Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुर्घटना कुरेको ?

Posted on June 16, 2013June 16, 2013 by mysansar

Pole
-अनिता श्रेष्ठ-

यो माथिको फोटो पाटनको कुपन्डोलस्थित ढुकुटी ह्यान्डीक्राफ्ट पसल नजिकैको हो। यो ढल्न तम्तयार भएको बिजुलीको खम्बा मेरो घर अगाडि पर्छ।

केही अघिमात्रै म आफै गएर पुल्चोकस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा गएर त्यहाँका म्यानेजरलाई फोटो देखाएरै उजुरी दर्ता गराएँ।

हरेक दिन मलाई कन्ट्र्याक्टर आज आउँछ भनेर सुनाइन्छ। तर कहिल्यै त्यो धरापमा परेको खम्बा हटाइँदैन। पाटन क्षेत्रमा यस्ता खम्बाहरु धेरै छन्, ती खम्बाहरु कुनै पनि बेला ढल्न सक्छन्।

त्यसरी ढल्दा ती खम्बा पैदल यात्रुमाथि खस्न सक्छन्। अथवा घरहरुमाथि पनि खस्न सक्छन्। खम्बामुनि सडकमा हिँड्ने पैदल यात्रुहरु, घरमा बस्ने घरपति वा बहालमा बस्नेहरु सबै जोखिममा छन्।

किन समयमा नै कसैले जनाउ दिँदा पनि यी खम्बा हटाइँदैनन् ? के दुर्घटना कुरेर बसेको ?

Pole

53 thoughts on “दुर्घटना कुरेको ?”

  1. भाई says:
    June 23, 2013 at 9:35 pm

    यो कुरो यहाँ राख्नुभएको ७ दिन भैसकेछ ! खम्बा हटायो प्राधिकरणले ?

    Reply
  2. Binay says:
    June 21, 2013 at 11:29 am

    अनिताजी, त्यो पोलको अघि र पछिको पोल एक चोटी हेर्नुस त? सद्धे छन् भने त्यो पोल ढल्दैन, कारण ति पोलहरुलाई बिजुलीको तारले एक आपसमा बाँधेको छ !

    Reply
  3. वास्तव says:
    June 20, 2013 at 8:30 am

    येस्सो फोटो हेर्दा त यो पृथ्वीनारायण शाह को पाल मा ठड्याएको जस्तो लग्यो. साएद यो राजा ले ठड्याएको भनेर वास्ता नगरेको होला यो सरकार ले.! केहि होइन जुनदिन कोपुन्दोल मा नेपाल बन्द अनि जुलुस निस्किन्छ त्यो भातमारा पार्टी हरुको कार्यकर्ता हरु तेही पोल ले लगेर घयिते अनि मर्छन अनि सहिद घोसना गर्न राखेको होला. थाहा पाई पाई . अब त सरकारी कर्मचारी को सरकार के चाहियो र. जे हो आफ्नो टाउको बचौनोस तेही हो. ख के भन्ने के. येस्सो उस्सो भन्न नै गार्हो नेपाल को सरकारी तन्त्र अनि नेता हरु को गाण्डोतन्त्र.
    आफ्नो सुरक्ष्या आफै गरौँ तेही हो.

    Reply
  4. Manisha says:
    June 19, 2013 at 5:57 am

    सबै को एस्तो राम्रो रेस्पोंसे धेय्केय्रा धेरै खुसि लग्योउ. येसरी नै सबै नेपली हरु मिलेर एकार्का लै चाहिदा हेल्प अनि सुप्पोर्ट गर्न्नु पर्चा. एस्तो लापरवाह काम नेपाल गोवेर्न्मेंट बहेय्क कसले गर्न्ना सक्चारा ?
    मेरो प्यारो दिदि आशा गरौ कि यो इस्सुए छिट्टो सोल्वे भएको. सबै को सुप्पोर्ट लागि धेरै धेरै धन्यवाद…

    Reply
    1. Nirmal Amatya says:
      June 20, 2013 at 7:45 am

      मनीषा टेन्सन नलेउ तिम्रो दिदि को समस्या छिट्टो नै हाल हुन्छ

      Reply
  5. baldev thapa says:
    June 19, 2013 at 5:02 am

    अनिता जी म पनि यो बाटो ओहोर दोहोर गर्छु, बरु कृपया केहि समयलाई भइ पनि चक्काजाम गरौ। मेरो पनि समर्थन छ। नत्र कसैले कुरै सुन्दैन, चक्काजाम त यस्तो करामा गर्नु पर्छ। गाडि पुल्चोकमा राखेर म पनि आउला्

    Reply
  6. Rasam Tamang says:
    June 19, 2013 at 1:30 am

    नेपाल को रास्ट्रपति लाइ आफ्नो स्वस्थ को अनि उसको छोरि कसले तेस्रो विबहा गर्ला भनी चिन्ता छ.. त्यो खम्बा को कस्लैए वास्था छ ?
    अबेबस्तित नेता ani देश, धन्न भ्व्ग्वन तो बरोसा मा छ मेरो देश नेपाल.

    Reply
  7. Bishwo Lama says:
    June 18, 2013 at 11:46 pm

    जिम्मेवारी बोधको अभाब, यस्तै हो अनिता जी नेपाल भन्ने देशको जिम्मेवारी लिएर बसेकाहरु

    Reply
  8. Nisha Shrestha says:
    June 18, 2013 at 2:54 pm

    lets put the photo of that manager around the pole with a note of DANGER ! hope fully after then only they will start noticing ..
    Have your say below

    Reply
    1. anita says:
      June 19, 2013 at 11:05 am

      Dear nisha, i think we should do that, taking pictures of corrupt and cunning people like that manager, who hardly shakes his ASS from the chair, and hung it around the pole.

      Reply
  9. Nisha Shrestha says:
    June 18, 2013 at 2:52 pm

    lets put the photo of that manager around the pole with a not of DANGER ! hope fully after then only they will start noticing ..
    Have your say below

    Reply
  10. anita says:
    June 18, 2013 at 2:34 pm

    आदरणीय महानुभब हरु, कमेन्ट गरिदिनु भएको मा यहाँ हरु सब्बे लै हार्दिक धन्यवाद. यहाँ हरु को चासो ले सायद प्राधिकरण को आखा खुल् छ कि.

    Reply
  11. Mk says:
    June 18, 2013 at 10:47 am

    मेरो पुरा सहानुभूति छ अनिता ज्यु लाई, चाडै काम गरिदिन आग्रह छ प्राधिकरण लाई, अनि मर्मत नहुन्जेल न ढलीदिन सादर अनुरोध छ खम्बा लाई /

    Reply
  12. Gyanendra says:
    June 18, 2013 at 9:52 am

    यो खम्बा यसरि गल्नु मा काठमाडौँ का छाडा कुकुर को करामत हो. खुट्टा उचाली सू गर्नाले यस्तो भो हो. तिनी हरु नियन्त्रण गर्नु पर्यो पहिला. पछि मोटे हाकिम …………..

    Reply
  13. Suman Gurung(UK) says:
    June 18, 2013 at 5:43 am

    बिग्रेको नेपाल भत्केको चाल जता हेर्यो उतै प्वाल…भन्ने उक्ति चरितार्थ भयो येहा, यो त एउटा उदाहरण मात्र हो. के गर्नु जता पनि लापरवाही को चरम सिमा नाघेको छ हाम्रो देश मा.

    Reply
  14. Yogi says:
    June 18, 2013 at 12:58 am

    ल हाम्लाई हाकिम साब को रेस्पोंसे चाहियो. त्यता नजिक तिर को २ ४ जना मित्र हरु गएर अलि दरै तरिका ले सोध्नु पर्यो हम्किम साब लाइ.

    Reply
  15. बहादुर नेपाली says:
    June 17, 2013 at 8:08 pm

    यसरि माईसन्सारमा फोटो सहित पठाउनु राम्रो हो| पहिले पनि माईसंसारमा छापिए पछि सचेत भएर कारवाही गरेका छन् तर फलो अप भने भएको छैन|
    घुस खाएको, सरकारको लापरवाही र नेताको बहुलट्ठीपनको साथै फोहोर मैलाको दृश्य पनि लिखितम र सके फोटो अनि अडियो माईसंसारमा पठाएर जनचेतना जागाओ|

    सबै भन्दा शक्तिशाली र प्रभावकारी त् एउटा ग्याङ्ग नै बनाएर घुस खाने र नचाहिने काम गर्नेलाई “अन-द-स्पट” सजाय र सफाया दिए मात्र भ्रस्टचार र अकर्मन्यता हप्ता दिनमै ९०% घट्छ तर यस्तो सफाया र भौतिक कारवाही प्राक सत्ताभोगी माओवादी र अलोकतान्त्रिक भएकोले अहिले त्यतातिर नजाउ, त्यसबारे पनि समय आए जनताले नै सोचला|

    Reply
  16. Nipesh Adhikari , Germany says:
    June 17, 2013 at 7:02 pm

    धेरै धेरै राम्रो खबर पोस्ट गर्नु भयो अनिता जी ! येस्ता जोखिम कुरा हरु को छिटै नै मर्मत सम्भार होस् !

    Reply
  17. raj says:
    June 17, 2013 at 6:47 pm

    केहि दिन अघि सम्म हड्ताल मा बिजी थिए तेसैले काम हुन अलि ढिला भएको अब चै पक्कै हुन्छ | सरकार लाइ तह लगाइयो अब तपाई को पालो |

    Reply
  18. suman says:
    June 17, 2013 at 3:03 pm

    If nepal electricity corporation does not do anything in a day or so. Put a sign in the chair or drum that there is danger, the pole is going to come down on the footpath around the pole and put the rope around it so that every one knows and also no one can go near to it and authority will take a note.

    Reply
  19. Jeevan Thapa says:
    June 17, 2013 at 2:23 pm

    पुल्चोकस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा गएर त्यहाँका म्यानेजरलाई फोटो देखाएरै उजुरी दर्ता गराएँ।
    म्यानेजरको नामसहित फोटो पनि राख्न पाएको भए सुन मा सुगन्ध हुने रैछ बा … हामी पनि देख्न पाहिने यी भोलिबादी हाकिमहरुलाई …..
    हुन त अनिता जीले कुरो बुझ्नु भएन जस्तो प्राधिकरण को कन्ट्र्याक्टरहरु चढ्ने बाहन लाइ डिजेल पेट्रोल चाहिने होला, पानी बाट नचल्ने अनिताजिले केहि दिनु भएन होला … अब जाबो एउटा फोटो देखौन्दैमा सारा काम कुरा छाडेर जाबो पल्टिन लागेको पोल सार्न उँहा हरु आउनुहोला त? नेपालको बिधुत प्राधिकरण को पोल हो ढुक्क हुनुहोस अर्को हाकिम नआएसम्म पोल पनि सर्दैन ढल्न पनि ढल्दैन!!!1

    Reply
  20. Sisir says:
    June 17, 2013 at 10:27 am

    थाहा नपाउनु गल्ति होइन तर अरुले जानकारी दिदा पनि कानमा तेल हालेर बस्नु महा लापरबाही मात्र होइन कर्तब्य चियुत र अपराध पनि हो , यो मर्मत गर्दा वा फेर्दा कमिसन आउने भए तपाई हाम्ले भन्नै पर्दैन थियो , तेस्तो काममा त यिनीहरुले सद्दे पोल पनि कवाडीको मोल मै बेची सक्थे,

    Reply
  21. Hari says:
    June 17, 2013 at 10:14 am

    फोटो खिच्न तयार भएर बस्नुहोस के था my sansar आएपछि भोलि नै थ्यो खम्बा परिबर्तन हुने हो कि ………….

    Reply
    1. samrat~ says:
      June 18, 2013 at 5:40 am

      अब यो हेर्न बाकि छ..माइ संसार को ताकात ! सोसल मेडिया को ताकात ले अरु देश को सरकारै ढाली दियो भने यो फुचे नेपाल प्राधिकरण के हो र. त्यो घुस बाट्न मिल्ने contractor भेटेको छैन भन्न मिलेन के गरोस हाकिम साहेब सुपाडी चपाउदै भाते भुडी खेलाउदै पुड्के दाउरा सुरुवाले सुर्के चन्दने.

      केहि शिप न लागे त्यो खम्बा उखेलेर तेही हाकिम को घर अगासी खस्ला खस्ला जस्तो गरि गाडी दिनु अनि उसको र उसको परिवार को पनि तेसरी नै ज्यान जोखिम परे पछि त पक्कै केहि गर्छ होलानी.

      Reply
  22. Nirmal Amatya says:
    June 17, 2013 at 9:15 am

    अनिता दिदि,
    हो तपाई ले सहि लेख्नु भएको म पनि पहिला तेही नीर बस्थिये मलाई थाहा छ र त्यो ठाउँ घुमेको पनि थिए मेरो छुटी को बेला येस्तै छ नेपाल को सरकार जति भने पनि नलाग्ने र कुनै दुर्घटना भए पछि मात्र काम गर्ने तेही पनि देखाउने काम मात्र गर्छन तर अहिले म नेपाल बाहिर आइ सके नत्र तेहा भएको भए यो समस्या समाधान गर्न को लागि म पनि तपाई को मधत गर्थिये

    Reply
  23. shailen says:
    June 17, 2013 at 6:35 am

    कस्तो काँतर आइमाई रहेछ तपाई त! त्यो ढल्दै ढल्दैन.ढली नै हाल्यो भने पनि जाबो बिजुलीको खम्बाले लागेर के चै हुने हो र? अलि बाक्लो ज्याकेट अनि हेल्मेट लगाएर मात्रै तेतातिर हिडडुल गर्नु होला.दशा नै लाग्या बेला परे धेरै भए मर्नु त होला नि. हामीलाई फुर्सद हुनासाथ आएर नया फेरी दिउला.
    -मोटे हाकिम (बिधूत प्राधिकरण)

    Reply
  24. Basanta Thapa,Maryland,USA says:
    June 17, 2013 at 4:18 am

    खम्बा प्याल पर्नु भन्दा नि प्राधिकरण का हाकिम को खल्ती प्याल परेको भए यो खम्बा फेरिन्थो होला \ हाकिमसाब का खल्ती भरिएकै छन् क्यारे मरे निर्दोष जनता मर्ने न हो ! कसो हाकिमसाब ?

    Reply
  25. madan bajracharya says:
    June 17, 2013 at 2:44 am

    त्यो ढल्न लागेको बिजुलीको खम्बाको ठुलो होर्दिंग बोर्ड बनायर सिंह दरवारको मुलगेटमा तांग्नु पर्छ/

    Reply
  26. bhakta says:
    June 17, 2013 at 2:43 am

    बिद्धुत् का बेमानी भात मारा हरु भय पछि के लाग्छर! हजार पन्ध्र सय यसो खर्च गरेर उध्रेको ठाउमा ढलान आफै या मिलेर गरेमा बेस होला – भोलि आफै पनि दुर्घटनामा नापरियाला भन्ने के ग्यारेन्टी …

    Reply
  27. jivan says:
    June 17, 2013 at 2:24 am

    “बिजुली खोला तिर पोइसा झोला तिर” भनेको प्राधिकरण को brand slogan नै हो.

    Reply
  28. rajendra shrestha says:
    June 17, 2013 at 2:15 am

    एस्तो खम्बा ढलेर केहि क्षेति भएमा बिधुत प्राधिकरण लाइ मुद्दा हाल्नु पर्छ , अनि मात्र यिनी हरु चेत्छन.

    Reply
  29. Milan says:
    June 17, 2013 at 12:20 am

    सचेत नागरिक भएर रिपोर्ट गर्नु भएकोमा धन्यवाद / अब हेरौ , mysansar मा निकाले पछि त प्राधिकरण ले तेर्छ कि ? Mysnasar मा रिपोर्ट गरे पछि फत्ते भएका धेरै उदाहरण हरु छन् /

    Reply
  30. sabin says:
    June 16, 2013 at 11:18 pm

    यो पोस्ट देखे पछि बिधुत प्राधिकरण पुल्चोव्क साखाका कर्मचारीले अनिता जी लाई मन मनै कत्ति सरापे होला ….
    येही ढल्न लागेको खम्बाको नाममा कति चोटी रकम बिनियोजन भएर कर्मचारीले मासु चिउराको खाजा खाई सके होला … अब अर्को बिनियोजन कुर्नुहोश अनिता जी

    Reply
    1. anita says:
      June 18, 2013 at 2:43 pm

      सबिन जी, पक्कॆ पनि अब त त्यो खम्बा मेरो घर अगाडी बाट हट्दैन….हा…हा ….

      Reply
      1. Nirmal Amatya says:
        June 19, 2013 at 8:01 am

        हट्छ अनिता दिदि किन आतिनुभाएको

        Reply
  31. gopal pradhan says:
    June 16, 2013 at 10:14 pm

    जड्याहा हरु ले भरियको प्राधिकरण केकाम गर्छंर खै

    Reply
  32. Binde Maharjan says:
    June 16, 2013 at 10:10 pm

    कुपोन्दोलको बाटोमा भएको यो खम्बा
    प्राधिकरनको मान्छे खान गयो होला तुम्बा
    नेपालका प्राय सबै कर्मचारीहरु भएनन् इमान्दार
    अब हामी सब जनता मिलेर गर्नु पर्यो खबरदार
    गर्नु पर्यो खबरदार
    जय नेपाल
    बिन्दे

    Reply
    1. anita says:
      June 18, 2013 at 2:41 pm

      महर्जन जी
      सारै राम्रो मुक्तक लग्यो, धेरै धेरै धन्यवाद.

      Reply
  33. द्रोण says:
    June 16, 2013 at 9:35 pm

    यदि सजिलै ढल्छ भने सबै भन्दा राम्रो र सुरक्षित सबै छिमेकी भएको बेलामा र सतर्क रुप बाट आफैले ढालिदिने पछि अरुकुरा मिल्दै जान्छ |येसो भएमा दुर्घटना बाट जोगिन्छ |

    Reply
    1. sabin says:
      June 16, 2013 at 11:13 pm

      दोर्ण जी यो बिधुत को खम्बा हो , आफै ले गर्नु खतरनाक हुन्छा तेशाई ले मात्र होला , नत्र कस्ले यो नाथे कुरो को लागि प्राधिकरण को मुख ताक थीयो र?

      Reply
      1. द्रोण says:
        June 17, 2013 at 2:37 am

        बत्ति न आएको बेला पारेर गर्न न सकिने हैन तर यो उत्तम उपाय चै हैन | मर्ने भन्दा बौलाउने निको जस्तो मात्र |

        Reply
        1. yuren says:
          June 17, 2013 at 4:28 pm

          बत्ति जाने आउने exact time हुनु पर्यो अनि पो गर्ने यहाँ कति खेर आउछ जान्छ थाहा नै हुदैन

          Reply
          1. द्रोण says:
            June 17, 2013 at 10:45 pm

            स्विच अँन गरेर हेर्ने , न आएको थाह पाए पछि तुरुन्त याक्संन मा जाने |
            यो बत्ति चोर्ने हरु को कारण पनि निश्चित समय आउने ,जाने न बनाएको हुन् सक्छ |

            Reply
            1. S. R. Shakya says:
              June 19, 2013 at 11:57 am

              यो सबै अरुलाई पर्दा मात्र दिने सल्लाह हो आफूलाई परेपछि थाहा हुन्छ कि कसो ?

              Reply
              1. द्रोण says:
                June 20, 2013 at 12:56 am

                परेपछि था हुन्छ , परिसक्या भए अनुभब हुन्छ , पर्नेवाला छ कि भन्ने डर हुन्छ , पर्दै न परोस भन्ने चाहना हुन्छ , परिस्क्या हरुलाई
                हरुलाई कसरि मुक्ति मिल्छ भन्ने सदभाब हुन्छ |

                Reply
    2. madan bajracharya says:
      June 17, 2013 at 2:59 am

      द्रोणज्यु
      ठिक भन्नु भयो लोड सेदिंग भयको बेला त्यो खम्बा ढालेर बिजुली अड्डा होइन सिंहदरवारको मूलगेटमा फाली दिनु पर्छ/ आफ्नो जानकारीमा आइ सके पछि पनि नागरिकको जिउधनको असुरछ्या हुने खम्बा नहटाउनु कानुनि हिसावले अपराध हो/ यसैले अनिताज्युले सिधै सर्वोच्च अदालतमा रित राखे इनिहरुलाई पर्नु आपत पर्छ/अचेल मिडिया गुहार्नु भन्दा अदालत गुहार्नु उचित हुन्छ/

      Reply
  34. GK Lama says:
    June 16, 2013 at 9:17 pm

    very good job Anita Ji!!! A civilized and generous people not only think of self but also care about others!!! It is a safety related issue and you have done your best from your side, lets see how and when the concern department will react on this. If it is taking long time to fix this problem then we might have to go ourselves to knock their door.

    Thank you once again and keep up the good work.

    Reply
    1. anita says:
      June 18, 2013 at 2:40 pm

      Dear Lama ji, I am also in wait and watch condition, to be honest i am literally tired of calling them. While i was there, that so called Manager seemed so concerned and even called his subordinates to remove the pole, but all went in vain. Just to file the complaint i had taken off from my office, when All these Government Staff will move from their chair and start to act. I wonder, Lama ji…if the pole would get remove from my yard.
      Thank you for your concern.

      Reply
  35. Nabin Adhikari says:
    June 16, 2013 at 9:17 pm

    अनिताजी हजुर ले विद्युत प्राधिकरण मा उजुरी दर्ता गर्नु भयो प्राधिकरणले टेरपुछार लगाएन आज माइसंसार मा पोस्ट गर्नु भयो भोलि नै यो धारापमा परेको खम्ब्बा हटाउन बिदुत प्राधिकरण आइ पुग्छ 🙂

    Reply
    1. anita says:
      June 18, 2013 at 2:36 pm

      नबिन जी, गुनासो पढिदिनु भयो, यहाँ लै धेरै धन्यवाद. खै तिनीहरु को मन को आखा कहिले खुल्ने हो.

      Reply
  36. Bishwaraj says:
    June 16, 2013 at 9:09 pm

    अहीले नै ढली हाल्दैन होला, दह्रो गरी नै चेपेको देखीन्छ-

    Reply
    1. bibek dhakal says:
      June 16, 2013 at 10:50 pm

      हाकिमसाब को नाम विश्वराज नै थ्यो कि के हो अनीता जी?

      Reply
  37. vim limbu says:
    June 16, 2013 at 9:05 pm

    हो यो पक्कै दुर्घाटना नै कुरेको हो, नत्र अहिले सम्म सुधार गरिसक्नु पर्ने थियो, मेरो घर छेवै मा पनि बिजुली को पोल यसरी नै ढलेर तार तल लच्केको महिनौ भैसक्यो, रेपोर्ट गर्दा नि ति भात्मारा हरु आउने जमर्को गर्दैन, पछी कुनै दुर्घाटना भैदियो भने आयोग गठन गर्छ अनि धोती लगाइ दिन्छ बस

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme