Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विरोधको अनौठो उपाय : ट्वाइलेट तालाबन्दी

Posted on July 19, 2023 by Salokya

विरोधका थुप्रै उपायबारे तपाईँहरुलाई थाहै होला। कोही प्रदर्शन गर्छन्, नारा लगाउँछन्, धर्ना बस्छन्, अनसन बस्छन्। अलि आँटिलो भए आमरण अनसनै बस्छन्।

कसैकसैले हाकिमको कार्यकक्षमा तालाबन्दी गर्छन्।

तर तपाईँले यस्तो विरोधको कार्यक्रम भने शायदै अहिलेसम्म सुन्नुभएको होला। यो अत्यावश्यक विषयको तालबन्दी हो अर्थात् ट्वाइलेट तालाबन्दी।

रोकेर रोक्न नसकिने एउटा विषय यही हो। यसैमा तालाबन्दी ! उपाय त गज्जबकै लगाएछन्।

त्यसो त काठमाडौँको आरआर कलेज विरोध प्रदर्शनका लागि फेमसै ठाउँ हो। आफू पनि त्यही कलेजमा पढेको भएर अलि भावनात्मक रुपमा नजिक लाग्छ यो कलेज।

कहिले खुकुरी हानाहान त कहिले विद्यार्थी विद्यार्थी अनि कहिले गुरु-विद्यार्थी हानाहानसम्मका घटना यही कलेजमा भएका छन्। हानाहान भएर महिनौँसम्म कलेज बन्द भएको घटना पनि छन्।

अहिले फेरि यही कलेजमा विरोधको एउटा शृङ्खला चलेको रहेछ। आन्दोलन रहेछ उनीहरुकै शब्दमा शैक्षिक विकृति विरुद्धको। गर्ने संस्था रहेछ अखिल क्रान्तिकारी। विषय रहेछ छात्रवृत्ति वितरण न्यायोचित नभएको।

अनि उपाय रहेछ ट्वाइलेट तालाबन्दी। ट्वाइलेटमा ताला लगाएर टाँसिएको सूचनामा लेखिएको छ- विद्यार्थीका वृहत्तर हित र अधिकारको रक्षा र प्रचलन सुनिश्चिताका निम्ति यस क्याम्पस प्रशासनको शौचालयमा तालाबन्दी गरिएको छ। छात्रवृत्तिको न्यायोचित ढंगले पाउने अवस्था नबनेसम्म तथा तपशिल बमोजिमका मागहरु पुरा नभएसम्मका लागि तालाबन्दी यथावत रहनेछ।

पहिला पहिला भए अखिल क्रान्तिकारीले कस्तो कस्तो क्रान्तिकारी कदमहरु चालेर विरोध प्रदर्शन गर्थ्यो, हामीले थाहा पाएकै कुरा हो। समयक्रममा क्रान्तिकारीहरु परिवर्तन भएर ट्वाइलेटमा तालाबन्दी जस्तो शान्तिपूर्ण तर एकदमै अनि तत्काल असर पर्ने विषय गर्न थालेछन्।

ट्वाइलेट तालाबन्दीको यो क्रम अब अरु ठाउँतिर पनि फैलने होला।

तपाईँलाई कस्तो लाग्यो त विरोधको यो स्वरुप? आफ्नो विचार तल लेख्न सक्नुहुन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme