Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु? भाइरल खबरको तथ्य यस्तो

Posted on August 22, 2023 by Salokya

शिक्षकका लागि राखेको पानी पिएको आरोपमा एक दलित विद्यार्थीलाई पिटियो र उनको मृत्यु भयो।

के तपाईँले पनि यस्तो खबर सामाजिक सञ्जालमा देख्नुभएको थियो?

यस्तो दावी गरिएको एउटा तस्बिरसहितको पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यसबारे नेपालफ्याक्टचेकले फ्याक्ट चेक गरेर अर्कै सन्दर्भको फोटो राखेर भ्रामक दाबी गरेको निश्कर्ष निकालेको छ। हेर्नुस् विस्तृत विवरण

के छ भाइरल पोस्टमा ?

सानो आवाज नाम गरेको फेसबुक पेजबाट २० अगस्त २०२३ मा शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु भन्दै एउटा तस्बिर राखिएको छ र स्रोतका रुपमा नेपालप्रेस खबर लेखिएको छ। यो पोस्टलाई सोमबार दिउँसो (२१ अगस्त, २०२३) सम्म ११०० पटक रियाक्ट, २७२ कमेन्ट र ५६० पटक सेयर गरिएको छ ।

भाइरल पोस्टको स्क्रिनसट। अर्काइभ लिङ्क

रुटिन अफ नेप्लिज युनिभर्सिटी नाम गरेको फेसबुक पेजले पनि २० अगस्तमा सोही विवरणसहितको तस्बिर पोस्ट गरेको छ जसमा सोमबार दिउँसोसम्म ३६०० पटक रियाक्ट, २८४ कमेन्ट र ३०६ पटक सेयर गरिएको छ ।


भाइरल पोस्टको स्क्रिनसट। फेसबुक अर्काइभ लिंक

अन्य विभिन्न फेसबुक एकाउन्ट तथा पेजमार्फत पनि उक्त तस्बिर सहितको दाबी पोस्ट तथा सेयर गरिएको छ । भाइरल भइरहेका ती पोस्टको स्क्रिन रेकर्डको लिंक

के हो तथ्य ?

तथ्य जाँच गर्ने क्रममा हामीले भाइरल तस्बिरलाई गुगल रिभर्स इमेज सर्च गर्‍यौँ। यस क्रममा हामी केन्द्रबिन्दु डट कममा २०६९ साउन २४ गते बैतडी डेटलाइनमा प्रकाशित एउटा समाचारमा पुग्यौँ। समाचारमा ‘बझाङमा दैनिक छात्रा बेहोस हुन थालेपछि एक सातालाई विद्यालय बन्द’ शीर्षकसहित बझाङका विद्यालय र बेहोस विद्यार्थीको तस्बिर छापिएको छ।

भाइरल सामग्रीमा प्रयोग गरिएको तस्बिर सोही केन्द्रबिन्दुमा प्रकाशित मध्यको एउटा तस्बिरलाई क्रप गरेर प्रयोग गरेको पाइएको छ।

केन्द्रबिन्दुमा प्रकाशित तस्बिरको स्क्रिनसट


केन्द्रबिन्दुमा प्रकाशित समाचारको लिंक

शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु सम्बन्धी कीवर्डलाई अङ्ग्रेजीमा राखेर गुगलमा सर्च गर्दा १४ अगष्ट २०२२ अर्थात एक वर्ष अघि भारतको राजस्थानमा पानीको भाँडो छोएको भन्दै माथिल्लो जातका शिक्षकको यातनाबाट दलित विद्यार्थीको मृत्यु शीर्षकको समाचार फेला पर्‍यो।

उक्त समाचारको अर्काइभ  लिंक

तर भाइरल पोस्टमा भने बैतडीमा बेहोस भएका विद्यार्थीको तस्वीर राख्दै शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु भनिएको छ ।

तथ्य जाँच

दावी : शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु ।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य :  भ्रामक सूचना। हामीले सामाजिक सञ्जालमा शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु भएको दाबी सहितको भाइरल तस्बिर गुगल रिभर्स इमेज सर्च गरेर खोज्दा बैतडीमा बेहोस भएका विद्यार्थीको समाचार र तस्बिर फेला पार्‍यौँ। शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु भएको खबर पनि हामीले भेट्यौँ। तर, त्यो नेपालको नभई भारतको राजस्थानको एक वर्ष पुरानो हो। अतः ठाउँ र सन्दर्भसमेत प्रष्ट नपारी गलत तस्बिरका साथ भ्रामक सूचना भाइरल भएको हाम्रो निश्कर्ष रह्यो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme