Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चिठी त लेखेकै रहेछन् नि भारतीय कम्पनीलाई विमानस्थल दिन

Posted on July 29, 2012 by Salokya

भारतीय कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन जिम्मा दिने निर्णय भएको थियो कि थिएन ? प्रधानमन्त्री बाबुराम भट्टराईले यस्तो निर्णय भएकै छैन भनिरहेका छन्। सर्वोच्च अदालतले आज दिएको अन्तरिम आदेशले भने जिम्मा दिने निर्णय नभइसकेको भए पनि तयारी चाहिँ अघि बढेकै हो भन्ने देखाएको छ। चिट्ठी चाहिँ लेखिएकै रहेछ व्यवस्थापनको जिम्मा लिन कागजातसहित प्रस्ताव पेश गर्न आऊ भनेर। अब सर्वोच्चको अन्तरिम आदेशपछि त्यो प्रक्रिया रोकिने भएको छ।

सर्वोच्चको त्यो अन्तरिम आदेशमा एउटा प्रमुख कुरा उठाइएको छ- प्रतिस्पर्धाबिना त्रिभुवन विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापन भारतीय कम्पनीलाई दिने तयारी कानुन विपरीत छ।

यदि दिने नै हो भने पनि प्रतिस्पर्धा किन गराइएन त ?

विशेष इजलासका दुई जना न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टले बहुमतले अन्तरिम आदेश जारी गरेका हुन्।

लगानी बोर्डका कार्यकारी अधिकृतले गत जेठ २१ मा भारतीय आइएल एण्ड एफएसका कार्यकारी अधिकृतलाई व्यवस्थापनको जिम्मा दिने तयारीका सम्बन्धमा पत्र लेखेका रहेछन्। अब यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म त्यसलाई कार्यान्वयन नगर्न नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी भएको छ।

नेपाल सरकारले यसबारे प्रक्रिया अघि बढाउन लगानी बोर्डलाई अख्तियार प्रदान गरेको थियो। बोर्डले स्वीकृत परियोजनामा प्रतिस्पर्धाका लागि लगानीकर्ताबाट तोकिए बमोजिम प्रस्ताव आह्वान गर्नेलगायतका प्रक्रिया निश्चित गरिएको अवस्थामा उल्लेखित कानुनी व्यवस्थाको अनुसरण नगरी औपचारिक प्रस्ताव पेश गर्न सो भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई पत्राचार गरेको देखिएको जारी अन्तरिम आदेशमा उल्लेख छ।

अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा तीन जनाको इजलासमा एक जना न्यायाधीशले भने फरक मत राखे। न्यायाधीश रामकुमारप्रसाद साहले बोर्डका कार्यकारी अधिकृतले लेखेको पत्रबाट अपूरणीय क्षति वा सुविधा, सन्तुलनको दृष्टिबाट राष्ट्र, राष्ट्रियता र आमजनसमुदायमा मर्का नपर्ने हुँदा माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन भनिएको छ।

तीन जना अधिवक्ता श्रीप्रसाद पण्डित, कृष्णप्रसाद भट्टराई र भूपाल बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई गत असार २० गते सो रिट दायर गरेका थिए।

71 thoughts on “चिठी त लेखेकै रहेछन् नि भारतीय कम्पनीलाई विमानस्थल दिन”

  1. योगेश आदी, न्यूयोर्क says:
    July 31, 2012 at 8:31 am

    हाकिम रुझाउन पहिला पहिला घिउको ठेकी, माछा इत्यादि कोसेली दिने गर्थ्ये रे…त्यसैको परिमार्जित परिपाटी अबलम्बन गरेको जस्तो छ बाबुरामले सत्तामा टिक्ने प्रलोभनमा !!!

    Reply
  2. Harke says:
    July 31, 2012 at 4:09 am

    लालुरामलाइ भोट हाल्ने गोर्खालीहरु, (बुथ कब्जा गरेको बाहेक)
    एकपटक त सोच्ने पर्ने भएको छ…!
    कति सम्म झुटो बोल्नेलाइ सभासद चुनेम भनेर,
    नजानिकनै देशमाथि कत्रो अन्याय गरेम भनेर !

    Reply
  3. Ram Thapa says:
    July 31, 2012 at 1:28 am

    राष्ट्रियता केहि पनि होइन,ठुलो कुरा आर्थिक बिकास हो भन्ने अर्धशिल्ली शिद्धान्त माओबादीका अरौटे,भारौतेहरुका लागि सोनियाको खाताबाट चलेको प्रशिक्षन् शिविरले प्रतिपादन गरेको हो भन्दा फरक पर्दैन/आर्थिक बिकासनै माओबादीहरुको अन्तिम लक्ष हो भन्ने कुरा त जनयुद्ध होइन धनयुद्धले प्रष्ट पारेकै छ/नेपाली कसैका लागि पनि पहिलो सर्त राष्ट्र र राष्ट्रियता हो/यसका बिरुद्ध कसैले कदम चाल्छ भने त्यसको नाश हुन्छ/

    Reply
    1. गगने says:
      August 2, 2012 at 12:10 am

      आदों कुरा नगर्नुस साथि!
      रास्त्रियता केहि पनि होइन भनेर भनेको छैन!
      रास्त्रियता एउटा परिचय हो, पहिचान हो! तर त्यो भन्दा ठुलो कुरा अर्थतन्त्र र आर्थिक बिकाश हो! अर्थतन्त्र खिस्किदै गया रास्त्रियता आफै सुक्दै जाने छ! भोकोपेटमा कसैले पनि रास्त्रियाताको लामो कथा सुन्न र सुनाउन सक्दैन!
      आधा आधि कुरालाई उचालेर पुरै हो भनेर बौराउने लठभाद्रको रास्त्रियाताले खुबी नाप्ला क्यारे!
      फलाकेर र चर्को स्वोर एकोहोरो रटानले रास्त्रियता दह्रो हुने होइन आजको रास्त्रियता आर्थिक बिकाशको जगमा अडेको हुन्छ भने आर्थिक बिकाशले नै तेस्लाई दह्रो बनायको हुन्छ र आर्थतन्त्रको सक्रिय र सकारात्मक गतिले नै तेस्को समुच्च मापन गर्दछ!
      जब अर्थतन्त्र धारासायी हुन्छ टाट पल्टिन्छ आर्थिक गति स्तब्ध र बाँध हुन्छ अनि देखिन्छ!
      रास्त्रियता चलाई रहने कुरा होइन साच्ने कुरा हो तेस्लाई सम्मानित रुपले साचेर राख्नुनै उचित हुन्छ तर अर्थतन्त्र जति चलायो आर्थिक परिचालन र अर्थतन्त्रको जति दोहोरो परिचालन गर्यो त्यो तेतिनै बृद्दी हुन्छ तेतिनै बढ्दछ र आर्थिक सम्ब्रिद्दी बिकाश ले रास्त्रियातालाई तेतिनै दह्रो पार्दछ!
      यदि हाम्रो अर्थतन्त्र सबल र सम्ब्रिद्दा भयको भय हाम्रो हाम्रा दाजुभाई खाडीमा पशिना बगाउनु जानु पर्ने थियन न त युरोप र अमेरिकामै सिटिजनशिप लिने र डुयल सिटिजन को लागि राग अलापेर बस्नु पर्ने थियो!
      दुनिया कहा पुगिसक्यो हाम्रा पाउदुरे मित्रहरु चाहि बुझ्नु न सुझ्नु एकोहोरो रास्त्रियाताको राग अलापेर मान न मान मा तेरो मेहेमान भन्ने पारामा छ!
      आफ्नो धरातल हेरौ साथि, आफु उभियको जमिन हेरौ!
      आजको अर्थतन्त्र परस्पर बिश्वोमा एक आपसमा जेलियाको छ! आज को बिश्वोमा रास्त्रियता त विकेन्द्रित हुदैछ!
      नापत्याय,
      नेपालि नेशनालिटीमा अमेरिकन नागरिकता लिन र ब्रिटिस वा युरोपियन पासपोर्ट लिन लाइनमा बसेका हाम्रै रास्त्रियता को भाषण छाट्ने कतिपय साथि यहि माइ संसारमा पनि होला हेर्दा हुन्छ!
      तिनीहरु सबै किन बिदेशीय, ति तमाम नेपालि खाडी र मलेशिया श्रम गर्न जाने हुन् या युरोप र अमेरिकामा पासपोर्टको लाइन कुरेका हुन्, तिनीहरु किन बिदेशिया पलायन भय त्?
      रास्त्रियाताले हो?
      तर ठोकेर म भन्छु त्यो आर्थिक कारण ले हो!
      स्वोतान्त्रताको निर्धारण गर्ने पनि अर्थतन्त्र र आर्थिक बिकाश हो! समाज बिकाश गर्ने पनि अर्थतन्त्र हो मानब र मानाशिकता बिकाश पनि अर्थतन्त्र हो!
      आजको बिश्वो मा कुनैपनि देशले एक्लै आर्थिक बिकाश गर्छु भनेर भन्न सक्दैन! तेस्मा हाम्रो जस्तो देशको त झन् के कुरा गराई भोर? हामीलाई कसैको सहयोग र सहायता बिना आजको बिश्वोमा दरिन त के उभिन पनि सक्षम हुने छैनौ!
      तेसैले म भन्छु अर्थतन्त्रको बिकाश नै रास्ट्रको बिकाश हो र रास्ट्रको बिकाशानै रास्त्रियाताको बिकाश हो तेसैले अर्थतन्त्रको बिकाशको लागि रास्त्रियता असाध्यै र जुनबेला र जुनसुकै कुरामा पनि घाडो बनाइनु हुदैन!
      अठारौ शताब्दीको रास्त्रियता र आजको रास्त्रियाताको ब्याख्या परिभाषा एउटी हुन सक्ला तर तेस्को संरक्षण र उपादेयता फरक भैसक्यो साथि, अठारौ सताब्दीको के कुरा यो त बिगत नब्बेको दशक र अहिल्य यो डेड दशकमा धेरै अन्तर भैसक्यो! तेतिबेलाको जस्तो खुकुरी को धार र गुलिलिको मत्यान्ग्राले रास्त्रियाताको शुरक्षा गर्न सक्दैन आज, आजको बिश्वोमा रास्त्रियाताको सुरक्षा आर्थिक गरीले गर्छ!
      जति शक्तिशाली आर्थिक बिकाश भयो तेतिनै शक्तिशाली रास्त्रियता हुन्छ!
      हो हाम्रो शिमानामा चलाउन आय वा अनाधिकारिक तबरले हाम्रो रास्त्रियता मा धावा बोलेको खण्डमा कुरा अर्कै होला!
      आदों हरुको रास्त्रियता घाडो हुन्छ!

      Reply
  4. Suraj Nepali says:
    July 31, 2012 at 12:52 am

    नेपालमा अहिले संसद न भएकोले संसदबाट नेपाल भारतको यौटा राज्य बनाउने पारित गर्न यी अराष्ट्रबादी हरुले मौका पाएनन् !

    सुरज नेपाली

    Reply
  5. Samir Joshi,Dhankuta says:
    July 31, 2012 at 12:46 am

    गा. बि. स.को कार्यालय बाट खनिएको भ्रष्टाचारको सुरुंग का पुगेर टुंगिनछ भनेर पहिल्याउदै हिडेको त मेरी बास्सै सिंहदर्बार भित्र प्रधानमन्त्रीको कुर्सि मुनि पो पुगेर टूंगीदो रहेछ गाठे !!!!!!! अनि कताको देस उभो लाग्नु नि

    Reply
  6. Janak b Thapa says:
    July 31, 2012 at 12:02 am

    नेपाल मा राजनीतिक गर्ने पार्टी र नेता हरु ले अब आफ्नो एक मात्र एरपोर्ट को पनि बिदेसी लै हातमा दिन थाले ति नेता र राजनीतिक पार्टी का नेता का स्वास्नी पनि बिदेसी लै दिया हुन्छा गदा देस मारा जनता मारा लै जनता मिलेर मार्नु पर्छा नेपाली हरु सबै एक हुन लै अहबन गर्छु सबैलाई

    Reply
  7. निमेस says:
    July 30, 2012 at 11:01 pm

    पुष्प जी लाई अनुरोध!

    सामरिक महत्वको, अत्यन्त संबेदनशिल, देशको एकमात्र अन्तरास्ट्रिय विमानस्थल अर्को मुलुकको कम्पनिलाइ ब्यबस्थापनको जिम्मा दिन खोज्नु अत्यन्त लज्जाजनक (सर्मनाक) मात्र नभै राष्ट्रियता माथिको अमिलो खेलबाड नै थियो / हैन, नियत के हो यो सरकारमा बस्नेहरुको? सर्वोच्च अदालतले अन्तरिम आदेश जारि गरेर प्रक्रिया रोक्नु पर्ने कस्तो लाजलाग्दो कार्यकारी हो हाम्रो? हैन अहिलेको सरकार झन् झन् किन पंगु बन्दै गएको होला? महंगी र बेरोजगारी बढ्दो छ; उत्पादन र निकाशी घट्दो छ / नेपाललाइ बनाउने भन्दा बिगार्ने, जुटाउने भन्दा फुटाउने, एकता भन्दा फूट, विकाश भन्दा लूट…….. कतै यो प्रायोजित नै त हैन?
    नेपाल आर्थिक दृष्टिकोणले मात्र हैन सामाजिक सद्भाव, राष्ट्रियता हरेक पक्षमा झन् झन् कमजोर बन्दै गएको देखिन्छ / नागरिक सम्ब्रिध्द बन्न सके मात्रै नेता, देश सम्ब्रिध्द हुने हो / त्यसैले बाबुराम जी ले देशको बागडोर लिए पछी नागरिकको उत्थान हुने काम गर्लान, देश बिकाश गर्लान भन्ने ठानेको त……..? यो पाराले त एक दिन यी नेताहरुले यो देशलाई बिक्रीमा राख्ने नै भए जस्तो छ ……./

    तपाइको केहि पहुँच भए…….. राष्ट्र र जनताको भलो हुने काम गर्न…… देखावटी किसिमले हैन मनै देखि गर्नको लागि सुझाइदिनु हुन्थ्यो कि ?

    Reply
    1. गगने says:
      August 2, 2012 at 1:03 am

      ‘ नागरिक सम्ब्रिध्द बन्न सके मात्रै नेता, देश सम्ब्रिध्द हुने हो ‘
      काम गर्न खोज्ने जनताको स्वोतान्त्रता र समानताको लागि लड्ने आर्थिक सम्ब्रिद्दिको लागि केहि गर्न खोज्ने आर्थिक बिकाश र सम्बिद्रिको एजेन्डा लिदै योजना बनाउदै कार्य सम्पादनको लागि कतिबद्दा र दृण भै लागि परेको नेता ब्यक्तित्वो लाइ चाहि बिदेशी दलाल भारतीय एजेण्ड लेन्डुप भने गर्न केहि नदिने सोच्न पनि नदिने!
      अनि भन्न चाहि,
      ‘ नागरिक सम्ब्रिध्द बन्न सके मात्रै नेता, देश सम्ब्रिध्द हुने हो ‘ भनेर राग अलाप्ने!
      धन्न हो नेपालि,
      पिपल को बोटमा पुजा गर्ने अनि स्वोमिको बोटमा बोका काटेर नागरिक सम्ब्रिद्द बनाउने अब?
      हाहाहा!
      देशको यारापोर्ट इन्डियालाई बेच्नालागेको या दिन लागेको भनेर बुझ्ने महान बुद्दिमानी हरु ले यो इन्डियन सरकार लाइ नभयर एउटा ब्याबसायिक कम्पनीलाई विमानस्थलको स्थारोंनती र बिकाश ब्याबस्थापनको लागि केहि समयको लागि ब्याबसायिक करार गर्ने कुरामात्र हो भनेर किन बुझ्न सक्दैन हँ?
      त्रिभुवन बिमानास्थालालाई केहि समयको लागि करारमा दियर देशमा अन्य दुइ ठुला अन्तरास्ट्रिय विमानस्थल बनाउन आफ्नो सम्पूर्ण क्षमता र शक्ति तेता लगाउन लागेको चाहि किन देख्दैन यो मान्छेहरु हँ?
      देशमा जब दुइ ठुला अन्तरास्ट्रिय विमानस्थल बन्छन तब यो त्रिभुवन विमानस्थल स्वोत क्षेत्रीय र आन्तरिक बिमान स्थलमा परिणत हुने कुरा शिद्दा छ!
      तेही पनि इन्डियन सरकारलाई नभयर एउटा ब्याबसायिक ब्याबस्थापन गर्ने कम्पनीलाई ब्यबस्थापन र बिकाशको केहि समयको करार दिन लागेको हो शुरक्षा जिम्मा दिन लागेको भनेर बुझ्ने त बढी जान्ने आदो मान्शिकताले मात्र हो!
      जहिले पनि “आँ” गर्यो कि अलंकार भनेर बुझ्ने महान दिग्गज हरु!

      Reply
  8. dev says:
    July 30, 2012 at 8:15 pm

    किताब घोकेर राम्रो अंक ल्याई कलास पास गर्दैमा कोइपनि intelligence र सबैकुरा बुद्दिमानिपुर्ना तरिकाले decision गर्न सक्छा भन्ने कूरालाइ गलत prove गरो यो बाबुराम नामको भारतीय agent ले, दस बर्से जनायौद्दा को नाम मा भारत मा सरणार्थी जिबन बितायाको नि, तेही payback गर्दै छ

    Reply
  9. mohan pun says:
    July 30, 2012 at 8:11 pm

    दिनेनै हो भने प्रतिस्पर्ध गरायर जापान,कोरिया,चीन अथबा अमेरिका,जर्मनी,फ्रान्स लाइ दिनुस /इंडियाले आफ्नै देशको airport त राम्रो संग चलाउन सकेको छैनन् हेर्न सकेको छैन,नेपाललाइ के हेर्छन?झन् बर्बाद बनाउछ,धर्म,भाषा,लुट-मार गराउछ / बाबुराम जी, तपाइको मुखमा जनताले थुक्न मात्र बाकीछ,तपाइको यो राजनीतिमा
    देश बेच्ने काम नगर्नुस/ प्रचण्ड जस्तो घटिया खेलाडी संग लागेर तपाई पनि उस्तै बन्नु भएछ/

    Reply
  10. deepak says:
    July 30, 2012 at 7:27 pm

    सबै ले विश्वास गरेको आसा गरेको बाबुरामे सबै भन्दा ठुलो धुन्द्कारी देशद्रोही गदार पो निस्कियो ! नेपाल लाइ हिन्दुस्तान बनाउन पो मुस्तांग चडेको रहेछ ! देशद्रोही आतंकबादी ले !

    Reply
    1. निमेस says:
      July 30, 2012 at 11:10 pm

      “नेपाल लाइ हिन्दुस्तान बनाउन पो मुस्तांग चडेको रहेछ !”

      गज्जवको बिश्लेष्ण! माओवादी भित्र – कोहि नेपाललाइ चाइना बनाउन खोज्ने कोहि हिन्दुस्तान? नेपाल बनाउन खोज्ने को होला?

      Reply
  11. Resham says:
    July 30, 2012 at 7:04 pm

    भारतीय प्रभुलाई खुसि पार्ने बाबुरामको काम ठिक छैन
    यो काम ले देशलाई राम्रो गनेवाला छैन

    Reply
  12. monson malla says:
    July 30, 2012 at 6:48 pm

    थुक्क मोरा, तैले आफ्नो स्वार्थ को लागि हामी नेपाली को स्वाभिमान भारत संग साट्न पाउदैनस, लुकी चोरि बिप्पा सम्झौता गरिस, ख इ त लगानी आयको, फेरी लुकी लुकी एरपोर्ट पनि दिने दुस्सहा गरिदैछास/ .त त २१ औ सताब्दीको लेंदुपे नै रहिछास . तर याद राख तेरो कपटी चाल हामी कदापि पुरा हुन दिदैनौ,

    Reply
  13. nimesh, bkk says:
    July 30, 2012 at 5:02 pm

    त्यसबेला प्रचण्ड उफ्रेको थियो मालिक संग छिनो फानो गर्नु छ भनेर, अनि बाबुराम प्रधानमन्त्री हुनासाथ मालिकको आशिष थाप्न गएको थियो भारत तर प्रधानमन्त्रीको रुपमा नभई एउटा कारिन्दाको रुपमा स्वागत गर्यो भारतले बाबुरामको . त्यसैले होला गुपचुप चिट्ठी लेखेर बिमान स्थल भारतलाई सुम्पन खेजोको . यो डाक्टर (डाँका) त कांग्रेसको कुजाता भन्दा नि पत्रु र धुर्त रहेछ . क्रान्तिकारिताको उपलब्धि भन्नु पर्ला डाक्टर (डाँका) को .

    Reply
  14. devendra kandel says:
    July 30, 2012 at 3:42 pm

    यसको नाम बाबु हैन लालु राख्नु पर्ला जस्तो छ !नेपाल सबै इंडिया लै दिन थालको छ !पहिला एरपोर्ट इंडिया लाई दिनी भनेअको हैन भनको थियो ! now thayo भयो लालु कति पानी माथि छ भन्नि कुरा !

    Reply
  15. dipak says:
    July 30, 2012 at 2:33 pm

    प्रतिस्पर्धा हुनु पर्छ . तर एउटा क्लज चाहि राख्नै पर्छ . त्यो हो दक्षिण एसिया र छिमेकी देशहरुलाई दिनु हुन्न. मेरो बिचार मा कि जापान कि सिंगापुर लाइ दिनु पर्छ.

    Reply
  16. Giri Prasad Thapa says:
    July 30, 2012 at 2:22 pm

    १९५० को सन्धि खारेज गर, खारेज गर भन्दै नाराबाजी गर्ने कामरेड जिउ आज
    एउटा एरपोर्ट को सम्भार सुटुक्क इंडिया लाई सुम्पिने. एसलाई १०० केजी मुर्दाबाद को पुष्प उपहार मेरो बाँया खुट्टा ले तेस को सिर मा पहिरौना चहान्छु.

    तेरो घर मा काँग्रेस पसोस.

    Reply
  17. YADU P says:
    July 30, 2012 at 1:56 pm

    नेपाली को जिम्मा मा भो भने त नेतालाई राजनीति गर्न सजिलो हुन्छ | बरु बिदेशी कम्पनीलाइ दियो भने त बरु मज्जाले चलौछान | हामीले नेपाल आउदा SASTI त BEHORNU पर्दैन कसै को समान हरौदिना चोरीडकैति हुदैन मेरो विचार मा बिदेशी कम्पनीलाइ दिनु नै उपुक्त लाग्छा मलाइ | कानुनी रुपमा नेपाल र नेपालीलाई कोहि मर्का नहुने गरि काममा लगाउदा बेश हुन्छ जस्तो लाग्छ |

    Reply
    1. Bino, Italy says:
      July 30, 2012 at 4:19 pm

      सास्ती बेहोर्नु पर्यो भन्दैमा देशको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल बिदेशी कम्पनी(त्यो पनि भारतीय) लाई जिम्मा दिए राम्रो भन्ने तपाईले देशका नेता हरु भ्रष्टाचारी भए सत्ता र पद लोलुप्त भए विदेशीका दलाल भए जादुइ रुपमा देशको बिकाश भईदिए हुन्थ्यो भनेर बरु देश नै बिदेशी लाई जिम्मा दिए हुन्थ्यो भन्न भ्याउनु होला नि फेरी, थुक्ला न् है सबैले होश पुर्याउनुहोस l

      Reply
      1. Bino, Italy says:
        July 30, 2012 at 4:34 pm

        हाम्रो यति सानो देश को त्यति सानो विमानस्थल, जुन बिदेशका डेपार्ट मेन्टल स्टोर्स जत्रो पनि छैन, को सुरक्षा गर्न नसक्नेले के देश नै हाँक्छु भनेर दुनियाले सराप्दा पनि भित्तामा माउसुली टासीए जस्तो प्रधानमन्त्रीको कुर्सीमा चिप्कीइ राख्नु? कुर्सी धराप मा छ बरु त्यस को बचाऊ को लागि पनि कोही बिदेशी कम्पनि नै गुहार्नु नि नालायक l

        Reply
  18. SURENDRA SUBEDI hongkong says:
    July 30, 2012 at 11:49 am

    बाघ को खोल ओडेको यो श्याल बाबुराम थुइक्क ?? बिना भिजन को पो रहेछ बाबुराम भन्ने चरी त?इन्डियन प्रभु लाई खुसि नै पार्नु परे पछि आफै इंडिया गएर मनमोहन सिंह को जुत्ता पालिश गरेर बसे भैगो नि ?किन नेपाली को पसिना बाट बनेको ऐरपोर्ट दिने?

    Reply
  19. raju ghimire says:
    July 30, 2012 at 11:43 am

    जाबो विमानस्थल एउटा पनि बेबस्तापन गर्न पनि आरुमा भर पर्नु पर्ने हामी जनता र नेताले यो देशलाई कहिले बिकाश गर्ने??नेपाली जनता facebook चलौ बस मान्छे हरु चन्द्रमामा resturant खोल्नेभै सके |

    Reply
  20. sures says:
    July 30, 2012 at 11:32 am

    पहिले पहिले अदृश्य प्रभुलै भोग बोका, भाले को भोग लगाउथे तर आहिले भने देखिने प्रभुलाई एरपोर्ट, नदि, हरु भोग लगाउने परम्परा बस्यो है.

    Reply
  21. Sisir says:
    July 30, 2012 at 11:13 am

    “सत्य डग्दैन झुट टिक्दैन ”
    एस्ता लेन्डुप दोर्जेलाई के भन्ने ?? इन्कै सब्दमा “यो सब भ्रमको खेति गर्नेको हल्ला हो” होइन ??
    बिस्तारै तिम्रो गोरा अनुहार भित्र लुकेका काला कर्तुत जनता अघि उदान्गिदै छ … बैद्य, सिपि गजुरेल, सुरेश आले मगर आदिलाई जेल कोच्ने भारतले यी लालुराम भट्टराई र प्रचंद्लई(आफैले आतंककारी घोसणा गरेकालाई) दिल्लीको गुडगौमा ११ वर्ष सम्म सुरक्षा दि तेसै लगानी गरि पालेर राख्य त होइन नि … अब लगानीको प्रतिफल त पाल्तुहरुले प्रभुलाई दिनै पर्यो नि, बरु समय कम छ अरु के के दिने हो छिटो गर लालुराम …
    धन्य लालुरम महात्म्य, सफेद झुट पनि कति सजिलै बोल्न सकेका होलान …महान कलाकार नै रैछौ …

    Reply
  22. Saroj B says:
    July 30, 2012 at 10:57 am

    यस्तै रामकुमार जस्ता न्यायधिसका कारण नेपाल भारतीयकरण हुदैछ ! शरीर बन्धक मुद्दामा जेलमा बसिरहेको सभासद लाई पनि संबिधानसभामा हाजिर भइ सबै कानुनका कागजातमा हस्ताक्षर् गराउनु भन्दै आदेश दिने पनि येही रामकुमार हो !

    Reply
  23. Himal says:
    July 30, 2012 at 10:56 am

    यो बाबुरामे एक नम्बरको लेन्डुप् दोर्जे नै हो / प्रचंडे अर्को लेन्डुप् दोर्जे हो / इनिहरु को झगडा को बढी लेन्डुप् बन्ने नै भन्ने हो /

    लाज नभएपछि नकचरो हुन्छ / यी नकचराहरुको धरै कमेन्ट गर्नु भन्दा यिनीहरुबाट कसरि देशलाइ मुक्त गर्ने भन्ने नै हो ? सबै देशभक्त, राष्ट्रभक्त अनि स्वाभिमानी नेपालीले सोच्नुपर्ने बेला आइसकेको छ /

    जातिय संघियताको बारेमा बैद्य ग्रुपको आंखा चीनले खोलिदियो / चीनले कति राम्रो ब्यबहारिक अनि यथार्थपरक सल्लाह दिएको छ / सच्चा मित्रको रुप देखाएको छ चीनले / यदि चीनको कुनै लुकेको स्वार्थ छैन भने चीन धन्यवादको पत्र छ /

    तर इंडिया ? ओह यो त जहिले पनि तुच्छ गतिबिधि अनि घटिया हर्कत मात्रै गर्छ / इन्डियनहरु इतिहासमा अरुको दास भएकोहुनाले यिनीहरुको (खास गरि पोलिटिकल नेतृत्व र कर्मचारी तन्त्रको) मानसिकता नै “दास मानसिकता” छ / अरुलाई यिनीहरु त्यहि नजरले मात्र हेर्छन / इंडियाको भूमिका जाय्दै नै नकारात्मक अनि भर्त्सनायोग्य छ /

    अब अन्य सबै सोझा साझा माओबादी नेपालीदाजुभाई हरुको आँखा हामी नेपालीले नै खोल्नु पर्छ /
    अब हुने संसदिय चुनाबमा माओबादीलाइ धुलो चताएर इंडिया तिर लखेट्नु पर्छ /

    सबै नेपाली दिदि बहिनि, बा-आमा, दाजुभाई हरु सतर्क हुनुपर्यो है I

    Reply
  24. Shankar says:
    July 30, 2012 at 10:19 am

    नेपाल मा अब एउटा गलत प्रतिस्पर्धा सुरु भो कसले इन्डियालाई रिजाउँन सक्ने ,त्यहि नेपाल को सत्तामा बस्ने |ओली बिरालोको चाल मा दिल्ली गैसक्यो |

    एस्तो घातक प्रक्रिया लाइ पनि केहि साथी हरु प्रजातान्त्रिक प्रतिस्पर्धा भन्छ | नेता ले सुगा रटाएको बोलि नै बोल्छ त् के भन्ने ??

    राजतन्त्र नेपालको लागि अझै १०० बर्स सान्दर्भिक भनेर किसुनजी ले भन्नु भएको तेसै थिएँन |
    तर राजतन्त्र गएको मा यदि कोइ दोसी छ भने स्वयम् ज्ञानेन्द्र नै हुन् ,तेती राम्रो मौका को सदुपयोग गर्न न जान्ने फेरी आजकाल के इन्टर वियु दिदै हिडेकोनी ?
    इन्टर वियु लिने प्रेम जी ले यो कोइसन सोध्न चुके
    १) किन आफ्नो तलब बेस्करी बढाएको ?
    २) किन कांग्रेस ,एमाले (सधै आफुलाई बोकी हिडेका )लाइ दुस्मन बनाएको ?
    ३) किन आफ्नो पक्ष्य मा बोलि हिड्ने कमल थापा कै पार्टी फुटाउन खोजेको ?यो हालैको डिव लप मेन्ट हो |
    स्मरण रहोस आजकाल कमल थापा ले समेत राजतन्त्र को नारा छोडिसके ?
    ४) रुक्पंडक कटुवाल ले समेत अब राजा फर्कन सक्दैन भन्छन ?
    नेपाल मा यो राजतन्त्र तेती महत्त्व पूर्ण हुदा हुदै ,राजाको मुर्ख हर्कत ले यो सब भयो |
    येस्मा राजाबादी मित्रजन को केहि बिचार छ कि ??

    Reply
  25. renu says:
    July 30, 2012 at 10:10 am

    अब हामी जनताहरुले हरेक छेत्रमा हस्तछेप नगरे त यी दलालहरुले देश बेच्न पनि पछि पार्दैनन र हामीहरु एकजुट नभए हाम्रो देशमा सधै इंडियाले हस्तछेप गरीनै रहन्छ र नेपालमा केही बिकाश हुन पनि दिदैन / सबैलाई चेतना भया /

    Reply
  26. राम चन्द्र ज्ञवाली says:
    July 30, 2012 at 10:01 am

    संविधानसभाको अवसान भएको, अन्तरिम संविधानले जनप्रतिधिविहिन अवस्थाको कल्पना समेत नगरेको अवस्थामा उत्पन्न सम्वैधानिक र कानुनी जटिलताको फाइदा उठायर गराइयको बिदेसी इसारा सर्बसत्ता बाद नै हो तर सर्बोच्च अदालत वाट भय को काम देश हित मै देखिन्छा

    Reply
  27. राम चन्द्र ज्ञवाली says:
    July 30, 2012 at 9:56 am

    कहिले भारतविरुद्ध संघर्ष गर्ने कुरा गरे, कहिले भारत सबैभन्दा नजिकको मित्र भएको बताए, मुलुक असाधारण संकटमा परेका बेलामा मुलुक लाइ निकासा दिनु पर्ने मा नेपालकै योग्य नेता को चर्तिकला देखियो त्यो पनि महान क्रान्तिकारी वाट अब पनि कसै ले माओबाद जिन्दाबात भन्छ भने भिरमा जाने लाइ राम राम भन्न सकिन्छ काध थाप्न सकिदैन

    राम चन्द्र ज्ञवाली

    Reply
  28. Ambika says:
    July 30, 2012 at 9:04 am

    यो बाबुराम एक नम्बरको लेन्डुप् दोर्जे रहेछ I इन्डियन एजेन्ट I तेसै भएर बैद्य ग्रुपले यो चोरको बिरोध गरेका रहेछन I लाजपच्चुवा भारतीय दलाल I येसले देश बेच्नेनै भयो I सतर्क हुनु है सबै नेपाली दाजुभाई I

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      July 30, 2012 at 11:14 am

      बाबुराम एनेकपा माओवादीका मात्र नभई सम्पूर्ण नेपाली (जो माओवादी संग फरक मत राख्छन ) का प्रधानमन्त्री थिए ! यो हाम्रो सोंच थियो ! तर आन्तरिक रुपमा उनि आफ्नै दलका पनि प्रधानमन्त्री थिएनन यो एउटा अचम्मको कसै द्वारा रचिएको खेल थियो जसमा कांग्रेस, एमाले र मधेशी दलले बिरोध गर्ने ल्याकत राख्दैनथे ! मेरो बिचारमा यी प्रधानमन्त्री देशको बारेमा पटक्कै नसोच्ने पनि होइनन अरुको तुलनामा तर यी आफैमा सिकाएको र अर्हाएको भन्दा बढी गर्न सक्ने हैसियत नभएका डाक्टर साहेब नै हो रहेछन ! एउटा देश हाँक्ने प्रधानमन्त्री यति सानो सापटी ल्याएको मुटुले कहिले सम्म चल्नु ? यी अहिले धर्म संकटमा परेकाछन् यो अवस्थामा सत्ता टिकाउन उनले भारतलाई आफ्नो सबै सुम्पनु परे पनि सुम्पनछन् यो घटना पनि बिगतको निरन्तरता हो ! बाबुराम मात्र एनेकपा माओवादीका मात्र नभई सम्पूर्ण नेपाली (जो माओवादी संग फरक मत राख्छन ) का प्रधानमन्त्री थिए ! यो हाम्रो सोंच थियो ! तर आन्तरिक रुपमा उनि आफ्नै दलका पनि प्रधानमन्त्री थिएनन यो एउटा अचम्मको कसै द्वारा रचिएको खेल थियो जसमा कांग्रेस, एमाले र मधेशी दलले बिरोध गर्ने ल्याकत राख्दैनथे ! मेरो बिचारमा यी प्रधानमन्त्री देशको बारेमा पटक्कै नसोच्ने पनि होइनन अरुको तुलनामा तर यी आफैमा सिकाएको र अर्हाएको भन्दा बढी गर्न सक्ने हैसियत नभएका डाक्टर साहेब नै हो रहेछन ! एउटा देश हाँक्ने प्रधानमन्त्री यति सानो सापटी ल्याएको मुटुले चलिरहन नसक्नु नै यथार्थ हो ! यी अहिले धर्म संकटमा परेकाछन् यो अवस्थामा सत्ता टिकाउन उनले भारतलाई आफ्नो सबै सुम्पनु परे पनि सुम्पनछन् यो घटना बिगतको निरन्तरता हो !
      भारतका लागि अत्यन्त बिश्वास पात्रको उपाधि पाएका बरिष्ठ एमाले नेता के.पी.ओलीले अहिले भारतमा प्रणव मुखर्जी राष्ट्रपति बनेको २ दिनमै आफु नेपालबाट दक्षिण भारतका तिर्थस्थल जान लागेको घोषणा गरि सुटुक्क भारतीय राष्ट्रपतिलाई भेटेर आफ्नो भक्तिमा ४ चाँद लगाउन सफल भएका छन् र उनलाई भेट्ने पहिलो नेपाली भक्तमा समेत आफ्नो नाम दर्ता गराउन सफल भएका छन् ! यो भेटको उद्देश्य त कसलाई पो भन्नु पर्ला र तर यसपटक उनले स्पष्ट शब्दमा बाबुरामलाई हटाएर सक्दो छिटो आफुलाई प्रधानमन्त्री बनाइदिन गुहार मागेर आएका छन् ! त्यसैले यता यी भट्टराइ बाको सत्ताको घरजम धरापमा परेर यी आफ्नो बल लगाउन तल्लिन छन् ! यस्तै हो हजुर हाम्रो देशका यी भारतीय भक्तको कथा ! हिजो सम्म भारतलाई आफ्नो मात्र होइन सम्पूर्ण नेपालको बिकाश र शान्तिको बाधक ठान्ने माओवादी आज उसकै रखेल बनेर पटक- पटक अवैध गर्भ तुहाएर आफुलाई सति-सावित्री सावित गर्ने असफल प्रयासमा छ ! वास्तवमै भारत नेपालको लागि घातक-बाधक सबै हो , नेपालको लागि मात्र होइन सम्पूर्ण एसियाको लागि भारत ठुलो ‘बिष’ हो भने यी हालका हाम्रा नेता हाम्रो लागि केवल दुखद बर्तमान बनेका छन् !
      आखिर कहिले सम्म आफ्नो देश चलाउन भारतीय संग भिक् माग्छौ नेता भनाउँदा हरु ?? अब त हिम्मत गर…. हामि बस्छौं नून-तेल बिना पनि तर अहिलेको समय त्यस्तो छैन ! भारत संग हामीलाई निहुँ खोज्नु छैन केवल भारतलाई हाम्रो भूमिमा हुने कुनै पनि कुरामा इच्छा लाग्छ सहयोग गर तर हस्तक्षेप स्वीकार्य छैन भन्ने हो ! कसैलाग्छ यसो गर्दा दुनियाँ उल्टीन्छ सारा भारतमा रहेका नेपाली फिर्ता आउनु पर्छ र देशमा अनिकाल लाग्छ, कल-कारखाना बन्द हुन्छन भन्ने लाग्छ भने त्यो सत् प्रतिसत सहि होइन, समय परिवर्तन संगै अब यो आंशिक सत्य मात्र हो ! असर त केहि पक्कै पर्छ हाम्रा हरेक क्षेत्रमा, त्यस मध्ये पनि राजनीति क्षेत्रमा त केहि समय बाबु-आमा मरेका नाबालक जस्ता हुन्छन हाम्रा नेता, कति नेतालाई त पाटन मानसिक हस्पिटलमा पुर्याउन पर्ने निश्चित प्राय छ ! तर अहिलेको अवस्थामा भारत अत्यधिक शक्तिशाली छ हिंजो मरिचमानको कार्यकालको भारत होइन यो ! त्यसैले नेपालसंग सम्वन्ध चिसिना साथ् हाम्रो भन्दा १००० गुणा बढी नोक्सान पुग्छ भारतलाई पनि ! राजनीति देखि अर्थनीति सम्म रातारात ओरालो लाग्छन ! यसो भएमा भारतलाई आजको अत्यधिक शक्तिशाली बनाउने उसकै जासुसी संस्था ‘र’ गर्भ तुहाइएकि सुत्केरी जस्तो हुनेछ ! केहि दिनको अप्ठ्यारो त पक्कै हो तर बिगत जस्तो स्थिति हुँदैन ! ति दशौँ लाख भारतमा रहेका नेपालीलाई पनि तत्काल देशमा एक्जस्ट गर्न राज्यले सक्दैन तर भारतको सट्टा तेस्रो मुलुकमा गएर रोजगार गर्न सजिलो व्यवस्था गर्न सक्छ ! रातारात नहोला तर त्यस पछी हामीले बैदेशिक रोजगारीका अहिले भन्दा राम्रा अवसर पाउँने पनि छौं र क्रमश हरेक नेपालीलाई देशमा केहि गर्ने इच्छा, साहस जाग्ने छ ! तर एउटा कुरा त १००% पक्का हो कि देश भित्र अहिलेको तुलनामा ८०% बढी शान्ति हुनेछ ! कुनै नेपाली मुसलमान पाकिस्तानी एजेन्टको आरोपमा दिनदहाडै सडकमा गोलि खाएर मर्ने छैनन् यसको लागि पहिले परिवर्तनको लागि राज्यले १ पटक यो दक्षिणको सर्पलाई ढाडमा हान्ने जमर्को त गर्नै पर्छ ! नेता इमान्दार हुनु पर्यो !

      Reply
      1. गगने says:
        July 30, 2012 at 7:53 pm

        हाहा! क्या बेतुकको कुरो पनि पढ्न पाइँदो रैछा बाबै!

        शरद जी, धेरै नै क्षितिज पारि बात हो कि क्याहो?
        अक्सर गरेर नाटो काटेर झिटी गुन्टा र गोठे बोकेर क्षितिज पारि बिस्थापित भयका वा हुन उद्धत्ता रहेका हरु लाइ रास्त्रियता र रास्त्रबादाले साह्रैनै सतायाका हुन्छन अनि उनीहरुले हरेक कुरालाई रास्त्रबादी देखेका हुन्छन र हरेक कुरा रास्त्रियता र रास्त्रबाद संग जोडेका हुन्छ किनकि रास्त्रियता रहनु नरहनु र हुनु नहुनुमा देश भित्र पेट काटेर बाच्न बाध्यहरुलाई भन्दा पलायन भै क्षितिज पारि पुगेका हरुलाई बढी असर गरेका हुन्छन किनकि उनीहरुको हरेक काम कुरो र बोलीमा आफ्नो रास्त्रियाताको परिचय दिनु वा झल्काउनु परेको हुन्छ! उनीहरुलाई देशमा बस्नेको पेट संग मतलब हुदैन, देश भित्र बस्ने जतिसुकै आहात र गरिबी अशिक्षा भोक र रोगमा छटपटिओस् त्यो संग केहि सरोकार हुदैन मात्र हुन्छ त रास्त्रियता र आफुनै हो सबैभन्दा ठुलो देश भक्त अनि रास्त्रबादी र तेस्को लागि उनीहरु राजा औ देश बचाउ भन्न पछी पर्दैनन् (यस्तै भयको छ) मानौ राजा आयपछी रास्त्रियता एक्कासि समुच्च र निकै बलबान हुने छ!
        कतै तेस्तै त होइन शरद जी?
        तर मा भन्छु आजको रास्त्रियता अठारौ सताब्दीको खुकुरीको धारमा होइन आर्थिक सम्ब्रिड्डी संग जोडियको छ! रास्त्रियता र देश भक्तिलाई खुकुरी र गुलेली ले होइन आर्थिक कारोबार र सरोकार अनि सम्ब्रिद्दा आर्थिक परिचालनले टेवा दियको छ र बाबुराम देशको आर्थिक सम्ब्रिद्दी संग सरोकार राख्छन!
        देशलाई आर्थिक समुन्नती तर्फा दोहोर्यायर इन्दियासंग परस्पर सहयात्री र भाइचारा चाहन्छन तेसो गर्न इन्दियासंग मित्रवत र नितान्त सद्बुद्दिपूर्ण कार्यको आबस्यकता छ र बाबुराम तेसतार्फ़ सचेत भै लागेका छन्! तर बिडम्बना तपाही हरु बाबुरामले देश बेच्न लागेको लेन्डुप दोर्जे आदि आदि केके बिषादी पोख्ने वोकालने गर्नुहुन्छ?

        के छ त देशको आर्थिक बिकाशको लागि बिचार र एजेन्डा?
        भन्नुस कसरि गर्न सकिन्छ देश बिकाश, आर्थिक बिकाश? कि यो हुने पर्छ भन्ने जरुरि छैन?
        आर्थिक बिकाश ठुलो कुरा हो कि रास्त्रियता? आर्थिक बिकाश र ब्याबस्थापन जरुरि छ कि रास्त्रियता?
        (यी कुरा हरु मैले भनेकै ले फेरी गगनेलाई देश बेचियोस देश इन्डियामा गाभियापानी हुन्छ, इन्डियन एजेन्ट आदि आदि भनेर नाफलाक्दा होला)
        कुरा धेरै र लामो हुन्छ तेसैले हाल लाइ यतिमै तुन्ग्यौदै तपाइँको कमेन्ट को केहि बुदा तर्फ लागौ!
        ” त्यसैले नेपालसंग सम्वन्ध चिसिना साथ् हाम्रो भन्दा १००० गुणा बढी नोक्सान पुग्छ भारतलाई पनि !”
        यो कसरि हो एक पटक हामीलाई पनि बताई दिउ न त साह्रै जान्न मन लाग्यो! यस्तो कुरा रहेछ हामीले क्या देख्न जान्न नसकेको लौ न शरद जी!
        ” तर अहिलेको अवस्थामा भारत अत्यधिक शक्तिशाली छ हिंजो मरिचमानको कार्यकालको भारत होइन यो ! त्यसैले नेपालसंग सम्वन्ध चिसिना साथ् हाम्रो भन्दा १००० गुणा बढी नोक्सान पुग्छ भारतलाई पनि ! राजनीति देखि अर्थनीति सम्म रातारात ओरालो लाग्छन ! यसो भएमा भारतलाई आजको अत्यधिक शक्तिशाली बनाउने उसकै जासुसी संस्था ‘र’ गर्भ तुहाइएकि सुत्केरी जस्तो हुनेछ ! केहि दिनको अप्ठ्यारो त पक्कै हो तर बिगत जस्तो स्थिति हुँदैन ! ति दशौँ लाख भारतमा रहेका नेपालीलाई पनि तत्काल देशमा एक्जस्ट गर्न राज्यले सक्दैन तर भारतको सट्टा तेस्रो मुलुकमा गएर रोजगार गर्न सजिलो व्यवस्था गर्न सक्छ ! रातारात नहोला तर त्यस पछी हामीले बैदेशिक रोजगारीका अहिले भन्दा राम्रा अवसर पाउँने पनि छौं र क्रमश हरेक नेपालीलाई देशमा केहि गर्ने इच्छा, साहस जाग्ने छ ! तर एउटा कुरा त १००% पक्का हो कि देश भित्र अहिलेको तुलनामा ८०% बढी शान्ति हुनेछ !”
        तथानाम अरु कुरा छाडेर यी तपाइँ ले भनेको कुराहरु मात्र एक पटक पढेर बुझ्ने हो भने तपाही उदांगो रैछ भन्ने कुरा घाम जत्तिकै छर्लंग हुन्छ!
        हत्तारियर बाबुरामलाई गालि गर्दैमा केहि हुनेवाला छैन! अब बाबुरामलाई भरमार गालि गर्न पाय हरियो थमस अप बेस्सरी पाइन्थ्यो भन्ने हरुयो थमस up हेरी मन प्रफुल्ल बन्नौनाकै लागि यस्तो कमेन्ट गरेको हो भनेत तिनीहरुको बैचारिक दरिद्रतालाई हेत्तेरी भन्न मात्र सकिन्छ नत्र जुन काम बाबुरामले गरेका छन् तेस्ता तात्तातो कमेन्ट र गरिको बौछार गर्नु भन्दा पहिले चार पटक सोचौ गहन अध्यायन गरौ मित्र!
        ठोकेर भन्छु बाबुराम तपाही भन्दा कम देश भक्त र रास्त्रबादी छैनन् देशलाई तपाहिले भन्दा कम माया गर्दैनन् ठोकुवा गर्न सक्छु म!
        तर बाबुरामको ध्धेय देशको आर्थिक सम्ब्रिद्दी संग छ र उनि तेही योजना मा चलेका छन् र तेस्को लागि इन्दियासंग हातेमालो गरि सह अस्तित्वो र सहयोग गर्नुको कुनै बिकल्प छैन किनकि इन्डिया हामीलाई खाया खा नाखाया घिच भन्ने स्थितिमा रहेको अनिबार्य बन्धनमा बादियाको देश हो!
        प्रयास सत्य तितो हुन्छ मित्र तर सत्य हुन्छ र तेस्को बिकल्प हुदैन!
        आर्थिक र सामाजिक बिकाश भयमा रास्त्रियता तेसै बलियो हुन्छ जसरि स्वित्जर्ल्यान्दको छ तर आर्थिक बिकाश नभई दुराशय र दरिद्र भयमा जतिसुकै रात्रियाताको डिंग हाकुन त्यो आवाजमा मात्र सिमित हुने छ र त्यो पनि क्षण भारको लागि मात्र! यी रास्त्रियाताको लागि मर्छु मेताउछु भन्ने र फुंग गर्ने हरु जो छन् तिनीहरुको एक महिना आम्दानि बन्द होस्त कहा जादो रैछ रास्त्रियता अनि देखिन्छ!
        रास्त्रियता केहि पनि होइन भनेको होइन मैले, रास्त्रियता हाम्रो सामुहिक परिचय हो पहिचान हो तर आर्थिक पक्ष त्यो भन्दा धेरै ठुलो र शक्तिशाली कुरा हो! रास्त्रियाताको खातिर दुइ चार दिन भुख हड्ताल त गर्न सक्ला तर सधै भोकै बाच्न भने सक्दैन तेसैले रास्त्रियाताको बारेमा अघायाकाहरुले दियको ब्याख्या र भोकायाका हरुले दियको ब्याख्या नितान्त फरक हुन्छ! देश छाड्नेहरुको लागि भन्दा तेहा बाच्ने हरुको लागि हुनुपर्छ!
        हाम्रो रास्त्रियता भुकेर बलियो हुदैन, हाम्रो रास्त्रियता तब बलियो हुन्छ जब हामि आर्थिक रुपले सम्पन्न हुन्छौ

        Reply
        1. सुर्यचन्द्र says:
          July 31, 2012 at 4:09 am

          गर्यो त्यो तिम्रो बाबुराम ले देश बिकाश ! त्यसले पायो भने देशलाई रद्दीको भाउमा बेच्छ ! अनि अर्को कुरा गगने, तिम्रो स्वामी लालुराम भट्टराइलाइ भारतीय शासकले एउटा खरिदार लाइ सरह नि गन्दैन !
          हैन हो, यो माओ को नाम राखेको पार्टीले बरु माओ को देशलाई विमानस्थल व्यवस्थापन गर्न दिए भैगो नि, किन भारतलाई दिनुपर्यो ?

          Reply
        2. शरद- क्षितिज पारीबाट says:
          July 31, 2012 at 10:56 am

          गगने जी मलाइ त माथिको कमेन्ट पढेर बाबुराम देश प्रति वा देशको आर्थिक सम्ब्रिद्दी प्रति चिन्तित छैनन् भन्न खोजिए जस्तो लागेन ! रहयो कुरा बिदेशमा बस्ने नेपालीले राष्ट्रियताको कुरा गर्दा नसुहाउने भन्न खोजिएको जस्तो त्यो तपाईं कसरी भन्न सक्नु हुन्छ ? के स्वदेशमा बस्ने मात्र राष्ट्र प्रति बफादार रहन सक्छन भनिएको हो ? हामि बिदेशमा जन्मिएका होइनौं र रहरले बिदेशिएका पनि होइनौं न त सारा जीवन नै यहाँ बिताउने हौँ ! हिंजो देशमा स-सानो जागिर वा व्यवसाय गर्दा बिभिन्न असहज परिस्थिति ( राजनीतिक वा पारिवारिक ) उत्पन्न भएर वा भनौं आफ्ना दैनिक आवश्यकता पुरा गर्न बिदेशिएका हामि मध्ये थुप्रै छौं होला ! त्यहाँ त लेखिएको छ तुलनात्मक हिसाबमा बाबुराम ठिक हुन् तर उनि पनि सम्पूर्ण रुपमा आफ्नो सत्ता टिकाउन भारतमै आश्रित भए भन्न खोजिएको छ ! र भनिएको छ ‘ भारत एउटा शक्तिशाली राष्ट्र हो, उ संग हामीलाई निहुँ खोज्नु छैन त्यसैले सक्छौ सहयोग गर सक्दैनौ हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर’ ! हो भारत संग सम्वन्ध बिग्रिए त्यसको असर भारतलाई बढी नै पर्ने देखिन्छ त्यो कुरा त पटक पटक त्यहाँका उच्च राजनीतिक व्यक्ति हरुले पनि एक अर्कालाई भनिरहे कै कुरा हो ! भारतको लागि नेपाल अत्यन्तै महत्व राख्ने देश हो ! त्यसैले नै भारतले नेपाललाई उत्तर छिमेकी देश चीन संग नजिक हुन् दिंदैन ! ( तपाईं जस्तो मान्छेलाई बिस्तृत लेख्न नपर्ला नि ?) १ पटक बुझ्नोस किन भारतले नेपालका उत्तरी भेगमा अत्यधिक लगानी गर्छ ? किन भारतीय कुटनीतिज्ञ हरु पटक-पटक हाम्रा उत्तरी सिमानामा महिनौं सम्म हराउँछन् ? हिजो भारतमा मृगौलाको ब्यापार गर्ने एउटा डाक्टर भागेर चितवनमा आएर लुकेर बस्दा नेपाल प्रहरीले पक्रियो तर एका-एक भारतीय प्रहरीहरु आएर प्रकिर्या समेत पुर्याउन नदिइ खोसेर लगे, के हाम्रो देशको कुनै आफ्नो नीति-नियम छैन ? केहिदिन अघि एक भारतीय दुतावासका उच्च पदस्थ कर्मचारीले बिरगंजमा हाम्रो खिल्ली उडाए किन ? को बोल्यो त्यसको बिरोधमा ? के कारवाही भयो ? लन्डन ओलम्पिकमा मार्च पास गर्दा भारतीय खेलाडी संग १ जना महिला जो भारतको राष्ट्रियता नझल्किने पोशाकमा देखिएन, जो खेलाडी थिइनन् ( जो भारतीय मुलकी थिइन् ) भनेर आयोजकले क्षमा माग्नु पर्ने अडान लिएर बसेको भारतले अरुको राष्ट्रियता माथि सधै हस्तक्षेप गर्न चाहिं पाउने हो त ?
          भारत बलियो हुनुमा ‘र’ भूमिका सबै भन्दा माथि छ अनि नेपालमा ‘र’ को ठुलो संख्या परिचालित छ जसको उदाहरण बिगतका मिर्जा देखि फैजान अहमद हत्या सम्मले छर्लग पारेकै हो ! अर्थतन्त्र तपाइंले ठुलो संख्यामा राजश्व बुझाएर सुध्रिने होइन लगानीको-बिकासको पूर्वाधार निर्माण यसको पहिलो आवश्यकता हो ! जसका लागि देशमा शान्ति-सुरक्षा पहिलो आवश्यकता हो र राष्ट्रियता यसको पहिलो श्रोत पनि हो ! बिदेशी हस्तक्षेप गर्ने र गराउनेहरुमा चेत आउनु यसका लागि अपरिहार्य छ ! बाबुरामले त अरुको तुलनामा बढी गालि खानु स्वत: हो किनकी यिनी प्रति जनता बढी आशावादी थियौं, यिनै हुन् लक्ष्मनपुर, सुस्ता,भुजेला, गड्डाचौकीका जनताको गास काटेर खाएर ( त्यो गास जनताले यिनी प्रति आशा र श्रदा राखेर खुवाएका थिए ) आफुले भारतीय ज्यादतिको बिरोधमा लड्ने बाचा खुलेआम गरेका थिए ! हामीलाई भारत हाम्रो बाधक हो भन्ने कुराको खुलेर पहिलो चेत गराउने व्यक्ति मध्येका यिनै एक र प्रमुख व्यक्ति हुन् ! गगने जी बिना आगो चुलो जति राम्रो होस्, चामल बासमती नै तर भात पाक्दैन !
          त्यहाँ भारत संगै बढी त हाम्रै नेताको ‘आ बैल मोहे मार’ परविर्ति हुनु भएन भन्न खोजिएको छ ! र भारत संग ‘तं शरणम’ भएर मात्र तपाइले भनेको आर्थिक बिकाश हुने भए हाल सम्मका पछिला बिस बर्ष लाइ हेरेर गर्व गर्न पाउनु पर्ने होइन र ? अहिलेका राजनीतिक नेताको बिरोध गर्ने र विदेशबाट कमेन्ट गर्ने सबै ‘राजावादी’ हुन् भन्ने सोच नराख्नोस ! तर सत्य त यो हो कि अहिलेका नेतामा त्यसबेलाका मरिचमान संग जति साहश छैन ! विमानस्थल व्यवस्थापन बाट नै आर्थिक बिकाश गर्ने महान सोंच भएकाहरुले त भारत भन्दा बढी त अरु सम्पन्न युरोपियन वा अमेरिकी देशलाई आकर्षित गर्ने सोंच राख्नु पर्ने होइन र उनीहरु त टेक्निकल हिसाबले भारत भन्दा अझ अघि छन् ! अनि सुटुक्क पत्र काटेको प्रमाणित भै नै सक्यो अनि बाहिर- बाहिर हल्ला मात्र हो भन्दै किन फलाक्नु त ? कि ‘आए आँप,गए झटारो’ ?
          गगने जी तपाईं जस्तो राष्ट्रियता भएको ( तपाईं बिशेष हुनु भयो नि स्वदेश निवासी, अझ भोको पेटै बसेरै पनि देश नछाड्नु भएको पो हो क्या हो सायद है ) मान्छेले त सबै बुझ्नु भएकै होला जब बिमान अपहरण भएर कान्दाहार पुर्याइएको थियो त्यस बेला देखि नै भारतले नेपालको बिमानस्थलमा ‘ भारतीय एयर मार्शल’ राख्न त्यस पछिका हरेक सरकारलाई प्रतक्ष र अप्रतक्ष रुपमा दवाव दिंदै आएको छ, यो त्यसैको कार्वान्यनको पहल हो ! यसमा अर्का भारतीय १ नं. भक्तको उपाधि जित्न सफल के.पी.ओली.को अस्तिको भारतीय राष्ट्रपति प्रणव मुखर्जी लाइ भेटेर आफुलाई प्रधानमन्त्री बनाइदिन गरेको गुहार र विमानस्थलका अधिकांश प्रहरी र विमानस्थल कर्मचारीको भ्रष्ट चरित्रले घ्यू थपेको हो ! हो छिमेकी देशमा अशान्ति भए त्यसको असर हामीलाई पनि पर्छ त्यसको लागि आपसी सहयोग त जरुरी छ ! यदि भारतको सुरक्षामा आंच पुर्याउन गलत व्यक्तिले नेपाली विमानस्थलको प्रयोग गर्ने नै भारतीयको पहिलो सहि निष्कर्ष हो भने त मुम्बईको ताज होटल र त्यस पछिका दर्जनौ घटना नहुनु पर्ने हो कि ? नेपालको बिमानस्थलमा आफ्नो ‘एयर मार्शल’ राखेर भारतीय सुरक्षा हुने, हाम्रा सिमा प्रहरीले लोकेशन र स्पष्ट पहिचान सहित लाख आग्रह गर्दा पनि एउटा टपोरी अपराधीलाइ सीमाको २० कि.मि. वरिपरी बाट पक्रिएर सहयोग गर्न नसक्ने ? हामि भन्दा गरिब मुलुकले पनि आफ्ना यस्ता महत्व पूर्ण निकायहरु चलाएका छन् भने अहिले त बाबुरामले तत्काल विमानस्थल सम्वन्धि कडा कानून बनाएर त्यहाँ कार्यरत सबै निकायका कर्मचारीलाई आवश्यक केहि थप सुविधा र पुरस्कार साथै गल्ति गर्ने लाइ कडा सजायको व्यवस्था गर्न पनि त सक्थे नि होइन र ?? बाबुराम लाइ गालि त गरिन्छ हेर्नोस बाहिर मित्यब्ययिताको भाषण ठोके, हरेक हप्ता कुनै न कुनै मिडियामा आएर आर्थिक बिकाशका भाषण पनि ठोक्ने, राता-रात पुर्व ‘ठुला पदे’ हरुलाई राष्ट्रले थेग्नै नसक्ने सुविधाका अध्यादेश पनि पारित गर्ने ? घुसखोरी गर्ने लाइ कडा कारवाही गर्ने र राम्रो काम गर्नेलाई त्यो पुर्व ‘ठुला पदे’ हरुमा खर्च गर्न खोजिएको पैसा पुरष्कृत गर्ने र बिमान स्थलका शौचालय देखि आवश्यक उपकरणमा खर्च गरुन न तपाईंले नभने पनि त जनताले बिश्वास र समर्थन गर्छन नि होइन र ?? जे होस् गगने जी तपाईं जति राष्ट्र भक्त नभए पनि , तपाइंले जति आर्थिक बिकाशका बिधि नजाने पनि भारतलाई विमानस्थल दिएर ‘भारतीय एयर मार्शल’ राख्ने भारतको ध्येय पुरा नहुनु मा नै हाम्रो भलो होला कि ?

          Reply
  29. indra kale chhantyal usa says:
    July 30, 2012 at 9:04 am

    भारत ले नेपाल को भलो कहिले पनि चाहदैन भन्ने कुरा सत्य हो ,तर भारतलाई मात्र गाली गर्नु मुर्खता हो ,नेपाल मा धोतीले नेपाली हरु को कपाल मात्र काटेको पैसा बर्समा १० सौ करोड भारत मा जाडो रैछ ,बोतल ,सिसि ,पलास्तिक देखि हुदा ,हुदा एरपोर्ट समेत भारत लाइ दिने हो भने पछी त यो देस नेपाल मा सरकार चलाउने सबै धोति नै रहिछ ,यदि कसै सित देस भक्ति को भावना छ भने सोच्नु पर्ने समय धेरै छैन ,जय देस ,जय नेपाल

    Reply
  30. Shree Basant says:
    July 30, 2012 at 8:36 am

    अब बाबुरामले चुनाब गराउन पनि उतैको निर्बाचन आयोगलाई ठेक्का दिने हुन् कि !! शिक्ष्या, दिक्ष्या, दक्षिणा, आशिक सबै उतैबाट प्राप्त हुँदा उनलाई दक्षिणको धेरै प्यारो लाग्ने भैसक्यो | हेर्दै जानु होला महान पार्टीका नेताहरु एक दिन कुर्लने छन – उत्तर संग हिमालले छेक्ने हुँदा नेपालले दक्षिण संग मिल्न किन नहुने | उत्तरको नाम दक्षिन्को काम – जनता संधै राम राम |

    Reply
  31. Madhab Bhattarai says:
    July 30, 2012 at 8:10 am

    “बाबुराम” खाँटी भारतीय एजेन्ट हुन् भन्नेमा अब दुइ मत नहोला. भारतले धेरै सोच विचार र तयारी पश्चात बाबुरामलाई प्रधानमन्त्री बनाएको हो. मधेशी दल र बाबुरामको गठबन्धनले पनि यो पुस्टि हुन्छ. नत्र आफु-आफु मिल्न नसकेर सत्र टुक्रा भै फुटेका मधेशी दलहरुले बाबुरामलाई चाही सामुहिक समर्थन (उपेन्द्र यादव बाहेक) दिनुको कारण के हो ? यो बाबुराम ले उचित मौका पायो भने “नेपाललाई भारतमा बिलय गराउने प्रस्ताब” नै माग्नेछ. के को बिमानस्थल व्यबस्थापनको मात्रै कुरा गर्नु.

    Reply
  32. sunil says:
    July 30, 2012 at 7:56 am

    नेपाल नै भारत लाई जिम्मा दियर सुबाश घिशींग बन्न बेर छैन बाबुराम को तेसो भयो भने सत्ता मा बसिरहन पैंछा ……सतर्क है नेपाली जनता हरु ….

    Reply
  33. maheshwar says:
    July 30, 2012 at 7:37 am

    है न हो यो बबुरामेले भित्र भित्र के के गर्छ गर्छ……………धन्य भगवान कसो न्यायालय आहिले सम्म स्वतन्त्र छ नत्र यो लेम्दुपेले नेपाललै सिक्किम बनैसक्त्यो………

    Reply
  34. nimesh, bkk says:
    July 30, 2012 at 7:14 am

    एउटा कारिन्दाले मालिकको सेवा नगरे अरु कसको गर्ला र ??? देश र जनता त भाँडमा जाओस बाल मतलब . १० वर्षे जनयुद्धबाट प्राप्त सत्ताको उपहार त बुझाउन नै पर्यो नि मालिकलाई कि कसो ??

    Reply
  35. madan bajracharya says:
    July 30, 2012 at 7:12 am

    झुठो बोल्नुमा पनि बोर्ड फर्स्ट नै रहेछ यो नेपालको लालुप्रसाद त् / नौ दस महिना अघि दिल्ली सवारी हुँदा यो मधेश्बादिको बलमा प्रधान मन्त्रि बनेको बाबुरामले संसद सिट सहमति समेत नलिईकन यो कुरा गरेर आयको रहेछ/ सदन छल्ने जनता सिट समेत झुठो बोल्ने सिट केहि आसा गर्नु निर्रर्थक हुने कुरा उसैको कारणले पार्टी समेत तुक्रियकोले नै प्रमाणित गर्छ/

    छोटकरीमा भन्ने हो भने बाबुरामले बिमान स्थललाई “टनकपुर” बनाउन कुनै कसर बाकि राखेको रहेनछ/ अब उसलाई मौका दियो भने सिंगो “तराई” लाई महाकाली बनाउन बेर छैन/महाकाली सन्धिले महाकाली नदीमा बग्ने पानि ९७% भारतको र मात्र ३% नेपालको बने झैँ बाबुरामले ई भारत सिट मिलेर सम्पूर्ण तराई ९७% बिहारी मधेसीको मात्र ३% अरु जातिको बनाउनेछ/

    संबिधान सभाको चुनावको नतिजाले मधेशबादीहरु अल्प मतमा रहेको प्रमाणित भयकै थियो/लोकतन्त्रमा बहुमतको शासन चल्नु पर्नेमा बाबुरामको कारण अल्प मतमा परेको मधेशबादीहरु अगाढी बाबुरामलाई तेर्सायर नेपालको राजनीतिलाई बिहारीकरण गर्दैछ/ बाबुराम प्रधान मन्त्रि बनेकोमा मधेशबादीले भन्दा बढी मत पायको अरु दलहरु मात्रै होईन बाबुराम कै पार्टी समेत सन्तुस्ट छैन त् बाबुरामको सरकार कसरि लोकतान्त्रिक सरकार मान्न सकिन्छ?

    बहुमत बात तिरस्कृत, भारतलाई खुसि पर्न संबिधान बनाउन भयको सर्वदलीय सहमति र सर्वदलीय सरकार समेत भंग गर्ने “झुठ” बोल्ने बाबुरामको भार छिटो बिसाउन नसके सायद लोकतन्त्र मात्रै होईन रास्ट्रबाद समेत धसिन्छ होला/

    Reply
    1. Shankar says:
      July 30, 2012 at 10:23 am

      मलाइ सम्झना छ यो बाबुराम लाइ सुरुमै चिन्ने तपाइँ पनि एक हुनु हुन्थ्यो |
      तपाइको अधिकांस कम्मेन्ट १०० प्रतिसत साचो र बास्तबिक हुन्छ \
      द्रोण जी समेत बाबुराम बोर्ड फस्ट गरेका बिद्द्वान भन्दै थे, देखेउ तिम्रा बिद्द्वान पी यम को चाला|

      Reply
      1. Harke says:
        July 30, 2012 at 11:33 pm

        हो शंकर जी, मदन दाज्जु नै हो, सुरुमै यो लालुरामलाई चिन्ने…!
        मलाइ पनि झिनो नै भएपनि केहि आश त थियो येस्बाट! कम्तिमा संबिधान बनाउन बाटो खोल्छ जस्तो लाग्याथ्यो….! तर नालायक ले त सबै झ्वाम पर्यो !

        Reply
      2. द्रोण says:
        July 31, 2012 at 1:30 am

        आफुलाई लागेको कुरा लेख्ने हो | बोर्ड फस्ट लेउने ,जिन्दगि भर एकेडेमिक श्रेष्ठता हासिल गरेको मानिसलाई मुर्ख भन्न मिल्छ ?
        कि तपाइँ आफुलाई बाबुराम भन्दा जान्ने ठान्नु हुन्छ ?
        बिपा ,एयरपोर्ट हस्तान्तरण आदि बिसय मा भारत मुखी भयो भन्ने म लाइ पनि लागेकै थ्यो र छ ,अब तापाई तेसरी गलत ,भुइफुत्ता टिप्पणी न गर्नुस त् |

        Reply
        1. madan bajracharya says:
          July 31, 2012 at 1:14 pm

          मित्र द्रोंनज्यु
          चित नदुखाउनुस/ मलाई लाग्छ कसैले तपा को आलोचना गरेको होईन/ बाबुरामको योग्यताले धेरैलाई झुक्यायको छ/ तेस्मा तपाईं म कुनै पनि अपवादमा पर्दैन/ उ बात हामीले केहि आसा पक्कै गरेको थिय/ बाबुरामले हामीलाई मात्रै होईन उसैको दललाई समेत निरास बनायो र दल तुक्रिनुको कारण बन्यो/

          जनता र देसको निमित समर्पित नेता हुन् पढाईको ठुला ठुला दिग्रिहरुनै चाहिन्छ भन्ने केहि छैन/ जंगे जस्तो ल्याप्चे प्रधान मन्त्रीले ब्रिटिश सरकारलाई आफ्नो कुटनैतिक प्रभावमा पारेर कैलाली कंचनपुर फेरी नेपालमै फर्कायको थियो/ यो कुरा सम्झंदै केहि महिना पहिला कैलाली कन्चनपुरको जनताले कैलाली कन्चन पुरमा जंग बहादुरको शालिग राख्नु पर्ने माग समेत गरेको थियो/ तर बाबुराम हरुले त्यो कुरा सुनेंनन/ के भनु यस्तालाई?

          बाबुरामले आज सम्म देसमा प्रधान मन्त्रि बनेका कसैले नपायको मौका पायको थियो फरक राजनीतिको समर्थक र भारतको समेत समर्थन पायको थियो/ पढे अनुशार बुद्धि भयको भय बाबुरामले ठुलो उपलब्धि गर्न सक्थ्यो/ तर यो कुरा माथि बाबुराम आफैले सयौ हजारौ तर लगायो/ के भनु उसलाई..?

          Reply
          1. Shankar says:
            August 2, 2012 at 9:51 am

            मदन जी
            साचिकै सटिक बिचार फेरी प्रस्तुत गर्नु भयो |बाबुराम सैक्षिक प्रतिस्पर्धा मा अब्ब्बल आए तर एसको मतलब उनि बिद्द्वान छन् ,नैतिक बान ,दुर दर्शी छन् भन्ने ग्यारेन्टी गर्दैन |द्रोण जी को भ्रम बा अरु धेरै को भ्रम त्यहि छ |
            बाबुराम स्वयं आफ्नो पथ मा इमान्दार होलान ,आफुले गरेको हरेक काम को
            डटेर समर्थन गर्लान ,बुझ्ने हरुले मुल्यांकन गर्न सक्ने कुरा हो ,बाबुराम गलत सिद्दान्त वाट निर्देसित छन् |
            तेस्को एउटा सिधा उदाहरण म तपाईलाई दिन्छु ,बाबुराम र प्रचण्ड जब गिरिजा को काख मा आए ,उनीहरु गिरिजा वाट अति प्रभावित भए ,साचिकै भन्नु पर्दा उनीहरुको पथ आज गिरिजा पथ हो |
            के तपाईलाई लाग्दैन ४० बुदे माग गर्ने बाबुराम र आज को बाबुराम फरक छैन ??
            प्रभावित हुनेहरु को के कुरा गर्नु ? त्यो त् नशा हो |आफ्नो मानो खानु छ ,हात खियाउनु छ ,तेसै के प्रभावित हुनु ?
            द्रोण जी लाइ चोट परे माफी चाहन्छु |

            Reply
    2. गगने says:
      July 30, 2012 at 8:54 pm

      मदन जी,
      देशको आर्थिक बिकाशको लागि बिदेशी लगानी भित्र्याउने कुरामा निहित रहेर देशको एउटा ठुलो र अन्तरास्ट्रिय जगतमा सम्पर्क कायम गर्ने एउटैमात्र बिमान स्थलको स्थारोंनती र बिकाश को लागि इन्डियाको एउटा लगानी र ब्याबस्थापन गर्ने कम्पनि संग भयको कुराकानी र तेस्को लागि गरियको आह्वान लाइ नेपाल इन्डियन सरकार लाइ दियो दिन आट्यो र इन्डिया सरकार संग सम्झौतागर्यो भन्ने किसिमको जुन कपोलकल्पित दुरगामी सुचाई तपाही हरुमा देखियो यस्तो सुगा रटाइ गर्ने हरुको बीच देश को बिकाश को लागि योजना र एजेन्डा के छ त त्यो पनि थाहा पाउन पाय हुन्थ्यो? कि बाबुराम को कामको बिरोध गर्दैमा र उसलाई लाक्षना लाउदैमा वा देशभक्ति र रास्त्रबादको गित गाउदै नारा लाउदैमा देश एकाएक रातारात आर्थिक क्रान्ति गरि अमेरिका क्यानाडा र युरोप को हाराहारीमा पुग्ने छ? कि ज्ञानेन्द्रलाई राजा बनाउनासाथ हाम्रो सबै तमन्ना र इक्छ्या पुरा भै देश भारतबाट करोडौ कोष दुरीमा तन्नम र इन्डियाको पहुँच भन्दा धेरै टाडा अग्नि क्षेप्यास्त्रले कहिल्यै पनि खोज्न र भेताउना नसक्ने स्थानमा पुगी सुरक्षित र आराम स्थापित हुने छ?
      कि राजा ज्ञानेन्द्र फिर्ती सवारी भै गद्दीमा बसे देशले आर्थिक सामाजिक बिकाश गर्नुनै परोइन, जनता रोग भोक र अशिक्षा बाट बिष्णु अबतार बिष्णु भगवानको चरण को जल छार्किनासाथ आफै मुक्त भै देशमा खुशिहाली र हराभरा हुने छ?
      नत्र बाबुराम देशलाई आर्थिक समुन्नती तर्फ उकास्सियाको देख्न चाहन्छ र तेही आर्थिक समुन्नतिको डोरो कोर्न उध्धत्ता छ बाबुराम र बिडम्बना बस हामिकमा इन्डियाको सहमति बिना कुनै कुरा हुन सक्ने स्थिति छैन किनकि इन्डिया हाम्रो लागि खाया खा नाखाया घिच भन्ने अबस्थाको देश हो यति मात्र नभयर इन्डिया हामि भन्दा आर्थिक,सामरिक,जनशक्ति,जनाघनात्वो, बिकाश, भौगोलिक अबस्था र बनोट आदि जुनाकुनैपानी कुरोमा बिशौ पचासौ गुणा शशक्त छ र हामि हाललाई निहु खोजेर त भन्दा मा के कम भनेर घमण्ड झिकी भन्दा मिलेर उसको औला समातेर साथ् हिड्नुनै बुद्दिमत्ता हुनेछ अब कान्छी औला समात्न दिने कि बुढी औला वा माझि त्यो पूर्ण तया इन्डियाको निर्णयमा निहित छ!
      बाबुराम तपाही हामि जस्तो आवेग र आबेशमा होइन द्रिन र बिचार अनि बुद्दिमत्ता तरिकाले अघि बढेको छ! देश बिकाश गर्न एउटा सोच हुनुपर्छ अनि योजना र एजेन्डा! बौलायर र बौरायर चिच्यायर हुदैन!

      बाबुरामले एउटा विमानस्थलको स्थरोन्नति र प्रगति अनि ब्याबस्थापन गर्न इन्डियाको कुनै अन्तरास्ट्रिय ब्याबसायिक कम्पनीलाई दिने चाहना राख्यो र तेस्कोलागी आह्वान गर्यो त अर्को दुइओटा अन्तरास्ट्रिय विमानस्थलको लागि पनि त योजना गर्दैछन! त्यो अर्को दुइ ओटा अन्तरास्ट्रिय बिमान स्थल बन्न सकेको खण्डमा यो हालको अन्तरास्ट्रिय विमानस्थल जुन इन्डियाको कुनै कम्पनीलाई स्थर उन्नति र ब्याबस्थापन केहि समयको लागि दियको छ यो बिमान स्थल स्वोत क्षत्रिय बिमान स्थलमा परिणत हुने छ!
      केहि गर्न खोजेकी देश बेच्नालाग्यो भन्ने सोच्ने र देख्ने! खालि जहा पनि जहिले पनि पाउदुरे रास्त्रियता र आदो देश भक्तिको पाखण्ड मात्र पोखी रहनु पनि जायज हुदैन हो!
      अरुले आफुलाई बिश्वास गरोस भएर चाहने अरुले आफुलाई केहि देवोस आफ्नो लागि केहि गरिदेवोस भनेर चाहनेले आफुले पनि अर्कोलाई बिश्वास गर्नु पर्छ पहिले!

      मदन जी, तपाहिलाई मा एउटा तितो कुरा भन्छु,
      ‘इन्डियाले नेपाल समात्न यरपोर्ट ब्याबस्थापन गर्ने नाटक गर्नु पर्दैन न त लगानी सुरक्षामा सम्झौता गर्नु पर्छ या न बाबुराम लाइ प्रम वा अर्को कसैलाई प्रम बनाउन पर्दछ! प्रकृतिले र भाग्यले ठगेको हाम्रो देश हामीले माने पनि नमाने पनि र भने पनि नभने पनि हाम्रो देश इन्डियाको अघोषित उपनिवेश हो!’
      अब यसो भन्दा मलाइ तपाही हरुले निर्घात गालि गर्नु होला तर यो सत्य हो अनि भन्छु!
      इन्डियाले नेपाल लिन नै चाहेमा वा नितान्त आफ्नो अधिनमा राख्ने नियत नै कसे नेपाल छिर्ने नाका र तेससंग सम्बन्धित बाटो हरु गोडा तिन महिनाको लागि बिगारी दिया पुग्छ! तिन महिना तेल र चार महिना नुन बन्द गरिदिय नेपाल आफै इन्डियाको हुने छ! तर इन्डिया लाइ थाहा छ यो देश इन्डियाको भयमा यो तिनीहरुको लागि रास्तिया र अन्तरास्ट्रिय तबर्रमै निकै घाडो हुने छ!
      नेपालको आर्थिक र सामाजिक बिकाशको लागि इन्डियाको सहयोग र सहायता अनि सदासयताको नितान्त आबस्यकता छ, अनिवार्यतानै छ भन्दापनि हुन्छ!
      यो मैले देखेको बुझेको र जानेको सत्य हो अब आगे तपाही सहमत हुनुस नहुनुस मलाइ रास्त्रघाती देश द्रोही देख्नुस, गालि गर्नुस राजा ज्ञानेन्द्रलाई त के महेन्द्रलाई नै बोलाउनुस जे गर्नुस सत्य बदलीदैन!
      आगे तपाहिको सोच!
      जदौ!

      Reply
      1. madan bajracharya says:
        July 30, 2012 at 11:44 pm

        गगनेज्यु/

        तपाईं जस्तो बाबुरामको आस्थावान समर्थक बात नेपाल “भारतको अघोसित उपनिवेश हो” भन्नु पनि तपाईको अन्तरात्माले नै तपाईंलाई गालि गरेको प्रमाण हो त् अब अर्को गालि हामिले गर्नु पर्दैन/ बाबुरामको समर्थकहरुको यस्तो धारणाले बाबुरामको रास्ट्रबाद कस्तो हुन्छ भनेर देखाउंछ/

        गगनेज्यु त्रिभुवन बिमान स्थललाई हामि कुनै अरु संस्थान बा कुनै कोशी गण्डकी महाकाली जस्तै ठान्नु हुँदैन/ तेस माथि त्रिभुवन बिमान स्थल मात्र नागरिकको होईन सेनाको विमानस्थल पनि हो/ याहा बाटै बिदेसी कुतनितिग्यहरु सिट प्रथम सम्पर्क बन्छ/ यसै कारणले पनि त्यो पूर्ण त् नेपालकै ब्यबस्थापनमा चल्नु पर्छ/

        हाम्रो त्रिभुवन बिमान स्थलजस्तो सानो बिमान स्थल जावो पनि ब्यबस्थान गर्न विदेशको कम्पनीलाई सुम्पनु पर्छ भन्ने बाबुरामको ले बाबुराम को योग्यतामा ठुलो प्रश्न चिन्ह लगायको छ/

        भारतले आज मात्रै होईन उहिले देखि त्रिभुवन बिमान स्थलमा उसको सुरछ्या दस्ताको उपस्थिति, र त्रिभुवन बिमान स्थलको ब्यबस्थापन मा उसको आधिपत्य जमाउन खोज्दै आयको थियो/ थाई र पाकिस्तानी विमानको दुर्घटना हुनुमा नेपालको कम्जोर राडार प्रणालीपनि यउटा कारण देखीय पछी जापान सरकारले नेपालमा अत्याधुनिक राडार प्रणाली निशुल्क जडान गरि दिने भनेको लगतै भारतले नेपालले तेस्तो अत्याधुनिक राडार प्रणाली जडान गर्नु परे तेस्को नियन्त्रण ब्यबस्थापन भारतले पाउनु पर्ने शर्त तेर्सायाकै कारण नेपालमा तेतिबेला राडार जडान गर्न नसकेको थियो/

        भारतीय जहाज अपहरणमा सलग्न व्यक्तिहरु भारतीय परिचय पत्र बोकेर बम्बे देखिने जहाज अपहरण गर्ने योजना बनायर नेपाल आयको थियो/ यो कुरा भारतको सरकार आफैले सार्वजनिक गरेको थियो/ ती अपहरणकारीहरुलाई जहाजमा चढाउने काम भारतीय बिमान कम्पनीकै कर्मचारीहरुले गरेको थियो/ अपहरण भयको भारतीय जहाज नेपालको भूमिमा उत्रिय देखि नउदे सम्म भारतीय बिमान कम्पनीकै नियन्त्रणमा थियो/ तापनि नेपालको सुरछ्या प्रणालीमा दोस देखायर त्रिभुवन बिमान स्थलमा भारतको सुरछ्या दस्ता राख्न पाउनु पर्ने दवाव दिंदै आयको थियो/ तर नेपालमा त्यो कुराको सर्वत बिरोध भयको कारणले मात्रै देखिने गरि भारतकै सुरछ्या दस्ताको उनिफर्म लगायको सुरछ्या दस्ता राख्न सकेको थियन/

        गगनेज्यु म तपाईंलाई यउटा समर्पित आस्थाबान मावोबादी मित्र मान्दै आयको थिय र मावोबादीको माग र तत्कालिन प्रधान मन्त्रि प्रचंद्र्को भनाई सुनेर मावोबादी नै कांग्रेस एमालेको सहि बिकल्प बन्ला जस्तै लागेको थियो तर बाबुराम प्रधान मन्त्रि बन्न बनाउन जुन खेल खेलियो र जसरि तपाईंहरु लगायत बिरोधि पार्टी र भारतले समेत् “प्रचंद्रलाई बाई बाई बाबुरामलाई सुस्वागतम” गर्दै पार्टी तुक्रिय तुक्रियोस अरु ठुला दल हरु सिट भयको सहमति टुटे तुतियोस तर बाबुराम प्रधान मन्त्रि बनिरहोस भन्ने नीति लियो तव मैले मावोबादी अब नेपालको राजनीतिमा एमाले भन्दा फरक नहुने देखें त् केहि आलोचंतात्मक टिप्पणीहरु गर्न थाले/

        दल सिधान्त्मा चल्छ र सिधान्तले नै दलको परिचय बनाउने कुरा पार्टीको नामले पनि प्रमाणित गर्छ/ त् दलीय राजनीतिमा शिधान्तबादीनै हुनु पर्छ ब्यक्तिबादी हुनु हुँदैन भन्ने कुरामा म बिस्वास गर्छु/ सहि सिधान्तबादिले आफ्नो गल्ति समेत केलाउनु पर्ने हुन्छ त् आफुले समर्थन गरेको पार्टीको गलत नीति र कार्यको पनि बिरोध त् गर्ने पर्ने हुन्छ तेसो नगरे पार्टीको समर्थक होईन पाल्तु बनिने हुन्छ/

        Reply
        1. गगने says:
          August 2, 2012 at 4:43 am

          ‘नेपाल भारतको अघोषित उपनिवेश हो!’
          मदन जी,
          बिचलित बनायो यो सत्यले?
          यसो भनि रहदा मेरो मन पनि निकै दुखेको छ! यो मेरो रहरले वा आनन्द प्राप्तगर्नको लागि भनेको होइन! सत्य तितो हुन्छ र यो मलाइ तेतिनै तितो र दुखद अनि पिडादायक छ तर पिडा हुन्छ भनेर सत्य आत्मासाथ नगर्दा त्यो पिलो जसरि भित्र भित्र पाक्दै र फैलदै जान्छ बरु तेस्लाई खुलेर आत्मासाथ गरेमा सहज स्वीकार्न सक्ने बन्दै जाने छ!
          यदि तपाइले यो कुरा देख्न बुझ्न सक्नु भयको छैन वा यो मान्न तयार हुनुहुन्न भने तपाइँ एउटा ठुलो भ्रममा हुनुहुन्छ भन्छु म!
          यो एउटा यस्तो सत्य हो जुन तपाही या म वा कसैले नाचाहदैमा मन नापराउदैमा र नस्विकार्दैमा असत्य हुदैन र मैले नभंदैमा यो सत्य परिवर्तन हुदैन!
          अब यो सत्य सिर्फ दुइ अबस्थामा मात्र परिवर्तन हुन सक्छ!
          – पृथ्वीमा अनाशाजनक प्रलय आयर तेस्ले प्रिथिवी को सांसारिक भूबनोट र भौगोलिक अबस्था परिवर्तन गरिदियामा!
          – या, नेपालले अत्याधिक आर्थिक बिकाश गरि इन्डिया भन्दा धेरै शशक्त शक्तिशाली आर्थिक शक्ति मा स्थापित भै इन्डियालाई नेपालको आर्थिक अधिनमा राख्न सकेमा वा इन्डिया नेपाल बात आर्थिक राहतको आशा गर्ने अबस्थामा पुगेमा!
          पहिलो अबस्थाको लागि हाम्रो भन्नु र गर्नु केहि छैन धेरै गरियो र गर्ने परे एउटा कालो बोका लागि कालीलाई चडायर भाकल माग्नु मात्र हो त्यो पनि सिर्फ मानाशिकता दर्शाउने वा माशु खाने भन्दा अरुथोक हुने छैन!
          दोश्रो अबस्था चाहि निकै योजनाबद्दा कुटिल र चतुर कार्ययोजनामा सफल हुदै र दुनियामा असम्भब भन्नेकुरा केहि छैन भन्नेकुरा सत्य बनाउन सके र यो देशलाई भाग्यले साथ् दियो भने सम्भब हुन सक्छ तर यो सम्भब नहुन्जेलाको लागि असम्भब नै छ! यसको लागि हाम्रो भाग्य खुल्नु पर्छ सहि र सहाशी योजनाहरु सफल हुनुपर्छ र इन्डियाको दुर्भाग्य शुरु भै उनीहरु असफलता तिर दोहोरिनु पर्छ अनि मात्र कयौ दशक या शताब्दि मा गै हुन पनि सक्छ!
          अन्यथा कसैले मानेर वा नमानेर कसैले चाहेर वा नचाहेर यो सत्य परिवर्तन हुदैन! यसलाई सत्य मान्न तयार हुदैन कोहि वा तपाही हुनुहुन्न भने त्यो तपाहिको द्रिस्त्री र दिमागको उपज बिचार हो! अब एउटा घाम जत्तिकै छर्लंग सत्यलाई देख्न र बुझ्न असमर्थ हुने सोच र दिमाग कस्तो होला त! कृपया दुख नमान्नु होला मैले यसो भनेर मेरो तपाहिलाई प्रत्यक्ष आरोपित गर्ने मनासाय र उदेश्य होइन यो!
          तेसैले हाम्रो लागि अर्थतन्त्रको बिकाश र आर्थिक समब्रिद्दी नै सबै भन्दा ठुलो कुरा हो!
          तपाही बुझ्नुहुन्छ र देख्न सक्नुहुन्छ आज बिश्वोमा र बिश्वोको देश हरुबीच आर्थतंत्र कसरि झान्गीयाको छ कसरि एक अर्कामा आर्थिक संजाल फैलाउदै परस्पर देश हरु एक अर्कोमा निर्भर हुदैछ हो तेसरिनै रास्त्रियता पनि विकेन्द्रित हुदै गयको छ!
          अठारौ शताब्दिको रास्त्रियाताको परिभाषा र उन्नाइसौ वा बिशौशताब्दीको र अझै भनौ बिशौ शताब्दीको उत्तरार्द र एक्काइसौ शताब्दीको पुर्बार्धको रास्त्रियता को परिभाषा मा तेती तात्विक अन्तर धेरै नभयपनी तेस्को उपादेयता प्रयोजन र संरक्षण बिधि आदि कुरा नितान्त फरक भै सकेको छ!
          यी कुराहरु लामो हुन जान्छ तेसैले यहि छाड्नु उपयुक्त होला तपाइँ आफै अध्यायन गर्नुस र बुझ्ने कोशिस गर्नुहोला र मात्र भन्न चाहन्छु कि,
          इन्डियालाई गालि गर्दैमा र रास्त्रियता र देश भक्तिको राग ठुलो स्वोराले धेरै पटक चिच्याउदैमा हाम्रो रास्त्रियता शुरक्षित हुने र रास्त्रबादी हुने होइन त्यो त पाखण्डी हरुले गर्ने कुराहो! आजको रास्त्रियाताको संरक्षण र सुरक्षा खुकुरी र गुलेलिले गर्न सक्दैन र केहि कुराले गर्छ र गर्न सक्छ भने आर्थिक समब्रिद्दी र बिकाशले हो!
          र हामीलाई आर्थिक बिकाश गर्न तेती सजिलो छैन र यसको लागि इन्डियाको सदासयता को नितान्त आबस्यक छ! आजसम्म हामि इन्डिया र इन्डियन उत्पादन र सामग्रीको बजार बनेका छौ अब हामीले हाम्रो आर्थिक उन्नतिको लागि त्यो परिस्थितिको ठिक उल्टो अबस्थाको सिर्जना गर्न सक्नु पर्छ र इन्डियालाई हाम्रो बजार बनाउन सक्नुपर्छ! तेस्को लागि हामीसंग गहन योजना र निकै चतुर अनि उपयुक्त नीति हुनु आबस्यक छ!
          हो यहि कुराको बिशेष र गहन अध्यायन गर्दै देशको राजनीति आर्थिक रुपान्तरण को लागि समर्पित र कतिबद्दा भै लागि परेको एउटा विद्वान ब्यक्तित्वो लाइ तपाइँहरु अनाहकमा नानाभाती लाक्षना लगाई लेन्डुप,दलाल, आदि नाना भाति आरोप र लाक्षना लगाउदै जुनसुकै कुरा र अबस्थामा पनि रास्त्रियाताको अत्तो थाप्ने कुराले कसलाई फाइदा गर्छ?
          आड़ो हरुले उचालेको रास्त्रियता घाडो भन्दा अर्को केहि हुदैन र घाडो रास्त्रियता ले न त रास्ट्र जोगिन्छ न रास्त्रियता नै सुरक्षित भै रहन्छ!
          हाम्रो सिमाना चलायमा रास्त्रियता र देश भक्ति जगाउ! अनाधिकारिक तबरले हाम्रो रास्त्रियातालाई र देश लाइ आंच पुर्यायो र अनाधिकृत र आकस्मिक दुस्ट्याईपूर्ण तबरले देश र हाम्रो आत्मसम्मानमा हस्तक्षेप हुनआयो भने उचालौ रास्त्रियता र परेमा जाइ लागौ!
          तर रास्त्रियता भन्दैमा हुदों खाडो संग जता पी जेमा पनि जहिले पनि जोड्ने उचाल्ने मच्चाउने गर्दा त रास्त्रियाताको दुरुपयोग होलानी र तेस्तो हुदा र रास्त्रियता को अतिरन्जित प्रयोगले त रास्त्रियता आबस्यक ठाउमा निर्धो होलानी फेरी!
          छाड्नुस लामो कुरा भो!
          नपाउनेले केरा पायो बोक्रे सुद्द खायो भन्ने उखानलाई चरितार्थ गर्ने तरिकाले रास्त्रियातालाई जतापनि जहिले पनि अतिरन्जित गर्दै नाझुन्द्यौनुहोला! रास्त्रियाताको जति मायार र प्यार तपाईलाई छ टी भन्दा कम मलाइ छैन भनेर भन्न चाहन्छु र तेसरिनै ठोकुवा बाबुरामको बारेमा पनि गर्न सक्छु!
          तर अब देशलाई आर्थिक समब्रिद्दी तिर दोहोर्याउनु परेको छ र तेस्कोलागी हामीले इन्दियासंग हातेमालो नगर्ने कुनै उपाय छैन न त बिकल्प नै छ! तेसैले इन्डिया संग नया र समयानुकुल परिवर्तित समयको नया सम्झौता र सम्बन्ध कायम गर्नु पर्ने छ किनकि इन्डियालाई बेवास्ता गर्नु भन्दा उसलाई उपयोग गर्न सक्नुपर्छ हामीले! इन्डियालाई बेवास्ता गरि आन्ध्र महासागरमा पौडी खेल्न जाने सपना देख्ने सोच्न सकियाला तर उठ्दा फेरी तेही रक्सौल र बिरगंज को काप आमा हुनेछौ हामि!
          अरुलाई अरास्त्रिया देखायर आफु रास्त्रबादी हुने कुरा एक्चिन्ते र मनचिन्ते हो यसो नहुनुनै राम्रो हो!
          किनकि मलाइ पनि मेरो देश प्यारो लाग्छ तेसैले देशको लागि आर्थिक समब्रिद्दी चाहन्छु र तेस्को लागि आर्थिक क्रान्ति आबस्यक छ!
          जदौ!
          शुभरात्री!

          Reply
          1. madan bajracharya says:
            August 3, 2012 at 1:19 pm

            गगनेज्यु
            अर्को मुलुकको रखेल जस्तै बनेको मुलुकलाई उपनिवेश भनिन्छ/ अब तपाईंले दोहाराई तेहराई आफ्नो आमा जस्तो नेपालाई भारतको अघोसित उपनिवेश हो भनेर आमा नेपालाई भारतको अघोसित रखेल भन्नु भयो/ अब म के भनु तपाईंलाई; यहि सब्द मेरो अगाडिनै कुनै भारतीयले भनेको भय जानेको थिय के गर्ने भनेर तर तपाईं म जस्तै आमा नेपालकै सन्तान पर्यो; दाई पनि हुन् सक्छ भाई पनि हुन् सक्छ; तेसैले मनमा दुख दुखायर बसे/ तर एउटा सलाह चाहि दीई हाल्छु यस्तो गलत कुरा गर्नु भयो भने तपाईंको बाबुराम अझै यक्लिनेछ; पार्टीको आधाले त् साथ् छोड्यो अब जनताले पनि ल हेर त् बाबुराम समर्थक हरुले त् नेपालाई भारतको अघोसित उपनिबेस हो भन्छ भने बाबुरामले त् ……; भन्ला/ गगनेज्यु आवेगमा प्रतिक्रिया नलेख्नुस; आफ्ना विरोधीहरु सिट पनि अलि बौद्धिक तरिकाले नम्र भयर देस प्रति माया देखायर बाबुराम को निमित मन जित्न खोज्नुस/

            Reply
          2. Shankar says:
            August 5, 2012 at 5:19 am

            मदन जी
            तपाइको हरेक लाइन लाइन बाट केहि सिक्न सकिन्छ |कति बौद्दिक कुरा गर्नु भयो |इतिहास देखि अहिले सम्म भौगोलिक हिसाब बाट घेरियेकोले इन्डियाले नेपाल को आन्तरिक मामला मा धेरै खेल्न पायो | तर उप्निबेस नै चै भएको थिएँ न जस्तो कि मरिच मान ले चिन सग हतियार किने ,जापान को बस ल्याए | देश मा नेपालि कल्चर ,नेपालि पन मा गर्ब गरिन्थ्यो | तेत्रो ओलम्पिक मा एक स्वर्ण पनि हात नापार्ने बेसरम इन्डियन भन्दा नेपालि खेलाडीले इज्जत राखेरै आउथे |
            पहिले नेपाल मा इन्डियन को हित मा लड्ने र उनको आवाज को प्रतिनिधित्त्व जानी न जानी नेपालि कांग्रेस ले गर्थ्यो |
            अब आज आएर उग्र बामपन्थी हरु ले त् सास्टांग दण्डवत नै गर्न पो थाले ,
            |राजनीतिमा भासन एकातिर हुन्छ ,बोल्ने एकातिर हुन्छ कहिले तेस्को पछी लाग्दैनन् बुद्दिजिबी हरु , परिणाम हेरेर मुल्यांकन गर्न पर्छ |
            देश को हित चाहने ले घटना अगी देश के थियो ,घटना पछी देश ले के पायो ,देश कता जादैछ ? घटना हरु के कालागि घटे ?
            नेपाल मा मावोबादीको आन्दोलन के का लागि मन्चन गरिएको थियो ?तेत्ति ले न हुने देखेर
            किन दर्बार हत्या काण्ड गराइएको रहेछ ?
            किन संघियता को बिसय उठाइएको रहेछ ,जसको लागि उत्तर को छिमेकी ले समेत सतर्क पार्ने नौबत आयो |
            राजनीति कुरा त् एउटा रिक्सा वाला ले पनि पनि गर्छ ,गबर्मेंट को कुरा समेत गर्छ |तर परिबर्तान्सिल राजनीति बुझ्न र गर्न दिमाग चाहिन्छ , तेसै भएर हो कोइ पार्टीमा सधै झण्डा मात्र समाएर बस्ने ,कोइ झंदावाला गाडी मा स र र कुद्ने |

            Reply
  36. Aman (Sydney) says:
    July 30, 2012 at 6:24 am

    नेताहरुले जस्तोसुकै नराम्रो काम गरेपनि राम्रो हो भन्ने अन्ध भक्त बिसालु नेपालीहरु ले नराम्रो अनि राष्ट्रघाती काम गर्दा पनि उनीहरुकै पछि लगेर जय जयकार गर्न नछोडे इको सम्म यी नेताहरु लै कुनै कुराको डर हुदैन / येस्मा हामि नेपालीहरुकै गल्ति छ / हामि नेपालीहरु सबै एउटा न एउटा पार्टीमुनि नबसी रहन नै सक्दैनौ / अनि आफ्नो पार्टीको नेताले जे नराम्रो काम गर्दा पनि जय जय/ नेपालमा राम्रो काम गरौनालाई र नराम्रो काम गर्दा दबाब अनि खबरदारी गर्ने नेपाली जनता को खाचो छ/ at lest नराम्रो कामको तारिफ नगरोस नेताको / अन्नेथा नेतालाई मात्रै गालि गरेर क काम/

    Reply
  37. Naresh says:
    July 30, 2012 at 6:17 am

    बाबुराम कसोरी सधै FIRST हुदा भैदो रहेछ भन्ने कुरा बल्ल आफै खोले; खुसुक्क चिठी लेखादा रहेछन …आफै बुझ्नोस!

    Reply
  38. Aakash ( Common wealth) says:
    July 30, 2012 at 5:31 am

    कुरो अलि गहिरो छ, कुवाको भ्यागुतोलाई कुवा भन्दा अरु संसार छ भन्ने लाग्दैन, जसरि हाम्रा नेता भनाउदाहरु लाइ भारत भन्दा अरु समाधान छ भन्ने लाग्दैन/
    अर्को कुरो….निन्धा र तिरस्कार गर्न हामि नेपालीहरु लाइ कसैले जित्न सक्दैन, पंचायत् ठिक, राजा ठिक, पंचायत बेठिक, राजा बेठिक, कांग्रेश ठिक, भो कांग्रेश बेठिक, ए मा ले ठिक, भो त्यो पनि बेठिक, रा प्रा पा ठिक, त्यो पनि बेठिक, मदेसी पार्टी ठिक , त्यो पनि बेठिक , प्रजातान्त्रिक प्रनालिनै बेठिक, गर्न्तंत्र ठिक, रास्ट्रपति ठिक, माओबधि ठिक, ईएईइस्स्स भुत्र्रो …लास्टमा त्यो पनि बेठिक अब भाडामा नदिए बाँकी रह्यो के ? कुन प्रणाली ? कुन पार्टी ? कुन नेता ?

    Reply
  39. द्रोण says:
    July 30, 2012 at 4:49 am

    यिनीहरु झुटो पनि दिउसै ,कति सजिलो सग बोल्दोरहेछ ,भर्खर जनार्दन सर्मा इन्टर भ्यु मा भन्दै थ्यो यो एयरपोर्ट दिने हल्ला मिथ्या हो भनेर |
    हुन् त् हत्या गर्न त् डर न मान्ने हरु लाइ झुट बोल्नु कुन ठुलो कुरा भोर |

    Reply
  40. bkpandey says:
    July 30, 2012 at 4:46 am

    दाल मे कुछ नही बहुत काला है ?????हो त्रिभुबन बिमानघाट को अवस्था नाजुक छ ( बिसेस सौचालय देखि ) सबै राजनैतिक पार्टीको पनि हाल त्यो सौचालय भन्दा गनाउने अवस्था २२ बर्स देखिनै छ,हिजो हात्तीछाप चप्पल लगाउनेको आज कति सम्प्पति छ भन्ने ५ बर्सको बालखलाई पनि थाहा भएको कुरा हो.तर आजको नेपालका नेताहरु यति पतित भैसके कि यिनलाई लाज,सरम,धरम,मानबता,सिधान्त केहि नभए पछी ,नेपाली जनताले सिटामोल किन्न नसक्दा मर्नु परेको छ,नुन जस्तो पनि खान पाउदैनन,अनि यी बिसिस्थ व्यक्ति ( ब्वासा ) लाई एक पटक कुर्सीमा बसे पछी चाही नमरुन्जेल सम्म सबै सुबिधा पाउने जस्ता देसको ढुकुटी रित्याउनमा चाही कसरि १००% सहमत भाको ?????संबिधान चाही चारवर्षमा पनि बन्न सकेन ????? नेपालमा दलविहीन राजनैतिक प्रणाली राम्रो होला जसो मलाई लाग्छ.जाली फटाहा हरु पंचायतीकालमा राजनीति मा लागेका थिए,फरक चाही अहिले गगन थापा ले चुनाब जितेको सिटमा कुजता कुर्सीमा बस्छे.अति भो नेपालमा अराजकता,अब सबै नेपालीले देस कता गइ राखेको छ , चिन्ता गरि अभियान चलाउनु पर्यो.

    Reply
  41. Ramesh says:
    July 30, 2012 at 4:43 am

    एरपोर्ट लै परिबर्तन त् गर्नै पर्ने हो तर यस्तो चोर बाटो बाट होइन, खुल्ला प्रतिस्पर्ध बाट गर्नुपर्छ
    ———————————-
    एरपोर्टमा मेरा केहि अनुभवहरु
    —————————-
    १. अस्ति USA को लागि रति ९ बजे तिर taxi लिएर main गेट छिरेको एकछिन पछी Rifle
    बोकेको एक जना प्रहरी ले Taxi रोकेर bag मा के छ सोध्यो? मैले समान छ भने
    अनि कहाँ जान लागेको? USA जान लागेको भनेपछि छड़दियो. के हो यो , गजब छ बा
    २. इन्तेर्नेशन टर्मिनल को gate छिर्ने बितिकै एक जना प्रहरी ले trolley बाग खोल्न भन्यो.
    मैले x रे मा चेकक गर्ने हो नि किन खोल्नु पर्यो भन्दा त जिद्दी गर्न थाल्यो. कति मीलाएर समान
    राखेको छु अप्ठ्यारो हुन्छ भन्दा पनि मानेन. मैले के बेकारमा जाने बेला मा discuss
    गरिरहु अनि लास्ट मा खोल्नु नै उचित ठाने. अनि तार सार देखेर के हो सोध्यो . मैले Laptop
    को charger हो भने. अनि कहाँ जान लागेको , मैले USA भने. अनि पहिले नै भन्नु पर्थ्यो
    भनेर छड़दियो. मेरो पहिलो flight कतार को भएर सुर्ती, जर्दा खोजेको रे.
    ३. इम्मिग्रेशन अघि कि पछी हो बिर्से अँध्यारो, light न भएको passage
    ४. डोमेस्टिक टर्मिनल को तोइलेट को कुरै नगर्दा हुन्छ. छ्याप छ्याप Pishab १७० रुपिया के का लागि लिंदा हुन्?

    Reply
  42. धीरज शाक्य says:
    July 30, 2012 at 4:11 am

    घरको नक्सा बनाउने भाग्य बोकेका बाबुरामको राजनीति त केवल रहर मात्र रहेछ। आफ्नो बुद्धीले नभ्याएपछि खालि अर्काकै लै-लैमा जे पनि ट्राइ गर्ने बाबुरामलाई यस्तै हो भने चाँडै मानसिक अस्पताल भर्ना गर्नुपर्ला…………..

    Reply
  43. Pratik says:
    July 30, 2012 at 2:24 am

    This is clear evidence that Prime Minister lied to the country and his countrymen.
    It is a dark mystery why an Indian company was chosen by this government to manage the only international airport of the country. Airport as it is a very sensitive to a country. What was the motive behind this decision?

    If things go like this, one day this government will openly hire a team of Indian people to manage the government of Nepal. Behind the scene, this is already happening anyway.

    When will Nepalese politicians be sincere to Nepal and Nepalese sentiment? It looks like they are so eager to make Nepal an annexe of India? My question is why?

    We should introduce border control and visa system with India. Open border should be a thing of the past now.

    Reply
  44. के.पी.अविश्रान्त,प्रगतिनगर,नवलपरासी says:
    July 30, 2012 at 2:01 am

    अब करिब डेढ महिनामा हिन्दु नारीहरुको प्रमुख चाड हरितालिका (तिज) आउदैछ / तीजका नयाँ एल्बमहरु पनि आउने तयारी होला तर मलाई त त्यहि पुरानै गित सान्दर्भिक लाग्यो,
    “बाबुराम कुन चराको नाम, नयाँ नेपालमा “

    Reply
  45. के.पी.अविश्रान्त,प्रगतिनगर,नवलपरासी says:
    July 30, 2012 at 1:54 am

    हैन बाबुराम ज्यू, किन बिमानस्थल मात्रै सत्ता संचालनको ठेक्का पनि घोषणा नै गरेर दिदा हुदैन र? कि आफ्नो कुर्सी जाला भन्ने पिरले यस्तो पत्रको परिकल्पना गर्नुभएन?

    Reply
    1. Harke says:
      July 30, 2012 at 2:52 am

      लालुरामले (बिहारी लालुको नेपाली रुप) गर्ने कुकृत्यको कहिले घोषणा गर्दैन र घोषणा गरेको कुरा गर्न जानेको छैन….!

      Reply
  46. suprabhat Shrestha says:
    July 30, 2012 at 1:21 am

    मैले त बाबुरामलाई त्यस्तो जादूगर होला भनि सोचेको पनि थिएन/तर नेपाली जनताहरुले बाबुरामबाट केहि राम्रै आशा गरेका थिए/तर यो त लेन्डुप दोर्जे कम दलालनै रहेछ बाबै/मलाइ पटक पटक गणेश मानले भनेको याद आउछ>ग्हू खाने जनता</नेता भएर जनतालाई यस्तो किन भनेको होला जस्तो लाग्थ्यो/आजकल त यो महाबानी नै हो जस्तो लाग्छ/किन भने नेपाली जनताले यस्ता नेता र ज्यानमाराहरुलाई जेल हाल्नु पर्नेमा सत्तामा पु-याए/

    Reply
  47. roshan says:
    July 30, 2012 at 12:09 am

    नेपाल नै दिन बेर लागौदैना बाबु राम ले किन भने पहिला नै सौदा भैसक्या छ प्रधानमन्त्री को कुर्ची संग.

    Reply
  48. padam says:
    July 30, 2012 at 12:08 am

    छेपारो रुपी यी स्याल लाई लाज नै छैन/बाबुराम लाज मान यार /अनि भनेको छैन रे /क्रान्तिकारी भएर भारत संग सुटुक्क सम्झौता गर्छस

    Reply
  49. Phanindra says:
    July 29, 2012 at 11:52 pm

    एरपोर्ट जिम्म्मा नै लगाउने हो भने जापान लाई दियो भने राम्रो/ साएद येस्मा कमै बिरोध होला र काम पनि राम्रो होला/

    Reply
  50. Deep says:
    July 29, 2012 at 11:26 pm

    “IND प्रभु” जी रिसाउने भए !!!

    बिचरा बाबुहनुमान, अब पुछार कसरि हल्लाउछन् ?

    मुलुकै बोकेर उड्ने आँट गर्ने त हैनन् …

    Reply
  51. sunil khadka says:
    July 29, 2012 at 11:23 pm

    लेन्डुप दोर्जे हुन यो माओबादी लाई किन आतुरी भएको हो मैले बुझिन , थुक्क बाघ को खोल ओढेको बिरालो , यो देश को के हालत हुने हो अब ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme