही फोटोको बारेमा हामीले… Continue reading

प्रधानमन्त्रीलाई समेत झुक्याउने तरकारीको खास रहस्य बल्ल पो थाहा पाइयो, यस्तो रहेछ

Posted on February 8, 2021 by Salokya

‘बूढीआमाले टमाटर साग किनेर डोकामा बोकेर ल्याएर बाटाका छेउमा बेच्न राखेको बाटाभरी छरेर क्रान्ति गर्न खोजियो। यही हो उहाँहरुको क्रान्ति। किसानका मुला फ्याँकिए, तरकारी फ्याँकियो। त्यही हो क्रान्ति उहाँहरुको !’ नारायणहिटी दरबारको अगाडि बनाइएको मञ्चमा उभिएर भाषण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी समूहप्रति आफ्नो बोलीको अस्त्र प्रहार गरे। अघिल्लो दिन प्रचण्ड-माधव नेपाल समूहले गरेको… Continue reading

पूर्वराजा ज्ञानेन्द्रको नाममा दुनियाँलाई उल्लु बनाउने एउटा अकाउन्ट

Posted on February 4, 2021February 4, 2021 by Salokya

पूर्व राजा ज्ञानेन्द्र शाहको आधिकारिक ट्विटर दावी गर्दै उनको नाममा चलाइएको ट्विटर ह्यान्डल @GBBShah ह्यान्डल भएको ट्विटर अकाउन्टबाट आज गरिएको एउटा ट्विट रातिसम्ममा ७७० रिट्विट भएको छ। यही ट्विटका आधारमा केही मिडियाले समाचार पनि बनाउने गर्थे, केहीले अझै पनि बनाउँछन्। के साँच्चै मिडियामा दावी गरिए जस्तो पूर्वराजा ज्ञानेन्द्रले ट्विटर र फेसबुक चलाउन थालेका हुन्? यो… Continue reading

आम हड्तालको दिन भाइरल भएका फोटो र भिडियो- कुन सही, कुन भ्रामक?

Posted on February 4, 2021February 5, 2021 by Salokya

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको समूहले बिहीबार (फेब्रुअरी ४) गरेको देशव्यापी आम हड्तालको क्रममा सामाजिक सञ्जालमा विभिन्न फोटो र भिडियो भाइरल भएका छन्। हामीले त्यसमध्ये केही फोटो र भिडियोको तथ्य जाँच (फ्याक्टचेक) गरेका छौँ।

प्रचण्डलाई विराटनगरमा हैन, फेसबुकमा मात्रै हानिएको रहेछ जुत्ता

Posted on February 1, 2021February 1, 2021 by Salokya

प्रचण्डलाई विराटनगरमा जुत्ता प्रहार गरियो भन्ने खबर फेसबुकमा निकै भाइरल भएको रहेछ। मलाई त थाहा पनि थिएन। यो बारेमा फ्याक्ट चेक गर्ने अनुरोध आएपछि मात्रै यसो खोजेर हेरेको त प्रचण्डको एउटै फोटोसहित टन्नै ग्रुप र पेज अनि व्यक्तिगत फेसबुक प्रोफाइलहरुमा पनि रहेछ। सयौँ सेयर, हजारौँ रियाक्सनहरु रहेछन् ती पोस्टहरुमा। एउटा अचम्म चाहिँ के रह्यो भने… Continue reading

के परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ‘अख्तियारमा धूलो परेका फाइल निकाल्दै छौं’ भनेका हुन् ?

Posted on January 27, 2021January 27, 2021 by Salokya

माघ १० गते राति कान्तिपुर राष्ट्रिय दैनिकको अनलाइन संस्करण इकान्तिपुरमा ‘अख्तियारमा धूलो परेका फाइल निकाल्दै छौं : परराष्ट्रमन्त्री ज्ञवाली‘ शीर्षकमा समाचार छापियो। सोही दिन नेकपा ओली समूहका अगुवा कार्यकर्तालाई गुल्मीको रेसुंगा नगरपालिकाको तम्घासमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले त्यसो भनेको भनी समाचार इकान्तिपुरमा प्रकाशित भएपछि संवैधानिक निकायलाई सरकारको मातहत ल्याउन लागेको भन्दै सामाजिक सञ्जालमा यसको चर्को… Continue reading

वनको बाघले हैन, मनको बाघले पो खाएको रैछ बारामा

Posted on January 24, 2021January 25, 2021 by Salokya

अचेल सोसल मिडियामा बाघ काण्ड निकै भाइरल छ। बर्दियाको बाघ काण्डबारे पोस्टहरु कति हो कति।  हिजो शनिबार (२०७७ माघ १० गते) भने सोसल मिडिया र विभिन्न अनलाइन मिडियाहरुमा अर्को बाघ काण्डको चर्चा थियो। तर यो बर्दियाको नभएर बाराको थियो। बारा भए पनि पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगञ्ज सडकखण्डबाट शनिबार बिहान बाघले झम्टिएर एक जना… Continue reading

*’बाघ’ भनेर *’बिरालो’को फोटो दिने सीआइबी, छाप्‍ने मिडिया : गल्ती हुन नदिन केही टिप्स

Posted on January 15, 2021January 15, 2021 by राजु आचार्य

-राजु आचार्य- यही पुस २० गते काठमाडौँमा प्रहरीले ‘चरीबाघको छालासहित धापासीबाट एक जनालाई पक्राउ गरेको समाचार विभिन्न प्रमुख अनलाइन मिडियाहरुमा आयो। ‘चरीबाघ’ नेपाल सरकारले प्राथमिकतामा राखेको संरक्षित स्तनधारी वन्यजन्तु हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले टोखा नगरपालिका,धापासीबाट ताप्लेजुङ फुङ्लिङ नगरपालिका निवासी कमलप्रसाद सुनुवारलाई दुई वटा चरीबाघको छालासहित पक्राउ गरेको समाचार थियो त्यसमा। तर बरामद… Continue reading

भाइरल भएको थेसिस फ्याँकेको फोटो नेपालको हैन, ‘युनिभर्सिटी अफ कालाबार’को

Posted on January 10, 2021 by Salokya

फेसबुकमा साढे एक लाखभन्दा बढी फलोअर भएका पूर्व सचिव भीम उपाध्यायले गएको साता एउटा फोटो राखे जसमा थेसिस फोहरको डंगुरसरह फ्याँकेको देखिन्थ्यो। उनले यो फोटोलाई नेपालको भन्दै पोस्ट गरेका थिए। (केही दिनपछि उनले त्यसलाई सच्याए) हाल क्यानाडामा रहेका भानुभक्त आचार्यले ‘हाम्रा थेसिसको यो हरिबिजोग । हाम्रो बौद्धिक क्षमताको सत्यनाश’ लेख्दै सोही फोटो ६ जनवरीमा फेसबुकमा… Continue reading

बीबीसीले लेखेको एउटा गलत समाचार

Posted on January 1, 2021 by Salokya

३१ डिसेम्बर २०२० मा बीबीसी नेपालीको वेबसाइटमा एउटा समाचार राखियो जसको शीर्षक थियो- ‘फोन ट्यापिङ: के नेपालमा सरकारले अरू कसैको फोन कुराकानी रेकर्ड गरेर सुन्न सक्छ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेताहरूको फोन ट्यापिङ गर्न लगाएको आरोप भर्खरै ओली मन्त्रिपरिषद्‍बाट राजीनामा दिएर बाहिरिएका वर्षमान पुनले लगाएको पृष्ठभूमिमा यो समाचार बनेको थियो। सोही समाचारमा एउटा सब… Continue reading

के भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भनेका हुन्?

Posted on December 29, 2020January 27, 2021 by Salokya

अहिले सामाजिक सञ्जालमा एउटा समाचार भाइरल भएको छ। समाचारमा नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भन्दै भाषण गरिएको उल्लेख छ। यही समाचारका आधारमा धेरैले आफ्ना विचारहरु फेसबुक र ट्विटरमा लेखिरहेका छन्। के साँच्चै नेता रावलले यस्तो भाषण गरेका हुन् त? हामीले यसबारे तथ्यजाँच (फ्याक्टचेक) गरेका छौँ।

खोप खरिदमा कसरी लाग्ने भो ४२ अर्ब? हिसाब मिलेन नि, कि कमिसन पनि जोडेको ;)

Posted on December 12, 2020December 12, 2020 by Salokya

आज (मंसिर २७, २०७७) को कान्तिपुरमा ‘खोप खरिदमा ४२ अर्ब लाग्‍ने आकलन’ शीर्षकको समाचार छ तेस्रो पेजमा। समाचारमा लेखिएको छ- ‘स्वास्थ्य मन्त्रालयले भारतमा बनेको खोप नेपालमा ७ अमेरिकी डलरमा उपलब्ध हुन सक्ने बैठकमा जानकारी गराएको छ।’ सँगै नाम नखुलाइएका एक मन्त्रीलाई उद्‍धृत गर्दै लेखिएको छ, ‘भारतमा ३ डलरमा उपलब्ध हुने भए पनि ढुवानी र अन्य… Continue reading

झापाको भन्दै भाइरल भएको र्‍यालीको फोटो बुटवलमा खिचिएको चार वर्ष पुरानो

Posted on December 6, 2020December 6, 2020 by Salokya

झापामा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन भएको भन्दै अहिले एउटा फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। विभिन्न राजतन्त्र समर्थक फेसबुक पेजहरु मात्र होइन, विभिन्न व्यक्तिका फेसबुक प्रोफाइलहरुमा पनि यो फोटो निकै सेयर भएको देखिन्छ। यो फोटोको तथ्य के हो, हामीले खोजेका छौँ।

‘अनलाइनखबर’मा मान्छेले सर्पसित बिहे गरेको ‘फेक न्युज’

Posted on October 19, 2020 by Salokya

अनलाइनखबरले २०७७ असोज २९ गते ‘यी पुरुषले किन गरे सर्पसँग बिहे ?’ शीर्षकमा एउटा समाचार राखेको छ। स्रोत उल्लेख नगरी ‘एजेन्सी’ मात्र लेखिएको यो समाचारमा ‘थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरेर सप्पैलाई तीनछक्क पारिदिएको’ दावी गर्दै कारण खुलाइएको छ, ‘आफ्नी भूतपूर्व प्रेमिकाको मृत्युपछि मृतक प्रेमिका सर्पको रुप धारण गरेर आएकोले सोही सर्पसँग बिहे गरेको।’… Continue reading

पत्रकारले ‘सर्च’ गर्न नजान्दा ‘सेतीदेवी’लाई मर्का, ‘फिन्सेन फाइल्स’मा भएको गम्भीर गल्ती

Posted on September 21, 2020September 21, 2020 by Salokya

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि पहुँच पाएको ठूलो संख्याको गोप्य सरकारी कागजातहरुलाई खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजे र ८० देशका १०० भन्दा बढी सञ्चार संस्थाहरुसित सहकार्य गरेर हिजो रिपोर्ट सार्वजनिक गर्‍यो। आइसिआइजेमार्फत् नेपालको खोज पत्रकारिता केन्द्र (सिआइजे) पनि यसमा जोडियो। कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँलेले यसबारे तयार पारेको रिपोर्ट आजको कान्तिपुर दैनिक… Continue reading

के पीसीआर परीक्षण कामै नलाग्ने हो? फैलाइएका चार भ्रम र तथ्य

Posted on September 19, 2020September 19, 2020 by Salokya

कोभिड-१९ को संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षणलाई अहिले केही षड्यन्त्र सिद्धान्तका रचनाकारहरुले ‘गाई कि त्रिशुल’ जस्तो भएको दावी गर्दै यसले कोरोना भाइरस पत्ता लगाउन नसक्ने हल्ला फैलाएका छन्। केही अस्पतालमा पीसीआर परीक्षण गर्दा अस्पतालै पिच्छे फरक रिपोर्ट आएको समाचारले पनि उनीहरुलाई हल्ला फैलाउन मद्दत गरेको छ। हल्ला यति फैलाइएको छ कि अब नो पीसीआर… Continue reading

सरकारको निर्णयबारे सरकारी मिडियाहरुकै खबर गलत ठहरियो, कसको विश्वास गर्ने?

Posted on September 16, 2020September 16, 2020 by Salokya

सरकारी मिडिया किन चाहिन्छ भन्ने प्रश्नको जवाफमा सरकारको आधिकारिक सूचना र जानकारीहरु प्रवाह गर्नका लागि भन्ने जवाफ आउने गर्छ। हुन पनि सरकारको निर्णयबारे सरकारी मिडियामै समाचार आएपछि विश्वास नगर्ने भन्ने कुरा हुँदैन। तर नेपालमा भने त्यसो नहुने रहेछ। सरकारी मिडियामै समाचार आए पनि विश्वास गरिहाल्न नहुने रहेछ। के थाहा, २४ घण्टा नबित्दै त्यो समाचार गलत… Continue reading

कोरोनाभाइरसबारे एपीवान टिभीको बहसमा गरिएका पाँच भ्रामक दावी

Posted on September 13, 2020September 14, 2020 by Salokya

एपिवान टेलिभिजनमा समाचार प्रमुख टीकाराम यात्रीले सञ्चालन गर्ने ‘एपी सेन्टर’ कार्यक्रममा भदौ २७ गते शनिबार जागृत रायमाझी र डा. समिरमणि दीक्षितसँग बहस प्रसारण भयो। पहिलेका विद्यार्थी नेता रायमाझीले यसअघि पनि विभिन्न युट्युब च्यानलहरुमा विभिन्न अपुष्ट दावी गर्दै आएका थिए। पछिल्लो समय मूलधारे मिडियाहरुमा पनि ठाउँ पाउने क्रममा एपी वान टिभीमा बहस कार्यक्रम भएको हो। कार्यक्रममा… Continue reading

के कारमा स्यानिटाइजर राख्दा आगो लाग्न सक्ने नास्टका वैज्ञानिकको भनाई सही हो ?

Posted on September 11, 2020 by Salokya

‘हिमालखबर’मा २१ भदौ २०७७ मा प्रकाशित समाचारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक तथा माइक्रोबायोलोजिष्ट डा. टिष्टा प्रसाईंको भनाई उद्‍धृत गर्दै लेखिएको छ- “अहिले सबैले यात्रा गर्ने क्रममा पनि स्यानिटाइजर बोक्ने गरेको पाइएको छ। आफ्नो कारमा स्यानिटाइजर बोकेर हिंड्दा त्यतिबेला गाडीको तापक्रम बढेर १०५ डिग्री फरेन हाइटसम्म पुग्छ। स्यानिटाइजरमा भएको रसायनका कारण… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 9
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme