Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कृष्ण जन्माष्टमिमा कृष्ण मन्दिर

Posted on August 10, 2012August 10, 2012 by Salokya


कृष्ण जन्माष्टमि अर्थात् भगवान् श्रीकृष्णको बर्थ डे। भारतमा भोलि मनाउँछन् जन्माष्टमि पर्व। त्यहाँको सरकारी क्यालेन्डरमा पनि जन्माष्टमि भोलि नै लेखिएको छ। नेपालमा चाहिँ किन हो आजै मनाइयो। यहाँको क्यालेन्डरमा आजै छ जन्माष्टमि। आजको रातलाई मोहरात्री पनि भनिन्छ। हिन्दू धर्मावलम्बीहरु मोहरात्रीमा रातभर जाग्राम बस्छन्, नाच्छन्, गाउँछन्। यो दिन सबभन्दा रमाइलो हुन्छ पाटनको कृष्ण मन्दिरमा। राति नौ बजेतिर पुगेको थिएँ कृष्ण मन्दिरमा। दर्शनार्थीहरुको लामो लाइन थियो, पोहोरपरारभन्दा यसपालि बढी लाइन देखेँ मैले। केही फोटोहरु।


सन् १६३७ मा बनेको यो मन्दिर शिखर शैलिको वास्तुकलाको अनुपम नमूना हो। राजा सिद्धिनरसिंह मल्लले यो मन्दिर बनाउन लगाएका थिए।


मन्दिर परिसरमा कृष्णको जस्तो भेषमा एक बालक देखिए। फोटो खिच्नेहरुको भिड थियो। मैले नि खिचेँ केही फोटो।


7 thoughts on “कृष्ण जन्माष्टमिमा कृष्ण मन्दिर”

  1. chakra bahadur sunar says:
    August 15, 2012 at 6:21 pm

    हामीले नेपाली सस्कृतिलाई बचाई राख्नु पर्छ तर आजभोली नेपाली आफ्नो देशको सस्कृतिलाई भुलेर बिदेशी को सिखो गर्ने चलन बढेको छ हामी यति धेरै सस्कृति का धनि छौ तेसैले यो हाम्रो यो गौरव हो

    Reply
  2. Raj says:
    August 11, 2012 at 1:08 am

    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
    हरे राम हरे राम राम राम हरे हरे

    Reply
  3. शिव says:
    August 10, 2012 at 4:37 pm

    सालोक्य जी
    त्यसैले त हामी भारतीय भन्दा भिन्दै छौं . यो हाम्रो आफ्नै परम्परा हो, आफ्नै संस्कार, आफ्नै कला. यो हाम्रो आफ्नै swotantrata हो

    Reply
  4. Sansar Shrestha says:
    August 10, 2012 at 3:03 pm

    जय श्री कृष्ण,
    जय बाल गोपाल
    जय गोविन्द नाथ जय
    हरे कृष्ण हरे हरे कृष्ण कृष्ण
    जय मुरली मनोहर दामोदर जय
    हरि ओम गोविन्द बासुदेवाया नमह:

    Reply
  5. Sabina says:
    August 10, 2012 at 10:38 am

    अरु केईमा नभएपनि नेपाली हरु आफ्नू परम्परा,संस्कृतिमा धनि छौ /

    Reply
  6. Bishnu Nepali says:
    August 10, 2012 at 7:14 am

    !!ओम नमो भगवते बासुदेवाय !!

    कर्म योग, ज्ञान योग, भक्ति योग र ध्यान योग को ज्ञान संसारलाई दिने भगवान कृष्ण ले नेपाली नेता हरु जो भ्रस्टाचार मा लिप्त छन्, इर्ष्या, रिस, राग, द्वेष, लोभ जस्ता दुर्गुण हरुले भरिएका छन्, तिनीहरु लाइ सद्बुद्धि दिउन !

    Reply
  7. योगेश आदी, न्यूयोर्क says:
    August 10, 2012 at 5:03 am

    यो कला, यो संस्कृति, यो परम्परा अनि यो सम्पदा…हाम्रो गौरव हो /
    सुन्दर तस्बिर र सामसामयिक जानकारीको लागि माइसंसारलाई धन्यबाद !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme