Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारको निर्णय पढ्न जानेन सिन्धुपाल्चोक प्रहरीले

Posted on June 13, 2020 by Salokya

सरकारले जेठ २८ गते लकडाउन खुकुलो बनाउने निर्णय गर्‍यो। मन्त्रिपरिषद्को बैठकले के के सेवा सञ्चालन गर्न पाउने, के के नपाउने भनेर सूची नै प्रकाशन गर्‍यो। सरकारको निर्णयमा केही व्यवस्था असार १ गतेदेखि र केही व्यवस्था चाहिँ तत्काल प्रारम्भ हुने भनिएको थियो। आज जेठ ३१ गते सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले फेसबुकमा एउटा सूचना राखेको छ। सूचना पढ्दा सरकारको निर्णय नै राम्रोसँग नपढेको जस्तो देखिएको छ। 

सरकारले गरेको निर्णय यस्तो छ-

सरकारको निर्णयमा स्पष्टसित आदेशको क्रमसंख्या २ को तीन वटा खण्डमात्र असार १ गतेदेखि र अन्य सबै तत्काल प्रारम्भ भई २१ दिनसम्म कायम रहने लेखिएको छ।

त्यो भन्नुको अर्थ तलको पहेँलो लगाएको सेवामात्र असार १ गतेदेखि चल्ने हो।

अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले टेलिभिजनमा लाइभ निर्णय सुनाउँदा असार १ गतेदेखि मात्र खुल्ने के के हो भन्न खोजेका थिए, तर पछि आफै अल्मलिए।

सरकारले गरेको यही निर्णय भन्दै सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले आफ्नो फेसबुकमा जेठ ३१ मा यस्तो सूचना राख्यो–

त्यसमा असार १ गतेदेखि मात्र लकडाउन खुकुलो हुने लेखिएको छ। अनि एउटा लिस्ट नै राखिएको छ असार १ गतेदेखि के खुल्ने/के नखुल्ने भनी।

तर नेपाल सरकारको आधिकारिक निर्णयमा यस्तो छैन। सरकारले तीन वटा बूँदामा रहेका सेवामात्र असार १ गतेदेखि बाँकी सबै तत्काल प्रारम्भ हुने भनेको हो।

सरकारले यो कस्तो खालको कम्युनिकेसन गरेको होला, प्रहरीले नै बुझ्न नसक्ने गरी। सर्वसाधारण नागरिकले झन् के बुझे होलान् !

निर्णय गर्दा (क) (ख) लेख्नुको साटो १) २) लेखेको भए पनि हुने। अझ यी यी सेवा चलाउन नपाइने, यी यी चाहिँ तत्काल चलाउन पाइने अनि यी यी चाहिँ असार १ गतेदेखि मात्र चलाउन पाउने भनेर स्पष्ट लेखिदिए भइगो नि।

1 thought on “सरकारको निर्णय पढ्न जानेन सिन्धुपाल्चोक प्रहरीले”

  1. Shanar Khatiwada says:
    June 13, 2020 at 6:48 pm

    प्रहरीको भूमिका सरकारको उप-प्रवक्ता जस्तो नहुनु पर्ने हो । नागरिक प्रशासनले गर्ने काम सुरक्षा निकायले गर्न थालेको हो कि ? सरकारले जनतासँग गरेको सम्वाद नागरिक प्रशासन मार्फत नै अाम जनतामा अाउनु पर्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme