Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनलाइन न्युजपोर्टलमा ‘क्लिनफिड’ अर्थात् विज्ञापन नदेखिने कसरी बनाउने?

Posted on August 3, 2023 by Salokya

अचेल नेपाली अनलाइन न्युजपोर्टलहरु हेरिसक्नुका छैनन्। दुई लाइन समाचार पढ्यो, भरमार विज्ञापन देखिन्छ। के तपाईँलाई यसो देख्दा दिक्क लाग्छ? न्युजपोर्टलहरु पनि क्लिनफिड अर्थात् विज्ञापन बिनाको भइदिए कस्तो हुन्थ्यो भन्ने लाग्छ?

त्यसो त न्युजपोर्टलहरुले तपाईँलाई सित्तैमा समाचार सामग्री दिनसक्नुको एउटा प्रमुख आधार यही विज्ञापन नै हो। तर जसरी आफ्नो न्युजपोर्टलमा कस्तो विज्ञापन राख्ने उनीहरुको अधिकार हो, त्यसैगरी तपाईँको कम्प्युटरमा कुनै पनि वेबसाइट कसरी हेर्ने, तपाईँको अधिकारको विषय हो।

विदेशतिर त्यही भएर एडब्लकर प्लगइन चलेको छ। तर नेपालमा नेपाली वेबसाइटहरुमा त्यसको प्रयोग प्रभावकारी देखिन्न। तर आज म तपाईँहरुलाई नेपालका चर्चित न्युजपोर्टलहरुका विज्ञापन नदेखिने बनाउने उपाय सिकाउँछु।


सबैभन्दा पहिला तपाईँ गुगल क्रोम चलाउनु हुन्छ भने क्रोम वेब स्टोरमा गएर युब्लक ओरिजिन नामको यो एक्सटेन्सनलाई इन्स्टल गर्नुस्।

सजिलोको लागि यहाँ क्लिक गरेर सीधै तपाईँ एक्सटेन्सनमा जान सक्नुहुन्छ।

अँ, तपाईँ गुगल अकाउन्टमा साइन इन भएको हुनुपर्नेछ भन्ने चाहिँ नबिर्सनुस्।

इन्स्टल भयो ?

इन्स्टल भइसकेपछि तपाईँले ब्राउजरमा एड्रेस बारको छेउमा यस्तो आइकन देख्न सक्नुहुनेछ।

युब्लक ओरिजिन बाहेक तपाईँ एडब्लक वा एडब्लक प्लस वा एडगार्ड एडब्लकर एक्सटेन्सन पनि इन्स्टल गर्न सक्नुहुन्छ।

एक्सटेन्सन इन्स्टल भइसकेपछि अब नेपाली न्युजपोर्टलहरुको एड ब्लक गर्नका लागि तपाईँ जानु पर्ने हुन्छ यो स्वच्छ एड ब्लक फिल्टरमा।

यहाँ क्लिक गरी त्यहाँ जान सक्नुहुन्छ। 

यो साइटमा क्लिक गरिसकेपछि अरु केही गर्नुपरेन। त्यसमा लेखिएको Click to add it autimatically मा क्लिक गर्नुस्।

त्यसपछि….

सकियो काम।

अब तपाईँ चर्चित नेपाली न्युजपोर्टलहरु हेर्नुस्- विज्ञापन बिनाको सफा हेर्न पाउनु हुनेछ।

भएन त गजब !

ध्यान दिनुस् कि यो उपाय डेस्कटप वा ल्यापटपमा मात्र उपयोगी हुन्छ।

के तपाईँलाई मोबाइलमा पनि यसैगरी हेर्न मन छ ? त्यो उपाय चाहिँ अर्को पटक है !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme