Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टेलिकम कम्पनीले चाहे बाढीपीडितलाई क्षणभरमै करोडौँ सहयोग उठाइदिन सक्छन्

Posted on June 23, 2013 by mysansar

-विरोध कट्टेल-

यतिबेला देशका विभिन्न स्थानहरुमा बाढी पहिरोले थुप्रै मानिसहरुको उठिबास भइरहेको छ। कसैको घर बाढीले बगाएको छ त कसैको पहिरोले पुरिदिएको छ। कतिले आफ्नो आफन्त गुमाउनु परेको छ त कतिले खुल्ला आकासमुनि रात बिताउनु पर्ने बाध्यता परिरहेको छ। यस्तो अबस्थामा देशबासीका नाताले अथवा मानवताको नाताले एक ठाँउको दुखलाई अर्को ठाँउका जनताले महसुस गर्न सक्नु पर्दछ । सहयोग भन्ने कुरा नै दुख र अभावमा गर्नु पर्ने हो । सबै ठाँउमा सरकारको मुख ताक्ने वानी छोड्नु पर्छ । उसै त सरकारको प्रक्रिया नै लामो हुन्छ त्यही माथि नेपाल जस्तो कमजोर सरकार भएको देशमा सरकार जनता प्रति जनताले आशा गरे अनुशारको उत्तरदायीत्व निभाउन असक्षम नै छ । तसर्थ यस्ता प्राकृतिक प्रकोपले निम्त्याएको बिपत्तीमा सम्पूर्ण देशबासी संकट समाधानको लागी जोडिनु पर्छ ।

तर जोडिने कसरी ?

सबै जनता सँकटग्रस्त क्षेत्रमा पुग्न सम्भब हुदैन । प्रभावित क्षेत्रमा पुगेर मात्र पनि समस्याको समाधान हुने होईन । उजाड भएको घरबार र आफन्त गुमाएकाहरुलाई सहयोग गर्नु सबै देशबासीको कर्तब्य हुन आउछ । विपत्ती भनेको सधै एउटैलाई आइपर्ने कुरा पनि होइन र बाजा बजाएर आउने कुरा पनि होइन त्यसैले सहयोगको सँस्कार बसाल्न सके प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई केहि हद सम्म भएपनि राहतको महसुस गराउन सकिन्छ र त्यो गर्नु नै पर्छ ।


सहयोग भनेको आँफू सँग भएको र आँफुले सकेको जति गर्ने हो जुन देश ब्यापीरुपमा जोडीदै जाँदा ठूलो बन्न गई पीडित पक्षलाई झनै ठूलो महसुस हुन पुग्दछ । विभिन्न सँघ सँस्थाहरुले सहयोगको लागी चन्दा सँकलन कार्य गरीनै रहेका छन् । कतिपयले दिइरहेका छन् त कतिपयले दिने क्रममा छन् भने अधिकतम ब्यक्तिहरुले चाहेर पनि सहयोग दिन सकिरहेका छैनन् । सहयोग हो, तर पनि न्युन रकम सहयोग गर्नको लागी देशका कुना काप्चामा रहेका जनताहरुले चाहेर पनि सम्बन्धित पक्ष अर्थात पीडित पक्ष सम्म पुर्याउन सकिरहेका छैनन् । रेडियो टिभि तथा पत्रपत्रिकाहरुमा विभिन्न सँघ सँस्थाहरुको पहलमा बाढीपहिरो पीडित सहयोगार्थ रकम उठाइरहेको जानकारी आइरहेको हुन्छ । २-४ लाख सहयोग जम्मा गर्न ती सँस्थाहरुले धेरै नै कसरत गर्नु परीरहेको छ । त्यस्ता सँस्थाहरुमा हजार भन्दा कमको सहयोग दिनको लागी कोहि जान तयार वा सक्षम पनि हुदैनन् तर हजार होइन सय वा त्यो भन्दा कम सहयोग गर्ने इच्छा र क्षमता बएका जनताहरु लाखौको सँख्यामा छन् । देशका जनताको त्यस्तो पीडा देख्दा देशका अरु सबै जनतालाई आँफुले सकेको सहयोग गरुम् भन्ने भावना जो कोहिलाई पनि पैदा हुन्छ नै । मनाङको कुनै एक बासिन्दाले दार्चुलाको बाढीपीडितलाई सहयोग गर्न चाहयो भने त्यो पनि आफ्नो क्षमता रु १ देखि रु १०० वा त्यो भन्दा माथिको रकम, उसको सहयोगको ईक्षा रहरमा मात्र सिमित हुन पुग्छ । उसले सहयोग गर्न चाहेको १०-१५ रुपैयाँ सम्वन्धित पीडित पक्ष समक्ष पुर्याउन नै सहयोग रकम भन्दा धेरै खर्च हुन पुग्छ तसर्थ उसको सहयोगको भावना मरेर जान्छ अर्थात सहयोगको इच्छा हुदा हुदै पनि सहयोग गर्न सक्दैन । यस्ता चाहेर पनि सहयोग गर्न असक्षम भइरहेका जनता देशमा लाख होइन करोडमा छन् । जो आँफूले चाहेको र सकेको न्युन रकम भने पनि सहयोग गर्न चाहन्छन् तर चाहेर पनि असक्षम भइरहेका छन् । यस्तो परीस्थीतिमा थोपा थोपा मिलेर सागर बन्दछ भने जसरी थोपा थोपा लाई जोड्ने काम गर्न सक्छन् नेपालका टेलिकम सेवा प्रदायक हरु !!!

कसरी सकिन्छ ?

नेपाल दुरसँचारको आँकडा अनुशार नेपालमा ६ वटा चालु टेलिकम सेवा प्रदायकहरु छन् । नेपाल टेलिकमका जीएसएमका ग्राहकहरु ६० लाखको हाराहारीमा छन् भने एक करोड ग्राहक पुर्याएको दावी निजि क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको रहेको छ । त्यस्तै युटियल, स्मार्ट टेलिकम, एसटिएम, नेपाल स्याटलाईट टेलिकम (हेलो नेपाल) का साथै नेपाल टेलिकमको ल्याण्डलाईन अनि सिडिएमए प्रविधिका टेलिफोन हरु पनि २०-३० लाखको हाराहारी मा छन् । यो सँख्यालाई जोड्दा करिव २ करोड जनसँख्या सँग टेलिफोनको कुनै न कुनै सेवा प्रयोग गर्दछन् । जस मध्ये साढे एक करोड (१ करोड ५० लाख) जनताहरु दिनको एक पटक टेलिफोन प्रयोग अवस्य गर्दछन् । यहि ग्राहक सँख्यालाई मध्य नजर राखेर टेलिफोनको प्रविधिबाट क्षण भरमा नै लाखौ रकम उठ्न सक्ने देखिन्छ ।
करिव २ करोडको सँख्यामा रहेका ग्राहकहरु, जो देशमा भइरहेको विपत्ती र उक्त विपत्ती बाट पीडित जनताको लागी सहयोग गर्न चाहन्छन् तिनिहरुको वीचमा टेलिकम सेवा प्रदायकहरु कोशे ढुङ्गा अर्थात माध्यम बनिदिनु पर्दछ जसका कारण थोपा थोपा जोडिएर सागर बन्न केही क्षण नै काफी हुन्छ ।

यो कसरी सम्भव छ ?

विभिन्न टेलिफोन सेवा प्रदायकहरुले आफ्ना ग्राहकहरुको लागी विभिन्न समयमा छुट्टा छुट्टै अफर र स्कीमहरु लेराई कुनै निश्चित नम्बर डायल गर्न आफ्ना ग्राहकहरुलाई जानकारी गराई नै रहेका छन् । कसैले सिआरविटी त कसैले एसएमएस पोल र कसैले आफ्नो कम्पनीको जानकारीको लागी भिन्ना भिन्नै नम्बरहरु प्रयोगमा लेराईनै रहेका छन् । उक्त स्कीम जस्तै गरी सवै सेवा प्रदायकहरुले सँयुक्त अथवा एकल रुपमा दैवीक प्रकोप सहयोग अभियान चलाउन सकिन्छ । जनताको सेवा तथा सुरक्षाको लागी सवै सेवा प्रदायक हरुले नेपाल प्रहरीको नम्बर १०० लाई चालु गरे जस्तै बिभिन्न सेवामा प्राय सवै सेवा प्रदायकहरुले छुट्टा छुट्टै नम्वरहरु चालु गरी रहेका छन् । त्यस्तै गरेर यस्तो प्रकोपहरुको लागी पनि एउटा छुट्टै नम्बर छुट्याएर उक्त नम्बरमा डायल गर्दा अथवा एसएमएस गर्दा लाग्ने रकम सोझै पीडित पक्षलाई सहयोग गर्न सकिन्छ । उदाहरणको लागी कुनै एउटा नम्वर १५० मा डायल वा एसएमएस गरे पछि सम्बन्धीत ग्राहकको एकाउन्ट बाट रु एक (वा त्यो भन्दा वढि कुनै निश्चित रकम) ब्यालेन्स घटाई उक्त रकमलाई प्राकृतिक प्रकोप पीडित पक्षलाई उपलब्द गराउने विभिन्न सरकारी तथा गैह्र सरकारी सँस्था सम्म पुर्याउन सकिन्छ । करिव २ करोडको सँख्यामा रहेका टेलिफोन प्रयोगकर्ताहरु मध्य ७५% मात्र यो अभियानमा सामेल भए भने पनि १ करोड ५० लाख रुपैया (रु १ का दर ले एक पटक भाग लिदा) क्षण भरमा नै जम्मा हुन पुग्दछ । देशमा र देश बासीलाई परेको त्यती ठूलो बिपत्तीमा रु १ सहयोग गर्नु कसैको लागी पनि ठूलो कुरा होइन । साथै आफ्नो क्षमता र इच्छा अनुसार थप रकम सहयोग गर्न चाहेमा पटक पटक डायल एसएमएस गर्न पनि सकिन्छ । जुन रकम पीडीत पक्षको लागी ज्यादै ठूलो राहत हुन पुग्छ । मैले अथवा तपाईले रु एक अर्थात त्यो भन्दा बढि रकम बाढीपीडितलाई सहयोग गर्ने इच्छा अथबा क्षमता छ भने त्यो रकम लाई जम्मा गरीदिने माध्यमका रुपमा टेलिफोन सेवा प्रदायकहरुले ठूलो भुमिका खेल्न सक्छन् । घरमा बसी बसी हात बाटनै त्यो पनि आफ्नो क्षमता अनुसारको न्युन रकम सहयोग गर्न प्राय सबै जनता सक्षम छन् र गर्छन् पनि । विदेश तिर मनी वालेटको रुपमा प्रयोगमा आइसकेको मोबाइल सेवालाई प्रयोग गरेर हामी पनि दैविक प्रकोपमा परेका हरुलाई सहयोग जुटाउन सक्छौ । यसको लागी मोबाइल सेवा प्रदायकहरु अगाडी बढ्न जरुरत छ ।

बर्षमा एक दुई वटा स्कुल तथा सार्वजनिक सँस्थाहरुलाई केही हजार तथा लाखको सहयोग गरेर दैनिक पत्रपत्रीकामा सहयोग भन्दा ठूलो हल्ला गर्नु भन्दा यस्ता किसिमका अभियान चलाएर ग्राहक तथा जनताको मन जित्न जरुरत छ । आखिर सेवा प्रदायकहरुले यसको लागी छुट्टै लगानी गर्नु पर्ने होइन । भइरहेको सँरचना (नेटवर्क)लाई उपयोग गरीदिने मात्र हो । आखिर देशमा आइपरेको विपत्ती प्रति केहि हद सम्म सहयोग गर्नु टेलिकम सेवा प्रदायकहरुको पनि दायीत्व भित्र नै पर्दछ । साथै दैनिक करौडौ नाफा गरीरहेका ठूला टेलिफोन सेवा प्रदायकहरुले आफ्नो तर्फबाट पनि केहि रकम पीडितहरुको लागी सहयोग गर्न कन्जुस्याँई गर्नु हुदैन । यस विषयमा सम्वन्धीत टेलिफोन सेवा प्रदायकहरुले ध्यान दिएमा दैवीक प्रकोपवाट पीडित जनताहरुले देशकै अन्य कुनामा रहेका जनताहरु द्दारा क्षण भरमा नै सहयोग पाउन सक्दछन् । यस विषयमा सम्वन्धीत निकायहरुले वेलैमा सोचेर कदम चाल्न सके पीडितहरुको घाउमा छिट्टै महलम लाग्ने थियो ।

51 thoughts on “टेलिकम कम्पनीले चाहे बाढीपीडितलाई क्षणभरमै करोडौँ सहयोग उठाइदिन सक्छन्”

  1. Mohan says:
    June 27, 2013 at 4:29 am

    विरोध जी को बाधिपिदीतलाई सहयोग गर्ने उपाय साह्रै राम्रो हो. तर नेपाल जस्तो देसमा जहाँ रास्ट्रपति केही नभएको शरीर को उपचारमा जनताको ६० लाख रुपैया हसुरेर विदेश जान्छ, सचिव लगायत उच्च पदमा कार्यरत कर्मचारी लाई राष्ट्रिय ढुकुटी रित्याएर अरबौं रुपैयाको आवास सुविधा उपलब्ध गराउन सरकार लागिपरेको छ, मन्त्रि , प्रधानमन्त्री , रास्ट्रपति, तथा प्रधान न्यायाधिस बनेपछि मृत्यु परन्त अकुत सुख सयलको सुविधा प्राप्त हुन्छ, यो १ रुपैयाको शहयोग कार्यन्वयन नै भए पनि पिडित पछ्य सम्म पुग्ने कुनै ग्यारेन्टी छैन. सरकारले चाहेको खण्डमा अहिलेनै पूर्ण रुपमा उद्दार गर्न सक्छ. एउटा व्यक्तिलाई करोडौं रुपिया सहयोग गर्न सक्ने सरकारले हजारौं पिडित हरुलाई लाखौं बराबर मात्र पनि किन सहयोग गर्न सक्दैन. त्यसैले नेपालमा कसैलाई सहयोग गर्ने भने पछि दुइ पटक सोच्नु पर्छ. भावना मा बगेर मात्र केहि हुनेवाला छैन.

    Reply
  2. SARJAN says:
    June 26, 2013 at 12:51 pm

    महिले पनि विरोध कट्टेलजी को उपाए कपि गरे , यो कमेन्ट लेख्दा सम्म My Sansar लाई Facebook मा Like गर्ने ४४,८४२ जना हुनुहुन्छ, यदि एकजनाले १०० रुपैया मात्र सहयोग गरेपनि ४,४८४,२००रुपैया हुन्छ / सालोक्यजी को अध्यक्षता मा `माईसंसार सहयोगी हातहरु`(उदाहरणको लागि )जस्तो संस्था बनाएर आर्थिक सहयोग सुरुगर्न सकिन्थ्यो कि ?तथ्यांक हेर्दा माईसंसार प्रयोगकर्ता बिदेशमा बस्ने नेपालीपनि धेरै हुनुहुन्छ, सहयोग गर्छु भन्ने कमेन्ट पनि धेरै आएकोछ , विदेश बाट पैसा पठाउन अलि झन्झट हुनसक्ला तर सहज तरिका के हुनसक्छ त्यसको जिम्मा संसारको विविन्न देशमा बस्नुभएको माईसंसार प्रयोगकर्ता लाई दिन चाहन्छु / आर्थिक सहयोग संकलन गर्ने संस्था धेरै छ तर हामीलाई बिस्वाशिलो संस्था चाहिएको छ र हामीलाई माईसंसारप्रति बिस्वाश छ /

    Reply
  3. SARJAN says:
    June 26, 2013 at 12:35 pm

    विरोध कट्टेलजी को उपाए धेरै राम्रो लाग्यो तर नेपालको सरकार अनि नेपालको टेलीकम, काम गर्दा सम्म अर्को वर्ष आउछ होला, तेसैले तपाई हामी नै केहि गर्न सकिन्दैन?

    Reply
  4. Bala Ram Thapa says:
    June 25, 2013 at 12:50 am

    बिरोध जी ज्यादै राम्रो उपाय पस्कनु भयो | टेलिकम त केवल मध्यम मात्र बनिदिय पुग्यो | नेपालमा दानी दाताहरु करोडौं छन ,जसरी सेलेब्रेटि ललाई लाखौं ले एस एम एस गरे जस्तै बाडी पिडित हरुको सहयोगार्थ आ- आफ्नो इच्छा अनुसार सबै खालका तेलिफोन सेवा लिनु भएकाहरुले यो नम्बरमा एस एम एस गर्नुहला भनी ब्यापकरुपमा प्रचार प्रसार गरेमा करोडौं करोड सजिलै जम्मा हुनेमा संकै छैन |

    Reply
  5. bhaskar regmi says:
    June 24, 2013 at 10:38 pm

    नेपाल मा पनि एस्तो हृदय देखि नै सहयोग को भाव झल्कने मानिश हुनुहोदो रहे छ . आक्दम खुशी लाग्यो यो लेख पढेर.

    Reply
  6. bhaskar regmi says:
    June 24, 2013 at 10:34 pm

    नेपाल मा पनि एस्तो हृदय देखि नै सहयोग को भाव झल्कने मानिश हुनुहोदो रहे छ . आक्दम खुशी लग्यो यो लेख पढेर.

    Reply
  7. Kamal says:
    June 24, 2013 at 5:49 pm

    बिरोधजीको आइडिया राम्रो अनि व्यवहारिक पनि छ| टेलिकमले सेवा गर्ने मौका हो यो|
    रकम कति उठाउने भन्दा पनि उठेको रकम सही ठाउँमासही ढंगले उप्योग गर्ने पनि आइडिया दिनपर्यो|
    जनताको पैसाले धनाढ्य भएका ज्ञानेलाई पनि यसबेला पीडित जनता माझ पुगेर अनि रकम दिएर सहयोग गर्ने सल्लाह दिने कोही निर्बिरोधहरु पनि अघि सर्लान कि?

    Reply
  8. om says:
    June 24, 2013 at 4:41 pm

    मानवतको लागि हामीले यो पुनित कममा काधमा काध मिलायर अगि बढ्नु पर्छ / परि आयको बेलामा, आपत र बिपतमानै त चाहिने हो एक अर्का / नेपलिहौ हामी नेपाली को परिचय दिने बेला आयको छ बिश्वोमाझ.

    Reply
  9. SURAJ says:
    June 24, 2013 at 4:18 pm

    यो नै नेपाली ले नेपालीलाई गर्ने परम कर्तब्य हो, गरौ सबै मिलि हातेमालो यो सुभ कार्यको लागि……………………..

    Reply
  10. Mila says:
    June 24, 2013 at 4:09 pm

    तेलिकम ले गर्ने त ” तापाई ले सम्पर्क गर्न खोज्नु भा को नम्बरमा अहिले सम्पर्क हुन सकेन ” भन्ने बालेंस काट्ने भन्दा के गर्नु ?

    Reply
  11. SURENDRA hongkong says:
    June 24, 2013 at 3:50 pm

    कुरो तपाई को एकदम राम्रो हो/ यहाँ सुरा र सुन्दरी मा लाखौ खर्च गर्ने हरु पनि छन् तर हामी ले १०० ,२०० कसै को पुन्य मा खर्च गर्न पाउनु अहोभाग्य हो/तर सदुपयोग हुनु पर्यो/नेपाल न हो पैसा देखे पछि पशुपती नाथ को त् तिन नेत्र न होस् भन्ने कामना गर्दछु/

    Reply
  12. dil bogati says:
    June 24, 2013 at 3:29 pm

    यो धेरै राम्रो कुरा हो बिरोध कट्टेल नामको मान्छे को जय होस् यस्तो उपाय निकाल्न सिकाउने , टेलिकम कम्पनि हरु ले पनि लौन हजुर यो कम गर्नु पर्यो , यस्तो सामाजिक सेवा गर्ने मौका कहाँ मिल्छ र ? सानो प्रयासले ठुलो उद्धार हुन्छ ,

    Reply
  13. सार्थक says:
    June 24, 2013 at 3:24 pm

    साह्रै राम्रो उपाय सुझाउनु भयो बिरोध जी । लौन यसको लागि कसैले त पहल गरौं । हामी सक्दो सहयोग गर्न र यस बारेमा सक्दो प्रचार प्रसार गर्न तयार छौं ।

    Reply
  14. भेषराज कणेल says:
    June 24, 2013 at 12:48 pm

    माथि एक मित्रले भने जस्तै कोशी वाढी पिडितलाई यसै गरी सहयोग जुटाउन भनी अनुरोध गर्दा नेपाल टेलिकमले गरेको पनि थियो । तर एन सेलले यो त स्पाम भनेर गर्न मानेको थिएन ।

    Reply
  15. भेषराज कणेल says:
    June 24, 2013 at 12:45 pm

    कुरा राम्रो हो । तर स्मरण गर्न के पनि पर्दछ भने, सवैले सहयोग गर्नुहोस भनी पठाउने एस एम एस मन पराउछन भन्ने हुदैन । वास्तवमा कतिपय देशमा त यस्ता मेसेजलाई स्पाम (Spam) पनि भन्ने चलन छ र रेगुलेटरले निषेध पनि गर्दछन।
    फेरी यो त ग्राहकबाट सहयोग जुटाउने मात्र हो कम्पनीको त यसमा आफ्नै योगदान पनि हुदैन ।

    Reply
    1. विरोध says:
      June 25, 2013 at 7:11 pm

      सर,
      यसको लागी त जिम्बेवार सँस्था अथवा सरकार बाट नै आवान भए देखि मेसेजलाई स्पाम ठानेर ग्राहक झुक्कीने थिएनन् होला !!
      साथै यो आइडिया अनुसार देशका कुना कुनामा रहेका जनता जो आँफ्नो क्षमता अनुशारको न्युन रकम भए पनि सहयोग गर्ने चाहन्छन उनिहरुको लागी एउटा माध्यम बनिदिने काम टेलिकम कम्पनीहरुको हुन जान्छ । कम्पनीहरुको नेटवर्क प्रयोग गर्नु पनि एक किसिमको ठुलै सहयोग वा योगदान का रुपमा लिन सकिन्छ होइन र !! साथै टेलिकम कम्पनीहरुले आफ्नो दैनिक आम्दानी बाट गर्ने सहयोग त छ दै छ ।

      Reply
  16. Chunam says:
    June 24, 2013 at 10:30 am

    ncell को त भर छैन तर नेपाल टेलिकमले चाही गर्ला कि…. एस्तो हुन सक्यो भनेता धेरै राम्रो हुन्थ्यो ..

    Reply
  17. devendra says:
    June 24, 2013 at 9:55 am

    आइडिया राम्रो हो २/४ रुपैया जसले पनि दिन सक्छ तर उठाउनेको पारदर्शिता चै के ले नाप्ने??? मिसयुज नहोस…..

    Reply
  18. कविराज says:
    June 24, 2013 at 7:37 am

    बिरोध कट्टेल को तर्क निकै सान्दर्भिक छ, यो एकदमै सजिलो र राम्रो उपाय हो. यसबाट राहत कोष खडा गर्न निकै मद्दत पुग्नुका साथ साथै, टेलिकम कम्पनिहरुलाई पनि हाम्रो मद्दत बाट यति पैसा उठ्यो भनेर झ्याली पिट्ने मसला मिल्दछ, जसले विज्ञापनको काम गर्न सक्दछ.. आफ्नै देश बाट पैसा उठाउन सकिन्छ भने किन बिदेशी को मुख ताक्ने? मेरो बुझाइमा हामी नेपालीहरु गरिब हुनुको कारण हाम्रो मानसिकता नै हामी गरिब छौ भन्ने हो. आफ्नै देशको पैसाले माथिल्लो तामाकोशी बनाउने आँट गर्न सक्ने नेपालीले राहतको लागि अथवा जे जस्तो सुकै साना होस् या ठुला विकाश आयोजना का लागि सधै बिदेशी संग हात पसार्न पर्दैन. हामी आफै गर्न सक्छौ. हामीलाई आत्मबल सहित ठिक दिशामा हिडाउने काम नेतृत्व वर्गले गरोस.

    Reply
    1. kabiraj says:
      June 26, 2013 at 12:16 am

      अझ भन्ने हो भने टेलिकमले SMS शुल्क भनेर केहि पैसा काट्यो भने पनि टेलिकम लाई फाइदा हुदै राहत संकलनमा ठुलो योगदान हुन्छ. जस्तै राहत कोष नम्बरमा SMS गर्दा टेलिकमले रू १० उठायो भने उसले आफ्नो लगानी बराबरको पैसा (जस्तै १० पैसा या १ रुपैया जति पर्छ) आफुले राखेर बाँकि राहत कोषमा जम्मा गर्यो भने पनि निकै पैसा संकलन हुन्छ.

      Reply
  19. वास्तव says:
    June 24, 2013 at 7:19 am

    होइन हो जितमान जी को ” सके र मिले सम्म देश बाहिरको नेपालीहरुबाट पनि लिन सक्ने व्यवस्था भए अझै राम्रो सहयोग संकलन हुन्थ्यो ” भनाइ को मतलब बुझिन. के एसको मतलब देश बाहिर बस्ने संग टन्न पैसा हुन्छ अनि उनीहरुको पैसा थुत्ने भन्न खोजेको हो कि क्या हॉ बुझिन.. अलि सरल र भद्र किसिम को शब्द भए राम्रो हुन्थ्यो कि ? मा त भन्छु एस्तो काम मा तपाइले कति दिनु भयो र के गर्नु भयो? सबभन्दा पहिले आफु बाट सुरु गर्नु राम्रो काम अनि राम्रो हुन्छ किन आफु ले केहि नगर्ने अनि अर्का बाट आशा गर्ने? हो बरु टेलिफोन कम्पनी हरु बाट प्रायोजित् गर्न सकिन्छ तर एसको मतलब यो होइन कि सरकार ले केहि नगरोस. अब कुरा गर्ने नै हो भने हरेक fund raising programme मा telecome company को उत्सुकुता हुन जरुरि छ तेसैले हुन सक्छ एस्तो कार्य मा सम्पूर्ण telecom company को सहभागिता अत्यवशक हुन्छ , सान्दर्विक अनि वर्णन गर्न लाएक पनि हुनेछ. तेसैले येसरी तान्ने र लिने भन्दा सबैलाई सहयोग को निम्ति उक्साउने भन्दा राम्रो हुन्थ्यो कि.?

    Reply
  20. सन्तोष says:
    June 24, 2013 at 6:31 am

    अति राम्रो विचार । यही लेखलाई राष्ट्र्ीय दैनिकहरूमा पनि छाप्नेहो भने धेरैजनाले बुझ्न पाऊंछन र टेलिकम कम्पनीहरूलाईपनि केही दवाब पर्न सक्छ । होस्टे मा हैंसे को यो सरल उपायलाई तुरन्तै अपनाईयोस ।

    Reply
  21. shailendra says:
    June 24, 2013 at 5:07 am

    मलाई राम्ररी याद भए अनुसार पहिला नै एन टी सी बाट यो काम भैसकेको हो. कति रकम उठ्यो के भयो त्यो त थाहा भएन. यो उपाय सारै प्रभाबकारी तथा राम्रो भए पनि नया चाही हुदै होइन! लेखकको संदेश धेरै महान छ तर आँकलन तथ्यांक तथा धेरै लामो घुमाउरो लेखाइ लाइ वाह वाह चाही भन्दिन. लेखकले दाबी गरे अनुसार सवा करोडले त होइन १० लाख जनाले मात्रै रू१० को दरले सहयोग गरे बढी पीडितले ठुलो राहत पाउने थिए. के के न गतिलो कहिँ नभाको नया उपाए निकाले भनेर हिस्स दाँत देखाएर चम्किनु चै पर्दैन है बिरोध जी!तर यो लेखकै कारण टेलिकमहरुले त्यो सेवा फेरी दिलाए र हामीले सहयोग गर्न पायौ भने बिरोधजीको लेखको पक्का पनि कदर हुनेछ! हचुवा लेख भए पनि राम्रो सोच तथा सहयोगी भावनापूर्ण संदेशको लागि हृदयदेखी धन्यबाद!

    Reply
  22. nisan gurung says:
    June 24, 2013 at 3:43 am

    launa chhito garau शुभ काम मा किन ढिला …Nepal मा मात्र होइन विदेश मा पनि सहकार्य गरेर लैजान पाए हुन्थ्यो..जस्तै ntc ले Qatar को ooredoo संग सहकार्य छ अनि ncell को Vodafone संग छ ..येदि हामी ले नि कतार बाट तेसरी pathauna मिल्ने भएता कस्तो खुसि हुने थ्यो..बरु छिटै सम्बन्धित शस्था लाई जानकारी गरौ अनि सरकार बाट पहल गरौ……

    Reply
  23. दीप says:
    June 24, 2013 at 1:51 am

    यता विदेश तिर lottery ticket हप्ता को दुइ चोटी जति जहिले पनि खुलाएको हुन्छ र लाखौ मान्छे ले किनी रहेका हुन्छन सबैले बिस्वास गर्छन कुनै धाधली हुदैन अरबौ रुपयाको लोटरी पुरस्कार हुन्छ र केहि प्रतिसत लोटरी ले सरकार लाइ tax तिर्छ र केहि प्रतिसत सामाजिक सेवा को लागि लटरी ले दिन्छ र केहि पैसा लटरी कम्पनि ले राक्दच| नेपाल मा पनि येस्तै गरे अरबौ रुपया को लटरी हुन् सक्दछ अनि १० % बादी पिडित लाइ दिने अनि १०% tax दिने अनि ७९% लोटरी पुरस्कार दिए भैहाल्यो नि त तर मलाइ संकै लाग्छ येस्मा कुनै धाधली हुन्छ कि भन्ने तेसैले लोत्तरी टेलिभिजन बाट मदन कृष्ण, हरिबंश बात live निकाल्ने व्यवस्था गरेमा लोत्तरी को ठुलो हिस्स सरकार र सामाजिक सेवा मा लगानी हुन्थ्यो र २-४ जना नेपाली करोड पति, अरब पति हप्ते बिच्हे हुदै जाने थिए /

    Reply
  24. harka shrestha says:
    June 23, 2013 at 10:45 pm

    ल ल तेस्ठो हो भने मा पनि तयार छु सके सम्म को सहयोग गर्छु मा पनि टेलेकोम ले यति गरे देश को लागि धरै राम्रो होला .

    Reply
  25. madan bajracharya says:
    June 23, 2013 at 10:08 pm

    बिचल्लीमा परिने सकेको व्यक्तिहरुको उद्धार त् गरिन्छ होलानै/ तर किन यस्तो बिपत्ति आई लाग्यो? प्राकृतिक कारणले नै बाढी आयको हो बा अरु पनि कारण हरु छन्?

    माहाकाली नदीमा बाढी आयको कारण भारतले धौली गङ्गा बाँधको पानि छोडेकोले भन्ने कुरा प्रकाशमा आयको छ/ यसको बारेमा छानबिन र निदान कसरि कसले गर्ने?

    कोशी नदीमा बाढी आउनुको कारण पनि भारतले कोशी बाँध थुनेकोले भन्ने कुरा हामि पटक पटक सुन्दै आयको कुरा हो/ यस्तै कुरा अस्ति भर्खरै गण्डकी नदीमा आयको बाढीमा पनि उठेको थियो/

    Reply
  26. sujan shrestha says:
    June 23, 2013 at 10:00 pm

    सार्है नै राम्रो कुरो हो यो।छोटो समयमै सबै नेपालीहरुले सहयोग गर्न सक्ने,पारदर्शी संकलन हुने।यसलाईसम्बन्धित निकायले अविलम्ब नै कार्यानवयन गरोस्।

    Reply
  27. कमल शर्मा यु ए इ says:
    June 23, 2013 at 9:17 pm

    साह्रै उपयुक्त उपाय हो बिरोधजी तपाइले उठाउनु भएको | यसलाई कार्यान्वयन गर्न छिटो भन्दा छिटो लग्नु पर्यो| एकले थुकी सुकी सयले थुकी नदि भन्ने हामीले सुनेकै हो अब व्यवहारमा उतार्ने बेला आयो |

    Reply
  28. Dipak, Sydney says:
    June 23, 2013 at 9:10 pm

    एउटा एन आर एन भन्ने विदेशमा बसेर राजनीति गर्ने सस्था छ खै तेस्ले नि राजनीति छाडेर येसो देशमा आपत परेको बेला एक व्यक्ति एक डलर उठाए पनि लाखौ हुन्थ्यो! तर यो गर्ने फुर्सद कसलाई छ र? आफुलाई परेको छैन अरुको के मतलब भयो र! नेपालका टेलिकम र बैंक हरुले गर्ने भन्ने यो कुरा केहि ठुलो कुरा पनि हैन तर तेह पनि जनता ठग्न नै ब्यस्त छन् सबै!

    Reply
  29. Toran Chhetri says:
    June 23, 2013 at 9:09 pm

    पत्रकार जी नेपाली भाषा को सुद्धासुद्धि पनि हेर्नु पर्यो . जस्तै लेराइनै रहेका छन् भनेको के हो ?

    Reply
  30. Jitman Rai 'sabin' says:
    June 23, 2013 at 7:23 pm

    सके र मिले सम्म देश बाहिरको नेपालीहरुबाट पनि लिन सक्ने व्यवस्था भए अझै राम्रो सहयोग संकलन हुन्थ्यो….सम्बन्धित सबैको ध्यान चाडै यता जाओस ।

    Reply
  31. गोरुसिने दाइ (तारे मगर), खाडी-दुवइ says:
    June 23, 2013 at 7:02 pm

    रकम संकलन गर्ने यो भन्दा सजिलो उपाए के होला र..? लौ लौ सम्बन्धित निकायले यो काम तुरन्तै सुरु गराइहाल्नु पर्यो !

    Reply
  32. Upen says:
    June 23, 2013 at 5:22 pm

    एकदम उपयुक्त माध्यम….

    Reply
  33. Pramod says:
    June 23, 2013 at 5:19 pm

    What a brilliant idea.. Telecom companies should take this on board.

    Reply
  34. बिनोद तिमिल्सिना says:
    June 23, 2013 at 5:13 pm

    विरोधजी,दु:खमा परेका नेपालीहरुलाई एक भएर मलम लगाउने तपाईको बिचारलाई सलाम!लौ न ढिलो पो भै सक्यो यो प्रस्ताव सोझै नेपाल टेलिकम र अन्य सेवा प्रदायककामा मेरो संसारको अगुवाईमा एउटा समुह बनाएर डेलिगेशन जाऔ न।

    Reply
  35. neerose says:
    June 23, 2013 at 5:07 pm

    यो कुरा र प्रबिधि विदेश तिर च्यारिटि र विभिन्न रियालिटी सो हरुमा यथेस्ट प्रयोग भै रहेको छ१ मलाइ लाग्छ नेपालमा पनि बाढि वा प्राकृतिक विपत्तिको लागि नभयपनि (वा पहिले गरेको छ जस्तो लाग्छ मलाइ) अन्य कुलाको लागि यो तरिका प्रयोग गरियको थियो जस्तो लाग्छ!
    त ब्यापारिक प्रयोजनमा मात्र नभयर प्राकृतिक बिपत्ति र सामाजिक आपत्तिमा पनि यसको यहा भने जसरि उचित प्रयोग गर्न सके असाध्यै राम्रो हुने थियो!
    समाज र देशको लागि प्रविधिको उचित प्रयोग गरि जनता माझ उच्च सह अस्तित्वो र सहानुभूति कायम गर्न निकै उपयुक्त माध्याम हुने छ यो तरिका!
    यसो गरियोस!

    Reply
  36. Raju Rana - Mahendra says:
    June 23, 2013 at 4:38 pm

    जायज उपाय – भोलिको आस्वासन भन्दा अहिले को राहत धेरै आवस्यक छ पिडित हरुलाई , मेची होस् कि महाकाली – जसलाई दुखे पनि , सकेको सहयोग गरेर एउटा देस्बसी अनि मनबता को नमुना पेस गर्नु नै उतम हुनेछ

    Reply
  37. Aakash Regmi Chettri says:
    June 23, 2013 at 4:34 pm

    ल यो अभियान चलाउनै पर्छ . मा पनि यो अभियानमा सहयोग गर्ने र मेरो साथी हरुलाई पनि सहयोग गर्न लगाउने छु .

    Reply
  38. bibek says:
    June 23, 2013 at 4:19 pm

    This is indeed a great idea to help victims however as far as i know same idea had been applied some years back and it didn’t work that easy as Birodh Kattel has explained in this article. I think these telecom company do not want to earn defame by giving extra burden to their customers. And more important is majority of people do not keep their promise when they really have to spend their hardly earned money.

    Reply
  39. पुष्प says:
    June 23, 2013 at 2:00 pm

    बिपत्तीहरूमा समाजले (सामाजिक संस्था आदिमार्फत) आपतकालीन वा अल्पकालीन सेवा अनि सरकारले दीर्घकालीन उपाय गर्नु पर्ने हो, तर हाम्रोमा ठीक उल्टो छ । सरकार अल्पकालीन सेवा दिएर झारा टार्दै दीर्घकालको आश्वासनमात्र बाँड्ने अनि सामाजिक संस्थाका नाउँमा सकीनसकी दीर्घकालीनजस्त लाग्ने ‘समाज सेवा’का नाउँमा आफ्नो नाउँमात्र कमाउने । होइन भने खोइ त करोडौं उठाउने अभियानमा लागेकाहरू ?

    जे होस् विरोधजी को उपाय सरल अनि प्रभावकारी छ । बरू यसलाई ऐच्छिक भन्दा पनि नियमै बनाएर अनिवार्य गर्नुपर्छ । आखिर विपद भनेको सबैलाई आइपर्न सक्छ ।

    Reply
  40. Aryal says:
    June 23, 2013 at 1:50 pm

    TELICOM बाट एस्तो आसा नगरे हुन्छ साथीहरु,बरु हामी सबै एस मा हातेमालो गरेर थुकी थुकी जम्मा गरेर समुन्द्र बनाउन सकिन्छ कि साथी हरु,तेसैले एस कारेको लागि माई संसार ले catalist को भूमिका निरबहा गरेमा हामी आफै केइ गर्न सक्छौ ,विभिन्न टेलिफोन सेवाप्रदायकहरुलाई त कसरि VAT छलन सकिन्छ भन्ने सोच्नै ठिक छ हाम्रा माद्सब हरुलाई,जनता मारा अनि देस मारा बाट तेस्तो आसा राख्नु बेक्कार छ ,

    Reply
  41. Nipesh Adhikari , Germany says:
    June 23, 2013 at 1:21 pm

    धेरै धेरै सहरानिए उपाय ! यसमा पुरै सहमत, छिटो सुरुवात गरे हुन्थ्यो…direct जाने हो भने सयौ message नै send गरिन्थियो (वा गर्न लगाएन्थियो आफ्नो परिवार लाई ) !

    सबैलाई सुखले खान पुगोस्, सबैलाई खुशीले दिन पुगोस् !

    Reply
  42. राम चन्द्र says:
    June 23, 2013 at 1:18 pm

    चन्दा आतंक फैलौने पार्टीका मुन्डले र कुन्डले कता कुन दुलो भित्र पसेका छन । लुट्न र भुट्न पल्केका ब्वोसो हरु ले यती खेर बाडी क्षेत्र मा रहेको टेलिफोन को टावोर भात्कियो भनेर सरकार सँग क्षेतिपुर्ती माग्दै होलान के सहयोग गर्लान र खोइ ?

    Reply
  43. Santosh says:
    June 23, 2013 at 1:10 pm

    तपाइको यो लेखलाई मेरो सलाम छ ….. Such a gr8 idea ….. थोपा थोपा मिलेरनै बन्ने हो समुन्द्र

    Reply
  44. Vishwa Malla says:
    June 23, 2013 at 12:53 pm

    वाह क्या आइडिया ल अब यो तरिका अपनाई हाल्न पर्र्यो

    Reply
  45. Bibek Dhakal says:
    June 23, 2013 at 12:18 pm

    यो भन्दा अघि पनि ( सायद कोशी क्राइसिस को बेला) एन टि सी ले एस एम एस बाट सहयोग पठाउन मिल्ने सुबिधा राखेको थियो क्यार हैन, मैले ठ्याक्कै सम्झिन चाही सकिन……कसैलाई याद छ?

    Reply
  46. Bigyan says:
    June 23, 2013 at 11:51 am

    प्रशान्त तामांग लाई सहयोग त गरियो भने यो काम झन् गरिञ्छ

    Reply
  47. prasad says:
    June 23, 2013 at 11:48 am

    गजब को आइडिया ,यसमा पुरै सहमत, छिटो सुरुवात गरे हुन्थ्यो………..

    Reply
  48. Nirmala says:
    June 23, 2013 at 11:32 am

    brilliant pacific idea to make use of immediately

    Reply
  49. Dhruba says:
    June 23, 2013 at 11:12 am

    टेलिकम कम्पनीले सुनिदियोस यो एउटा सरल र सबैको पहुचमा पनि छ रु एक नै किन नहोस एस्तो तरिकाले साच्हैनै पीडितहरुको घाउमा छिट्टै महलम लगाउन सकिन्छ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme