Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो पनि हुँदो रैछ

Posted on August 13, 2012 by Salokya

भूगोल र इतिहासबारे ज्ञान नभएको कुनै अज्ञानीले भनेको भए पो, बेवास्ता गर्नु, यहाँ त एउटा नाम चलेको कम्पनीलाई आएको सिपिङमा समेत यस्तो आपत्तिजनक कुरा पो लेखिएको रहेछ।

माइसंसारलाई प्राप्त सिप्रदी अटो पार्टसको नाममा एउटा सिपिङको फोटोमा स्पष्टसँग पाउनेको ठेगानामा सहर काठमाडौँ, राज्य नेपाल र देश भारत लेखिएको छ। सिप्रदी अटो पार्टस् टाटा मोर्टसको स्पेयर पार्टस् बेच्ने आधिकारिक विक्रेता हो। तर टाटाले त नेपाललाई भारतकै राज्य भन्ठानेर पो सामान पठाउँदो रहेछ त।

नेपाल कहिलेदेखि भारत देशको राज्य भयो ?

के चाला हो यो ?


59 thoughts on “यस्तो पनि हुँदो रैछ”

  1. Raj says:
    April 17, 2013 at 2:10 pm

    Tata Motors apologises for the inadvertent error on shipping labels for spares sent to Nepal. Action has been taken to stop recurrence.
    https://www.facebook.com/photo.php?fbid=446765588742539&set=a.222056167880150.55439.205466852872415&type=1&ref=nf

    Reply
  2. Sipradi Trading says:
    April 17, 2013 at 1:26 pm

    Tata Motors apologises for the inadvertent error on shipping labels for spares sent to Nepal. Action has been taken to stop recurrence.

    Reply
  3. Dinesh Bogati says:
    April 16, 2013 at 1:33 pm

    देश वेचेर खाए डाँका हरुले । अब ठुला नेता भनौदा हरु लाई सार्वजनिक रुपमा फासी दिनु पर्छ । राष्ट्रिय त माथि खेल्ने डाँका हरु……कति सहनु अत्ती भयो.

    Reply
  4. Yaman says:
    April 16, 2013 at 10:29 am

    सर्ब प्रथम त Nepal क नेता हरुलाई उतै तिर लखेट्न. पर्छ अनि बल्ल केहि होला नेपाल मा !!!!

    Reply
  5. pesal says:
    April 16, 2013 at 9:47 am

    बिचराहरुलाई थाहा छैन होला नि त नेपाल पनि एउटा देश हो भनेर

    Reply
  6. Bayan says:
    August 18, 2012 at 8:11 am

    देशका जिम्मेवार भनाउदाहरुले यस्तै व्यवहार गर्दै जाने हो भने त्यो राज्य (state) भन्ने सम्मान पनि गुम्छ एक दिन/ अनि देश होइन त्यो state पनि भन्न पाइन्न/

    Reply
  7. Mohan Sitaula says:
    August 15, 2012 at 8:20 pm

    तेही भएर पो प्रचण्ड र बाबुरामले भारतका प्रधानमन्त्रि समक्ष बिन्तिपत्र बुझाएका रहेछन .

    Reply
  8. gam gurung says:
    August 15, 2012 at 5:12 pm

    होईन हो ब्रो हरु यो त अत्ती भो हौ कति हेपेको हौ त्यो पार्सेल फेरि भारत नै पठाई दिनु पर्थ्योनि लौ अब कसरि हुन्छ भारत सङग सारा नातापाता ,ब्यापर बन्द नै गर्नु पर्छ अब चीन सङग ब्यापर आगढी बढाउनु पर्छ भन्ने हमलाई लैरछ ।

    Reply
  9. Gautam says:
    August 15, 2012 at 12:30 pm

    ENOUGH IS ENOUGH , Enough in the sense ,, of People of Nepal should stop blaming india untill any action from Nepalese Govt taken against this act or oppose the treaty which is unequal because ,, Messeage from India is clear that they will continue doing this , ‘DO WHAT YOU WANT” SO,, it is time to force our govt to take action rather than just blaming India. If our Govt is like as it is it will be more…. So PLEASE THINK ABOUT WHO IS AT FAULT.

    Reply
  10. purna prasad khatiwada says:
    August 14, 2012 at 5:25 pm

    के गर्ने अब नेपाल लाइ त भारतले आफ्नु मुठीमा राखेको छ , सगरमाथा हाम्रो हो भन्छ , बुद्ध भारत मा जन्मेको भनेर प्रचार गर्छ , सिमाना मा भारतीय सुरक्ष्या कर्मिको सासन चल्छ , सरकार मौन बस्छ , नेपाल को राजनीति भारत बाट चल्छ , नेपाल मा ग्यालेक्सी जस्ता स्कूल मा भारत को पठन पाठन सिकाइन्छ कलिला मस्तिकमा नेपाल को राष्टिय जनावर बाघ , राष्टिय पन्छी मयुर अनि राष्टिय फुल lotus भनेर सिकाइन्छ, इन्डियन तल्लो तहका अधिकारी बिना अनुमति राष्टपति प्रधानमन्त्री लाइ भेट्छ , भारतीय नम्बर प्लेट का गाडीहरु नेपाल भित्र बिना अनुमति छिर्छन मलाई त लाग्छ भारत को यौटा स्टेट हो नेपाल ? प्रकृति को धनि देश भयर पनि असक्ष्यम राजनीतिक ले गर्दा देश कतै इतिहासमा सिमित हुने त होइन भन्ने चिन्ता लागिरहेको छ | सतिले सरापेको देश भयर होला हामि हरु पछाडी परेको

    Reply
  11. pravin yonzan says:
    August 14, 2012 at 5:20 pm

    के गर्नु साथि हो इतिहास मा नै गल्ति छ , जुन बेला नेपाल भारत सन्धि भएको छ तेस मा भनेको छ नेपाल ले जुनसुकै trade गर्दा third country संग गर्न नपाउने भनेर लेखेएको छ तेसैले अब हामीले तेस किसिमको सन्धि सम्झौता खारेज गर्नु पर्छ त कि हामी नेपाली ले अरु जुनसुकै देश संग ब्यापार गर्न सकोस , अहिले हाम्रो देश मा जुनसुकै समान पनि इंडिया बाट आउछ / किन ????/ यो सब कुरा राजनीतिक तह बाट समाधान गर्न जरुरि देखिन६ / हाम्रा नेताहरु मा चेतना भया …….जै नेपाल आमा …

    Reply
  12. pratik says:
    August 14, 2012 at 4:37 pm

    I had contributed a write up on Salokya’s English blog.On this context, I think it is pertinent that I share this with all of you.

    Go to the following web address

    http://en.mysansar.com/?p=153

    Reply
  13. madan bajracharya says:
    August 14, 2012 at 1:41 pm

    भारतीय मानसिकताको के कुरा गर्ने हाम्रै नेताहरु आफु जस्तै कसै सिट नझुकेको नेपाललाई भारतलाई “आउ आउ मिच् दवाउ धम्काउ” भन्दै गर्छ त् के गर्ने?

    पढ्नु भयो नै होला केहि महिना अघि सम्म सबैको आसाको केन्द्र बिन्दु नै बनेको बाबुरामको कट्टर समर्थक यक जना मित्रले यसै माईसंसारमा दोहाराई तेहराई नेपाल त् भारतको अर्ध उपनिवेश नै हो भनेर ठोकुवा गरेर लेखेको/ मैले त्यो कुरामा प्रतिबाद गर्दा अझै “तितो सत्य” पढेर तिल्मिलाउनु भयो भनेर उल्टै प्रश्न गर्छ/

    अब सोच्नुस बाबुराम समर्थकको यस्तो भनाई कसरि बन्यो? अर्को तिर बाबुराम आफै पनि कसैले भारत सिट दव्नु भयन भारत सिट अर्को असमान सन्धिहरु गर्नु भयान भन्यो भने “महेंद्र्कालिन रास्ट्रबाद” भनेर आलोचना गर्नु हुन्छ/ अब रास्त्र्बाद्को गुलियो तर रक्तिम नारा लगायर राजनीतिको यो स्तर सम्म पुगेको मावोबादी को ताल त् यस्तो छ भने अर्ध बिहारी र पूर्ण बिहारी अरु नेताहरुको ताल कस्तो होला?

    हो महेन्द्रले ई नेताहरुको नेताहरुलाई अलि दवायो/ तर आज ई नेताहरुको ताल माल हेर्दा त् ईनिहरुलाई यसरि छाडा छोड्ने नमिल्ने प्राणि भयको देखिन्छ/ महेन्द्रको पंचायतमा अलि दमन भयको पनि ईने नेताहरु गतिला नभयकोले पनि हो/ अब महेंस्र राम्रो नराम्रो जे भय पनि महेन्द्रले नै नेपालाई बिस्वमा भारत जस्तै यउटा स्वतन्त्र मुलुक भयको मान्यता दिलायाकोहो/ यदि महेन्द्रले तेतिबेला भारतको बिरोध हुँदा हुँदै पनि नेपाललाई संयुक्त रास्ट्र संघको सदस्य नबनायको भय आज हामि स्वतन्त्र नेपालको स्वतन्त्र नेपाली हौ सायदै भन्न पाउने थियो/

    भारतको शक्तिसाली नेता बल्लभ भाई पटेलले नेहरूलाई नेपाल कब्जा गर्नु पर्यो भनेर लेखेको पत्र मैले यहि माई संसारमा पोस्ट गरेको थिय/ मित्रहरुले पढ्न चाहनु हुन्छ भने त्यो पत्र मईसंसारमा त् छ नै नभय म फेरी पोस्ट गर्न सक्छु/

    भारतको नेपाल प्रति नियत ठिक नभयको कुरा ईतिहासले प्रमाणित गरेको सत्य हो/ भारत नेपाल भन्दा २२ गुणा ठुलो छ र जनसंख्या नेपालको भन्दा ५० गुणा बढी छ तर उसको तेत्रो भूमि र जनसंख्यालाई चाहिने पानि भारत सिट छैन नेपाल सिट छ/ नेपालको पानि बिनाको भारत भारतीय नेताले सोच्न पनि सक्दैन/ तर बेलाईती बानियाको २०० बर्ष भन्दा बढी गुलाम बनेको भारत नेपाल सिट पानि किनेर होईन लुटेर खान चाहन्छ/ आज बिहारको बिकाश नेपालको भन्दा द्रुतकर गतिमा हुँदैछ भन्छ तर नेपालको कोशी गण्डकी कब्जा गर्न नपायको भय बिहारमा बिकास होईन बिनास हुने थियो/

    संयुक्त रास्ट्र संघको सदस्य बनिसकेको नेपाललाई कास्मिर र सिक्किम जस्तै निल्न अप्ठ्यारो भयकोले भारतले नेपाललाई “भुटान” बनाउन कसरत गर्दै आयको छ र भारतको यो दुस्प्रयासलाई सघाउने ईने नेताहरु नै हुन्/

    अब माथि सिप्रादिलाई सामान पठाउने भारतीय कम्पनीले नेपाललाई भारत भनेर लेखेको पत्र को कुरामा/ तेस्तो पत्र नेपालको भन्सारले मान्यतानै किन दियो र तेस्तो पत्रको आधारमा पठायको सामानलाई नेपालमा छिर्नै किन दियो? सरकारी कार्यालय हरुमा हाम्रो काम संग सम्भंदित कागजातमा हुँदै नभयको गल्ति देखायर त् हामीलाई हायल कायल गर्ने सरकारको त्यो भन्सारको कार्यालयले यति ठुलो अपमानजनक गल्तीलाई किन वास्ता गरेनन?

    Reply
  14. roshan says:
    August 14, 2012 at 1:40 pm

    गाऊ को सुन्दर केटि लाई मेरो बुडी हो भन्दैमा
    कसै को बुडी हुन्छ र ?

    Reply
  15. SURENDRA SUBEDI hongkong says:
    August 14, 2012 at 12:59 pm

    यहाँ कम्पनी इन्डियन,उपभोग्य सामग्री इन्डियन हुदा हुदै गौतम बुद्ध लाई पनि हेपेर नै इन्डियन भनि सक्यो यो भारत भन्ने जन्तु ले यस्तो गम्भीर प्रस्न मा हाम्रा देस भक्ति को स्तुति गाएर न थाक्ने महामहिम किन चुप?किन भारत को सत्तो सराप गरेर टाएर न बालेको?किन नेपाल वन्ध भएन? कहाँ गए YCL ?कता लुक्यो YOUTH FORCE ? कता हरायो TARUN दल ?सबै लाई भारत देखि डर लागेर आउछ कि कसो?को बोल्ने यो गम्भीर बिषय मा?सबै तै चुप,मै चुप कि कसो?

    Reply
  16. theba says:
    August 14, 2012 at 11:15 am

    Very clearly, people who have written here do NOT understand the international shipping norms…these are people who have no understanding how corporates works…people with very high self esteem but in terms of productivity ZILCH. They would not even get hired as lowly office peons in a proper structure. Good for putali sadak based political netas…bakwash..

    Reply
  17. nimesh, bkk says:
    August 14, 2012 at 11:13 am

    हाम्रो नेता देखि प्रधानमन्त्री तथा नेपालको प्रशासन यन्त्र कत्तिको सक्षम छ भन्ने देखाउंछ यसले . नेपाली कर्मचारीहरुले ठेगाना नमिलेको भनेर समान फिर्ता पठाउनु पर्ने हो तर त्यसो गरेन, बरु सहि ठेगानामा पुर्याई दिएछ सयाद कर्मचारीहरुले पनि केहि पाएको हुनुपर्छ . यदि यसरि गलत ठेगाना लेखेर पठाउने समान फिर्ता पठाएको भए तिनीहरुले यस्तो दुस्साहस गर्ने हिम्मत गर्ने थिएन . तर एउटा नेपालीले सहि ठेगाना पनि अलि तल माथि गरेर लेखेमा त्यो समान सहि ठाऊँमा पुग्दैन . यहि नै बिडम्बना छ नेपालको कर्मचारीतन्त्र .

    Reply
  18. Giri prasad Thapa says:
    August 14, 2012 at 11:08 am

    केदार जी ले जस्तै यो तल को मैल मा कम्प्लेन सुझाउ पठाउने कि.

    सिप्रदी का कम्पनी डिरेक्टर ले ताता कम्पनी लाइ ठेगाना गल्ति भयो भनेर सल्लाह दिनु पर्यो है/
    [email protected] , [email protected] , [email protected] , हरु र TaTa Motors को Twitter account : https://twitter.com/TataMotorsGroup मा complain गरेर सबक सिकाउने कि ?

    बिर्कोट, बाग्लुंग

    Reply
  19. bishnu thapa says:
    August 14, 2012 at 11:01 am

    नेपाल बारे जानाकारिनै नभएकाहरुले एस्ता गल्ति गरेका हुन् सक्छन थोरै जानकारी खतरनाक हुन्छ भन्ने भनाइ यहा सार्थक हुन्छ

    Reply
  20. Sunil says:
    August 14, 2012 at 10:27 am

    यो भारतीयहरुको हेपाहा मानसिकता को उपज हो | हर क्षेत्रमा हर समयमा कुनै न कुनै रुपमा यसरी नै नेपाल को राष्ट्रियता माथि आक्रमण भैरहन्छ | तर कसैले बिरोध गर्दैमा मात्र यो कम हुने वाला छैन | जब सम्म विश्व मानचित्र मा आफ्नो छुट्टै पहिचान बनाउने गरि नेपाल सम्बृद्ध र बलियो हुन्न तब सम्म जति रोइ कराई गरे पनि यस्तै हो |

    Reply
  21. indra kc /qatar says:
    August 14, 2012 at 10:23 am

    लाखे है साथी हो …….के के पो सुन छु त हाउ नेपाललाई भारतकै राज्य भन्ठानेर पो सामान पठाउँदो रहेछ अरे ।
    होहिन यी थोती हरुले नेपाल लाही के सम्झेका छन् हाउ …यो त अती भयो नेपाल मा बहादुर हरु छन् भने बिर्से छ कि के हो ???

    Reply
  22. Sabina says:
    August 14, 2012 at 10:23 am

    RETURN TO ORIGIN to this shipment!!!!

    Reply
  23. achut says:
    August 14, 2012 at 10:15 am

    हेपिएको,चेपिएको अनुभब गर्दै छु /साथी हरु ले ‘भन्दै मा हुन्छ र ?’ भन्नु भाको रेछ उहा हरु लाई “गु का किरा” भन्न चाहन्छु ‘मैले भन्दै मा हुन्छ र,हैन साथी हो?’ ‘नेपाल राज्य’ भनेर बोर्डर मा चै धेरै ठाउँ मा लेखेको छ भारत ले/लुम्बिनी छिर्ने गौडो अनि बारा मा चै मैले प्रतक्ष देखेको छु/

    Reply
  24. madhav says:
    August 14, 2012 at 9:00 am

    How dare sipradi company ask to ship the goods in that address?

    Reply
  25. avaya says:
    August 14, 2012 at 7:42 am

    गतबर्ष मैले Washington DC मा इन्डियन राजदूताबासमा कामगर्ने एउटा मान्छे लाई भेटको थियं. उसलाईपनि नेपाल इन्डिया मा पर्दछ भन्ने रे छ. राजदूताबासमा कामगर्ने को त यो हालत, अरुको के कुरा?

    Reply
  26. उपासक उदास says:
    August 14, 2012 at 7:21 am

    जुन मुलुक सयौं वर्ष कुइरेहरुको दास भएर रह्यो ,त्यसका जनता र नेताहरु मा पनि पचासौं वर्ष सम्म ‘दास मानसिकता’ रहिरहनु अस्वाभाविक होइन
    यही कारणले , यो मुलुकको सबै छिमेकीहरु सित कुनै न कुनै बखेडा र झगडा भै रहन्छ
    अब एउटा उपाय येही हुन् सक्ला कि ‘सार्क ‘ भित्रका सबै देशहरु एक ढिक्का भएर यो ठुलो ‘माछा’लाइ ‘शार्क’को रुप लिएर खबर लिनु पर्छ ./ होइन त मित्रहरु !

    Reply
  27. samrat~ says:
    August 14, 2012 at 6:44 am

    तेही पनि कार्गो चाइ ठाउ माइ आइपुगेछ ? कन्ट्री नै गलत लेख्दा सम्म. तेसै हेप्च खैरे हरु ले थर्ड वोर्ल्ड भनेर !!!!

    Reply
  28. S. Ranjit , United Kingdom says:
    August 14, 2012 at 6:09 am

    What a stupid news ……. this is an unnecessay issue , has been raised .
    हामि किन एती सानो कुरामा टाउको दुखाउदै छौं सर्ब प्रथम नेपाल सरकारनै एसको जवाफ देहि हुनुपर्छ जुन पररास्ट्रनीति नै राम्रो छैन ! भारत सरकार संग नेपाल सरकार ले राष्ट्र हित का सवाल मा कुनै प्रश्न उठाउन सक्दैन भने हामीले भारतीय हरुलाई होच्याएर गालिगरेर टाउको मात्र दुखाउने काम गर्दैछौं !!! नेपाल सरकारको नीति स्पस्ट हुनु पर्यो !

    Reply
    1. raju says:
      August 14, 2012 at 4:37 pm

      नेपाल सार्बभौम सत्ता भनेको बुज्नु हुन्छ भने यो सानो issue हैन.

      Reply
  29. aavash says:
    August 14, 2012 at 6:06 am

    ठुलो माछाले सानो माछा लै खाने हेप्ने हो ..यहि चिज नेपालको ठाउमा चीन लेख्ने हिम्मत छ छैन….. हाम्रा नेता हरु भारत भनेसी तर्सन्छन..ज्यु ज्यु गर्छन .. त्यहि भयर यो सब देख्नु परिराको छ ..कसरि हुन्छा भारत को चाकडी गरेर नेपाल मा मन्त्रि बन्नु छ यो सब कुरामा के ध्यान जावोस देशका टाउके भनौदा नेता ज्यु हरुको …यस्ता कुराले टाउको मात्र दुख्ने हामि सर्बसाधारण को मात्र हो …

    Reply
  30. Jitman Rai 'Sabin' says:
    August 14, 2012 at 5:29 am

    सिप्रदी ट्रेडिंग मा त ज्ञानेको पनि लगानी छ भन्ने सुनेको थिए….यस्तै हो त पुर्व राजाको कम्पनीको चाला……? सक्छौ भने यस्तो कम्पनीको बिरुद्धमा केहि गरे हुने नि नेपाल का युवा संघले …खै त चाहिदो मा आँखा र बुद्धि त के जावोस यो अवसरबादी हरुको…..

    Reply
    1. Heera says:
      August 14, 2012 at 9:24 am

      दुइ गिलास ट्वाक मा बिक्ने युवानेता हरु को कुरै छोडौ यी भातमारा हरु येस्तई हुन् यिनीहरुबाट देसको भलो हुन्छ भनेर नसोच्दा हुन्छ गर्नु तपाई हामीले नै गर्नु पर्छ /
      भारती हरुले आफ्नो इतिहास नजानेर भएको हो र साथै यौटा साधारण भारती कर्मचारी ले हाम्रा प्रधान मन्त्रि को टाउको मा टेकेको इतिहास छ अर्थात् नेपाल को प्रधान मन्त्रि त भारती हरुले त छान्ने हो चाहे बाबुराम भन या अरु कोहि अनि येस्तई येस्तई त हो नि …….

      Reply
  31. बलराम says:
    August 14, 2012 at 5:12 am

    यो चै इंडिया द्वारा त्याबाट नेपाल पठाउने सामानहरुमा तेस्तै लेख्नु भन्ने निर्देशन भाको हुनु पर्छ , यो त सामान्य कुरा भयो/
    बाबुराम सर ले इन्डियन आर्मी र नेपाली आर्मी लै संयुक्त रुपमा नेपालको दछिनी सीमादेखि उत्तरी सीमा सम्म सैनिक अव्यास गर्ने अनुमति दि सक्नु भो , नेपाल मा इन्डियन आर्मी पसिसक्यो
    यो लेंदुपे हुने पथमा छ/ संबिधान नबनाई देशलाई येस्तई स्तिथि बाट गुजारेर सुम्पदै छ नेपाल भारतको लागि, सदा सदाको लागि

    Reply
  32. Aman(Sydney) says:
    August 14, 2012 at 4:10 am

    जानी जानी लेखेको हो / नेपालको राजनैतिक अवस्था देखेर जे गरेपनि बेला येही हो भन्ने ठानेर/ हाम्रा माननीय नेताहरुलाई पैसाको, कुर्सिको अनि उही इंडिया को सेवामा फुर्संद छैन/ अनि फरक पर्दैन भन्ने साथीहरु तपाइको श्रीमतिजिलाई कसैले यो मेरो पनि हो भन्यो भने के फरक पर्दैन / इज्ज़त त सबैको उस्तै होनी होइन र??? सिमा अतिक्रमण कति गर्दै छ भारतले/ येस्तई चालले त नेपाल नै कुन्दीन इंडिया को एउटा राज्य बन्न सक्छ / होसिया

    Reply
  33. योगेश आदी, न्यूयोर्क says:
    August 14, 2012 at 4:08 am

    सिप्रदी जस्तो कम्पनीमा काम गर्ने कर्मचारी.. अझ भनौ टाटा जस्तो कम्पनीले प्रिन्ट नै गरेर टाँसेको ठाउमा यस्तो लेख्नु, हेपाहा प्रवृत्तिको पराकाष्ठा हो !
    सम्बन्धित निकायले तुरुन्तै पत्र काटी, आइन्दा यस्तो गल्ति नदोहरिने गरि, माफि तथा भूल सुधार प्रकाशित हुन जरूरी छ !!

    Reply
  34. Bino, Italy says:
    August 14, 2012 at 3:10 am

    समाचार पढ्दैमा कन्सिरीको रौँ ठडिने त छँदैछ तर यो तल को केहि कमेन्ट पढ्दा त झन् यहाँ ……..को रौँ नै ठडिएर आउँछ भन्या l सानो तिनो कुरा रे, नचाहिने ठाउँको टाउको दुखाई रे, कुनै स्वाँठले गरेको सानो गल्ति रे, त्यसो गर्दैमा नेपाल भारत भईहाल्ने पनि होइन रे कति जान्नेहरु? त्यसो हो भने त भारतले नेपाल पुरै देश नै अतिक्रमण गरेको त होइन नि जाबो अलि कति त हो नि त्यति गर्दैमा नेपाल भारत नै भइहाल्ने होइन क्यारे भनेर चुप लागे भईहाल्यो नि l सरकार त जहिले पनि निरिह नै हो कहिल्यै केहि बोल्न सक्दैन किनकि सत्ता मा बस्नेलाई कुर्सीको माया छ उनीहरुलाईl खबरदारी गर्ने त जहिल्यै जनता नै हुन् चाहे कला पत्थरको कुरामा होस् चाहे सुस्ताको कुरामा होस् या पशुपतिनगरको कुरामा होस् l गल्ति भनेको सानो होस् या ठुलो गल्ति गल्ति नै हुन्छ l सालोक्य जी भारतको नियोजित हेपाहा प्रवृतिको खुलासा गर्नु भएकोमा धन्यवाद l

    Reply
  35. bhakta says:
    August 14, 2012 at 2:43 am

    यस्ता छल छाम नक्कली काम गर्ने देश भारत याने india भनेर बिस्वोमा चर्चित छ , त्यसैलेत भारत जती अगाडी बढ्नु पर्ने हो तेती बढ्न सकी राको छैन / साधारण नेपालीको हात ले बनाको गलैचामा भारतमा बनेको भनेर बेच्छ भारतीहरु!
    बिस्वोमा नेपाल छुट्टै सानदार देस हो भनेर जो कोहि अलिकती पनि पढे लेखेका मान्छे सबैलाई थाहा छ / भारत ले स्टेट नेपाल भन्दैमा केहि लछारपाटो लाउदैनन … बरु बुझ्ने हरु भारतको एउटा स्टेट जत्रो देश नेपालको गरीमा कत्रो ठुलो भनेर बुझ्लान!

    Reply
  36. Bishnu says:
    August 14, 2012 at 2:07 am

    त्यो कम्पनीलाई माफी मगाउनु पर्छ | भोलि हाम्रा पुस्ताका पालामा प्रमाण देखाउन लाई हरतरहले ‘र’ का जन्तुहरु लागेका छन् | कहिले लुम्बिनी हाम्रो भन्ने ,कहिले बुद्ध इंडिया मा जन्मेको भन्ने त कहिले खोलानाला ! चुप गर धोतिहरु खिया लागेको खुकुरी लाई धार दिन नपरोस ! जय नेपाल !

    Reply
  37. paru says:
    August 14, 2012 at 1:49 am

    यो त अति नै भयो नि होइन त साथीहरु हो |

    Reply
  38. sheela says:
    August 14, 2012 at 1:09 am

    नेपाल ले Olympic मा इंडिया भनेर भाग लिएको छैन क्यारे | नेपालको आफ्नै झन्डा छ क्यारे | UN मा नेपाल भएरै represent गर्या छ क्यारे |
    यो त सब इंडिया ले नेपालमा फेरी label को नाममा हुलदंगा गरोस भनेर Tata ले जानी जानी गरेको हो |

    Reply
  39. टिका धिताल says:
    August 14, 2012 at 1:07 am

    यति नलेखे नेपाल समान नै पुग्दैन त के गरोस बिचरा ले जिप कोड लेख भन्ने ठाउँ मा म:चा गल्लि लेखेर हुदैन नेपाल देश कै कमजोरी हो साथी हो २१ सौं शताब्दी मा नेपाल का कर्मचारी ले पहाडे कागज मै काम चलाउदै आएको कुरा सर्बबिदितै छ यदि कम्प्युटर राख्ने हो भने अफिश मा काम गर्न सजिलो हुन्छ तर कर्मचारी ले राख्ने दिदैनन किनकि उनि हरु लाइ चलाउन आउदैन अनि राख्नै दिदैनन कम्प्युटर मा सबै बाटो गल्लि र घर को नम्बर मिलाएर हाल्ने हो भने यो समस्या को पनि हल हुन्थ्यो कि ????????????????

    Reply
  40. Mahendra Gorkhali, UK says:
    August 14, 2012 at 1:06 am

    सालोक्य जी, अस्मित जी को कमेन्टप्रति मेरो पनि समर्थन छ | तपाइंले गराएको जानकारी पनि राम्रै हो, त्यो स्वाभाविक देश प्रेमले प्रभावित छ र तपाइंको समाचारको कदर गर्दछु, तर…. अस्मित जीले भने जस्तो Shipping formality को कारणले उनीहरु तेस्तो लेख्छन किन कि इंडियामा बृहत शिपिंगको जालो छ र त्यसलाई domestic shipping को रुप दिएर दक्षिण एशियामा सामान पठाउने गरिन्छ किन कि धेरै जस्तो समान पानी जहाज बाट ओसारिन्छ र नेपालमा, भुटानमा समुद्र र जहाजको सुविधा नभएकोले Country: India लेखेर समान पठाइन्छ ताकि सामान झुक्किएर अरु देशतिर शिप नहोस | State: Nepal लेखेर हाम्रो मानहानि हुँदैन, त्यो ब्यापारीहरुको आन्तरिक शिपिंग सिस्टम हो जसमा भारतको कुनै कुटिलता छैन | टाटाको उत्पादन भारतमा मात्रै होइन अरु मुलुकमा पनि हुन्छ र कतिपय सामान इम्पोर्ट गरिन्छ र नेपालमा रि रुट गरेर पठाइन्छ, तेसैले तेस्तो हुन गएको होला | तपाइंको कुरामा दम त छ तर सम्बन्धित ब्यापारीलाई नै राम्रोसित गलती देखाई दिएमा माइ संसार भारत बिरोधी विष वमन ग्राउण्ड बन्ने थिएन होला | धन्यवाद |

    Reply
  41. prem sharma says:
    August 14, 2012 at 1:01 am

    As we know our brain has various cells they have different responsibilities running our body system. We all live on Earth which is only one planet our of nine other planets. Until and unless we all get rid of negative thoughts from our brain we will keep on wasting our precious time, knowing can’t even see what will happen in a fraction of seconds, on small things like this one blogger highlighted.

    I have a medicine for this. Its very simple. We all need to unit together and work hard to build our nation. Once our nation gets developed everything will get alright. Besides, we won’t have time for these small things because we all be busy like how people in developed countries.

    Reply
  42. kedar says:
    August 14, 2012 at 12:45 am

    मैले सिप्रदीको इमेल [email protected] , [email protected] , [email protected] , हरु र TaTa Motors को Twitter account : https://twitter.com/TataMotorsGroup मा complain गरेर सबक सिकाउने कि ?

    Reply
  43. janak dangol says:
    August 14, 2012 at 12:08 am

    भारतीय टाटाले त उस्को मालिकको आदेस पालना गरयो तर सिप्रदिको मालिक तथा तिनका आसेपासेले चैँ अहिले सम्म के हेरेर बसेका रैछन ? कतै सिप्रदिको मालिक पनि भारतीय त हैनन ? यदि हैन भने तिनका छात्ती किन चसक्क नभएको हो ? किन अर्का लाइ औला ठड्याउने ? औला त अब आफ्नै लाई ठड्याउनु पर्ने भएको छ !

    Reply
  44. Milan says:
    August 13, 2012 at 10:46 pm

    अब यहि देख्न मात्र बाकि थियो …अति भो यो त..!

    Reply
  45. Roshan says:
    August 13, 2012 at 10:45 pm

    नचाहिने ठाउ मा टाउको दुखाई. एउटा कम्पनी ले आफ्नो समान ओसार्न जे सुकै लेबल राखोस न. त्यो लेबल राख्दै मा automatically नेपाल भारत को हुने हो र? कति तर्सिन्छौ हामी. हरे.

    Reply
    1. Mani pathak says:
      August 14, 2012 at 12:34 am

      त भारतको दलाल होस्/ तलाई चिठी पठाउदा कुकुर्नीको पोइ लेखेर पठाए हुछा?

      Reply
  46. राजेन्द्र अधिाकारी says:
    August 13, 2012 at 10:36 pm

    कुनै एउटा स्वाँठले कहिँ कतै नेपाललाई इन्डियाको राज्य लेख्यो भन्दैमा यसमा हल्ला गर्नुपर्ने के छ र । त्यसो गर्दैमा हामी इन्डियाको राज्य हुने हैन क्यार । यो सब हाम्रो कमजोर मानसिकताले गर्दा हामी जे कुरा मा पनि कुँइँ कुँइँ रोइरहन्छौं ।

    Reply
    1. योगेश आदी, न्यूयोर्क says:
      August 14, 2012 at 4:04 am

      राजेन्द्रजी, राष्ट्रियता मजाक गर्ने बिषय होइन, राष्ट्रियता जुत्ताले कुल्चेको आची घाँसमा पुछे जस्तो सजिलो पाइने छुटकारा पनि होइन / राष्ट्रियता भावना र अन्तरात्मासंग जोडिएको हो / कसैले नजानेरै गल्ति गरेको छ भनेपनि त्यसले सजायको हकदार हुनै पर्छ / कानूनको सर्बमान्य सिद्धान्त अनुसार “कानूनको अनभिज्ञता क्षम्य हुदैन” भनिन्छ /
      त्यसले नजान्नु वा हेप्नु त्यसको अज्ञानता हो, त्यसको अज्ञानतालाई हामीले किन सामान्यकरण गर्नु ??
      * भन्दैमा हुने होइन क्यारे भनेर सामान्यीकरण गर्नेहरुलाई म के सोध्न चाहन्छु भने;
      – कसैले तपाइको जग्गाको सधियारले किचलोको मुद्धा हालेको छ भनेर मजाकको लागि हल्ला मात्रै गरेको रहेछ भने पनि, तपाइँ राम्ररी सुत्न सक्नु हुन्छ ? हल्लाले हुने त केहि होइन नि !
      – कसैले (अज्ञात पात्र ठान्नुस) श्रीमतीको नराम्रो हल्ला मात्रै गरेको छ भनेपनि सहन सक्नुहुन्छ ?
      – कालेलाइ त काले भनेको मनपर्दैन भने, आफ्नो देशमा नै अर्काले धावा बोल्दा सजिलै पचाउने कसरि ??

      Reply
      1. ashmit says:
        August 14, 2012 at 9:55 am

        दाई म मान्छे अलि skeptic परे है.. तपाई देश भक्ति को कुरा गर्नु हुन्छ.. अनि अत्ति राम्रो उदहारण दिनु हुन्छ.. तर तपाई आफै न्यु योर्कमा हुनु हुन्छ.. लोल.. अलि अलि कुरा मिलेन दाई..

        हो , यो कुरा गलत हो.. तर गलत इंडिया ले नेपाल को जग्गा अतिक्रमण गर्नु पनि हो.. र गलत नेपाली राजनीति मा इंडिया को हात हुनु पनि हो.. आलोचना को नाम मा मात्र गरिएको आलोचना को के काम? तपाईलाई यो टोपीक अब को २ महिनी मा केहि याद हुन्न.. एस्तो सानो एर्रोर लाई, दुताबास बाट माफी माग्नु पर्ने कुरा छैन नि …

        इत हप्पेंस!

        नेपाल मा धेरै कुरा मा ध्यान दिनु पर्ने आवस्यकता छ, तर एस्तो खोक्रो बिसय लाई पहाड बनाउन चाही कारण देख्दिन..

        यो मेरो भनाइ मात्र हो है.. सोर्री.
        mind नगर्नुहोला

        Reply
        1. योगेश आदी, न्यूयोर्क says:
          August 15, 2012 at 9:24 am

          अस्मित भाइ, न्यूयोर्क वा न्यूरोड जहाँ बसेपनि देश-प्रेम र देशभक्ति भन्नेकुरा मन-मस्तिष्कमा अजर भएर छाइरहने भावनाका कुरा हुन् / देशलाई माया गर्न भौगोलिक सिमानाको दायरा भित्र नै सिमित हुनुपर्छ भन्ने होइन / मैले केहि समय बाहिरै बसेको भएपनि सकेको ठाउमा गच्छ्यले भ्याएको सहयोग गर्दै आएको छु / बिदेशिनुको पर्दा उघार्दा कतै रहरका, कतै बाध्यताका र कतै महत्वाकांक्षाका फोकाहरु उठ्दै फुट्दै गरेको देखिन सक्छ….
          -हामीले त यस्ता साना-तिना गल्तीहरूमा सजग होऔ, गल्ति नदोहरिन नैतिक दबाब सिर्जना गरौ भन्न खोजेको मात्र हो /

          Reply
      2. राजेन्द्र अधिाकारी says:
        August 14, 2012 at 11:34 am

        यदी ठूलै Impact पर्न सक्ने ठीउँ (जस्तै ठूला International Media, किताबहरू , Celebrities का Blogs अथवा Tweets) मा यो गल्ती भएको भए तपाईको कुरा मिल्थ्यो । संसारको कुन कुनाको कम्पनीले Shipping गर्दा Mis-Addressing गर्यो भन्दैमा के के न भा जस्तो गर्नु चाहिँ अल्ली हास्यस्तपद लाग्यो है मलाई । मानौँ कि यो इन्डियाले नेपाललाई खाएको अर्को उदाहरण हो जस्तो ।

        Reply
  47. ashmit says:
    August 13, 2012 at 10:12 pm

    एस्तो सानो तिनो कुरा लाई पनि किन पहाड बनाउनु? हो, गलत हो.. तर हाम्रो बानी..एस्तो एस्तो कुरा म चाहिं क क न भाको जस्तो गर्ने.. अनि उता जग्गा अत्तिक्रमण हुदा चाहिं चुप्प लाएर बस्ने.

    कहिले कहिँ गलती त जो बाट नि हुन्छ नि sir …. मलाई जहाँ सम्म लाग्छ, इंडिया ले tax हरु को कारण.. नेपाल, भुटान र इंडिया लाई yeutai के के जाती मा consider गर्छ क्यारे….

    टेक इट इजी! 😀

    Reply
  48. प्रेम पुन, बेल्जियम says:
    August 13, 2012 at 9:36 pm

    हेप्नुको पनि सीमा हुन्छ नि साले ईन्डियन कुकुरहरु..!जानी-जानी हेप्ने यस्ता कम्पनीहरुको लाईसेन्स जफत गर्नु पर्छ।नालायक सरकार र नेताहरु संबेदनशिल नहुने हो भने या कार्बाही गर्न डरायो भने जनता जाग्नु बाहेक अरु बिकल्प छैन।अब चाही जताबाट पसेका थिए त्यतैतिर लखेट्नु पर्छ।सहेर बसि रहे यी फटाहा ईन्डियनहरुले देशै खतम पार्ने छन।

    Reply
  49. Damodar says:
    August 13, 2012 at 9:26 pm

    हाम्रो पहिलो सेमेस्टर Oklahoma City बाट Dallas जान थियो . नेपालीहरु धेरै नचिनेको ले बस मा जाने भन्यौ . Driver License नि थिएन . बस स्टेशन मा ID माग्यो , पस्स्पोर्ट दियौ . Ticket आयेसी नाम हेरेको :

    First Name: Kathmandu Last Name: Nepal

    मरी मरी हस्यौ .

    Reply
  50. के.पी.अविश्रान्त,प्रगतिनगर,नवलपरासी says:
    August 13, 2012 at 8:55 pm

    यस्ता प्रकृतिका कार्गो बाकसहरू सिप्रदिमा कहिलेदेखि आए होलान र उसले रिसिभ पनि गर्यो होला / यो रहस्य पनि खोतलेर सिप्रदी संगै भारतस्थित सम्बन्धित कम्पनी संग सार्बजनिक स्पष्टिकरण माग गर्नै पर्छ./अनि यसको बोधार्थ भारतीय दुताबासलाई समेत गराई यस्तो खालको राष्ट्रिय अस्मितासँग जोडिएको बिषयमा नेपाली दुताबासले समेत अविलम्ब यस्तो गल्ति गर्ने पक्षलाई गल्ती स्विकार्ने सार्बजनिक रुपमा माफी माग्ने बाताबरण मिलाउनु पर्छ./ नत्र अझै पनि सरकारी ढुकुटीबाट तलब र भत्ता लिदै भारत देशमा नेपाल देशको दुताबास नामको निरिह संस्था राखी राख्नुपर्ने आवस्यकता नै छैन/

    र, सिप्रदी ट्रेडिंगक सम्बन्धमा पनि आवस्यक छानविनका प्रक्रियाहरु चलाउनुपर्छ/ सिप्रदी नेपालमा संचालित कम्पनि भएका कारणले पनि नेपाली उध्योग तथा कम्पनि ऐन अन्तर्गत रहेर पनि कार्यबाही अगाडी बढाउनै पर्छ// स्पष्ट जवाफ नआएसम्म कम्पनीको लाइसेन्स नै पनि निलम्बन गर्ने सम्मको कारबाही अगाडी बढाउनु पर्छ.//

    Reply
  51. इमरान खान,तारुत आइल्याण्ड, साउदी अरेबिया says:
    August 13, 2012 at 8:35 pm

    खै के भन्नु?अवस्था कि अवसर?खिल्ली उडाइडैछ्…..

    जय नेपाल आमाको

    Reply
  52. Devendra Basnet says:
    August 13, 2012 at 8:34 pm

    यो जानी जानी गरेको बदमाशी हो.
    भारतीय राजनीतिज्ञ मात्र होइन अब भारतीय कम्पनी हरु समेत नेपाल लै सिद्ध्यौना लागेको होकी jasto भान हुन्छा.

    सालोक्य जीलै धेरै धेरै धन्यबाद जानकारीको लागि .
    नेपाली लै सुचित गराउदै जानुहोला .

    यो देश का मुलधारे भनौदा मिडिया हरुलाई एस्त कुरामा ध्यान गयेपो हुन्छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme