Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नगरपालिकाको काम चैँ के ?

Posted on June 30, 2013June 30, 2013 by mysansar

-अमर पन्थी कमल/नेपालगञ्ज-

नेपालगञ्ज! यहाँको ट्राफिक अत्यन्तै व्यस्त ,माइक्रो बस, टेम्पो, रिक्सा, साइकल, ठेला र घोडा, टाँगा साघुरो बाँटो पलपलमा दुर्घटनाको डर……. अझ छाडा वस्तुहरु गाइ, घोडा र गधाले सडकको बीचमा ट्राफिक आइल्यान्ड नै बनाएका हुन्छन्।
nepalgunj
सँधै जस्तै शुक्रबार बिहान मोटरसाइकलमा अफिस आउँदै थिएँ। नेपालगञ्ज बि.पी.चोक नजिकै ब्यस्त सडकको बीचमा बडेमानको साँढे मरेर आकाशतिर खुट्टा फर्काएर लम्पसार परेको रहेछ। त्यसै कारण सामान्य जाममा परें।

2013-06-28 09.35.05

साँढेको ठिक पारीपट्टी नेपालगञ्ज नगरपालिकाको मुख्य गेट छ। नगरपालिकाकै अगाडि यसरी मरेको साँढेले सबै यात्रुहरुको ध्यान तानेको थियो। बुझ्दै जाँदा मोटरसाइकलको ठक्करबाट साँढेको मृत्यु भएको रे मोटरसाइकल चालकको अवस्था अत्यन्तै नाजुक भइकोले लखनउ लगिएको छ रे।

यहाँ प्रश्न के भने सडकमा यत्रतत्र छाडा वस्तुभाउ नियन्त्रण गर्ने कार्य कसको हो? दुई चारवटा पहेँला पोल राखेर दायित्व पूरा भएको हो? नगरपालिकको गेटमै मरेको साँढेलाई ब्यवस्थापन कसले गर्ने ? नगरपालिका के हेरेर बसेको होला आफ्नै अगाडि नै नदेख्ने नगरपालिकाले दुरदराजका वडाहरुमा हुने यस्तै घटनामा के गरेको होला ?
2013-06-28 09.34.51

2013-06-28 10.33.23

2013-06-28 10.33.48

14 thoughts on “नगरपालिकाको काम चैँ के ?”

  1. john tamang says:
    July 1, 2013 at 2:02 pm

    No कमेन्ट comment गरौ भने सानो मान्छेको ठुलो मुख

    Reply
  2. sheela says:
    June 30, 2013 at 11:48 pm

    ,माइक्रो बस, टेम्पो, रिक्सा, साइकल, ठेला , मोटर साइकल ,INGO ,NGO का गाडी ,लामो दुरीको गाडी , घोडा, टाँगा ,गाइ, गधा,सर्प, मुशा, भ्याकुता, आदि हिड्ने बाटो यौटै छ, रोडको दुवै छेउ छाउमा ताल छ ,यस्तोमा दुर्घटना हुनु नौलो हैन बाकी रयो नगरपालिकाको काम असारमा नगरपालिका बन्द हुन्छ होलानि……………

    Reply
  3. Anjil says:
    June 30, 2013 at 5:28 pm

    नगरपालिका ले त नगर्ने भयो अब गर पालिका बनाएर गर्नु पर्छ!

    Reply
  4. dharmendra says:
    June 30, 2013 at 5:14 pm

    गर पालिका भएपो गर्ने नगर पालिका भएसी किन गर्छ त !!!

    Reply
  5. ramesh says:
    June 30, 2013 at 4:59 pm

    मोटरसाइकल ले हानेर साढे को मृत्यु, ६८ वटा गोलि लाग्दा पनि ध्रुबे हाती जीवित! के को अचम्म हो यो?

    Reply
  6. गगने says:
    June 30, 2013 at 4:04 pm

    ‘तन्कायर खुट्टा उचालेर बीच सडकमा ट्राफिकको अभाब पुरागर्ने काम गरिरहेको छ ठिकै त छ, भनेर छोड्या होलाके!
    कि त्यो साढे धनि उफ्रियर ‘प्रहरी र अदालत आयर मुचुल्का उठायर क्षति पूर्ति गरेपछि मात्रै साढे र साढेको चलाउन दिने भन्ने माग होला,
    हामि हाम्रो सोचाइ अनि सोचाइ अनुसारको हाम्रो कार्यनी उस्तो हो क्या ! कसलाई के भन्ने!
    साडेको आत्माले शान्ति पाओस, अब यत्ति भन्ने !
    बिचरो साढे मरेपछि पनि ट्राफिक को कार्यभार सम्हाल्दैछ!
    हाहा! हाम्रो दरिद्र मानाशिकता र कार्यपालिकाको मजाक गर्याहै

    Reply
  7. Nabin Adhikari says:
    June 30, 2013 at 2:08 pm

    कस्तो लाज मर्दो… नगरपालिका आगाडी साढे मरेको छ यहाँ का कर्मचारीहरु रमिते भाको छ ?

    Reply
    1. neerose says:
      June 30, 2013 at 9:19 pm

      साढे भयकोले तिरस्कृत भयको होला! रागो वा भैसी भयको भय मो:मो: बनिसक्थ्यो यतिन्जेल र हामिमध्य कतिको भुडिमा पुगिसक्थ्यो होला!

      Reply
  8. RB Prince says:
    June 30, 2013 at 1:31 pm

    साढे को धनि आउन छ र छेतीपूर्ति माग गर्नु छ र त्यो बीरगति पायको साढे लाइ सहिद पनि घोसना गर्नु पर्यो २,४ घण्टा छक्क जाम गरि पार्टी को झन्डा ओदय र त्यो साढे ले नेपाल गंग बजार मा दिया को योगदान नेपाली नेता ले सुनौना पर्यो र त्यो चोक मा १ सालिक बनाउने बाचा न गरि कसरि नगर पालिका ले साढे को अन्तिम सस्कार गर्नी , पछि जे पनि हुन्छ भने र हत्त पट लाश न उठ्य को होला |

    Reply
  9. Nirmal B. says:
    June 30, 2013 at 11:19 am

    साढे मर्दा पनि motorcycle वाला जिउदै हुनु चाहि एक अचम्मको कुरा लाग्यो

    Reply
    1. Tenzing Gaba says:
      June 30, 2013 at 12:11 pm

      मर्न लागेको बुढो साढे होला नि त्,
      ————————————-
      साँढे (गोरु) बलियो बाङ्गो हुनु सम्म जोत्यो, गाडा तान्न लगायो
      गाई पनि दुध दियिरहदा सम्म पाल्यो अनि बुढी भए पछि छाडा छोडिदिने २ खुट्टे पशुहरु धेरै छन् हाम्रो समाजमा ………………..जदौ !!!

      Reply
  10. shiv raj subedi says:
    June 30, 2013 at 10:34 am

    लौ बधाई क्ष नेपालगंज बसी लै.. साढे बिचार ले त खुट्टा फर्कयारा फल देखायो त्येही माथि आखिर मा नगरपालिका ले पनि खुट्टा फर्कायाछा .. अ ह हा !!!

    Reply
  11. राम चन्द्र says:
    June 30, 2013 at 10:16 am

    नगरपालिका को कर्मचारी हा टा होलान सबै लाई असार लागेको होला अफिस रित्तै होला के को ध्यान जाओस ।

    Reply
  12. द्रोण says:
    June 30, 2013 at 10:02 am

    धन्न कोइ कोइ लोभी बगरेको नजर परेनछ , नत्र मोरेको साढे खसी बन्थ्यो कि राँगो कि मृग को सिकुटी के भन्न सकिन्छ ?
    सेतो डल्लो भित्र पनि छिर्न सक्थ्यो ?
    सरकार पिडित जनता अस्पताल मा लाम बस्नु भन्दा ट्राफिक जाम त्यति नराम्रो मान्दैनन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme