Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्ध कसरी नवौँ अवतार ?

Posted on May 25, 2013 by mysansar

-मधुसूदन आचार्य, क्यानडा-

बुद्ध, हिन्दु धर्मावलम्बीहरुका लागि नवौं अवतार हुन। बुद्ध धर्माबलम्बीहरुका लागि एकमात्र देवता। अन्य मार्गीहरु वा सबैका लागि एक शान्तिका दूत, शान्तिका पुजारी, अहिंसाका पथप्रदर्शक, जीवजन्तु तथा वातावरणका संरक्षक। त्यस्तै, बुद्ध विपश्यना ध्यानका अन्वेषक। नेपालका एक महामानव, नेपालीहरुका गौरवका व्यक्तित्व, नेपालका राष्ट्र विभूती। सबै विश्वकालागि एक महान् व्यक्तित्व, महापुरुष।

बुद्ध हिन्दु परिवारमा जन्मिनु भयो। उहाँको नामाकरण संस्कार, चूडाकर्म, बिबाह आदि सबै हिन्दु रिती संस्कार अनुसारको गरिएको थियो। ज्ञानको खोजिका क्रममा उहाँले विभिन्न ऋषि मुनिहरुबाट धर्म ग्रन्थका ज्ञान तथा सन्देशहरु लिनुभयो, अध्ययन गर्नुभयो। त्यसबखत धेरै धार्मिक गुरुहरु थिए। ति मध्ये अलारा कलमा एक प्रख्यात गुरुथिए, उहाँसँग बुद्धले आधात्म ज्ञान, ध्यान, योग आदिको शिक्षा लिनु भयो। केहि समय मै बुद्धले गुरुले जानेको जत्तिकै शिक्षा प्राप्त गर्नु भयो र ज्ञानमा गुरु सरह नै हुनुभयो। गुरुले त्यहाँ अरु नयाँ प्रशिक्षार्थीहरुलाई शिक्षा दिन, शिक्षक हुन बुद्धलाई अह्राउनु भयो, तर बुद्धको ज्ञानको भोक मेटिएको थिएन। उहाँ अर्को शिक्षकको खोजिमा लाग्नु भयो र पछि उदका नामक शिक्षकसँग शिक्षा लिन थाल्नु भयो। थोरै समयमा गुरुसरहको शिक्षा प्राप्त भएपछि अरु गुरुको खोजीमा लाग्नु भयो। त्यसपछि जति जति गुरुहरु बनाउनु भयो ति गुरुहरुबाट पाएको शिक्षा उहाँलाई अपुग हुन्थ्यो र उहाँ अझ बढी यथार्थ ज्ञानको भोको बनी ज्ञानको खोज्नेक्रममा निरन्तर लाग्नु भयो।


त्यसै बिचमा उहाँसँग पाँचजना साथीहरुसँग भेट भयो। बुद्धले उपवास बसी पाँचबर्ष सम्म कठोर तपस्या गर्नुभयो, त्यस बखत ति पँाच साथीहरुले उहाँको रेखदेख गर्न मद्दत गरे। यस्तो कठोर तपस्या गर्दा उहाँको शरिरमा हाड छाला मात्र बाँकि रह्यो। यस्तो चरम ध्यान गर्दा पनि ज्ञान प्राप्त नभएपछि बुद्धले शरिरलाई कठोर यातना दिएरमात्र ज्ञान प्राप्त हुँदो रहेनछ, अनुत्तरित प्रश्नहरुको उत्तर प्राप्त हुन्नभन्ने लाग्यो र भिक्षाटन गर्न शुरुगरी शरिरलाई पहिलेकै अवस्थामा ल्याउन पट्टि लाग्नु भयो। यो देखेर ति पाँचसाथीहरु दुःखी भए र बुद्धलाई एक्लै छोडी गए। त्यसपछि बुद्ध गयामा गई एक रुखमुनि बसी विपश्यना ध्यान गर्न लाग्नु भयो। पूर्णिमाको दिन उहाँलाई पूर्ण ज्ञान प्राप्त भएको थियो।

बुद्धले २९ बर्षको उमेरमा राजदरवार, घर परिवार छोडनु भयो। ६ बर्षसम्म ज्ञानको खोजीगरी ३५ बर्षको उमेरमा ज्ञान प्राप्त भयो। त्यपिछि करिव ४५ बर्षसम्म आफूले प्राप्त गरेको ज्ञानको दिक्षा अरुहरुलाई दिई दुःख क्लेसबाट मुक्त हुन मद्दतगरी समाज सेवा गर्नु भयो। हरेक दिन शुभ प्रभातका समय देखि रातको मध्यान्न सम्मपनि आश्रममा आउने व्यक्तिहरुलाई सेवा गर्नुहुन्थ्यो। उहाँलाई केवल दुई घण्टामात्र विश्रामको आवश्यकता पर्दथ्यो। त्यो विश्रामको समयमा पनि उहाँ जागा, सचेत नै बस्नु हुन्थ्यो।

बुद्धलाई हिन्दुहरुले नवौ अवतार मान्दछन्। तर, नवौं अवतार मानेपनि कुनै पनि हिन्दु धर्मग्रन्थमा बुद्धका लिलाहरुको बर्णन गरिएको छैन। हिन्दुहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमदभागवत् पुराणमा विष्णु भगवान्को अन्य अवतारहरुको चरित्र बारेमा कथाहरु राखिएका छन्। विशेषगरी श्रीकृष्णको चरित्र बढी विस्तार पूर्वक राखिएको छ। सिता रामको चरित्र पनि छैन। त्यस्तै कृष्ण पछि भगवान् बुद्धको अवतार भएकोमा बुद्धका चरित्रहरु ख्ोाई समाबेस गरीएको? नवौं अवतार, विष्णुको पछिल्लो अवतार भएकोले बुद्धको महिमा त झन बढी हुनु पर्ने, किन हो श्रीमदभागवत् पुराण लेख्ने पण्डितले बुद्ध चरित्र राखेनन, मलाई अचम्म लागि रहेको छ। तपाईहरुमध्ये कसैलाई यसबारेमा ज्ञान भएमा कृपया बाँडनु होला।

कतिपय को भनाई हुन सक्छ, श्रीमदभागवत् पुराण बुद्ध जन्मनु अघि र कृष्ण जन्मेेपछि लेखिएको भन्ने। तर, त्यसमा कुनै तुक छैन। किनभने बुद्ध अघि सबै श्रृति, स्मृतिमात्र थियो, लिपीबद्ध गरी लेखिएका धर्मग्रन्थहरु थिएनन्। यदि तपाईहरु यसमा सहमत हुनुहुन्न भने, कृपया आफ्नो विचार राख्नुहोला।

ल मानौ, श्रीमदभागवत् पुराण बुद्ध जन्मिनु अघि नै लेखिएको थियो भने, बुद्धको अवतार भएपछि र बुद्धको निर्वाणा भएपछि किन अर्को श्रीमदभागवत् पुराण भाग दुई लेखिएन? यो नलेख्नु नै हिन्दु धर्म पछि पर्नुको कारण हो।

स्वामी विवेकानन्दले सन् १८९३, सेप्टेम्बर ११ तारिखका दिन सिकागो, अमेरिकामा भएको विश्व पार्लियामेन्ट अफ रिलिजन मा सम्बोधन गर्नुभएको थियो। उक्त अवसरमा उहाँले हिन्दु वेदान्त तथा हिन्दु दर्शन, बुद्धधर्म र योगाको बारेमा बोल्नु भएको थियो। त्यस उप्रान्त मात्र पश्चिमी समाजले हिन्दु धर्म, बुद्ध धर्म, पूर्विय दर्शन र योगाको बारेमा राम्रो जानकारी पाएका थिए। स्वामी विवेकानन्दले स्पष्ट रुपमा बारंम्बार भन्नु भएको थियो कि विष्णु भगवान्का पुराना अवतारहरुले गर्न नसकेको काम पुरा गर्न, हिन्दु धर्मलाई पूर्ण धर्म बनाउन र मानव कल्याणका लागि बुद्ध भगवान्को जन्म भएको भनेर। साथै उहाँले हिन्दुहरुले यसलाई आत्मसात नगर्नु हिन्दुहरुको ठूलो गल्ती भएको भनेर भन्नु भएको थियो। यो विचारले म ज्यादै प्रभावित भएँ र बुद्धका ज्ञान, दर्शनको अध्ययन गर्न प्रेरित भएको हुँ।

बुद्ध भगवान्लाई ज्ञान प्राप्त भएपछि उहाँले आफुले प्राप्त गरेको ज्ञान आफ्ना पाँच साथीहरुलाई दिनुभयो, ति साथीहरुले पनि विभिन्न दिशामा गएर ज्ञानको प्रचार गरे, एवं प्रकारले उक्त ज्ञानको प्रचार प्रसार हुंदैगयो। त्यस समयमा अधिकांश मानिसहरु बुद्धका अनुयायी भए। बुद्ध पछि पनि बुद्धका ज्ञानको प्रचार हुंदै गयो। शताब्दियौ पछि सम्राट असोक पनि बुद्धका अनुयायी भई बुद्धको ज्ञान प्रचार प्रसार तिब्ररुपमा गरे।

बुद्धका अनुयायीहरु बढेपछि कर्मकाण्डहरु गर्ने मानिसहरु कमभए र त्यसबखतका कर्मकाण्डगरी आय आर्जन गर्ने ब्राम्हणहरुलाई मार्का पर्न गयो। मुख्य कुरा, बुद्धको समयमा तथा बुद्ध पछि पनि भारतबर्षमा कास्ट सिष्टम (जातिय प्रथा) ले जडो गाडेको थियो। बुद्ध भन्दा अघि मानिसहरुमा तल्लो जातकाले धर्मगर्यो, ज्ञान प्राप्त गर्यो भन्ने अर्को जन्ममा माथिल्लो जातकोमा जन्म हुन्छ, यहि क्रममा ब्राम्हण भएपछि, ब्राम्हणले ज्ञान प्राप्त गरेपछि मात्र मोक्ष पाइन्छ भन्नेकुरा कथा पुराणहरुमा ब्राम्हणहरुबाट रचिएका थिए। तर, बुद्धले सबै मानिस बराबर हुन, तल्लो जात वा माथिल्लो जात जोसुकैले पनि ज्ञान प्राप्तगर्न सक्दछ र मोक्ष प्राप्त गर्न सक्दछ भन्ने सन्देश दिनुभयो। यो त्यस वखतका समयमा जातपात बिरुद्धको ठूलो क्रान्ति थियो। यसले गर्दा जातपातका आधारमा उचो जातका ब्राम्हणहरुको प्रभुत्वमा असर पर्न थाल्यो। त्यसपछि ति कर्मकाण्ड पेशा गर्ने ब्राम्हणहरुमिली बुद्धको बिरुद्धमा भ्रम फिजाउन थाले। जसको फलस्वरुप बुद्धका सम्पूर्ण ज्ञानहरु हिन्दुधर्मका कथा, पुराणमा परेनन्। त्यसवेलाका ब्राम्हणहरुको कारणले गर्दा बुद्धको ज्ञान मार्गमा लागेकाहरु पनि पछि त्याग गरी पुःन हिन्दुधर्मलाई अवलम्बन गरे। तर, बुद्धको ज्ञान यतिरुपमा फैलिसकिएको थियो कि उनीहरु बुद्धलाई विष्णुको नवौं अवतार हो भनी मान्न चाहिं तयार भए। दुखद कुरा, बुद्ध चरित्र, बुद्ध महात्म्य आदिलाई हिन्दुधर्म ग्रन्थमा राखेनन्। यो नै त्यसबखतका ब्राम्हणहरुको ठूलो भूल थियो।

बुद्धका समयमा र त्यसपछि पनि ब्राम्हणवादले जरो गाडेको नेपालका क्षत्रिय राजा महाराजाहरु प्नि हिन्दुधर्मका अन्धा भक्त थिए, तिनीहरुले बुद्धका ज्ञान उपदेशको महत्व बुझेनन्। बुद्धमार्गी, भिक्षु देखे भने डाँडा पारी कटाउने जस्ता निन्दनिय काम गरे। यसले गर्दा बुद्धका ज्ञान उपदेश नेपालका त्यसवखतका तल्लो जातका मानिसहरुले मात्र अबलम्बन गरे। बाहुन क्षेत्रीहरुले बुद्धका ज्ञान अवलम्बन गर्न सकेनन्।

भारतमा भन्दा नेपालमा धेरैजसो हिन्दुहरु बुद्धको मन्दिर गुम्बाजाने, हिन्दु एवं बुद्धधर्मका दुवै तिरका संस्कृतिहरु पनि अपनाउने, एक अर्कोमा राम्रो सदभाव राख्ने देखिन्छ। तर त्यतिमा मात्रै सिमित हुनु, वा थोरै मानिसहरुमा मात्र त्यस्तो संस्कारको विकास हुन दुःखको कुरा हो। त्यस्तै बुद्ध जन्मेको देशमा बली पूजाको अझ सम्म पनि चलन रहनु ज्यादै दुःख लाग्दो कुरा हो।

विकसित पश्चिमी मूलुकका नागरिकहरु यति धेरै सुख सुबिधा सम्पन्न हुँदा हुँदै पनि उनीहरुको मन दुःखी छ। उनीहरुमा शान्ति छैन। त्यसैकारणले उनीहरु भौतिक सम्पूर्ण सुबिधाहरु हुँदापनि किन मन शान्ति छैन, किन सुख अनुभव भईरहेको छैन भनी सोच्न थाले। यहि क्रममा बुद्धका उपदेश, योगा, ध्यानको अध्ययन गरी पालना गर्नथाले। फलस्वरुप उनीहरुले शान्ति तथा सुखको महसुस गर्न थाले। यहिकारणले गर्दा नै आज योगा, ध्यान केन्द्रहरु विश्वका हरेक शहरमा खुल्नेक्रम जारी छ। आज बुद्धको परिचय दिई रहनु पर्दैन। बुद्धका सन्देशहरु स्वतफूर्त रुपमा आफैं प्रचार प्रसार हुँदैछ। विपश्यना ध्यानकेन्द्र खुल्ने क्रम जारी छ। क्यानडाका माध्यमिक विद्यालयमा अव योगा शिक्षा राखिन थालिएको छ।

बुद्ध, केवल बुद्ध धर्मावलम्बीहरुका देवता मात्र हैनन्। उनी सम्पूर्ण नेपालीका साझा शान्तिका दूत हुन, उनी महामानव हुन। बुद्धलाई धर्मका रुपमा मात्र लिनु, हेरिनु बुद्धको अपमान हो, संकिर्ण सोचाईको पराकाष्ट हो। बुद्ध जयन्ती सम्पूर्ण नेपालीले मनाउनु पर्दछ। उनी नेपालका राष्ट्र विभूती हुन। बुद्ध जयन्ती एक संस्कृती, कल्चरल कार्य हो। विश्वभरका नेपाली कल्चरल संस्थाले यो बुद्ध जयन्तीको कार्यलाई बार्षिक कार्यक्रममा पहिलो प्राथमिकता दिईनु पर्दछ। दशैं हिन्दुहरुको धार्मिक चाड भएपनि विश्वभरका नेपाली संस्थाहरुले यसलाई धार्मिकका रुपमा नलिई संस्कृति, कल्चरलका रुपमा मनाईन्छ, त्यसैगरी बुद्ध जयन्ती पनि संस्कृति, कल्चरलका रुपमा मनाउनु पर्दछ। दशै मनाउंदा धार्मिक कार्य नहुने, बुद्ध जयन्ती मनाउंदा धार्मिक कार्यहुन्छ भन्नु ब्राम्हणवाद, हिन्दुवादी सोचाई हो। हो, बुद्धलाई बुद्धधर्मालम्बीहरुले भगवान माने, उनीहरु भगवानको रुपमा मानी बुद्ध जयन्ती मानउन, त्यो आफ्नो ठाउंमा ठिक छ।

समग्रमा भन्दा बुद्ध सम्पूर्ण विश्वका शान्तिका पूजारी हुन। हामी नेपालीहरु आफ्नै देशमा जन्मेका बुद्धलाई सम्पूर्ण नेपालीका बुद्धका रुपमा अझ सम्म पनि प्रचार प्रसार गर्न सकिरहेका छैनौ। अहिले फेसवुकको चलन भएपछि चाहिं केहि समुहले बुद्ध इज वर्न इन नेपाल भनी बेलाबखतमा प्रचारको अभियान चलाउनु हुन्छ, तर के यति ले मात्रै प्रयाप्त हुन्छ र? अवश्यै हुंदैन। अरु देशले के गर्यो, कुनठाउँमा नक्कली बनायो भनेर भन्नु भन्दा, हामीले के गर्यौ? हामीले के गर्ने? भन्ने तर्फ ध्यानदिन जरुरी छ। तसर्थ, निम्न कुराहरु गर्न जरुरी छ :

(१) अहिले नेपालीहरु विश्वका हरेक कुना काप्चामा छरिएर रहेका छौं। बुद्ध जयन्तीको बेला, यसबर्ष मे १७ देखि मे २६ भित्र, हरेक नेपालीले आफु बसेको ठाउँमा दुइचारजना स्थानीय विदेशी साथीभाई हरुलाई बोलाई बुद्ध जयन्ती मनाई नेपालको राजदूतको भूमिका निभाउनु पर्दछ। हामी हरेक नेपाली नै नेपालका राजदूत हौं।

(२) नेपाल सरकारले पनि हरेक दूतावासमा बुद्धको पूर्ण कदको मूर्ति वा तस्वीर राखी बुद्ध पूर्णिमाका दिन नेशनल डे का रुपमा मनाउन विदेशी पाहुनाहरुलाई वोलाई रिसेप्सनको कार्यक्रम गरी बुद्धका कृति तथा लुम्बिनीको प्रचार प्रसार गर्न जरुरी छ। विदेशी नियोगमा नेपालको भिसालिन आउने हरेक पर्यटकलाई बुद्ध र लुम्बीनीको जानकारी मुलक एक पाने पेएम्पलेट वितरण गर्नु पर्दछ।

(३) गैर आवासिय नेपालीहरुको संस्था एन आर एन ले पनि बुद्ध जयन्ती मनाउन विश्वभरका आ आफनो नेटवर्क प्रयोगगरी मनाउनु पर्दछ।

(४) त्रिभुवन अन्तराष्टि्रय विमानस्थलमा बुद्धको ठूलो मूर्ति स्थापना गरी बुद्ध जन्मेको देशमा तपाईलाई स्वागत छ भन्ने वोर्ड राख्नु पर्दछ। त्यस्तै पोखरा, भैरहवा तथा अन्य राजमार्गमा लुम्बिनी कति किलोमिटर टाढा छ भनी वोर्ड राख्नु पर्दछ। लुम्बिनीमा पनि ठाउँ ठाउँमा वोर्ड राख्नु पर्दछ।

(५) बिदेशीहरुलाई लुम्बिनीको यात्रा गराउने ट्राभल टुर कम्पनीहरुलाई नेपाल सरकारबाट प्रँेत्साहन र कदर गर्ने कार्यक्रम ल्याउनु पर्दछ।

(६) नेपालकै विभिन्न शहरहरुमा लुम्बिनीको बारे जानकारी दिने वोर्ड तथा अन्य जानकारी मूलक सामग्रीहरु उपलब्ध गराई लुम्बिनीमा आन्तरिक टुरिजम बढाउनु पर्दछ।

(७) नेपालमा पनि नेपाल सरकारले बुद्ध जयन्तीका दिन देशभर भव्य कार्यक्रम गरी मनाउनु पर्दछ।

(८) नेपाल सरकारले अविलम्ब नेपालमा बलि पूजाको प्रथामा रोक लगाउने कानून बनाउनु पर्दछ।

बुद्ध जयन्तीको यस पावन अवसरमा बुद्धका दश धर्मादेश (कमाण्डमेन्ट्स) का वारेमा पनि चर्चा गरौं जुन यसप्रकारका छन् :

(१) जिव जन्तुको हत्या नगर्नु, नमार्नु।

(२) नचोर्नु।

(३) झूठो नबोल्नु।

(४) खराव आचरण वा अनैतिक सम्बन्ध नराख्नु।

(५) नशालु पदार्थ सेवन नगर्नु।

(६) पैसा, सुन चांदि बहुमुल्य बस्तु कसैबाट नलिनु।

(७) गहना, आभुषणले नसज्जिनु।

(८) अग्लो वा विलासी ओछ्यानमा नसुत्नु।

(९) बारंबार खाना नखाइरहनु, दिनको मध्यान्न पछि खाना नखानु।

(१०) नृत्य नहेर्नु, संगीत नवजाउनु वा नसुन्नु।

यस्ता अति आदर्श नियमकासाथ साधारण जिन्दगी विताउनु भनेर भनेका नेपालका शान्तिका दूत जन्मेको देशमा भने यि कामहरुले नै प्रशय पाइरहनु दुःख लाग्दो बिषय हो। सबै दश नियमहरु पालना गर्न नसकिएला अरे तर नम्बर एक देखि नम्बर आठ सम्म त सजिलै पालना गर्न सकिने नियमहरु हुन, तर खै? नेपाल लगायत विश्वका सबै मानिसहरु नगर्नु भनेका कुराहरु नै गर्नु भनेर बुझेका छन् र गरी आएका छन्। ‘न’ हटाएर बुझेका छन्, मार्नु, चोर्नु, बोल्नु …..यसैले गर्दा विश्वमा अशान्ति, दुःख, क्लेस बढदै छ।

बुद्धका चार आर्यसत्य (नोवल ट्रुथ)

(१) जन्म हुनु, बुढो हुनु, रोग लाग्नु र मृत्यु सबै दुःख हुन। चिन्ता, असन्तुष्टि, लालच, लगाव आदि नै दुःखका कारणहरु हुन।

(२) दुःख पाउनुको मुख्य कारण आफुसँग नभएका कुराहरु प्राप्त गर्ने अभिलाषा हो, त्यस्तै कामवासना, भोग प्यासको चाहना, तृष्णा हो।

(३) दुःख कष्टबाट उन्मुक्तिको लागि कुनै पनि कुरा प्राप्त गर्ने अभिलाषा, तृष्णा, चाहनालाई हटाउनु पर्दछ।

(४) यस्ता तृष्णा, चाहनाहरुलाई हटाउनका लागि आठवटा नियम पालन गर्नु पर्दछ, जुन तल दिइएको छ :

(क) जिवन, प्रकृति र विश्व प्रति सहि तरिकाले हेर्नु, बुझ्नु।

(ख) असल वा राम्रो सोच राख्नु

(ग) सत्य वोल्नु, अरुलाई चित्तदुख्ने, खराव शब्दहरु कुरो नबोल्नु।

(घ) असल चरित्र राख्नु, जिव जन्तुको ज्यान नलिनु, नचोर्नु, कामवासनामा लिप्त नहुनु

(ड.) नैतिक तरिकाले कसैलाई हानी नगरी आय आर्जन गर्नु,

(च) खराव बिचार, खराव कार्य, आचरणलाई त्याग्ने सोचराख्ने प्रयास, कोशीश गर्ने,

(छ) श्ारिर र दिमागलाई असरगर्ने खरावकुराहरु दिमागमा आउन नदिने, सधै सतर्क रहनु

(ज) दिमागलाई एकाग्रगरी ध्यान गर्नु

अहिलेको शहरिया समाज, पश्चिमी रहन सहनमा सम्पूर्ण विश्व लम्किरहेको अवस्थामा बुद्धका सम्पूर्ण ज्ञान वा आदेशलाई ब्यबहारमा उतार्न नसकिएला अरे, तर धेरैजसो आदेशहरु पालना गर्न सकिने खालकाछन्। यस्तो पालना गरेको खण्डमा घर, समाज, गाउँ्क, शहर राष्ट्र एवं विश्व नै एक सुखमय, शान्तिमय, आनन्ददायी भई यो भूलोक नै स्वर्गलोक बन्न सक्दछ।

बुद्ध जयन्तीको यो पवित्र अवसरमा अलिकति समय पनि बुद्धको संस्मरण गरी, केहिवेर ध्यानगरी शाकाहारी भोजन गरेमा सुख, शान्ति प्राप्त भई तपाईको जिवन पनि सफल हुनेछ। संसारमा सबैको भलो होस, कल्याण होस। बुद्धं शरणं गच्छामि। धर्मम् शरणं गच्छामि। संघं शरणं गच्छामि।

(नोटः यो लेख बुद्धका राम्रा पक्ष र हिन्दुका नराम्रा पक्षबारे मेरो आफ्नो निजी विचार व्यक्त गरिएको हो, कुनै धर्मलाई निन्दा गर्न लेखिएको हैन। म आफै पनि हिन्दु धर्मावलम्बी हुँ, विदेशमा बसेर पनि सबै हिन्दु संस्कृतिको पालना गरि, बर्षमा एक पटक श्री सत्यनारायण भगवानको आफैं आफ्नो घरमा पूजा लगाउँदछु, हरेक बर्ष नवरात्रीको समयमा जमराराखी सप्तसतीचण्डि पाठ आफैं गर्दछु। )

109 thoughts on “बुद्ध कसरी नवौँ अवतार ?”

  1. Pingback: प्राचीन कालमा विमान ! पत्याउनु भएन ? « Mysansar
  2. उदय says:
    June 18, 2013 at 4:53 pm

    मित्रहरु म एक युवक हुँ भगवानको खोज गर्न चाहने एक व्याक्ति यहाँहरुलार्इ मेरो विचार अनैाठो लग्ला मैले कुनै धर्मको गलत अर्थ लागउन खोजेको चाही हैन् तर जो जस्तो भएता पनि धर्म भनेको सत्यतामा आधारीत सत्याता धारण गर्ने कुरा हो धर्मले आत्मिक कुरा बोकेको हुन्छ आत्माको मुक्तिको बाटो देखाएको हुन्छ हैन र तर नैतिक शिक्षा मात्र होइन् प्राय धर्महरुले यास्तै कुरा मात्र शिकाएको मैले पाएको छु। तर नैतिक शिक्षा त मेरो आमा बा शिक्षकले आफु भन्दा महान व्याक्तिले नि दिदै आएका छन् तर म वहाँ हरुलार्इ भगवान यानकी सृस्टी कर्ता नै हुन भन्न सक्दीन किन की वहाँहरुले यो सारा ब्रह्माण्ड पृथ्वी र पृथ्वीका यावत थोक सृजनु भएको चाही हैन् । भगवान अर्थात सृस्टी कर्तालेमात्र यास्तो कार्य गर्नु हुन्छ नी है न र ।।।। मलाइ लागछ भगवान एक छन् र धेरै मानिसले यो पनि भगवान उ पनि भगवान भन्दै ढुङ्गा माटोले बनेका चिजहरुलाइ भगवान मान्छन् अनि कत्तिलेत सूर्य अनि चन्द्रमालाइ पुजछन् भगवान मानेर यो २१ ‌ओै‌‌ सतावदीको हामी युवकलाइ त असजीलो हुन्छ त्यासता कुराहरु तर मेरो बिचारमा तिनीहरुत सृर्जिएका चीज पो हुन त हैनर ।।। हामीकीन मुर्ख भएका नी सृजना गर्ने जो हुनुहुन्छ वहालाइचाही हामीले चिनेर पुजदा हुदैन।।।। साँचो कुरा लुक्दैन त्यासैले भगवानले नै यि सारा कुरा सृजनु भो र वहाँको साँचो प्रमाणा दिनु भएको छ कीनकी वहाँ सँग यी सारा कुराको बारे जानकारी छऽवहाँले नै बनाउनु भयो भने अरुलाइ त थहा हुने कुरै भएनी यो सारा सृस्टीको हैन र ।।। त्यासैले हामीले खोजैानत सृस्टीको थोक मध्ये हामी बस्ने यो पृथ्वीको बरेमा नैऽऽऽऽ सृस्टी गर्नुहुने भगवानले के भन्नु भा छ त धर्म शास्त्रमा। र कुन धर्म शास्त्रमा सपस्ट जानकारी दीएको छ की पृथ्वी कस्तो अवस्थाम छ भन्ने कुरा।।। बैज्ञानीकले त पृथ्वीले परिक्रमा गर्छ अनि पृथ्वी सुन्यतामा आकास मण्डलमा अडीएको छ भन्ने प्रमाणित गरेका छन्। भने सृष्टि गर्नु हुने भगवालाइ त अझ कसो थाहा नहोला वहाँत स्वं पृथ्वीको र्निमाता हुनुहुन्छ नी हैन र ।।।। त्यासैले संसारमा भएको कुन धर्म शास्त्रमा छ त त्यास्तो स्पसट जानकारी र प्रमाण आजैबाट खोजैा त्याही धर्म शास्त्रले देखाएको GOD सृस्टी कर्ता हुनु हुन्छ र पक्कै पनि हाम्रो आत्माको मुक्ति वहाँले नै दिनु हुन्छ ।।।।।।

    ।।।।।।।।।।।।।।गल्ती भए माफ पाउँ।।।।।।।।।।।।
    सही लागे नलागे कमेन्ट गर्नु होला

    Reply
  3. गोविन्दशरण says:
    June 17, 2013 at 3:11 pm

    लेखकलाई नेपालमा प्रचलित बौद्धधर्मका तीनवटा पन्थहरू बारे जानकारी नभएको पाएँ : थेरवाद, महायान र बज्रायान | काठमाडौँ उपत्यकामा तिब्बतेली बौद्ध पन्थको प्रचारप्रसार दलाइलामाको भारत पलायनपछि भएको हो | बज्रपन्थ उपत्यका भित्र विकसित भएको बौद्धपन्थ हो जसका साहित्यहरू आज पनि संस्कृतभाषामा उपलब्ध छन् र शाक्य, बज्राचार्यहरूले थेरवादको समेत पुरोहितको काम गर्छन् | अर्को कुरा, लेखकले जुन बौद्ध-धर्मको कुरा गर्नु भएको छ, त्यसमा दलाइलामावादको सुगन्ध छ | पश्चिमाहरूले बौद्धधर्मको माया लगेर दलाइलामालाई प्रवर्धन गरेका होइनन् | तिनले चीनलाई ‘नीचा’ देखाउने खेल खेलेका हुन् | नेपालका हिमाली भेकमा दलाइलामाको प्रभाव तिनको भारत निर्वासन पछि बढेको हो | अर्को कुरा, हामी नेपालीहरूले ‘बुद्ध’लाई नेपाली हुन् भनेर जति कोकोहलो गरे पनि तिब्बती बौद्धपन्थहरूले यो कुरा स्वीकार गर्दैनन् |
    तेस्रो कुरा, नेपालमा खासगरी उपत्यकाका धेरै मन्दिरहरू बौद्ध र हिन्दू बिधिबाट दुवै समुदायका मानिस मिलेर पूजाआजा गर्छन् | कीर्तिपुरको बाघभैरव, ब्रज्रयोगिनी, बूढानील कण्ठमा | तपाईहरूजस्ता पश्चिमेली सोच भएका मानिसले नेपालीहरूको यो प्राकृतिक सद्भावलाई ‘दुर्भाव’मा वदल्दै हुनुहुन्छ | शंकराचार्य के गरे गरेनन् भन्दा पनि तपाईंजस्ता लेखकहरूका कारण नेपालीहरू बीचको सद्भाव खल्वलिन सक्छ | यदि बहसकै कुरा गर्ने हो भने कम्बोडियाको विश्वप्रसिद्ध अन्कोरवाटको बैदिक विष्णुमन्दिर बौद्धहरूले ध्वत पारेर बौद्धमन्दिरमा परिवर्तन गरेका छन् | के त्यसलाई पुन: हिन्दू मन्दिर बनाउनतिर पहल गर्न सक्नुहुन्छ | ल, नेपालमा शंकराचार्यले बौद्धधर्मलाई धक्का दिए भनेर मान्ने हो भने पनि उनले बौद्धहरूलाई पूजा गर्नबाट त रोकेका रहेनछन् नि !! तर बौद्धहरूले हिन्दूहरूको अस्तित्व नै मेटाए | आचार्य शंकरमा दोषारोपण गर्नु भन्दा पहिला इतिहास पढ्नुहोस् त्यो पनि नेपाली मन र आँखाले |
    यदि बौद्धहरू बुद्धलाई विष्णुको नवौं अवतार मान्नु जरूरी छैन तर हिन्दूहरूले बुद्धलाई दसौं अवतार स्वीकार गरेर जुन आदर दिएका छन्, कमसेकम त्यसको अनादर त नगर्नुस् | हिन्दू र बौद्घ दुवै नेपालीहरूले परम्परागतरूपमा मान्दै आएका धर्म हुन् | यी दुबैको समानरुपमा सम्मान गरौँ | आज नेपालमा हिन्दू र बौद्ध दुवै समुदायहरूमा धर्म-परिवर्तनकारीहरूको ‘गिद्ध दृष्टि’ परेको छ | बरू यसतिर ध्यान दिनु वेस |
    सबैको जय होस् |

    Reply
  4. Yogesh Setalchu Jorong, Canada says:
    June 5, 2013 at 10:04 pm

    बुद्द एक महापुरुष हुन्| हिन्दु धर्मीको घरमा जन्म भएको भानिदैमा नवौ हिन्दु देवको अवतर भन्न नमिल्ने कुरा हो| धर्म ग्रन्थहरुमा जे उल्लेख भएको भएपनि, मान्छे जन्मिदा साथ् मा प्रकृतिको गुण बाहेक केहि लिएअर आउदैन| जति धर्म संस्कृति सोच विचार सबै मानबिय गुण हरु पछि आर्जन गर्ने हो |
    उनको प्रखर व्यक्तित्व को भ्रभाब्ले उच्च सोच र बिचारको बिजारोपण भयो र कालान्तरमा वहाको सोच लाई बौद्ध धर्म को रुप मा लिन थालियो |

    Reply
  5. Bhakta raj bhusal says:
    June 1, 2013 at 1:44 pm

    होइन नेपाली हरु पनि अब के हुन थाले !बुद्ध भारत तिर भन्ने कोहि के भन्ने एउटा हुने कुरा कोहि नगर्ने .फेसबुक मा नेपाल को विकास बहुत गरेको देखियो.खुब कुरा गर्छन देशलाई परेको बेला केहि नगर्ने बिदेसमा बसेर फेसबुक बाट नेता लाई गाली गर्ने तर अगाडी पर्दा चाकडी गर्ने
    यसरि बानि बिगार्दै जाने हो भने एक दिन नेपाल भन्ने सब्द नै बिर्सन सकिन्छ !तेसैले नेपाल र नेपाली लाई माया गर्ने गल्ति गर्नेलाई पाखा लगाउने काम गरौ ! देस मा खराब कसले गर्यो ,जनता कसले मार्यो देस को अवस्था संरचना कसले बिगार्यो जनता कसले लुट्यो भौतिक संरचना कसले भत्कायो जनता लाई कसले लुट्यो विस्तापित कसले गरायो ,आखिर के होइछ,के का लागि होइछ तो गरेको आज नेपाली को अवस्था गाउ पहाड कोजमिन बाजो हुनु परिवार विस्तापित हुनु ,देसमा गुण्ड गर्दी बढ्नु किन कहाँ बाट भयो भनेर बुझ्न नसकी या सकी सकी तेसैको पछि लाग्न पर्ने के छ.एक पटक पछाडी फर्केर हेरौता बुझौत ,अब पनि नबुझे कहिले बुझ्न सकिन्छ.समयमा सबैले बुझौ.जानी राखे राम्रो,

    Reply
  6. कविराज says:
    May 31, 2013 at 11:26 am

    मधुसुदन आचार्य जी का साथ साथै हामी धेरै नेपालीलाई हिन्दु धर्म भनेको के हो भन्ने थाहा नहुनु हो. प्राय धर्मको कुरो गर्दा हिन्दुलाई बुद्ध धर्म भन्दा फरक भनेर लेखन अथवा प्रचार गरिञ्छ. मेरो बुझाइमा त्यो सरासर गलत हो.

    प्राचिन समयमा इरानी हरुले हिन्दुकुश भन्दा पुर्व हिमालय भन्दा दक्षिण सिन्धु नदीको आसपास मा बस्ने सबैलाई हिन्दु भन्थे. इस्लाम ले भारत कब्जा गरे पछि गैह्र इस्लाम जति सबै हिन्दु भनिथ्यो. अंग्रेजको पालामा मात्रै बुद्ध धर्मिलाई फरक भनियो. इरानिले तँ हिन्दु भन्दा हामी हिन्दु हुने अनि अंग्रेज ले बुद्धिस्ट भन्दैमा बुद्धिस्ट हुने?

    हाम्रो आफ्नै मौलिक परम्परा छ त्यसले बुद्ध, किरात, सनातन, जैन तथा हजारौ संस्कृति सबैलाई समेट्छ। त्यहाँ दर्शन मात्र फरक हो. ति सबैको छाता शब्द हिन्दु हो. किनकि यो एउटा दर्शन नभईकन सबै पुर्बिय दर्शन को छाता हो जुन आफै संगठित छैन. मूल कुरो अहिले नेपाली ले सनातन धर्मलाई नै हिन्दु धर्मको पर्यायवाची सम्झनु गलत हो र बुद्ध विचार प्रति अलि ज्यादा झुकाब गर्ने ले सनातन धर्म प्रति ज्यादा झुकाब राख्ने हरुसंग फरक देखिन खोज्नु मात्र हो. प्राचिन पाली भाषा मा लेखिएका बुद्ध ग्रन्थ हरुले ब्रम्ह शिव आदिको सम्मान गर्दछ। किन तिनीहरुलाई सम्मान गर्नु पर्यो त नमान्ने हो भने? साथै हामी सबै नेपाली ले बुद्धलाई मानेकै छौ.

    लेखक तथा पाठकले यसो समय दिएर पढे हुन्थ्यो पुराना कुरा। अब आयो चालचलन को कुरा। मासु खाने नखाने कुरा. चालचलन त समय संगै परिवर्तन हुने कुरा हो. गुम्बा मबसने लामाले भैसीको मासु किनेर लागेको त मैले आँखै ले देखेको छु. के भनु म तिनिलाई। बुद्ध ले के मासु खानु प्रतिबधित गरेका थिए र? थिएनन भने भिक्षुले मासु खाए के भयो त अथवा हिन्दुले वली दिन्छ के भयो त?

    लेखकले माथि लेख्नु भएका बुद्धका धर्मादेश र गीता मा लेखिएका कुरा मिल्दाजुल्दा नै छन्. बरुमा सबै पाठकलै बुद्ध ग्रन्थका साथ साथै गीता पढ्न सल्लाह दिन्छु. नेपालीमा उल्था गरिएको कोमल गीता सरल र हुबहु, संस्कृतमा लेखिएको छन्द मै नेपालीमा अनुवादित छ. साथै छोटो ब्याख्या पनि गरिएको छ. एक बट्टा सुर्य चुरोट या एक बोतल बियर भन्दा सस्तो मै पाइन्छ. मैले हालसालै पढे.

    Reply
  7. mohan says:
    May 30, 2013 at 6:57 pm

    खाली नचाहिने कुरा मात्र कति गरि रहेको साथी हो / कम से कम बुद्धको उपदेस हरु सहरे गरौ अनि तेस्लाई आफ्नो जीवन मा उतार्ने प्रयास गरौ /

    अहिंसा चाहे बुद्धले भनेका हुन् या कृष्ण ले हुन् या जिसस ले त्यो एउतै हो मित्र हरु / त्यो हो मन बचन र कर्म ले कसैलाई पनि दुख नदिनु हो /केवल निमुखा जनावर काट्नु मात्र हैन /अरुका बारेमा नचाहिने कुरा गर्नु, इर्ष्य द्वेस गर्नु, अरुको कुभलो चिताउनु यी पनि हिम्सा हो / प्राणी हत्या गर्नु चाहे त्यो भगवान को नाम मा हुन् या पेट भर्ना लै हुन् त्यो पनि हिम्सा नै हो /चोर्नु अपराध हो भने चोरेको माल किन्नु या मिलेर उपभोग गर्नु पनि अपराध नै हो / यो संसार मै त एउटा ले चोर्यो र अरु ५ जना ले बाढ़े भने पुलिश ले सबैलाई समौछ / हिन्दु शास्त्र मा कतै पनि प्राणी हिम्सा गर्नु बलि चढाउनु भनिएको छैन अबुझ हरु ले गलत अर्थ लगाएर आफ्नो जिब्रो को स्वाद पुरा गर्ने कार्य मात्र हो / बुद्ध लै धेरै बुद्धिस्ट ले नै बुझेका छैनन् सबै मांसाहारी छन् / हिम्सा गरिएको बस्तु आहार गर्ने व्यक्ति बुद्धिट्स हुदैन किनकि अरुलाई हिम्सा नगर्नु भने पछि हिम्सा गरिएको बस्तु खानु भन्ने कुरै हुदैन / मनुस्य साकाहारी प्राणी हो / मांसाहारी जीव को आन्द्रा छोटो हुन्छ, पसिना जिब्रो बाट आउछ, नग्रा लामा लामा हुन्छन, दात तिखा र लामा हुन्छन /

    भगवान हरु आमा को पेट बाट जन्मदैनन मित्र हरु यो गलत बुझाई हो केवल जीव को जन्म गर्व बाट हुन्छ र निश्चित समय पश्चात त्यो जीव मा भगवान को आवेश प्रवेश गर्छ / बुद्ध आमा को पेट बाट जन्मे का हैनन् पछि बुद्ध भएका हुन् / पाँच भौतिक सरिर लै भगवान को रुप मा नलिनुस भित्र जुन शक्ति छ तेस्लाई बुझ्नुस /

    Reply
  8. Limbu nYn says:
    May 29, 2013 at 3:29 am

    यो लेख पढेर भन्दा कमेन्ट हेरेर बिताएँ/ / धेरै कुराको जानकारी कमेन्ट मै छन्/ देश हिन्दुको बनाइए पनि, बुद्ध नेपालमै जन्मे पनि, एभरेस्ट इन्ग्लिश मै राखिए पनि नेपालको कुरा हाम्रो अलग छ/ आफूमा पनि उत्तिकै श्रद्दा उनीहरुप्रति भए पनि सबै उपदेश फिट खादैनन् है/ बुद्ध जो हुन्, जे हुन् सबैमा पोजिटिभ विचार आओस, मेरो नि यो अवसरमा कामना:

    Reply
  9. Raj says:
    May 28, 2013 at 10:14 pm

    श्री कृष्ण विष्णुका आठौँ अवतार हुन् | वलराम त उनका दाइ हुन् | कसरी वलराम पनि

    विष्णुका अवतार भए? मैले बुझिनं

    Reply
    1. द्रोण says:
      May 31, 2013 at 12:05 am

      अरे यार ,
      बाख्रा को बा ,आमा ,मामा सबै बाख्रा ,बाख्री भएजस्तै , देउता को पनि तेही हो |
      के बुझ्नु पर्छ ?
      बुझ्नुपर्ने कुरा बुझ्नुस न , बिष्णु को अबतार भएर के भो , न भएर के भो ?
      पर्सेन्ट को हिसाब ले भन्छन , राम १५ कला ले पूर्ण , कृष्ण १६ कलाले ,हामि मा भगवान को गुण र अन्स .०२ प्रतिसत जति त् पक्कै होला तपाइमा ५-१० प्रतिसत जति छ कि ?
      देख्या कुरा हैन है ,सुन्या मात्र हो |

      Reply
  10. sushil says:
    May 28, 2013 at 4:12 pm

    गर्न गारो छ ,भन्न सजिलो छ,म पनि हिन्दु रे, जन्मै देखि हिन्दु रे , म हिन्दु धर्म को बिसय म धेरै जानकार छैन तर हिन्दुवादीहरु को पुरानो जिबन सैली प्रति निन्दा गर्छु, बुद्ध धर्म कता कता मन पराउछु , तर थाहा छैन बुद्धमार्गी हरु को जिबन सैली कस्तो छ , बुद्ध नेपाल म जन्मे ,तर हामी हिन्दु नबुझी कन कसरि भयौ ?

    Reply
  11. razen says:
    May 28, 2013 at 4:35 am

    बुद्द हामी र हाम्रो हो…कुरै खत्तम | के को अरु कुरामा टाउको दुखाई हो भन्या |

    Reply
  12. mohan says:
    May 27, 2013 at 6:24 pm

    सबैले धर्म को बिसाए मा बाहिर देखिएको बेबहार गत कुरालाई मात्र प्रमाण को रुप मा लिएको पाईयो / हामी संसार लै भिन्न भिन्न धर्म मा विभक्त गर्न र एक अर्का मा कलह गर्न सिपालु हुदै छौ / संसार क सबै शास्त्र ले एउतै परमात्मा को कल्पना गरेका छन् जस्तो हिन्दु मा “एको ब्रह्म दुतियो नास्ती” भन्छ इस्लाम ले “कुल्हु अल्लाह अहद ” भन्छ इसाई ले “गड इस ओन” भन्छ / परमात्मा एउतै हो भने धर्म किन येति धेरै त ? यो सबै राजनीति हो /जब सम्म कृष्ण, बुध, जिसस, मोहम्मद जस्ता महान आत्मा हरु थिए तिनी हरु ले केवल सत्य ज्ञान लाइ फैलाए, अन्याय र कुरीति को बिरुद्ध लडे, सदाचार, सद्भाव र प्रेम को प्रचार गरे / जब ति महान आत्मा हरु अतित भए तिनका अनुयायी हरु आफ्नो फाइदा को लागि गुट उपगुट मा विभक्त भए र संसार मा अनेक धर्म को रुप ले / मेरो विचार मा कृष्ण, बुध, जिसस, मोहम्मद सबै मानब मात्र को कल्याण का लागि अवतरित भएका हुन् र सदाचार र प्रेम नै सबैले पालना गर्नु पर्ने बिसय हो / हामी तेरो राम्रो मेरो नराम्रो यस्तो उस्तो भन्नु भन्दा पनि बिसए लै सहि अध्यन गरेर आफ्नो विचार राख्नु राम्रो हुन्छ / “सर्बे भवन्तु सुखिन, सर्बे सन्तु निरमाया/सर्बे भद्रानी पस्यन्तु, मा कस्चिद दुख भाग भवेत” धर्म ले कैले पनि अहित हुने कुरा गर्दैन / हिन्दु धर्म मा ३३ कोटी देवता छन् देवता धेरै भए भनिन्छ यो अज्ञानता हो / ३३ करोड हैन ३३ प्रकार हो र देवता भनेका कार्य-कर्मचरी हुन्, जसलाई इस्लाम मा फरिस्ता भनिन्छ र इसाई मा एन्जेल भनिन्छ /मित्र हरु भाषा फरक हो बुझाई को अभाब हो कुरा एउतै हो / अबसरबादी हरुले दुनिया लै झुटको खेति गरेर सत्य ज्ञान बाट ओझेल मा परिरहेका छन् एस बाट चै हामी जोगिनु पर्छ / धन्य बाद //

    Reply
  13. ashok says:
    May 26, 2013 at 10:50 pm

    बुद्ध र बुद्ध धर्म बिरूद्ध जति सुकै षडयन्त्र रचिएको भएपनि बुद्ध धर्मको गरिमा र यसका अनुयायीहरू बडिरहन्छन/बडिरहनेछन फेसबुकको प्रयोगकर्ता बडे जस्तै ।

    Reply
  14. samrat says:
    May 26, 2013 at 10:25 pm

    भने पछि ब्राह्मण हरु पारा पुर्ब काल देखि नै छल कपट गर्दो रहेछ . अब भगवान बुध लाइ त न छोड्ने सिधा सदा नेपाली जनता ला के छोडोस.

    Reply
  15. madan bajracharya says:
    May 26, 2013 at 9:45 pm

    बुद्ध पनि बिस्नुको अवतर भयको भय सकरचार्यले हिन्दुस्तान भरि र नेपाल सम्मै आयर किन बुद्धिस्टहरु मास्न खोजे बौद्ध धर्म ग्रन्थहरु नस्ट गरे? यो कुरा गुगलमा हिन्दु विद्वानहरु लगायत हिन्दुस्तानको प्रधान मन्त्रि जवाहरलाल नेहरु समेतको बिचार सहित समाहित भयको लेख http://rupeenews.com/2010/10/how-adi-shankara-destroyed-buddhism-and-founded-hinduism-in-the-8th-century/ पढ्नुस/

    मलाई यो लेखमा बुद्धको सबै भन्दा घत लागेको बाक्य ” यदि ब्राम्हण छेत्री वैश्य र शुद्र लाई नदीहरु मान्ने हो भने मानव समाज समुन्द्र हो/ समुन्द्र नदीहरु भन्दा बिशाल हुन्छ, जति सुक्कै उर्लने नदि पनि अन्त् समुन्द्र्मै बिलाउँछ/

    Reply
    1. किरण "देशभक्त" says:
      May 30, 2013 at 4:23 pm

      madan bajracharya ज्यु ले घत-पर्ने गरेर हसाँउनु भयो | बुद्ध, हिन्दू धर्म बिरोधि – माहत्मा गान्धी बिरोधि – अझ नभएर “भगवान गौतम बुद्ध” लाई पनि “पाँडे गाली” गरेर नथाक्ने, मुस्लिम अतिवादी पाकिस्तानी website मा आँफैले लेखेको बकम्बुसे (हावादारी – महाँ-झुट) लेखको, madan bajracharya ज्यु ले हवाला दिएको मा मलाई अतिनै हाँसो उँठेयो । Mysansar पढने सबै जना मुर्ख छन जस्तो हजुर लाई लागेको होला। यदी हजुरको त्यस्तो सोचाइ हो भने हजुर गलत हुनु हुन्छ | “गूगल” र http://rupeenews.com (पकिस्तानी – मुस्लिम अतिवादी को website) छुट्टाउन नसक्ने हजुर सँग कुनै बहस गर्ने अर्थ नै रहदैन |

      Reply
      1. madan bajracharya says:
        May 30, 2013 at 11:31 pm

        किरणज्यु
        आदि शंकराचार्यले नेपाल सम्मै आयर बौध गुम्बाहरु भत्कायको बुद्धिस्ट ग्रन्थहरु नस्ट गरेको कुरा नेपालको इतिहासमै लेखियको सत्य हो/ यो कुरा कुनैको वेब साइतमा लेखे पनि के भयो गलत त् लेखेको छैन नि ? शंकराचार्यले धोस्त गरेको कयौं बौद्ध शिलापत्रहरु र मुर्तिहरु आज पनि बौद्ध बिहारहरुमा देख्न हेर्न सकिन्छ/

        फेरी जवाहर लाल नेहरु हिन्दु पण्डित मात्रै होइन हिन्दुस्थाको प्रधान मन्त्रि हो/ जवाहर लाल नेहरुले जे भन्यो भनेर त्यो वेव साइतमा लेखेको छ तेस्को श्रोत जवाहरलाल नेहरु आफैले लेखेको the glimpses of word history नामको पुस्तक हो र जवाहर लाल नेहरु त् मुस्लिम होइन नि/

        हिन्दु धर्मको सबै भन्दा उच्च धर्माधिकारी आदि शंकराचार्यले बुद्धलाई बिस्नुको अबतार मानेको भय उसले हिन्दु धर्मको उद्गम भुमि हिन्दुस्थान र नेपालमा बुद्धिस्ट मास्ने अभियान चलाउने थियन/

        Reply
        1. कविराज says:
          May 31, 2013 at 11:43 am

          मदन ज्युले कहाँ बाट शंकराचार्य ले बुद्ध को मन्दिर भत्काए भन्ने थाहा पाउनु भएछा कुन्नि? शंकराचार्य त अद्द्वैत वादी थिए अर्थात् इश्वर एउटा मात्रै छ र सबै कुरा इश्वरको ( परम ब्रम्हको) मात्र अंश हो भन्दै हिड्थे. उनि बुद्ध जस्तै भिक्षु थिए. न उनको सेना थियो न उनि राजनीति गर्थे. हो उनले धेरैलाई प्रभावित बनाए.

          Reply
          1. द्रोण says:
            May 31, 2013 at 10:31 pm

            कविराज ज्यु
            संकराचार्य धेरै छन् इन्डिया मा , जसमध्ये आदि संकराचार्य जसले शिब धर्म याने कि हिन्दु धर्म को प्रचार प्रसार गरे ग्रन्थ हरु लेखे उनीद्वारा अमर बाणा
            लखटिएको किम्बंदाती छ नेपालमा | बौद्दधर्म को प्रचारमा आएका अमरबाना
            ( जसले संस्कृत ग्रन्थ भनौ कि सब्द कोस अमरकोस भन्ने बहुचर्चित ग्रन्थ लेखेका थिए ) बज्रजगिनी साखुमा भेट हुन्छ |

            त्याहा आएपछि दुवै बज्र्जोगिनी को भक्त भएकोले संकाराचार्य अन्धा हुन्छन |
            त्यहा चढ्नु पर्ने हरेक खुड्किला मा एउटा बहुचर्चित स्थुति गान गर्दै संकराचार्य
            चढ्दै जादा देबीको सामुन्ने पुगेपछि देबिले स्वयं प्रकट भएर संकाराचार्य लाइ खड्ग दिन्छिन र अमरबाना को सिर छेदन हुन्छ , जुन त्यहा अद्द्याबदी छ भनिन्छ | कोइ कोइ उक्त सिर लाइ विक्रमादित्य को सिर भन्छन ,त्यो अर्कै किम्बंदाती छ फेरी |
            बुद्दिस्ट हरुको त्यो सिर को सम्बन्ध मा आफ्नै कथा छ फेरी |
            तेसैले सनातन धर्म र बुद्द धर्म को रिलेसन खोज्दै जादा बीच मा एक आर्का को राइभलरी भएको पनि कटु सत्य छ |

            Reply
            1. कविराज says:
              June 1, 2013 at 12:27 pm

              द्रोण जी बुद्धवादी र सनातन वादी बीच प्रतिस्प्रधा नभएको होइन. बुद्ध को पालामा पनि थियो अशोक को पालामा पनि थियो, संकराचार्यको पालामा पनि थियो र अहिले पनि छ. कति पय बुद्धवादिका कुरा शंकराचार्यले खण्डन नगरेका पनि होइनन. तर आदि शंकराचार्यले अमरेवाडा को टाउको काटे भन्ने वाहियात किम्बदन्ती हो. अरु कोहि संकराचार्य ले के गरे मा भन्न सक्दिन . उनले ज्ञान प्राप्त गर्न साथ मनिषा पंचाकम भने या लेखे. जसमा बाहुन या अछुत सबैको आत्मा एउतै हो रआत्मा भनेको एकमात्र इश्वर परम ब्रह्म हो. यहि नै संदेश प्रचार गर्दै भिक्षु अर्थात् सन्यासी बन्दै हिंडे. सन्यासी ले मान्छे काट्ने गर्ला? त्यसमा पनि जसले बाहुन अछुत कुकुर पानी घाम सबै मा एउतै इश्वर देख्छ. मा त बुद्ध र शंकराचार्य मा खासै फरक देख्दिन. दुवै उस्तै उस्तै हुन्

              Reply
        2. किरण "देशभक्त" says:
          May 31, 2013 at 7:11 pm

          मदन बज्रचार्य ज्यु,
          हजुरले ४-५ कुरा हरु शुक्ष्म तरिकाले अध्ययन गर्नुभयो भने बल्ल, कुरा को चुरो के हो भने बुझ्न्नु हुन्छ | *** Patrice Émery Lumumba ; Partition of India (Why I killed Mahatma Gandhi) ; Iraq war; How they succeeded in “Libyan Civil War”; Now, Syrian Civil War. Angkor Wat, Cham People. तेस बेला आँफै ले आफुलाई बुज्न सक्नु हुने छ |
          कहिले काही थोरै अध्ययन गर्दा आफुलाई अफ्ठारो लाज्मर्दो हुने रहेछ, यो कुरा पनि बुज्न जरुरी छ कि “१ जना ले कागले कान लाग्यो भनेर काग को पछी दगूड्इदैन, तर ४ जनाले कागले कान लाग्यो भने काग को पछी दगुर्ने कि आफ्नो कान समात्ने !!! तर पाँचौ बाट थाहा हुन सक्छ कि ४ जना मिलेर हामीलाई झुट कुरा बोलेर मुर्ख बनाइ रहेका छन |” हजुर ले सोच्नु होला कि मैले हजुर लाई underestimate गर्यो भनेर, तर त्यो नसोच्नु होला|

          Reply
          1. madan bajracharya says:
            June 1, 2013 at 7:51 am

            किरणज्यु
            केसर महलको रास्ट्रिय पुस्तकालय बात इतिहास फालेको छैन होला/ नेपालमा बरिस्ठ बौद्ध विद्वान हरु अझै छन् नै/ स्वयम्भु श्रीघल लगायत पाटनको बौद्ध बिहारहरु बिलायाको छैन/ गयर बुझ्नुस/

            Reply
  16. Dr.Suneel Sharma says:
    May 26, 2013 at 3:49 pm

    सिद्धार्थ गौतम हिन्दू हरुले भनेका बिष्णु का अवतार होइनन। हिन्दू हरुले भनेका बुद्ध अवतार आस्विन सुक्ल दशमी विजया दशमी का दिन अवतरित भएका हुन।

    Reply
  17. बुद्ध बहादुर नेपाली says:
    May 26, 2013 at 2:58 pm

    जन्मको आधारमा म पनि हिन्दु हुं । स्वयम्बुमा जांदा अजिमा र बुद्धको गुम्बा दुवैको दर्शन गर्दछु । धेरै बौद्ध धर्मावलम्बीहरुलाई पनि पशुपतिनाथको दर्शन गरेको देखेको छु । ईसाई धर्मावलम्बीहरुको महान चाड क्रिसमस पनि नेपालमा ईसाई धर्मावलम्बीहरुले भन्दा बढी गयर ईसाईहरुले मनाउने गरेको देखेको छु । जुनसुकै जात बर्ण र धर्म भएपनि नेपालमा धार्मिक सद्भाभाव हालसम्म सन्तोषजनक नै । बुद्भको बारेमा तेरो मेरो भन्दा पनि हाम्रो भने कसो होला ? धार्मिक सद्भाव बिगार्नै नखोजेको भए हामी नेपालीहरु अझ धेरै बलिया र बुद्धिमान हुने थियौ कि !!!!

    Reply
    1. द्रोण says:
      May 26, 2013 at 5:15 pm

      तपाइँ हो साचिकै नाम को पनि र काम को पनि बुद्द , धेरै धन्यबाद |

      Reply
  18. प्रतिक says:
    May 26, 2013 at 1:11 pm

    बुद्ध कुनै जात जाति धर्म बिषेसको पेवा होइन / बुद्ध हामी सबैका साझा हुन् / नेपाल र समग्र विश्वको /हिन्दुहरुले बुद्धलाई दशौँ अवतर भने बुद्धको गरिमा कम होला??? बरु क्राइस्टइयान र मुसलमान ले पनि आफ्नो आफ्नो हो भनेर आफ्नो धर्ममा स्थान दिने हो भने बुद्धको गरिमा झन् बढ्लाकि ??

    Reply
  19. balakji says:
    May 26, 2013 at 12:43 pm

    सबै मानिस मा भगवान रहेका हुन्छन यो हामीलाई स्मरण छैन जब ध्यान गरिन्छा र समाधिमा पुगीन्छा हामीमा रहेको ज्ञान / भगवान को बिस्तारै स्मरण हुन थाल्छा बुद्ध ले ध्यान गर्नु पर्दछ भन्नको कारण त्यही हो / नत्र किन ध्यान सिकाउनु हुन्थ्यो भन्नु हुन्थ्यो बुद्ध ले / ध्यान गर्न तिर लागु साथी हो अबस्य hami पनि भगवान बनिन्छा अबस्य तरिन्छा अबस्य

    Reply
  20. tilak luitel says:
    May 26, 2013 at 12:43 pm

    साथी हरु यदि हामि हाम्रो देशलाई हिन्दु रास्ट्र बनाउने हो बने बुद्ध भारतमा नै जानेका हुन् बनेर समर्थन गर्नु आवस्यक देखिन्छा अन्यथा कहिल्यै पनि यो देश बिकास हुदैन , जय देश, जय हिन्दु नरेश !!!

    Reply
  21. Aadil says:
    May 26, 2013 at 12:29 pm

    religion is not about who is better and who.Its about what is better for you.
    And that what ISLAM teaches you.

    Reply
  22. Toyannath Dahal says:
    May 26, 2013 at 9:16 am

    लुम्बिनी भारतमा पर्छ भन्ने भ्रम सृजना दक्षिणतिर बाट भईरहेको अवस्थामा बुद्ध र हिन्दु बीचमा फरक वा दुरी बढाउने मिथ्या तथ्य र कुरामा लाग्न हुन्न । हिन्दुहरुको पुजा आजमा पनि बुद्ध देउको भाग लाग्छ र मेरो श्रीलंकन एक मित्रका अनुसार त्यहाँ पनि बुद्धिष्टहरुले आफ्नो पुजा आजामा हिन्दु देवी देवताका लागि पनि स्पेश राख्ने चलन रहेछ । यसर्थ यी दुवै धर्ममा रहेको सामिप्यता र सहिष्णुतालाई गासेर नै हेरौ छुट्याएर होईन । कोही हिन्दु हो भने उ बुद्ध उसको उत्तराधिकारी मध्ये एक हुन भनौ र कसैले आफुलाई बुद्धिष्ट हुँ भन्छ भने हिन्दुहरु हाम्रा पुर्खा भनि सम्झिउ बस यसैमा सदभाव छ शान्ति र सवैको कल्याण पनि ।

    Reply
  23. yukta says:
    May 26, 2013 at 9:03 am

    WELCOME TO KAPILBASTU NEPAL लेखेको साइनबोर्ड लाई हाका हाकी भारत बाट BSF का सिपाहीं हरु नेपाल सिमाना भित्र पसेर कपिलबस्तु भारत मा पर्छ यो साइनबोर्ड तुरुन्त निकाल्नु भनेर चेतावनी दिएर फर्किदा त्यस बेला स्थानिय प्रसासन र त्यस बेला को सरकार चुप चाप बसेका थिए I मधु जी ले भने झैँ त्रिभुवन अन्तरास्ट्रिय एयरपोर्ट मा बुद्धको ठूलो मूर्ति स्थापना गरी बुद्ध जन्मेको देशमा तपाईलाई स्वागत छ भनि बोर्ड राख्दा हाम्रो देशको सेकुरिटी लाई नै चेलेंज गरि आफ्नो देश को मार्शल राख्छु भन्ने हरु ले देला र ? किन भने हाम्रो देश को कठपुतली नेता हरु को हात मा बाँधेको डोरी को टुप्पा त उनि हरु को हात मा छ

    Reply
  24. Gokul says:
    May 26, 2013 at 8:53 am

    ‘In the beginning of Kali-yuga, the Lord will appear as Lord Buddha, the son of Añjanā, in the province of Gayā, just for the purpose of deluding those who are envious of the faithful theist.’ ( Śrīmad Bhāgavatam 1.3.२४)

    बुद्धलाई भगवान मान्नू या नमान्नु तपाई म मा भर पर्ने कुरा हो . आजभन्दा १, २ हाजार पर्शपछी बुद्ध मात्र एक भगवान हुन पनि सक्छन या सबैले बिसन पनि सक्छन किनकि धर्म अनुयायी र धर्म अनेक हुन सक्छन . जुन बलियो होला या जुन धर्मले सबैमा राम्रो प्रभाव पार्ला त्यो नै बलियो र विश्वासी होला .
    भागवत व्यासले लेखेका हुन् जुन बेला बुद्दका नाम मात्र उल्लेख छ किनकि कल्की अबतार त बुद्ध अवतार भविष्य का कुरा थिए . तर पनि बुद्ध बिष्णुअवतार नै हो भन्ने कुरा स्पष्ट हुञ्छ . बिश्वास गर्ने उही पुरानो ग्रन्थलाई नै हो . बुद्धका ग्रन्थ पनि कुनै नया त होइन . अहिले झन्डै २६ सय वर्ष भैसक्यो .
    अब कुरा आयो, बिश्वास गर्ने कि नगर्ने भन्नेमा. पहिले हामि आफुले आफुलाई नै कत्तिको बिश्वास गर्छौ त ! नैतिकवान आचरण र व्यवहार धारण गर्नु नै धर्म हो . तेसैले पहिले त हिंसा त्याग्नु पर्यो . बुद्ध नेपालमा जन्मेका भन्ने हामि नेपाली नै सडकलाई रक्ताम्य बनाउने काममा बढी अग्रसर भैरहेका छौ . जसरि अनुबमले बिक्षप्त जापानले सदाको लागि युद्ध त्याग्यो त्यसरी नै हामि नेपालीले रगतको/ युद्धको/ द्वन्दको कुरा त्याग्न सक्नुपर्छ . शान्त रहन सिक्नु पर्छ तब सबैले “वाह, बुद्ध जन्मेका देशका जनता” भनेर तारिफ गर्नेछन् . सबैले आफैले थाहा पाउने छन् कि बुद्ध नेपालमा जन्मेका भनेर . सुन्दा आदर्श लागे पनि सत्य यहि हो .
    जय श्री राम,
    जय श्री हनुमान .

    Reply
    1. बेखालाल नेपाल says:
      May 26, 2013 at 12:00 pm

      श्रीमद भागमत गीतामा बुद्ध लै बिष्णु अबतार बनाए झैँ यहाँ हाम्रो नेपालका महापुरुषहरु पुष्पकमल, बाबुराम, माकुने, झल्लु, खड्ग ओली आदि मार्सलाई ११ रौ लेलिनलाई १२ रौ, तथा माओलाई १३ अबतार मान्छन अनि “द क्यापिटल” लाई पाचौ बेद मान्छन! खैर यस्ता कुरा त भै नै राख्छ! रावण भगवान शिवको अत्यन्त भक्त थिए अब तपाई भन्नुस रावण हिन्दु हो कि होइन?

      Reply
      1. द्रोण says:
        May 26, 2013 at 5:27 pm

        रावण बिस्रबा ह्रिसि ( ब्राह्मण ) को छोरा हो , एउटा राक्ष्यस्नी ले सुन्दरी रुप धारण गरेर ”म लाइ गर्भवती बनाइदिनुस्न भनेर रिक्वेस्ट गरे पछि ह्रिसि ले उनको इच्छा पूर्ण गरेका थिए ”

        मैले सुने अनुसार हिन्दु धर्म मा कुनै नारि ( बिबाहित बा अबिबाहित )ले कुने पुरुस सग एकान्त मा ” मलाइ गर्भवती बनाइ दिनुस्न भनेर भन्छे र त्यो पुरुस ले नाइँ भन्छ भने त्यो महा पाप हो ”|
        अब तपाइको प्रश्न को बारेमा संजय दत्त भने हिरो हिन्दि फिल्म खेल्ने गर्छ उसको बा हिन्दु
        आमा मुसलमान संजय दत्त हिन्दु हो कि हैन ?

        Reply
      2. Ramesh says:
        May 26, 2013 at 7:31 pm

        कसले हैन भन्या छ र ?
        राबन हिन्दु थिए | रावण महर्षि विश्वश्रवा का छोरा थिए | त्यो द्वापर युग का कुरा के गर्नु | कलि युग कै प्रचण्ड पनि हिन्दु नै थिए |

        Reply
  25. तेन्जिंग गाबा says:
    May 26, 2013 at 8:27 am

    धर्म सबै नै राम्रा नै थिए/हुन्छन
    तर
    “धर्मलाई रोजगारीको साधन” बनाउनेहरुले धर्मको गलत ब्याख्या गरेर यो भित्र बिकृति शृजना गरेको हुन् / सबै धर्म राम्रा भए पनि सबै धर्म भित्र बिकृति पनि छन् वा सबै धर्महरुलाई समयानुकूल परिमार्जित एबम परिस्कृत गरेर लानु पर्छ /

    Reply
  26. bijaya says:
    May 26, 2013 at 5:26 am

    (१०) नृत्य नहेर्नु, संगीत नवजाउनु वा नसुन्नु।

    साचिकै बुद्ध ले नै भन्या हो कि ? अरु कसैलाई खुसुक्क घुसाइदेको हो?

    Reply
    1. Rajesh says:
      May 26, 2013 at 12:20 pm

      हो , जहाँ सम्म मेरो knowledge मा यो बुद्ध ले नै भनेको हुनु पर्छ ..किन भने नृत्य हेरेर , संगीत सुनेर कसैको पनि भलो हुदैन , Dance gives pleasure( pleasant sensation) for eyes and songs gives hearing pleasure which of course is pleasing sensation too, to your ears . If you hate songs and dances , it gives unpleasant sensation. and still if you dont care about it, we are going ignorant.
      Then :
      ignorance-> reaction-> sensation-> desire-> Attachment-> Voilitional forms->
      Action-> Dukha ( Cycle of samsara )
      when ur recycling ur cycle of samsara the only feedback you get is Dukha .
      So its very important to keep yourself away from seeing dances and listening songs if you want to break the bond of samsara and move towards enlightment.

      However every action you take is a path to enlightment , sooner or later.
      May all sentient beings be happy
      mettaya

      Reply
    2. Vijay says:
      May 26, 2013 at 11:14 pm

      मलाई जहाँ सम्म लाग्छ, बुद्ध किशोर अवस्थामा हुँदा उनको राजकाज, ऐश आराममा मन जाओस, साधु नबनोस भनेर उनको मातापिता ले नै नृत्यांगनाहरुको नृत्य र मध्यपान मा ज्यादा जोड दिएका थिए ! सायद, यहि कुराले बुद्धको मन छोएको हुनुपर्छ ! तर, अहिले चाही गीत संगीत नृत्य नहेर्नु नगर्नु भन्ने चाही त्यति ब्यबहारिक देखिदैन ! किन नि सुमधुर संगीत र सभ्य नृत्य ले कसैको कुभलो गर्ला भन्ने कुरामा I do not believe someone will agree…..! कि कसो त ??

      Reply
  27. saroj says:
    May 26, 2013 at 1:57 am

    भगवान बुद्ध होस् या भगवान बिष्णु होस् या भगवान राम नै होस् या मुस्लिम धर्म को अल्लाह या येशु नै होस् . इ सबै भगवान ले हामी हरु लाइ सत्य को बाटो मा हिड्न सिकाउनु हुन्छ . मानिस ले नै हो जात धर्म सस्किरिति को कुरा गर्ने तर भगवान ले कहिले पनि त सानो जात त ठुलो जात भानु हुन्न . जुनसुकै भगवान होस् ति भगवान ले सत्य को बाटो मा हिडा भानु हुन्छा .. तर धेरै जसो कमेन्ट मा मैले पाए नि indirect
    रुपमा आफ्नो धर्म राम्रो भन खोज्नु भए को छ …….. …….

    Reply
  28. द्रोण says:
    May 26, 2013 at 12:27 am

    अनि एस संसार मा सबैले आफ्नो धर्म राम्रो भन्छ |कुरा त्यहा सम्म ठिक छ , जब तेरो भन्दा मेरो राम्रो , त् भन्दा म ठिक हुन्छ बिबाद उठ्छ ,आज सम्म इस्लाम र इसाई को झगडा ले सैयेउ मोरे न जिजस बीच मा आए न अल्लाह | मान्छे ले भगवान जन्मायो ,तेसैको को निउ मा झगडा गर्छ , नाना भाति लुगा लगाइदियो भगवान भन्दै , अनि प्रबाभ पार्ने सब्द राखेर यो मेरो भगवान ले भन्यो भन्छ |
    त्यहि मान्छे बिहोस होस् त् भगवान दिमाग बाटै हराउछ , बेहोस हुनु पनि परेन बेस्कन रक्सि धोक्दा , राम्री तरुनु देख्दा भगवान ले देख्छ भनेर सानोभाइले मान्छ ?
    राम्रो गुण लिनु ,बेस्करी मिहेनत गर्नु , स्वस्थ भोजन खानु , नियम मा हिड्नु
    सबै धर्म भनेनी जे भनेनी त्यहि हो |
    पुजारी , मुल्लाह ,पादरी ,मंक सबैलाई राम्ररि अध्यान गर्नेहो भने आम मान्छे भन्दा पापी भेटिन सक्छ |

    Reply
  29. Raj Khas says:
    May 25, 2013 at 11:24 pm

    म जन्म ले एउटा हिन्दु हु तैपनि मैले बुझे सम्म बुद्ध नास्तिक, जात पात बिरोधि र सबै भन्दा ठुलो कुरो बाहुनबाद (कर्मकाण्ड पद्दति) बिरोधि थिए | बिडम्बना, कालान्तर मा उनि नै भगवान बनाइए | बुद्ध धर्म का कारण हिन्दु धर्म मा पुग्न गएको छ्यति का कारण नै उनलाई बिष्णु को नवौ अवतार बनाइएको हो | यो एउटा बिसुद्ध धार्मिक राजनीति थियो | नत्र भने संकराचार्य हरुले बुद्ध धर्म बिरुद्ध धर्म युद्ध छेडेकै हुन् | साथी हरुले ओह माई गड भन्ने हिन्दि फिलिम मा परेश रावल लाई अन्त मा देवता बनाएको देख्नु नै भयो होला |

    अर्को कुरा, लेखक महोदय लेख्नु अघि यसो अलिकति अध्ययन गर्नु भए तपाई को लेख को मूल मर्म झन् दरिलो हुने थियो | हरेक जायज नाजायज कुरा मा छेत्री अनि बाहुन लाई दोष लाउनु त्यति मनासिब नहोला कि? नेपाल का छेत्री हरु (खस ) बौद्धमार्गी थिए | जुम्ली खस-मल्ल राज्य मा बुद्ध धर्म राज्य धर्म थियो | तपाइले अहिले पनि कर्णाली छेत्र मा तत्कालिन बौद्ध स्मारक र ओम मणि पद्मे हम लेखि बुद्ध लाई जयजयकार गरिएको तथ्य हरु देख्न सक्नु हुन्छ | अर्को कुरा, छेत्री हरु बि. स. १४५० को आसपास बाट जब कर्णाली को खस राज्य को अवसान भएर जुम्ला मा कल्याल राजा बलिराज शाही को साशन सुरु भयो त्यस पछि मात्र हिन्दुक्रित गरिएका हुन् | आगे तपाई को मर्जी !

    Reply
    1. anil pun says:
      May 26, 2013 at 4:39 pm

      राजजी को कुरा सत्य हो।पाँच सय बर्ष पुर्ब क्षेत्रीहरु बु्द्धिष्ट थिए।पछि भारतका ब्राह्मनहरु हिन्दुधर्म बिस्तार गर्नका लागि नेपालका गाँउ-गाँउ सम्म पुगेर केही गन्नेमान्ने,ठुलाठालु क्षेत्रीहरुलाई हिन्दु बनाएका थिए र त्यसपछि मात्रै खसहरुले हिन्दु धर्म मान्न सुरु गरेका हुन।

      Reply
  30. रैथाने says:
    May 25, 2013 at 10:59 pm

    साथी
    बुद्द नवौ अबतार होइन उ त् एघारौ होकी बाह्रौ हो!
    दशौ त रामावतार हो!
    तेह्रौ चाहि कल्किवातार हो तेसैले कलियुग भयको!
    यो युग कलियुग हो तेसिले अनर्थ नै बढी हुन्छ सत्य पछारिनेछ असत्यको बोलबला हुने छ भनेको हो क्या, तेस्तै त भैराछ नि होइन र?
    सायद एघारौ होला!
    बाह्रौ चाहि जिजस हुन् क्यारे
    तेह्रौ चाहि महम्मद (कल्की स्वोरुप) दुनियामा बिध्वन्स र आतंक मच्चाउने कलिअवतार पनि भनिन्छ यिनलाई!

    Reply
    1. Vijay says:
      May 26, 2013 at 11:16 pm

      कुरान पढ़नुभाको छ ? पढ्नुस अनि कमेन्ट गर्नुस !

      Reply
  31. रामलाल नेपाल says:
    May 25, 2013 at 10:22 pm

    हो हामी नेपालीहरु बुद्ध नेपालमा जन्मेको भन्ने नाताका आधारमा गर्व गरछौ न कि उहाको उपदेसमा| हामी सनातन धर्म मान्नेहरु कति ले त्रिपिटक, जातक आदि ग्रन्थको कति पेज पढेका छन् ? अब त जातक, त्रिपिटक आदि को केहि हिस्सा पढन सुरु गरौ ! अनि मात्रै बुद्ध नेपालमा जन्मेको भनेर कराउनु मा सार्थक हुन्छ ! नत्र सबै खोक्रो नारा हुने छ !

    Reply
  32. karam gurung says:
    May 25, 2013 at 9:37 pm

    लेख राम्रो लाग्यो
    सबैलाई बौधपुर्णिमाको खुसीमा सुख शान्तिको र वुद्ध नेपाल मा जन्मेका हुन् भनेर संदेश बढाऊ .
    करम गुरुङ

    Reply
  33. पुष्प says:
    May 25, 2013 at 8:42 pm

    ‘राम्रा सबै हाम्रा’ भनेरै हिन्दु धर्म सकिनेभयो । यसो भन्दाभन्दा तेत्तीस करोड देउता भइसके; अब अझै कति जोडिने हो ! शायद यसैको फाइदा उठाउँदै शैतानलाई अँग्रेजीमा ‘डेमोन’ भन्नेहरूले ‘डेमोन’लाई नेपालीमा ‘देउता’ भन्न सकेका हुन् । आफ्नो जे छ त्यसैमा दत्तचित्त भएर लागे भइहाल्यो नि ! यो मेरो, त्यो उसको भनेर किन नानाभाँती भ्रमको खेती गर्नु ! मारकाट गर्नेले गरोस्, गर्न नचाहनेले नगरे भो । किन अादर्शवान भइटोपल्नु । बुद्धले मासु नखानु भनेर भनेको पक्कै भन्नुभएको छैन । अनुचित तवरले नगर भन्नुभएको मात्र हो ।

    Reply
    1. Ramesh says:
      May 26, 2013 at 11:14 am

      कुर्तर्क को नि हद हुन्छ नि हजुर |
      हिन्दु धर्म लाइ त व्यंग गर्नु भयो भयो “बुद्धले मासु नखानु भनेर भनेको पक्कै भन्नुभएको छैन । अनुचित तवरले नगर भन्नुभएको मात्र हो ।” रे गौतम बुद्ध ले अहिले गगन थापा ले खोल्य जस्तै मासु पसल खोलेर खसी-बोका राँगा ….. लाइ करेन्ट लागाई बेहोस बनाइ
      काटेर खानु भन्या थिए होला है

      Reply
      1. bibek dhakal says:
        May 27, 2013 at 10:31 am

        कुतर्क को हद हैन यो…..
        मैले ” ठुलाबडा सम्मान गर्नु” भनेर भनेको छैन ( मैले सार्वजनिक रूपमा भनेको छैन अहिलेसम्म) को मतलब मैले मैले ठुलाबडालाई अपमान गर्नु भनेको छैन भन्नु हैन…..
        X = Y नहुदैमा X = Z हुनैपर्छ भन्या जस्तो भो तपाइको आनालोजि हेर्दा त!
        भेजिटेरियन भएर कोहि राम्रो बुद्धिस्ट हुने हैन, पक्का बुद्धिस्ट हुनलाई आवस्यक एक गुण भनेको ” माइन्डफुल ” हुने हो….
        कि भने नियम मात्र पढेर तर राम्ररि नबुझेर ” फूल” बन्ने हो
        http://www.dailybuddhism.com/archives/768

        Reply
    2. Sherchan Lopchan says:
      May 26, 2013 at 12:31 pm

      वाह वाह! यसमा चै पुष्पजीले सबैलाई पछारिदिनुभो| संधै यस्तै निस्पक्ष, मनमा गाढ्ने र अधिकांशले सहजै रुचाउन र पचाउन सक्ने कमेन्ट पस्कनुभो भने मावोवादी पक्षधरको मोफसल टयाग हटिने भो|

      Reply
      1. द्रोण says:
        May 26, 2013 at 7:01 pm

        पुश्पजी मावोबादी हैन , स्वतन्त्र बामपन्थी बुद्दिजिबि हो |
        चेतना भया

        Reply
        1. Ramesh says:
          May 26, 2013 at 9:44 pm

          अनि उहा को प्रबक्ता चै तपाइँ ? 🙂

          Reply
          1. द्रोण says:
            May 28, 2013 at 11:42 pm

            प्रबक्ता हैन, सह कम्मेन्ट कर्ता |
            उहाको कम्मेन्ट धेरै पढिन्छ तेस्लाई आधार बनाएर भनेको |
            उहा आफुलाई मदिसे भनेर उफ्रिनुहुन्छ बेला बेला मा त्यो मात्र अलि उदेक लाग्दो लाग्छ ,नत्र उहा राम्रो विचारक हो |

            Reply
        2. सागर says:
          May 28, 2013 at 10:16 pm

          बामपन्थीहरु बुद्धिजिबी हुनै सक्दैनन ! भ्रमबाट बाहिर आउनुहोस !

          Reply
          1. द्रोण says:
            May 28, 2013 at 11:48 pm

            नेपालि बाम पन्थी को हर्कत ले नेपाल लाइ ठुलो क्ष्यति पुर्याको चै छ , तर कार्ल्स मार्क को सोचाइ बिसुद्द बैज्ञानिक चिन्तन हो | बैज्ञानिक भौतिक बाद मा बिस्वास गर्ने बाम बुद्दिजिबि हरु समाज को एना हुन् |

            अब कमजोरी मार्क्क्स बिचार धारा को पनि होला , यो तुलनात्मक रुप मा भनेको |

            Reply
  34. Dig B Tamang, from USA says:
    May 25, 2013 at 8:42 pm

    बुद्धले आफुलाई कहिले पनि भगवान भेनर उपनाम थपि दिनु भन्नु भएको छैन अहिंसा करुणा भाव नै उँहाको मुख्य उपदेश हुन् | धर्मको उदेस्य आफुले आफैलाई बसमा राखनु हो अरुलाई अरुको धर्मलाई आलोचना गर्न होइन | हामी नेपाली भएर नेपाली ऐतिहासिक तथ्यहरुलाई महत्वो नदिनाले हामी आज आएर यो अवस्ता छौं | आंसु बर्माकी रानी चारुमती ले बनाउनु भएको छविलको बौध स्तुपा अझै हामीहरु समू छन्, यीनै रानीको सुपुत्री भृकुटी ताराले तीबेत्को राजासंग बिबाह गरेर तिब्बत त्यो देश थियो जनह धर्म सिकौना अक्षेर जान्ने मानिस थिएन, राजालाई भनेर तिबेत्बत मनिश भरमा पठाएर अक्षेर सिकाएर गएपछि मात्र अक्षेर्मा बुद्धका ज्ञानका कुरा लिपिबद भए र आज संसारमा तिबेती बुद्धिसम संसार भरि फैलिएको छ | हामीहरु भने आफै ठुलो आफै जान्ने सुन्ने भेयेर झन् झन् तल गिरेको जस्त्यो संसारका हर्न थाली सके | अहम भनेको बिध्वोंग्सा निम्त्याउनु हो, सालिनता सभ्य भनेको शान्ति अंगाल्नु हो |

    Reply
  35. सन्तोश संकल्प 'पान्थरे' says:
    May 25, 2013 at 8:29 pm

    किराँत राजा यलम्बरलाई राक्षस भन्ने, अनि अब हुँदा हुँदा जिसस क्राईष्ट दशौ अवतार, मोहम्मद एघारौ अवतार पनि भन्ने होला निकट भविष्यमा। अझ रोचक कुरा त यस्तो टेलिफोन त उहीले ऋषीहरुले अविष्कार गरेको हो रे, अहिलेको विमान भन्दा पहिलेनै पुष्पक विमान बनाईसकेको रे? ए बाबा यसरी पहिलेनै अविष्कार गरेको भए हिन्दुस्तानमा यो अविष्कारलाई किन स्तरोन्नतरी गरेन????? अझ हिन्दुस्तानमा त आफ्नै रकेट फ्याक्ट्री, हवाईजहाज फ्याक्ट्री हुनुपर्ने तर छैन, अहिले पनि रसियाको सहयोगबाट रकेट उडाईरहेको छ। रकेटको पाटपुर्जा चाही रसिया, जापान र अमेरिकाले बनाईदिने अनि हिन्दुस्तानमा ल्याएर एसेम्बल्ड गरेर आफुले बनाएको भन्नेर जग हसाउने काम गर्छ। अझ सौरभको भनाई अनुसार सेप्टेम्बर सप्तम, अक्टोबर अक्टम, नोभेन्बर नवम र डिसेम्बर दशम बाट परिभ्रंष भएको रे। ए बाबा!! अंग्रेजी नवौ महिना सेप्टेम्बर सप्तम भए किन यो सातौ महिना भएन त्यसैगरी दशौ महिना अक्टोबर किन आठौ महिना भएन??? सौरभ सिद्दान्त पनि आफैमा मनगढन्ते नै छ।

    Reply
    1. डिल्ली says:
      May 26, 2013 at 6:07 am

      “पान्थरे”जी केही सय वर्षको इतिहास पढ्ने हो भने कसरी धनी देशबाट गरिब बन्दो रहेछ भनेर मल्लकालीन काठमाण्डूलाई हेरेर थाहा पाउन सकिन्छ । देश धनी र गरिब बन्दो रहेछ । स्थान र ज्ञान लोप नहुने भए बुद्धकालीन लुम्बिनीका दरवार नयाँ नयाँ रुपमा बनेर लुम्बिनीमा ठडिएका हुन्थे होलान् । तर त्यस्तो नभै हाल जमीन मुनी भासिएका ऐतिहासिक महत्वका “अहिलेको भाषामा पुरातात्विक भनिने” बस्तुहरू उत्खनन् गरेर वुद्धको जन्मस्थल प्रमाणित गर्न बस्नु पर्ने थिएन । चीन र मङ्गोलिया सिमानामा अवस्थित सम्पन्नताले भरिपूर्ण खाराखोतोको अस्तित्व इतिहासको पानामा रहने बाहेक त्यसरी नामेट हुने पनि थिएन । त्यसरी नै सिन्धु घाँटी अर्थात” इन्डस भ्याली” सभ्यताको मोहनजोदडोमा पहिले ३ हजार ५ हजार १५ हजार हुँदै ५० हजार वर्ष पुरानो भनि हाल मानिएको सभ्यतामा देखिएको अन्न भण्डार र कालोपत्रे सडको अवशेष त्यसरी विकसित नभै हाल पनि उत्खनन्मा भेटिने थिएन । युद्ध, तथा ठूला ठूला प्राकृतिक विपत्तिकाकारण जुन पृथ्वीको गर्भमा भासिने गर्छन् र तिनीहरूको अस्तित्व त्यसरी नामेट हुने गर्छ ।

      Reply
    2. shshank says:
      May 27, 2013 at 3:26 pm

      Re + Search = Research मतलब search भैसकेकोलाई फेरि search गरिरहेको / आज संसारमा धेरैले research गरि रहेका छन् /

      Reply
  36. karma says:
    May 25, 2013 at 8:00 pm

    बुद्धलाई हिन्दुले मात्र नवौं अवतार मान्नु हुन्छ भन्नु भएकोमा यहाँलाई धन्यवाद किनभने कुनै पनि साँचो बौद्दमार्गिले बुद्धलाई बिष्णुको अवतार वा हिन्दु धर्मको अर्को रुप भनेर मान्दैन | येसका केहि मलाई लागेका कारणहरु यहाँ उल्लेख गर्न चाहन्छु |
    १. अन्य अवतारहरुमा जस्तो बुद्धले हिंसालाई कतै पनि प्रस्रय दिएको देखिदैन |
    २. अन्य हिन्दु मुर्तिहरु जस्तो काल भैरव वा दुर्गामा दानवलाई हत्या गरेको रुपमा भगवान लाई प्रस्तुत गरिएको छ, बुद्ध धर्ममा त्यस्तो कहिँ कतै उल्लेख छैन
    ३. हिन्दु धर्मावलम्बीहरुले बुद्ध लाइ कहिले आफ्नो ठानेन, नेपाल र भारत बाट पण्डितहरुले बौद्ध धर्मावलम्बीहरुलाई भगाएर पठाए | तापनि अन्य देशहरुमा व्यापक फैलिए पछि अहिले जस लिन भारतीय हिन्दुहरुले यसलाई विष्णुको अवतारको रूपमा ब्याख्या गर्न थालिएको हो | नत्र किन स्वामी शंकराचार्यको पालामा त्यति धेरै बुद्धका मुर्तिहरु भत्किएका थिए र बुद्धको अवशेषहरु नस्ट गरिएका थिए |
    ४. हिन्दु ब्राह्मण वा पण्डितहरुले विष्णुका कुनै पनि अवतारलाई मानेमा भेद गर्दैन थिए तर बुद्ध लाई कहिले मान्दैन थिए र अहिले उनै ब्राह्मण र पण्डितहरुले चतुराइ गरेर बुद्धलाई विष्णुको अवतार मान्न थालिएको हो |
    ५. राणाहरुको पाला सम्ममा पनि बुद्धका अनुयायीहरुलाई जेलमा राखिन्थ्यो र भिक्षुहरुलाई देश निकाला गरिने कुरा त सबैलाई थाहा नै होला |
    ६. शाहहरुको पालामा र अझै पनि लुम्बिनीलाई बिकाश गर्न सरकार खुला दिलले नमानी रहेको पनि बौद्धहरु प्रति हिन्दु धर्मावलम्बिहरुको भेद नै जस्तो लाग्छ |
    ७. प्रजातन्त्र पछि धेरै विश्वबिद्यालयहरु आए तर गिरिजाको सरकार होस् या एमालेको सिद्धार्थ विश्वबिद्यालयलाइ मान्यता दिन सरकार सधै अनकनाइँ नै रह्यो र अहिले सम्म पनि सिद्धार्थ विश्वबिद्यालयलाई खासै सहयोग गरेको छैन | तर चतुर भारतीयहरुले येसैलाई captialise गर्न ठुलो बजेट र योजनाको नालन्दा विश्वबिद्यालय स्थापना गरि सक्यो |
    ८. बुद्ध सबै भन्दा पहिला आफुलाई भगवान मान्दैन थिए र मुर्ति पूजाका बिरोधि थिए जुन हिन्दु धर्म संग मेल खाँदैन |
    ९. हिन्दु धर्मका अन्य अवतारहरुका कथाहरुमा झैँ बुद्धले खासै अलौकिक चमत्कार गरेको देखिदैन |
    १०. हिन्दु धर्ममा जस्तै भगवानको शरण लिदैमा वा भगवानलाइ पुकार्दैमा बुद्धको शिक्षा अनुसार पाप धोईदैन र कर्मको फल भोग्नु नै पर्छ |
    ११. हिन्दु धर्ममा जस्तो स्वर्ग र नरकको अस्तित्व बौद्ध धर्ममा छैन, बरु सुखावती भुवन भनेर एउतै मृत्यु परान्तको लोकको मात्रै वर्णन गरिएको छ |
    १२. हिन्दु धर्ममा जस्तो हजार वर्ष सम्म तपस्या गरेको वा दानवसंग युद्ध गरेको जस्ता कुनै आलौकिक वा हिंसाको वर्णन बुद्ध धर्ममा गरिएको छैन |
    १३. हिन्दु धर्ममा तपस्या दानवहरुले केवल भगवानसंग कुनै चमत्कारिक शक्ति प्राप्त गर्न मात्रै गरेको वर्णन गरिएको छ, जबकि बौद्ध धर्ममा ध्यान गर्नु नै सबै भन्दा ठुलो कुरा हो र यो नै मुक्तिको मार्ग हो, न कि यो कुनै फल प्राप्त गर्न गरिन्छ |
    १४. हिन्दु धर्ममा जस्तो बौद्ध धर्ममा भगवानको पूजा आजा वा भगवानलाई खुशी बनाउने कुराहरुलाई पटक्कै प्रस्रय दिइएको छैन, बौद्ध धर्ममा प्रज्ञा, शील, र आफ्नो आचरण र बिचारलाई नै प्रस्रय दिएयेको छ |

    माथि उल्लेखित र अन्य धेरै कारणहरुले म बुद्धलाई बिष्णुको अवतार मान्दिन | खासै भन्ने हो भने मैले पनि बुद्धको सहि शिक्षालाइ अझै आचरणमा परिणत गर्न सकी रहेको छैन | यदि कसैले भगवानको बुद्धलाई विष्णुको अवतार नै सहि उसको सहि शिक्षा पालन गरेमा उसैलाई नै अरहत प्राप्त हुन सक्छ |

    भवतु सब्ब मंगलम:
    सबै प्राणीहरुको कल्याण होस्

    Happy Buddha Jayanti to everyone

    Reply
  37. madan bajracharya says:
    May 25, 2013 at 7:33 pm

    मानव इश्वर बा इस्वरको अबतार जस्तै बन्न सक्दैन/ मानवले इश्वर र इश्वरको अबतारले गरे जस्तै कर्म पनि गर्न सक्दैन/ मानवले इस्वरको पुजा मात्रै गर्न सक्छ/ तर यउटा मानवले गर्न सकेको कुनै पनि कार्य अर्को मानवले पनि गर्न सक्छ/ बुद्ध मानव हुन्/ बुद्धले तथास्तु पायर जाने बुझेको थियन; मेहनत गरेरै जाने बुझेको थियो/ बुद्ध मानव हुन् र मानव बन्न प्रेरणा दिन्छ/

    बुद्ध लाई इश्वर बा इस्वरको अबतार जस्तै किन प्रस्तुत गरेको भनेर सोद्ध्दा बौद्ध भिच्छुहरुले अनुहारमा कुनै पनि भाव प्रकट नगरिकन मलाई “बुद्धको उपदेस जसले जसरि बुझ्छ मान्छ तेसरिनै बुझाउन मनाउन” भनि जवाफ दियको थियो/ यो सुने पछि औषधि खान नमान्ने अबोध बिरामीलाई औषधि खान मनाइने थरि थरि तरिका याद आयको थियो/

    Reply
  38. Bibek says:
    May 25, 2013 at 7:18 pm

    This writer madhushan seems to be borned in Buddha’s time, that’s why he knows lots of things that nobody knew before and criticise Hinduism. Mr Madhusudan, Buddha is believed as reincarnation of god bishnu only in Nepal. If u go to india or anyother Countries where people believe in Hinduism, they even don’t know Buddha is considered as reincarnation of Bishnu. We nepali worship Buddha just because we believe Buddha was borned in Nepal and we have very good relationship with all other religions and we respect all of them.

    Reply
  39. Udeep says:
    May 25, 2013 at 7:08 pm

    बुद्ध नवौं अवतर कि दशौँ अवतर जानेर के फाइदा ? जान्नु पर्ने र चिन्तन गर्नु पर्ने भनेको उनका उपदेशहरु हुन् | मैले अहिले सम्म बुद्धका कथा र कथनहरुको दरिलो नेपालीमा संगालो देखेको छुइन | नेवारीमा थुप्रो छन्, तर नेपालीमै वा अंग्रेजीमै भाको भए नि सायद धेरै को जीवन सुखद हुने थियो होला | सबैलाई बुद्धका जन्मेको भन्ने कुरा मा चिन्ता छ, उनले के भने भन्ने कुरालाई चाही खासै महत्वो दिएको देख्दिन किन हो |

    Reply
    1. madan bajracharya says:
      May 25, 2013 at 8:11 pm

      बौद्ध धर्मको मूल ग्रन्थ त्रिपतिक नेपाली भाषामा आज सम्म पनि अनुबाद गर्न नलगाउने कुनै नेता र सरकारले बुद्ध नेपाली भयको भन्नु मात्र स्वाङ्ग हो/मूल त्रिपतिक बर्माको पालि भाषामा लेखियकोछ र त्रिपतिक बुद्ध नजन्मेको देसको धेरै भाषाहरुमा अनुवादित पनि भैसकेको छ तर नेपाली भाषामा ……!!!

      Reply
      1. nimesh, BKK says:
        May 26, 2013 at 7:41 am

        लेख आफ्नो ठाउमा सहि छ . बुद्धले नभई सिद्धार्थकुमारले बुद्धत्वको लागि २९ वर्षको उमेरमा गृह त्याग गरेको हो . हिन्दु धर्मको शुरुवातको कुरा नगरी सिद्धार्थ कुमार हिन्दु परिवारमा जन्मेको भन्नु सरासर बेईमानी हुन्छ जस्तो लाग्छ . किनकि हिन्दु धर्म नभई सनातन थियो र पछि सिन्दू नदिबाट हिन्दु भएको थियो . बुद्ध कुनै देव-देवता नभई वहाँ तपाई हामि जस्तै मानव हुनुहुन्छ . त्यसैले वहांले भन्नु भएको छ कि मैले देखाएको बाटोमा हिँडनुस तपाई आफै पनि “बुद्ध” हुन सक्नुहुन्छ यो बुद्ध शब्द कुनै व्यक्तिको नाम नभई वहांले प्राप्त गर्नु भएको ज्ञान तसर्थ यस बुद्ध जयन्तिको उपलक्षमा वहांले देखाउनु भएको मध्यम मार्ग अपनाउँ र दुखबाट मुक्त हुन् कोशिस गरौँ .
        मदन जी नेपालमा पनि तिरिपितक्का धेरै ग्रन्थहरु नेपाली तथा नेपालभाषामा अनुवाद भई सकेको छ .
        पढ्ने इच्छा छ भने यसमा सम्पर्क गर्न सक्नु हुनेछ
        http://www.theravadanepal.net/books/nepali-books
        https://www.facebook.com/theravadan?hc_location=stream

        Reply
        1. madan bajracharya says:
          May 27, 2013 at 9:49 pm

          निमेषज्यु
          नेपाल भाषा अर्थात नेवारी भाषामा त्रिपतिक अनुवादित उहिले नै भैसकेको थियो/ तेस्तै बौद्ध धर्म मान्ने नेपालका अन्य जातिका भाषामा पनि त्रिपतिक को भावानुबाद भयको छ तर नेपाली भाषामै पूर्ण त्रिपतिकको (as is ) पूर्ण अनुबाद गर्नु पर्ने कुरा हिले मात्रै उठ्दैछ/ त्यो पनि निजि निकायको पहलमा सरकारको पहलमा होइन/

          लगभग सबैले बुझ्ने नेपाली भाषामा त्रिपतिक अनुबाद भै सकेको भय बुद्ध को थिय बा थियनन आदि कुराहरु उठ्दैनथ्यो/ इ गद्दी कुर्सि पद मै रुम्मल्लिने शासक र नेताहरुले गद्दी त्याग्ने गौतमको बौद्ध धर्मको कुरा मात्र “डलर र भोट” को निमित गर्छ/

          Reply
  40. Basanta Thapa,Maryland,USA says:
    May 25, 2013 at 6:35 pm

    धर्म अति संबेदनशील बिषय हो \यो बिस्वका हरेक मानब कुनै न कुनै एक भिन्न नामको धर्म बाट प्रेरित र जोडिएको छ त्यसैले सके सम्म कुनै पनि धर्म को बारेमा बोल्नु भन्दा पहिले यसको कारण बिस्वमा के भैरहेको छ र के भैरहेको छैन भन्ने बुझिनु पर्दछ \सके सम्म अरुको कुभलो नसम्झी अरुको धर्म पनि आफ्नै धर्म जस्तो महान र पवित्र हुन्छ र त्यो उसको जिबन संग जोडिएको हुन्छ भन्ने बुझिनु पर्छ ता कि यसबाट नकारात्मक पक्ष हाबी भै काटमार ,द्वेष ,सत्रुता कायम नहोस र आफ्नो मात्र धर्म ठिक र उ आफ्नो धर्म ,बिस्वास तोडी हाम्रो धर्म मा आओस भन्ने कु नियत र ब्यबहार राखिनु हुन्न \
    म पनि हिन्दु धर्मालम्बी हु \बैचारिक हिसाब ले धर्म मात्र होइन कुनै पनि सस्कार ,रितिरिवाज ,राज्य प्रणाली ,भाषा ,पेशा ,पोशाक ,खाना त्यो मानिस रहने भौगोलिक ठाउ ,अबस्था ,बाताबरण ,मानिसको चेतना ,सामाजिक संरचना र राज्य प्रणाली अनुरुप हुन्छ \ जंगली अबस्थामा कन्दमुल ,फलफुल र जनाबार बाहेक खान केहि थिएन ,लगाउन रुखका पात ,बोक्रा भन्दा अरु थिएनन \ खोज्नु ,खोस्नु ,मार्नु र बाच्नु नै त्यो समय थियो \न त कुनै धर्म ,राज्य ,बिचार त्यहा थियो \समय संगै चेतना ,सुरक्षा ,आबस्यकता संगै जमात बनाउने ,मुख्य नाइके तोकिने वा बन्ने र कसले के गर्न हुने र नहुने चलन बन्न थाले \ बिस्तारै जिबन लाइ सुब्यब्स्थित ,सुरक्षित बनाउने क्रम मा धर्म ,राज्य ,कानुन बने \यसको अर्थ कुनै पनि जिबन ,धर्म ,राज्य ,कानुन कुनै अलौकिक शक्ति ,व्यक्ति ,समुह ले बनाइएको होइन \ जसरी समय संगै कानुन ,राज्य प्रणाली सुधारिन्छन धर्म मा पनि सुधार ल्याउन जरुरि छ \ त्यो समय र यो समय धेरै फरक छ \त्यो समय मा सोचेको कुरा यो समय मा नमिल्न सक्छ \मिल्ने कुरा लिदै नमिल्ने कुरा मा सुधार ल्याउनु जरुरि छ \ कुनै पनि धर्म ,राज्य ,बिचार मानिस को हितमा बनाइएको हो \ टाठा,बाठा हरुले आफ्नो हितमा प्रयोग गरे त्यो बेग्लै कुरा हो अब यसमा सुधार हुनु पर्छ \ भेदभाब ,असमानता ,पक्षपात हटाइनु पर्छ तर म र मेरो मात्र ठिक र हित सोचिनु र गरिनु हुदैन \ समाज को हित को नाम मा आफ्नो घर परिबार छोडेर होइन संगै रहेर काम गर्न सकिन्छ \समाज र मानब को लागि हित गर्ने दरबार मा जन्मिएका को मात्र होइन छाप्रा र सडक मा जन्मेका हरुको पनि गुनगान र महत्व हुन्छ ति सबैको माहनता बराबर हुन्छ \ सम्मानमा असमानता र पक्षपात नगरौ \

    Reply
  41. Prabhat says:
    May 25, 2013 at 6:17 pm

    A good article. But I would be glad if you had given references for your article. How can one believe your article ? Can I verify some of the statements you made from more references?

    Reply
  42. डिल्ली says:
    May 25, 2013 at 6:12 pm

    परम्परागत हाम्रा अतिवादी चिन्तन बोकेर एकको अस्तित्व अर्कोले नमान्ने उग्ररुप धारण गर्यौँ फलस्वरु हामी यो उ र फलानो नाममा विभाजित छौँ । मूलतः धर्म एक आचरणसँग गासिएकोले समय देश काल परिस्थिति र परिवर्तनसँग सापेक्ष र निरपेक्ष दुबै रुपमा रहन्छ । मूल वा सार तत्व अपरिवर्तनीय रहन्छ भने बाँकी आवरणका कुराहरू परिस्थिति जन्य रहन्छन् । परिवर्तनलाई अस्वीकार गर्नु वा परिवर्तनलाई मात्र आत्मसात गर्नु दुबै अतिबादी सोच बन्छन् किनकि परिवर्तनको दुश्परिणाम समाजले भोग्न भ्याएको हुदैन ।

    अतिवादी सोचले थिलथिलो पारेको समयमा वुद्धले दिनुभएको ज्ञान अति सान्दर्भिक रह्यो जतिबेला मानिस मूर्तिपूजा, कर्मकाण्ड जातिय विभेद जस्ता कुरामा लिप्त थियो । सबै धर्मको सार असल आचरण हो र असल आचरणको आवस्यकता सर्वकालिन रहन्छ । ज्ञान र समयचक्र गतिवान हुने भएकोले मूलस्वरुप बाहेक कालखण्ड सँगै अपूरो नै रहन्छ फलतः नयाँ ज्ञानको आवस्यकता पर्छ ।

    वुद्धका मूल ज्ञानहरू अकाट्य र लोक कल्याणकारी भएकाले महात्मा वुद्धको आफ्नै भोगाइबाट आर्जित ज्ञानको आवस्यकता वहाँलाई कसैले अवतार माने पनि नमाने पनि सधैँ रहन्छ । लिला, चरित्रको व्याख्या र माहतम्यको सजिसजाउ झकिझकाउ कोसेली विज्ञापन विरोधी बुद्धले कहिल्यै चाहनुभएन । वुद्धको ज्ञानको आत्मसात गर्न र वहाँ प्रतिको विश्व जगतमा रहेको भ्रम निर्मूल गर्न देशले र देशवासी हामीले केही गर्नै पर्छ । सबैले आ-आफ्नो स्थानबाट सक्दो प्रयास गरौँ । सबैमा वुद्ध जयन्तिको पावन अवसरमा विश्व शान्ति र भाइचाराको विकास गर्ने प्रेरणा मिलोस् भन्ने कामना छ ।

    Reply
  43. neerose says:
    May 25, 2013 at 5:35 pm

    सबैलाई बुद्द जयन्तिको शुभ-कामना!
    आफुले त ध्यान गरियो अनि ध्यान बाट ब्युतेर श्रीमती संग मि लि योगा पनि गरियो!
    बुद्दको लागि यहिनै हो मेरो तर्फबाट!
    आइ लाभ यु बुद्द!

    Reply
  44. bibek dhakal says:
    May 25, 2013 at 5:22 pm

    बुद्ध एक मानिस थिए, साधारण मानिस थिए जसले “निर्वाण” प्राप्त गरे , जुन (भनिए अनुसार) प्राप्त गर्नु भनेको जीवनको र मृत्युको धेरै रहस्य हरु को उद्घाटन हुने अवस्था हो ! .एन्लाइटनड भएपछी केहि व्यक्तिहरुलाई उनले ज्ञान बाँडे…सैयौं वर्षा देखि संस्थागत भएर बसी आएको हिन्दु धर्मको बर्चस्व रहेको अवस्थामा एकाएक अय्ग्नोस्टिक ( agnostic) बिचार बाढ्ने बुद्ध को अनुयायी ह्वात्त बढे…बुद्द आफैले आफ्नो अनुयायीहरुलाई ” मेरो मुर्ति” नबनाउनु भनेका थिए रे! सायद उनको संकेत “संस्थागत धर्म”हरु प्रति थियो जसमा धर्म को मूल मर्म भन्दा पनि पुजा, विधि, रिति, रिवाज लाइ महत्व दियिन्थ्यो (जुन अहिले पनि त्यस्तै छ!)…अपसोच, उनको मृत्युपछि उनका अनुयायीहरुले पुरानै सिको गरे …बुद्धलाई “भग्वानिकरन” गरिदिए अर्थात् एक “deity” को रूपमा पुजे.पछि गएर त झन् बुद्ध धर्म “स्कूल अभ थट” हरुमा विभाजित भयो…बोन धर्म, तान्त्रिक ज्ञान आदिको फ्युजन बाट नया किसिमको धर्म निस्कियो….अब थेरावेदा को चलन हेर्ने हो भने छुट्टै छ, महायान को छुट्टै छ, वज्रयान को छुट्टै छ अनि जेन को पनि बिल्कुल भिन्न…
    अब बुद्ध का अनुयायीहरु आफै राम्ररी संस्थागत हुन नसकि छुट्टिनु पर्यो भने हिन्दु धर्मालाम्वीका केहि अजासु पण्डितहरुले बुद्धलाइ बिष्णुको नवौं अवतार भन्दा यसमा बाद विवाद गर्नुपर्ने केहि आवस्यकता छैन…धर्म को मर्म भन्दा मिथोलोजिकल फिगरहरुको चाकरीलाई प्राथमिकतामा राख्न सिकाउने अहिलेको भर्जन को हिन्दु धर्मले गर्ने भनेकै यस्तै हो .कुनै कुरा स्पष्ट पार्नुपरे “बेदमा लेखेको छ!” भन्ने यस्ता पण्डित/ पुरेत हरु हजारौ निस्किन्छन तर ति मध्ये ९९% ले जिन्दगिमा बेद पढेका हुन्नन्!
    यस्ता मध्ये कुनै एकले नै बुद्धलाइ बिष्णु को नवौं अवतार भनेर स्थापीत गरिदिए होलान.. गरून! जसले साचै ज्ञान खोज्छ उसले बाह्य साथसाथ भित्रि खोज गरेर ज्ञान हासिल गर्छ……अरु हरु किताब पढ्दै, पुजा पाठ गर्दै, माला जप्दै अनि विभिन्न अवतार को आराधना गर्दै दङ्ग पर्दै बस्छन!

    Reply
  45. dharmendra says:
    May 25, 2013 at 5:21 pm

    बुद्ध त भगवान हुन् ::/ औतारी लामा त दलाइ लाई भनिन्छ कि हो होइन र ? तर कतिऔं हो त्यो त राम जाने !!!!!!

    Reply
    1. prabin lama says:
      May 27, 2013 at 5:00 pm

      बुद्ध भगवान हैनन् र कुनै पनि भगवान मानेका हरु भगवान नै हो भनेर आकाश बट्टा झरेका छैनन् जब सम्म ग्रन्थ हरु पड्दा सबै आमाकै कोख बट्टा जन्मेका हुन र पछि कला कुसल ज्ञान बाट मनिष हरु प्रभावित भएर उसको अनुयायी भएर भगवान मानेका हुन र जहाँ सम्म बुद्ध को कुरा छ बुद्धले कहिँ पनि कुनै पनि ग्रन्थमा मा भगवान हु भनेर भनेका छैनन् भगवान को उपनाम त हामी जस्ता धेरै अनुयायी हरुले दिएका हुन् र बुद्ध लै बुद्ध हरुको सातौ अवतर मानिन्छ र गुरु रिम्पोच्छे छैटौ अवतर मानिन्छ ////

      Reply
  46. मन says:
    May 25, 2013 at 4:54 pm

    मित्रगण,
    मेरो बिचारमा बुद्ध (वा बौद्ध) धर्म होइन, यो एउटा दर्शन, व्यवहार र जीवन पद्धति सम्म हो| बुद्धले कहिले पनि आफुलाई देवता वा भगवान भनेनन्| वास्तवमा बुद्धले भगवानको अस्तित्वको संकेत नदिई उपदेश दिए| उनले भने, आफ्नै आत्मालाई सोध र सोच अनि इच्छा के हो, दुख के हो, सुख के हो र निर्वाण के हो थाहा पाउनेछौ| हिज आजको दुनियामा मानिसले आफुलाई कुनै निश्चित धर्म र निश्चित इश्वर मान्ने गरेर चिन्हित गराउने गर्छन| उबेला उग्र ब्राह्मणवादको र रुढीवादको बिरुद्ध बुद्धले चिन्तना गरे| कति ब्राह्मणहरुले अरुहरु अध्ययनबाट बन्चित भएको फायदा उठाएर संस्कृतलाई गरिखाने भाँडो बनाएका थिए| बुद्धले आफ्नो शिक्षा र उपदेश जनताले बुझ्ने सहज पाली भाषामा गरे|
    बुद्धको बाणी आजको स्थितिमा पनि उत्तिकै सान्दर्भिक छ र हामीले अंगाल्न पर्ने भएको छ जुन शुरुको बेलामा थियो|
    बौद्ध दर्शनको एउटा महत्वपूर्ण पाटा के भने तपाई जे धर्मावलम्बी भए पनि यसलाई आफ्नो धर्म परिवर्तन नगरी पनि व्यवहारमा पालना गर्न सक्नुहुन्छ|

    बिडम्बना के भने जब इन्डियाले बुद्ध त्यंहा जन्मेको भनेर लेख्छ र दावी गर्छ तब मात्र तातिञ्छौ हामी नेपाली केही क्षणलाई| बुद्ध नेपालमा जन्मेको भनेर चिनाउन हामीले के गरेका छौ?
    काठमान्डौको अन्तराष्ट्रिय एयरपोर्टलाई गौतम बुद्ध विमानस्थल भनेर नामकरण गरौ| नामाकरण नै सबै थोक होइन तर चिनाउने प्रतिक मात्र हो तर गर्नपर्ने बुद्धको संदेश र उपदेशको पालना हो|
    हाम्रा विदेशस्थित राजदुतावास र नियोग हरुले फलान दिवस र तेलाना दिवस मनाउने भन्दै लाखौ खर्च गर्छन तर बुद्ध जयन्ति मनाउने कुनै मेसो गर्दैनन्| यो सब बिष्णु अवतार राजाको र उनको आसेपासेहरुको राजतन्त्रलाई दीगो राख्ने र रुढीवादी क्रियाकलापको निरन्तरता हो| नेपाली जनताले बुद्धलाई हृदयबाटै श्रद्धा जनाउञ्छन, त्यसमा दुईमत नहोला| राजतन्त्र त्यही उग्रवादले ढल्यो| अब नेपाली जनताले बुद्धलाई पनि समान श्रद्धा दर्शाउने मात्र होइन तर ठाउँमा पनि राख्ने पनि समान अवसर पाएका छन् र त्यही अनुरुप गर्ने समय आएको छ|

    Reply
  47. yukta says:
    May 25, 2013 at 4:54 pm

    बुद्ध जन्मेको देश मा तपाई को स्वागत छ लेख्नु को साथ साथै अन्तरास्ट्रिय बिमान स्थल मा बुद्ध को ठुलो को मुर्ति राख्दा कुनै पनि बिदेशी पर्यटक नेपाल आउदा भारत ले संसार भरि बुद्ध भारत मा जन्मेको भनेर फैलाएको झुठ को खेति को पर्दाफास हुने थियो ! उत्तर तिर चिन को तिब्बत क्षेत्र पर्छ सबै तिब्बती हरु लाई थाहा नै छ बुद्ध को जन्म नेपाल मा भएको हो भनेर त्यसैले उत्तर तिर को सिमाना मा खास प्रचार गर्न जरुरत पनि पर्दैन होला अब आयो दक्षिण तिर मैले देखे अनुसार पुर्ब मेची देखि पक्षिम महाकाली सम्म को नेपाल भारत को मुख्य नाका भएको सिमाना मा नेपाल प्रवेस गर्ने मुख्य द्वार मा “वेल कम टु नेपाल” भनेर लेखेको हुन्छ ! नेपाल प्रवेस गर्ने नेपाल भारत सिमाना को प्रत्येक द्वार मा Welcome to Birthplace of the Lord Buddha Nepal लेखेर बुद्ध को ठुलो मुर्ति राखी दिए झन सुन मा सुगन्ध हुने थियो त…त त तर ………मधेसी नेता हरु को कुरा नै नगरौ उनि हरु सबैको पेट टाउको नेपाल मा दुख्यो कि 7 Race Course Road दिल्ली तिर भागि हाल्छन कांग्रेसी नेता हरु ले राजनीति सिकेको गुरुकुल त्यहि ठाउ हो बोल्ने कुरा नै भएन एमाले र ए माओबादि को अलि आशा थियो तर त्यो पार्टी पनि त्यतै तिर ढल्की सक्यो बैध समुह सत्ता मा आए हुन्छ कि ? तर बहिस्कार को नारा लगाई रहेछन !त्यसैले साथि हो ढाडे बिरालो को घांटी मा कसले घन्टी झुन्ड्याउने ? त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल र नेपाल भारत सिमाना को मुख्य नाका मा मैले माथि लेखे झैँ गरे सार्है नै राम्रो हुने थियो तर त्यो कार्य गर्नु अगाडी हाम्रा देश का नेता हरु ले एक पल्ट आफ्ना आका लाई सोधी नै हाल्छन अनि नक्कली कपिलबस्तु नक्कली लुम्बिनी बनाउने हरु ले अनुमति देलान र ? त्यसैले यी सबै हाम्रो देश को पानि मरुवा नेता हरु लाई एउटै खाल्डो मा हालेर पुर्नु पर्छ बल्ल नेपाल आमा ले पनि शान्ति को सास फेर्ने छ बुद्ध फेरि आएर यो देश मा हास्ने छ !

    Reply
  48. द्रोण says:
    May 25, 2013 at 4:52 pm

    धेरै हिन्दु हरु धर्म को सबाल मा खुला भएकोले अगाडी जे जे आयो ,फाइदा जसले दिन्छ उसैलाई देउता मान्ने प्रचलन आयो |
    जस्तो सुर्य, चन्द्र ,तुलसी ,गाइ ,राजा ,कुकुर ,साढे ,सालिग्राम ,कुश सबै जोड्दा ३३ करोड देउता भए |
    अमेरिका ,क्यानाडा ,अरब तिर बाठा हिन्दुहरु जहा ३३ करोड पहिले छदै छ २ अरु जोडौ र मान्दिए के फरक पर्छ भन्दै जिजस , र अल्लाह पनि जोडिए र चर्च र मस्जिद पनि जान लागे |
    तेसैले बुद्द धर्म त् झन् माटो कै धर्म भयो , कर्लि हेयर भएको साइबाबा , राज्निस लाइ त् भगवान मान्ने मान्छे छ पुजा गर्छ बुद्दलाई नबौ अबतार भन्दिए कुन नौलो कुरा भयो ?
    धार्मिक समन्न्वाया आउछ कि ,हिन्दु र बुद्द धर्म मान्ने हरु झगडा गर्दैन कि भनेर उ बेला सासक द्वारा सायद यो प्रयास भएको हुन् सक्छ |
    नत्र संकरा चार्य ले थुप्रा बुद्दिस्ट मारेकै हुन् ,अमर बाणा लाइ पनि मारेकै हुन् |
    अनि बुद्द धर्म मान्दैमा मासु खादैन , झुटो बोल्दैन भन्ने चै के ग्यारेन्टी ?
    कोरियेंन , जापनिज हाम्ले भन्दा बढी जनाबार खान्छ , झुटो बोल्नु मानबिय दुर्गुण हो जुन सब मा हुन्छ |

    मूल कुरा नेपाल छुटै देश भएकोले बुद्द ,सिब ,काली यहा को भएकोले यी सब मान्दा हुने |
    किन धोति लगाउने देउतै चाहिएको नेपालीलाई ??
    आचार्यजी अब गहिरिएर सोच्नुस | यो धर्म भन्ने अफिम हो भनेर मार्क्स ले भनेको नै सहि जस्तो लाग्छ |
    येदि भगवान सक्तिसाली , सर्ब्ब्यापी हो भने जिजसले मिडल इस्ट तिर जस्तो लुगा लगाउने , इन्डियाको देउताले धोति लाउने , बुद्द ले मंक हरु जस्तो लुगा लाउने , त्राइब हरुले मान्ने देउता ले उस्तै लुगा लाउने ? यो कसरि ?
    तेसैले देउता मान्छेको कमजोरी हो | देउता को शक्ति यो पृथ्बी मा भए कोइ बिल गेट कोइ कासिराम कुइकेल हुने थिएँन | आकास बाट हिउ को साटो गहुको पिठो बर्सिन्थ्यो |
    बिहानै बिहानै यो धर्म को कुरा गरेर दिमाग खराब न गर्नुस |
    धर्म मान्ने भन्यो कि तालिबान को क्रुरता आखा अगाडी आउछ |

    Reply
    1. सागर says:
      May 28, 2013 at 10:29 pm

      तपाई धर्म नमन्नुस, तर मान्नेलाई मान्न दिनुस, म्याद सकिएको कार्ल मार्क्सको तुना जोडेर अघोर क्रान्तिकारी भएको नौटंकी नगर्नुस !

      Reply
      1. द्रोण says:
        May 29, 2013 at 10:36 pm

        कार्ल माक्स को द्वन्दात्मक भौतिक बाद मान्दै मा क्रान्तिकारी हुन्छ भन्ने तपाइको गिदी मा कसले भर्दियो ?
        सबै बिज्ञान पढ्ने बैज्ञानिक बन्छ ? सबै बाइबल पढ्ने पादरी बन्छ ?
        अनि यो नौटंकी गर्ने ,सिकाउने चै यहाको पुर्खौनी पेसा हो कि ?
        सार्बजानिक मंच मा आफ्नो कुरा राख्दैमा नौटंकी हुन्छ ?
        गजब छ बा |

        Reply
  49. Kalyan says:
    May 25, 2013 at 4:50 pm

    सान्ति का दुध गौतम बुद्ध को आस्थित्व नै नरहने गरि नेता हारले देश लै खोक्रो परे

    Reply
  50. Prabin lama says:
    May 25, 2013 at 4:32 pm

    आह बुधत्त्वलाई र Buddha भारतमानै जन्मेको अनि लुम्बिनी भारत मा छ भन्ने प्रस्ट्याउने प्रचार प्रयास राम्रो छ किनकि बुद्ध शाह बंसा मा जन्मेको हो र त्यो बाहेक अरु कुनै सम्बन्ध छैन Hindu र बुधत्त्व संग किनकि बुद्ध बुद्ध धर्मकै बुद्ध हरुको सातौ अवतर Hun र जत्ति बुद्ध हरुको बयान जिबनी हरु खोज्नु छ भने सोल्टी बुद्धको किताब हरुमा खोजेर पदने गर्नु maki हिन्दु ग्रन्थमा हैन जेहोस कोस्सिस राम्रो छ बुद्ध पनि हिन्दुको अवतार मद्ध्ये पर्ने कोसिसमा

    Reply
    1. prabhat shrestha says:
      May 25, 2013 at 9:26 pm

      बुद्ध शाह बंश मा जन्मेको कहाँ पद्नुभायो , शाक्य बंश मा हो त्येसैले शाक्य मुनी पनि भानिन्छा.

      Reply
    2. Maulana Masood Azgar says:
      May 27, 2013 at 7:52 pm

      शाह बंश मा जन्म्या रे ! हाहा लिगलिग को दौड पनि बुद्द ले नै दौड्य होला होइन ?

      Reply
  51. abhi says:
    May 25, 2013 at 4:31 pm

    लेखक जिउ/ पाहिलो कुरा श्रीमद भागवतम कसै बाट लेखिएको कृति हैन/ यो भगवान शिव द्वारा माता पार्वती हुँदै पछि राजा परिक्षित जो अर्जुन को नाती र अभिमन्यु को छोरा थिए उनलाई सुक देव मुनि ले यो कथा सुनाएको थिए/ सुक देव मुनि आफै व्यास को छोरा हुन्/ पछि आएर श्रीमद भागवतम को रचना व्यास आफै ले लेखको थिये जुन कृष्ण कालिन थियो/
    निन्दसि यज्ञविधॆः अहहाश्रुतिजातम्|
    सदयहृदयदर्शितपशुघातं कॆशव! धृतबुद्धशरीर!

    अर्थात् भगवान नारायण कलि को सुरु मा बुद्ध अवतर को सरिर धारण गर्नु हुन्छ/ भगवान विस्नु को कलि अवतर यो कलि युग को अन्तिम अवतर हो भनेर पनि बर्नानन गरिएको छ/ लेखक जिउ बरु अलि येसो वेद /उपनिसाद तिर पनि आँखा लगाउने हो कि/ आइले को आणविक हतियार देखि लिएर 9 /1 .8 को फर्मुला सब वेद मा छन्/ एक चोटी BBC को documentry youtube मा हेरम है/
    अनि लेखक जिउ तपाईं को लेख मा तपाईं सारै कर्म काण्ड गर्नु हुन्छ भनेर भन्नु भाको रहिछ पढेर खुशी लग्यो/ जे होश विस्वास उठिसकेको छैन रहिछ /

    Reply
    1. sunil adhikari says:
      May 26, 2013 at 12:05 pm

      BBC को documentry youtube को लिंक पनी दिम्म न साथी !!!!!!!

      Reply
    2. Bibek Dhakal says:
      May 26, 2013 at 1:24 pm

      स्टिफन हकिन्सको चर्चित कृति “ब्रीफ हिस्ट्री अभ टाइम”मा एउटा रमाइलो प्रसङ्ग छ….प्रसिद्द गणितिग्य र दार्शनिक बरत्र्याण्ड रसेल (bertrand russel) ले एकपटक खगोल्साश्त्रको बारेमा लेक्चर दिदैं थिए रे .. उनले त्यहाँ पृथ्वी कसरि सुर्य को वरी परि घुम्छ , सुर्य आफैले पनि आफ्नो निश्चित वृत्तमा कसरि परिक्रमा गर्छ अनि तारपुंज भनेका के हुन् भनेर व्याख्या गरे रे …उनको लेक्चारको अन्तिम अन्तिम आइपुग्दा एक आइमाई जुरुक्क उठेर रसेललाइ भनिन रे ” के नचाहिने कुरा गर्छु तिमि? यो पृथ्वी त एउटा चाक्लो थाल माथि बसेको छ र त्यो थाललाइ कछुवाहरुले थामी रहेका छन्!! ” … रसेल ले मुसुक्क हास्दै ति आइमाईलाइ प्रश्न गरे रे – ” अनि ति कछुवाहरुलाइ चाही कसले थामेका छन् नि? ” यसको जवाफमा ति आइमाइले उत्तर दिईन रे – ” ओहो, तिमि खुब चलाक सम्झिञ्छौ है आफुलाई? ति कछुवाहरु त माथि देखि धेरै तल सम्म छन् ~!!!”
      त्यो आइमाइलाइ दोष दिन मिल्दैन …किनकि २१औ सताब्दिमा त् हामि कुनै ग्रन्थको मिथोलजिकल कुराको हवाला दिएर कुरा गर्छौं भने ति आइमाइले त २० औ सताब्दीको सुरु अघि तेसो भनेकी हुन!

      Reply
  52. anil pun says:
    May 25, 2013 at 4:27 pm

    गौतमबुद्धका ज्ञान-दर्शनले बिश्व चर्चा पाए पछि मात्रै हिन्दुहरुले बिष्णुको नवौ अवतार भनेर लेखेका हुन।भारतिय हिन्दुहरु धेरै बाठा थिए त्यसैले बुद्धलाई हिन्दु धर्मको नवौ अवतारकोरुपमा चित्रण गरि दिए।तर नेपालका अधिकांश हिन्दु धर्म गुरुहरु सार्है अतिबादी र संकोचित भावनाका थिए त्यसैले पनि बुद्ध धर्म नाश गर्न हजारौ बौद्धग्रन्थ र गुम्बाहरु नाश गरे।त्यसैले पनि सात समुन्द्रपारी सम्मका मान्छेले बुद्धको पूजा गरिरहँदा नेपालमा बुद्धको ‘ब’ सम्म थाहा नभएकाहरु धेरै छन।थाहा भएकाहरु पनि थाहा नभएझै मौन छन।

    Reply
  53. उपासक उदास says:
    May 25, 2013 at 4:27 pm

    मधुसुदनजीको सुझबुझपूर्ण लेख निकै हद सम्म सराहनीय लाग्यो . यसमा केहि कुराहरु थप्न भने पर्छ है – १. बुद्ध पछि रचिएका पुराण हरुमा उनको सिक्षा त परै , निन्दा मात्र नगर्दिए पनि ठुलो गुण हुन्थ्यो , जुन भएन . २. ‘अग्नि’ र ‘स्कन्द’ पुराण मा तिनीलाई दैत्य कुलमा जन्मेको ‘नास्तिक’ भन्दै सबै लोकलाई मोह विमूढ पार्ने भनी बताएको छ. ३. यसको कारण ‘चातु आर्य सत्य’ वा ‘दश पारमिता’ मात्र होइन. ४. मुख्य कुरो , ” जातिले कोहि व्राह्मन वा चान्दाल हुँदैनन् , कर्मैले मात्र मान्छे को पहिचान हुन्छ ” भन्ने क्रान्तिकारी सिद्धान्त थियो .

    Reply
  54. bhabin manubanshi says:
    May 25, 2013 at 4:17 pm

    बुध्ह क कसको अवतार हुन् वा होइनन भन्ने कुरामा जोड दिन आवश्य्क लाग्दैन र हो जस्तो पनि लाग्दैन . हर मानव इस्वोरको सन्तान हुन् ,तेसैले उनको अंश हामी सबैमा छ . तेसैले महतो पूर्ण कुरा भनेको त्यो अंश तत्वोlai चिन्नु, जान्नु ,जागृत गराउनु र मान्नु huncha. जो काम गौतमले गर्नु भो र बुध्ह बन्नु भो. आजको सन्दर्भमा उहाको gyanaharulai पालना गर्नु नै हामी नेपाली तेस्मा पनि मान्छे हुनुको गौरब हुने छ.उहा पर्तिको सच्चा भाव हुनेछ.

    Reply
  55. Elitzat Khan says:
    May 25, 2013 at 4:04 pm

    मैले बुझेको अनुसार धर्म भनेको मानब मात्र लाइ सत्मार्ग देखाउने बाटो मात्र हो,धर्म न हिन्दु /न त बौद्ध न त जैन .मुस्लिम नै हुन्छ धर्म त स्वभाव हो एसको रुप रंग कहिँ पनि हुन्दैन र जात पनि हुन्दैन त्यसैले सबै धर्म को राम्रो सार लाइ हामीले स्वीकार गरेर बास्तविक रुप मा जीवन मा लागु गर्नु नै धर्म हो जस्तो लाग्छ/-

    बुद्ध ले संसार को बास्तविकता लाइ
    हामीले अफ्फैले
    अनुभव गर्नु पर्छ भनेर बिप्पस्यना सिकाएर जानु भए को छ/
    अहिले मानिस हरु धेरै नै धार्मिक गुरु हरु को पछि लागेको देखिन्छ हामीले बुझ्नु पर्चा कि स्वयेम अफ्फई ले बाहेक अरु कसैले पनि हामीलाई मुक्ति दिन सक्दैन/
    दुख मुक्त हुने हो भने आफ्नो लागि अफ्फैले मन लाइ बस मा परेर संसारिक राग/मोह बाट अल्लागे हुने कोशिश गर्नु पर्छ अनि मात्र मुक्ति को बाटो मा हिड्न सकिञ्छ/-

    त्यसैले भनाइ मा र लेखी मा टाउको दुखाउनु भन्दा स्वयेम मुक्ति को बाटो खोज्ने नै संसारिक धर्म हो जस्तो लाग्छ/-

    बुद्ध जयन्ति को उप्लाछ्या मा सबै को कल्याण मंगल होस् भन्ने कामना गर्दछुं/-

    Reply
  56. रामलाल नेपाल says:
    May 25, 2013 at 3:26 pm

    हिन्दु खासमा फारसी शब्द हो| फारसी तिनीहरु हो जो हाम्रा बेद ग्रन्थमा असुर भनेर हामीलाई चिनाएका छन्| फारसीहरु ग्रन्थमा हाम्रा देवता इन्द्र आदि लाई दुस्ट भन्छन! असुरहरुले हामीलाई हिन्दु भनेकाले हामी हिन्दु भएको त? २५०० वर्ष पहिले हिन्दु भन्ने शब्द कहिँ उल्लेख गरेको छैन यो बुझ्नु जरुरि छ! त्यस्तै २५०० वर्ष पहिने बौद्द्द धर्म पनि भन्दैन थियों, सिर्फ धर्म भनिन्थ्यो यो पनि बुझ्न जरुरि छ! अब बुद्ध हिन्दु जन्मेको आदि कुरा को के मतलब रहनछ र! बाकी कुरा आफै मनन गर्नुस!

    Reply
    1. raghubir says:
      May 25, 2013 at 11:49 pm

      कुरो राम्रो झिक्नु भो। हिन्दु भनेको सिन्धु हो फारसीमा, सप्ताह भनेको हप्ता भए जस्तै – वैदिक भाषाका स हरु पुरानो फारसीमा ह हुन्छ। वैदिक भाषा र पूर्वी फारसको अवेस्तान भाषा – दाजुभाई भाषा थिए – एउटा बोल्नेले अर्को बुझ्न सक्थ्यो। भाषा मात्र होइन , ५ हजार वर्ष अघि यी दुइ संस्कृतिका धर्म पनि लगभग उस्तै थियो – तर समय चक्र संगै यो परिवर्तन हुँदै गयो र पछिको समयमा गएर फारसी धर्ममा देव र असुर को अर्थ नै फरक पर्न गयो – इन्द्रलाई उनीहरु ‘देउव’ भन्थे तर ‘देउव’ भन्नाले वैदिक भाषाको देव जस्तो असल गुण भएको नभइ दुर्गुण भएको देवता भन्ने अर्थ लाग्न गयो – यति हुँदा हुँदै पनि फारसीहरुले ‘देउव’ हरुलाई सम्मान नै गर्थे किनभने ‘देउव’ हरु देवताकै प्रकार थिए – तर अझै समय बित्तै जाँदा ‘देउव’ को अर्थ झन झन नकारात्मक हुँदै गयो र Middle Persian हुँदै Modern Persian सम्म आइपुग्दा यो शब्द ‘दिउ’ बन्न गएको छ , जुन आजको इरान – अफगानिस्तान तिर ‘दिउ’ भन्नाले राक्षस,दैत्य भन्ने अर्थ लाग्छ। तर – आजको इरान अफगानिस्तान मा इस्लाम धर्मको पुरै प्रभाव छ अहिले – तसर्थ यी पुराना देव वा असुरको खासै महत्व छैन ‍- तथापी ‘दिउ’ शब्द आजकै इरानमा पनि पुर्ण नकारात्मक शब्ध भने होइन ‍- जस्तै इरानका ठुला कवि मोहम्मद ताक़ी बहार ले इरानकै सर्वोच्च शिखर ‘दमावान्द’ को बारेमा कवितामा लेखेका छन् – ए दिवे सेफिदे पाई दार बन्द, ए गोन्बादे गिती, ए दमावान्द । अर्थात ‘ ए सेतो देव, तिम्रा पद छन् बन्द, ए संसारको गुम्बज, ए दमावान्द’ ।

      Reply
      1. रामलाल नेपाल says:
        May 26, 2013 at 8:23 am

        इन्डो-युरोपियन भाषा युरोप, टर्की, सिरिया, मथ्य एशिया, इरान, अफगानिस्तान, पाकिस्तान, भारत सम्म बोलिने साझा भाषा हो! बेद ग्रन्थमा असुरहरु (इरानी, असेरियन अथवा सिरियावासी) हाम्रा पुर्खा लाई निक्कै कस्ट दिन्थ्यो झैँ झगडा गर्थ्यो| आर्यनहरुको स्त्री सम्पति आदि लुटेर लाग्थ्यो! पछि इन्द्र देवले असुरहरुको समन गरेको थियो! यो ५००० वर्ष पहिलेको कुरो हो जुन बेला हाम्रा पुर्खा असुरहरुलाई राक्षस दैत्य नै भन्थ्यो ! तर तपाई भने ५००० वर्ष अघि असुर र हामी दाजु भाई थियो भन्नु हुन्छ यो त एकदम नौलो इतिहास लेख्नु भयो नि| कहाँ पढेको होला तपाइले|

        Reply
        1. raghubir says:
          May 26, 2013 at 1:15 pm

          कुरो त्यही हो रामलाल जी, जुन मैले लेखें। पहिले एउटै सभ्यताका अनुयायी समय र दुरीका कारणले फरक हुँदै गएको हो। सिरियन वा असिरिन भनिने हाल अरबी हुन ; पहिले Armaic भाषा बोल्ने थिए – उनीहरु इन्डो युरोपियन भाषा बोल्ने होइनन्, पहिले पनि थिएनन्, आज पनि छैनन्। उनीहरुको भाषा अफ्रो एसियाटिक समुहमा पर्छ जसलाई सेमेटिक समुह पनि भनिन्छ। तर इरान चाहिं इन्डो युरोपियन भाषा संस्कृतिकै अंग हुन्।
          हाम्रा अधिकांस ऐतिहासिक तथ्यमा अलिकति Bias छ – यी तथ्यहरु बिभिन्न समयका भारतिय विद्वानहरुले खोतलेका र लेखेका हुन् – जहाँ उनीहरु संसारको साह्र संस्कृतिको जग भारतवर्ष हो भन्ने भावनाबाट प्रेरित छन् – त्यसैले यो विचारलाई टेवा दिने तथ्यलाई बढी बढाइचढाइ गर्ने, यो भन्दा फरक देखिने तथ्यलाई नदेखाउने खालको लेखाई बढी भेटिन्छ।

          Reply
    2. abhi says:
      May 26, 2013 at 4:15 am

      तपाईं ले हिन्दु लाई फराशी बाट लिएको सब्द हैन/ सिन्दू नदि को तीर मा INDUS VALLEY को सब्यता बसेको थियो/ हामी सब लाई सनातन धर्म को अनुयाई आर्य भानिथ्यो / पछि INDUS बाट HINDUS हुँदै हामी हरु लाई हिन्दु भनिन थालियो/

      Indus valley बाट सुरु भएर हाम्रो धर्म लगभग लगभग पुरा प्र्थिवी ढाकेको थियेओ/ जस्तै थाइलेडं/ इन्डोनेसिया /बर्मा / cambodia / साउदी अरब /

      THAILAND को पुरानो नाम अयोध्या हो भनेर धेरै लाई था न हुन सक्छ/ पछि मुस्लिम हरु को तरबार को धार को डर ले पुरा अफगानिस्तान/ पाकिस्तान/ भारत को आधा मानिस / सम्पूर्ण अरब देश/ इन्डोनेसिया मुस्लिम मा परिवर्तन भए/ आजै यो बढो छ/ LONDON मा 2011 मा बच्चा हरु को सब भन्दा बढी नाम मुहम्मद राखिएको थियो/

      Reply
  57. धर्म says:
    May 25, 2013 at 3:22 pm

    बुद्धका उपदेश मान्ने नै हो भने जिव जन्तुको हत्या नगर्नु, नमार्नुलाइ किन मात्रै वली पुजा संग मात्रै जोड्ने ? बुच्चर खानामा गरिने पशुको हत्याको के कुनै मुल्य हुदैन ? बरु पुरा देश नै शाकाहारी देश बनोस नि |

    Reply
    1. karma says:
      May 25, 2013 at 7:25 pm

      किनभने बली भगवानलाई खुशी बनाउने नाममा दियिन्छ र शायद त्यो भगवान कतै छ भने निर्दोष प्राणीको हिंसा आफ्नै मुर्ति अगाडी गरेकोमा अबस्य रोइरहेको हुनु पर्छ |

      Reply
    2. madan bajracharya says:
      May 25, 2013 at 8:04 pm

      धर्मज्यु

      अरु धर्ममा गरियको अहिंसाको व्याख्या र बौद्ध धर्ममा गरियको अहिंसाको अर्थ फरक छ/ बुद्धले प्राणीको हिंसा नगर भनेको अर्थ अनाबस्यक तरिकाले उपभोग सकलन गरेर अरुको बाच्ने अधिकारमा असर पर्ने काम नगर्नु भनेको मात्रै हो/ सकाहारिनै बन्नु भनेको होइन/ प्राणीको हिँसा नगर्नु भनेको कुरा मासु मात्रै खायर बाच्ने बा मासु खायामा मात्रै बाच्न सकिने प्राणि र अबस्थामा पनि लागु हुन्छ/ बाघले घाँस खाँदैन र घाँस खुवायर बाघलाई जीवित राख्न पनि सकिंदैन/ बाच्नकै निमित मात्र अरु जनावर मारेर खाने बाघ बा कसैलाई हिंसक पनि भनिंदैन/

      Reply
  58. sherpa ang says:
    May 25, 2013 at 3:20 pm

    बुद्ध कसरी नवौँ अवतार ?भन्ने तिर किन …हामी बुद्ध को सन्देस लाई आधुनिकरणको साथै आधुनिक ढंगले सम्पूर्ण विश्वसामु पुर्याउनु हाम्रो कर्तब्य हो l यसैको कमीले छिमेकि देस
    धोति हरुले फाइदा उठाउंदै छन् , आफ्नो धर्मलाई सम्मान पाउन अर्काको धर्मलाई सम्मान
    गरौ र बुद्ध हिन्दु परिवारमा जन्मेको भनि प्रचार गर्नु उचित जस्तो लागेन l किनकि यो धर्ममा
    गासिएको प्रस्न हो l

    Reply
  59. Bashanta Raj says:
    May 25, 2013 at 2:36 pm

    म पनौती को एक बासिन्दा हु यहाँबाट दश किलोमीटर पूर्वमा नमोबुद्ध गुम्बा छ यसको बिसयमा एक कथा छ कुनै समयमा पनौतीमा एक राजा थीए उनका ७ छोराहरु थीए ती छोराहरु म:धे कान्छा हिंसा बिरोधी थीए/ हरेक शुक्रबर ती राजा र उनका छोराहरु शीकार खेल्न जाने गर्दधे/ यसक्रममामा बुद्ध पुर्णिमाको दिन ति राजाका छोराहरु शिकार खेल्न गय/ यसै क्रममा शिकार खेल्दै जादा उनीहरु खोर जंगलमा पुगे/ ती मधे कान्छा राजकुमार अरु भाइहरु संग बिछोड भयर जंगल हराए/ ति कान्छा राजकुमार घोडा मा थिए/ घोडाबाट उत्रीएर घोडालाइ छाडीदीए/ किनभने उनको विचार मा जनावरलाइ दुखः दिनु हुन्न भने विचार थीयो/ तसर्थ उनले घोडालाई छाडे/ उनि पैदल बनमा हिडन थाले/ तेसक्रमा बनमा उनले एउटा बघॆनि चित्तेल ७ ओटा भर्खर जन्मियको डमरुसंग घायल अवस्थामा थीयो/ उनलाई त्यो देखेर दयाजागेर आयो/ उनले त्यो बघॆनिलाई उदार गर्ने विचार गरे/ उनि आफै हिम्सा बिरोधी थीय/ उनले बनमा भयको निगालो जातको बास भाचेर आफ्नो तिघ्रा को हिसा काटेर बघॆनिलाई खुवाउनु भयो/ अनि आफ्नो प्राण दान गरेर उत्त बघिनी को प्राण बचाउनु भयो/ पछि उनका बाबा र भाइहरु उनलाई खोज्दै आय/ कतै नपाय पछि आखिरमा एक मानब कंकाल भयको ठाउँमा आएपुगे/ नजीकै राजकुमार को पोसाक देखेपछि उत्त कंकाल राजकुमारको हो भन्ने थाह भयो/ यस घटनाबाट राजा र उनको परिवार मा शोक छायो/ पछि तिनै राजकुमार को सम्झनामा स्तुप्पा बनाईयो/ ति राजकुमार बुद्ध को अमिताव अवतर थीयो/ उत्त ठाउँलाई हाल नमोबुद्धको नामले चिनीन्छ/ यो ठाउँ काभ्रेजील्लामा पर्छ/ आजको पवन बुद्धजयन्तिको अबसरमा यो ठाउँ घुम्म जाउ अनि बुद्धप्रती आफ्नो सद्भाव र अस्स्था प्रकट गारउ/ बुद्धम शरणम गस्छ्यामी/ धमंम शरणम गस्छामी/ ओम नमो बुद्धाया: नम:ह/

    Reply
  60. suresh says:
    May 25, 2013 at 2:21 pm

    It’s Charles Darwins theory and nothing else:
    Ten Avataras;
    1. Fish: Life started in water
    2. Tortoise /turtle: half life in water and half in land
    3. Wild boar : Animal instinct
    4. Nar-simha: Half animal instinct and half human instinct
    5. Bamana: Dwarf Human (Total human, height about to get progress)
    6. Parshuram: Stone/ Age or Age of Axe? Barbarian period
    7. Ram: Age of bow and arrow
    8. Balram? : Age of Plough ( Balram is debated incarnation)
    9. Krishna: Intelligence
    10. Buddha? : Intelligence, peace and love (buddha is debated incarnation)
    11. Kalki: Comet attack on Earth ( They explain kalki is a dark complexion human on running high speed white horse with long and shinning sword)

    Some says Mohammad as Kalki cause he had white horse and had sword to destroy enemies.

    These are just fun stuffs, i know nothing in detail 🙂

    Reply
  61. राम चन्द्र says:
    May 25, 2013 at 1:57 pm

    सबै भन्दा पुरानो धर्म हिन्दूहो तर हामी भने यही धर्मलाई नस्ट गर्दै छौ । बुद्ध कुनै अबतार होइनन ज्ञान प्राप्त गरे प्राप्त ज्ञान लाखौ लाई बा डे सबै लाई मन पर्‍योअनी बुद्ध धर्म तिर लागे मान्छे । यदी ओन्लाई अबतार मन्ने भये राम्देव काम देव , ओसो साइबाबा सबै दसौ एघारौ बारौ …….
    अबतार मान्ने त ?

    Reply
    1. sabi` says:
      May 25, 2013 at 6:40 pm

      राम चन्द्रे जी को कुरा मा म पनि सहमत छु है. बुद्ध अवतर भए म पनि सत्त्रोउ i mean 17th अवतार तिर पर्छु होला अनि ओसामा बिन लादेन 18th , barrack ओबामा 19th कि कसो ???. बुद्ध एक पढे लेखेका मानब हुन्. बूद्धिस्ट भनेको बुद्ध लाई idol मान्ने मन्छे हरु हुन्.

      Reply
    2. Prabin lama says:
      May 26, 2013 at 6:27 am

      सोल्टी राम Krishna स्याम सबै मनाब्नै थियो उनीहरु पनि मा भगवान है भनेर आकाश बाट झरेका थिएनन् सबै आमाकै कोख बाट janmeko थियो सबैले आफ्नो आफ्नो कला ज्ञान बुद्धि ले सबैको मन जितेरनै पछि bhagawan मानेका Hun र नापत्यौदो कुरा चै के छ भने Hindu भगवान हरु को बखान सारै napatyaudo चमत्कारी हरु अनि कट मार धेरै अब Bali chad aune रगत खाने पनि कहिँ bhagawan हुन्छ !!!,,,,,स्मरण रहोस सबै सास फेर्ने जीव जति bhagawan ko रचयिता हो तेसैले आफ्नो रचनाको रगत खाएर कुनै भगवान खुसि हुन्छ भने त्यो हिन्दु मा मात्र छन्

      Reply
  62. Samir Joshi,Dhankuta-5 says:
    May 25, 2013 at 1:21 pm

    जहाँ छन बुद्धका आँखा,स्निग्ध शान्त र सुन्दर।
    त्यहाँ छ शान्तीको छेत्र मेरो राष्ट्र मनोहर।
    प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता।
    झुल्किन्छ ममता मेरो भाव गंगा जता जता।

    माया नेपालको लाग्छ, नेपाली इतिहासको।
    माया प्रकृतिको लाग्छ, कला भाषा र भेषको।
    पुर्खाको मन्त्र यो जप्छु चौतारी मा बसी।
    जननी जन्म भुमिस्च स्वर्गादपि गरियसी।
    जहाँ छन बुद्धका आँखा।

    छ ठुलो चाहना मेरो आमालाई हसाउने।
    सर्बोच्च सिखरबाट बिस्वशान्ती चिनाउने।
    यहि प्यारो मित्रिका माथि पौरखी बनिकन।
    पार्छु यो चाहना पुर्ण गरि देह समर्पण।

    जहाँ छन बुद्धका आँखा,स्निग्ध शान्त र सुन्दर।
    त्यहाँ छ शान्तीको छेत्र मेरो राष्ट्र मनोहर।
    प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता।
    झुल्किन्छ ममता मेरो भाव गंगा जता जता।

    २५५७ औं बुद्धजयन्तीको अवसरमा सम्पूर्ण नेपाली दाजु-भाई दिदि-बैनीहरुमा आपसी हत्या,हिंसा,दव्न्द त्यागी भाइचाराको रुपमा चार बर्ण,छतीस जातको साझा फूलबारीमा सम्पूर्ण नेपाली अटाउना सक्ने गरि अघि बडी सफल सम्बृद राष्ट्र निर्माण गर्न बुद्धले देखाएको बाटोमा लाग्ने प्रेणा मिलोस बुध्दजयन्तीको सबैमा हार्दिक मङ्गलमय शुभकामना ।
    “चक्कु काक्रोमाथि खसे पनि काक्राचक्कु माथि खसे पनि आखिरमा काटिने त काक्रा नै हो।” मनन गरौ !!!!!

    Reply
  63. राम राज says:
    May 25, 2013 at 1:06 pm

    मित्र,

    महात्मा गौतम बुद्ध प्रति मेरो अगाध सम्मान र श्रद्धा छ | बुद्धमार्ग आफै मा अनुकरणीय र सम्मानीय छ | तेस्तै गरि हिन्दु धर्म या बैदिक सनातन को आफ्नै महत्यो छ | यी दुइ धर्ममा धेरै कुरा साझा छन् साथै अनुपम सहिष्णुता छ | यहा ले यस लेख मा तपैकै शब्दा मा बुद्धका राम्रा पक्ष र हिन्दुका नराम्रा पक्षबारे मेरो आफ्नो निजी विचार “..बुद्धका राम्रा पक्ष र हिन्दुका नराम्रा पक्षबारे मेरो ….” भन्दै तुलना गर्नुभएछ | यी बीच तुलना गर्ने र प्रतिस्पर्धा गराउनु उपयुक्त नहोला |

    Reply
  64. subba Vishwakarmar says:
    May 25, 2013 at 1:00 pm

    बुद्धं शरणं गच्छामि। धर्मम् शरणं गच्छामि। संघं शरणं गच्छामि।
    बुद्धं शरणं गच्छामि। धर्मम् शरणं गच्छामि। संघं शरणं गच्छामि।
    बुद्धं शरणं गच्छामि। धर्मम् शरणं गच्छामि। संघं शरणं गच्छामि।
    बुद्धं शरणं गच्छामि। धर्मम् शरणं गच्छामि। संघं शरणं गच्छामि।
    बुद्धं शरणं गच्छामि। धर्मम् शरणं गच्छामि। संघं शरणं गच्छामि।
    बुद्धं शरणं गच्छामि। धर्मम् शरणं गच्छामि। संघं शरणं गच्छामि।
    बुद्धं शरणं गच्छामि। धर्मम् शरणं गच्छामि। संघं शरणं गच्छामि।

    Reply
  65. rosi says:
    May 25, 2013 at 12:45 pm

    मत्श्य कुर्म बराह हस्त्चा नसिम्घा छ बमन, रमा रामेस्स्स्चा क्रिश्नाचा बुद्ध कल्की तथई वच .
    बुद्ध कल्की तथई वच भनेको के बा भन्दा , बुद्ध र कलि चै अवतर हो के होइन पुस्टि भएको छैन वा था छैन भनेको भन्नु हुन्थ्यो, संस्कृत आउने साथी हरु ले येसो बताई दिनु हुन्थ्यो की

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme