Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: Salokya

रमेश प्रसाइँको अपरेसनको ‘फेक न्युज’ भाइरल, कसले र किन लेख्छन् यस्ता गलत कुरा?

Posted on January 31, 2022January 31, 2022 by Salokya

के तपाईँले पनि सामाजिक सञ्जालका चर्चित पात्र तथा हाल लालमोहर नामको टिभी कार्यक्रमका होस्ट रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको खबर देख्नुभएको थियो? हिजोदेखि यस्तो खबर फेसबुकमा भाइरल भएको छ। भाइरल खबरमा नेपालकै टप आँखा चिकित्सकहरु मिलेर रमेश प्रसाईको आँखाको शल्यक्रिया सफल पारेको, आँखा देखे लगत्तै खुशी हुँदै सबैभन्दा पहिला छोरी र पत्नीलाई हेरेको, शल्यक्रिया सफल… Continue reading

फेसबुकमा ज्ञानेन्द्र शाहीले फैलाएको भ्रामक सूचना

Posted on January 30, 2022 by Salokya

फेसबुकमा ३ लाख ७५ हजारभन्दा बढी फलोअर भएका ज्ञानेन्द्र शाहीले शनिबार लेखेका छन्, ‘भारतको सिक्किममा नेपाली भाषालाई राष्ट्रिय भाषा घोषणा गरिएको छ।’ उनकै स्टायटस साभार गर्दै केही फेसबुक पेजहरुले पनि यही दावी सेयर गरेका छन्। तर हाम्रो फ्याक्ट चेक (तथ्य जाँच)मा उनको यो दावी भ्रामक देखिएको छ।

‘बाइक’लाई जोरबिजोर लाग्ने, ‘बस’लाई नलाग्ने किन भन्नेहरुका लागि सिडिओले दिने ‘लजिक’

Posted on January 29, 2022January 30, 2022 by Salokya

काठमाडौँ उपत्यकाका तीन जना सिडिओहरुले नयाँ आदेश निकाल्दै शनिबारदेखि जोरबिजोर प्रणाली हटाए। तर सबैतिरको जोरबिजोर प्रणाली हटाइएको भने होइन। सार्वजनिक सवारी साधनमा मात्र हटाइएको हो। सार्वजनिक भन्दैमा फेरि सबै सार्वजनिक पनि होइन रहेछ, ट्याक्सीमा जोरबिजोरै छ। अहिले लकडाउन हैन, अफिस र अरु व्यवसाय खुलेकै छन्। कोही मान्छे मोटरबाइकमा यात्रा गर्दा कोरोना सर्ने जोखिम हुन्छ कि… Continue reading

भूगोल नबुझेको पत्रकारले समाचार लेख्दा ‘अनलाइनखबर’ आफूमात्र डुबेन, अरुको पनि भयो बिजोग

Posted on January 28, 2022January 28, 2022 by Salokya

अनलाइनखबरमा आज (२०७८ माघ १४ गते) एउटा समाचार आएको छ- ट्याक्टरमा बस ठोक्किंदा २४ जना घाइते। समाचारको पहिलो दुई वाक्य यस्तो छ- सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ । भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर… Continue reading

नौ जना युट्युबरविरुद्ध युट्युबरकै गाली बेइज्जती मुद्दा खारेज

Posted on January 28, 2022 by Salokya

नौ जना युट्युबरविरुद्ध ६ जनाले दायर गरेको गाली बेइज्जती मुद्दा काठमाडौँ जिल्ला अदालतले खारेज गरेको छ। प्रेम पुन, सागर बहादुर थापा, कमल बस्नेत, खगेन्द्र खरेल, जनककुमार थापा र दिपेश जिरेलले गएको भदौ १० गते नौ जना युट्युबरसहित थप दुई जना गरी कूल ११ जनाविरुद्ध मुद्दा दायर गरेका थिए।

यसकारण भ्रामक छ भाइरल भएको ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्लुएचओ’ शीर्षकको समाचार

Posted on January 25, 2022January 26, 2022 by Salokya

सोमबार एउटा समाचार निकै भाइरल भयो सामाजिक सञ्जालमा। ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्लुएचओ’ शीर्षकमा यो समाचार थुप्रै नाम चलेका, नचलेका सबैखालका अनलाइनहरुमा आएका थिए। दुई वर्षदेखि दिक्क बनाइरहेको कोभिड-१९ महामारी अन्त्य हुने निश्चित भए त गज्जबकै खुशीको कुरा हो नि। त्यही भएर होला धेरैले खुसीको खबर लेख्दै यस्ता समाचार सेयर गरेको पनि… Continue reading

कसले बोलायो शनिबार सर्वदलीय बैठक? स्रोतले ! मिडिया चिप्लेका कि चिप्ल्याइएका?

Posted on January 22, 2022 by Salokya

शुक्रबार मिडियामा खबर आयो- प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सर्वदलीय बैठक बोलाएका छन्। शनिबार बिहान एमालेले आफ्नो पार्टीलाई सर्वदलीय बैठक बारे कुनै जानकारी प्राप्त नभएको बतायो। त्यस लगत्तै समाचार आयो- शनिबार प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएकै थिएनन्। बोलाउँदै नबोलाएको भए कसरी समाचार आयो त ? मिडिया आफै चिप्लेका हुन् कि कसैले चिप्ल्याइदिएका हुन्? यसो खोज्न… Continue reading

प्रहरीले नै गर्‍यो कानुनको उल्लङ्घन अनि मिडिया लाग्यो पछि-पछि

Posted on January 21, 2022January 21, 2022 by Salokya

प्रहरीको काम त कानुन कार्यान्वयन गर्न सघाउने पो हो, कहाँ कानुन उल्लङ्घन प्रहरी आफैले गर्छ? धेरैलाई यस्तो लाग्ला। तर यस्तो नहुनु पर्ने कुरा पनि भएको देखियो। अनलाइनबाट नेपालमा बसी विदेशमा जुवा खेलाउनेहरु पक्राउ परेको समाचार हिजो तपाईँले पनि पढ्नुभयो होला। धेरै मिडियामा आएको छ यो समाचार। यो बारे जानकारी दिने क्रममा प्रहरीले नै कानुन उल्लङ्घन… Continue reading

हरे, आफ्नै सम्पादकको स्वास्थ्य अवस्था समेत स्रोतले जनाउनु पर्ने यो कस्तो पत्रकारिता !

Posted on January 20, 2022January 21, 2022 by Salokya

स्वास्थ्यका कारण गएको हप्ता केही लेख्न नसके पनि फेसबुक स्क्रोल खुब गरियो। अनि त्यहाँ देखिएका अनेक अनलाइनहरुका समाचार क्लिक गरियो। त्यही क्रममा यो एउटा समाचार पढेर केही लेखौँ झैँ भएको थियो। तर कोरोनाले जाँगर चल्ने बनाए पो ! समाचार कोरोना संक्रमणकै बारेमा थियो। जुन अनलाइनमा यो समाचार प्रकाशित भएको थियो, त्यही अनलाइनका प्रधान सम्पादकलाई कोरोना… Continue reading

कोरोना भाइरसको दोहोरो संक्रमण : पहिले र अहिले के फरक पाएँ मैले ?

Posted on January 20, 2022 by Salokya

जीवनमा धेरै कुराको अनुभव हुनुपर्छ। विश्वमै हलचल मच्चाउने ‘कुख्यात’ रोग लाग्नुको अनुभव चाहिँ जतिसक्दो नभएकै राम्रो। तर त्यसो भनेर के गर्नु, नलागोस् भन्दाभन्दै लागि त गो। जम्मा १५ महिनाकै अन्तरमा दोस्रो पटक कोरोना भाइरसले शरीरमा आक्रमण गर्‍यो। त्यो पनि ‘लाग्यो होला नि त’ भन्ने मात्र नभई पीसीआर परीक्षणबाटै पुष्टि भएकोवाला। पहिलो लहरका बेला सन् २०२०… Continue reading

मिडिया अवार्ड-अग्रजले माने, अनुजले हाने : १७ जनाको नाम बोलाउँदा १३ अनुपस्थित

Posted on January 9, 2022January 9, 2022 by Salokya

गएको हप्ता मिडिया जगतमा सबैभन्दा चर्चाको विषय बन्यो : नेपाल मिडिया अवार्ड २०७८। ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ नारा राखिएको यो अवार्ड यति विवादास्पद भयो कि ‘अग्रजले माने,अनुजले हाने’ हुन पुग्यो। पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पनि विवादमा पर्‍यो। तीन जना अग्रजलाई लाइफटाइम एचिभमेन्ट सम्मान प्रदान गर्ने घोषणा गरिएको थियो। उनीहरुले केही भनेनन्। शनिबार भएको… Continue reading

निर्मला प्रकरणमा भारतीय नागरिकको फण्डा पनि फुस्सा, आधार नभेटिएपछि भए रिहा

Posted on January 7, 2022 by Salokya

निर्मला प्रकरणमा एक भारतीय नागरिक पक्रेर प्रहरीले फण्डा मच्चाएको तपाईँहरुले पनि थाहा पाउनु भएको होला। विभिन्न अनलाइन मिडियाहरुमा अपराधी नै पक्राउ परे जसरी समाचारहरु पढ्नुभयो होला। अझ युट्युबरहरुको त के कुरा गर्नु र, निर्मलाका अपराधी बल्ल पत्ता लागेदेखि प्रहरीलाई सलाम अनि कोहीकोहीले अपराधीलाई फाँसीसम्म दिन भ्याएका थिए। तर मैले यो फण्डा सुरु हुँदा नै लेखिसकेको… Continue reading

पत्रकार ‘कन्फ्युज’ हुँदा तथ्य मै चुकेको सेतोपाटीको एउटा समाचार

Posted on January 4, 2022January 4, 2022 by Salokya

पुस १९ गते सेतोपाटीमा एउटा समाचार आएको छ- प्रधानमन्त्री देउवा र उनका मन्त्रीहरूको सम्पत्ति विवरण खोइ? शीर्षकमा। यो समाचारको मूल आशय प्रधानमन्त्री शेरबहादुर देउवा र उनको मन्त्रिपरिषद्का सदस्यहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हो, गरेनन् भन्ने हो। पक्कै पनि पारदर्शिता, सुशासन आदि अनेकथरि नारामा भुलाउनेहरुले पदमा हुँदा आफ्नो सम्पत्ति यति छ भनेर घोषणा गर्नुपर्ने हो।… Continue reading

नझुक्किनुस्, निर्मला प्रकरणमा प्रहरीले केही नयाँ गरेको छैन

Posted on January 4, 2022January 4, 2022 by Salokya

साढे तीन वर्षपछि एकचोटी फेरि निर्मला प्रकरण चर्चामा आएको छ मिडियामा। समाचारहरु यसरी आउँदैछन्, मानौँ यो प्रकरणका दोषी पक्राउ परिसके। अझ केही युट्युब च्यानलहरुको हेडलाइन हेर्ने हो भने त दोषी सार्वजनिकै गरिसके प्रहरीले। केहीले फाँसीसमेत दिन भ्याइसके। अनलाइन मिडियाहरुले शंकास्पद एक भारतीय पक्राउ परेको समाचार दिइरहेका छन्। त्यो पढ्नेहरुलाई लाग्न सक्छ, केही नयाँ प्रगति भएको… Continue reading

१० हो कि १२ : मान्छे गन्न नजान्ने पत्रकार कि अदालतका कर्मचारी?

Posted on January 3, 2022January 3, 2022 by Salokya

कृषि सामाग्री कम्पनी लिमिटेडले मल खरिद गर्दा एक अर्बको भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गर्‍यो। यो सम्बन्धी विभिन्न अनलाइन मिडियामा समाचार हेर्दा ट्वाँ पर्न बाध्य भइयो। अचम्म लाग्छ, न यो कुनै ब्रेकिङ न्युज थियो, न केही समय ढिला हुँदैमा उत्पात् बितिजाने केही कुरा थियो। धेरैले त अख्तियारले पठाएको… Continue reading

सन् २०२१ मा सबैभन्दा बढी पढिएका १० ब्लग, तपाईँले कुनै छुटाउनु त भएन?

Posted on January 1, 2022 by Salokya

आजदेखि इस्वी संवतको नयाँ वर्ष सुरु भएको छ। २०२१ हामीबाट विदा भइसक्यो। २०२२ सुरु भएको छ। २०२१ ले पनि हामीलाई कोरोना भाइरसको त्रासमै बस्न बाध्य बनायो। तर हामीमध्ये धेरैले खोप पनि लगाए। वर्षान्तमा फेरि ओमिक्रोन भेरियन्टले त्रास फैलाएको छ। यद्यपि अहिलेसम्म नेपालमा त्यसको खासै प्रभाव देखिएको छैन। तर पनि सतर्क हुन पर्नेछ। गएको वर्ष माइसंसारमा… Continue reading

ल्होसार विदा : ‍सक्कली विज्ञप्ति आउनुअघि नक्कली भाइरल, आइन्दा नझुक्किन यसो गर्नुस्

Posted on December 29, 2021 by Salokya

क्रिसमसको अवसरमा शनिबार परे पनि सार्वजनिक विदा घोषणा गरेको सरकारले गुरुङहरुको पर्व तमु ल्होसारमा विदा दिने अनुमान त पहिलेदेखि नै गरिरहेकै हो। तर गएरातिदेखि पानी परेर चिस्सिएको मौसममा विदा घोषणा भएको सक्कली विज्ञप्ति आउनुअघि नै नक्कली विज्ञप्ति भाइरल भइदियो। त्यो विज्ञप्ति नक्कली हो भनेर बनाइएका समाचार पाठकले पढ्न थाल्दासम्म सक्कली विज्ञप्ति आएर समाचारै पुरानो बनिसकेको… Continue reading

नेपालमा पनि छापिएको थियो शून्य रुपैयाँको नोट

Posted on December 27, 2021 by Salokya

केही दिनअघि अनलाइनखबरमा ‘किन छापियो भारतमा शून्य रुपैयाँको नोट ?’ शीर्षकको समाचार छापिएको रहेछ। त्यो देखेर मलाई एउटा पुरानो ब्लग याद आयो। नेपालमा पनि यस्तै खालको शून्य रुपैयाँको नोट छापेर बबाल गरिएको थियो। त्यो सम्झिएर पुरानो ब्लग धूइँपत्ताल खोजेँ, भेट्न निकै गाह्रो पर्‍यो। सन् २०१२ को अप्रिल महिना उताका ब्लगहरु अर्काइभ गरेर छुट्टै सबडोमेनमा राखिएको… Continue reading

भाइरल भएको बाजुरा अस्पतालको अपरेसन थियटर : खास कुरो यस्तो पो रहेछ

Posted on December 27, 2021December 27, 2021 by Salokya

केही दिनदेखि फेसबुकमा एउटा फोटो धेरैले सेयर गरिरहेको देखेको छु। फोटोमा जस्तापाताले बेरेको एउटा टहरा जस्तो देखिन्छ। त्यसमा राखिएको साइनबोर्डमा लेखिएको छ- जिल्ला अस्पताल बाजुरा शल्यक्रिया कक्ष। मुनि अङ्ग्रेजीमा अपरेसन थियटर पनि लेखिएको छ। एउटा कुखुरा पनि नजिकै देखिन्छ। दुर्गम क्षेत्रको अस्पतालको अवस्था दर्शाएको भन्दै धेरैले सामाजिक सञ्जालमा यसलाई राखेर भाइरल बनाएका छन्। के यो… Continue reading

केपी बा भन्दै राष्ट्रपतिसँग नाच्दै ‘सम्झिने-पानी छम्किने’ टिकटक बनाउँदा आइलागेको आपत

Posted on December 24, 2021December 24, 2021 by Salokya

तिम्लाई स्कूटर दिउँला- सपनामा तिम्लाई कारै दिउँला- सपनामा तिम्लाई पोइल लिएर जाउँला सम्झिने, पानी छम्कने ! रचना रिमालको यो चर्चित गीतमा कम्मर र हात हल्लाउँदै मान्छेहरु नाचिरहेको अनि ती नाच्नेहरुको टाउको फेरेर तत्कालीन प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको राखिएको यो टिकटक भिडियो शायद् तपाईँले पनि टिकटक, फेसबुक वा ट्विटर अथवा युट्युबतिर देख्नुभएको होला।… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 185
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme