वैद्य पक्ष लगायत विपक्षी पार्टीहरुले सरकारको विरोध गर्न अब नयाँ विषय पाएका छन्- देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी। बिप्पा सम्झौताकै विरोधमा अझै भित्ता रङ्ग्याइरहेको वैद्य पक्षलाई सरकार र संस्थापन पक्षविरुद्ध आक्रमण गर्न नयाँ नारा बनाउन सजिलो भएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनको जिम्मा भारतीय कम्पनी IL&FS… Continue reading
Author: Salokya
पूर्वराजाले पार्टी नखोल्ने रे
राजतन्त्र अन्त्य गर्न प्रमुख भूमिका खेल्ने पार्टी माओवादी अहिले दुई टु्क्रा भएको छ। मान्छेहरुलाई अहिलेका पार्टीप्रति वितृष्णा छ। एउटा नयाँ शक्ति उदाउनु पर्ने कुरा सुनिँदैछ। के पूर्वराजाले पार्टी खोलेर जनताको मतबाट पुनर्स्थापित हुने मौका आउँछ त ? अहँ। लुम्बिनी भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्रले आज पत्रकार सम्मेलनमा भनेका छन्- राजसंस्थाले राजनीति गर्दैन, पार्टी पनि खोल्दैन।… Continue reading
अध्यागमनका पियन घुस्याहा ठहर
तपाईँहरुलाई यादै होला, केही अघि अमेरिका उड्न लागेकी एक महिला डिचेन डोल्मा शेर्पालाई अध्यागमन विभागले दुःख दिएको घुस लिएको बारे मिडियामा आएका समाचार। आज विशेष अदालतले यो मुद्दामा फैसला गरी ती पियन पूर्णबहादुर बस्नेतलाई घुस्याहा ठहर गरेको छ। अदालतले उनलाई छ महिना कैद र एक लाख रुपैयाँको फैसला गरेको छ। उनीमात्र हैन, मुद्दा शाखाका कम्प्युटर… Continue reading
देउवाकी साली भन्दै अमेरिकामा ठगेको स्वीकार
अमेरिका पुर्याइदिन्छु भनेर नेपालमा मात्र हैन, अमेरिकामै पनि ठगिँदो रहेछ। तिम्रा आफन्तहरुलाई अमेरिका ल्याइदिन्छु भन्दै हजारौँ अमेरिकी डलर ठगिछिन् देउवाकी सालीले। देउवा अर्थात् पूर्व प्रधानमन्त्री तथा भावी प्रधानमन्त्रीका रुपमा पनि चर्चामा ल्याउने गरिएका कङ्ग्रेस नेता शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाकी बहिनी नीतु राणाले। मिडियामा यस्तो खबर आएपछि आरजुले विज्ञापनै छपाएर यसको खण्डन गर्नुपर्यो। पछि… Continue reading
बाबुरामको माग बाबुरामलाई नै
२०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि यो यो माग पूरा गर भनेर संयुक्त जनमोर्चाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय माग बुझाएका थिए। यही माग पूरा नगरेको भन्दै माओवादीले फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो। यी माग बुझाएका थिए हालका प्रधानमन्त्री बाबुराम भट्टराईले। अब आफ्नै हस्ताक्षर भएको यी माग फर्के आफै अगाडि… Continue reading
आयो असार १५
आज असार १५। हामी नेपालीहरु पश्चिमबाट आयात गरिएका भ्यालेन्टाइन डे, क्रिसमस मनाउँछौँ। असार १५ त हाम्रै पर्व। खेत र हिलो छैन भने आफ्नो टाउकोमा पानी खन्याएर भए पनि पुराना यी फोटोहरु हेरेर आज असार १५ मनाउनु पर्यो। छ भने दही चिउरा खानुपर्यो। असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि। अनि सुनाउनु… Continue reading
मोस्ट वान्टेड फरार अभियुक्तले खोले पार्टी
सर्वसाधारणलाई धनी हुने रङ्गिन सपना बेचेर लुट्नु लुटेर कानुनी कारबाही हुन थालेपछि फरार भएका नेटवर्क धन्दा गर्ने युनिटीवालाहरु अब पार्टी खोलेर राजनीतिमा उत्रिएका छन्। प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका फरार अभियुक्तहरु जय युनिटी को अपरेटिभ पार्टी नेपाल नामको यो नयाँ पार्टीका हर्ताकर्ता छन्। जे होस्, आइडिया चैँ लगाएकै हुन्। राजनीतिको खोल ओढेपछि कस्ता-कस्ता अपराध त… Continue reading
कालो झण्डादेखि किन डराउनु ?
हामी सर्वसाधारणले केही कुरा जसरी बुझेका हुन्छौँ, त्यसरी ठूलाठालुहरुले पनि बुझिदिए उनीहरुले देख्ने ठूलो समस्या पनि निकै सामान्य हुनसक्छन्। कालो झण्डा एउटा त्यस्तै हौवा हो। थाहा छैन किन सत्ताधारीहरु यो देख्ने बित्तिकै तर्सन्छन्। सत्ताको मात लागेपछि शायद् यस्तै हुने हो कि। कालो झण्डा त विरोधको एउटा प्रतीक न हो। शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्दा कसैको… Continue reading
आहा, हाम्रो नेपाल !
माथिको फोटोमा तपाईँले दायाँ छेउको कुनामा जुन दृश्य देखिरहनुभएको छ, त्यो जेम्स क्यामरुन निर्देशित फिल्म अवतारको हो। अन्तरिक्षमा रहेको काल्पनिक पान्डोरा ग्रहको दृश्य। अनि माथिको ठूलो दृश्य चाहिँ हाम्रै नेपालको हो। धुन्चेबाट गोसाइँकुन्ड जाने बाटोमा देखिने दृश्य। यो त अझ क्यामेराले यति मात्रै खिच्न सकेको हो। खोलाको कलकल, चराको आवाज यो फोटोमा देखाउन सकिँदैन। साँच्चै,… Continue reading
सगरमाथा भारतमा रे !
सगरमाथा नेपालमा पर्छ भनेर हामी जति गर्व गर्छौँ, चीनमा पर्छ भनी चिनियाँहरु पनि उत्तिकै गर्व गर्छन्। चिनियाहरुका केही लोकप्रिय गीतहरु छन् (राष्ट्रिय गीत जस्तो) जसमा यस्ता शब्दहरु छन् “हाम्रो महान राष्ट्र, जहाँ चोमोलुङमा, विश्वको सर्वोच्च शिखर छ…”आदि इत्यादि। यसबारे माइसंसारमा पहिले नै बहस भइसकेको छ। सगरमाथाको चुचुरो चाहिँ नेपाली भूभागमा पर्छ भन्ने कुरालाई भने चीनले… Continue reading
मेरो देश मलाई लाग्छ प्यारो…
काठमाडौँमा मौसमसँगै राजनीति तातिँदै गर्दा केही काम र केही घुमघामका लागि शनिबार उत्तर (लाङटाङ राष्ट्रिय निकुञ्ज) तर्फ लम्केका थियौँ हामी। गएको दिनदेखि नै पानी परेपछि यो पाँच दिनको यात्रामा कति रुझियो, कति पटक चिप्लेटी खाइयो, कति पटक डङ्ग्रङ्गै लडियो, कति जिउभरी हिलो लगाइयो, कति रक्तदान (जुकालाई) गरियो…. तर सब बिर्सिन पुगियो यो दृश्य हेर्दा। सँधै… Continue reading
माफी माग्नु ठीक हो कि हैन?
दुई वर्षको आयु रहेको संविधान सभालाई पटक-पटक म्याद थपेर चार वर्षसम्म तन्काएर पनि संविधानै नबनाई अवसान गराएपछि केही सभासदहरुले लेख लेखेर र केहीले भाषण गरेर माफी मागे। तर अधिकांशले केही गरेनन्। दलहरु पनि एकअर्कालाई दोष दिँदै बसेका छन्। यो राजनीतिक कुरा भयो। यसमा व्यक्तिगत नैतिकताको कुरा पनि आउला। जब तपाईँ केही गल्ती गर्नुहुन्छ, त्यसपछि माफी… Continue reading
आर्यघाटमा यो के हुँदै ?
ठाउँ- पशुपति आर्यघाटको बागमती नदी। के गर्दैछ त यो केटा ? बागमती नदीमा माछा मार्दै ? हैन-हैन। कहाँ माछा मार्नु यस्तो पानीमा ! त्यसो भए के गर्दै त ? अनुमान लगाउनुस् र जवाफ हेर्न भित्र आउनुस्।
धुन्चेलाई नजिकबाट हेर्दा
अहिले म रसुवाको सदरमुकाम धुन्चेमा छु। पहिलो पटक यहाँ आएको हुँ। त्यसैले रमाइलो लागिरहेको छ। अपराह्नतिर यहाँ आइपुगेका थियौँ। आजै यहाँ अञ्चलस्तरीय महिला भलिबल प्रतियोगिता पनि भइरहेको रहेछ। त्यहीँ खिचेका केही फोटोसहितको यो फोटो ब्लग।
शक्ति प्रदर्शनको नाममा कार्यकर्तालाई सास्ती
जेठ-असारको चर्को घाममा कार्यकर्तालाई तताएर सबै पक्षले शक्ति प्रदर्शन गरिसके। अब पुगेन र ? अलि बढी अलि कम मात्रै हो जसले शक्ति प्रदर्शन गरे नि। दुःख पाउने कार्यकर्ता नै हुन्। यसरी सडकमा शक्ति देखाएर पनि कहीँ कुरो मिल्छ ?
बम बने पहिलो ‘न्यायाधीश शहीद’
अज्ञात अपराधीले दुई साताअघि गोली हानी हत्या गरेका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम पहिलो न्यायाधीश शहीद बनेका छन्। सरकारले आज बसेको मन्त्रिपरिषद्को बैठकमा उनलाई शहीद घोषणा गर्ने औपचारिक निर्णय गरेको हो। अलि पछाडि हेर्ने हो भने शहीद घोषणा गराउन ठूल्ठूला आन्दोलन भएका छन्। तरुण दलका चितवन अध्यक्ष शिव पौडेलको जेलभित्र हत्या भएको भन्दै उनलाई शहीद… Continue reading
अमेरिका भन्दा नेपाल बढी शान्त
केही नेपाली, त्यसमा पनि विदेशमा रहेका नेपालीहरु नेपाल खत्तमै भो भनी चिन्ता गर्ने गर्छन्। तर नेपाल त्यति खत्तम पनि भइसकेको छैन। नेपाल छिमेकी देश चीन र भारतभन्दा मात्र हैन, शक्ति राष्ट्र अमेरिकाभन्दा पनि शान्त छ। यो तथ्य अमेरिका र अस्ट्रेलियाको संस्था इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले सार्वजनिक गरेको ‘ग्लोबल पिस इन्डेक्स २०१२’ मा खुलेको छ।… Continue reading
एसएलसीमा आधाभन्दा बढी फेल
एसएलसी रिजल्ट निराशाजनक आयो। पोहोरभन्दा झण्डै नौ प्रतिशत कम पास। ४७.१६ प्रतिशत मात्र पास अर्थात् आधाभन्दा बढी फेल। अझ फेल भएर पुनः परीक्षा दिनेहरु त ८६ प्रतिशत फेल भएका छन्। त्यत्रो लगानी छ शिक्षामा। हरे बिजोग ! शिक्षामा राज्यले कूल बजेटको १७ प्रतिशत खर्च गर्छ। गैरसरकारी क्षेत्रको समेत लगानी जोड्नुस् त वार्षिक ६९ अर्ब पुग्छ।… Continue reading
कति अनौठो, के होला यो ?
राजनीतिको कुराले तपाईँलाई दिक्क लागिरहेको होला। अब केही समय यथास्थिति रहिरहनेछ। कुरा न अघि जानेछ, न पछाडि फर्कनेछ। अझै केही समय दलहरुबीच दोष एकअर्कालाई लगाउने क्रम चली नै रहनेछ। त्यही भएर आउनुस् अलि फरक खालका विषयमा ब्लग मोडौँ। नजिकैको फोटो हेर्नुस्, यो केको फोटो हो अनुमान लगाउन सक्नुहुन्छ ? ज्वालामुखी पहाड जस्तो देखिन्छ, कालो गहिरो… Continue reading
नेताहरुले माल पाएर नि चाल पाएनन् जस्तो छ है!
माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यको आजभोलि केही कुरा मिल्दैन जस्तो लाग्छ मिडियामा आएका समाचार हेर्दा। प्रचण्ड पक्षका नेताहरु एउटा कुरा गर्छन्, वैद्य पक्षका नेताहरु अर्को। विपरीत ध्रुवका जस्ता लाग्छन् दुई पक्षका कुराहरु। तर, प्रचण्ड र वैद्यको तपाईँ हामीले अहिलेसम्म थाहा नपाएको एउटा कुरा भने समान रहेछ। दुवै आइफोन चलाउँदा रहेछन्। आजको ‘नयाँ पत्रिका’ले… Continue reading