“अँ हिमाल, तिमीलाई एउटा एकदम इम्पोर्टेन्ट कुरा सुनाउन फोन गरेको है” यी वाक्यबाट सुरु हुने पुरुष आवाज रहेको अडियो तपाईँले पनि फेसबुकको मेसेन्जरमा पाउनु भयो होला। त्यो मेसेजमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखाएको र नेपालमा एकदमै फैलिसकेको भन्दै आतंक मच्चाउन खोजिएको छ। उसले यो कुरा फेक हैन है भनेर… Continue reading
Category: Fact check
टेकुमा कोरोना संक्रमित भेटिएको फेक न्युजदेखि सावधान !
कोरोना भाइरस प्यान्डेमिक सँगै अहिले सोसल मिडियामा अर्को एउटा संक्रमण पनि बढ्दो छ- इन्फोडेमिक अर्थात् सूचना संक्रमण। कोरोना संक्रमण भएको होस् या नहोस् सूचना संक्रमणले चाहिँ तपाईँले भेट्टाउन सक्छ। त्यसैले सावधान रहनु होला। तपाईँको फेसबुक वालमा वा ग्रुपहरुमा, मेसेजमा एउटा खबर देख्नुभएकै होला- टेकुमा परीक्षण गरेका एक व्यक्तिमा कोरोना संक्रमण भेटियो शीर्षकमा। नाम नसुनेका अनलाइनहरुमा… Continue reading
फ्याक्टचेक : म्याग्दीको तातोपानीमा मास्क लगाउनेहरुको फोटो एक वर्षभन्दा पुरानो
आज सोसल मिडियामा म्याग्दीको तातोपानीमा डुबुल्की लगाउनेहरुले मास्क लगाउँदै गरेको फोटो राखेर त्यसलाई कोरोना भाइरसको संक्रमणसँग जोडेर ‘मूर्खहरु’ भन्दै आलोचना भइरहेको तपाईँले धेरै देख्नुभयो होला। सोसल मिडियामा ती फोटोहरुको स्रोत आजको कान्तिपुर दैनिक हो। आजको कान्तिपुर दैनिकको पाँचौँ पेजमा महामारीको घोषणासँगै सतर्कता बढाइयो शीर्षकको समाचारमा एउटा ठूलो फोटो राखिएको छ, जसको क्याप्सनमा पोखरीमा मास्क अनिवार्य… Continue reading
ट्रम्प, मोदी र ज्ञानेन्द्रको भेट? फेक न्युज हो कि साँच्चै? : फ्याक्टचेक
फणिराज पाठक पूर्व राजा ज्ञानेन्द्रका संवाद सचिव हुन्। ज्ञानेन्द्रका आधिकारिक प्रेस विज्ञप्ति, प्रेस नोट र जानकारीहरु उनीमार्फत् जारी हुन्छन्। उनको फेसबुकबाट पनि त्यस्ता जानकारी प्रवाह हुन्छन्। उनै पाठकको फेसबुकमा बुधबार एउटा सनसनीपूर्ण लिङ्क सेयर भयो। माथि त्यसको स्क्रिनसटमा तपाईँ देख्नसक्नुहुन्छ- भनिएको छ कि भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्प, भारतीय प्रधानमन्त्री मोदी र ज्ञानेन्द्रको भेट… Continue reading
काठमाडौँको आकाशमा ‘अनौठो विमान’? नझुक्किनुस्, मिडिया भ्रम मात्रै छर्दैछ
यो फोटो हेर्दा तपाईँलाई केही अनौठो लाग्यो? यसमा सेतो धुँवा छाड्दै एउटा विमान आकाशमा उडिरहेको देखिन्छ। यो फोटो मैले अस्ति भर्खर मंगोलिया जाँदा त्यहीँको आकाशमा खिचेको हुँ। एकदम चीसो मौसम हुने मंगोलियाको आकाशमा यो सामान्य दृश्य हो। कहिलेकाहीँ त दुई वटा यस्ता सेता धर्कासहित विमानहरु उडिरहेका हुन्छन्। यस्तै दृश्य जब काठमाडौँमा देखियो, तब के भयो… Continue reading
रवि प्रकरणमा हाम्रो ‘FBI’ को अनुसन्धान : शालिकरामको आँखामा हत्यारा नै फेला पार्न सफल भएछन् रे
सबभन्दा पहिला शीर्षकमा नझुक्किनुस् है। FBI को अर्थ अमेरिकाको Federal Bureau of Investigation हैन। यो त हाम्रो FBI हो। अर्थात् हाम्रा Facebooke Bureau of Investigation. हाम्रो FBI ले रवि प्रकरणमा गजब गजबको अनुसन्धान गरेर चितवन प्रहरी त के, CIB लाई समेत मात दिइसकेको छ। यही टोलीले गरेको अनुसन्धानको नतिजा फेसबुक र युट्युबमा सार्वजनिक भएपछि अहिले… Continue reading