-भेषराज कनेल-
आम नेपालीको निम्ति एनसेलको भन्दा नेपाल टेलिकमको मोवाइल सेवा झण्डै आधा (४४ प्रतिशत) सस्तो छ। तर गरिब नेपालीलाई भने नेपाल टेलिकमले यो सस्तो सेवा “निषेध” गर्दछ। मानो गरिबलाई फोन नै चाहिँदैन, त्यसकारण उनीहरु प्रति उसको कुनै दायित्व नै छैन!
गरिब नेपालीलाई एनसेलले सेवा त दिन्छ, तर नेपाल टेलिकमभन्दा ७७ % बढी महसूल लिएर।
एनसेलले सिमित संख्याका चलाख, पढे लेखेका र व्यवशायीहरु अर्थात “चलाख ग्राहक” लाई भने झण्डै नेपाल टेलिकम कै जस्तै महसूल दरमा नेपाल टेलिकमको भन्दा बढी स्तरीय सेवा उपलव्ध गराउँछ।
नेपाल टेलिकम आफ्ना ग्राहक विस्तारका लागि मूलतः “आम मध्यम वर्गीय नेपालीको आफु प्रतिको सदाशयता, राष्ट्र प्रेम र विश्वास” मा निर्भर रहने गर्दछ, तर गरिब भने एनसेलले व्यापक प्रचार प्रसार र विभिन्न प्रकारका बम्पर उपहार राखी गरिब नेपालीलाई “धनी बन्ने सपना बेचेर” ग्राहक विस्तार गरी महंगो सेवा बिक्री गर्न सफल छ।
नेपाल टेलिकमले ग्राहकले आफै कल नगरे टेलिकमको आम्दानी नै हुदैन भन्ने मान्यता राख्दछ भने एनसेलले कुनै ग्राहकले आफुले कल नगरे पनि त्यसको फोनमा अन्यले कल गर्दा कम्पनीलाइ आय आर्जन हुन्छ भन्ने मान्यता राख्दछ ।
आइ टि यु ले निर्धारण गरे अनुसार टेलिफोनका लागी मोवाइल सेवाका विभिन्न कलहरुको टोकरी प्रति महिना ५०.९ मिनेटको हुन्छ । टेलिफोन कल टोकरीमा व्यस्त समय र व्यस्त नहुने समय, आफ्नै नेटवर्कमा र अरुको नेटवर्कमा, मोवाईल तार सहितको टेलिफोनमा गरिने कलहरुको हिस्सा छुट्टाएको छ । यी सवैको हिसाव गर्दा कर बाहेको यो टोकरीको मूल्य नेपाल टेलिकमका हकमा रु ५७.१५ हुन्छ भने एन सेलका हकमा यो मूल्य रु १०१.२५ अर्थात नेपाल टेलिकमको भन्दा ७७ % बढी हुन्छ । रु १०० को रिचार्ज २० दिनमै, रू २०० को २ मैनामानै र रु १,००० को वर्ष दिनमा कल गरी सकाउनु पर्ने अर्थात औषतमा मासिक रु ८३.३३ भन्दा कम खर्च गर्ने र सो नभए सिम कार्ड नै खारेज गरी दिने नेपाल टेलिकमको व्यवस्था छ , जसले गर्दा अरुवाट कल आउने पर्खाइमा वस्ने तर आफै खर्च गर्न नसक्ने वृद्ध वृद्धा, काम पर्खेर वस्ने ज्यामी मजदूर आदि गरीवका लागि नेपाल टेलिकमको सेवा प्रकारान्तरले “वर्जित” छ ।
ऐन सेलले मासिक न्यूनतम कल तोकेको छैन, केवल छ महिना सम्म पनि कुनै कल गरेन भने मात्र सिमकार्ड खारेज गरी दिन्छ । ग्रामीण क्षेत्रका लागि त केही समय पहिले एन सेलले मोवाइल सेटमा केही अनुदान समेत दिएको थियो । त्यस्तै आर्थिक रुपले सिमान्तकृत वर्गका निम्ति सेवामा पहूंच दिएको छ र किफायत गर्ने लाई थोरै खर्चमा पनि पहूंच भै रहन सक्ने व्यवस्था गरी दिएको छ । यस किसिमले हेर्दा एन सेलको सेवा कुनै हद सम्म “सिमान्तकृत मैत्री” छ भन्दा अनुपयुक्त नहोला ।
आईटियूको मोवईल कल टोकरीमा टेलिफोनको अलावा मासिक १०० एस एम एस कल पनि समावेस गरिएको छ । अत टाठा वाठा, पढा लेखा चलाखहरुका लागि उपयोगी यो सेवा समेत हिसाव गर्दा नेपाल टेलिकम र एन सेलको महशूल क्रमशः रू १७०.६५ र २१४.७९ छ । अत एन सेलको सेवा टेलिकमको भन्दा एक चोथाइ (२६%) ले महंगो छ । चलाख ग्राहकका निमित्त एस एम एस मार्फत थप छुट पाउने (जटील “विन्तिपत्र हालेर” भन्न उपयुक्त होला पनि! ) एन सेलको व्यवस्थाले गर्दा यो भिन्नता झण्डै शून्य हुन्छ । तर गुणस्तरका सम्वन्धमा भन्नु पर्दा गत वर्ष नेपाल दूरसंचार प्राधिकरणले मापन गरेको आधारमा भन्ने हो भने नेपाल टेलिकमको भन्दा एन सेलको राम्रो छ ।
तितो सत्य के भने नेपाल टेलिकमले सेवा सस्तो त दिन्छ, तर यो सेवा तुलनात्मक रुपमा “धनी”लाई मात्रै दिन्छ, आर्थिक दृष्टिकोणले सिमान्तकृतसंम नेपाल टेलिकम पुग्ने प्रयासै गरेको छैन । साथै गुणस्तर तुलनात्मक रुपमा त्यति राम्रो पनि छैन ।
एनसेलले गरीवलाई सेवा दिन्छ तर महंगो । एका तिर देशका वहुसंख्यक सोझा साझा र गरीवलाई “आक्रामक” विज्ञापनवाट कार, मोटर साइकल, सुन, मोवाइल फोन, नगद आदिका वम्पर उपहार राखी “धनी वन्ने सपना” मार्फत महंगो सेवा वेच्न सफल छ भने अर्को तिर टाठा वाठा र चलाख, धनी र व्यवशायीलाई विभिन्न सुविधा युक्त तुलनात्मक रुपमा गुणस्तरीय र सस्तो सेवा उपलवन्ध गराउछ । वुझ्नै कठीन हुने वेबसाइट र एस एम एसवाट मात्र थाहा पाउन सकिने विभिन्न सहुलियत सहितका योजनाले गर्दा एन सेलले सिमित चलाख, पढे लेखेका र व्यवशायीहरुलाई सस्तो सेवा उपलव्ध गराउने गर्दछ भने वहुसंख्यक साधारण सोझा साझालाई यो सस्तो सेवा व्यवहारिक रुपले “निषेध” नै गरको छ ।
यी समस्याहरु संवोधन गर्न सरकारी संयन्त्रले मात्रै पुग्दैन, सचेत नागरिक, मिडिया र यो क्षेत्रका विज्ञहरुको ध्यान जान आवश्यक छ ।
(कम्पनीहरुका तथ्यांहरु उनीहरुका हालका वेबसाइट, विज्ञापन र पत्र-पत्रिकावाट उपलव्ध सामग्रीवाट लिइएको हो )
कनेल सबै खाले दूरसञ्चार सेवा (मोबाइल, टेलिफोन, इन्टरनेट आदि) को नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष हुन्। उनको यो लेख उनको व्यक्तिगत वेबसाइट बीआरकनेलबाट साभार गरिएको हो।
ढिलै भए पनि नेपाल टेलिकमले प्रिपेड मोवाइलको रिचार्जको “आयु” वढाएर सिमान्तकृतलाइ केही राहत दिने निर्णय गरेकोमा साधुवाद ।
यस्ता सुकार्य नेपाल टेलिकमले जारी राखोस शुभ कामना ।
मैले यो विषय तीखो रुपमा उठाएको हुनाले यो विषयको संवोधन हुदा मलाई पनि थप संतोष मिलेको छ ।
सवै पाठक मित्रहरुप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु । मेरो लेखमा भएका त्रुटीहरु ओल्याई दिएर मलाई सुधार गर्न सल्लाह दिनु भएकोछ । मेरो कामको कतिपयले तीखो आलोचना गरेर मेरा कमी कमजोडीहरु देखाइ दिनुभएको मा म सवै पाठक प्रति इमान्दारीताका साथ मेरो सलाम टक्याउ छु ।
यति धेरै पाठकले यती ध्यान दिएर पढ्नु भए छ, मेरो एउटा लक्ष पुरा भएको छ र पनि धन्यवाद दिन चाहन्छु ।
कतिपयले “कणेल आफु पदमा वसेर यो काम नगर्ने वाहिर निस्के पछि पानीमाथि ओभानो हुने धृष्टता प्रकट गर्ने ?” भन्ने कटु आलोचना गरेकोवाट म विचलित भएको छैन। हो पनि कतिपय कुरा मैले गर्न सकेकै थिईन, कति प्रयास गर्दा गर्दै नसकेर कति पत्तै नपाएर, कतिको गांभिर्यता महसूस नगरेर । मैले के गर्न सकें के गर्न सकिन खुला किताव जस्तै छ: व्याख्याको कुनै आवश्यकता ठान्दिन । पाठकहरुले आफ्नो धारणा राख्नु भएको छ, के कठिनाई थिए त्यसमा उहाहरुको चासो हुने कुरो पनि भएन । आखिर कामको मूल्यांकन “नतिजावाट” हुने हो “प्रकृया”को आम मानिसलाइ केही मतलव हुदैन भन्ने कुरामा म शत प्रतिशत विस्वस्त छु ।
यति हुदा हुदै पनि केही कुरामा भने म केही मित्रहरुसंग मेरो विनम्र असहमति भएको धृष्टता भने व्यक्त नगरी सक्दिन: आफुले गर्न नसकेको काम सक्नेले गर्नु पर्दछ भन्नु पानी माथि ओभानो बनेको होइन भन्ने मेरो मान्यता छ । न त्र आफुले देखेका कुरा गोप्य राख्ने दुष्ट्याई गरेको र अन्य क्षमतावानलाई सहयोग नगरेको भन्ने मान्नु पर्दछ भन्ने पनि मेरो “धृष्टता” छ । मेरा यी नानी देखी लागेका वानी अव सुधार्न सक्ने मैले यो जुनीमा देख्दिन, अर्कै जुनीमा विश्वास भने छैन ।
जे होस म फेरी समस्त पाठकलाई पुन धन्यवाद दिन चाहन्छु ।
लेखकको नाम भेषराज कनेल नभएर भेषराज कणेल लेख्नुपरयो । हुन चाहिँ भेषराज कँडेल हुन पर्ने हो तर लेखक आफैले आफ्नो आधिकारिक वेबसाइटमा भेषराज कणेल लेख्नुभएको रहेछ।
पहिला आँफु त्यहीठाँउमा छँदा केही गर्न नसक्ने अनि अहिले बाहिर भएपछि त्यो कुरा गर्नुको कुनै तुक छैन । जसरी अन्य सहयोगी संस्थाको सहयोग त्यति बेला पनि आवश्यक थियो भन्ने कुरा सम्झन सकेको भए राम्रो हुने थियो ।
कृष्ण अधिकारी .
अरुको त्रुटि देखाउने सगर जि एकपटक ५ र ६ नम्बर राम्ररी पढ्नुस त के भयको छ ?
सोझा सिधा जनता जसलाई सम्भोधन गर्न खोजिएकोहो उनीहरुको माइसंसारमा पनि कहाँ पहुच होला र ? फेरी पनि अलि अलि जानकारी दिन खोजेकै हो ,
यस लेखमा मैले भेटेका केहि भासगत त्रुटिहरु:
१. पहिलो अनुच्छेद:
मानो गरिबलाई फोन नै चाहिँदैन, त्यसकारण उनीहरु प्रति उसको कुनै दायित्व नै छैन!
(मानो भनेको के हो?)
२. तेस्रो अनुच्छेद:
……… झण्डै नेपाल टेलिकम कै जस्तै महसूल दरमा नेपाल टेलिकमको भन्दा बढी स्तरीय सेवा उपलव्ध गराउँछ।
( ‘टेलिकम’ र ‘कै’ किन नजोडेको?)
३. चौथो अनुच्छेद:
…… तर गरिब भने एनसेलले व्यापक प्रचार प्रसार र विभिन्न प्रकारका बम्पर उपहार राखी…..
(‘गरिब’ शब्द नहुनुपर्ने स्थानमा छ)
४. पाचौँ अनुच्छेद:
नेपाल टेलिकमले ग्राहकले आफै कल नगरे टेलिकमको आम्दानी नै हुदैन…….
(‘हुदैन’ मा चन्द्रबिन्दु हुनुपर्छ)
५. छैठौं औच्छेद:
आइ टि यु ले निर्धारण गरे अनुसार टेलिफोनका……
(यो भाषागत त्रुटी होइन, तर लेखमा कतै पनि ‘आइ टि यु’ भनेको के हो भनिएको छैन…. हामीले कसरि थाहा पाउने?)
६. सातौं औच्छेद:
ऐन सेलले मासिक न्यूनतम कल तोकेको…..
(‘ऐन सेल’ भनेको के हो?)
७. आठौं अनुच्छेद:
आईटियूको मोवईल कल टोकरीमा……
८. आठौं अनुच्छेद:
अत एन सेलको सेवा टेलिकमको…..
(‘अतः’ हुनुपर्छ)
९. आठौं अनुच्छेद:
तर गुणस्तरका सम्वन्धमा भन्नु पर्दा गत वर्ष नेपाल दूरसंचार प्राधिकरणले मापन गरेको आधारमा भन्ने हो भने नेपाल टेलिकमको भन्दा एन सेलको राम्रो छ ।
(यो वाक्यको बनावट क्लिस्ट छ)
१०. नवौं अनुच्छेद:
आर्थिक दृष्टिकोणले सिमान्तकृतसंम नेपाल टेलिकम पुग्ने प्रयासै गरेको छैन ।
(‘संम’ – यस्तो सामान्य कुरामा पनि गल्ति भएको छ)
११. दशौं अनुच्छेद:
…..धनी र व्यवशायीलाई विभिन्न सुविधा युक्त तुलनात्मक रुपमा गुणस्तरीय र सस्तो सेवा….
(‘ब्यबसायी’ हुनुपर्छ)
१२. अन्तिम अनुच्छेद:
….कम्पनीहरुका तथ्यांहरु उनीहरुका हालका वेबसाइट….
(‘तथ्यांहरु’ भनेको के हो?)
१३. ‘कल टोकरी’ भन्नाले के बुझिन्छ? बुझाउने प्रयाश गरिएको छैन….
‘भाषा किन मिल्नु पर्यो? कुरो बुझे त भै हाल्यो नि !’ भन्नेहरुको बुद्धि फिरोस भन्दै अहिलेलाइ यत्ति…..
त्रुटी फेला पार्ने सागर जी, “भासगत” हैन “भाषिक” लेख्नुस् |
कंडेलजी को लेख राम्रो लाग्यो. मलाई पनि NTC ले पटक पटक अनावश्यक दुख दिएको अनुभव छ, चाहे त्यो फोन सम्बन्धमा होस् वा इन्टरनेट मा. NCELL को मोबाइल सेवा को बारेमा अनुभव नभएता पनि इन्टरनेट सेवा र गुणस्तर वास्तबमै तारिफ योग्य रहेछ.
यी दुवै कम्पनि महाठग कम्पनिहरु हुन् , जनता कसरि लुट्ने भन्ने बाहेक अन्य केहि बुद्दि छैन, विदेशबाट फोन गर्दा रिसिव गरे बाफत लिने सुल्क (एउटा देशको टेलिकम कम्पनीले अर्को देशको टेलिकमको नेटवर्कमा कल गर्दा रिसिव गर्दिय बाफत तिर्नु पर्ने सुल्क) यिनीहरुले महँगो लिने हुदा विदेशमा रहेका खस गरि गरिब न्युनतम तलब भएका, सस्तोमा श्रम बेच्न बाध्य खाडी मुलुकमा काम गर्नेहरुले समेत फोन गर्दा लगभग नेपाली ८० रुपैया प्रतिमिनेट तिर्नु पर्छ, येसरी नेपाली टेलिकमहरुले बर्सिक १० औ अर्ब रुपिया रिसिव मात्र गरे बाफत गरिबको पसिनाबाट कमाई रहेका छन, येही महँगो सुल्क भएकै कारण बंगालदेश ,भारत ,पाकिस्तान श्रीलंका आदि देशमा फोन गर्दा भन्दा नेपाल फोन गर्दा ४/५ गुना महँगो पर्छ,अझ विभिन्न अवसर परेर यहाँको टेलिकमहरुले स्पेसल अफर दिदा सिधै कल बाइपास गरेको थाहा हुन्छ.(किनकि तेती बेला नेपालमा फोन रिसिव गर्दा यहाको नुम्बरको बदला तेहिको लोकल नम्बर देखिन्छ, अर्को कारण बाइपास नगरी सस्तो अफर दिदा घाटा हुन्छ,कारण चर्को टेलिकम सुल्क). बाइपास गर्दा फाइदा पनि बाइपास गर्ने बंगालीहरुलाई हुन्छ, घाटा त टेलिकमलाई यहाँ पनि हुन्न किनकि इन्टरनेट मार्फत डेलिभरी हुने त्यो कलमा टेलिकमको कुनै खर्छ हुन्न बरु अन्त टेलिकमकै लोकल कल प्रयोग गर्नु पर्ने हुदा पुरा नाफा पनि नेपाली टेलिकमहरुलाई नै हुन्छ तर अलि कम हुन्छ. टेलिकमको बर्सिक अर्बौको कमाई भ्रस्टचारी कर्मचारीहरुलाई करोडौ कमाउने सजिलो उपाय मात्र हो. यी दुवै ठगहरुले जनता लुटेको लुटयै छन.उपभोगता जागरुग भएर यस्ता जनतामारा कम्पनिहरुलाई ठिक पार्नु पर्छ.
नेपाल मा मुर्गा भनेको तिनै नपढेका सोझा साझा जनता त हुन् त्यहि भएर त फटाहा र चोरहरु को चल्तिफुर्ती मौलाएको छ त .. बाहिर हेर्दा भलाद्मी भित्र अर्कै खोल ….. हे भगवान कहिले बाठा हुन्छन सबै नेपाली ..?
यस्तो अप्ठ्यारो थाम मा आइपुग्यो …..
माथि हेर्छु नाक ठोक्ने पहाड , मुन्तिर हेर्छु समुद्र ,
अघि बढ्ने बाटो छैन , पछाडी हेर्ने साहास ,
यो मोबाइल भिड्ने खराब बानीलाइ सराप्छु –
अब भै जाओस तिम्रो सत्यानाश !
तानो न भुत्लोको लेख। के भन्न खोजेको हो ? पहिलो लाईन नै –
“” आम नेपालीको निम्ति एनसेलको भन्दा नेपाल टेलिकमको मोवाइल सेवा झण्डै आधा (४४ प्रतिशत) सस्तो छ। तर गरिब नेपालीलाई भने नेपाल टेलिकमले यो सस्तो सेवा “निषेध” गर्दछ।””
अनि अलि तल यस्तो –
“”ऐन सेलले मासिक न्यूनतम कल तोकेको छैन, केवल छ महिना सम्म पनि कुनै कल गरेन भने मात्र सिमकार्ड खारेज गरी दिन्छ । ग्रामीण क्षेत्रका लागि त केही समय पहिले एन सेलले मोवाइल सेटमा केही अनुदान समेत दिएको थियो । त्यस्तै आर्थिक रुपले सिमान्तकृत वर्गका निम्ति सेवामा पहूंच दिएको छ र किफायत गर्ने लाई थोरै खर्चमा पनि पहूंच भै रहन सक्ने व्यवस्था गरी दिएको छ । यस किसिमले हेर्दा एन सेलको सेवा कुनै हद सम्म “सिमान्तकृत मैत्री” छ भन्दा अनुपयुक्त नहोला ।””
सस्तोले गरिबलाई निषेध गर्छ रे ? हा हा। निषेध नै गर्छ भने कहाँ सस्तो भन्न पाईयो त – महंगो छ भनिदिएको भए भइहाल्थ्यो नि भेषराज कनेल जी। टोकरी रे, के रे, के के भन्या, के के, तारतम्य नमिलेको लेख। घरि त्यै सस्तो, घरि त्यै गरिबले चलाउनै नसक्ने रे, घरि अर्को महंगो, तर गरिबलाई धेरै सहुलियत पनि दिने रे तर त्यो सहुलियत धनीले मात्र पाउने रे। हत्तेरी।
पढ्दै गएपछि कुन सस्तो कुन महंगो, कुन धनीको लागि कुन गरिबको भन्ने कुरा सब खिचडी हुने रैछ। हा हा हा।
मोबाइलको विषयमा मात्रै होइन, अरु विषयमा पनि यस्ता कुरा गर्ने मानिस भेटिन्छन्, र अक्सर ती मानिसहरुको मानसिक सन्तुलन अलि अलि बिग्रेको हुने गर्छ – यी कनेल जी पनि नियामक संस्थाबाट कुन झोंकमा हठात राजिनामा ठोकेर हिंडेका मानिस हुन् – अलि सन्काहापन छ क्यारे मनुवामा।
अली complex कुरो आयो कि दिमाग घुमिहाल्छ है तपाईको? बल हैन पासा दिमाग लगाउनु, कुरो छर्लङ्ग छ |
दिमाग घुमाउने गरी नै लेखेपछि दिमाग नघुमे के घुम्छ त राजेन्द्र जी।
टेलिफोन मोबाईल लगायत अन्य सबै सुबिधा चलाउने तपाईं र म जस्ता सबैलाई थाहा छ कुरो के हो भनेर –
सस्तो को कुरा गर्ने हो भने नेपाल टेलिकम सस्तो छ – धनी , गरिब, करोडपति र कौडिपति सबैको लागि – एक कल वा एउटा सुबिधाको कुरा होइन – समग्रमा कुरा गर्ने हो भने – सस्तो नेपाल टेलिकम नै हो।
एनसेल नेपाल टेलिकम भन्दा केहि महंगो छ। कनेल जी ले भने जस्तो ४४ हो कि कति प्रतिशत त थाहा भएन, त्यति धेरै त होइन – चलाउने मान्छेको लागि अलिकति महंगो छ । एउटा भन्दा डबल महंगो गरेर कसैले सेवा चलाउन सक्ने अवस्था छैन नेपालको फोन बजारमा।
नेपाल टेलिकमको सेवा सस्तो भए पनि दुइ मुख्य समस्या छन् – गम्भिर प्रकृतिकाः
१) सेवाको गुणस्तर : एनसेलको तुलनामा नराम्रो छ – भ्वाइस चलाउनुस वा डाटा।
२) ग्राहक सेवा : कुनै समस्या भएर शिकायत गर्नु भो भने, एनसेलले छिटो समाधान गर्छ, टेलिकमले कति दिन लगाउँछ भन्न सकिन्न – कतिपय समयमा त अफिसै पुगेर कम्प्लेन गर्दा नि केहि गर्दिदैनन्।
भने कुरो सफा छ – अलि राम्रो गुणस्तरको सेवा चलाउने भए एनसेल चलाउनु – तर पैसा चाहिं कुन कुन शिर्षकमा कहिले काट्छ अलि ठेगान हुन्न – अलि सस्तो सेवा चलाउनु छ भने नेपाल टेलिकमको चलाउनु – राम्रो चलुन्जेल ठिकै छ, तर बिग्रिन थाल्यो भने दुःख पाइन्छ।
इंडिया मा zee TV बाट बुद्ध भन्ने TV सेरिअल बनाउदै छ they launch the first looks of buddha and that the guy who is making it is saying buddha is a fellow of india ……. and i am proud to be an indian and so on ….. so what to expect from that guy ., सो यस बारे मा हामीले सेरिअल बन्नु भन्दा पहिले नै बिरोध का भाषा बोल्यौ भने सायद उनीहरुले गलत information world लाई दिने थियनन कि please यसको बारे मा केहि news banauna पर्यो,
आफु पद मा हुदा केहि गर्न नसक्ने, अहिले गनगन गर्ने | बोल्न सजिलो छ, पार लगुना गार्हो छ | कडेल बा शक्ति हुदा प्रयोग गर्न डराउनु भयो, अहिले फतफत गरेर के फाइदा छ र |
NTC को नेटवर्कमा चाहिएको बेलामा (peek hour) कहिले पनि फोन लाग्दैन अनि 3G connection पनि एकदम झुर छ तेसैले महँगो परे पनि NCELL को सिम बोक्नु परेको छ |
कनेल आफै दुरसंचारसंग सम्बन्धित मान्छे रहेछन तेसैले यो सबै बेलीबिस्तार लगाए तर उनि आफै अध्यक्षहुदा किन केहि गरेनन र सस्तो सहुलियत बनाएनन ? भन्न लाई सजिलो तर आफुले गर्न चाही गारो हगि? क्या गजब छ |
-भेषराज जी तपाइको लेख बुज्न सक्ने आम नेपाली जनता छैनन् जस्तो लाग्यो तपाइको लेख एकदम सान्द्रविक छ यो एन सेल ले ठग्न सम्म ठगेको छ तर के गर्ने सरकारी पहुँच को मोबाएल को हालत खत्तम छ कसल्लाई भनेर हुन्छ र
कंडेल सर
नमस्कार;
सरको खोजमा आधारित भनिएको लेखलाई धन्यवाद| तर नेपाल टेलिकमको लक्ष्यहरु, यसका बिद्धमान चुनौतिहरु, पुराना उपकरण र नयाँ उपकरण बाट सेवा प्रबाह गर्दा हुने फरक जस्ता विषयहरुमा कुनै उल्लेख तथा पूर्ण अध्ययन नै नगरी र कम्पनीले गरिव जनताका लागि सेवा प्रदान दिन नसकेको भन्ने विषयमा उदृत बाक्य:
“”तितो सत्य के भने नेपाल टेलिकमले सेवा सस्तो त दिन्छ, तर यो सेवा तुलनात्मक रुपमा “धनी”लाई मात्रै दिन्छ, आर्थिक दृष्टिकोणले सिमान्तकृतसंम नेपाल टेलिकम पुग्ने प्रयासै गरेको छैन”” भन्ने तपाईको तर्कमा म पूर्ण सहमत हुन सकिन|
यसैगरी सरले हिसाव गरी निकालेको महसुल महँगो वा सस्तो भन्ने विषयमा पूरा क्यल्कुलेशन नहेरी म आदरणीय सर बाट आएको लेखलाई विश्वास गरीहाल्न सकिन|
एनसेल मा पैसा टिक्दैन एन ति सी मा नेटवर्क टिक्दैन
“तर गरिब भने एनसेलले व्यापक प्रचार प्रसार र विभिन्न प्रकारका बम्पर उपहार राखी गरिब नेपालीलाई “धनी बन्ने सपना बेचेर” ग्राहक विस्तार गरी महंगो सेवा बिक्री गर्न सफल छ।”
होइन के भाषा हो यो ? छेउ टुप्पो नमिलेको !!
i would like to point out on single matter mentioned above article. I am totally aggreed with the thought that these mobile service provider are always giving low cost service for high profile customer and charge heavly for poor nepali people. For how long? im suprised nepali people goes behind any political party for lesser cared need while for basic need such as petrol water electricity phone service transportation health we never come together and ask our government why they dont take care of people!!!!! Either nepal would become like solamliya oneday for it will become richer country nevertheless. Hope good and Nepalese youth have positivity on your thought and doing. Jai PashupatiNath Jai Nepal
औषतमा मासिक रु ८३.३३ भन्दा कम खर्च गर्ने र सो नभए सिम कार्ड नै खारेज गरी दिने नेपाल टेलिकमको व्यवस्था छ , जसले गर्दा अरुवाट कल आउने पर्खाइमा वस्ने तर आफै खर्च गर्न नसक्ने वृद्ध वृद्धा, काम पर्खेर वस्ने ज्यामी मजदूर आदि गरीवका लागि नेपाल टेलिकमको सेवा प्रकारान्तरले “वर्जित” छ ।
साथि Ncell ले महँगो फी लियो भने switch गर्नु न त Nepal Telecom ma. Its simple. Free market.
भेषराज ज्यू तपाइको यो लेख पढेर खुसि लाग्यो, हामी(सरकार)ले तपाइलाइ यस्तै खालको Analysis गर्नु हुन्छ र राम्रो काम गर्नु हुन्छ भनेर नै दूर संचार प्राधिकरणमा पठाएको थियौ के कति गर्नु भयो त्यो तपाइलाई नै थाह होला, तपाइको कार्यकालमा नै VOIP को धेरै ठुलो हंगामा मच्चियो, नेपाल टेलिकम लगायत अन्य दूर संचार प्रदायक संगको दूरी पनि धेरै बढ्यो यत्तिमात्र होइन दूर संचार प्रदायक र इन्टरनेट प्रदायक बिचको दूरीको कुरा गर्ने हो भने त नेपाल कुनै पनि क्षेत्रमा सहकार्य नै हुदैन यहाँ लगानी गर्नु भनेको बालुवामा पानि खान्ययोको भन्दा पनि चार खण्ड बनाउनु भयो| तपाई नीति निर्माण बनाउने र त्यसलाई लागु गर्ने निकायमा हुनुहुन्थ्यो तै पनि गर्न सक्नु भएन किन? लाग्छ तपाई त्यहाँ नेपालको दूरसंचार क्षेत्रको नीति निर्माण गर्ने र लागु गर्ने सस्थानमा जागिरे हुनु भएको थियो र दिन दिनै जागिर गएर खानु हुन्थ्यो, के त्यस समयमा चाही नेपाल टेलिकम र एनसेलले ग्राहकलाइ लिने पैसा फरक थिएन र अहिले आएर यो आवाज उठाउनु भएको? कि तपाइले भनेको कुरा अहिले यिनीहरुले मानेनन् अनि यो प्रसंग उठाउन जायज लग्यो?
थाह छ तपाईले पहिले काम गरेकै सस्था हो नेपालको Internet Penetration २०( Nepal Has internet penetration of 20% including GPRS but only 3% of internet subscriber use other than GPRS) प्रतिशत छ भनेर देखाउने तपाई नै हो नि होइन? के तपाइलाई थाह छ त्यो २० प्रतिशत Penetration भएको इन्तेनेटले जनताले कुन कुन वेबसाइट खोल्न सक्छन अनि कस्तो खालको डिभाइसबाट इन्टरनेट खोल्चन? अनि सरकारले तपाइलाई पूर्ण अख्तियार दिएर पठाएको हो थाह छ तपाइको कार्यकालमा नेपालीको दूर संचार प्रविधिको के के नया नीतिहरु बने अनि तिनले दिर्घकालिन के असर गर्छ भनेर केहि सोच्नु भएको थियो? त्यसैले भेषराज ज्यु तपाइले उठाएको कुरा सहि हो तर यसमा दोषी तपाई पनि त हुनुहुन्छ होइन र…. अहिले जिम्मेवारी जिम्मेवारी निभाउन तपाइले पनि त गल्ति गर्नु भएको हो नि अनि अहिले आएर त्यहि पहिले को राजिनामा दिएको पदको लोभ गरेर हुन्छ हजुर????
लेख उपयोगी भए पनि अलि सरल भाषामा भएको भए सोह्रै आना बुझिन्थ्यो होला एउटा कुरा चाँही पक्कै पनि हो यी कुरा हामीले बुझ्नु भन्दा एन . टी.सी . का स्वनामधनयहरुले बुझिदियो भने अझ बढी फलदायी हुन्थ्यो , होइन भने सिमान्तकृत नेपालीको पहुँचबाट जसरि विकास र अवसरको फल ( अयोग्य र अक्षम नेताहरुले गर्दा ) टाढिन पुगेको छ त्यसैगरी यो वर्ग जसको देसमा बहुमत छ र जसको मतबाट नै नेता र दलको भाग्यको निर्णय हुने गर्छ र अन्त्यमा अदुरदर्शी नेताहरुको कारणबाट निर्णायकवर्ग नै उपेक्षित हुनु परिरहेको छ त्यसै गरि मोबाइलका बहुसंख्यक प्रयोगकर्ता चलाख न भएको कारणले सँधै मर्कामा परिरह्नेछन , र अन्तत: अन्य सरकारी संस्थाकै परिणति एन .टी.सी . ले बेहोर्नु पर्ने हुन जान्छ कि ? त्यस्तो नहोस , जे भए पनि स्वदेशको संस्था त्यसमा पनि जनताको लगानी भएको त्यसैले सरकार र व्यवस्थापन पक्षले बेलैमा सोच्ने हो कि ?
लुटिने ठगिने अनि दू:ख पाउने जहाँ पनि गरिब अनि कम पढे लेखेका हरु नै त हुन् | भेषराज कनेल जी लाई धन्यबाद केहि जानकारीहरु उपलब्ध गराउनु भएको मा ////
एक करोडमा एक ठग-एनसेल
Absolutely correct analysis. Look at the data package price of NCell.
NCell: Good network but more than affordable price.
NTC: Cheap price; no network.
जनता को बारेमा सोच्ने फुर्सद कसलाई छ र.. मीडिया नै छ देश मा सबभन्दा जनता लुट्ने..बिज्ञापन न आउने डरले यस्ता समाचार आउदैनन.