Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बन्दमा पनि ‘डिस्काउन्ट’

Posted on August 5, 2012August 5, 2012 by Salokya

एमाले नेताहरुको निर्देशनमा यसका युवाको संगठन युवा स‌ंघ, नेपाल (पुरानो नाम युथ फोर्स नेपाल)ले आजदेखि चार दिन गज्जबको ‘बन्द’को आयोजना गरेको छ। बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउन गरिएको यो ‘म हान्’ आन्दोलनलाई केही मिडियाले चक्काजाम भनेर मानहानी गरे पनि वास्तवमा युवा स‍ंघले आयोजना गरेको भने चक्काजाम हैन ‘बन्द’ नै हो। उसको आधिकारिक विज्ञप्तिले पनि त्यही भन्छ।

नेपालको इतिहासमा पहिलो पटक डिस्काउन्टेड बन्द गर्दा पनि मिडियाले ‘चक्काजाम’ भन्दा बिचराहरुको कति चित्त दुख्यो होला। त्यसै त युवा संघ पत्रकार कुट्न च्याम्पियन छ (विराटनगर-खिलानाथ ढकाल कान्ड बिर्सनु भो?) अहिले त उनै पर्शुराम यो संगठनका केन्द्रीय सदस्य बनेका छन्। भोलिदेखि ‘चक्काजाम’ भन्नेहरु होसियार है!


यो ‘डिस्काउन्टेड’ बन्द अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म बन्द हुनेछ। विज्ञप्ति आउँदा सबै अन्यौलमा परेका थिए। हैन के भन्या हो जे अर्थ नि लाउन मिल्ने माउ पार्टीको जस्तो भाषा भएको विज्ञप्ति भनेर। कसैले सोचे यत्रो ठूलो पार्टीको ठूला नेताहरुले आन्दोलन चर्काउन दिएको निर्देशनपछि गरेको बन्द के चार घण्टाको मात्र हुन्थ्यो र ! बिहान ६ बजेदेखि राति १० बजेसम्म भनेको होला !

तर आज थाहा भयो, यो भनेको चार घण्टा कै बन्द भनेको त रहेछ नि। बिहान ६ बजेदेखि बिहान १० बजेसम्म चार घण्टा युवा संघका कार्यकर्ताहरुले मूल सडक ठप्पै पारे। उनीहरुले ६ वटा सर्वसाधारणको र एउटा नगरपालिकाको गाडीमा तोडफोड गरे-

गोंगबु तरकारी बजार अगाडि बा १ ज ४२९१ नम्बरको ट्याक्सी,
ललितपुर कुसुन्तीमा बा.१ ज ९६३८ नम्बरको बस,
मिनभवनमा बा.१ ख ९३५३ नम्बरको बस,
कोटेश्वरमा बा.१ प ८६२ नम्वरको पर्यटक माइक्रो बस,
बा.१ ग २३४० नम्वरको महानगरपालिकाको गाडी,
तिनकुने कोटेश्वरमा बा.१ ज ४०६३ नम्वरको ट्याक्सी र
सातदोवाटोमा बा.२ ख ६८७० नम्वरको ट्रिपर

हातमा ढुंगा बोकेर 'म हान्' आन्दोलन सफल पार्न लागिपरेका कार्यकर्ता । फोटो साभारः @merobabu/twitter
भन्नलाई १० बजेसम्म मात्रै बन्द गर्ने भने पनि उपत्यकाका स्कूलका हजारौँ विद्यार्थीहरु पढाइबाट वञ्चित भए। किनभने स्कूल १० बजेदेखि सुरु हुन्छ। १० बजेअघि नै स्कूल बसहरु स्कूलभित्र छिरिसक्नुपर्ने हुन्छ। उपत्यकाका विद्यार्थीहरु अलि अभागी छन्। उनीहरु आज मात्र हैन अब बाँकी चार दिन पढाइबाट वञ्चित हुनेछन्। भोलि पनि यही शैलिको बन्द छ उपत्यकामा। त्यसपछि मंगलबार र बुधबार यस्तै डिस्काउन्टेड बन्द नेपाल भर हुनेछ। उनीहरुले यसलाई नेपाल बन्द भनेका छन्। अनि बिहीबार कृष्ण जन्माष्टमिको विदा भइहाल्यो।

यत्रा नकारात्मक कुराबीच पनि एउटा सकारात्मक कुरा- अब बन्दकर्ताहरुले बन्द गर्दा आफू अलोकप्रिय भइन्छ भन्ने जानिसकेका छन्। त्यसैले पहिले जस्तो २४ घण्टा बन्द नगरी २० घण्टा डिस्काउन्ट दिन थालेका छन्। लौ यसैमा मख्ख परौँ ङिच्च दाँत देखाएर हाँसौँ 🙂

53 thoughts on “बन्दमा पनि ‘डिस्काउन्ट’”

  1. rajan says:
    August 6, 2012 at 9:56 pm

    देशको लागि रुनु भा छ ?

    लेखक: बान व्हिइ मिन, १५ बर्षिय बिद्यार्थी , हानकुक बैदेशिक शिक्षा एकेडेमी, दक्षिण कोरिया
    नेपालीमा अनुवाद: उज्वल थापा र बिजय सिवाकोटी

    नेपालीहरु खाली कुरा मात्र काट्छन् , यो देशमा यस्तो भएन, उस्तो भएन । कहिले जातिय भेदभाव भयो भनेर कराँऊछन् त कहिले भ्रष्ट कर्मचारीहरुले पैसा खाए, देश बरबाद भयो भन्दछन् । आफ्नै सरकारसँग रिसाउँछन् अनि दोश जति सबै, नेताहरुलाई दिन्छन् । तर कहिल्यै तपाई‌ले राम्ररी सोच्नु भाछ कि नेपालको मुलधार समस्या के हो? अँह। मेरो बिचारमा तपाईले सोच्नु नै भा छैन । म त के भन्छु भने नेपालको मुल समस्या भनेको यहाँका मानिसहरुमा देश भक्तिको भावना नै छैन । यहाँका मानिसमा एक-अर्काप्रति माया भन्ने नै छैन । यो निष्कर्ष, म यहाँ मातातीर्थको एउटा स्कुलमा स्वयंसेवक भएर काम गर्दा निकालेको हुँ ।

    सर्वप्रथम त म मेरो देश कोरियाको बारेमा केही भन्न चाहन्छु जसले गर्दा तपाईहरुलाई मेरो विचार बुझ्न सजिलो हुन्छ । झण्डै साठी बर्ष अगाडि कोरियाली महायुद्ध सकिंदा पचास लाख भन्दा बढी कोरियालीहरु मारिए र कोरिया बिश्वको सबैभन्दा गरिब मुलुकमा गनिने थियो। हामीसँग प्राकृतिक श्रोतहरु नै थिएनन् र हाम्रो देश एकदम कठीन अवस्थामा गुज्रिरहेको थियो । त्यसमाथि सरकारी कर्मचारीहरु एक नम्मरी भ्रष्ट थिए । हाम्रो समाज पनि दिन-प्रतिदिन गनाउँदै गैरहेको थियो। हामी दुई दर्जामा बिभाजित थियौं याङबान (माथिल्लो बर्ग) र साँगनोम (तल्लो बर्ग) । त्यति बेला कोरियालीहरु जापान, ताईवान, नेपाललाई हेरेर ईर्स्या गर्थे। हामी बाँच्नको लागि जे गर्ने पनि तयार थियौं । यस्तो कठोर समयमा कोरियालीहरुले अब हामी समृद्ध हुनुपर्छ भनेर समाजको यो विभाजनहरु त्यागेर देशलाई अग्रगांमी बिकास तर्फ धकेल्न कोशिश गरे ।

    जब तत्कालीन राष्ट्रपति पार्क जुङ्ग हीले त्यहाँको सरकार सम्हाले, कोरियामा न त कसैले बैदेशिक लगानी नै गर्थे वा कुनै सहायता नै दिन्थे। यस्तो बेलामा कोरियाले आफ्ना धेरै कामदारहरुलाई बिदेश काम गर्न पठाए। त्यति खेरको पश्चिम जर्मनीमा काम गर्न ओईरिए धेरै कोरियानहरु। उनीहरुले कमाएर पठाएका पैसाले कोरियामा कल कारखानाहरु बन्न थाले र कोरिया बिस्तारै अगाडि बढ्न थाल्यो। १९६४ मा जब राष्ट्रपतिले जर्मनी भ्रमण गरे, त्यहाँका कोईलाखानीमा काम गरिरहेका कामदारहरुले उनलाई टोलाएर सोधे, “हामी कहिले धनी हुन्छौं? बताईदिनुहोस् न!“ उनले आँखा भरि आँसु बोकी रुदैँ उत्तर दिए, “कुनै दिन, कुनै दिन अवश्य धनी हुन्छौं । ”

    यसरी अमेरिकामा बसी आएका धेरै कोरियन वैग्यानिक र ईन्जिनिएरहरु पनि बिस्तारै कोरिया फर्कन थाले केवल एउटै सोच बोकेर, “कसरी आफ्नो देशलाई बलियो र धनी बनाउने”। अमेरिकामा पाउने पारिस्रमिकभन्दाधेरै कम पाए पनि उनीहरु जोडतोडका साथ कोरियामै काममा अगाडि लागिरहे। हरु उनीहरुले आफ्नोलागि मात्र होइन, देश आफ्नो भविष्यका कर्णधारहरुको लागि पनि बनाउनु पर्छ भन्नेमा विश्वास गर्थे । मेरो बाबु-आमाका जमानाका कोरियनहरु सबैले आफ्नो परिवार र देशको लागि ठुलो त्याग गरे । दिनहुँ १४ घण्टा कठोर काम गर्थे। आमाहरु आफ्नो बच्चालाई दुध खुवाउँदै कल-कारखानामा काम गर्थे । आफ्ना बच्चालाई कसरी कठोर मिहेनत गर्नुपर्छ भनेर सदैव पाठ सिकाउँथे । यसैको ज्वलन्त परिणाम अहिलेको समृद्ध कोरिया हेर्नुहोस् ।

    नेपाली हो, के तपाईंहरुले आफ्नो देशको लागि रुनुभएको छ ? मैले त सुनेको छु नेपाली युवाहरुमा देशप्रति माया नै छैन। मैले यो पनि सुनेको छु उनीहरु नेपालबाट सधैँको लागि छोडेर जान चाहन्छन् किनकि उनीहरु यहाँको जातभात मन पराउँदैनन या यहाँको गरिबीबाट भाग्न चाहन्छन्, या यहाँ आफ्नो भविष्य देख्दैनन् यहाँ। तर यसो सोच्नुहोस् त, तपाईँहरु कुरा काट्दै वा देशको वास्ता नगरी तर्किदैँ गर्नु बेश कि आफै अगाडि लम्केर देशको सेवा गर्नु।

    मेरो एउटा सपना छ, म कुनै दिन पिडा बोकेका मानिसहरुलाई यो चरम गरिबी, भोकमरी, जड चलनबाट मुक्ति दिनेछु। नेपालको बास्तबिकता आफ्नै आँखाले देखेर, मेरो यो बिश्वास झन बलियो बनेको छ।

    जहाँ एउटा रोगको चपेटामा परेको बच्चासँग ओखती किन्ने पैसा छैन, ऊ झोपडीमा बस्छ र स्कुल जाने अवसर पाउँदैन। जहाँ एउटा बिधार्थी जति पढे पनि सफल हुन सक्दैन, आफ्नो जात वा गरिबीले गर्दा। यस्तो समाज जहाँ एक आमाले आफ्नो बाल-बच्चाको हेरबिचार मात्र होइन, खेतमा दिनभरि काम गर्नु पर्छ जब कि उता उनका श्रीमान् चाहिँ केही नगरी चाहारेर हिंडछन्, यस्तो समाज जहाँ एक पाँच बर्षिया नाबालाक आफ्नो पेट पाल्न ईट्टा भट्टीमा देनभरि ईट्टा बनाउन बिवश छ ।

    नेपालको बास्तबिकता हेर्दा त मलाई कहाली लाग्छ तर यसैबाट मेरो सोच अझ दृढ बनेको छ । मलाई थाहा छ धेरै नेपाली हिन्दु धर्मावलम्बी हुनुहुन्छ । तर तपाईंका करोडौं भगवानहरुलाई जति पुजे पनि केही हुनेवाला छैन यदि तपाईंले अहिल्यै कुनै ठोस कदम उठाउनु भएन भने । पुजेर होइन गरेर खुशी हुन्छन् तपाईंका भगवानहरु।

    नेपाल र तपाईंको भविश्य सुनिश्चित गर्नको लागि आजको आवश्यकता भनेको केही गर्नु नै हो । तपाईंले जसरी भगवानप्रति माया र भक्ति देखाउनु हुन्छ, त्यसरी नै आफ्नो छिमेकी र देश प्रति पनि देखाउनुहोस् अब। तपाईंलाई थाहा नै छ कि यो देशका भगवानहरु खुशी तब हुन्छन् जब तपाईं आफै देशको बिकास र समृद्धिमा लाग्नुहुन्छ ।

    त्यसैले बिन्ती गर्छु, आफ्नो देश र छिमेकीलाई माया गर्न थाल्नुहोस् । आफ्नो बच्चालाई देशको माया गर्न सिकाउनुहोस् । देश बनाउने काममा आनन्द लिन थाल्नुहोस् । नेपालको लागी रुने को हुन्छ र आखिर ? तपाँई नै! यी बिशाल हिमालयको अन्तरआत्मालाई आदर गर्ने अनि विश्वकै एकमात्र किसिमको झण्डालाई बोक्ने को हुन्छ त आखिर ?
    तपाईंले नै बोक्नु पर्छ नेपालको उज्यालो भविश्य बनाउने जिम्मेवारी। तपाँईको देश, तपाँईकै जिम्मेवारी हो ।

    Reply
  2. Damodar says:
    August 6, 2012 at 8:02 pm

    हामी कति लाचार छौ है ? येस्ता पटमुर्खहरुले “लौ भोलि बन्द ” भने मात्र पुग्छ, सबै जन जीवन नै अस्थव्यस्था हुन्छ, पसल छ भने बन्द, Office जान छ भने जाउ हिड्दै, अस्पताल जान छ भने हिड्दै . बर्षौ लगाएर पैसा जोगायो, सार्बजनिक सवारी चढेर पैसा के फाल्नु भनि motorcycle किन्यो कहिँ जाउ भन्दा यस्ता कुकुरहरुले गरेर पाइन्न. कति मात्र दया लाग्दो स्थिति छ हाम्रो , समझदा नि धिक्कार लाग्छ. के पाप गरिएछ र एस्तो देश मा जन्मिएछ .

    Reply
  3. amit jha says:
    August 6, 2012 at 3:37 pm

    मेरो अगाडी औटा एम्बुलेन्स मा २-३ जना रोई र थिए,,,,जाम भएर ….सायद एम्बुलेन्स मा भाको मान्छे मरे होला :(बन्द लाई बन्द गर नत्र ….:(

    Reply
  4. purushottam says:
    August 6, 2012 at 2:28 pm

    हामि अब अर्कै तरिकाले यो बन्द को बारेमा खुलेर चर्चा गरौ की बन्द किन हुन्छ ? यस्का समाधान के छन् ? र गर्नै पार्ने बाध्यता के छन् र के छैनन् ? ऐले को बन्द को उदाहरण बाट हेरौँ यहाँ एमाले ले उस्को भात्री संगठन लाई उचालेर बाबुराम को राजिनामा माग गर्दै बन्द भएको छ , उता बाबुराम भन्छन् “दलहरूको सहमती पछाडि मात्रै म राजिनामा गर्छु “अब मुल्याङ्कन गर्दा यहा जबर्जस्ती राजिनमा गराउने खेल देखिन्छ र बन्द भएको छ , अब शँका गरौ की सहमती कहिलेइ हुँदैन , यदि बाबुरामले राजिनामा दिए समस्या झन् जटिल हुने देख्छु म किनभने सहमती छैन नी , प्रधन्मन्त्रिमा हान थाप् हुने खेल हुने छ जुन हामिले अगाडिनै देखेका पनि छौ र अब यहा के गर्ने त भन्ने प्रश्न को उत्तर दलहरूसँग छैन भएदेखी संबिधान पनि बन्थ्यो र जटिल्ता केही रहने थिएन ,मावोबादी कुर्सिमा बसिरहन चाहन्छ ,काङ्रेसको राम जी लाई प्रम हुनु छ ,बैद्य बा लाई पनि सत्ता चाइयको छ त्यो नभए उनी बन्द त के बन्दौक पनि उठाउन तयार छन्, केपी जी पनि र खनालजी पनि लाइन मा छन ,आखिरी यिनीहरूलाई प्रधान मन्त्री मात्रै चाइयको देखिन्छ न की संबिधान अरु समाधान ,उनिहरू चुनाबी प्रक्रिया बाट पनि जान चाहदैनन किनभने हारिन्छ भन्ने डर होलानी , चुनाबी प्रक्रियाबाट गएको भए त संबिधान पनि बन्थ्यो ,यहा कस्तो भने दुई कुकुर हड्डिको लागि लडेको जस्तो भयो ती कुकुरमा सहमती के होलार ? अनि लडाँइ गरेर घाइते त 2 कुकुर नै हुने भए नी ,याहा कुकुर हरू लडेर देश् घाइते भएको छ तर हड्डि मेन समस्या छ ,भर्खरै देखियो बाबुराम सरकारले आफूहरूलाई आजीबन सुबिधा सहित जहाँ जसरी रहेपनि रास्ट्रले कर तिर्नु पर्ने अर्थात रास्ट्र रहे पनि र नरहे पनि तिरिरहनु पर्ने अध्यादेश पास् गर्‍यो तर देश् को भुत भबिस्य बर्तमान केही हेरियन ल हेर्नुस् दलहरूलाई कति पनि लाज सरम छैन कुनै नेताले यस्को बिरोध गरेनन ,मावोबादीले १५००० रगतको कुनै मुल्य देखेंन बोका खसी भङ्गेरा भए सबै सहिदहरू ,” मै खाउँ मै लाउँ सूख सयल वा मोज म गरुँ , म हासुँ मै नाचुँ अरु सब मरुन दुर्बलहरू ” जो सहिद भएपनि के मत्लब भोर ?
    सबैदलहरूको आआफ्नो बिचार र उदेस्य छ सबै को आफ्नै सिद्दान्त छ ठीक छ तर हरेक कुराहरू सबैको त लागु हुदैन र हुन सक्दैन चुनाबी प्रक्रिया बाट आएको सिद्दान्त नै सर्बमान्य हुन्छ र धेरै दलहरू भएको मुलुक्मा सबैलाई समेटेर निर्णय नभएको खण्डमा चुनाबी प्रकिया नै अगाल्नु पर्छ तर यहा त त्यो चुनाबी प्रक्रिया नै मानिदैन मानेको भए संबिधान का हरेक धाराहरू पहिलेइ नै पारित हुन्थे र यो देश् यो अवस्थामा हुने थिएन ,तेही हो आफ्नो कुरा माथी गर्न बन्द तोढफोढ आगजनी अगालिन्छ ,
    जनताले अब बन्ने प्रधान्मन्त्री ले र अरु सबै मन्त्रीहरूले आफ्नो नाम्मा भएको सबै सम्पत्ति देश्लाई बुझाउनु पर्ने नियम बनाउनु पर्छ र प्राधान्मन्त्री र मन्त्री वा महत्वपुर्ण पदमाबसेको ब्यक्तिले पदमा बहाल रहदा आफ्नो नाम् मा कुनै सम्पत्ति राख्न पाइदैन ,देश र जनताको सेवा गर्नेले अब लिने होईन त्याग् र बलिदान गर्नु पर्छ , बस अनी देश्ले तिमीहरूलाई पाल्छ , तिमीहरूले पास् गरेको त्यो अध्यादेस अनि लागु गर्न सक्छौ तर कुनै पनि महत्वपुर्ण पदमा यो सुबिधा पाउन १ बर्ष ६ महिना बसेकै हुनु पर्छ यदि त्यो म्याद भन्दा अगाडी नै पद मुक्त भएमा कुनै सुबिधा पाइदैन र रास्ट्र लाई तिमीहरूले बुझाएको सम्पत्ति मात्र फिर्ता गरिने छ। लौ त यति नियम बनाओ त अनी देश् चल्छ चल्दैन
    गर्दा हुन्छ तर हाम्रा नेताहरूको बुद्दी नै छैन् के भन्ने ? कल्लाइ भन्ने ? के भनेर भन्ने ? हरे शिव

    Reply
  5. dipak shrestha says:
    August 6, 2012 at 11:23 am

    अहिलेको संदर्वमा जतिसुकै बन्द चक्काजाम गरेतापनि के का बिरुद्ध बन्द हो | बुज्न कठिन छैन | कुर्सीको लागी मात्र हो भने जनता को समर्थन छैन | किन कि अहिले देखियका सबै पार्टीका नेताहरु मा सरकार चलाउन सक्ने ल्यकत देखिदैन |देशको सम्पति लुट गर्न अब हाम्रो पालो हो भनि बन्द संस्कृति लाई निरन्तरता दिनु अनि सोझा सिदा जनतालाई दुख दिनु सिबाय केहि होइन |

    Reply
  6. नवराज says:
    August 6, 2012 at 10:54 am

    यी काइते हरु लाई पनि थाहा भै सक्यो , बन्द ले नेता गण लाई केहि तातो लाग्ने वाला छैन | यो परम्परा लाई निरन्तरता दिएका मात्र हुन | जहिले ले मार जनता लाई नै हो | यस्ता गोरु हरुको हाली मुहाली छ, देश के खाएर सप्रोस देश |

    Reply
  7. Nikit says:
    August 6, 2012 at 10:40 am

    बन्द हड्ताल गर्ने काममा लोकल पुलिसहरुलेनि सहयोग गरेको देखेर छाही सार्है नरमाइलो लग्यो हिजो काठमान्डूको साँखुमा यस्तै भयो ..दुइजना केटाहरु झन्डा देखाएर बाटोमा मुडा तेर्साएर बसेका छन् ..तेत्रो चार घण्टा सम्मान पुलिस तमासा हेरेर उल्टो सर्बसाधारणलाइ अब दुइ घण्टात होनी ..तिन घण्टात होनि भन्दै कुराएर राख्यो ..
    ..कति पाउछन जनताले सास्ती 🙁

    Reply
  8. देवेन्द्र कार्की says:
    August 6, 2012 at 10:29 am

    इस्लामिक देशहरमा ऐले रमदान महिना चली रहेको छ जसले गर्दा दैनिक ८ घण्टा गर्नु पर्ने काम २ घण्टा कम गरि ६ घण्टा मात्रै गरिन्छ| सायद यसैको असर हो कि युवा संघको ”म हान’ युवाहरुलाई पनि| रमदान डिस्काउन्ट …..

    Reply
  9. suman p says:
    August 6, 2012 at 9:32 am

    भुत्राको समर्थन हामीलाई काम गरि खान नदिने लाई. तेरो पो जनता लुटेको सम्पति छ , हाम्रो त दिनको कमाई दिनको खानु छ, बजिया हो .

    Reply
  10. umesh pandey says:
    August 6, 2012 at 9:27 am

    हा हा ,,,आफुहरुमा मानवीय गुण पनि छ भनेर देखाउन का लागि सायद इनिहरुले केहि घण्टा को चक्का जाम /बन्ध गरेका होलान,,,, तर देश को अर्थतन्त्र-सामाजिक व्यवस्था र विस्वसामु रहेको इज्जत भता भुंग पार्न एक मिनेट को बन्ध पनि काफी छ भन्ने इनिहरुलाई ज्ञात छैन जस्तो छ,,,,

    यो सब कुर्सि को लागि हो नत्र खोइ उनीहरु को गोजीमा यस्तो नेता (कुनै एउटा) जसको लागि जनता फेरी आन्दोलन गर्न सकुन,,,

    यो एउटा गुण्डा विरुद्ध धेरै गुण्डाहरुको लडाई हो,,,,जो कुर्सि मा आए पनि देश लाइ केहि फाइदा हुने वाला छैन …. तेसैले रमाइलो हेर्ने बाहेक अर्को विकल्प छैन ..

    Reply
  11. pushpa says:
    August 6, 2012 at 8:02 am

    गर गर येस्तई चर्तिकलाहरु चुनाब नहुन्जेल गर्दै गर अनि मुल्ला चुनाब मा कुनचाहि मुर्ख ले तिमीहरुलाई भोट दिन्छ हेरौंलानी!!! हरे शिब जाबो एस्तो कुरो बुज्न नसकेको यो ठुला बडा नेताहरु कसरि देश चलाउन यिनीहरुले ??

    Reply
  12. sures says:
    August 6, 2012 at 7:28 am

    हेर्नुस त त्यो फोटोमा यो युवतीको पछाडी प्लास्टिकको डोरी होकि चतिएको झोला हो . त्यो टिपेर सफा गर्नुको साटो हातमा ढुंगा लिएर बसेकी . युवा जना श्रमको दुरुपयोग. बिदेसमा घण्टा घण्टाको हिसाब हुन्छ मान्छेलाई के को फुर्सद हातमा ढुंगा लिएर बस्न लै. कम गर साथी कम पैसा कामु ढुंगा लिएर बस्ने हैन “छन् गेडी सबै मेरी छैनन गेडी सबै टेडी” भनेको उखान थाहा छैन. हैन कि पैसा मिल्छा येसरी ढुंगा लिएर बस्ने लै ? एस्तो हो भने त सजिलो कामपो रैछा त ?

    Reply
  13. sures says:
    August 6, 2012 at 7:21 am

    हैन बरु बन्द गर्नु को सत्ता ४ -४ घण्टा सडक सफाई आभियाना चलाए कस्तो हुन्थ्यो. एस्तो सुचीपो जनता ले चाहेका छन्. . बन्द गर टोल , सडक सफाई गर. school बुस चलाउन देउ.

    Reply
  14. Suman bhote says:
    August 6, 2012 at 7:06 am

    सर्भसाधारण ले प्रतिकार गरेको भएर नै आज यिनीहरुले फुल बन्ध गर्ने हिम्मत गर्न सकेका छैनन्…..
    कसैको बन्ध लै प्रोत्सान नगरौ….
    बन्ध लाई प्रतिकार गरौ…

    Reply
  15. Dipen Guragain Texas,USA says:
    August 6, 2012 at 6:45 am

    यी साले हरुले गर्न खोजे चाही के हो ? माकुने को पाला मा माओबादी भनाउदा हरुले माकुने लाई हटाउन खोज्दा के हालत भाको थियो केहि पार लागो त यी साले हरु को पनि त्यहि हुन्छ . सहमति गरेर हुने कुरा के को “म-हान” आन्दोलन

    Reply
  16. Suman spain says:
    August 6, 2012 at 6:24 am

    होइन है साथीहरु यस्तो बन्द, हड्ताल को समर्थन गर्ने हरु ५,६ जना देखियो है|
    साथीहरुको हरेक राम्रो कमेन्टमा dislike गर्ने पाजीहरु देखि होसियार | यिनीहरु बन्दका समर्थक
    हुन् | तिमीहरु को आफन्तलाइ आस्पताल पुराउनु परोस त्यो बन्दको समयमा अनि तिमीहरु को गाडी फुटोस तेस पछि थाहा पाउने थियो , बन्द, हड्ताल तोडफोड कति भयाभह, कति कस्टकर , कति पिडादाहि हुन्छ भनेर. के गर्नु नेताहरुले देश बिगारी हाल्यो .तेसमाथि युवाशक्तिहरु को चाल यस्तो छ ,अनि कसरि राम्रो होस् हाम्रो देश| अब त केवल यौटै सहारा ,
    पशुपतिनाथले मेरो देश को रक्षा गरुन.

    Reply
  17. bkpandey says:
    August 6, 2012 at 3:48 am

    बाबुराम लाई प्रधान मन्त्रि बाट हटाउन छ भने,बालुवाटार,सिंगदरबार,पेरिसडाडा बन्द गर्ने किन चक्काजामगरि जनता लाई सास्ती दिने ????? अनि यी बस्नेत हरु माफिया होइनन र ?????

    Reply
  18. bkpandey says:
    August 6, 2012 at 3:42 am

    अब एमान्ग्रेश का नेताहरु चुनाब मा हारेर पनि मन्त्रि बन्न पल्केको स्वाद ,आफ्ना भ्रस्ट डन लगाएर जनता लाई दुख दिई प्रधान मन्त्रि बन्ने खड्गे को सपना हो .नेपालको नेता र सोमालियाको pirate दाजु भाईहुन्.

    Reply
  19. DN Khanal (Boston) says:
    August 6, 2012 at 3:27 am

    एउटा पनि Positive कमेन्ट नआएको कस्तो बन्द हो यो
    कसका लागि र किन गरिएको हो

    Reply
  20. Jenish says:
    August 6, 2012 at 12:56 am

    तिनीहरुकै सन्तान हरु होस्पितल मा लान परोस, अनि थाहा हुन्छ!

    Reply
  21. Deep says:
    August 6, 2012 at 12:32 am

    बाँदरहरुको हालिमुली भएको देशमा फेरी अर्को जत्था बारीमा मकै चोर्न पस्यो l

    देशको महत्पूर्ण शक्ति “युवा शक्ति” यसरि राजनैतिक पार्टीहरुको घोडा हुनु निकै ठुलो राष्ट्रिय चिन्ताको बिसय हो l युवा शक्तिले नै अज्ञानता र अदुरदर्शिताका कारण विकाशी जत्थालाई साथ दिंदा मकैको त अनिकालै भयो, देश पनि दशकौ पछाडी पर्यो l

    जय देश, जय जनता …

    Reply
  22. Nawaraj says:
    August 5, 2012 at 10:00 pm

    तिनका बाउको देश जस्तो, यति बेला खोल्ने यति बेला बन्द गर्ने…. हेर्नुस त तिनको जनतालाई आदेश ? ज्ञानेन्द्रले जनआन्दोलनमा कर्फ्युको आदेश जारी गरे झैं बन्दको टाइम टेबल निकाल्ने ? यी मु****** मुला हरुलाई पहिले नै ज्ञानेन्द्रको गोली ठोकेको भए अहिले जनतालाई ठोक्न ढुंगा त टिप्दैनथे,

    Reply
  23. शशांक लामा, न्युयोर्क says:
    August 5, 2012 at 9:51 pm

    प्रधानमन्त्रीलाई हटाउने हो भने बालुवाटारमा रातोदिन धर्ना दिनुपर्यो, बागबजार किन बन्द गर्ने ? तिमेरुले बन्द गरेर बाबुरामले पद छोडदैन भन्ने कुरा थाहा पाउँदा पाउँदै यो बिनासित्तिको बन्द गरेर एमालेको बचेखुचेको साख पनि किन गिराउन लागेको ? एमालेलाई चमेरो त भन्ने गरेकै हो, अब यसको क्रियाकलाप हेर्दा यो घोड-गधा भएजस्तो छ|

    Reply
  24. Arun says:
    August 5, 2012 at 9:32 pm

    भाडा का टट्टू हरु मानेन छन् जस्तो छ ४ घण्टा भन्दा बढी, कि रेट बढेर १२ घण्टा को पैसा ४ घण्टा मै सकेको हो

    Reply
  25. shrameek chhetri says:
    August 5, 2012 at 7:51 pm

    धिक्कार छ एमालेका माउ नेता भनौदाहरु सत्ता नपाएर छत्पताएकछौ केपी जस्ता लाइ सत्तामा लगेर महेश जस्ता गुन्डानाइ गुन्डा गर्दी गरेर ब्रमलुट गरौला भन्ने होला जनताले साथ दिने छैनन चेतना भया

    जय देश जय जनता

    श्रमीक छेत्री

    Reply
  26. Rabindra says:
    August 5, 2012 at 6:58 pm

    आफैं रांड देशै भाँड, सौताको रिसले पोईको काख मुत्ने भनेको यहि हो | कुहिएका नेताका पुच्छर यूवा भनाउँदा भुसतिघ्रे बाँदरहरुले स्कुले केटाकेटी हरुलाई पनि आफु जस्तै बनुन भन्ने चाहन्छन | यदि यो होइन भने बालुवाटार र परिशडांडा गएर किन घेर्न सक्दैनन् ? किन सडकमा टाएर बालेर स्कुले केटाकेटीको पढाईलाई टार्गेट बनाउछन् ? यी यूवारुपी भुसतिघ्रेहरु जनद्रोही हुन्, देशद्रोही हुन् |

    Reply
  27. tirtha says:
    August 5, 2012 at 6:51 pm

    अर्काको इसारामा चल्न पल्केका यी हुतिहारा बच्चा नेताहरुले काम दाम केहि नपाए पछी जनतालाई दुख दिन थाले अब बिरोध गर्ने बहाना केहि नभए पछी लाज पचाई पचाई देश र जनता लुटेराहरु लुटेरै खान पाइन्छाकी भन्दै कालो दिन ल्याउन तम्सेका छन् किनकि यस्तैमा लुटेराहरुले मोज गर्न पाउछन

    हे भगवान यी लुटेराहरुलाई सत्बुद्धि दिनुहोस
    जय देश जय जनता

    Reply
  28. Resham says:
    August 5, 2012 at 6:39 pm

    ए बाबा किसिम किसिमको बन्ध / बन्धमा समयको नया प्रयोग/ खोइ यो बन्ध सस्कृतिले नछोड्ने भो है नेपालमा / बन्ध नगरे हुनेथियो / तर यो नहुने भो नि / बन्धले नछोड्ने भो के गर्ने हो?

    Reply
  29. surendra subedi says:
    August 5, 2012 at 6:25 pm

    मुख नै छाडौ जस्तो लाग्छ यिन को काम देखेर त/के बाबुराम लाई सत्ताचुत गर्नु छ भने बाबुराम लाई नै गएर मनाए हुन्छ नि किन आम जनता लाई सास्ती दिनु?यो कुन मोडल को प्रजातन्त्र हो?मुख छाडौ जस्तो लगेर पो आउछ यी पपिस्ट हरु को काम देखि/काम नै गर्नु छ भने राप्ती ले डुबान मा परेको जनता को उद्दार गरेर देखाउन अनि पो तिमेरु नेपाल आमा का छोरा हुन् सक्छौ /नत्र यो जनता मारा वन्ध लाई सधै को लागि वन्ध गर/

    Reply
  30. Keshab Ghimire says:
    August 5, 2012 at 6:06 pm

    सत्ताको लडाइमा बिनाकारण नेपाली जनता मारमा | आखिर जुन जोगी आए नि कानै चिरेको त हो नि | जो सत्तामा आए पनि के गर्ने हो रैछन र | नियम मिच्ने आफुखुसी निर्णय गरि सर्बसाधारण बाट रकम लुट्ने (कर भन्दै ) अनि त्यो पैसाले आफ्नो भुडी भर्ने |

    Reply
  31. DEEPAK SHRESTHA says:
    August 5, 2012 at 5:32 pm

    कति घिन लाग्दो काम थुक्क … कुन शब्दले गाली गरौ>>>>>>>

    Reply
  32. Sisir says:
    August 5, 2012 at 4:41 pm

    हे भातमारा हो , तिमिहरुबाट अरु के नै सकारात्मक कदमको आशा गर्न सकिन्छ र ..
    महामहिम ओलीका त लठैत परे ..
    यी बन्दकर्तालाई (आहावानकर्ता पार्टीका टाउकेलाई सहित ) बिहान पक्डेर बेलुका छाड्ने होइन कि सामाजिक जनजीवन खल्बलायाएको , कलिला बिद्यार्थीको पडन पाउने मानब अधिकारबाट बन्चित गरेको , आम नागरिकको स्वतन्त्र पुर्बक हिड्दुल र गरिखान पाउने मानब अधिकार हनन गरेको जस्ता संगिन मुद्धा चलाई कडा सजायको बेवास्ता गर्ने पर्छ ..
    कुन दुलोमा छन् एमालेका बरिस्ठ मानब अधिकारबादी ओकिल पाठक र प्याकुरेलहरु , सर्बोच्चमा किन रित हाल्न सक्दैनन् कोहि ?
    परेको म बेहरुला …

    Reply
  33. shyam says:
    August 5, 2012 at 4:28 pm

    नेताका केटाहरु, नेताका जुत्ताहरु, नेताका कुत्ताहरु, कसरि भए ति युबाहरु? हे युबाहरु तिम्रा अग्रज भनाउदा नेताहरुले देशलाई कति बर्बाद पारिसके तर पनि तिमीहरु तिनै नेताको जुत्ता बनेर कुत्ताले जस्तो भुकेर, कार्यकुत्ता बन्न छाड्दैनौ| धिक्कार छ तिमीलाई जो आफ्नो विवेकमा चल्दैनौ, अरुलाई सडक बाट टिपेर सत्तामा चढाएर तिमि आफै माथि सोषण तथा शासन गरौंछौ|

    Reply
  34. Keshav says:
    August 5, 2012 at 4:03 pm

    बिहान नया बानेश्वोर गएको थिए बन्द रैछ. बढीमा ५० जना जति थिए होला झलनाथ क भाडा क टट्टूहरु,
    आखिर यो कहिले सम्म?
    नेता कहिले सुध्रिने?

    Reply
  35. गगने says:
    August 5, 2012 at 4:00 pm

    बन्द र चक्का जाम गरेर बाबुराम हटायर ओली लाइ प्र म बनाइ ल्याउने यो मइस बस्नेत र पशुराम हरुको कुकार्य जनता बुझेकाछां र कुकार्य बिरुद्द अब जनता उठ्ने छ यी भुस्याहा लखाटन अनि ठिक हुन्छ!
    यी भुस्याहा हरुले हड्डी चुस्न पाउछ भनेर तेस्का मालिक र पालक हरुलाई यो देश को प्रम बनाउनुपर्ने?
    यसरि हड्ताल बन्द जाम गरेर हटाउने र चुन्ने हो प्रम?
    हिम्मत छ भने चुनाबमा आयस तिमीहरुको दादागिरी हेरौला, कतिओटा नेताले जित्दो रैछ र तेरा नेताहरु प्रम बन्ने हैसियत कतिको रैछ हेरौला!
    बरु चुनाब गरौँन भनेर तेरा पालक मालिक नेताहरुलाई भुके हुन्छ नि!
    चुनाब जितेर प्रम बन्ने हैसियत र क्षमता छैन अनि यी पाल्तु कुकुर हरुलाई सडकमा दौडायो जनता टोक्न लगायो आतंक फैलायो अनि कुर्ची ताक्यो प्रम बन्यो स्वार्थ पुरा गर्यो!
    यस्ता नेता र तिनका भुस्याहा पाल्तु हरुलाई जनताले अब चिन्नुपर्छ र चिन्ने छ!

    Reply
  36. kamal says:
    August 5, 2012 at 3:49 pm

    मलाई कहिले काही त रगत तातेर आउछ , भगवान ले शक्ति दिए यी चोर नेता हरुलाई गोलि हानेर अथवा जेलमा सढाएर ८/१० वर्ष यस्तो अनुसाशित सत्ता चलाऊ जसले मेरो देश भनेर गर्ब गर्न सकु विदेश बसेर वाक्क लाग्यो तेसैले मलाई नभए पनि कसैलाई त देयौ यस्तो शक्ति कृपया !!!!!!!!!!!!!!!!!!!!

    Reply
  37. Sandeep Rimal says:
    August 5, 2012 at 3:37 pm

    “न्याय प्रेमी युवा हरु युवा संघ मा , सामाजिक परिवर्तन युवा को काँधमा ”
    हाहाहा कहाँ मेल खान्छ यो कुराहरुले??

    Reply
  38. kiran says:
    August 5, 2012 at 3:26 pm

    सबैले discount पाएकै छ जेल सजायेमा discount ,जरिवाना मा discount त्येसैलाई follow गरेको होला नि

    Reply
  39. aditi says:
    August 5, 2012 at 3:13 pm

    यसपालीको हैजा बन्द गर्नेलाइ लैजा

    नेपाली जनता को एकै स्वर केपी माकुने दुइ तै चोर

    महेस-पसुरम गुण्डा- रुखमा झुन्डा

    भन्न नहुने व्यथा सारो छ

    Reply
  40. krishna says:
    August 5, 2012 at 2:50 pm

    देश लुट्ने नेताहरु स्याल अनि तिनीहरुका आउरे बाउरे यी शिछित भनौदा बिद्यार्थीहरु कुकुर हुन्, गरिखाने जनताहरु हुन्, यी स्याल कुकुरले गरि खाने जनतालाई हदै सम्म दू;ख दिरहेका छन् , टाएर बालेर बायु प्रदुषण गर्ने, कुनै नया चिजको बिकाश नहुने तर भएका पुराना बार संरचनालाई भत्काएर बाँदर प्रबिती देखाउने यी र एस्ता सम्बन्धित व्यक्ति संघ-संस्थाहरु लाई कडा भन्दा कडा कानुन बनाएर कारवाही गर्नु पर्छ;

    Reply
    1. mahesh says:
      August 5, 2012 at 3:44 pm

      महेश बस्नेत भन्ने गुण्ड एमाले को भन्दा पनि केपी ओली को प्राइभेट लठैत हो. केपी ओली गुरु मन्त्र लिएर इंडिया बाट फर्कनु र महेश बस्नेत, परशुराम बस्नेत हरु को तोडफोड शुरु हुने ले के संकेत गर्दछ?

      Reply
  41. BNOD says:
    August 5, 2012 at 2:45 pm

    कहिँ नभएको जात्र हादी गाउ तेसै भनेको हो त…….

    इ बिग्रया नेता का भत्क्या कार्येकर्ता हरु सब भन्दा बेवकुफ र गोरु हुन् बादर हुन् ..न आफ्नो घर बनाउछ न अरु को बन्न दिन्छ …..
    बकम्फुसे हरु ……………………………………………………

    Reply
  42. Ujjwal says:
    August 5, 2012 at 2:31 pm

    काम गर्ने हुति छैन आब तै नेता ले जे भंचन तै गर्ने त होनी………………

    Reply
  43. Bino, Italy says:
    August 5, 2012 at 2:25 pm

    केहि फरक हुन खोज्या जस्तो छ, अरुले दिन भरी, २४ घण्टे या अनिश्चित कालिन बन्द गर्छन हामीले डिस्काउन्ट सहितको बन्द गरौँ भनेर l तर जति सुकै डिस्काउन्ट दिए पनि यस्ता झोले गुण्डाहरुलाई सहानुभूती कदापी दिनु हुँदैन l भोलि ठाउँमा पुगे पनि केहि माखो मार्ने त होइनन् यिनीहरुले पनि l

    Reply
    1. Deep Indra says:
      August 5, 2012 at 10:21 pm

      माखो त होइन मान्छे चै मार्छन चोरहरु ले | थुक्क भातमारा पाजी हो

      Reply
  44. janak sharma says:
    August 5, 2012 at 1:49 pm

    “एमालेका तीन काम, ढुंगा- मुढा- चक्काजाम” त्यसै भनिएको होइन .

    Reply
  45. bishnu says:
    August 5, 2012 at 1:42 pm

    धिक्कार छ येस्ता नेपाली युवा र युवा संघ भनौदा का ढुंगा र इट्टा बोक्ने कार्यकर्ता हरु लाई बरु तेही ढुंगा र इट्टा बाटोमा बोकेर हिंड्नु भन्दा कुनै निर्मधीन क्षेत्रमा बोकेको भए त बलियो घर, पूल वा सडक त बन्थियो होला नि कहिले सुध्रिनी होलान नि नेपाली आमाका सन्तान हरु…..

    Reply
  46. Deepak says:
    August 5, 2012 at 1:36 pm

    नेपालमा तोडफोड गर्ने २-४ जनालाई गोलीले उडाउने अनि बलात्कार, चोरी र हत्या गर्नेलाई मृत्युदण्ड दिने हो भने यो कानुन बिनाको राज्यको अन्त्य हुने थियो.
    जसले जे गरेपनि केहि नहुने भएकोले, बेरोजगार भएर सधै कोठामा बोर लागेर बसेका २ पैसे हरुले चाड मनाउन यस्ता बन्द र हड्ताल हरुको आयोजना गर्छन अनि सोझा र आफ्नो गरिखाने जनतालाई सधै दुख दिन्छन.
    बिग्रेको घरको भत्केको चाल हो यो.
    दिपक अधिकारी
    जर्मनी

    Reply
    1. Anu says:
      August 6, 2012 at 10:59 am

      ब्रोदर तपाई त जर्मनी मा हुनुह्न्छा
      नेपाल मा तपैले भने जस्तै बन्द गर्नेलाई गोलि ले हान्न थाल्यो भने उल्ट तिनीहरुलाई सहिद घोषणा गरी १० लाख रुपैया दिनु पर्छा

      Reply
  47. Suraj says:
    August 5, 2012 at 1:33 pm

    भुस्याहा कुकूर हरु को जत्था नेता ले चोइ भन्यो भुकभुक गर्दै सडक मा आगोबाल्यो, गाडी फोड्यो, सर्बसाधारणलाई पिट्यो, हे कुकूर हो सक्छौ वने तिमीहरुकै नेतालाई टोकन … आखिर किन छिन्छौ सर्बसाधारण जनता को रोजी रोटि तिमीहरु को अरु कम छैन भास्याहा कुकुर हो….

    Reply
  48. Rimesh Kumar says:
    August 5, 2012 at 1:26 pm

    के मक्ख पर्नु नि.. यो त सरासर बिध्द्यार्थी लाई टार्गेट गरेर बन्द गरे जस्तो भो .. गर्ने परे बरु बालुवाटार, शितल निवास, सिगदर्बार बन्द गर्नु नि.. पानी मरुवाहरु ………..

    Reply
  49. purna says:
    August 5, 2012 at 1:08 pm

    हा हा
    बन्द मा पनि discount पयकोमा

    Reply
  50. siddhartha says:
    August 5, 2012 at 1:02 pm

    वाहियात मान्छेहरुको वाहियात काम….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme