Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: Fact check

भाइरल भएको बाजुरा अस्पतालको अपरेसन थियटर : खास कुरो यस्तो पो रहेछ

Posted on December 27, 2021December 27, 2021 by Salokya

केही दिनदेखि फेसबुकमा एउटा फोटो धेरैले सेयर गरिरहेको देखेको छु। फोटोमा जस्तापाताले बेरेको एउटा टहरा जस्तो देखिन्छ। त्यसमा राखिएको साइनबोर्डमा लेखिएको छ- जिल्ला अस्पताल बाजुरा शल्यक्रिया कक्ष। मुनि अङ्ग्रेजीमा अपरेसन थियटर पनि लेखिएको छ। एउटा कुखुरा पनि नजिकै देखिन्छ। दुर्गम क्षेत्रको अस्पतालको अवस्था दर्शाएको भन्दै धेरैले सामाजिक सञ्जालमा यसलाई राखेर भाइरल बनाएका छन्। के यो… Continue reading

बाइक चढ्ने दुवैले हेल्मेट लाउनु पर्ने नयाँ ऐन बन्न लागेको समाचार पढ्नुभाथ्यो? यसकारण त्यो गलत

Posted on December 22, 2021 by Salokya

बाइक वा स्कूटर चढ्ने दुवैले हेल्मेट लगाउनु पर्ने नयाँ नियम सरकारले अब ऐनमा नै व्यवस्था गरेर लागू गर्न लाग्यो। के तपाईँले पनि यस्तो समाचार कुनै अनलाइनमा वा कुनै टिभीमा वा सोसल मिडियामा देख्नुभएको थियो? देख्नुभएको थियो भने ती समाचार भ्रामक छन्। ऐनमा नभएर यो व्यवस्था लागू नभएको होइन। समाचार लेख्नेहरुले ऐन नै पढेनछन्। ऐन नै… Continue reading

के ओलीले विश्वकै महँगो साबुन प्रयोग गरेका हुन्?

Posted on December 7, 2021December 7, 2021 by Salokya

आइतबारदेखि सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै महँगो साबुन प्रयोग गरेको दावीसहितका केही पोस्टहरु एकदमै भाइरल भए। त्यसमा गरिएका दावी अनुसार सुन र हीराको धूलो अनि मह प्रयोग गरी बनाइएको यो साबुन एउटाकै १२ सय डलर पर्छ रे। यो कुरा फैलाउनमा पूर्व सचिव भीम उपाध्यायसमेत लागे। अनि  केही अनलाइनले यस विषयमा लेखेका छन्। यसबारे… Continue reading

के साँच्चै एमाले महाधिवेशनबारे बीबीसी, रोयटर्स, अलजजिरा, न्युयोर्क टाइम्सले लेखेका हुन्? भाइरल पोस्टको तथ्य यस्तो

Posted on November 29, 2021November 29, 2021 by Salokya

अहिले एउटा पोस्ट सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको देखिन्छ। विषय हो- नेकपा एमालेको १० औँ महाधिवेशन बारे अन्तर्राष्ट्रिय मिडियामा भएको कभरेज। बीबीसी, रोयटर्स, अलजजिरा, न्युयोर्क टाइम्स आदिले महाधिवेशन र ओलीको प्रशंसामा विभिन्न कुराहरु लेखेको दावी गरिएको छ ती भाइरल पोस्टमा। सामान्य कार्यकर्ताहरु मात्रको के कुरा, वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नै यो सेयर गरेका… Continue reading

स्याटेलाइटसम्बन्धी ओलीको दावी यसकारण गलत

Posted on November 28, 2021November 28, 2021 by Salokya

पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै २०७८ मंसिर १० गते सम्बोधन गर्ने क्रममा स्याटेलाइट सम्बन्धी विभिन्न दावी गरे। ‘अन्तरिक्ष पनि हाम्रो हो। अन्तरिक्षबाट, स्याटेलाइटबाट हामी काम गर्नेछौँ’, ओलीले भने, ‘स्याटेलाइटका लागि हाम्रो मार्ग रहेनछ। मेरो नेतृत्वको सरकारले स्याटेलाइटका लागि हाम्रो मार्ग, अरुले लिएको मार्ग, अरुले… Continue reading

समाचार आयो- सगरमाथाको फेदीमा इटालीका राजकुमार, इटालीमा राजा नै छैन कसरी राजकुमार?

Posted on September 30, 2021 by Salokya

तपाईँले पनि केही दिनअघि नेपाली अनलाइन मिडियाहरुले माउन्ट एभरेस्ट फेसन रनवेका समाचारहरुमा इटालीका राजकुमार पनि सहभागी भएको पढ्नुभएको होला। अझ कुनै समाचारमा त नेदरल्यान्डसकी राजकुमारी पनि सहभागी भएको लेखिएको छ। एउटा मात्र हैन धेरै वटा मिडियामा अनि ससाना कपिपेस्ट मिडियामा होइन, नाम चलेकै मिडियाहरुमा त्यस्ता समाचार पढ्दा हो कि भन्ने पनि लाग्न सक्छ। तर नेपालफ्याक्टचेकको… Continue reading

‘कागले कान लग्यो’ भन्दा भूषण दाहालसहितका मान्छे कागका पछिपछि दौडेका?

Posted on September 16, 2021September 16, 2021 by Salokya

आज एउटा रमाइलो दृश्य देखियो सामाजिक सञ्जालमा- कान्तिपुर टेलिभिजनमा वर्षौँ नेतृत्व तहमा रहेका भूषण दाहाल जस्ता सञ्चारकर्मी एउटा फेक स्क्रिनसटलाई विश्वास गरेर कान्तिपुरका प्रधान सम्पादकलाई मेन्सँदै गरेको। कत्रा ठूलाठूला नेताहरुको अन्तर्वार्ता लिइसकेका व्यक्ति त त्यसरी ‘कागले कान लग्यो’ भन्दा कान नछामी कागका पछि पछि दौड्दै गरेको देखियो भने अरु सामान्य मान्छेको के होला हालत ?… Continue reading

माधव नेपालको दुई वर्ष पुरानो आँसु बेचेर उल्लु बनाउन खोज्ने मिडिया

Posted on August 31, 2021 by Salokya

के तपाईँले दोस्रो पुस्ताका नेताहरुले धोका दिएको भन्दै एमाले फुटाएकोमा पछुतो मानेर नेता माधवकुमार नेपाल रोएको फोटो कुनै मिडियामा वा सामाजिक सञ्जालमा देख्नुभएको छ? त्यो सही होइन है। माधव नेपाल रोएका पक्कै हुन्, तर त्यो दुई वर्षअगाडिको भिडियोको कुरा हो। दुई वर्ष पुरानो आँसु बेचेर मिडियाले उल्लु बनाउन खोजेको मात्रै हो। यो बारेमा नेपालफ्याक्टचेकमा प्रकाशित… Continue reading

मेस्सीको स्वागतमा उर्लिएको भिड भन्दै अमेरिकाको फेस्टिभलको फोटो भाइरल

Posted on August 11, 2021August 11, 2021 by Salokya

सोसल मिडियामा अहिले एउटा फोटो भाइरल भएको छ। फोटोमा ठूलो भिड देखिन्छ। फोटोसँगै अङ्ग्रेजीमा लेखिएको छ- ‘This isn’t political rally or a concert but a crowd to welcome Leo Messi in Paris! THIS MAN IS BIGGER THAN ANY SPORT!’ फुटबल स्टार मेस्सीलाई पेरिसमा स्वागत गर्न यो भिड आएको ती भाइरल पोस्टहरुमा दावी छ। यी दावीको… Continue reading

के नेपालले ६० लाख फाइजर खोप किन्ने सम्झौता गरिसकेको हो?

Posted on July 29, 2021 by Salokya

कान्तिपुर राष्ट्रिय दैनिकले १२ साउन २०७८ मंगलबारको अङ्कमा ‘किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता’ शीर्षकमा चार कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ। समाचारमा ‘सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको र अमेरिकाको फाइजर एन्ड बायोटेक (वास्तविक नाम फाइजर-बायोएनटेक) कम्पनीले उत्पादन गरेको… Continue reading

कसले फैलायो विजय शाहीको मृत्युको ‘फेक न्युज’ ?

Posted on July 28, 2021July 28, 2021 by Salokya

मंगलबार एकाएक सामाजिक सञ्जालमा एउटा विषय निकै चर्चामा आयो – विजय शाहीको मृत्यु। उनको मृत्यु भएको दावी गर्दै फोटोसहितको पोस्ट भाइरल भयो। सबैभन्दा पहिला युट्युबर भाग्य न्यौपानेले अद्‍भूत स्मरण शक्ति रहेको दावी गरेर चर्चामा ल्याएका उनी पछि राष्ट्रिय टेलिभिजनमा ऋषि धमलाको शोमा सम्म छाए। कर्णाली सरकारले पुरस्कारको घोषणा गर्‍यो। उनका दावीहरुको परीक्षणसम्म पनि नगरी उनलाई… Continue reading

प्रम देउवा आलोचित भएपछि मन्त्रालयबाट फोटो तोडमरोड, ‘अनलाइनखबर’बाट फोटो नै डिलिट

Posted on July 21, 2021July 22, 2021 by Salokya

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी पहिलो सार्वजनिक कार्यक्रमको सामाजिक सञ्जालमा निकै आलोचना भयो। २०७८ साउन ४ गते उनी अमेरिकाले अनुदान दिएको खोप दिन थाल्ने कार्यक्रममा सहभागी थिए। पछाडि ब्यानरमा असार ४ लेखिएको थियो। असार ४ मा त उनी प्रम नै भइसकेका थिएनन्। तर त्यही दिन स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भने सोही कार्यक्रमको ब्यानरमा ‘श्रावण… Continue reading

राष्ट्रपतिको भित्ते फोटोमा गरियो के? ‘ब्लर’ गरेकोदेखि ‘सेतो पट्टीले छोपेको’सम्मका समाचार

Posted on July 15, 2021July 17, 2021 by Salokya

संविधानको धारा नखोली प्रधानमन्त्री नियुक्त गरेको कारण हिजो राष्ट्रपति विद्यादेवी भण्डारी चर्चामा रहेकी थिइन्। चर्चा आज झन् चर्को छ। आज चाहिँ राष्ट्रपतिको भित्ते फोटोका कारण तरङ्ग मच्चिएको हो। सोसल मिडियाका अरु प्रयोगकर्ताहरुको त कुरै छाडिदिउँ, पूर्वमन्त्री लालबाबु पण्डितदेखि लिएर नाम चलेका/नचलेका अनलाइन मिडियाहरुसम्म यही फोटोका पछाडि लागेका थिए। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकको भित्तोमा देखिएको राष्ट्रपतिको… Continue reading

खोप छैन, हल्ला बढी : डेनमार्कको १४ लाख, अमेरिकाको ५० लाख र बेलायतको २० लाख डोज हल्ला मात्रै

Posted on June 9, 2021June 9, 2021 by Salokya

नेपाललाई अहिले कोभिड १९ विरुद्ध खोपको एकदम खाँचो छ। कोभिशिल्डको एक डोज लगाइसकेकाहरुले दोस्रो डोज लाउन पाएका छैनन्। अग्रिम रकम भुक्तानी गरिसक्दा पनि भारतमा बनेको खोप नआउने भइसक्यो। अरु देशले प्रयोग नगरेका अस्ट्राजेनेकाको खोप पाए त्यो लाउन हुन्थ्यो। तर त्यो पनि आउने सुरसार छैन। तर हल्लामा भने ६४ लाख डोज खोप आइसक्यो। केही अघि मात्रै… Continue reading

तीन जना डाक्टर विज्ञहरुले चिनियाँ खोपबारे फैलाएको भ्रम

Posted on May 9, 2021May 9, 2021 by Salokya

हामी जस्तो सामान्य मान्छेहरुलाई धेरै कुराको ज्ञान हुँदैन। त्यसैले हामी भर पर्ने भनेको विज्ञमा हो। तर विज्ञले नै भ्रम फैलायो भने के होला? विज्ञले पनि भ्रम फैलाउँछन् र भन्ने तपाईँलाई लाग्यो होला। एउटा यस्तै उदाहरण आज देखियो। तीन जना डाक्टरहरु मिलेर गलत कुरा गरेर एउटा भ्रम फैलाए। सन्दर्भ हो, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ७ मे… Continue reading

खोप लगाउनेमा भारत पछि पहिलो भनेर प्रमले किन भ्रमित पार्नु, साँचो कुरा गरे भो नि

Posted on May 3, 2021May 4, 2021 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते सोमबार टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गरे। कोभिड–१९ महामारीको नियन्त्रणका विषयमा सरकारले गरिरहेका र गर्ने विभिन्न काम बारे बताए। सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल बनाउन लगाउने, वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैय्या भएका मेडिकल कलेज, ठूला… Continue reading

नझुक्किनुस्, पठाओको सेवा बन्द हुन लागेको होइन

Posted on March 23, 2021March 23, 2021 by Salokya

राइड सेयरिङ एप पठाओ बन्द गर्न लागिएको बारे २०७७ चैत १० गते मंगलबार सामाजिक सञ्जालमा निकै चर्चा र केही मिडियामा समाचारसमेत आएका छन्। के साँच्चिकै पठाओ बन्द गर्न लागिएको हो त? हामीले यो विषयमा तथ्य जाँच गरेका छौँ।

दुई जनालाई सैनिक अदालतले, एक जनालाई मिडिया आफैले बर्खास्त गरिदिएछ

Posted on March 12, 2021March 12, 2021 by Salokya

हाम्रा मिडियाले पनि रमाइलो गर्छ अचेल। अस्ति भर्खर मिडियाले मलाला युसुफजाईलाई अमेरिकाले दिँदै नदिएको अवार्ड दिलाइदियो। आज फेरि एक महिला सैनिक अधिकृतलाई मिडिया आफैले बर्खास्त गरिदिएछ भन्या। समाचारहरु हेर्नुहुन्छ तपाईँले पक्कै पनि देख्नुभयो होला- २०७७ फागुन २८ गते शुक्रबार देशका प्रमुख मिडियाहरुमा नेपाली सेनाले एक सहायक रथी (जर्नेल) र दुई महिला अधिकृतहरुलाई बर्खास्त गरेको समाचार।… Continue reading

हाम्रा मिडिया साह्रै खतरा : मलालाले पाउँदै नपाएको पुरस्कार आफैले बाँडिदिए मुस्कानको नाममा

Posted on March 9, 2021 by Salokya

अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार खासमा अमेरिकी सरकारले दिने हो। तर यसपालि नेपाली मिडियाले बाँडेछ। पत्याउनु भएन? पख्नुस्, म पत्याउने गरी बुझाइदिन्छु। अमेरिकाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मार्च ८ तारिखमा यो पुरस्कार दिने गर्छ। सन् २००७ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कन्डोलिजा राइसले सुरु गरेको यो अवार्ड पाउनेमा यसपालि पहिलो पटक नेपालीले पाइन्। किशोरी… Continue reading

न्यायाधीशले नलेखेको आदेश पत्रकार आफैले लेख्दा रहेछन्, नियुक्ति खारेजको समाचारले तपाईँ पनि झुक्किनु त भएन?

Posted on February 24, 2021February 24, 2021 by Salokya

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदियो। त्योसँगै तपाईँले ‘पुस ५ गतेपछिका सबै नियुक्ति खारेज गर्न सर्वोच्चले आदेश दिएको’ भन्ने समाचार पनि कतै पढ्नुभएको थियो? पढ्नुभएको थियो भने त्यसलाई पत्याउनु भएको पनि होला। न्युज हेरेरै त होला नि थुप्रैले फेसबुक र ट्विटरमा यो सम्बन्धी स्टायटसहरु लेखेको देखेँ। मैले पनि सुरुमा… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • …
  • 9
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme