Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विधेयक ‘आग्रा’को, बहस ‘गाग्रा’को : माननीयज्युहरु, हामीलाई लाज भो तपाईँहरुको बहस सुन्दा !

Posted on July 14, 2023 by Salokya

विज्ञ सेवा प्रदान गर्नुपर्ने ‘अप्पर हाउस’ मा हिजो माननीयज्युहरुले गरेको बहस सुन्दा उहाँहरुलाई के भयो कुन्नि, हामी सुन्नेहरुलाई चाहिँ लाज भो।

विधेयक आग्राको, बहस गाग्राको भएको थियो।

अर्थात् विधेयक थियो इकमर्स सम्बन्धी विद्युतीय माध्यमबाट हुने व्यापारसम्बन्धी  कानुनको। बहस गरे विद्युत अर्थात् इलेक्ट्रिसिटी व्यापारको। ठ्याक्कै हेडलाइनमात्र पढेर धारणा बनाउने र  सोसल मिडियामा कमेन्ट गर्ने जमात जस्तै। अरे यार, राष्ट्रिय सभाका सदस्यहरु त ती भन्दा फरक हुन्। मान्नु पर्ने माननीय पो हुन् त। के गरेका यस्तो?

कुरो के हो ?

यिनलाई चिन्नुस्। आजभोलि त मान्छेले मन्त्री पनि चिन्दैनन् नि, त्यही भएर।

यिनी हुन् रमेश रिजाल। अहिलेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री। उनले राष्ट्रिय सभामा अस्ति असार १२ गते विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गरेका थिए।

त्यही विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा हिजो प्रस्तुत गरिएको थियो।

यो विधेयकको प्रस्तावना यस्तो थियो-

यसमा विद्युतीय व्यापारको परिभाषा यसरी दिइएको थियो-

अर्थात् अरु धेरै कुरा नपढे पनि प्रस्तावना र परिभाषामात्रै पढेको भए के सम्बन्धी विधेयक हो, कुरा प्रष्टै बुझिहालिन्थ्यो। तर विधेयकको नाम मात्र पढेर राष्ट्रिय सभामा बहस भएछ।

माननीय भगवती न्यौपाने, एमालेले भन्नुभएछ- व्यापार गर्न हुन्न भनेर त म भन्दिनँ। तर हामीले हाम्रो देशमा पर्याप्त विद्युत खपत गर्नुपर्ने आवश्यकता छ।

कहाँ इन्टरनेटबाट सामान बेच्ने कुराको विधेयक, कहाँ विद्युत (इलेक्ट्रिसिटी) व्यापारको कुरा ! आग्राको कुरा गाग्रा !

त्यसपछि एमालेकै माननीय तुलसाकुमारी दाहालले सुरुमा त ठीकै विषयवस्तुमा आधारित नै बोल्नुभएको थियो। लास्टमा भने उहाँ पनि विद्युत र विद्युतीयमा झुक्किनुभएछ। विद्युत व्यापार तथा वितरणलाई नियमन गर्न बनेको विधेयक भन्दै यस्तो भन्नुभयो-

अनि एमालेकी अर्का माननीय विमला घिमिरेले भनिन्- नेपालमा उत्पादन भएको विद्युतलाई नेपालभित्रै खपत गर्ने कुरामा पहिलो प्राथमिकता दिउँ।

हे भगवान् !

अनि आए सत्तापक्षीय सांसद नेपाली कांग्रेसका जितेन्द्रनारायण देव। उनले सरकारलाई धन्यवाद दिन भ्याए र विद्युतका व्यापारमा लामो व्याख्यान दिन भ्याए। सरप्लस विद्युतलाई बेच्ने भन्दै –

अब छलफलमा उठेका प्रश्नको उद्योगमन्त्री रमेश रिजालले दिएको जवाफ हेर्नुस्- ‘देशमा म्याक्सिमम विद्युत् उपभोग गर्नुपर्छ । बाँकी विद्युत् बाहिर पठाउनुपर्छ भन्नेमा हामी सहमत छौं’ 😎😂

के यहाँ मजाक चलिरहेको छ ?

के हो विषय ? केको बहस ? पढ्न नपर्ने ?? बुझ्न नपर्ने ???

धन्न राष्ट्रिय सभा अध्यक्षले लास्टमा स्मरण यसरी गराएछन्। हैन राष्ट्रिय सभाका सदस्यहरुलाई लाज भन्ने कुरा अलिकति पनि हुन्न ? मन्त्रीभएपछि अलि बुझ्नु पर्दैन ? हैट, देश पशुपतिनाथले नै चलाका रैछन्। लाज हुनुपर्छ भन्नेहरुले हुन्छ भन्नुस्, पर्दैन भन्नेले हुन्न भन्नुस् अब कमेन्टमा

अन्त्यमा,

हामी पनि त उस्तै हौँ। हामी पनि सोसल मिडियामा शीर्षक हेरेर कमेन्ट ठोक्न कहाँ कम छौँ र। जस्ता जनता त्यस्ता नेता अर्थात् सांसद। यसो भनेर चित्त बुझाए पनि भयो।

तर कुरो त्यसो होइन नि। हामीभन्दा खास हामी भन्दा अलग हामीलाई नेतृत्व दिनु पर्ने भएर त उनीहरुलाई नेता मानेको। हाम्रा लागि कानुन बनाउन उनीहरुलाई पठाएको। विद्युत र विद्युतीयको विषयमा नै अलमल हुँदा त हामीलाई नै लाज भो है माननीय ज्युहरु।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme