Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मलामी गएको बेलासमेत नछाडेको ‘विवाद’

Posted on July 13, 2023 by Salokya

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको हिजो निधन भयो। हुन त उनी लामो समयदेखि बिरामी अवस्थामै थिइन्। बहालवाला प्रधानमन्त्रीलाई परेको शोकका कारण हिजो यो विषय मिडियामा पनि धेरै आयो। तर, मलामी गएको बेलासमेत विवादले भने छाडेन। हेर्नुस् त कस्तो विषयमा समेत विवाद भएको !

विवाद नम्बर १ : कँडेलको फोटो मोह

सामाजिक सञ्जालमा भाइरल भएको यो क्लिप कृष्ण कँडेलको हो। कँडेल एक इन्फ्लुएन्सर हुन्। दोहोरी गीत रुचाउनेहरुले उनको कार्यक्रम इन्द्रेणी रुचाउँछन्। फेसबुकमा ४ लाखभन्दा बढी फलोअर्स भएका कँडेल दोहोरीसँगै सामाजिक सञ्जालमा अन्य विषयमा अन्तर्वार्ता लिने, चन्दा उठाएर वितरण गर्ने जस्ता काममा पनि संलग्न हुन्छन्।

अन्तिम श्रद्धाञ्जलिका लागि पार्थिव शरीर माओवादीको केन्द्रीय कार्यालयमा राखिएको थियो। त्यहीँ कँडेल पनि पुग्छन्। फूलमाला चढाउन अघि दौडदै क्यामेरा दिएर आफ्नो फोटो/भिडियो खिच्न भन्छन्। क्यामेरा अगाडि पोज मिलाएर फूलमाला चढाउँछन्।

यो क्लिप भाइरल भएपछि उनले अहिले धेरै आलोचना खेप्नु परिरहेको छ।

विवाद नम्बर २ : तोसिमाको काटिएको क्लिप

मलामी जाँदासमेत विवादमा परेकी अर्की पात्र हुन् तोसिमा कार्की। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद।

त्यही पार्टीका अध्यक्ष रवि लामिछानेले केही अघि लेखेका थिए, घण्टी बजाउने मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ।

ठ्याक्कै त्यस्तो भएको छ- घण्टी पार्टीका सांसदहरुको स्थिति। सामाजिक सञ्जालले उनीहरुलाई लोकप्रियताको शिखरमा पनि पुर्‍यायो, अब अहिले त्यही सामाजिक सञ्जालले उनीहरुको खेदो पनि खन्दैछ।

कवि अर्जुन पराजुलीले हिजो एउटा कविता फेसबुकमा पोस्ट्याएका थिए- मलामी जाने भनेको मलम लगाउन जाने हो महोदय। तर यहाँ त मलामी जाने, श्रद्धाञ्जलि दिन जानेलाई पनि तमाशा बनाइन्छ।

‘फर्स्ट लेडी’को निधन भएकोले त्यहाँ धेरैको उपस्थिति हुनु स्वभाविक हो। तर यो खासै ठूलो न्यूजभ्यालुको विषय भने होइन। तर हुलका हुल युट्युबर र मूलधारेहरु क्यामेरा तेर्स्याएर बसेका रहेछन्। उनीहरुले तोसिमालाई छोपिहाले।

मलामी जाँदा पनि के धेरै बोल्नु, हार्दिक श्रद्धाञ्जलि भनिदिए भइहाल्थ्यो। तर माइक मोहका कारण उनले अलि लामै बोलिछिन्। अनि त्यही लामो बोली काटेर नेपालखबरले सामाजिक सञ्जालमा भाइरल गरिदिँदा उनले गाली खानु पर्‍यो।

नेपालखबरले गरेको ट्विटमा उनको बोली यस्तो थियो-

पत्नी शोकमा रहेका प्रचण्डलाई डा. तोसिमा कार्कीको प्रश्न : आफ्नै श्रीमतीको त हेरचाह गर्न सक्नु भएन, देशको के होला? pic.twitter.com/Kb8WByzdRi

— Nepalkhabar (@nepalkhabar) July 12, 2023

हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ, परिवार हुन्छ। त्यो परिवारलाई संरक्षण गर्नुपर्ने, जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन, आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रको लागि के गर्नुहोला त भन्ने प्रश्नहरु पनि आउनसक्छ। 

यो टिकटके जमानामा कसले पूरै बोली सुनिरहन्छ? यसमा जे देखियो, सुनियो- त्यही सत्य भयो।

खासमा उनको भनाईको टुक्रामात्र रहेछ यो। कन्टेक्स्ट अर्थात् सन्दर्भ बिना यति मात्र काटेर क्लिप भाइरल बनाइयो।

खासमा पत्रकारले यस्तो प्रश्न सोधेका थिए- तपाईंले प्रचण्ड पत्नीको एकखालको प्रशंसा गर्नुभयो, प्रचण्ड पनि श्रीमतीका लागि कतिसम्म लागिपरे भन्ने उदाहरण छ । उहाँ श्रीमतीकै लागि हरेक समय आफ्नो समय त्याग गरिरहनु भएको थियो । त्यसलाई चाहिँ कसरी लिनुहुन्छ ?

यसमा उनको जवाफ थियो : हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ, परिवार हुन्छ । त्यो परिवारलाई संरक्षण गर्नुपर्ने, जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन, आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रको लागि के गर्नुहोला सक्नुहोला त भन्ने प्रश्नहरु पनि आउनसक्छ । त्यो कारणले सायद मैले ब्यालेन्स नै तरिकाले लाग्नुभएको भनेर म बुझ्छु । अहिले पत्नीयोग को दुःखमा पर्नुभएको छ । पुत्रको दुःख पनि भोग्नुभएको छ । त्यो बाबजुद प्रधानमन्त्री जस्तो पदमा बसेर गर्न खोजिराख्नुभएको छ, त्यसमा अहिले विक्षिप्त भएको अवस्थामा हामी धेरै टीकाटिप्पणी नगरौं । उहाँलाई साथ नै दिनुपर्छ हामी जनताले । भन्दै गर्दा अरु राजनीतिक हिसाबकिताब र राजनीतिक मुद्दाका कुराहरु त छँदैछन् ।

बोली उनकै, आवाज उनकै तर कन्टेक्स्ट नहुँदा अर्थको अनर्थ बनाइयो।

तर तोसिमा लगायत अरुले पनि बुझ्नु पर्ने कुरा चाहिँ के हो भने अर्जुन पराजुलीले भने जस्तै मलामी भनेको मलम लगाउन जाने हो। त्यहाँ यतिविधि लामा लामा लेक्चर दिन जरुरी छैन। बोल्नका लागि अरु फोरम छँदैछन्।

विवाद नम्बर ३ : जिउँदालाई श्रद्धाञ्जलि, मरेकालाई समवेदना !

सामाजिक सञ्जालमा अर्को पनि एउटा विषय  चर्चामा छ। यो हेर्नुस्-

त्यसैगरी लुम्बिनी विश्वविद्यालयको यो पत्र पनि हेर्नुस्

अब यो कुरा बुझ्नलाई शब्दकोशले यी दुई शब्दको अर्थ कस्तो बनाएका रहेछन्, हेरौँ-

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme