Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: Fact check

के सन्दीप लामिछाने १० लाख धरौटीमा छुटेका हुन्?

Posted on December 28, 2022December 28, 2022 by Salokya

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० लाख रुपैयाँ धरौटीमा रिहा भए। अदालतले अन्तिम फैसला गर्‍यो। के यस्ता समाचारहरु तपाईँले पनि सामाजिक सञ्जालमा देख्नुभएको छ ? त्यसो भए सुरुमा तपाईँलाई के लाग्छ जानौँ।

के सूर्य थापा र गोकुल बाँस्कोटालाई अदालतले जरिवानासहितको सजाय दिएको थियो?

Posted on December 26, 2022 by Salokya

पूर्व सचिव भीम उपाध्यायले शुक्रबार (२३ डिसेम्बर २०२२) मा फेसबुकमा सूर्य थापा र गोकुल बाँस्कोटाको तस्बिर राख्दै पूर्व मन्त्री हिसिला यमीलाई एसियाकै भ्रष्ट महिला भनेर आरोप लगाई पित पत्रकारिता गरेबापतको मुद्दामा काठमाडौं जिल्ला अदालतले एक हजार जरिवाना तोकेको दावी गरेका छन्। तर हाम्रो तथ्य जाँचमा उपाध्यायको यो दावी मिथ्या देखिएको छ।

नझुक्किनुस्, अर्जेन्टिनाले मेस्सीको फोटो भएको नोट जारी गरिसकेको छैन

Posted on December 21, 2022December 21, 2022 by Salokya

अर्जेन्टिनाले विश्वकप फुटबल जितेपछि कप्तान लियोनेल मेस्सीको सम्मानमा त्यहाँको बैँकले उनको तस्बिरअंकित नोट जारी गरेको दावी नेपाली अनलाइन र सामाजिक सञ्जालमा भाइरल भएको छ। ती भाइरल सूचनाहरुमा मेस्सीको तस्बिरअंकित १००० पेसो (अर्जेन्टिनी मुद्रा) को नोटमा उनकै हस्ताक्षर पनि रहेको भनिएको छ। तर हाम्रो तथ्य जाँचमा अर्जेन्टिनामा त्यस्तो नोट जारी भइनसकेको देखिएको छ।

फेसबुकमा भाइरल भएको राजधानी सार्ने हल्लाको तथ्य यस्तो छ

Posted on December 15, 2022 by Salokya

के तपाईँले पनि नेपालको राजधानी काठमाडौँबाट सार्न लागिएको खबर पढ्नु/देख्नुभएको छ? केही दिनदेखि फेसबुकमा यस्ता खबर भाइरल भएका छन्। त्यसमा दावी गरिए अनुसार राजधानी सार्न बहस भएका छन्, भित्रभित्रै सार्ने तयारीसमेत भइसकेको छ। तर नझुक्किनुस्, ती खबर सही होइनन्। यसबारे नेपालफ्याक्टचेकको तथ्य जाँच छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

नाम चलेका ५ अनलाइन एकैसाथ रवि लामिछानेको नाममा कसरी झुक्किए? गन्दै नगनेका मतको संख्या अपडेट

Posted on November 21, 2022 by Salokya

चुनाव सकिएपछि मतगणनाको चटारो हुन्छ। यतै अपडेट उतै अपडेट- जताततै छ्यापछ्याप्ती अपडेट भेटिन्छ फेसबुक, ट्विटरतिर। कुन पत्याउने कुन नपत्याउने। वास्तविक मतगणनाको अपडेट मतगणना अधिकृतले मत गन्ने ठाउँबाट गर्नुपर्ने हो। त्यसको जानकारी निर्वाचन आयोगले आफ्नो वेबसाइटमा दिनुपर्ने हो। तर त्यसमा ढिला हुँदा मतगणना हैन आ-आफ्नो मनगणना अर्थात् मनले जति मन लाग्यो त्यति लेखेर अपडेट गर्ने क्रम… Continue reading

मतदानको अघिल्लो दिन फेक स्क्रिनसटले हङ्गामा, यसरी सजिलै बनाउन सकिन्छ

Posted on November 20, 2022 by Salokya

मतदानको अघिल्लो दिन ‘प्रचण्डबाहेक अन्य माओवादी उम्मेदवारलाई भोट नहाल्न कांग्रेसले गोप्य सर्कुलर जारी गर्‍यो’ भन्दै सामाजिक सञ्जालमा सूचना भाइरल भयो। खासमा त्यो मिथ्या सूचना थियो। तर सेतोपाटी, नयाँ पत्रिका जस्ता मिडियाको अनलाइनमा छापिए झैँ लाग्ने गरी स्क्रिनसट पनि त्यसमा राखिएको थियो। झट्ट हेर्ने मान्छे एक पटक त झुक्किन बेर लाउँदैन थियो। त्यही भएर यस्ता स्क्रिनसट… Continue reading

भारतमा नेपाली कुटिएको भन्दै भाइरल गरिएको भिडियोको वास्तविकता

Posted on October 16, 2022 by Salokya

के तपाईँले भारतमा नेपाली नागरिकलाई निर्ममतापूर्वक कुटियो लेखिएको एउटा भिडियो फेसबुकमा देख्नुभएको छ? भिडियोमा भारतीय भाषा बोल्दै नाङ्गै बनाई पाइपले जिउमा र पैतालामा भक्कुमार चुटेको देख्दा हेर्नेहरु भावुक हुन्छन्। १० हजारभन्दा बढी पटक सेयर भएको भएर यो भिडियो तपाईँको फेसबुक फिडमा पनि आइपुगेको हुनसक्छ। तर नझुक्किनुस्, नेपाली नागरिक भन्दै भाइरल गरिए पनि नेपाल फ्याक्ट चेकको… Continue reading

बच्चा चोर भन्दै भाइरल भएको भिडियो हल्लामात्रै, आफ्नै छोरी रहेछ महिलाको

Posted on September 13, 2022September 13, 2022 by Salokya

तपाईँले सामाजिक सञ्जालमा ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियो देख्नुभएको छ? भिडियोमा अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मंगलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको अनि महिला इन्डियाको हैदरवादको  बच्चा बुटवलको, ममी ड्याडी घरै भएको र चाउमिन खुवाउने भनी फकाई फुलाई भगाएको दावी गर्दै आह्वान… Continue reading

धमिलो भिडियोमा माछा मार्ने दाउ : वाइसिएल, बालेन समर्थकदेखि राप्रपा समर्थकसम्म

Posted on August 31, 2022August 31, 2022 by Salokya

‘धमिलो पानीमा माछा मार्ने’ यो पुरानो उखान तपाईँहरुले सुन्दै आउनुभएको होला। अब अहिलेको डिजिटल युगमा यो उखान परिवर्तन गर्ने बेला भइसक्यो। अब धमिलो पानीमा हैन, धमिलो भिडियोमा भ्रम फैलाउँदै माछा मार्ने दाउ खेलिन्छ। प्रसंग भर्खरै सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोको हो। के तपाईँले पनि फेसबुकमा एमाले सांसद महेश बस्नेतलाई कुटेर लखेटेको लेखिएको भिडियो हेर्नुभएको… Continue reading

‘सम्भवतः’लाई समाचार बनाउँदा फँस्न पुगेको ‘कान्तिपुर’

Posted on August 26, 2022 by Salokya

‘कान्तिपुर’ ले २०७९ भदौ ८ गते बुधबार पहिलो पेजमा एउटा एङ्कर समाचार छाप्यो- ‘पहिलो पटक मतदान गर्दै कैदीबन्दी’ शीर्षकमा। त्यसमा दावी गरिएको छ- ‘२०७९ मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले कैदीबन्दीलाई पनि मतदान प्रक्रियामा पहिलो पटक सहभागी गराउन लागेको र यसअघिका निर्वाचनमा खटिएका कर्मचारीले मात्रै समानुपातिक मतदानमा भाग लिन पाउँथे।’… Continue reading

‘गोरखापत्र’देखि ‘रुटिन अफ नेपाल बन्द’सम्मले फैलाएको २ सय डलरको त्यो भ्रामक सूचना

Posted on July 22, 2022 by Salokya

‘अब विदेशमा घुम्न जाने नेपालीले दुई सय अमेरिकी डलर मात्रै साटेर लैजान पाउँछन्।’ नेपालका अनलाइन मिडिया र सोसल मिडिया हेर्ने गर्नुभएको छ भने तपाईँले पनि यो खबर पक्कै देख्नुभएको होला। कयौँले त्यसमा देखिएकै आधारमा आफ्नो विचार पनि बनाएर कमेन्ट ठोकिसक्नुभो होला, ‘जाबो दुई सय डलरले के आउँछ- यस्तो हावा नियम लगाउने’ भन्दै। तर नझुक्किनुस्। सरकारी… Continue reading

संसदको एउटा ‘फेक न्युज’ जुन नेपाल हुँदै भारतसम्म फैलियो

Posted on July 19, 2022July 25, 2022 by Salokya

अपडेट (२०७९ साउन ९) : हामीले यो ब्लग लेख्दा यो विधेयक पारित भइनसके पनि २०७९ साउन ६ गते बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको छ। *** भारतीय मिडियाहरु पछ्याउनु हुन्छ भने केही दिनअघिदेखि आएको नेपालको एउटा समाचार तपाईँले याद गर्नुभयो होला। नेपालको संसद्ले नागरिकतासम्बन्धी नयाँ कानुन पारित गर्‍यो। दुई वर्षदेखि अड्किएको कानुन नेपालको संसदले पास… Continue reading

बलात्कार मुद्दामा झुट्टा उजुरी दिनेलाई सजाय नहुने भन्दै मिडियाले यसरी झुक्यायो तपाईँलाई

Posted on July 15, 2022 by Salokya

बलात्कार मुद्दामा झुट्टा उजुरी दिनेलाई अब सजाय नहुने ! पछिल्लो दिनमा केही नाम चलेका अनलाइन मिडिया पछ्याउने गर्नुभएको छ र सामाजिक सञ्जाल हेरिरहनुभएको छ भने यस्तो खबर तपाईँले पक्कै हेर्नुभएको होला। र, यसको पक्ष वा विपक्षमा आफ्नो धारणा पनि बनाइसक्नुभएको होला। तर नझुक्किनुस्, त्यो पूर्ण रुपमा सही समाचार होइन। तपाईँलाई मिडियाहरुले झुक्याएका हुन्। यसबारे हामीले… Continue reading

शिक्षकले विद्यार्थी कुटेको भिडियो बझाङको होइन भारतको

Posted on July 6, 2022 by Salokya

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा एक व्यक्तिले कक्षाकोठा जस्तो देखिने ठाउँमा एक बालकलाई निर्दयी भएर कुटिरहेको देख्न सकिन्छ। भिडियोसहितका पोस्टहरुमा यो दृश्य नेपालको बझाङ जिल्लाको रहेको दावी गर्दै शिक्षकलाई कारबाही गर्नुपर्ने लेखिएका छन्। तर हाम्रो तथ्य जाँचमा यो भिडियो नेपालको नभई छिमेकी देश भारतको बिहार राज्यस्थित कोचिङ सेन्टरको रहेको देखिन्छ।

रामकुमारी झाँक्रीको घर भन्दै भाइरल भएको फोटोको वास्तविकता यस्तो रहेछ

Posted on June 6, 2022 by Salokya

अहिले सामाजिक सञ्जालमा एउटा घरको फोटो भाइरल भएको छ। बन्दै गरेको जस्तो देखिने सो बहुतल्ले घरको फोटोसहित सामाजिक सञ्जालमा दावी गरिएको छ- सो घर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट मन्त्री भएकी रामकुमारी झाँक्रीको हो। एकीकृत समाजवादीले आफ्नो दलका मन्त्रीहरु परिवर्तन गर्न लागेको समाचार आइरहेको बेला यो फोटो भाइरल भएको हो। सामाजिक सञ्जालमा सामान्य मान्छेले मात्र… Continue reading

कस्तो फटाहा : एभिन्युज टिभीले तारा एयर दुर्घटनाको भन्दै देखाएको फोटो भारतको

Posted on May 29, 2022 by Salokya

पोखराबाट जोमसोमका लागि आइतबार बिहान उडेको तारा एयरको एउटा विमान सम्पर्कविहीन भयो। यो ब्लग लेख्दासम्म विमान कहाँ छ, भेटिएको छैन। यस्तो खालको समाचारमा धेरैको चासो हुन्छ। त्यसैले मिडियाले हतारमा पहिलो समाचार दिन होडबाजी गर्ने गर्छन्। म पनि विभिन्न अनलाइन र टिभीमा यसबारे समाचार हेर्दै थिएँ। त्यसै क्रममा एभिन्युज खबर टेलिभिजनमा आइतबार दिउँसो ‘दुर्घटना भएको स्थलको… Continue reading

तपाईँ पनि झुक्किनुभो कि? बालेनकी छोरी फेसबुक र मिडियामा मात्र जन्मिएकी हुन् है !

Posted on May 19, 2022 by Salokya

के तपाईँले बिहीबार केही अनलाइन मिडियामा र सोसल मिडियामा काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार बालेन साहकी छोरी जन्मिएको खबर पढ्नु भएको थियो? त्यसो हो भने नझुक्किनु होला, यो गलत खबर हो। बालेनकी छोरी मिडिया र सोसल मिडियाले मात्रै जन्माइदिएका हुन्। यसबारे नेपालफ्याक्टचेकको तथ्य जाँच पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। 

नझुक्किनुस्, मतदाता नामावलीमा नाम नहुनेले नागरिकता हुँदैमा मत दिन पाउँदैनन्

Posted on May 11, 2022May 11, 2022 by Salokya

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नागरिकता हुने सबैले मतदान गर्न पाउने आशयमा सामाजिक सञ्जाल र केही अनलाइनहरुमा समाचार  आएका छन्। तर हाम्रो तथ्य जाँचले मतदाता नामावलीमा नाम नहुनेले नागरिकता हुँदैमा मत दिन पाउने नभएर मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र नभएकाले नागरिकता देखाएर पनि मतदान गर्न पाउने व्यवस्था यसअघि गरिएको… Continue reading

मिडियाको काम अख्तियारमा उजुरी पर्दैमा समाचार मात्र बनाउने हो कि साँचो कुरा खोज्ने पनि?

Posted on May 3, 2022May 3, 2022 by Salokya

काठमाडौँ महानगरपालिकाका उपमेयर उम्मेदवार सुनीता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समाचार आज धेरै वटा अनलाइन मिडियाहरुमा आएका छन्। ती सबै अनलाइन मिडियाहरुले परेको उजुरीका आधारमा मात्र समाचार बनाएको देखिएको छ। चुनावको अगाडि ती समाचारहरु यसरी आएको छ, मानौँ उजुरी नै प्रमाणित भएर अख्तियारले छानबिन गरेर दोषीसमेत ठहर गरिसक्यो। खास कुरा के हो भनेर… Continue reading

नझुक्किनुस्, स्थानीय तहमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको छैन

Posted on April 29, 2022 by Salokya

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका क्रममा वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता सकिए लगत्तै केही मिडिया र सामाजिक सञ्जालमा पनि विभिन्न ठाउँमा निर्विरोध निर्वाचित भएको खबर आएका छन्। तर हाम्रो तथ्य जाँचमा ती खबर भ्रामक रहेको देखिएको छ।

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • …
  • 11
  • Next

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme