जानेर, बुझेर होस् वा स्वतस्फूर्त वा लहैलहैमा लागेर, वा कर्फ्यूभित्रको पनि कडा र नरम कर्फ्यू फर्माउने तत्कालिन गृहमन्त्री कमल थापाको उर्दी पालनाका क्रममा निसास्सिएर उकुसमुकुस भएका जनताको अपार समूह सडकमा थियो। अनि तत्कालिन गृहमन्त्री थापाकाजीसँगै थिए लोकमानसिंह कार्की मुख्य सचिवका रुपमा। २ दर्जनबढी निहत्था जनताको रगतसँग साटिएर जनआन्दोलन २०६२/०६३ को जगमा २०६५ जेठमा ६०१ को जम्बो जत्थाले थपडी पिटेकै भरमा नेपाललाई गणतन्त्र घोणित गरिदिएको थियो। सभाध्यक्ष नै नचुनिसकेको संविधानसभाका जेष्ठ सदस्य कुलबहादुर गुरुङले गणतन्त्र नेपालको घोषणा गर्दा एक हुल मान्छे भने सडकमा उत्रेका थिए र त्यो घोषणा टुलुटुलु हेरिरहेका थिए २४० वर्षे शाहवंशीय राजसंस्थाका अन्तिम उत्तराधिकारी ज्ञानेन्द्रले।
एउटा जुगको कुरा होइन, अहं कदापी हैन। अस्ति भर्खर क्या! गोडा पाँच सातेक वर्ष अघिको कुरा न हो देशमा गणतन्त्र आ’को। आजको यस घडीमा सहरको बडेमाको खबर के छ भन्नुस् न! वर्ष २०७० को गणतन्त्र दिवसमा राष्ट्रपति डा. रामवरणले दिने चियापानलाई बहिष्कार गर्ने रे एकथान पेशेवरको डफ्फाले। पापड नामका संस्थाका टाउकेहरुले गणेशमानजीको शालिकमुनि बसेर उर्दी गरे यो खबर काँचका पर्दामा देखे आम जनताले। हो, संवैधानिक अंग अख्तियारको प्रमुखका रुपमा लोकमान जाने राष्ट्रपतिको गणतान्त्रिक चियापान हो जेठ १५ को राष्ट्रपतिको समारोह। पार्टी प्रमुखका रुपमा कमल थापाहरुको निर्वाध उपस्थितिलाई त यो चियापानले पहिलेदेखि स्वीकारिसकेको हो। कमल थापा राजनीतिक पार्टी भा’काले यो त स्वाभाविकै हो सुन्दर प्रजातन्त्रको। प्रथम भनिदिनै पर्ने बिचरा राष्ट्रपति यादवको यो चियापान खल्लो हैन झनै स्वादिलो र झन शक्तिबर्द्धक हुने होला यस साल।
किनकि चियर्स गरेका र अघिल्ला चियापान भ्याएका अनुभवी लोकमानसँग कुम मिलाएर गरिने चियापान पो हो त राष्ट्रप्रमुख राष्ट्रपति महामहिमको। विचरा ०६२/६३ को आन्दोलनमा उनी कता कुना कुनामा थिए, शायद उनैलाई याद छैन होला यतिबेला। प्रचण्डले पहिलो राष्ट्रपतिमा आफूलाई प्रस्तावित, निर्वाचित नगरिदिएको झोकमा प्रचण्डलाई थप्पड हान्ने (बदला लिने) स्व. गिर्जाबाबुको च्याँखेमा पुर्पुरो बलेर राष्ट्रपतिको उम्मेदवारी र विजय प्राप्त गरेका यी महामहिमले उतिबेला ज्ञानेन्द्रकालिन लोकमानलाई ह्याण्डचेक गर्ने त के देख्न, छुन पनि पा’का थेनन्। यसपटक चार महामहिमहरु श्रीमान सुशील कोइराला, श्रीमान झलनाथ खनाल, श्रीमान विजयकुमार गच्छेदार र श्रीमान् प्रचण्डको लिखत सदर गर्दै टीके श्रीमान याने टिके खेताला प्रमुख परधानमन्त्री खिलराजको ल्याप्चेमा महामहिम राष्ट्रपतिलाई यति विघ्न स्वादिलो, ओझिलो र पूर्ण शक्तिबर्द्धक चियापान गर्ने दुर्लभ मौका मिल्या छ। जो छ यसपटक नै छ गणतन्त्र चियापानको खास मर्म, मान र शान। जो हुन्छ लोकमानसँगै छ महामहिमको तर्फबाट। अरु महामहिमहरु पनि पूर्व, भूतपूर्व, वहालवाला जे भे पनि खासा मौका छ सबलाई शीतलनिवास चौरीमा। राष्ट्रपति कार्यालयका कर्मचारीहरुले यसको तारतम्य लगभग मिलाइदिइसक्या छन्। सुरुमा सदर, अनि नियुक्ति र पछि विरोध र फिर्ताको निर्णय गर्ने महान अति महान एमालेको झर्झराउँदो, बल्दो उपस्थिति पक्का छ। त्यहाँ हाजिर हुनैपर्यो भूतपूर्व प्रमहरु झलनाथदेखि माकुनेले कहाँ छुटुन् पहिले सदर र पछि माफिमा पखालिने दुस्साहसी बयोबृद्ध शुशील दाले त्यहाँ। पावरदार चश्माले लोकमान मात्रैलाई अब्बल र काबिल देखेका गच्छेदारको त्यहाँ छुट्ने चान्स नै भएन नि। असम्भव। जनआन्दोलनको दौरानमा अनाहकमा मारिएका २ दर्जनबढीका मृतआत्माले यो दृश्य देख्न पाउलान् न पाउलान् स्वर्गका राजा मानिने इन्द्र भगवानले जानुन्। जनताका ख्यालमा त मरेपछि, सहादतपछि ती सब आत्माहरुले बैकुण्ठबास पाइसक्या छन्। बाँकी तिनका परिवारजन, आफन्तजनलाई चिन्ने, जान्ने, बुझ्ने एक दुई थान मान्छे होलान् नत्र अहं सुशील, झलनाथ, बिजय वा प्रचण्डहरुलाई सहयोगीहरुले सम्झाइदिनुपर्ने, चिनाइदिनुपर्ने अवस्था त आइसक्या छ। यसप्रकार जो छ मज्जा गणतान्त्रिक चियामा छ यस साल। र, मिडियावाजीमा तहल्कैको खतरा छ नि जेठ १५ को शीतल निवासे चिया, इलामको खासा चिया भन्दा नि बढ्दा पौष्टिक।
हो, हजुर हो यही हो साँच्चिकै बडा उदेकलाग्दो ठट्टा हो। खासमै उपल्लो तहको उपहास हो गणतन्त्रको यसपाला। के माने राख्याथ्यो रे र राख्छ अब देशको गणतन्त्रले। पात्रोमा १५ गतेको छुट्टी। त्यति हैन? बुढापाकाका शब्दमा भन्दा केटाकेटी आए, गुलेली खेलाए, मट्यांग्राका सत्यानाश भनेझैं भा छैन त देशको गणतन्त्र? सम्झिनुस् त गणतन्त्रले सबलाई चोख्यायो हैन, पुरस्कृत गर्यो सबलाई लोकमानसम्मलाई। पूर्व श्रीमान् अर्थात् कृष्णजंग रायमाझी भन्दै हुनुहुन्थ्यो, मेरो आयोगको, मेरो प्रतिवेदनको यो हरिबिजोग होला भनेर मैले कल्पेकै थिइन्। उहाँ थप्दै हुनुहुन्थ्यो नेपालमा कुनैपनि आयोग बन्नु, बनाइनु, प्रतिवेदन गर्नुको कुनै अर्थ छैन, त्यो सब बेकार हो। उही जनताका आँखामा छारो हाल्नु सिवाय केही होइन, हुँदै होइन। मल्लिक आयोगदेखि आफ्नो नेतृत्वको आयोगसम्मको सब बेइमानी र झुट भएको दलिल दोहोर्याउँदै हुनुहुन्छ उहाँ यही जुनीमा।
अब भन्नुस् त जनता जनार्दन! के छ यहाँ गणतन्त्रको सम्मान र स्वाभिमान? आफ्नो आयु २ बाट चार वर्षे बनाउँदा पनि २–४ पानाको न्यानो किताब लेख्न नसक्दै स्वतः मृत्युवरण गरेको र अर्बौं खाँदा पनि नअघाएको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गरेपछि सोही आदेशको अक्षरश पालना गर्दै नारायणहिटीबाट नागार्जुन सरेका ज्ञानेन्द्र बाहेक वितेका ५–७ वर्षमा यो देशमा आफूप्रति इमान्दार र आज्ञाकारी को देखियो जनताप्रति उत्तरदायी को रह्यो? देश र व्यवस्थाप्रति वफादार को भयो? ज्ञानेन्द्रले देशमा मन्दिर घुम्नेबाहेक केही विगारेको लोकले, देशबासीले देख्नुपर्या छैन। तर, बैकुण्ठबास पुगिसकेका गिर्जाबाबुदेखि अन्तरिम संविधान नै संशोधन गरिदिन सक्ने सर्वशक्तिमान बाँकी ४ दलका शीर्ष नेतादेखि अरु भुइफुट्टा गणतन्त्रवादीहरुले गणतन्त्रको खोइरो खन्न कहाँ के पो बाँकी राखे छ यस क्रममा? अहिले मंसिरमा चुनाव गर्ने मिति तोक्न सक्या छैन खेताले प्रम खिलराजले। फेरि अनेकन लफडाबाजी सुरु भा छ कांग्रेस, एमाले भर्सेज एमाओवादी मधेशवादीको सत्ताझेल खेल श्रृंखलामा। भर्खर इस्लामी पूर्वसभासद् सरदूल मारिएका छन्। यो त मिति घोषणा नहुँदाको चुनावको कास्टिङ होला शायद। अरु त कति देख्नु खोज्नु पर्ने हो?
आम जनसमुदायले छातिमा हात राखेर भन्नुस् त गणतन्त्र के त्यस्तो परजीवी हो र? जो आफैंमा सुन्दर सफल बनोस् अनि। जनताप्रति धोखेबाजी गरेर कहिल्यै नथाक्दैमा यी तथाकथित नेता, दल र तिनका मुखियालाई जनताले निर्वाध धनुष्टकांर गरिदिनुपर्ने, गरिदिइरहनुपर्ने? यो सब किन भो? नढाटी भन्ने हो भने यसका सब दोषी वैकुण्ठबास पुगेका गिर्जाबाबुदेखि बाँचेका चारदलका शीर्ष नेतादेखि पार्टीका अरु टाउकेहरु सब हुन्। भारतको लहैलहैमा लैबरी खेल्दै खेलाचीमा पाको खेलौना र दान यी दल र तिनका नेताले गणतन्त्रलाई। जनताको रगतसँग साटिएको युगिन परिवर्तनको द्योतक सम्झन सकेनन् यिनले गणतन्त्रलाई। देशको नाम, शासनको नाम र नेमप्लेटहरु बाहेक केही पनि बदलिएन गणतन्त्रसँग। २–४ थान प्रधानमन्त्री शिवाय केही बदलिएको छैन सिंहदरबारमा। शहर वा गाउँका कुनाकाप्चामा उही उस्तै दुरुह नै छ जनताको दैनिकी। शासन फेर्ने तर शासनको शैली, संस्कार व्यवहार नफेर्नेहरुले के धान्न सक्छन् अब गणतन्त्रको उचाइ र उभार? लोकमानहरुले मनाइदिने गणतन्त्रसँग कति अपनत्व रहेनछ त जनताको अब?
ज्ञानेन्द्रसँग संविधानसभाको आदेश मानिदिने संयमता नभाको भए र गणतन्त्रका लागि भारतको नांगो चलखेललाई गिर्जाबाबुले हात नथाप्देको र त्यसमा प्रचण्डको हातेमालो र मन्जुरी नभाको भए देश गणतन्त्रमा नजाने रैछ भनेर त बितेका ५–७ वर्षका घटनाक्रमले तथ्यपरकरुपमा क्रमशः पुष्टी गर्दै आएका छैनन् त? गणतन्त्र नेपाल घोषणा गर्ने सभा नै मृत भैसकेको यससालको गणतन्त्र दिवसले हेर्दैछ नाम मात्रै फेरिएका उही पुरानो जगको शासनसत्ताको प्रतिलिपि ऐना। हो, फेरियो व्यवस्था तर फेरिएन जनताको पक्षमा शासनसत्ता। फेरिए शासक, फेरिएन शासन शैली। सबै फेरियो कागजात तर केही फेरिएन व्यवहारमा। पशुपतिनाथ देवपतनमै हाजिर छन्। शायद अवका २–३ वर्षमा दोलखा भिमसेनलाई अब फेरि पसिना आउला। र, जनताले आफूले खोजे जस्तो परिवर्तनको लागि फेरि एकबार मुठी कस्लान्। यही संकेत पनि हो यस्तो गणतान्त्रिक दूरुहताको यससालको नौटंकी गणतन्त्रमा।
भन्नेले जे भनुन्, जे ठानुन्, जे जस्तो प्रतिवाद गरुन् यो पंक्तिकार त भन्छ गणतन्त्र नेपालमा लोकमानहरु नै लोकमान्य भैसकेपछि अब ती ज्ञानेन्द्र बिचरामात्रलाई अछुतो ठानिरहनु मात्रको पनि केही अर्थ छैन। तिनको राजाको सिंहासन छोडेर प्रमको कुर्सीमा बस्ने महाभूल असफल शासकीय कमजोरीलाई माफी गरिदिने हो भने छि छि र दूरदूर गरिरहनुपर्ने प्राणी मध्यमा अब बाँकी रहेनन् ज्ञानेन्द्र पनि। कम्तिमा उनी जनताप्रेमी शाहबंशका अझ भनौँ वीरेन्द्रजस्ता राजाका लिगेसी पनि हुन्, शासकीय असफलता बाहेकका धेरै राम्रा पक्ष पनि छन् उनमा। र, एक देशबासीका रुपमा त आच्प्राणी मध्यमा अब बाँकी रहेनन् ज्ञानेन्द्र पनि। कम्तिमा उनी जनताप्रेमी शाहवंशका अझ भनौँ वीरेन्द्रजस्ता राजाका लिगेसी पनि हुन्, शासकीय असफलता बाहेकका धेरै राम्रा पक्ष पनि छन् उनमा। र, एक देशबासीका रुपमा त आच्छा मान्छे पनि हुन् ज्ञानेन्द्र। उनीसँग साक्षात्कार गर्नेहरुलाई यसको पक्कै भेऊ होला। जब १७ हजार बढीको अनाहकमा ज्यान लिने जनयुद्धका किरण र बादल र विप्लवहरु समेतले अबको बृहत गोलमेचमा ज्ञानेन्द्रहरु पनि अटाउने उद्घोष गरिसके भने अब ४ दलीय श्री ५ हरुले आफ्नो कमजोरी जगदेखि नै भूलसुधार नगरी लोकमानको प्रवक्ता बन्न नछोड्दै आत्मसमीक्षा गरेर नसुध्रिए देशले मनाउने गणतन्त्रको के माने रहला त? नत्र देशको गणतन्त्र माने गाँणतन्त्रको उचाइमा पुग्ने शिवाय के नै पो बाँकी छ र? जनतालाई के नै हात लाग्छ र? सबलाई चेत खुलोस् कि ?
(नोट : उमेश जी इमेलसँगै मोबाइल नम्बर पनि राखिदिनुहोला है। ९८४१८९६८५७)
सुर्य खड्का उर्फ खगेन्द्र संग्रौला हो कि क्याहो?
महाराजबादी कित्तामा खगेन्द्र संग्रौलाको अभाब पूर्ति गर्ने धुनमा खगेन्द्रको लेखकीय पारा टिप्ने प्रयास जस्तो पो पढिन्छ त! तर गाइ जस्तो बन्ने धुनमा गधा नबनेकै जाति होला! राम्रो लेखकले त लेख सरल अनि सबैले सहजै बुझ्ने बनाउनुतिर लाग्नुपर्ने हो तर कथित लेखक हरुले सुपर एड्भान्स लेखक बन्ने धुनमा आफैले पनि बुझ्न कठिन लेख लेख्न थाल्याछां आजकल तेही कोटिमा दर्ता हुन खोजेको जस्तो छ सुर्य खड्का! आग्रिम बधाई छ!
राजा महाराजा ले न देश बिगारेको थियो न बिगार्छ! देश त राजाबादीले बिगार्ने हो अझै कथित राजाबादीले त झनै बिगार्दछ! महाराजको भजन र गाथा नगई गास नछिर्ने हरुले बिगारेका र बिगार्ने हो देश! अब राजतन्त्र समाप्त भैसकेको अबस्थामा सबैले नया परिवेसलाई आत्मासाथ गरेर अगिबढ्नु भन्दा अझैपनि राजा र राजतन्त्रकै भजन भक्ति गरि रहन उध्धत्ता हरु हदैसम्म जिम्मेवार छन् देशको यो भाँती हुनुमा, तेसभंदा अघि आह्रिशे, स्वार्थि र म बाहेक अरु सबै असक्षम अनि अरु हुदैहुन्ना भन्ने नियत बोकेको राजनीतिक नाइके हरु त छदैछ!
साथ् समर्थन सहयोग र त्यो भन्दा पहिले, सक्ने र बिचार संघर्ष भयाकोलाई मौका दिनुपर्छ देश बनाउने हो भने!
राजतन्त्र र ज्ञानेन्द्रको सात खत माफ भयको अबस्थामा अरु राजतन्त्रात्मक अबस्थाको राजाबादी हरुको धोति तानेर अतिरन्जित गर्दा कस्तो लोकतन्त्र आउछ र?
हैन राजाबादी वा हिजोको मान्छेहरुलाई निषेध गरेर कस्तो लोकतन्त्र बनाउने हो र?
लोकतन्त्रमा सबै अटाउछन भनेको होइन र?
हो ज्ञानेन्द्र पनि अटाउछ लोकतन्त्रमा, मनायर ल्याय हुन्छ चुनाबमा उठाउन जुनसुकै पार्टिले पनि चाहे अनुसार टिकट दिनेछन भन्ने लाग्छ मलाइ!
ज्ञानेन्द्र जुनसुकै पार्टिमा पनि निर्बाध स्वागत हुनेछ होला वा आफ्नै छुट्टै पार्टि खोलेर आयपनी राजनैतिक शक्तिमा राम्रै स्थापित हुनेछ भन्ने मेरो बुझाइ छ!
देश बनाउने वा देशको सेवा गर्ने हो भने राजानै हुनुपर्छ राजै बन्नु पर्छ र बनाइनु पर्छ भन्ने छैन!
कसैले मलाइ बुझाइदियोस कि,
ज्ञानेन्द्रलाई राजा बनायामा यो देश रातारात कसरि बिकाशको काया पलट गर्ला हँ?
ज्ञानेन्द्र संग तेस्तो के छ यसो गर्न सक्ने वा राजतन्त्र मा तेस्तो के छु मन्तर छ देशको तुरुन्तै काया पलट बिकाश गर्ने?
आखिर जनता त यहि हो? नेता त यिनै हुन्, पार्टि त यहि नै होला क्यारे? देश त यहि भूगोलको यहि इण्डियाको तिन्घेरामा नै त हुन्छ होलानी!
अनि ज्ञानेन्द्र राजा हुन्दामा के हुन्छ र कसरि हुन्छ?
राजा पनि सोह्रौ शताब्दीको त होइन होला क्यारे कि प्रम, मन्त्रि प्र न्यायाधिस खाजांची सुसारे सबै आफ्नै र आफैले छानेर खोजेर राख्ने संबिधान आफै बनाउने वा आफ्नो बोलिने संबिधान हुने! यदि यसो हुदैन भने राजा भयर देश कसरि बन्छ त?
ठिक छ देश बनाउन ज्ञानेन्द्रलाई नै चुनौ, तर राजा महाराजको रुपमा होइन नेता र बिचारकको रुपमा!
लोकमान्य त भयो अब ज्ञान्नेमान्य लोकतन्त्रको उदय गरौ तर राजतन्त्रलाई हामीले अब सदाको लागि बिर्सिउ, यो इतिहाश भयो तेसैले इतिहाशमा मात्र पढौ!
यहिनै देशकोको अग्रगमनको उपलब्धि हुने छ!
जनता जनार्दन हुदैनन् सबै खाले समय काल खण्डहरुमा| जोगाएका सम्पदाहरु भत्काउदैमा, व्यवस्था का अपब्याख्या गर्दैमा, बिकाशका क्रम रोक्दैमा, गाली गलोज पाखण्ड को सहाराले इतिहाश क्षेडीक रुपमा अल्मलाउन सकिएला तर भ्रम मा परेका जनताले जिउदो इतिहाश बुझेर जनार्दन बन्ने समय पनि पक्कै आउनेछ….. रुवाबासी गर्दै राजतन्त्र फिर्ता को अलाप बरु राजा ज्ञानेन्द्र ले सुनेनन् भने चाही के गर्ने तेतिबेला अब सोच्ने बेला आको छ….. उहिलेका प्रजा बाट जनता बनेकाहरुले …….||||
मा पनि गणतन्त्र को पछाडी हिने तर अहिले मैले बुझी सके…अब को चुनाब मा कमल थापा लै मेरो मत …राप्रपा नेपाल एक मात्र राष्ट्रवादी पार्टी लै मत यसपाली. जय नेपाल!
दरबार भित्रै पालित पोषित रुक्माङ्गद जिन्दाबाद भन्ने समूहले लोकमानको बिरोध गर्नुको कुनै तुक छैन किनभने कमसेकम लोकमान त दरबार बाहिरै पालित पोषित हुन।
नेताहरुलाई गैर जिम्मेवार बनाउनमा मिडियाको कति भूमिका छ ? यो कुरा पनि तपाईको लेखमा समावेश भएको भए राम्रो हुने थियो । संन्चारकर्मी पनि जानीबुझी यीनै चार दलका गुलाम बनेका छन र उनीहरुको एक पछि अर्को रवैयाका मतियार भएका छन । यो कुरामा संन्चारकर्मी पनि सच्चिन जरुरी छ नी सुर्य जी
हामि नेतालाई मात्र गालि गर्ने बानि बाट कहिले छुटकारा पाउने होला ? नेता मात्र खराब जनता चाही ठिक छन् है भन्ने खालको सोच परिवर्तन गरौ , जनता पनि कुनै न कुनै नेताको पिछलग्गु बनेकै छन् , चिट चोर्न पाउन पर्छ , सडे गलेको खानेकुरा बेच्न पाउन पर्छ आदि इत्यादी अचम्म अचम्मका माग राख्दै नेपाल बन्द गर्ने नेपाली जनतानै हुन् क्या,|
जहाँ सम्म यो लेख मा बर्णन गरिएका विवरणहरु छन् यिनै लेखकज्युको अल्लि अस्ति को लेख ” उम्दा प्रचण्ड घुम्दा कांग्रेस एमाले ” पनि बिर्सिनु हुन्न ,
यिनै नेताको पछि लागेर कति जना मरे र भविस्यमा मर्ने छन् , भ्रस्टचारी जेल बाट छुट्दा माला अबिरले ढाकिएको हुन्छ, ति माला अबिर लाउने नेपाली जनता हैनन् र ?
नेपाल को एस्तो दुर्गति हुनुमा सबै नेपाली (जनता र नेता ) जिम्मेवार छन्, आमरुपमा सबैले मन पराउने खालको भन्दा अलि फरक भए पनि यो कुरा नै आज को यथार्थता हो , बाँकी माइसंसारको पाठकहरु पनि ज्ञाता हुनुन्हुन्छ|
अहिले लाइ नमस्ते है सबैलाई |
सुर्य जी, लेख निकै संदर्विक छ! तर अन्त्य मा ज्ञाने को गुनगान नगर्नु भाको भए बेस हुन्थ्यो! सारा नेपाली लाई थाहा छ त्यो मोरो पनि हाम्रा श्री४ टाउके हरु जस्तै अपराध को पुजारी हो भनेर ! पच्दैन क्या सुर्य जी! होइन हो साथी हरु यो टाउके हरु लाइ बहिस्कार गर्नु पर्छ! सबै ले सक्दो गरौ है! नेपाल आम कि जय !!!!!!
बलजफत ल्याईएको नेपालको गणतन्त्र हाम्रो छिमेकी मुलुक भारत, राजनैतिक दलका नेताहरु र उनीहरुका आसेपासे बाहेक सर्बसाधारण नेपालीको लागि औचित्यहीन भएको छ| नेपालमा हाल हुने गरेका धेरैजसो ठुला निर्णयहरुमा नेपालको हीत भन्दा पनि पहिले त्यसबाट भारतलाई कस्तो असर पर्छ भनेर हेर्न भारतीय एजेन्टको रूपमा कार्यरत देखिन्छन नेपाली नेताहरु| भारतीय नेताहरुसित को कति नजिकिन सक्छ भनेर उनीहरु बीच प्रतिस्पर्धा नै देखिन्छ| देशमा संबिधान नबन्नु, शान्ति सुरक्षा कायम गरेर जनताको धनजनको सुरक्षा गर्न नसक्नु, औद्योगिक बिकासको माध्यमबाट देशभित्र रोजगारीको अवसर सिर्जना गर्न नसक्नु आदि जस्ता कारणहरुले गणतन्त्र खाली नारामा मात्र सिमित भएको छ नेपाली जनताका लागि|
संबिधान सभाको चुनाब अहिलेको प्रथम प्राथमिकता पक्कै पनि हो तर चुनाबनै नहुने स्थितिको सिर्जना गरियो भने वा अब बन्ने संबिधान सभाले पनि संबिधान बनाउन सकेन भने नेपालमा राजतन्त्रको आबस्यकतालाई नकार्न सकिदैन|
के गर्नु आफू दैत्य गुरु सुक्राचार्य परियेन नत्र तथाकथित जन्युद्धमा मारियेका १७००० र जनान्दोलन्मा वलिदान दिने सहिदहरूलाई जिवित गरेर जनतारुपी पिताका धुन्धुकारी चन्डाल चौकडी रुपी कुपुत्रहरूलाई उनिहरु समक्ष कठघरामा उभ्याइदिन्थें अनी ती वलिदानीहरूले यी गणतन्त्ररुपी मन्चका विदुशक र खलनायकहरूलाई के सजाय दिन्थे हेर्थें किनभने सहिश्णु र धैर्यवान नेपाली जनताले त कहीले हो कहीले यिनीहरूलाई सजाए दिने ,चुनवमा यिनीहरूलाई वहिश्कार त गर्न सक्दैनन ! वहिश्कार गरि एक भोट पनि नदिए अनी बल्ल यिनीहरूको आँखा उघ्रिन्थ्यो होला ।र नेपाल आमाको मुहार उज्यालिन्थ्यो होला ।
भारतको आशिर्बाद मा आको गणतन्त्र ले नेपाली जनताको भलो हुनी वाला छैन,येस्ले त खाली दलाल नेता र तिनको कारेकर्ता को मात्र भलो गर्छ, हामी जनता ले यो कुरो बुज्न जरुरि छ, किन कुरा बुज्दैनन नेपाली जनता ???
जब सम्म देशका बुद्दिजिबी , लेखक ,पत्रकार ,संघ संगठन ,नेता कार्य कर्ता ,शाशक र शाशित वर्ग हरु, वर्ग वर्ग बीच शिगो देश र सम्पूर्ण जनताको निमित्त नभई , ” म- मेरो ,हामी -हाम्रो निम्ति ” भन्ने भाबना राख्नेछन | एक अर्काको भाबना र बिचार ,नीति र कार्यक्रम लाइ अंगिकार गर्ने क्षमता र सकारात्मक सोच रख्नेछैन्न | आफना क्रीय़ाकलाप ,नीति निर्देशन सबै ठिक अरुका सबै बेठिक ठान्दछन | तब सम्म देशले जेजस्तो व्यबस्थ अपनाय पनि र त्यस्तो व्यबस्थाको निम्ति जे जस्तो संबिधान निर्माण भएपनि देशको बिकाश क्रम अघि बढ्न सक्तैन | तेश देशका जनता ले सधै दुख पाउछन | दशरथ जस्ता आदर्श र राम जस्ता त्यागी पुरुषलाइ छनोट गर्न सके मात्र देशले फड्को मारन सक्छ |
Surya sir- there is no point to disagree with your allegation against political leaders. But in regard to system, in the end, democracy is the only best option. If you refresh your mind, the King in his ruling time was not that much honest as you thought. His ambition to exercise absolute monarchy, during the time when civil war was on the way to peak, was quite unnecessary and untimely. Certainly, political parties were outdated(as they are now) but system was and is still hopeful. Let me remind you how king did a big mistake by choosing dirty and already rotten people from rubbish bin as though all the wise intelligent are dead or blind. He failed to reveal parental role. He did nothing to the stricken people from so called civil war. He spent 3 years long time with so called Punches and travelling pilgrimage. The security system was badly irresponsible in his time. Though leaders are doing misconduct at the moment, there is no second option of democracy. Just hope to get a good leader to sweep all the rubbish and dont let them to raise their head. But acknowledge that the leader is other than king.
“Every dog has a day” भने जस्तै नेपाली राजनीतिमा हिजडाहरुको पकड र बहुल्येता रहेको अवस्ता हो अहिलेको इस्तिथि ! त्योभन्दा नि डर लाग्दो कुरा त आफ्नै पार्टी मा भएका गगन थापा , बाबुराम भट्टराई ,प्रदिप गिरिजस्ता राम्रा नेताहरुलाई दबाएर प्रचण्ड पुत्र प्रकाश, रेखा थापा, लोकमान सिंह जस्ता हिजडाहरलाई थुपर्नि काम गर्दै छन् नेता भनौदा नपुंग्सकहरु ले! इतिहास मा पनि प्रत्येक दस वर्ष मा देश मा नया क्रान्ति आकै छ, हेरौ जनता को सहन्सिलता को बाध फुटेर दुइ वर्ष मा नया क्रान्ति आउछ कि बर्सौ देखि लुट्न पल्केका ईनै हिजडाहरुको राज चल्छ!
लोकमानलाइ अयोग्य भन्ने भन्दा पनि लोकमानलाई सिफारिस र नियुक्ति गर्ने शिर्ष नेता भनाउदा यी भ्रस्ट चोर नेताहरु महाअयोग्य हुन् भन्ने कुरा नेपाली जनताले अब बुझे जस्तो लग्छ/ यसको नतिजा येदि चुनाब भएको खण्डमा जनताले दिने मतबाट थाहा हुनेनै छ/ येदि जनताले यिनै महाअयोग्यलाइ जिताए भने त्यो जति ठुलो अभिसाप अन्य केहि हुने छैन नेपालका लागि/ सोच नेपाली जनताहो /
सहयोग गरिदिनुहुन हार्दिक अनुरोध:
दिन भरि काम गरेर आफ्नो पेट पाल्ने गरेको छु/
न त मा राजा बादी हूँ न नै कुनै gang (आफुलाई राजनीतिक पार्टी भन्न रुचाउने जस्तै, काँग्रेस, एमाले, माओबादी,तराई पार्टी खोइ के के …..) को सदस्य नै हूँ / म कहिले कहिँ सोच्ने गर्छु येत्रो रक्तपात (महान जनयुद्ध हा हा हा ……) गरेर यी gangster (आफुलाई नेता भन्न रुचाउने)हरु ले नेपाली जनता को साथ पाएर वा जबर्दस्ती लिएर नेपाल को राजसंस्था( पुरानो gang) फाल्न पर्ने कारण चाही के रहेछ?? येतिका बर्ष बिते भोलि त पत्ता लाग्ला नि भन्दै…….तर जति गरे पनि मेरो साधारण दिमाग ले पत्ता लगाउन सकेन/ यी gangster हरु को भूड़ी मा बाहेक यो देश मा कुनै परिबर्तन देख्न सकेको छैन/ कहिँ कतै परिवर्तन भेट्नुहुने महानुभाव ले खबर गरिदिनु होला
यहाँ हरु को सहयोग को अपेक्षा गरेको छु……धन्यबाद
खड्का जी को बिस्लेशन संग म सहमति जनाउछु /
आखिर मा यो गणतन्त्र ले म जस्तो साधारण जनता को जीवन मा के नै परिवर्तन ल्यायो र ?? अनि नेपाल को स्थिति के नै बदलियो र ??
म एउटा साधारण नेपाली हूँ र अहिलेसम्म मैले यो गणतन्त्र, प्रजातन्त्र, राजतन्त्र वा जुनसुकै तन्त्र मा फरक भेट्न सकेको छैन, मेरो हिजो जस्तो थिओ आज पनि तेस्तै छ …..हो नेता को भासन ले भने बेला बेला मा झुक्कीन्छु, कतै साचै नेपाल परिबर्तन पो हुने हो कि भनेर….अनि मेरो जीबन मा परिबर्तन आउछ कि भनेर …….सम्झदा पनि दिक्क लाग्छ …..आखिर मा जुन जोगी आए पनि कानै चिरेका…… सबैको खोक्रो भासन अनि आफ्नो व्यक्तिगत स्वार्थ………….लाज र शर्म भन्ने पटक्कै नभएका……
आखिर मा सक्ने ले पहिला पनि देश लूटेकै थिए अहिले पनि लूटेकै छन्………उही अहिले लुटेरा को जमात बढेको मात्र हो………
जनता पनि त गतिला छन् , एउटा झार पात नेता को भासन छ भन्ने थाहा पायो को आफ्नु काम छोडेर भए पनि भासन सुन्न जान्छन | जनता को नाममा लोकमान जस्ता लाइ निउक्त गरि जादा जनता, कार्यकर्ता जुटेकै छन् , तेस को अर्थ नेता ले हाम्ले राम्रै निर्णय गरेछम भनि निकाल्नु ठिकै होइन र ? एकचोटी टाउके नेता हरु आउने आमसभा मा एकजना पनि नागैदिम त कस्तो हुदो रहेछ |
ज्ञाने र नेता हरु दाजु भाई नै हुन् आंस बन्डा नमिलेर मात्रै झगडा भाको थियो अब कुरा मिल्यो जस्तो छ | अब भाईहरु ले दाइ लाइ पहिला जस्तो नराम्रो भन्न छाडिसके | केहि समय पछि स्वीकार गरे अस्चार्य मान्नु पर्दैन |
अब ५ वर्ष मा हाम्रा केही जनता हरु लै नेता को चाकडी गर्ने र टाउको मा चडाउने बनि बसी सक्यो , जब राजा थिए उसले गरेका काम र नेता सासन अयेपाची तेइ राम्रा काम हरु भत्काएर , झुटो आस्वासन देखाएर सबै जनता लै राजा नै बनाउने खोक्रो भासन लै मन्त्र मान्ने बनि लागि सक्यो.
येसैले सुर्य जी यो लेख ले बुडी आउनु को साटो मान्छे को fuse उदेजस्तो छ
सटिक विश्लेषण . गणतन्त्र को नौटंकी खप्नै नसकिने भै रा’ छ आहिले नेपालीहरुका लागि. बिदेशी एजेन्डा मा आएको कथित “लोकतान्त्रिक गणतन्त्र” बाट यो भन्दा राम्रो अरु के नै गर्न सकिन्छ र.
सुर्य सर,
तपाईको लेख म जस्ताले पढेर के नै अर्थ होला र खै, पढनु र मनन् गर्नु पर्ने हाम्रा गौरबसाली पाटी (पार्टी भनाउदाहरु ) का महान नेताहरुले हो । तिनिहरुको आंखा र कान त फुटीसकेको जस्तो छ, होईन र ? हाम्रा गौरवसाली पाटीका महान नेताहरुमा देख्ने आंखा र सुन्ने कान भएको भए तपाईले यो लेख लेख्नुपर्ने अबस्था नै आउने थिएन, होईन र?
नाम र प्रणाली जति सुकै सुन्दर र लोकप्रिय भए पनि जनताले त्यसको प्रतिफल उचित र न्यायाचित रुपमा पाएनन् भने त्यसको कुनै महत्व र गरिमा रहदैन \ प्रजातन्त्र ,गणतन्त्र ,जनतन्त्र ,एकतन्त्र राज्य प्रणालीका अनेक रुपले यदि मुठ्ठी भर का साशक र साशक वरिपरिका मानिसलाई मात्र राज्य दुइनो गाइ बन्छ र जनतालाई छाडा र हिंसक साडे बन्छ भने त्यो सुन्दर र संसारमा राम्रो ठानिएको प्रणाली आची पुछेर फालिएको ट्वाइलेट पेपर मात्र हो र यसका संचालक आची सरह हुन \ एकदिन यी फ्याकिने छन् \ हतियार ,मसल ,जमात र मिठो बोलीको सहयोगले कुनै पनि तन्त्र टिक्दैन र जनताको लागि फलदायी हुदैन \
सुर्य जी
हजुरले लेख्नु भए जस्तै जनता को हातमा केहि लाग्दैन र येस्तै चाला हो कहिल्येइ लाग्ने वाला पनि छैन / नेपाली जनताले राणा सासन , पंचायेत , प्रजातन्त्र , पुन ; राजतन्त्र , गणतन्त्र ,संबिधान सभा बिघटन र सम्भावित निर्बाचन टाउके हरुको स्वार्थ बाहेक केहि पनि रहेन छ भन्ने थाह पाउदा पाउदै पनि रहर ले होइन कि करले लोकमान्य गणतन्त्र मान्न बाद्ध्य छौ /
के गर्ने सुर्य जी
लाज हुने हरुलाई पो कुरी कुरी गर्दा लाज लाग्छ, यो डाडा मा हगेर डल्ला ले पुछ ने हरुलाई के को लाज ?
फेरी जाबो चिया खान न आउदैमा चै केहि फरक पर्दैन जस्तो लाग्छ | लोकतन्त्र मा लोकमान न अटाए के को लोकतन्त्र ? हिजो राजा छदा राजाको सिन्दुर न लगाउने को थ्यो ?
ओली ,माकुने ,गिरिजा,रामबरण अगाडी ढोका बाटै पछाडिको ढोका र पर्खाल नागेर जाने कति होला ?
मूल मुद्द्दा राजा फाल्ने थ्यो , मूल ऊद्देस्य अब राजाको गुलाम भएर न बस्ने भन्ने थ्यो त्यो भैहाल्यो | अब कमल थापा , लोकमान , रमेश नाथ पाण्डे लाइ मात्र किन तारो बनाउनु ??
खड्का जी,
ज्ञाने को जति चाकडी गरेपनि अब केहिहुने वाला छैन. तसर्थ समय खेर नाफल्नुस. समय धेरै आगाडी बढिसके को छ| सकिञ्छ भने नेता हरुलाई सद्बुध्ही दिने लेख लेख्नुहोला|
अब नयाँ निर्वाचन गरेर नयाँ नेतृत्व जन्माउनुको विकल्प छैन। नेपालमा हामीले व्यवस्था पटक पटक फेरयौं अब पालो नेता फेर्ने। आउनुस यो चुनावमा पुराना नेता सबैलाई जमानत जफत हुने बनाइदिऔं र नयाँ खालको संरचनामा नयाँ अनुहारका नेतालाई उभ्याऔं जिताऔं। यसलाई अभियानको रुपमा नै अगाडि बढाउनुपर्छ नयाँ पुस्ता नयाँ नेतृत्वको विकल्प छैन।
व्यवस्था फेरयौं पटक पटक नेता फेरौं यसपटक
सुर्यजी लाई रायमाझी आयोगको सिफारिस कार्यान्वयन नभएर चिन्ता लागेको रहेछ…तर यदि सो सिफारिस हुबहु कार्यान्वयन हुने हो भने त तपाईको परमपुज्य प्रजाबत्सल, प्रजापालक श्री श्री श्री श्री श्री ज्ञानेन्द्र ज्यू पनि जेल सवार होइबक्सने सम्भाबना थियो । कुनैबेला ज्ञानेन्द्र पनि काम लाग्न सक्छ भनेर सो प्रतिबेदन कार्यान्वयन नगरिएको हो जसरी अहिले लोख्तियारमा लोकमान काम लागेको छ…..कुरा बुझ्नुस