सबैभन्दा पहिला त म उमेश (सालोक्य) सही सलामत छु, म हराएको छैन भन्ने सूचना दिन चाहन्छु। मुहानपोखरीको धम्मशृङ्गमा प्रवेश गरी मोबाइल अफ गर्नुअघि लेखेको एउटा फेसबुक स्टायटसले यस्तो हलचल बाहिर मच्चिएछ कि सांसारिक दुनियाँबाट केही दिनका लागि टाढा भएको मेरो सतिपट्ठान ध्यान शिविरमा समेत त्यसको तरङ्ग आइपुग्यो, जसले मलाई अन्ततः निकै बेचैन बनाइदियो र ध्यान… Continue reading
Author: Salokya
दुर्घटना सौर्य एयरलाइन्सको, घाइते भयो नेपाली अनलाइन पत्रकारिता
नेपाली अनलाइन पत्रकारिताको हतारो र लापरवाहीले गर्दा एउटा दुःखद विमान दुर्घटनाको समाचार कसरी भ्रामक र अविश्वसनीय बन्न पुग्यो भन्ने यो ब्लगले देखाउँछ। एयरलाइन्सको नाम, मृतकको संख्या, र घटनाको विवरणमा समेत गम्भीर त्रुटिहरू भेटिए, जसले समाचारको विश्वसनीयतामाथि प्रश्न उठायो। यस घटनाले नेपाली मिडियामा तथ्य जाँच, स्रोतको विश्वसनीयता र पत्रकारिता नैतिकताको महत्त्व झन् बढाएको छ।
‘चकलेट’ अन्तर्वार्ता काण्डले मेरो हवाई यात्रामा पारेको प्रभाव
भैरहवाबाट काठमाडौँ फर्कनु पर्ने थियो। डोमेस्टिक उडान मात्र हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन वटा एयरलाइन्सले उडान गर्छन्- बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्स। शुल्क सबैको उस्तै। सधैँ बुद्ध पहिलो रोजाईमा पर्ने भए पनि यस पटक मैले जानीजानी यति एयरलाइन्स रोज्न लगाएँ। किन ? किनभने मेरो दिमागमा बुद्ध एयरका साहु वीरेन्द्रबहादुर बस्नेतको एउटा अन्तर्वार्ता… Continue reading
पासपोर्ट रिन्यु गर्न जाँदा मैले सिकेका ६ पाठ
फेब्रुअरी महिनाको एक बिहान, मैले लगभग एक वर्ष बाँकी रहेको पासपोर्टको म्याद नवीकरण गर्न काठमाडौँको जिल्ला प्रशासन कार्यालय पुगेँ। अनलाइन फारम भरेर लाइनमा बसेपछि, मैले सोचेको थिएँ कि यो प्रक्रिया छिट्टै सकिन्छ। तर पहिलो झ्यालमै रोकिएँ—अनलाइन फारमको प्रिन्ट नभएको, एक वर्षभन्दा बढी म्याद भएको, र कर्मचारीका असहज प्रश्नहरूले मलाई स्तब्ध बनाए। मैले नवीकरण प्रक्रियाका जटिलताहरू, असहज प्रश्नहरूको उत्तर दिनुपर्ने, र खाजा ब्रेकको समयमा सेवा बन्द हुने लगायतका थुप्रै पाठ सिक्दै थिएँ, जब मलाई थाहा भयो कि अझै धेरै कुरा बाँकी छन्…
म जे छु, ठीकै छु !
अघिल्लो ब्लग ‘कहाँ हराएँ म ?’ लेख्न सुरु गर्दा मलाई थाहा थिएन, यस्ता व्यक्तिगत विषयहरु लेखेर मैले ठीक गरिरहेछु कि गलत। त्यो ब्लग लेखेको पनि एक महिना पो नाघिसकेछ। अहिले लाग्दैछ, त्यो ब्लगमा आफ्ना कुराहरु खोलेर मैले नराम्रो गरेनछु। ब्लगमा अहिलेसम्म ७६ वटा कमेन्ट आए। प्रत्येक कमेन्टका हरेक शब्दले मलाई नयाँ उत्साह, थप ऊर्जा दिएका… Continue reading
कहाँ हराएँ म ?
माइसंसारको १९ वर्षको इतिहासमा कहिले पनि एक महिनाभन्दा बढी समयसम्म नयाँ ब्लग नलेखिएको इतिहास छैन। तर यसपालि यस्तै भयो। पछिल्लो पोस्ट अप्रिल ८ मा भएको रहेछ अनि आज मे ११। कहाँ हराएँ म ? केही एकदम निकट साथीहरु बाहेक धेरैलाई थाहा छैन म समयको यो कालखण्डमा कस्तो अवस्थाबाट गुज्रिरहेको छु। सबैलाई भन्दै हिँड्ने कुरा पनि… Continue reading
कान्तिपुरमा एक लाख रुपैयाँको विज्ञापनको हालत !
‘कान्तिपुर’मा एक लाख रुपैयाँमा कत्रो विज्ञापन छापिन्छ ? अनि कान्तिपुरमा विज्ञापन छापिएपछि त सबैले पढ्छन्, व्यापकै हुन्छ होला नि हगि ! यो दुई जिज्ञासाको एउटा राम्रो जवाफ कान्तिपुर आफैले विज्ञापनै छापेर दिएको छ। पत्याउनु भएन ? पख्नुस्, म प्रमाणसहित देखाउँछु।
पाल्पा अस्पतालको आइसियुमा पुग्दा साथीहरु तनावमा परेको त्यो रात
यसअघि पनि पाल्पा छोटो समयका लागि नपुगेको होइन, तर गएको तिहार अगाडिको यात्रा भने अविस्मरणीय हुन पुग्यो। घुम्न जाँदा त्यहाँको अस्पताल कहिले पनि सूचीमा पर्दैन। तर यस पटक त्यस्तै पर्यो। खासमा सूचना चलखेल र लोकतन्त्र सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गण्डकीको पोखरामा सकाएर लुम्बिनीको पाल्पामा हुँदै थियो। हामी सडक बाटो हुँदै पाल्पा पुगेका थियौँ। दिनभरको यात्रा, त्यसपछि… Continue reading
माइसंसार : हेर्दाहेर्दै १९ औँ वर्ष पूरा भएछ, सबैलाई धन्यवाद !
‘ल है मेरो पनि ब्लगिङ सुरु भयो’ शीर्षकमा एउटा पोस्ट लेखेको सन् २००५ मा रहेछ। त्यही थियो पहिलो ब्लग पोस्ट माइसंसारमा त्यतिबेला नाम थियो ‘मेरो संसार’। अहिले फर्केर हेर्दा अचम्म लाग्छ- सन् २००५ को अप्रिल ६। अर्थात् २०६१ साल चैत २४ गते। त्यतिबेला अहिले जस्तो सामाजिक सञ्जालको बिगबिगी थिएन। फेसबुक सबैका लागि खुला भएको त… Continue reading
टेलिभिजन होस्टले आइन्सटाइनको भनाई उल्टोपाल्टो गरेर सुनाएछन् यसरी
चर्चित टक शो होस्ट टीकाराम यात्रीको हिमालय टेलिभिजनमा पनि प्रसारण हुने कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’ मा प्राध्यापक सूर्य सुवेदीसितको अन्तर्वार्ता केही अघि प्रसारण भएको थियो। उक्त अन्तर्वार्ता युट्युबमा पनि हेर्न पाइन्छ। अन्तर्वार्ताको सुरु मै यात्रीले भन्छन्, ‘त्यो चाहिँ कस्तो हुन्छ भने अल्बर्ट आइन्सटाइनले भन्या छन् नि- reality is more powerful than imagination भन्छन् नि यथार्थ चाहिँ… Continue reading
‘कुक्कुल्यान्ड’को नेपाल कनेक्सन : सुमार्गी र प्रचण्ड
खोज पत्रकार टम बुर्गिसको पछिल्लो पुस्तक ‘कुक्कुल्यान्ड : ह्वेयर द रिच ओन द ट्रुथ’ अहिले चर्चामा छ। यो पुस्तकमा नेपाल सम्बन्धी छुट्टै च्याप्टर पनि रहेको छ। ‘मिस्टर एक्सवाई’ उपशीर्षकमा १७ पेज नेपाल कनेक्सनको बयान छ जुन विशेष गरी टेलियासोनेरा नामको कम्पनीले नेपालमा व्यापार गर्दाका बखतको कुरा हो। अहिले टेलियासोनेराले मलेसियाको आजियाटा कम्पनीलाई एनसेल बेची उसले… Continue reading
सामान्य हिसाब नजान्ने हाम्रा पत्रकारहरु
हाम्रा खेल पत्रकारहरुले सामान्य हिसाब पनि जान्दा रैनछन् भन्ने प्रमाण आजको समाचारले प्रमाणित गरिदिएको छ। हैट, होइन होला। कहाँ पत्रकारहरुले हिसाब बिगार्छन् भन्ने तपाईँहरुलाई लागेको भए आउनुस् म प्रमाणसहित तपाईँलाई देखाइदिन्छु। उदाहरणका लागि सबैभन्दा पहिला हेरौँ इकान्तिपुरमा छापिएको यो समाचारलाई।
पोखरा दुर्घटनाको भाइरल फोटो : के यस्तै पहिले पनि भएको थियो ?
हिजो भाइरल भएको एउटा फोटो देखेर सबै छक्क पर्नुभयो होला। पोखराको अर्चलेमा भएको बस दुर्घटनाको फोटो थियो त्यो। नाम ‘बस’ भए पनि बस बसिरहेको थिएन, उठिरहेको थियो। अगाडिको भागले भूइँमा टेकेर पाङ्ग्रा जति सबै हावामा। लेखनाथको आरुपाटाबाट पोखरा आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस दुर्घटना हुँदा भित्र अरु यात्रु थिएनन्। बसका ड्राइभर र… Continue reading
भ्रष्टाचारमा दोषी सांसदको निलम्बन फुकुवा : भएको के हो ? १५ प्रश्नउत्तरमा बुझ्नुस्
१. के भएको थियो? उत्तर: मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरिएपछि संसद सचिवालयले निलम्बन गरेको थियो। २. के यो नियममा थियो? उत्तर: हो, भ्रष्टाचार निवारण ऐनअनुसार भ्रष्टाचारको मुद्दा लागेमा स्वतः निलम्बन हुनुपर्छ। ३. अनि के भयो? उत्तर: गुरुङले सर्वोच्च अदालतमा गई उनको निलम्बन बदर गर्न निवेदन दिए र सर्वोच्चले उनको… Continue reading
सिड्नीको ओपेरा हाउसमा नेपाली झण्डाको लाइटिङ? अहँ, नपत्याउनुस् ! त्यो गलत हो
अस्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउसमा गरिएको लाइटिङमा चन्द्रसूर्यसहितको रातो नेपाली झण्डा ! रातो र चन्द्रसूर्य गीतमा त्यही दृश्यमा बनाइएको टिकटक भिडियो। के तपाईँले पनि सामाजिक सञ्जालमा यस्तै देख्नुभएको छ ? नझुक्किनुस्। त्यो गलत हो। नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचमा भने यो फोटो मिथ्या भएको देखिएको छ। ओपेरा हाउसले नेपाली झण्डासहितको लाइटिङ नगरेको जनाएको छ।
‘किल नोटिस’ कान्ड मच्चाएको बेलायती राजपरिवारको त्यो फोटो
यो हप्ता अन्तर्राष्ट्रिय मिडियामा हङ्गामा मच्चाएको फोटो हो यो। यसो हेर्दा यसमा खास त्यस्तो केही देखिन्न। बेलायती राजपरिवारका सदस्यहरुको यो फोटोमा प्रिन्सेस अफ वेल्स केट मेचमा बसेकी छिन् र उनको वरिपरी प्रिन्सेस शार्लट, प्रिन्स लुई र प्रिन्स जोर्ज छन्। प्रिन्स जोर्जले आफ्नी आमालाई अँगालो हालेका छन्। दुई महिनाअघि पेटको शल्यक्रिया गराएपछि सार्वजनिक जीवनबाट टाढा रहँदै… Continue reading
जीबी राई ‘पक्राउ’ : गलत समाचार लेखेर गलत बहानामा बचाउ
बिहीबार बिहानै एउटा समाचारले बजार पिट्यो : सहकारी ठगीको मुद्दामा फरार जीबी राई पक्राउ परे। डढेलो जस्तै यो समाचार आक्रामक रुपमा फैलियो। खासमा यो गलत रहेछ। पुलिसलाई नै पक्राउ परेको थाहा रहेनछ, पत्रकारहरुमात्रै चम्किएका रहेछन्। अझ रोचक त यो मिथ्या सूचना राखेर त्यसलाई बनाएको बहानामा देखियो। आउनुस्, एक पटक हेरौँ र रेकर्डमा राखौँ यो ‘काण्ड’लाई।
नेपाली महिला नासामा अध्ययन गर्न गएको? हावा समाचार, नपत्याउनुस् !
हिजो अस्ति भर्खरको कुरा हो, पक्कै पनि तपाईँले एउटा छाती चौडा हुने, गर्व लाग्ने समाचार अनलाइन मिडियाहरुमा पढ्नुभएको हुनुपर्छ। समाचारको शीर्षक थियो- ‘नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् फलानो’ नेपालीहरु नासा भन्ने बित्तिकै यस्सै भावुक भइदिन्छन्। विजय शाहीदेखि अरु धेरै नासा पुगिसके। कुरा बुझ्दै ल्याउँदा थाहा भो, यस पटक पनि भावुक मिडियाले… Continue reading
खासमा कस्तो अवार्ड दिन लागिएको हो भरतपुरका मेयर रेणु दाहाललाई?
रुटिन अफ नेपाल बन्दले आफ्नो फेसबुक पेजमा गएको फेब्रुअरी १० तारिखमा रेणु दाहालले युके (बेलायतमा) इन्टरन्यासनल मेयर अवार्ड पाउन लागेको भन्दै त्यसलाई ठूलो उपलब्धि भएको दावी गर्दै फोटोसहितको पोस्ट गर्यो। उक्त पोस्टमा त्यो कस्तो अवार्ड हो, कसले दिने हो भन्ने बारे केही उल्लेख थिएन। लगत्तै फेसबुकमा धेरैले पोस्ट गर्न थाले। उनीहरुको दावी थियो, यो बेलायत… Continue reading
‘नागरिक’ले सार्वजनिक गरेको हिसाबकिताब : न ऋण घट्यो, न कर्मचारीलाई दियो तलब
आइपिओ जारी गर्ने नेपालको पहिलो मिडिया ‘नागरिक’ को प्रकाशन कम्पनी नेपाल रिपब्लिक मिडियाले केही दिनअघि दोस्रो त्रैमासिक अवधिको रिपोर्ट सार्वजनिक गरेको छ। पब्लिक कम्पनी भएपछि हरेक तीन तीन महिनामा आर्थिक हिसाबकिताब सार्वजनिक गर्नुपर्छ। दोस्रो बजारमा भाउ साढे तीन गुणा बढी भए पनि यो कम्पनीले नाफा कमाउने कुनै सम्भावना देखिँदैन। के के देखिन्छ त हिसाबकिताबमा ?… Continue reading



















