Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनआरएनहरूको आँखा स्विस सम्मेलनमा

Posted on June 19, 2013 by mysansar

पंचम अधिकारी

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएन, आइसीसी) को आगामी अक्टोबर १९ र २० मा काठमाडौंमा हुने छैटौं विश्व सम्मेलनको पूर्व सन्ध्यामा यही सप्ताहन्त स्वीजरल्यान्डको ज्यूरिचमा हुने गैरआवासीय नेपाली संघ (एनआरएन) को ‘छैटौँ युरोपियन मिटिङ् तथा युरोपियन महिला कन्फरेन्स’ ले सबैको ध्यान खिँचेको छ । काठमाडौंमा हुने छैठौं विश्व सम्मेलनले नयाँ केन्द्रीय नेतृत्वको चयन गर्ने भएकोले एनआरएन नेतृत्वको अकांक्षीहरूको ‘लबि र पक्षपोषण’ हेर्नलायक हुनेछ, ज्यूरिचमा ।

अध्यक्ष पदका लागि अहिलेसम्म अस्ट्रेलियामा धनाढ्यमा कहलिएका शेष घले, बेलायतमा बसोवास गर्ने वर्तमान उपाध्यक्ष हितमान गुरुङ, दक्षिण कोरियाका महासचिव तेन्जी शेर्पा र जर्मनी निवासी सँस्थापक रामप्रताप थापाको उमेदवारी चर्चामा आइसकेको छ । यी सबैले ज्यूरिचमा होटल रिजर्भ गरिसकेका छन् ।
एनआरएन, आइसीसीको आगामी अक्टोबर १९ र २० मा हुने छैटौं विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि प्रवासका चर्चित अनुहारहरूको वजन लेखाजोखा शुरू भैसकेको छ । पछिल्लो दशकमा एनआरएन सँघले देशभित्र र बाहिर तरङ्ग ल्याएको छ र यसलाई धेरैले आशाको नजरले हेरेका छन् । तर ‘जहाँ गए पनि नेपालीको बानी नजाने’ भन्ने कहावत चरितार्थ गर्दै पछिल्ला वर्षहरूमा एनआरएनमा चर्को राजनीतिक र जातीय मिसावट र चलखेल बढेको छ ।
एनआरएनका राष्ट्रिय कमिटीहरू ६५ देशमा सँगठित छन् । बिडम्बना, जहाँ जहाँ नेपालीहरूको घनत्व छ त्यहाँ राजनीतिक लुछाचुँडी बढ्दो छ । यसले गर्दा डायस्पोराको आवाज बुलन्द गर्नेभन्दा राजनीतिक पकड गर्ने स्वार्थले गाँजेको छ । फलस्वरूप एनआरएन आन्दोलनको सुन्दर पहिरनमा कुरूप दागहरू देखिएका छन् । एनआरएन अभियानको प्रभावकारिता खुकुलो बन्न लागेको छ ।
प्रवासका सबै नेपालीहरूको प्रतिनिधि सँस्थाका रूपमा हेरिने एनआरएन एक हदसम्म सफल छ तर चुस्त बन्न सकेको छैन । जुन तालमा बजाए पनि हुने डम्फू बनेको छ । जसले गर्दा क्रमिक रूपमा यो सँस्था विराट तर अस्पष्ट बन्दै गएको छ । सँस्थालाई विशिष्ट र सुव्यक्त गर्न कुशल नेतृत्वको निरन्तरता समयको माग बनेको छ ।
नेतृत्वको सवाल कति महत्वपूर्ण छ भन्ने कुरा उपेन्द्र महतोबाट देवमान हिराचनमा अध्यक्षता सर्दा एनआरएनको साखमा देखिएको भिन्नताले प्रष्ट पारिसकेको छ ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबरमा हुने छैटौं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि अस्ट्रेलिया निवासी शेष घलेले उम्मेद्वारी दिने चर्चाले एनआरएन निर्वाचन ‘हेभिवेट’हरूको चाखको विषय बनेको छर्लङ्ग भएको छ । अस्ट्रेलियाका दुई सय जना धनाढ्यहरूको सूचिमा विगत केही वर्षहरूदेखि सूचिकृत घले एनआरएन अभियानमा चिनिएको व्यक्तित्व नभए पनि प्रवासी नेपालीहरूबीच चर्चित अनुहार भने हो ।
घलेले एनआरएन युरोपको जुन २२ र २३ मा स्विजरल्याण्डको ज्युरिचमा हुने बैठकमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने बताइएको छ । एक थरि एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र वर्तमान अध्यक्ष जीवा लामिछानेको ‘लेगेसी’ थाम्न घले उपयुक्त पात्र भएको ठान्दछन् । अर्काथरि भने एनआरएनएमा एक कार्यकाल समेत काम नगरेका घलेलाई नेतृत्व दिँदा संगठनमा लामो समयसम्म काम गरेका माथि अन्याय र एनआरएन व्यापारीको संगठन मात्र हो भन्ने आरोपलाई थप बल मिल्ने सोच्दछन् ।
एनआरएनएका संस्थापक तथा संरक्षक रामप्रताप थापा पनि अध्यक्ष पदको दावेदारका रुपमा देखिँदै आएका छन् । थापा आफ्नो लामो अनुभव र योगदानका आधारमा नेतृत्व आफूले पाउनुपर्ने विचार राख्छन् । त्यस्तै अध्यक्ष पदका अर्का दावेदार अवकाशप्राप्त क्याप्टेन, उपाध्यक्ष हितमान गुरुङ पनि हुन् । हालका अध्यक्ष जीवा लामिछाने उपाध्यक्ष हुँदै अध्यक्ष बनेकाले एनआरएनमा नेतृत्वको क्रमिक विकास हुनु पर्ने गुरूङको तर्क छ । त्यसैगरि दक्षिण कोरियाका बासिन्दा र केही वर्षदेखि नेपालमा ब्यापार गरिरहेका तेन्जी शेर्पाले पनि आफ्नो दावी प्रस्तुत गरेका छन् ।
संरक्षक रहेका भिम उदास र अर्का उपाध्यक्ष रामेश्वर साहको नाम अरूले चर्चामा ल्याए पनि स्वयंले उमेदवारी घोषणा गरेका छैनन् । एनआरएनमा नाम चलेका केही व्यक्तीहरू स्थायी रुपमा नेपाल फर्की सकेकाले नैतिक तथा वैधानिक प्रश्न उब्जिएको छ । ‘एक पटकको नेपाली सधैंको नेपाली’ नारा घन्काउने एनआरएन सँघले ‘एक पटकको एनआरएन जीवनभरको एनआरएन’ भन्ने चरितार्थ गर्दैछ । विदेशबाट फर्केकाहरू कति वर्ष नेपालमा बस्दासम्म वा कुन हैसियत हुँदासम्म एनआरएन मानिने हुन् भन्ने प्रष्ट हुनु जरूरी भैसकेको छ ।
यी चर्चामा आएका नामहरूमा सहमति हुन नसके वर्तमान अध्यक्ष जीवा लामिछानेलाई अर्को कार्यकालका लागि वातावरण बन्न पनि सक्छ । यद्यपि, लामिछानेले दोस्रो कार्यकालका लागि इच्छा देखाएका छैनन् ।
जे होस्, यही जुन २२ र २३ मा स्विजरल्याण्डमा हुने युरोप सम्मेलनमा ठुलै चुनावी कसरत हुने निश्चित छ । सम्मेलनको आयोजक स्विस एनआरएनका अध्यक्ष डा. विनय श्रेष्ठले सम्पूर्ण तयारी पुरा भैसकेको बताउँदै ज्यूरिच सम्मेलनले नयाँ तरङ्ग ल्याउने विश्वास व्यक्त गरे । युरोपभरिका एनआरएनहरू र केन्द्रीय नेतृत्व जम्मा हुने यो सम्मेलन उत्तिकै खर्चिलो पनि छ । हरेक वर्ष जमघट हुने र घोषणा पत्र जारी गर्ने प्रचलन छ । तर त्यसले के नतिजा दियो त भन्ने कुरा खोजनीति गर्दा धेरै न्यून देखिने अवस्था छ । जसले गर्दा एनआरएनको साखको निरन्तरतामा अहिले गम्भीर प्रश्न उठेको छ ।

48 thoughts on “एनआरएनहरूको आँखा स्विस सम्मेलनमा”

  1. Pratik says:
    June 23, 2013 at 1:18 pm

    म बिगत १७ वर्ष देखि अस्ट्रेलियाको सिड्नी सहरमा बस्छु, NRN को चुनाब भर्खर सकियो यहा , चुनाब प्रस्ट रुपमा प्रजातान्त्रिक Vs कम्युनिष्ट थियो . चुनाबका उमेद्व्बारहरु सबै सामाजिककामको नाममा राजनीति गर्नेहरु थिए , २५-३० हजार नेपाली बस्ने NSW को चुनाबमा ४५०० जति मतदाता थिए, अब आफै भन्नुस….. कसरी सबै नेपाली अटे त अस्ट्रेलियाको NRN मा ?
    यो पूर्णरुपममा राजनीतिक थलो हो सामाजिक होइन, मैले बुझेसम्म अस्ट्रेलियाको NRN मा कोइ त्यस्तो निस्वार्थ व्येक्ति छैन जो नेपाल या नेपालीको हितको लागि NRN को नेता बन्न चाहन्छ .
    डा. उपेन्द्र महतोले जे सोच-विचार गरेर NRN को अबधारणा बनाए त्येस अनुरुप काम हुन नसकेको बिल्कुल सहि हो . पुर्णरुपमा निम्न स्तरको राजनीतिक थलो बन्न पुग्यो NRN जुन अत्यन्त दुखद कुरा हो …

    Reply
  2. madan bajracharya says:
    June 22, 2013 at 9:20 pm

    बिदेशमा बसेका कुनै नेपालीले नेपालको राजनैतिक दल सिद्ध आबद्ध भयको संस्था खोले चाहे त्यो जस्तो सुकै होस् सिधै बहिस्कार गर्नु पर्छ त्यहा रहेको नेपालीहरुले/ बिदेशमा बसेका भारतीयहरुले आफ्नो देस भारत र भारतीयको सेवा र सहयोगकै निमित मात्रै संघ संस्था खोले चलायको जस्तै बिदेशमा रहेको नेपालीले पनि तेस्तै सघं संस्था मात्रै खोल्ने र तेस्तै संघ संस्थामा मात्रै आफुलाई आबद्ध गर्नु पर्छ/ तव nrn को संघ संस्था पवित्र हुन्छ/

    Reply
  3. madan bajracharya says:
    June 22, 2013 at 6:48 am

    जन्मले नेपाली सदा नेपालीनै रहन दिनु पर्ने थियो चाहे तेस्ले अरु देसको पनि नागरिकता लियकै किन नहोस/ नागरिकता नितान्त व्यक्तिगत र जन्मसिद्ध अधिकारको कुरो हो र यसमाथि बन्देज लगाउनु गर्नु नागरिक अधिकारको मात्रै हनन होइन मानव अधिकारको हनन पनि हो/

    नेपालको सरकारले बिदेसको पनि नागरिकता लियको नेपाली नेपालमा फर्के उनीहरु non resident nepali (nrn ) हुने भन्नु नै गलत हो/ नेपाल फर्केर आयको जन्मले नेपालीलाई कसरि नन रेसिदेंत नेपाली भन्न मिल्छ? नन रेसीदेंत नेपाली भन्नुको सिधा अर्थ त् नेपालमा नबस्ने नेपाली नागरिकहरु हुन्/ यो हिसावले हेर्ने हो भने कुर्सि पाउने नभय सम्म भारत प्रवासमै रहने र कुर्सि पाउन नसके फेरी पनि फर्केर भारतमै जाने ई नेताहरुनै नन रेसिदेंत नेपालीहरु हुन्/

    नेपालीले नागरिकता लियको मुलुकहरुमा आफ्नो देसको नागरिकहरुलाई बिशेस सुबिधा र अतिरिक्त अधिकार दिन्छ/ ती मुलुकहरुमा उमेर पुगेको आफ्नो बरिस्ठ नागरिकहरुको सम्मान गर्न र बाकि जीवन आराम सिट बिताउन सक्ने भत्ता दिन्छ/ बिदेसमा गयर लामो समय बितायाको नेपालीले तेही सुबिधा नेपालमै बसेर पाउनको निमित मात्रै विदेशको नागरिकता लियको हुन्छ/ यो कुरालाई ई कुर्सि नपाउने भय बिहार र दिल्लीको गल्लीमा जीवन बिताउने अर्ध र पूर्ण नन रेसिदेंत नेताहरुको सरकारले कसरि जन्मले नेपालीको जन्मसिद्ध नागरिकता खोसिने अपराध माने?

    Reply
  4. Hari Prasad Lamichhane-Saudi says:
    June 21, 2013 at 6:35 pm

    साथिहरुको विभिन्न कमेन्टहरु देखेर मलाई पनि येसो केहि टाइप गर्न मन लाग्यो, म साउदीमा बस्न लागेको करिब डेढ वर्ष भयो र बिगत एक वर्ष साउदीको राष्ट्रिय समन्वय कमिटिको कोशादछ्य भएर काम गर्ने मौका पनि मिल्यो|

    मेरो के अनुभव रह्यो भने, नेपालीहरुले कता कता के पनि बुझ्ने रहेछन भने नेपाल सरकारले गर्न नसकेको काम जुन नेपाल सरकारले गर्नु पर्ने हो पनि यन आर यन ले गर्छ कि ? भनेर सरकारले भन्दा धेरै काम गर्नु पर्ने आश राखेको पनि भेटे| यो नेपाल सरकार भन्दा ठुलो संगठन हैन, सबैले आफ्नो ब्यबसाय, आफ्नो नोकरी बाट केहि समय र स्रोत निकालेर स सानो सहयोग गर्ने हो, थोरै थोरै सहयोग ले धेरै हुने हो , नेपाल सरकारको replacement हैन | जहाँ सम्म साउदीको कुरा छ येहाको प्रतिकुल परिस्थितिमापनि सक्दो सहयोग गरेको छ कसैको केहि बिगारेको छैन है |

    अझ अर्को महत्वपुर्ण कुरा के भने यन आर यन जस्ता संगठनहरुलाइ दलालहरुले ,ठगहरुले आफ्नो अनैतिक क्रियाकलापहरु लाइ ढाक्ने सेतो च्यादरको रुपमा प्रयोगगर्न खोज्ने कोसिश गर्दारहेछन| यन आर यन को आवस्यकता किन पर्ने रहेछ भने , नेपाली हरुका संगठन सयौको संख्यामा हुन्छन तर सबै जसो नामलेनै सिमित दयारा बोकेका हने गर्दछन जस्तै उदाहरंको लागि नेपाल साउदी म्याग्दी मगर उद्धार समिति- म मगर नि हैन , म्याग्दीकोनि हैन मेरो लागि त्यो संगठनको खासै उपादेयता भएन, यो संगठनको नाम केवल कुरालाई प्रस्टपार्नको लागि लेखिएको हो है अन्यथा नलागोस,

    बिदेसमा बसिसके पछि कुनै न कुनै रुपमा साथिहरु चाहिने हुनाले संगठनहरुको खाचो पर्ने रहेछ भन्ने मेरो व्यक्तिगत अनुभव रहेको छ, यन आर यन ले नेपालको सबै समस्या समाधान गर्नु पर्छ भन्ने खालको आश र त्यस्तो खालको कसैको सोच छ भने त्यसलाई आजै फेरौ है |

    Reply
    1. Nima says:
      June 21, 2013 at 10:43 pm

      एनआरएनका राष्ट्रिय कमिटीहरू ६५ देशमा सँगठित छन् । बिडम्बना, जहाँ जहाँ नेपालीहरूको घनत्व छ त्यहाँ राजनीतिक लुछाचुँडी बढ्दो छ । यसले गर्दा डायस्पोराको आवाज बुलन्द गर्ने भन्दा पनि एमाले,कांग्रेस,माओबादिका झोलेहरुको राजनीतिक पकड गर्ने स्वार्थले गाँजेको छ । फलस्वरूप एनआरएन आन्दोलनको सुन्दर पहिरनमा कुरूप दागहरू देखिएका छन् । एनआरएन अभियानको प्रभावकारिता खुकुलो बन्न लागेको छ ।
      प्रवासका सबै नेपालीहरूको प्रतिनिधि सँस्थाका रूपमा हेरिने एनआरएन सफल र चुस्त बन्न सकेको छैन । जुन तालमा बजाए पनि हुने मादाल बनेको छ । राजनीतिक छत्रछायाँ र धनाढ्यायहरुको चालखेलले गर्दा क्रमिक रूपमा यो सँस्था अस्पष्ट बन्दै गएको छ । सँस्थालाई प्रबासी नेपालीको हित र विशिष्ट र सुव्यक्त गर्न सहि”एनआरएन”को नेतृत्वको आवश्यक छ ।
      नेतृत्वको सवाल कति महत्वपूर्ण छ भन्ने कुरा उपेन्द्र महतोबाट देवमान हिराचनमा अध्यक्षता सर्दा एनआरएनको साखमा देखिएको भिन्नताले प्रष्ट पारिसकेको छ ।”एनआरएन”मा नाम चलेका केही व्यक्तीहरू स्थायी रुपमा नेपाल फर्की सकेकाले नैतिक तथा वैधानिक प्रश्न उब्जिएको छ । ‘एक पटकको नेपाली सधैंको नेपाली’ नारा घन्काउने नेपाली राहदानी र नागरिकता बोकेर हिंड्ने”एनआरएन”ले नेपाली मुलका बिदेशी नागरिक “एनआरएन” को बारे के सोंचेका होलान ? एक पटकको एनआरएन जीवनभरको एनआरएन’ भन्नेहरु ।नेपाली राहदानी बोकेर बिदेशमा ब्यापार गर्ने ब्यापारीहरु र अन्य रोजगारमा गएका नेपालीहरु विदेशबाट फर्केकाहरू कति वर्ष नेपालमा बस्दासम्म वा कुन हैसियत हुँदा सम्म एनआरएन मानिने हुन् भन्ने प्रष्ट हुनु जरूरी भैसकेको छ ।नत्र भने एनआरएन राजनीतिक दलको पुच्छर र व्यापारीको संगठन मात्र हो भन्ने बुझिन्छ।

      Reply
  5. सुसील खत्री, लन्डन says:
    June 21, 2013 at 12:42 pm

    एनआरएन धनमनी कै संस्था हो र हुनु पर्छ । अरुका लागि विदेशमा डाडा खोले, झोले, कान्ले, जिल्ली, तल्लारे, उपल्लारे, नानाथरीका जातजाती, बहुन,क्षेत्री, मधेसी, तराइ, पहाडका नाममा दुनिया संघसस्था छदैछन नी । ती संस्थाले भुप्रो ठुलाकाम गरेका छन र ? कमसेकम एनआरएनले ठुला कुरा त गर्छ । अहिले तराईमा होलसेलका भाउमा नेपाली नागरिकता, फि्रस, चिनी र चामलमा सट्ही गरेर भारतियलाई दिदा हामी चुपचाप बस्ने अनी राष्ट्रबादी कुरा गर्ने ? दोहोरो नागरिकता माग गरेकै छन एनआरएनले बरु आफ्नो भैराख्या नागरिकता नखोस भन्या हुन । भएको नागरिकता नखोस्दा के भयो ? कुरौ नबुझि दुबै हातमा लड्डु रे पुवाच्च मुख्मा हान्दिनु जस्तो ।

    Reply
    1. Ganesh, Europe. says:
      June 21, 2013 at 6:10 pm

      तपाईंको कुरा ठिकै हो सुशील जी, राष्ट्रले एकपल्ट दिएको नागरिकता जबर्जस्ती फिर्ता लिन सक्दैन | यो त नागरिक को हक हो, र जब सम्म नागरिकले आफूखुशी नेपाली नागरिकता त्याग्दैन, तबसम्म यो कायम रहनु पर्छ | आफ्ना नागरिकले कुन देश को नागरिकता लिए, कता छन्, के गर्दैछन, किन गर्दैछन तिर चासो दिनु समय बर्बाद हो, यु के अमेरिका ले खोइ जुन देशको नागरिकता लिएपनि तिम्रो नागरिकता गयो है भन्दैन त ? हो, बरु नेपाल ले नया नियम ल्याउनु पर्दछ, कि, नेपाली नागरिक नै रही रहने हो भने कम्ति मा बर्षमा एकपल्ट नेपाल पस्नै पर्छ, अलिकति भए पनि एन आर एन ट्याक्स तिर्ने पर्छ, र नेपाली पासपोर्ट नै प्रयोग गर्नु पर्छ, कस्तो लाग्यो यो आइडिया?

      Reply
    2. Nima says:
      June 21, 2013 at 11:12 pm

      शुशिल जी को कुरा एकदम सहि हो,
      नेपाली मुलका बिदेशी नागरिक भएका प्रवासी नेपालीहरूको प्रतिनिधि सँस्थाका रूपमा हेरिने एनआरएन सफल र चुस्त बन्न सकेको छैन । जुन तालमा बजाए पनि हुने मादाल बनेको छ । राजनीतिक छत्रछायाँ र धनाढ्यायहरुको चालखेलले गर्दा क्रमिक रूपमा यो सँस्था अस्पष्ट बन्दै गएको छ । सँस्थालाई प्रबासी नेपालीको हित र विशिष्ट र सुव्यक्त गर्न सहि”एनआरएन”को नेतृत्वको खाँचो वा आवश्यक भएको देखिएको छ ।
      ।”एनआरएन”मा संस्थापक भनि नाम कहलिएका नाम चलेका केही धनाढ्यय व्यक्तीहरू स्थायी रुपमा नेपाल बसोबास गर्नेहरु हुन् भने उनीहरु एनआरएन हुन् या होइनन भन्ने बारे नैतिक तथा वैधानिक प्रश्न उब्जिएको छ । ‘एक पटकको नेपाली सधैंको नेपाली’ नारा घन्काउने नेपाली राहदानी र नागरिकता बोकेर हिंड्ने”एनआरएन”ले नेपाली मुलका बिदेशी नागरिक भएका सहि “एनआरएन” को बारे के कस्ता बिचार र सोंच राखेका होलान ? नेपाली राहदानी बोकेर बिदेशमा ब्यापार गर्ने ब्यापारीहरु र अन्य रोजगारको लागी दलाललाई पैंसा खुवाएर अरव,जापान,कोरिया,मलेसियामा गएका नेपालीहरुले एक पटकको नेपाली सधैंको नेपाली भन्न सुहाउछ कि?एक पटक को एनआरएन जीवनभरको एनआरएन’ भन्न सुहाउँछ ?कुन उचित छ ।मुलत एनआरएनको परिभाषा मिश्रित छ।नेपाली मुलका बिदेशी नागरिक र श्रम मन्त्रालयको अनुमति लिएर दलाल मार्फत तोकिएको समय सिमा भित्र फर्किने गरि रोजगारको लागि बिदेसिएका नेपाली नागरिक,यी दुइ धार फरक धार भएको हुँदा परिभाषा समेत फरक हुन् जरुरि छ।होइन भने नाम मात्रको “एनआरएन”काम राजनीतिक चालखेल गर्ने र व्यापारीको संगठन मात्र हो भन्ने बुझिन्छ।

      Reply
  6. ananda says:
    June 21, 2013 at 8:14 am

    एन आर एन बिस्वब्यापी टाठा बाठा नेपालीहरुको Nepal प्रति माया गर्ने भाबुक संस्था हो,

    यसैले यदि यसो गर्ने हो भने साँच्चै नेपालको हित हुने थियो
    १ सामाजिक व्यापारको अबधारानामा उत्पादन
    २ फेयर ट्रेडको अबधारानामा बजार ब्यबस्थापन

    फेयर ट्रेडको अबधारानाले बजारको ब्यबस्थापन गर्छ , संसारको गल्लि गल्लि छरिएका नेपालीहरुले अलिकता तयारीका साथ केहि ध्यान दिने भने केहि नेपाली समान बेच्न सक्छन
    सामाजिक व्यापार, professor मोहम्मद युनिसको अबधाराना यसमा सामाजिक समस्यालाइ केन्द्रमा राखेर व्यापार गरिन्छ, जानकारहरु भन्छन चिनिया औद्योगिक नीति सामाजिक व्यापारमा आधारित थियो, बिसाल जनसंख्यालाइ रोजगार दिने चुनौतीलाइ केन्द्रमा राखेर उसले औद्योगिक क्रान्ति गर्यो आज संसारको दोस्रो अर्थतन्त्र बन्यो नेपालमा पनि यदि नाफालाइ होइन रोजगारीलाइ केन्द्रमा राखेर ब्यबसाय गर्ने, NRN ले फेयरट्रेडको अबधाराना वा यस्तै अबधाराना लाइ केन्द्रमा राखेर बजार खोज्न सक्छ, व्यापार हो नाफा त भै हाल्छ नि……..यसैले NRN यो बिसाल संरचना साथी भाई भेट भएर कफी खाने थलो भन्दा पनि मात्री भुमिलाइ केहि गर्ने हो भने रास्ट्र भित्र उत्पादन, रोजगारी, राजस्व बृद्दि अनि निकासी व्यापारमा ध्यान दिनु पर्छ भन्ने लाइरछ

    Reply
  7. aditya says:
    June 21, 2013 at 3:35 am

    आफनै नेपाली दाजुभाइहरुलाई नेपाली नागरिकता दिदा यीनीहरुको किन टाउको दुखाइभएको होला ?आरिशेहरु !!!

    Reply
    1. Bikash says:
      June 21, 2013 at 3:44 pm

      मित्र इंडिया मा पनि १ करोड आफ्नै नेपाली दाजु भाई हरु छन्, तिमि हरु लाई पनि दिने कि ? रह्यो नेपाली जसले विदेश को नागरिकता ली कर्म थलो बनिसके पछि नेपाली नागरिकता नै किन चाहियो ?

      • लगानी गर्न कानुन ले रोके को छैन.
      • नेपाल जना लाई id कार्ड छ (कि $५०० बचौना खोजे को हो भने केहि भन्नु छैन)
      • येदि सधै को लागि नेपाल जाने हो भने त कसैले चहेरा पनि रोक्न सक्दैन.

      ल अब क को लागि नागरिकता मा नै मारी हत्ते?

      Reply
  8. Anil Kandel says:
    June 21, 2013 at 12:50 am

    यो देशलाई अगाडी लैजान ,सबै भाषा सस्कृति, जातजाती ,धर्म ,लिङ्ग वर्णलाइ मिलाएर राख्न सक्ने पार्टी भनेको एमाले नै हो / एदी कसैले आबेशमा आएर फेरिपनि भूल गर्यो भने देशलाई पछि धकेल्नु बाहेक अरु केहि हुदैन / हुन सक्छ एमालेमा केहि नेताहरु नराम्रा हुन सक्छन तर सैद्दान्तिक हिसाबले हेर्ने हो भने नेपाली मात्र हैन बिदेशी हरु पनि एस्लाई औधी मनपराएका छन् / यो कुरा सस्तो मा हलुका तरिकाले like ओर dislike भन्दा पनि सोच्ने बेला आएको छ / सधै येस्तै कुरा मा आल्झिने हो भने के होला हाम्रा पुर्खालाई भविष्यमा ?विचार गरौ ,मनन गरौ / कुरा मुस्कान पासा मा लगेर najodau ,ठण्डा दिमागले सोचौ /

    Reply
    1. Mk says:
      June 21, 2013 at 9:05 am

      एमाले को असली राजनीतिक लिङ्ग के हो भनेर भूपू प्रम बा र भ ले प्रस्न गरेको धेरै भैसक्यो तर हालसम्म अनुत्तरित छ , भनेपछि यो पार्टी न भएर पाटी पो हो कि भन्ने धेरै लाई लाग्नु स्वाभाविकै हो /

      Reply
      1. Pramodwf says:
        June 21, 2013 at 11:40 am

        “एमाले को असली राजनीतिक लिङ्ग के हो भनेर भूपू प्रम बा र भ ले प्रस्न गरेको धेरै भैसक्यो तर हालसम्म अनुत्तरित छ” र साथी यो कुरा नभुलौ कि आजकल बा र भ ले लिङ्ग परिबर्तन गरेको अथवा उनको लिङ्गले काम नगरेको गन्ध आउदैछ नेपाली समुदाएमा……..

        Reply
    2. Bibek Dhakal says:
      June 21, 2013 at 1:04 pm

      माइसंसार मा अप्रत्यक्ष रूपमा पार्टी र चुनाब प्रचार त पहिले देखि भैराको हो तर अब त खुलेआम यसरि पार्टी को प्रचार गर्न पनि सुरु भएछ!
      ल बधाई छ !!

      Reply
  9. Rabin says:
    June 20, 2013 at 10:52 pm

    यो पनि लाख लगाएर करोड असुल्नेहरुको संस्था हो जो आए पनि के फरक पर्ला र?

    Reply
  10. sujan dhakal says:
    June 20, 2013 at 10:52 pm

    गजब को कुरा छ साथी हो, जो नेपाली रहधानी बोकेर यता उता यात्रा गर्छ, उही चै NRN भन्ने सस्था को सस्थापक रे, काग लाई बेल पाक्यो हर्ष न बिस्मात

    Reply
  11. harka shrestha says:
    June 20, 2013 at 9:32 pm

    अरु कुरा तेस्तै हो स.कोरिया को मा हुनी एन आर एन को अध्यक्ष पदका लागि मनोज डाँगी लाइ सबै le बिचर गरे राम्रो प्रतिफल आउला धरै सहयोगी मान्छे हो मनोज डाँगी /

    Reply
  12. Shreedhar Acharya says:
    June 20, 2013 at 9:09 pm

    NRN Canada का साथी हरू को बारेमा सुनौ है साथी हरू.
    हामी ७ नेपाली परिवार toronto बाट ३६५ KM उत्तर मा पर्ने Sudbury भन्ने ठाउँ मा छौ. एस सहर मा एउटा ALL nations bridge छ जसमा ४० देश को झन्डा छ र नेपाल को झन्डा छैन. यो झन्डा राख्न सिटी ले केहि पैसा तिर्नु पर्छ भनेको छ. नेपाली हरू कम भएको ले हामीलाई त्यो पैसा उठाउन मुस्किल परेको छ.
    NRN – Canada का साथी हरू लाई help गर्नु पर्यो भनेको त नेपाल Embassy संग पैसा माग्नु भनेका छन्. कति सम्म निर्लज्ज भएर उनि हरू ले आफ्नो देश को झन्डा राख्ने कम लाई Help गर्नु को साटो नेपाली Embassy लाई नै सम्पर्क राख्नु भनेका छन्. मलाई लाग्छ यो Canada मा नै एउटा ठाउँ होला जहाँ सबै देश को झन्डाहरू सार्वजनिक ठाउँमा छन् . एस्तो काम मा त NRN Canada seroiusly लाग्दैनन् भन्ने यो सस्था को औचित्य नै के रयो र. खाली समेलन गर्ने, ठुला ठुला कुरा गर्ने, PICNIC गर्ने, नेपाली नया वर्ष मनाउने, पैसा उठाउने अनि कति कता खर्च भयो तेस को हिसाब किताब पारदर्शी नबनाउने जस्ता काम भएको छ. नेपाल को लागि र नेपाली हरू को लागि केहि काम नगर्ने हरू को organization हो यो. दुइ वर्ष मा नेपालमा त्यो पनि दसैँ को बेला मा सम्मेलन गरि नेपाल सरकार को ३० लाख रुपिया पचाउने मात्र कम भएको छ.

    हास उठ्दो कुरो त एक जना Canadian जो नेपाल घुमेर आएका रहेछन उनले Help गर्छु भनेका छन्. अब साथी हरू नै बुज्नु होला कि NRN Canada को जवाफ र त्यो Canadian को हौसला.

    एउटा सार्वजनिक ठाउँ मा झन्डा राख्ने काम मा त सहयोग नगर्ने सस्था ले अरू काम के गर्छ ? खोइ rastiyeta को भावना ? तेसैले मेरो बुझाई के छ भने दोहोरो नागरिकता जरुरि छैन. यो त सब politics गर्न को लागि मात्रै हो. जीवन को अमुल्य समय विदेश मा बस्ने नेपाल र नेपाली को लागि सिन्को नभाच्ने अनि विदेश को pension पनि चाहिने अनि नेपाल को नागरिकता पनि चाहिने ? दुवै हात मा लड्डु चाहिने NRN लाई. मैले आज सम्म NRN ले कुनै उलेख्निए काम गरेको थाहा पाएको छैन.

    Reply
    1. suman p says:
      June 21, 2013 at 10:54 am

      जब एक canadian ले सहयोग गर्न सक्छ भने ७ नेपाली परिवारले किन सक्दैन , हरे मागी खाने नेपाली को आचरण , खाली नेपाली गरिब को देश भनि मागी खादै हिड्ने ? अरुको खेदो खन्ने तर आफ्नो धोति खसेको चाल नपाउने …………………. के भन्ने खोइ……. कहिले आफुले पनि दिन सिक्ने होला ? माग्न बन्द गर्ने होला ……….हरे ……नेपाली को जय होस्…..

      Reply
    2. Kshitize Agrawal says:
      June 21, 2013 at 10:20 pm

      श्रीधरजी तपाई क्यानाडा हुनु हुन्छl लाखौ खर्च गरेर क्यानाडा पस्नु भयोl एउटा झण्डा किन कति पर्लाl १० दोल्लर झन्डा किन्न पाइन्छl सिर्फ १० दोल्लर खर्च गर्न नसकेर केनेदियन नागरिक संग भिक् माग्नुl अनि यहि माइस्नसार लेख्दा तपाईलाइ लाज सरम लागेनl तपाई भुका नांगा कन्चुस माघने भए भन्नुस्l

      Reply
  13. Narayan says:
    June 20, 2013 at 7:49 pm

    यसले पनि राजा नै आइदिए हुन्थ्यो चलखेल बन्द हुन्थ्यो कि भनेर खोजेको हो नि ? अब विदेश मा पोइस कमाउने समाज सेवा को ढ्यांग्रो बजाउने नेपाल मा आउने राजनीतिज्ञ भएर मस्ती संग लुट्ने यहि नै हो NRN भक्ति झैँ पो लग्यो है मलाई त 🙂

    Reply
  14. Malla says:
    June 20, 2013 at 7:34 pm

    यहा रत्नले कमेन्ट गरेको सार्है ठिक लाग्योl प्राय बिदेशी राहदानी लिना साथ नेपाली नागरिक देखि बन्चित भै सक्योl उर्को तर्फ भुटानी नेपाली सरनार्थी लिना साथ नेपालको कानुन बमोजिम नेपाली नागरिक बन्चित भै सक्योl नेपाल लात हानेर विदेश राहदानी सरणार्थी लिएर फेरी किन के कारणले नेपालको कुनै राजनैतिक पार्टीको नेताको अन्डकोष समाएर बिदेशमा नेपालको नेताको अदारमा राजनैतिक गरेर एक आपसमा लडेर नेपाल नेपालीको बदनामी गरेl आज देखि सिर्फ नेपाली नागरिक लिएर बसेका कहिले बिदेशी राहदानी सरनार्थी नलिएका कुनै नेपालको राजनैतिक पार्टी संग समंध नभएका मात्र नेपाली गैर आबासीय भित्र पर्छ भनेर तुरुन्तै पररास्ट मन्त्रालय नेपाल सकारले कानुन नियमावली बिधान तयार गर्नु पर्छl बिदेशी राहदानी सरणार्थी लिएका उनकै देश भुटान कुन कुन देश को गएर राजनैतिक गर्नेl

    Reply
    1. Ganesh, Europe. says:
      June 20, 2013 at 11:24 pm

      मित्र, तपाइंले शरणार्थी भनेको भूटानको मान्छे मात्र देख्नु भयेछ…नेपाल भित्रैबाट नेपाली शरणार्थीको खोल ओडेर युरोप छिरेका देख्नु भएको छ ? बेल्जियममा त नेपाली शरणार्थी टनाटन छन्, बेल्जियम, जर्मनी, फ्रान्स, नर्वे, स्वीडेन, डेनमार्क जस्ता मुलुकहरुमा नेपाली कसरि पसे? न उनीहरु बिद्यार्थी (केहि अपवाद बाहेक) को रुपमा गएका हुन्, न हाइली स्किल्ड वा वर्क परमिटमा गएका हुन्, सबै शरणार्थी बनेर गएका हुन्, अनि बिचरा भूटानीहरुलाइ त तिमीहरु यतै आऊ भनेर बोलाएरै लागेको हो..ती देशहरु र अमेरिकाले, .नेपालीले जस्तो डुप्लिकेट कागजात र स्टेटमेन्ट तयार गरेर गएका होइनन | नेपालीहरु मैले थाहा पाए सम्म नेपालभित्रै कहिले शरणार्थी भएका छैनन्, विस्थापित भएका हुन् जनयुद्धको बेला वा सुकुम्वासी भएका हुन्, शरणार्थी भनेको देशबाट लखेटिएकालाइ बुझ्नु पर्छ होला | कसैलाई पनि नेपालले लखेटेको छैन; बाग्लुङ्ग, गुल्मी तिरका बाहुनहरु शुरुमा एक हूल आएपछि सप्पै साखा सन्तानलाइ पनि शरणार्थी बनाएर यु.के. छिराएका छन् | तपाइंको कुरामा मेरो सहमति छ कि त्यस्ता व्यक्ति पनि एन आर एन भन्न लायक हुन्छन र ? के उनीहरुले हरियो पासपोर्ट देखाउन सक्छन ? भए पो देखाउनु ? अनि नेपाली पासपोर्ट नै नभएको मान्छे कसरि गैर आवासीय नेपाली भयो त ? यस्तै छ मित्र कथा भित्र को कथा |

      Reply
  15. Bhim says:
    June 20, 2013 at 6:44 pm

    ए नारन ! का कुरै ठुला ..

    Reply
  16. Sanu says:
    June 20, 2013 at 6:38 pm

    Its not “Non Resident Nepali Association”. It should be “Non Responsible Nepali Association”. Do you guys agree?

    Reply
  17. dharmendra says:
    June 20, 2013 at 6:25 pm

    ल,,,, अब एन आर एन को आँखा स्विस सम्मेलनमा परेछ / देश स्विजरल्याण्ड बन्ने भो !!!!!!!!!!

    Reply
  18. Sonam Sherpa says:
    June 20, 2013 at 6:13 pm

    बर्मा गए कर्म संगै जिबा लामिछाने कंग्रेस्सी हुन् चाहे उ जहा जाउँ काँग्रेसको एजेण्डा बोक्ने व्यक्ति हुन् उअनको कार्यकाल त्यति सफल हुन् सकेन. नेपाल र नेपालीलाई केहि गरौ भन्ने राम्रो सोच हो एन आर एन को तर काम भन्दा हल्ला बढी भो यसर्थ पहिला देखि लागि परेको ब्याक्ति हुनु राम्रो हुन्छ नकि बिचमा पलाएको धनाढ्य को संग कति पेशा होईन देश बदल्ने विचार संग्कल्प र तदारुकता चाहिन्छ .
    नेपाल सम्मुन्नत होस् एक चोटिको नेपालि सधैको नेपालि

    Reply
    1. suman p says:
      June 21, 2013 at 11:02 am

      अब ए नारायणमा पनि कांग्रेश पसे , अब बाहुन , छेत्री जनजाती माओबादी मदिसे एमाले पनि पस्नु पर्छ, अनि त ……… भै हाल्यो नि क्या खासा ………आहा …….

      Reply
  19. mukta gurung says:
    June 20, 2013 at 5:52 pm

    NRN भनेको NON RELIABLE NEPALESE हो !

    Reply
  20. Sam (Australia) says:
    June 20, 2013 at 4:51 pm

    NRN अस्ट्रेलिया; आफ्नो पसल, पत्रिका, कार्यक्रम, Student Consultancy, हवाई टिकेट जस्ता आफ्ना व्यवसायको प्रचार गर्ने र नेपालीले नेपालीलाई दलालिगरी ठगीखाने थलो बाहेक अरु बन्न सकेको छैन /

    Reply
    1. Bidur says:
      June 21, 2013 at 5:24 am

      श्यामजीको कुरा सत प्रतिसत सहि हो/

      Reply
  21. राम चन्द्र says:
    June 20, 2013 at 4:34 pm

    चि चि अनी पापा को पनि लोभ गर्ने मरी मेटी बिदेसी नागरिक हुन मरीहत्ते हाल्ने अनी नेपाल र नेपाली लाई माया गरेजस्तो गर्ने , म नेपाली हुँ भन्ने । कुनै गतिलो काम गरेको छ एन आरएन ले नेपाल मा ।

    Reply
  22. Nabin Adhikari says:
    June 20, 2013 at 12:57 pm

    कुरा मात्र गर्ने काम नगर्ने गैरआवासीय नेपालीहरुको गये गुजरेको संघ- एनआरएन

    Reply
  23. Dipak, Sydney says:
    June 20, 2013 at 12:56 pm

    भर्खरै अस्ट्रेलियामा भएको एन आर एन को निर्वाचनको कुरा गरौ- हामी अहिले अस्ट्रेलियामा थोरैमा पनि ५०००० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनीहरु हुनुन्छ तर एन आर एन को निर्वाचनमा भाग लिने मात्र ३००० पनि हुनुहुन्न किनकि हामी सबै देशको राजनीतिले वाक्क दिक्क प्याक्क भएर बिदेसियकाहरु हौ! येदि यो संथाले सबै नेपाली को प्रतिनिधित्व गर्ने भए किन निर्वाचन गर्न पर्यो? किन नेपाली राजनीतिक पार्टीको UNION जस्तो भएर प्यानल बनाएर चुनाब गर्ने! सबै नेपालीको नाम मा नेपालीलाई नै ठग्ने ब्यापारी कहलाउने हरुको नाच्ने थलो भन्दा अरु की हैन!

    Reply
    1. Sujan says:
      June 21, 2013 at 12:35 am

      ह़ा हा ठिक भन्नु भो! यहाँ पनि येस्तै एउटा नेपाली संगठन छ जहाँ २००-३०० जति ले मत ले निर्बाचित हुन्छ तर आफुले आफैलाई नेपाली को प्रतिनिधि भन्छ अनि नेपाल जादा हाम्रा भातमारा नेता हरु पनि तिनी हरु संग पुरा भेटबार्ता गर्छ के के न जस्तो! हासो लाग्छ इनि हरु को ताल देखेर अनि देशका नेता हरु देखेर!

      Reply
  24. Rabi says:
    June 20, 2013 at 12:24 pm

    म AUSTRALIAN NRN को कुरा गर्दै छु. अहिले को वर्तमान NRN President
    काँग्रेस खेमा का हुन्. यिन को चुनाबी campaign पुरा political थियो. NRN बिशुद नेपाली संगठन हुनु पर्छ. यो सबै नेपाली को साझा संगठन हो. एस मा politics घुसाउने दुश्हस यी NRN भन्ने australian ले गरि सके का छन्. अजहै ह्याउ र बुद्धि नभएका हरु political view लिएर सल्बलौना खोज्दै छन्. देश भित्र का neta का पुछर हरु कस्ता होलान यिनी आफै अनुमान लगाउन सक्नु हुन्छ. यिनी हरु agenda बिहिन छन्. गतिला को झुण्ड त झन्दै छैन.

    एस पाली को NSW को state election मा भने काँग्रेस भनौदा हरु ले लज्जास्पद हार खाएका छन्. बल्ल NRN member हरु ले कुरा बुझ्दै छन्. NRN सम्पूर्ण नेपाली को सस्था हो, न कि यो बाबुराम, प्रचण्ड वा सुसिल बा को हो.

    साथी हरु, चुनाब लोकल ग्लोबल जे सुकै होस्, राजनीति घुसाउने लै चिन्नुश र तेस्ता लाई निरुत्शाही गर्नु हाम्रो कर्तब्य हुन आउछ

    Reply
  25. SURENDRA hongkong says:
    June 20, 2013 at 12:10 pm

    नेपाल का राजनीतिक पार्टी हरु मिलेर देश सम्बृद बनाउन न सक्नु र एन.आर.एन. ले विदेश मा अघोसित पार्टी खोलेर यो गर्छु र त्यो गर्छु नेपाल मा भनेर प्रत्येक सम्मेलन मा खोक्नु पुरानो बोतल मा नया रक्सि हाल्नु सिबाय केहि होइन/ गर्छु भन्ने ले सम्मेलन मा खोकी रहनु पर्दैन सम्भावना नेपाल मा धेरै छन् चुप चाप गरेर देखाउन सक्नु पर्यो/यो नेपाल को च्याऊ पलाए झैँ पलाएका पार्टी अनि त्यो एनआर एन हात्ती बलियो कि हात्ती छाप चप्पल भन्नु बराबर हो/

    Reply
  26. Gautam Manandhar says:
    June 20, 2013 at 10:44 am

    First they should prove that they really love Nepal by contributing in country’s economy then only they can claim themselves as real country lovers otherwise they are not more than a club of Non Returning Nepalese.

    Reply
  27. Mek says:
    June 20, 2013 at 9:48 am

    गफाडीहरु को जमात गफ मात्र गर्ने काम चाही नगर्ने !

    Reply
  28. Nirmal B. says:
    June 20, 2013 at 9:25 am

    एन आर एन को पूर्ण परिब्भासा अर्थात वास्तविकता के होर किन आवस्यक छ? मलाई लाग्छ जसले बिदेसी पासपोर्ट लिएका छन् अनि नेपाल जान भिसा चाहिन्छ त्यो एन आर एन हुन् ! तर खाडीमा मजदुरी गर्न आएका सोझा साझा दाजुभाइलाई ल नेपालबाट आएको छ महिना पछि सबै एन आर एन हो भन्दै पैसा उठाउदै (ईच्छा बिपरित ) सदस्य बनाएका छन् टाठा बाठा पण्डितयाई गर्नेहरुले एन आर एन को संख्या यति धेरै छ भनेर सरकारलाई दबाब दिन तेसो गरेको हो ! नेपालि पासपोर्ट भएका हरु एन आर एन हुन् त? यो कुरा MYSANSAR मार्फत् स्पस्ट पारिदिए खाडीमा गएका मजदुर हरु अनावस्यक राजनीतिबाट मुक्त हुने थिए

    Reply
    1. Bikash says:
      June 20, 2013 at 5:57 pm

      नमस्कार निर्मल जी,

      सर्ब प्रथम NRN को अर्थ non residence nepalease अर्थात् नेपाली नागरिक तर कारणबस १८० दिन वा त्यो भन्दा बढी नेपाल बाहिर बसेका लै जनौचा.

      रह्यो ऐले का NRN भनौदा हरु का कुरा, उनीहरु त नेपाली मूल का बिदेशी नागरिक हुन् न कि NRN किन कि उनीहरु सग कानुनी रुपमा नेपाली नागरिकता नै छैन वा त्यागे .

      खास NRN भनेका त विदेश मा पढाई गरिरहेको बिधर्ती हरु अरु कारणबस नेपाली पस्स्पोर्ट मा विदेश मा बसे का हर जस्तै खाडी र अरु देश मा काम गर्न गएका नेपाली हरु.

      इ नेपाली नागरिकता त्यागेर बिदेशी नागरिकता लिने हरु ले खास का NRN को नाम बेचेर आफ्नो फाइदा लिन लाई NRN संस्था खोलेका हुन्.

      तेही भएर नै दोहोरो नागरिकता त्यो अपनी भोटिंग गर्ने अधिकार सहित को भने र कुर्ले का हुन्.

      तिनीहरु ले देश मा लगानी गर्ने भने को तेस्तै तेस्तै हो किन कि ९०% भन्दा बढी तेस्त बिदेशी नागरिकता लिने हरु लाई घर किने को मोरगेज र दिन दिन को खर्च तिर्दै ठिक हुन्छ क को देस विकास? मात्रै आफ्नो बिकाश

      Reply
  29. SHREE AUSTRALIA says:
    June 20, 2013 at 9:25 am

    म त यो सस्थालाई खुरापाती सस्था भन्न रुचौछु! येनेहरु भनेका कुकुर को पुछर जस्तै हुन्. NRN Austraia is the worst in the world. In another word they are another name of political parties. Nepali ले नेपाली लै लुट्ने सस्था हो! I am sorry for Dr. Mahato. This origination turn in to different mission and vision than he thought.

    Reply
  30. bhima says:
    June 20, 2013 at 8:00 am

    यो संस्था खारेज हुनु पर्छ एसले कुनिऎ नेपाली को हीत को लागि कैऎ गरे कोछेना / नत विदेश मा हुने नेपाली लाई एक जुट गर्न सके को छ /सिमित दुए छर जना विदेश मा सफल भए भन्दैमा तिनी हरु को नितेत्रो सुकर्नु पर्ने मा विदेश बसे को ३ वर्ष भयो र मा यो संस्था को सदश्य जिन्दगि भरि हुन्न कुनी परिबर्तन न भए सम्म /

    Reply
  31. उपासक उदास says:
    June 20, 2013 at 7:29 am

    यो गह्रौं प्रश्न लाइ गम्भीरता पूर्वक लिएर सम्मेलन आयोजक ले ‘डलर वसूल’ परिणाम ल्याउन सफल होस् – आज लाइ येति नै मात्र शुभ कामना व्यक्त गरौँ !

    Reply
  32. Suraj Shrestha says:
    June 20, 2013 at 7:03 am

    हाल सम्म नेपालमा दर्ता नभेयेको एन. आर. एन. (गैर आवसी नेपाली) को आ-आफ्नो उत्तरोतिको क्रिया कलाप बाहेक नेपालीहरुको नेपालमा उपकारको काम होस् भन्ने आशा र कामना गर्दछु

    सन् २००० जुलाई ३-४-५ मा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा को प्रमुख आतिथित्वमा पहिलो नेपालीहरुको सम्मेलन एतलान्तामा भएको १३ बर्ष भयो

    साथै खाली प्रशार प्रचार भएको धेरै बर्ष भयो

    सुरज श्रेष्ठ

    Reply
  33. नवीन says:
    June 20, 2013 at 1:59 am

    “एन आर एन को मूल उदेश्य को हो र अहिले सम्म यसले के प्रगति गरेको छ?”
    थाहा पाउनु हुने कसैले यँहा लेखिदिनुहोला|
    एकचोटी दोहोरो नागरिकता दिने भनेर निक्कै बुरुक बुरुक उफ्रेको थियो| सुशील, देउबा, ओली, सुजाता, माकुने, बामदेव, प्रचण्ड, बाबुराम सबैले हुन्छ भनेका थिए| त्यसपछि नेपाली राजदुतावासले एउटा प्लास्टिकको कार्डमा ५०० डलर तिरेपछि हातले खस्क्याएको परिचय पत्र दिने र दश बर्ष सम्म नेपालमा आवत जावत गर्न पाइने भनेर खुलाएको थियो|
    बाबुको बीरता लिएर रोईकराई अरु सेवक कांग्रेसीहरुलाई उच्छिनेर असक्षम माकुनेको क्याबिनेटमा हद असक्षम र शर्महीन परराष्ट्र मन्त्रि बनेकी सुजाताको करकमलबाट त्यस्तो काम नलाग्ने कार्ड एनआरएन कै देवमान हिराचनले सर्बप्रथम लिएका थिए| त्यो बेकारको कार्ड अरु ककसले लिए र यस्तो अप्रभावकारी र असफल योजना कसले शुरु गरेका हुन् त्यो पनि खुल्न पर्छ| कार्ड लिए पछि पनि नेपाली राजदुतावासमा गएर शुल्क नलागे पनि भिसा लिनै पर्ने भए पछि त्यसको के काम? ब्यापारी र ठुलो कमाई गर्ने लाई ठिकै होला तर जसले इज्जत राखेर मेहनत गरी खान लाउन छोरा छोरी पढाउँन जुटाएको छ उनीहरुको लागि डलर ५०० को के फायदा?
    मेरो बिचारमा दोहोरो नागरिकता दिन ठिक छैन|
    बंगलादेश र भारतले गरे जस्तो जो पहिले नेपालको नागरिक वा पासपोर्ट वाहक थिए र उनीहरुका पछिका सन्तानलाई हालको पासपोर्टमा भिसा ग्राटिस लेखिदिएर कुनै निश्चित कानुन बनाएर केही हदसम्मको अचल सम्पति खरिद गर्न सक्ने र लगानी गर्न सुबिधा दिने गरे पुगिहाल्छ| भोट हाल्ने र चुनावमा लड्ने अधिकार दिई रहन आवश्यकता छ जस्तो लाग्दैन| एनआरएन लाइ सरकारी तलब भत्ता खाएर सरकारी जागिरमा पनि दिन पर्दैन|
    मुख्य कुरो को हुन् एनआरएन त्यो पनि तोकीईन पर्छ| सरकारी काम वा छात्रवृत्ति लिएर भगौडा हुने हरु वा सरकारी जागिर को सिलसिलामा विदेश पसेर फेर्कर जान जानी जानी नमानेका हरुलाई किन एनआरएन भन्ने? त्यस्ताहरुलाई पहिले हालको दर रेटमा र ब्याज सहित खर्च फिर्ता गरे मात्र सुबिधा दि न पर्छ| उमेर छउन्जेल बिश्व बैंक वा आइ एम एफ र यु एन आदि संस्थामा बिदेशमा रही काम गरेर धन कमाए पछि देशको माया लाग्ने नै हो भने खुरुक्क यँहा फर्केर आई देशको सेवा मा लागे भैगो|
    के को एन आर एन को लफडा? नेपाली लाई जहि गए पनि पद नै चाहिने योग्यता होस् नहोस अनि आपसमा लड्नै परने?

    Reply
  34. Ratna says:
    June 20, 2013 at 1:50 am

    यी एन आर एन भनाउदा हरु दशैं ताका नेपालमा हुने वार्षिक सम्मेलनमा जाँदा कुन पासपोर्ट प्रयोग गर्लान, त्यो पनि कसैले रिसर्च गरेर परराष्ट्र र गृह मन्त्रालयमा रिपोर्ट बुझाइदिये हुन्थ्यो | युरोपीय मुलुकको पासपोर्ट प्रयोग गरेका हुन् भने उनीहरु एन आर एन होइनन, बिदेशी भैसके, फेरी किन नेपाल जानु भाषण ठोक्न ? यी मूलाहरु जता तिर मल्कु उतैतिर ढल्कु गर्ने गर्छन, विदेशको नागरिकता लिई सकेकाहरु युरोपको एन आर एन सम्मेलनमा ज्युरिक जाँदै छन्, त्यो पक्का हो | नामै काडेर भान सकिन्छा को को हुन्,| नेपालका नेपाली लाइ ठग्ने यो भन्दा अरु ठुलो काइदा के होला र ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme