Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महेश बस्नेतले मन्त्रीको टाउको फोर्ने, ओलीले प्रधानमन्त्री टिपेर फाल्ने

Posted on August 8, 2012August 8, 2012 by Salokya

आजको बन्दमा थप एक घण्टा डिस्काउन्ट

बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाई आफ्ना नेताहरुलाई राख्‍ने ‘म हान्’ उद्देश्यका साथ एमाले नेताहरुको निर्देशनमा भइरहेको बन्दको चौथो दिन युवा संघ, नेपालले आज उपत्यकामा थप एक घण्टा डिस्काउन्ट दिएको छ। उपत्यकामा यो लगातार चौथो दिनको बन्द हो। यसअघि २० घण्टा डिस्काउन्ट दिएर बिहान ६ बजेदेखि १० बजेसम्म बन्द गर्दै आएको युवा संघले आज ६ बजेदेखि ९ बजेसम्म मात्रै बन्द गर्‍यो। पाटनमा त जात्रा भएकोले पूरै अर्थात् शतप्रतिशत नै डिस्काउन्ट दिइएछ। बिहान बन्द गरेर स्कूल, कलेजका विद्यार्थीहरुलाई दुःख दिइएको भन्दै विद्यार्थी र अभिभावकले सरापेपछि आज स्कूल, कलेजका बसलाई पनि डिस्काउन्ट दिइएछ। आजको बन्दसँगै एमाले त्यसमा पनि केपी ओलीको बढी प्रभाव रहेको युवा संघको आन्दोलनको पहिलो चरण सकिएको छ। दोस्रो चरणमा उसले अझै उग्र कार्यक्रम ल्याएको छ।

बानेश्वरमा चक्काजामका बेला युवा संघका कार्यकर्ता आफ्नो शक्ति देखाउँदै। फोटो सौजन्य: केशव थोकर/रिपब्लिका

धमला क्लबमा हिजो भएको कार्यक्रममा ओलीका प्रिय पात्र युवा संघका अध्यक्ष महेश बस्नेतले २६ गतेदेखि ३२ गतेसम्मको आन्दोलन कार्यक्रम सार्वजनिक गरे। आन्दोलनको समयमा मन्त्रीका गाडीलाई सडकमा गुड्न नदिने उनले घोषणा गरे। गुडाए भने गाडी मात्र हैन, मन्त्रीको टाउको पनि फुट्न सक्छ, त्यसको जिम्मेवार युवा संघ हैन मन्त्री आफै हुनेछ- बस्नेतको भनाई।

वाह, क्या गज्जबको भाषण है! सरकारी गाडीलाई लात्तैलात्ता हानेर फुटाएको फोटो त हामीले देखेकै हौँ। त्यस्तो हिंसा पनि गैरकानुनी नै थियो। फुटेको शिशा बाबुरामको गोजीको पैसाले नभई जनताले तिरेको करको पैसाले नै फेरिन्छ भन्ने ज्ञान यी ‘रोबोट’हरुलाई के हुन्थ्यो र। मंगल ग्रहमा रहेको रोबोटको नियन्त्रण अमेरिकाको नासामा भए जस्तै यी रोबोटहरुको नियन्त्रण पनि एमाले नेताहरुको हातमा छ। कारबाही नभएपछि त झन् एक कदम अगाडि बढेर मन्त्रीको टाउको नै फोर्ने भन्न थाले। अब कुन दिन मन्त्रीहरु सडकमा निस्के गोली हान्छौँ भन्न पनि के बेर र! त्यही सुन्न मात्र बाँकी छ।

शनिबार मसाल जुलुसको क्रममा प्रहरीलाई मसालले हान्दै गरेको महेश बस्नेतको फोटो हेर्ने हो भने मन्त्रीको टाउको फोर्न उनलाई केही गाह्रो हुने देखिँदैन।

चार दिने बन्दको पूर्वसन्ध्यामा शनिबार निकालिएको मसाल जुलुसका क्रममा युवा संघ अध्यक्ष महेश बस्नेत प्रहरीलाई मसाल प्रहार गर्दै। फोटो साभारः दीपशमशेर कुँवर राणा/फेसबुक

कार्यकर्ता यस्ता, नेता त झन् कस्ता ? बस्नेतका नेता ओलीको बोली पनि हेर्नुस् न-राम्रा मुखले भन्दा नमाने (भट्टराईलाई) टिपेर फ्यालिन्छ। पत्रिकाले बङ्ग्याएर छापेको हैन, टेलिभिजन अन्तर्वार्तामा उनकै मुखले बकेको। अर्का नेता झलनाथ खनाल हिजो एउटा कार्यक्रममा रिसाएर भाषण गर्दै थिए- हामी आन्दोलनको ज्वालामुखी ल्याउँछौँ।

आन्दोलनको कार्यक्रममा मन्त्री निवास घेर्नेदेखि लिएर सिंहदरबार घेर्नेसम्मका कार्यक्रम पनि छन्। तर बन्दलाई पनि छाड्न सकेको देखिएन। साउनको अन्तिम साता फेरि एउटा नेपाल बन्दको लागि तयार रहनुस्। त्यो बन्दमा कति घण्टा डिस्काउन्ट हुने, अहिले खुलेको छैन।

बाबुराम भट्टराईको सरकारलाई हटाउने अहिले कुनै कानुनी उपाय छैन। उनी यसै पनि कामचलाउ प्रधानमन्त्री हुन्। उनले राजीनामा दिए पनि कानुनतः कामचलाउ उनी नै हुने हुन्। कि सबै दल मिलेर सहमति गर्नुपर्‍यो। कि चाहिँ जनआन्दोलनको वेगले हटाउन सक्नुपर्‍यो। आन्दोलन चर्काउने हो भने जनतालाई सडकमा उतार्नु पर्‍यो। तर जनता अब मूर्ख छैनन्। कसैलाई सत्ताको स्वाद चखाउन जनता किन सडकमा आउँछन् ? के पाउँछन् जनताले ?

जनता सडकमा उतार्न नसकेपछि हुतिहाराहरुले जनतालाई नै दुःख दिने आन्दोलन गरेका हुन्। जनताको साथ नपाएपछि विचलित भएर मन्त्रीको टाउको फोर्ने, प्रधानमन्त्रीलाई टिपेर फाल्ने जस्ता भाषा प्रयोग गरेका हुन्। यस्तो भाषा त जंगली भनेर आलोचना गरिने माओवादीले तत्कालीन माधवकुमार नेपालको सरकारविरुद्ध गरेको आन्दोलनमा पनि प्रयोग गरेका थिएनन्। उनीहरुको आन्दोलनमा बरु नाचगान मात्रै थियो, कतै तोडफोड भएको समाचार आएको थिएन। माओवादीलाई जंगली भन्दै विरोध गर्ने, त्यस्तो बन्दको प्रतिकार गर्दै हिँड्नेहरु नै किन उनीहरुभन्दा पनि चर्को हिंसाको बाटोमा?

अहिले त चार दिने चार घण्टे बन्दको पहिलो तीन दिनमा भएका तोडफोड हेरौँ त-

पहिलो दिन भएको तोडफोड
गोंगबु तरकारी बजार अगाडि बा १ ज ४२९१ नम्बरको ट्याक्सी,
ललितपुर कुसुन्तीमा बा.१ ज ९६३८ नम्बरको बस,
मिनभवनमा बा.१ ख ९३५३ नम्बरको बस,
कोटेश्वरमा बा.१ प ८६२ नम्वरको पर्यटक माइक्रो बस,
बा.१ ग २३४० नम्वरको महानगरपालिकाको गाडी,
तिनकुने कोटेश्वरमा बा.१ ज ४०६३ नम्वरको ट्याक्सी
सातदोवाटोमा बा.२ ख ६८७० नम्वरको ट्रिपर

दोस्रो दिन भएको तोडफोड
ललितपुरको सातदोबाटोमा बा.१ ज ५७२३
र बा.१ ज १९५० नम्बरका ट्याक्सी,
ललितपुरकै कुसुन्तीमा बा.१ ज ९६३८ नम्बरको बस
र सातदोबाटोमा बा.२ ख ६८७० नम्बरको ट्रिपर

तेस्रो दिन भएको तोडफोड
भक्तपुर सल्लाघारीमा बा.१ ग २२६३ नम्वरको नगरपालिकाको गाडी र
बा.२ ख २२३४ नम्वरको ट्रक,
काठमाडौँ चप्पल कारखाना अगाडि बा.१ ज १५१५ नम्बरको ट्याक्सी
काभ्रे जिल्ला बनेपा नगरपालिका-११ अरनिको राजमार्गमा बा.१ ख ६३७१ नम्बरको बस,
चितवनको वीरेन्द्र क्याम्पस अगाडि बा.१ क ४४९६ नम्वरको ट्रक
ना.१ ह ७२७ नम्वरको टेम्पो
मकवानपुर जिल्ला हेटौंडा नगरपालिका-१० वसपार्क नजिक ना.२ ख ५०५६
र ना.२ ख ९६८६ नम्वरको ट्रक (तोडफोडको यो तथ्याङ्क प्रहरीको हो। प्रहरीले नदेखेको तोडफोड अरु पनि हुनसक्छ)

अब भन्नुस्, यी गाडीहरुको के दोष थियो ? यो आन्दोलन जनताको हो कि जनताविरुद्धको हो ? जनताविरुद्ध हैन भने किन उनीहरुको गाडी तोडफोड गरियो ? यस्तो तालले उनीहरुको आन्दोलनमा जनताको समर्थन हुन्छ कि विरोध ? यति हुँदा पनि नचेतेर अझै बन्दको घोषणा गर्न पुग्या छैन बा ! माओवादीले बन्द घोषणा गर्दा प्रतिकार गर्दै हिँडेका महेश बस्नेतले यति पनि किन नबुझेका होलान्, देशभरबाट माओवादीले मान्छे राजधानीमा थुपारेर त्यत्रो दिन बन्द गरेर आन्दोलन गर्दा त प्रधानमन्त्रीलाई हटाउन सकिएको थिएन, अहिले केही कार्यकर्ता उफार्दैमा केही हुन्छ ?

74 thoughts on “महेश बस्नेतले मन्त्रीको टाउको फोर्ने, ओलीले प्रधानमन्त्री टिपेर फाल्ने”

  1. Pradeep says:
    August 10, 2012 at 9:37 pm

    हरे शिव के हुन् लागेको हो ! यो देसमा देस र गरिब जनता हरु लाई बचाई देउ भन्ने बाहेक केहि रहेन ! बिद्यार्थी संगठन हरु को सडक को गुन्डागर्दी र जनता लाई सास्ती सकिएको छैन अब अर्को सडकका तानाशाह हरु को संगठन यातायात मजदूर र ब्यबसायी हरु पनि जनता लाई दुख आन्दोलन सुरु गरि सके ! चुलो बन्द गर्न ग्यास सिन्दिकेट ले पनि ग्यास नबेच्ने रे ! कता गयो ऐन कानुन ? जसले जे गरे पनि हुने गरिब मात्र मर्ने ?

    Reply
  2. Sonam Sherpa says:
    August 10, 2012 at 5:42 pm

    ओलीले जानेकै के छ र ? उही तुक्का सुनाउने अनि तोडफोड र ढुंग मुडा दुखले कमाएको भए पो अर्काको सम्पतिको माया हुन्छ / जनताले मिलेर टुक्का सम्राटको उपाधि दिए कसो होला ?

    Reply
  3. Ekraj says:
    August 10, 2012 at 3:47 pm

    यो ओलीले उस्कएको महेश बस्नेत को दादागिरी नेपालीले ठेगरना सक्दैन| यी नरपशुहरु पावर मा नहुदै त यो बिधि उश्रीन्ग्खाल छन् भने, ओली PM धादली र भारतको चाकडी गरेर पायो भने, नेपाल बस्न लाएक देश रहँदैन|
    यी डाँकाहरुले देश र जनताको होस् उदाउनु अगाडी इनिहरुलाई कडा कानुनी करबि हुनुपर्यो| यी फटाहा र अपराधीको समूह देश र समाजको लागि ठुलो बोझ भए|

    Reply
  4. Ramesh k c says:
    August 10, 2012 at 3:34 pm

    यस बाट पनि थाहा हुन्छ वोली र ओलीको झोली महेश लाइ नेपाली ले कति माया गर्छन भनेर हा हा हा हा

    Reply
  5. mohit limbu says:
    August 10, 2012 at 11:36 am

    ए नेपाली युवाहरु हो, अब हामीले एक चोटी गमेर सोच्ने बेला भएको छ, हामी कसैको हरे हरे समा समा होइन, यी बुढा नेता देश बनाउने सुत्र नजन्नेहरुलाई कुर्सीमा पुर्याउनु हाम्रो दायित्व होइन | स्कुल कलेज बन्द गरेर राडा काल मा देश फर्काउने कोसिस हामी नगरौं | हाम्रो देश त्यसै पनि शिक्षा मा पछाडी छ केवल राडा काल ले गर्दा त्यसैले अब हामी सडक तिर होइन स्कुल कलेज जौं, युवा नेता महेस जी लै पनि मेरो सल्लाह ; केपी लाई कुर्सीमा पुरौदा केवल महेस जी लगायत एक दुई जना लाई लाभ होला तर लाखौ बेरोजगारी युवा लाई चिप्लो ना चाप्लो |

    Reply
  6. अनुप says:
    August 10, 2012 at 11:28 am

    नयां नेपाल जिन्दा बाद नतिजा सदै बन्ध र हडीताल के भयो नेपाल लाई रोक है सबै कुरा नेपाल आमा रुदै छीन अबत कुरा बुज्ने कोसीस गर न

    Reply
  7. Keshab says:
    August 10, 2012 at 10:27 am

    यो बन्द नेपाल को समग्र समस्या को एक भाग (बेरोजगार र असिस्छित ) को प्रतिफल हो, जबर्जस्ति बनेका गैरजिम्बेवार नेता र बेरोजगार अनि असिस्छित जनता हरु बाट छानियाका कार्यकर्ता हरु को बहुलठ्ठी पाना अनि अदुर द्रिस्ठी को नतिजा हो / एस्ता बसन्त को हरियो पलुमा लागे का झुसिल्किरा हरु लाई सखाप पार्ने औसधि लियर हामी हरु जस्ता युवा वर्ग संगठित हुदै छौ , खबरदार.????????

    Reply
  8. Rabin Lama says:
    August 9, 2012 at 10:27 pm

    अब महेश बस्नेतले मन्त्रीको टाउको फोर्ने र केपी फटाहाले प्रधानमन्त्रीलार्इ टिपेर फाल्ने होइन अदीवासी जनजातीहरूले एमाले नेताहरूको टाउको फोर्ने वाला छ । हेर्नुस भिम रावल र प्रकाश ज्वालाको हविगत पोर्चुगलमाः http://www.youtube.com/watch?v=6cqaVduh8bA अब पालो केपी, माकुने र झलेको कसो साथी हो ।

    Reply
  9. Manoj Shrestha says:
    August 9, 2012 at 9:34 pm

    के भन्ने नेपाल मा को चै गतिला छन् र ? गतिला भएको भय सबै जना देस विकास मा लाग्थे होइनारा ? ओली बोलि को ठेगान नभएको बव्लाहा ले बोले पनि केहि हुने वाला छैन .र कुनै पाजी ले टाउको फोर्च्छु भन्दैमा डराउनु पर्ने अवस्था पनि छैन .भुक्नेले टोक्कदैना पनि ! होइन यो नेपाल तिनीहरुको बाजेले तिनलाई दान मा दिएको हो ? के नेपाली जनता गधा हो ? खबरदार नेपाल आमा माथि अन्नेया नगर नत्र ?

    Reply
  10. Nilima says:
    August 9, 2012 at 5:23 pm

    यो महेश बस्नेत भन्ने गुन्डा पछी अबस्य नेपाल को मन्त्रि हुन्छ / येस्मा मन्त्रि मा हुनु पर्ने सबै गुण रैछ / पहिला बिजय गच्छेदार, शेरे सबै येस्तई थिए /

    हे नेपाल आमा का बिर सपुत हरु, युवा हरु, तिमि हरु कुन दुलो मा लुकेका छौ? किन बिनाश गर्न सक्दैनौ येस्ता गुन्डा हरुलाई? कि लिङ्ग पर्बर्तन गेरेर चुरा लगाएर बसेका छौ?

    हे प्रहरी हरु, तिमि हरु किन एती लाचार छौ? केहि येस्ता गुन्डा लाई तह लगाएर समाज मा अमन चयन किन राख्न सक्दैनौ? कि तिमि हरु पनि तेही गुन्डा हरु को तलुवा चाटेर बस्छौ?
    धिक्कार छ,,,धिक्कार छ.,,,,,,,धिक्कार छ,,,,,,,,,,,धिक्कार छ/

    Reply
  11. yam pun says:
    August 9, 2012 at 5:04 pm

    बिदेसिहरुले गुण्डाको माग गरेमा अब नेपाल ले उच्च कोटीको गुन्डाहरु सप्लाई गर्न सक्षम भयको जस्तो लाग्यो ! म्यान पावर कम्पनीहरुले यो कुरा मा पहल गरे राम्रै पैसा कमाउने थिए होलान् !

    Reply
  12. Bishnu Nepali says:
    August 9, 2012 at 1:42 pm

    महेश बस्नेत गुन्डा जसले पुलिसलाई हिर्काएको छ, लाइ जेल हाल्न म जोडदार माग गर्दछु !

    जब सम्म एस्ता गुन्डा हरु हुन्छन तब सम्म देशमा शान्ति र विकास हुदैन !

    Reply
  13. nimesh, bkk says:
    August 9, 2012 at 12:33 pm

    प्रहरीलाई मसालले हिर्काउने गु०दा महेश बस्नेटको कसैले पछाडी बात ढाड खुस्काई दिए हुने हो नि . प्रहरीहरु पनि लाचार र लाछी भए छ आफ्नै प्रहरी साथिलाई मसाल ले हिर्काउँदा पनि .

    Reply
  14. राजेन्द्र अधिाकारी says:
    August 9, 2012 at 11:58 am

    म त त्यो राँकोले प्रहरीलाई हान्ने को होला भनेको, महेश बस्नेतनै पो रे छ ?
    जे होस्, युवा संघको अध्यक्ष चाहिँ साँच्चैको लिडर रहेछ । अरू जस्तो पछाडि नलुकेर Lead By Example नै देखायो नि ।

    Reply
  15. Ramesh says:
    August 9, 2012 at 11:17 am

    ओली को स्वोर किन चर्को भयो आजकाल भनेको त प्रभुको आशिर्बाद ले पो रहेछ, महेश को कुरा त क गर्नु ? कुरा गर्न पनि लाज लाग्छ , खै के लाइ चलायो भने गनाउछ भन्छन नि?

    Reply
  16. czan says:
    August 9, 2012 at 10:45 am

    ल बधाई ६ बस्नेतजीलाइ अब यातायात ब्यवसाइहरुले नि हड्ताल गर्ने रे. युवा संघलाइ समर्थन गर्ने भयो यो यातायात ब्यवसाइहरुले नि/ मुर्ख नेताहरु ले देश नै दुबाउने भयो/

    Reply
  17. SURENDRA SUBEDI hongkong says:
    August 9, 2012 at 10:05 am

    यस्तै हो सालोक्य जी नया नेपाल मा हुने नै यस्तै नै हो/यहाँ फुटिने गाडी को दोस छैन, दोस त हाम्रो हो किन कि हामी ले ” बादर लाई खेतला लाएर मकै को कुनिउ उठाउने ” जुन नकाम काम गरयौ तेस कै परिणाम हो यो/ अझै पनि हामी भेडो जनता ले बादर हरु कै पछि हिडेर खेति सप्रेला भन्ने भ्रम किन हटाउन न सकेको????

    Reply
  18. Gahan says:
    August 9, 2012 at 9:04 am

    ओली भारतमा उपचार गरेर फर्कने बित्तिकै उर्जा संचार भएको जस्तो छ|
    काजु कान्छाको भर छैन है| थोत्रो टोकरीमा फाल्नु पर्ने नेताले आफ्नो चम्चा
    मार्फत किन यत्रो तमाशा?

    Reply
  19. Amar says:
    August 9, 2012 at 8:40 am

    अपराधि background भयकालाइ राजनीतिमा छिर्न नमिल्ने नया कानुन पास गरे आफसे आफ एस्तो किर्याकलप हरु बन्द हुन्थे .. आखिर सबैलाई प्रधान मन्त्रि बन्ने धोको छ I

    Reply
  20. bkpandey says:
    August 9, 2012 at 4:24 am

    येसो गरे कसो होला, एमालेको हनुमान र माओबादीको हनुमान बीच कुस्ताकुस्ती गराए ,सायद जनता बन्द को मार नपर्ने थिएकी.तर राजनैतिक पार्टी र यिनका भाते संगठनहरु त् काले काले मिलेर खाउ भाले परेछन. नेपाली जनताको दुर्भाग्य ?????

    Reply
  21. Ganesh says:
    August 9, 2012 at 3:50 am

    साचै म(हि)हेश को अर्थ भैसी हो कि राँगो पो हो?

    Reply
  22. Harke says:
    August 9, 2012 at 1:05 am

    गुन्डाहरु आपसमै लडेर मासीए, एक अर्काको टाउको फुटाएर सिद्दीए
    नेपाली जनतालाई हाइसन्चो हुन्थ्यो, कतार र खाडी नगई खान पुग्थ्यो !

    Reply
  23. काउचा, मगर says:
    August 9, 2012 at 12:50 am

    लौ हेर्नुस त …कुनै जमानाका नेपालको भूतपुर्ब गृहमन्त्री, उपप्रधानमन्त्री भनौदाको चाल र बोलि ?…हुनत “केपी ओलीको बोली र खरानी को गोली” मा फरक के नै छ र ? फेरी यस्ता नेताको पछि हिड्ने केटा पनि त्यस्तै……हैन यी बस्नेत पनि भोलि गएर मन्त्रि हुन्छु भनेर नै राजनीतिमा जाइलागेको होलान नि……त्यो मन्त्रि को टाउको फुट्यो भने जोड्ने त डाक्टर / सरकार छ ….सर्बसाधारणको गाडी अनि टाउको फुटेमा कसको बाउले जोडिदिन्छ नि..?सक्छौ भने ओलम्पिकमा गएर जिम्न्यास्टिक देखेर मेडल भिर..किन भएको तागत लाखौ पर्ने गाडी माथि उफ्रेर औकात देखाउछौ ????????????

    Reply
  24. Miwiksha says:
    August 9, 2012 at 12:47 am

    राजनीति र राजनैतिक व्यक्तिलाई गाली गर्ने र उनीहरुको काला कर्तुत बयान गर्दैमा आम नेपालीको जुनी बित्ने भो | राजनीति र राजनेता देशका लागि अपरिहार्य हो, यो बिनाको देश कल्पना नगरे हुन्छ तर खै त नयाँ पुस्ताका असल विद्यार्थी त्यस तर्फ लागेको? अहिले सम्म त हामी मध्ये धेरै तोड फोड बिज्ञ र चोरी बदमासीमा बिद्याबरिधि गरेका मात्रै राजनीतिमा लागेका छन् र आफ्नो योग्यता अनुसारको काम सम्पन्न गरिराका छन् | त्यसैले अरुलाई गाली गलौज गर्नु भन्दा आफ्नो परिवारका सर्वश्रेस्थ सदस्य लाई राजनीति गर्न प्रेरित गरौ | बिद्यालय का राम्रा विद्यार्थीलाई अब डाक्टर इन्जिनिएर हैन राजनीतिज्ञ बन्न सुझाउ तब त्यस्तो ठुलो समूह बन्यो भने हाम्रो देशमा केहि वर्ष पछी एस्तो संस्कार हटेर जान्छ नत्र यो तोडफोड तन्त्रलाई जीवनको अभिन्न अंग को रुपमा स्वीकार गर्नुको बिकल्प नरहला |

    Reply
  25. Gaurav Nepali "Oodaaseen" says:
    August 8, 2012 at 11:46 pm

    महेस vs चन्द्र बहादुर सागर, सागर कुन दुलो भित्र लुकेर बस्य छ ?????
    प्रतिकार प्रतिकार प्रतिकार दलका हनुमानको लागि दलका हनुमंनै चाहिन्छ ! नेपाली जनताले ताली मात्र पिट्ने हो !

    Reply
  26. charcheet dhungel says:
    August 8, 2012 at 11:45 pm

    जसले आन्दोलनको नेतृत्व गरेको छ उसैलाई सम्पूर्ण क्षतिपुर्तिको भरपाई गराउने गरि कसैले सर्बोच्चमा रिट हाल्ने ब्यबस्था छ कि छैन ? वा मिल्छा कि मिल्दैन ? मिल्छ भने यो काम कसैले गरे हुने नि. नजीर बस्थ्यो तिनलाई तिराउन पाए. यसो गरे कसो होला ?

    Reply
  27. madan bajracharya says:
    August 8, 2012 at 11:18 pm

    लोकलाई तर्साउने ब्वाँसाहरुको यो “लोकतन्त्र”

    जनताले चुन्नै नपर्ने तेतिकै नेता मन्त्रि बन्ने
    जनमत नपाए” तुच्चे फुच्चे” बटुलेर ठुला बन्ने
    तेतिले पनि नभय दिल्लीको धाक धक्कु दिने
    अनि जनतालाई तर्साउन महेसे गुण्डा भुकाउने
    यो प्रबिती एमालेमै मात्र होईन सबैमा देखियो/

    यस्तै यस्तै बात “परिबर्तन”को चाहना पिसियो
    २००७ देखि अनेकौं परिबर्तनहरु भईयो देखियो
    तर सबै परिबर्तन बिगत भन्दा नराम्रो ठहरियो
    अनुहारहरु उही छन् नियत पनि उस्तैको उस्तै
    नेपाल र नेपालीको बर्तमान बिगार्ने “नेता” बने/

    सदन कुशासन चलाउनेहरुको कुस्ती स्थल बने
    जो जिते त्यो सबै भन्दा बढी खराव निक्लिय
    जेल भित्र सदिनु पर्ने सदन सदकको राजा बने
    बन्द-हड्तालले सिंगो नेपाल जेल बने हामि कैदी
    लोकलाई तर्साउने ब्वाँसाहरुको “यो लोकतन्त्र” !!!

    Reply
  28. Devendra Basnet says:
    August 8, 2012 at 10:01 pm

    यो ढुलमुले पाटी एमालेका के बिडी दादागिरी हो आजभोली नेपालमा ?
    देशको कानुन भन्दा यिनीहरु माथि छन् गाठे.
    यिनीहरुले धम्क्याएर प्रधानमन्त्रिले कुंसी छोड्नु पर्ने दिन आयो भने यो देशमा आम जनताको हाल के होला मलाई त्यो पो पिर छ.

    अनि रह्यो प्रधानमन्त्रिको कुरो ?
    प्रधानमन्त्रि आफै कुर्सि बाट थाकिसके उपयुक्त मौका पाए छोड्ने भैसके .
    तर येह प्रस्न आउछा कुर्सि छोड्ने कसलाई ? कुन चै नेता या पाटी ले अहिले सम्म भन्न सकेका छन् कि बाबुराम ले नगरेको काम हामी या मैले येसरी गर्छु भनेर.

    बाबुराम ले नगरेको काम छुद्र ओलीले गर्छा भन्ने नेपाली जनतालाई एक प्रतिसत पनि विश्वास छैन? तेस माथि चुनाब मा जनताले हराएका यी स्याल ओलीको के कुरा गर्नु आफ्नो र आफ्नो पाटी को योजना asti भर्खर दिल्लीमा बिन्ति chadhayera आयो.
    नेपाली janata भन्दा दिल्ली नजिक भए पछी यो ओलीले kasko lagi काम गर्छा अहिले nai अनुमान लगाउन सकिन्छा.

    Reply
  29. Sansar Shrestha says:
    August 8, 2012 at 8:57 pm

    वास्तबमा यी बज्जिया बोका हरुका खोपडीमा सुद्दी बुद्धि न पहिले थियो न कहिले आउला. न पन्चे कालमा, न बहुदल कालमा, न त् गणतन्त्र कालमा.
    यि बोका हिजो नि तेस्तै थिए, आज नि उस्तै हुन्.

    हिजो त्यो सिर्के बोको र कैले बोको मिलेर जुन बाटो मा हग्यो त्यो बाटोमा आज कालो बोकोले मुतेर अझै सफा पारिदिए. हिजो त्यो सिर्के बोकोलाई ठिक थियो तर आज असजिलो भएसी बेठिक भो. हिजो कैले बोकोले हुन्न भन्थ्यो आज कालो बोको लाइ ठिक भो…..

    कोहि बोको आफ्नो अस्तितो खोज्दैमा ब्यस्त छन t कोहि मौकामा पाएको यो आगोको रापमा आफ्नो बासी रोटि सेक्दै छन. अब त् बोका हरुको जोड र घटाउ संख्या, प्रतिसतको मतलब पनि भएन भनेर भनेसी बाँकि खोर बाट बाहिरिएका खाब्ल्याते बोका हरु लाम कसेर रमिता हेर्न बाहेक अरु विकल्प रहेन.

    अनि जनता जनार्दन चाही बोकाको के ??

    Reply
  30. Sijan says:
    August 8, 2012 at 8:38 pm

    यो पाजी बस्नेत ले बस्न्यात कुल खान दान नै धराप मा पार्न लग्यो थु इक्का बजिया !!!!

    Reply
  31. Ekraj says:
    August 8, 2012 at 8:19 pm

    यस्ता बिबेकहिन नीच नेता उस्काहत हिड्ने उनका उरन्ठेउला छाउरा हरुको बिधग्सकारी किर्य कालाप कहिले सम्म नेपाली जनताहरु पिडित हुनुपर्ने हो? यी बौलाकुकुर हरुको दिमागमा राष्ट्रिय सम्पत्ति, सार्बजनिक हक र सभ्य र असब्या उश्रीन्ग्खाल समाई के लै भान्छा भन्ने केहिनै थाहा छैन जस्तो छ|
    यस्ता अपरधिहरु राजनैतिक संजाल र यी जिउदा रहेसम्म सर्ब सदरण को दैनिकी नहुने इनले प्रस्था देखी सके|
    बाटोमा भुकेर यो गर्छु उ गर्छु भनेर दिनियालाई दुख दिनु भन्दा उनीहरुको रिस जोसंग हो उसै संग सिधै लडेर किन निर्णायक खेल नखेल्ने हुतिहाराहरु?
    इ मानशिक रोगले ग्रस्ताहरु जस्ता देखिन्छन इनिहरुको बोलाई र फोड़ाई हेर्दा|

    Reply
  32. Suraj Nepali says:
    August 8, 2012 at 8:18 pm

    ओलम्पिकमा “तोडफोड” को खेल राख्यो भने यौटा पदक हाम्रो पक्का !

    सुरज नेपाली

    Reply
  33. Pradeep says:
    August 8, 2012 at 8:02 pm

    हरे शिव के हुन् लागेको हो यो देस र गरिब जनता हरु लाई बचाई देउ भन्ने बाहेक ! बिद्यार्थी संगठन हरु को सडक को गुन्डागर्दी र जनता लाई सास्ती सकिएको छैन अब अर्को सडक का तानाशाह हरु को संगठन यातायात मजदूर र ब्यबसायी हरु पनि जनता लाई दुख आन्दोलन गर्ने रे !

    Reply
  34. Suman bhote says:
    August 8, 2012 at 7:34 pm

    याद आउछ माओबादी को माधव नेपाल विरुद्ध को आन्दोलन…
    गाउ गाउ बाट २०-३० हजार मान्छे उतारेको थियो काठमाडौँ मा….
    भोज जस्तै शिफ्ट शिफ्ट मा खान खान्थे…..
    बाटो मा रेखा थापा को र प्रचण्ड को नाच…..
    काठमाडौँ घेराउ र बन्ध…. १० दिन पछि काठमाडौँ बासि को प्रतिकार….. र मावोबादी को बन्ध को अन्त्य….. ठुलै थियो त्यो आन्दोलन तर तोड-फोड भने थिएन…. माओबादीले गल्ति पनि स्विकर्यो…
    सप्रिदै गएको लाई प्रोत्सान गर्नुपर्छ र बिग्रिन खोजेको लाई खबरदारी गर्नुपर्छ जनताले…..

    Reply
  35. kiran says:
    August 8, 2012 at 7:28 pm

    हा हा हा हा भर्खरै ओलीले एमालेबाट आफु नै प्रधानमन्त्री को उमेद्वार हुने घोषणा गरेका छन्/ ओली बहुलायो भनेको त पागल नै भैसकेको रहेछ /

    Reply
  36. Suman says:
    August 8, 2012 at 6:37 pm

    अनि माओवादी ले चै हेरेर मात्र बस्छ? अर्को चुनाब मा ३ सिट मा झर्छ एमाले, अनि यी युवा संघ हरुको पार्टी पलायन सुरु

    Reply
  37. DN Khanal (Boston) says:
    August 8, 2012 at 6:25 pm

    जनताले अब ओली र उसका चेला हरुलाई नै ठिक पर्नेछन भन्ने हामीलाई लाईराछ

    Reply
  38. शशांक लामा, न्युयोर्क says:
    August 8, 2012 at 6:12 pm

    सरकारी र सर्वसाधारणको गाडी कुच्याएर प्रधानमन्त्रीको राजीनामा माग्ने यो कस्तो तरिका हो? रिस बाबुरामसंग छ भने बेखारामको ट्याक्सी किन तोडने? बाबुरामको घर बालुवाटारमा रातोदिन धर्ना देउ, उनलाई बाहिर निस्कनै अप्ठ्यारो पार्देउ| अनि बल्ल कुरो फर्छ्यौट हुन्छ| भन्ने बेलामा जनताको लागि राजनीति गरेको अरे, अनि त्यहि जनतालाई दुख दिएपछि तिमेरुको आन्दोलन यत्रो पनि सफल हुँदैन| जनताले तिमीहरुलाई थुकिरहेको छ

    Reply
  39. Basanta Thapa,Maryland,USA says:
    August 8, 2012 at 6:05 pm

    असार ,साउन तिर बाढी आइ कुहिएका पात पतिन्गर बगाए जस्तै राजनैतिक बाढी ल्याएर यी अ -राजनीति गर्ने सबै लाइ जेल ,नेल नहाले सम्म .यिनका गैर सम्पति राज्यकरण नगरे सम्म नेपालमा स्थिर राजनीति ,सुसाशन र असल सिस्टम कहिले पनि बस्ने छैन \ सानो देशले यति धेरै नेता ,पार्टी ,संगठन (देश बनाउने होइन सम्पति आर्जन गर्ने छोटो बाटो ) कसरि धान्न सक्छ ? अब अबेर नगरौ ,देश अधेर मा निस्सासिरहेको छ \ कुराजनीति ले देश बिग्रिसकेको छ \गुण्डागर्दी ,धम्क्की ,अपहरण ,चन्दा ,हत्या ,ठेक्का पट्टा ,सांसद ,मन्त्रि नेपाली राजनीतिको प्रयाबाची बनिरहेको छ \
    हामी जनता नेताका सत्तामा पुग्ने भर्यान्ग मात्र बनिरहेका छौ \

    Reply
  40. Bala Ram Thapa says:
    August 8, 2012 at 5:24 pm

    जनताहरु बाट तिरस्कृत नेताहरु नै एमालेका बरिसट नेता भएका छन् तेस्ताका रोबोट हरु कसता हुनु हैन र ! फेरी अर्कोकुरा आन्दोलन घोसणा गर्दा शान्ति पूर्ण आन्दोलन भन्ने ,आन्दोलन को पहिलोदिन बाटै गाडी फुटाउन सुरूवात गर्ने र अबको घोसित आन्दोलनमा प्रधान मन्त्रि लाइ नै टिपेर फ्याक्ने रे ! हेरु उनीहरु को हुकार | भारत भ्रमण पछि पी एम कै दाबेदार भन्न खोज्ने ओली क गोलि ( महेश बस्नेत को ) चित्कार पनि देख्न पाइहलिएलनि ट हेर्दै जाऊ |

    Reply
  41. achut says:
    August 8, 2012 at 5:18 pm

    ‘राम’ नै ‘हराम’ भए’सी ‘हनुमान’ हरु तेसै ‘हनुमान’ हुनु परि हाल्यो नि/ दरिद्री हरु कै देश पो बनायेउ हो हनुमान हो!हामी हरुले पेट काटेर, ऋण गरेर केटाकेटी को मुख मा माड लाउने मेसो गर्न किनेको गाडी को के दोश त है, बाबुराम ले कुर्सि नछोडेको हामीले कमाई खाने भाडो चलाको ले नै होत???

    हामी लाई येती गरिबी नै काफी छ अरु नथपिदेउ श्री१०८ महेश्वोर हजुर को लिला कम गर्नुहोस ……….

    दुखि नेपाली

    Reply
  42. harka shrestha says:
    August 8, 2012 at 5:07 pm

    अच्चम्म लाग्छ हाम्रो देश कि कानून देखि के यो तस्बिर कफी छैन र यो आत्तंक करी हो भनि गिरफ्तार गर्न बिचार किन पुलिस को के दोष थियो ?सक्छ भने बालुवाटार जलाउ ? पुलीस हो यत्ति सम्म त न शहे को भए हुनी थियो ??

    Reply
  43. Ramesh says:
    August 8, 2012 at 4:50 pm

    जुनसुकै मुलाले बन्दा गरे पनि अब जनताले साथ दिनेछैनन, जनता जनता भनेर कराउनु पर्दैन अब एमाले कान्छाले पनि तिमिहरुपनि जनताको नाम बेचेर कुर्सि ताक्ने हौ, अब त लाग्दै छ श्री ५ अथवा निरुन्कुस रास्ट्रपति ले नै नेपाल बनाउन सक्छन, सम्पूर्ण राजनैतिक दलहरुलाई बाईबाई गरेर जनताको अधिकार सुनिस्चित गर्दै देशको बिकासमा लाग्ने को होला? श्री ५ अथवा रास्ट्रपति ?

    Reply
  44. keshab says:
    August 8, 2012 at 4:29 pm

    पैसा लाग्दैन कानून लाग्दैन जे बोले नि भो …………….होइन बोल्न पनि लाज लाज्दैना पो त भन्या !!!!!!!!!!!

    Reply
  45. purna prasad khatiwada says:
    August 8, 2012 at 4:17 pm

    यस्ता हुतिहारा मान्छे ले जिबन मा के नै गतिलो काम गर्न सक्छ , बन्द हड्ताल तोड फोड गरेर सर्ब साधारण जनता लाई दुख दिन अनि सरकारी सम्पति लाई क्ष्यति पुर्याउन बाहेक उसले अरु के नै गर्न जान्छ र , कानुन को ज्ञान नभयका पट मुर्ख लाई

    Reply
  46. Paru says:
    August 8, 2012 at 3:55 pm

    यो बन्द गर्ने काम त् राम्रो होइन,तर यो बन्द किन र के क़ा लागि गरिएको छ ,भन्ने कुरा सततामा बसेका ति बुज्रुकले थाहा पाउन पर्ने हो,येतिका फलाक्दा पनि कति सारो कुर्चीमा लिप्त भाकहुन……..खोइ , देस बनाउने नियेत भाको मान्छे ले त् केहि सोच्नु पर्ने होइन र ?

    Reply
  47. Bishnu says:
    August 8, 2012 at 3:36 pm

    येसरी गरिने बन्द कार्यकता हरुलाई त आन्दोलनकारी भानु भन्दा नि बिधोंग्सकारी भन्दा क फरक पर्ला है साथी हो ..

    Reply
  48. lalanath says:
    August 8, 2012 at 3:33 pm

    न पोथी न भाले, ने क पा एमाले

    Reply
  49. EAKRAJ ADHIKARI says:
    August 8, 2012 at 3:31 pm

    तेही फोटो लै प्रमाण बनाएर तेस्लाई कोचना मिल्दैन चिसो छिडीमा ……?

    Reply
    1. Santosh says:
      August 9, 2012 at 8:17 am

      पूर्ण सहमत !!! येस्ता गुण्डाहरुलाई देशको शान्ति सुरक्षामा गम्भीर खलल पुरयाएको, जनमानसमा डर, त्रास फैलाएको, सुरक्षाकर्मी माथि सांघातिक आक्रमण गरेको, आदि ईत्यादी अभियोगमा कम्तिमा ४ – ५ वर्ष थुन्न सुरुभो भने केही हुने थियोकि ?

      Reply
  50. सुनिल खड्का (Bangkok, Thailand) says:
    August 8, 2012 at 3:24 pm

    के पी ओली भारत गएर प्रधानमन्त्री को लागि बिन्ति पत्र चढाएर आएको छ अस्ति , अनि यिनका भिजिलान्ते उफ्रेका / साथीहो हाम्रो देश बर्बाद भयो लौ न केहि गरौ यिनीहरुलाई

    Reply
  51. Ujjwal says:
    August 8, 2012 at 3:23 pm

    आब बन्द गर्ने सबै लै………आन्तारस्त्रिया आदलत मा मानब अधिकार ऊलंघन को मुद्धा हाल्नु पर्ने भएको छ…………

    Reply
  52. Ujjwal says:
    August 8, 2012 at 3:17 pm

    साथी हरु को गुन्डा गर्दी देखि माथि काँ बुद्धि जान्छ र……………????????

    Reply
  53. Dipendra maharjan says:
    August 8, 2012 at 3:02 pm

    चोर गधाहरु अलि कति बाकी इजत पनि केपी र मादब को कुरा सुनेर फालनी भयो.तिमीहरु ले चुनाब मा देखलानी कुकुरहरु

    Reply
  54. harka shrestha says:
    August 8, 2012 at 2:43 pm

    नेपाल मा किसान ले मल पाउन्न, तराही मा भारत को कारणले कत्ति डुबान परको छ . कत्ति सिमा मिचियको छ , कत्ति सिमा स्तम्ब्बा हरायको छ ,भारत को विविन्न मान्छे हरु को आबिबेक्त्ति दियको छ , कत्ति बादी र पहिरो ले मनिष मरेको छ ,कुनै ए माले कुनै काँग्रेस वा माओ बादी लाइ मतलब छैन यौटा बीग्यप्ति पनि निकाल्न न सक्नी राजनीतिक तल संग के आस राख्नु , तेस्ठो बेलामा नेपाल बन्द हुन्न .आफ्नु दल को नेता लाइ कुर्ची चाहियो भने नेपाल बन्द , कहिले सम्म हो ??अब त अत्ति भयो .यो के का लागि भन्दा करेकर्ता को गोजी भरनी र नेता को नजिक चाकडी गर्नी यस्तै बेला मा हो तही भयर त हेर्नु न महेश बस्नेत भन्नि जन्तु ले विचरा पुलिश लाइ जलायाको ??का गरको थियो त्यो पुलिश ले ??तेस्को का गल्ति ??यो त सिधा आत्तंका करी ,दादागिरी , भयान र?

    Reply
  55. Ratna Thapa Magar says:
    August 8, 2012 at 2:27 pm

    एमाले, काँग्रेस र माऊ बादी सबै एकै हुन् सत्ता बेगर पानि बिना को माछा
    नेपाल के तिम्रा बाउ को बिर्ता हो ?
    अब यी गद्दार हरु को बिकल्प खोजिदै छ, एकात्मक बाहुनबाद मुर्दाबाद !!!!!

    Reply
  56. Dinesh, Qatar says:
    August 8, 2012 at 2:12 pm

    गुन्डा हरुको हर्कत गुन्डा गिरि भन्दा माथि जान सक्दैन. नेपाल मा सत्ता र तेस्को ओरिपरी घुम्ने सारा गुन्डा मात्र भएकोले, नेपाल मा निमुखा नेपाली को सुदिन हेर्न को लागि यिनीहरु सबैलाई पशुपति को आर्यघाट मा लगेर सद्गति गर्नु पर्छ. तेस्पछी मात्र नेपाली का लागि सुदिन आउलान .

    बाँदरको चेलो बाँदर नै हो नि येत्रो हिंसा गाडी तोडफोड र सर्ब-साधारणले पाएको दू;ख सास्तीको छेतिपूर्ति यो तुक्के भारतीय गद्दारले तिर्छ या त्यो पाल्तु गुन्डाले????? संसारकै अति गरिब देश हाम्रो नेपाल बन्दै बन्दले कहिले सम्म टिक्ने हो ???

    Reply
  57. bharat , korea says:
    August 8, 2012 at 2:10 pm

    नेपाल को यो राजनीति भन्ने सुन्ने बित्तकै निदारमा मुजा परेर आउछ ,तस्समा पनि यो एमाले को यो ओली र महेश बस्नेत जस्ता गुन्डा लाई त तलैकातिल गर्नु पर्छ!!!!!

    Reply
  58. Sisir says:
    August 8, 2012 at 2:03 pm

    यो ओलीका लठैत महेश बस्नेत अलि धेरै नै उम्लिसक्यो, एसको कर्तिकला अलि बडी नै भैसक्यो … एस्ता राजनीतिक आवरणका गुन्डा तहलौने काम राज्य र सरकारको हो … फोटा नै प्रमाद हुदा पनि होइन यो नपुंग्सक सरकार किन येस्तालई कारबाही गर्न सक्दैन ??

    Reply
  59. सुभाषसिद्धि says:
    August 8, 2012 at 2:03 pm

    उ बेला विद्यार्थीवर्गलाई ‘ देशको कर्णधार ‘ भनेर शान्तिपूर्वक पढ्न पाइने वातावरण बनाई हौसला दिने गर्थे नेता र मन्त्रीहरु !
    अहिले का ‘ नेता ‘ (त्यस्तो जीव , जसको चाकमा कय्ता छैन , तर केटाहरु छन् ) आफ्नो टाट पल्टेको दिमागले विद्यार्थीलाई कर्णधारबाट ‘ किला + धार = किलाधार तुल्याउन उद्यत छन् .

    Reply
  60. nandan chalise says:
    August 8, 2012 at 1:50 pm

    एमाले का साथी हरु ले जतिनै हुंकार गरे पनि केहि हुने वाला छैन, नेपाल मा कुनै पनि आन्दोलन ले सफलता पाउन भारत, नेपाली राज्य सत्ता संग रिसको स्थिती हुनु पर्छ. २००७, २०४६ या २०६२/६३ को इतिहास ले तेही भन्छ, तर अहिले को वर्तमान राज्य सत्ता संग भारत खुसि भएको स्थिती हो एस्तो अवस्था मा एमाले का साथी हरु ले थालेको आन्दोलन चिया को कप मा तुफान बाहेक केहि होइन,प्रधान मन्त्रि लै सत्ता बाट धपाउने एमाले , काँग्रेस संग अब एक मात्र विकल्प भनेको देल्ही जाने, १२ बुदे जस्तै अर्को रास्ट्रघाती सम्झौता गर्ने अनि नेपाल आएर आन्दोलन को आंधी बेहरी सुरु गर्ने, बिगत मा पनि नागरिकता सम्बन्धि छद्म सम्झौता गरेकै हो, अब नेपाल को जलस्रोत मा भारत को पूर्ण स्वामित्व दिए भै हाल्यो नि,,,त्यो उपहार त अजै दिन बाकी नै छ,,,, बरु छिटो गरम बाउरे ले था पाएर फेरी आफै देला र झन् दरो गरि कुर्सि मा टासियेला…….

    Reply
  61. krishna says:
    August 8, 2012 at 1:44 pm

    बाँदरको चेलो बाँदर नै हो नि येत्रो हिंसा गाडी तोडफोड र सर्ब-साधारणले पाएको दू;ख सास्तीको छेतिपूर्ति यो तुक्के भारतीय गद्दारले तिर्छ या त्यो पाल्तु गुन्डाले????? संसारकै अति गरिब देश हाम्रो नेपाल बन्दै बन्दले कहिले सम्म टिक्ने हो ???

    Reply
  62. maheshwar says:
    August 8, 2012 at 1:44 pm

    आज नेपालमा लोकतन्त्र/गणतन्त्र को नाममा गुन्डाराज चलाइरहेका छन्, प्रजातन्त्र को नाम मा कांग्रेस,एमाले ले लुटनु सम्म लुटे, माओबादीले जान आन्दोलन को नाममा >१५००० हजार भन्दा बडी मान्छे मारेर मरेर अहिले देशलाई लुटि रहेका छन् भने समाबेसीको नाम मा मदेसबादी दल हरुले पनि लुटि रहेका छन् , आफु सत्तामा बस्दा सब ठिक नत्र सब बेठिक भन्ने pre planned चोर्रुप्तेद mind को खेल हो सब राजनीति दल को……
    अरु दल हरुको त क कुरा गर्नु “गु लाई चलाए गन्द” भनेको जस्तै सान्ति,संबिधान र समृदि को नारा देखाउदै हँसिलो तथा फूर्तिका साथ् प्रधानमन्त्रि हुनु भएका अति बुद्धिमान भनिएका डा. साप अहिले सब भन्दा अस्छयम तथा माघ मा झरीले भिजेको बिरालो जस्तो हुनु भएको छ…….येस्ता नेता हरु को क कुरा गर्नु………..येस्ता नेता हरुको भात्रीसंगठन (अपराधिक समूह) का नाइके हरु बाट के आशा गर्नु………अहिलेका सबै दलका येस्ता नाइके हरु छ्याप छायप् ति भेटिन्चन………..२-४ दिन एउटा नाइके ले नेपाल बन्द गर्छ २-४ दिन अर्को नाइके को पालो औछा……येसो हेर्दा भ्रस्ट नेता हरुले पालै पालो नेपाल आमा लाई बलात्कार त गरि रहेका छन्….
    फोटो मा एउटा नाइके ले प्रहरीलाई हानेको प्रस्ट देखिन्छ………..त्यो फोटो हेरेर उसको नाइके (केपी) PM को कुर्शी मा बस्न अब चांडो पाइने भयो भनेर मख्ह भएको होला……….अरु दलहरुका नेता हरु मेरो पुछरहरुले पनि येस्तई गर्नु पर्छ भन्ने सोची रहेका होलान……अनि हामी जस्ता सर्ब साधारण ….वोए पुलिश जनताले तिरेको कर बाट तलब खाई के हेरी रहेकोछस ठोक न गोलि छाती ताकेर ……भन्ने सोचिरहेकाछौ……

    Reply
  63. shantdil says:
    August 8, 2012 at 1:41 pm

    गुन्डा हरुको हर्कत गुन्डा गिरि भन्दा माथि जान सक्दैन. नेपाल मा सत्ता र तेस्को ओरिपरी घुम्ने सारा गुन्डा मात्र भएकोले, नेपाल मा निमुखा नेपाली को सुदिन हेर्न को लागि यिनीहरु सबैलाई पशुपति को आर्यघाट मा लगेर सद्गति गर्नु पर्छ. तेस्पछी मात्र नेपाली का लागि सुदिन आउलान .

    Reply
  64. Atma Ram Thapaliya says:
    August 8, 2012 at 1:36 pm

    जातिय राज्य बिरुद्द दह्रोसँग उभिएकाले नेकपा एमालेसँग मेरो लभ पर्ला जस्तो भैसक्याथ्यो । यो बन्द-तोड्फोडले फेरी मन बिग्रियो । राजनीतिक पार्टीहरुको नेत्रित्वमा युवा आउनुपर्छ भन्ने बिचार पनि फेर्नु पर्ला जस्तो छ । युवा नेता भनौदाहरु धेरैजसो गुण्डागर्दी र तोड्फोड्गिरी क्षेत्र तिरबाट आएका जस्ता छन ।

    Reply
    1. Suman says:
      August 8, 2012 at 6:38 pm

      जातीय राज्य विरुद्ध एमाले रे, कुर्सि नपाएको रिस मात्र हो, बिर्सनु भो, एमाले को आफनो कुनै सिद्धान्त छैन

      Reply
  65. प्रकाश says:
    August 8, 2012 at 1:23 pm

    जोसले बन्द गर्छ तेस्लाई अदालतले नेपाली जनताको मानहानी को केस मा जेल सजाय दिनुपर्छ ! जोसले जे तोडफोड गर्छ तेस्लाई तेस्को भर्पाइ बेहोर्न लाउनुपर्छ !

    Reply
  66. पुष्प says:
    August 8, 2012 at 12:44 pm

    एउटा निरीह प्रहरीलाई मसालले हान्नेजस्तो ठान्या होलान् मन्त्रीको टाउको फुटाउने काम । आफ्ना मसीहाहरूको दर्शन गरेर आएपछि ओलीको बोल झन् चर्को भारेछ । तर जबसम्म नेपाली जनता अगाडि आउँदैनन्, यिनीहरूका पछाडि ती मसीहाहरू आए पनि बाबुरामको रौं पनि हल्लिँदैन ।

    Reply
    1. Harke says:
      August 9, 2012 at 5:13 am

      लालुराम सरकारले त्यो पुलिशलाइ मशाल हान्ने गुन्डालाई पक्रेर कारबाही गर्न पनि मसिहाको आदेश नै पर्खेर बसे जस्तो छ…..कि कसो?

      Reply
      1. पुष्प says:
        August 9, 2012 at 3:26 pm

        क्यार्नु राजनीतिक नेता परे; त्यसमाथि मसीहाको निगाह पाएको ।

        Reply
        1. Harke says:
          August 10, 2012 at 8:00 am

          तोडफोड र गुण्डागर्दिलाइ राजनीति देख्ने मोतिबिन्दुको उपचार गर्नुपनि उत्तिकै जरुरि छ !

          Reply
  67. Ramesh Pokhrel Doha - Qatar says:
    August 8, 2012 at 12:37 pm

    बन्द कर्ता को टाउको फुटाउन छाडेर प्रहरी के हेरेर बसेको? ओली जस्तो गुण्डा ले देश चलाउने ? गरिब को पार्टी एमाले भनेर चिनाउन पनि खोज्ने अनि गुण्डा गर्दी गर्दै हिड्ने? यो कस्तो चरित्र हो ? देश बनाउनु छ भने ओली जस्तो गुण्डा लाई सखाप पर्नु पर्छ / काम गर्न नदिने अनि काम गरेन भनेर जनता उकास्दै हिड्ने?

    Reply
  68. Ravi Ad. says:
    August 8, 2012 at 12:29 pm

    नेपालका नेताहरु सत्ता र कुर्ची बाहेक केहि नदेख्ने तर मौका पाए केहि पनि माखो नमार्ने भए , सबै जोगी उस्तै …..सत्तामा हुदा निकै शान्तिकामी देखिने , बन्दले जनतालाई दुख भयो भनेर गोहीको आशु झार्ने तर बाहिर हुदा केवल आफ्नो स्वार्थको लागि बन्द हडताल बाहेक केहि नदेख्ने , जो सत्तामा गए पनि जनताको लागि केहि हुनेवाला छैन …… यो महेशे लोकतान्त्रिक युवा रे ? रुखो र छुचो स्वभाव भएको र मिलाउनु , सपार्नु भन्दा पनि बिगार्न र भत्काउन मात्र जान्ने ओली नम्बर वान लोकतान्त्रिक नेता रे ? कस्ता व्यक्तिलाई लोकतान्त्रिक भन्ने हो ? परशुराम जस्ता दुइ नम्बरी गुन्डाको लागि बौलाउने, संगठनमा बढुवा गर्ने र उसलाई प्रकन खोज्ने पुलिसको घर परिवार समेत बाकी राखिन्न भनेर धम्कि दिने, पत्रकार सम्पादकलाई पिट्ने र जेल कोच्ने भनेर हाकाहाकी बर्बराउने महेश जस्ता पटमुर्खहरु, भ्रस्टचारी र हत्याराहरु नै राजनीतिमा हावी हुने , देश चलाउने भएकाले देशको हालत यस्तो भएको हो …. ठुला पार्टी भनिने माओबादी कांग्रेस एमाले जस्ता पार्टीमा यस्तैहरुको हैकम र बोलवाला छ जसलाई कहिल्यै पनि कानुन नै लाग्दैन …. भोलि पार्टी र देश हाक्ने यिनै फटाहा र बादरहरु हुन् अनि देश कसरि माथि लाग्छ त ?

    Reply
  69. SURENDRA SUBEDI hongkong says:
    August 8, 2012 at 11:43 am

    यस्तै हो सालोक्य जी नया नेपाल मा हुने नै यस्तै नै हो/यहाँ फुटिने गाडी को दोस छैन, दोस त हाम्रो हो किन कि हामी ले ” बादर लाई खेतला लाएर मकै को कुनिउ उठाउने ” जुन नकाम काम गरयौ तेस कै परिणाम हो यो/ अझै पनि हामी भेडो जनता ले बादर हरु कै पछि हिडेर खेति सप्रेला भन्ने भ्रम किन हटाउन न सकेको????

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme