Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: Salokya

के हेरेर दियो शिक्षा मन्त्रालयले ‘नक्कली’लाई मान्यता?

Posted on September 19, 2012September 20, 2012 by Salokya

विदेशमा अमान्य युनिभर्सिटीलाई नेपालमा मान्यता विदेशी डिग्री भनेपछि नेपालीहरु मरिहत्ते गरिहाल्छन्। चाहे त्यो विदेशमा मान्यताप्राप्त होस् कि नहोस्। त्यही भएर अहिले विदेशी विश्वविद्यालयको सम्बन्धन (affiliation) लिएर नेपालमै विदेशी डिग्री पढाउनेहरुको बिगबिगी छ। सम्बन्धन छ भन्दै जथाभावी पढाउने काम भइरहेको छ। सम्बन्धन लिएर मात्र हुँदैन, त्यसको अनुमति पनि शिक्षा मन्त्रालयबाट लिनुपर्छ। शिक्षा मन्त्रालयले ६६ वटा कलेज… Continue reading

तीजको रहर….

Posted on September 18, 2012September 18, 2012 by Salokya

तीजको दिन महादेव मन्दिर वरपर निकै रमझम हुन्छ। त्यही हेर्न दिउँसो लागेको थिएँ बसन्तपुर। ठूलै भीड थियो। राजनीतिक कार्यक्रमहरु पनि थिए। महादेवपार्वती डबलीमा प्रधानमन्त्री अतिथि हुने कार्यक्रम थियो, अलि पर कुमारी घरनजिकै अर्को राष्ट्रिय जनमोर्चाको संघीयताविरोधी तीज कार्यक्रम थियो। मखनको महादेव मन्दिर वरपर भने सर्वसाधारण थिए। म त्यतै लागेँ। त्यतै खिचेका तीजका केही फोटोहरु हेर्नुस्।

तीजमा डिस्को डान्स

Posted on September 18, 2012September 18, 2012 by Salokya

यस पटक तीजको रमझम पहिलेभन्दा फरक देखेँ। नाचको शैलि पनि बदलिएछ। बसन्तपुरमा स्पिकर घन्काएर नाच्नमा धेरै रमाएका देखिए। ‘नाचौँ हामी डिस्कोमा तीज’गीतमा सबभन्दा रमाई रमाई उफ्रीउफ्री महिला नाचेको देखियो। छोटो भिडियो पनि खिचेको छु। भिडियो हेर्न भित्र आउनुस्।

शुभकामना तीजको !

Posted on September 18, 2012September 18, 2012 by Salokya

हाँसौँ, नाचौँ, रमाऔँ। तीज मनाउने सबै महिलालाई शुभकामना!

पुस्तक अंशः खोज (भाग ४)

Posted on September 16, 2012September 16, 2012 by Salokya

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक आइतबार प्रकाशन हुँदैछ। गत हप्तादेखि खोजको सुन्ने किताबको अंश पनि राख्‍न थालेको छु। सुन्ने किताबको अडियो यो ब्लगको सबैभन्दा पुछारमा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ तेस्रो भाग यहाँ… Continue reading

कतारमा नेपालीको संख्या त्यहीँको नागरिकभन्दा बढी

Posted on September 16, 2012September 16, 2012 by Salokya

कतारमा नेपाली ‘डन’को आतंक विषयमा रवि रोषीको एक महिनाअघिको ब्लग पढ्दा धेरैले अचम्म मानेका थिए। विदेशी भूमिमा पनि नेपाली अपराधीले नेपालीलाई दुःख दिँदो रहेछ भनी सबै अचम्म मानेका थिए। उनीहरुले कल्पना गरेका थिएनन्, कतारमा कति नेपाली छन्? भर्खरै एउटा तथ्याङ्क सार्वजनिक भएको छ। तथ्याङ्क अनुसार कतारमा नेपालीको संख्याले त्यहीँका नागरिकहरुको संख्यालाई उछिनिसकेको छ। कतारमा कतारीको… Continue reading

अहिले यस्तो कसैले बनाएको भए… ?

Posted on September 15, 2012September 16, 2012 by Salokya

एक जना कलाकारले बनाएको चित्रलाई लिएर अहिले भइरहेको बहस देखेर मेरो मनमा जागेको सामान्य जिज्ञासा हो यो। मैले कसैको समर्थन वा विरोध गरेको हैन। समाजको ठूलो हिस्सालाई यदि आफ्नो आस्था र विश्वासप्रति ठेस पुगेको महसूस हुन्छ भने त्यस्तोमा आफ्नो अभिव्यक्ति स्वतन्त्रता नखोजेकै राम्रो हुन्छ भन्ने मेरो मान्यता हो। तथापि अहिले भइरहेको विरोध हेर्दा हाम्रो समाज… Continue reading

बन्दमा डिस्काउन्ट दिने चलन

Posted on September 14, 2012 by Salokya

तीन दिनभित्र दोस्रो बन्द थियो आज। बुधबार विद्यार्थीहरुले बन्द गरेका थिए। आज भने क्रान्तिकारी भनाउन रुचाउने वैद्य माओवादीको पालो रहेछ। कस्तो होला बन्द भनेको त कलंकीदेखि सुन्धारासम्म जाँदा कालिमाटी चोकमा मात्रै केही कार्यकर्ता थिए। जोश हराएका कार्यकर्ताहरु जस्ता देखिन्थे। फाट्टफुट्ट चलाइरहेका मोटरसाइकलहरु फर्काइरहेका थिए। कालिमाटी चोकबाहेक अरु कतै कार्यकर्ताहरुको नामोनिशान थिएन। बरु यसरी गाईवस्तुहरु सडकमा… Continue reading

सहमति भयो : यस्ता चित्र आइन्दा बनाउँदिन, देखाउँदिन

Posted on September 14, 2012September 14, 2012 by Salokya

अपडेट : आपत्तिजनक चित्रकला बनाएपछि विवादमा तानिएका कलाकार मनीष हरिजन र उनको चित्रलाई प्रदर्शन गर्ने सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालिका संगीता थापाले बिहीबार सिडिओ कार्यालयमा आइन्दा त्यस्तो चित्र बनाउने र नदेखाउने कागजमा हस्ताक्षर गरेका छन्। दुई वटा साह्रै आपत्ति जनाइएका चित्र हटाएपछि प्रदर्शनी फेरि सुरु भएको छ। यसअघि प्रशासनले ग्यालरी सिल गरेको थियो। विवादित चित्र कला… Continue reading

कम्प्युटर चलाउन नजान्नेको प्रमोसन नहुने

Posted on September 12, 2012September 12, 2012 by Salokya

शिक्षा सचिव सुरेशमान श्रेष्ठले आज एउटा गजबको कुरा गरेको खबर मिडियामा आएको छ। उच्च माध्यामिक शिक्षा परिषद् पोखरा कार्यालयको निरीक्षणका क्रममा उनले भनेछन्- ‘२१ औँ शताब्दीमा समेत कम्प्युटर चलाउन नजान्ने कर्मचारीको प्रमोसनको फाइल अगाडि बढ्दैन। कार्यालको प्रमुख होस् या पियन अब सबैले कम्प्युटर चलाउन जान्नै पर्छ।’ कुरो ठीक हो। तर व्यवहारिकता नि हेर्नुपर्‍यो। समाचारको स्रोत… Continue reading

विश्वकप खेल्न पाउला त नेपालले ?

Posted on September 10, 2012September 11, 2012 by Salokya

लिग च्याम्पियन बन्दै २ पटक पछार्‍यो अमेरिकालाई नेपालले फुटबलको विश्वकप खेल्नु अझै सपना नै हो नेपालका लागि। तर क्रिकेटको विश्वकप भने नेपालले खेलिसकेको छ। कम्तिमा १९ वर्षसम्मका खेलाडीले खेल्ने विश्वकप भए पनि। वयस्कहरुकै विश्वकप नि? गाह्रो छ, तर असंभव छैन। फुटबल जस्तो धेरै धेरै नै टाढाको लक्ष्य पनि हैन। यो आशा जगाइदिएको हो विश्व क्रिकेट… Continue reading

MySansar Exclusive: खोज (भाग ३)

Posted on September 9, 2012September 9, 2012 by Salokya

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक आइतबार राख्न थालेको छु। आजदेखि खोजको सुन्ने किताबको अंश पनि राख्‍न थालेको छु। सुन्ने किताबको अडियो यो ब्लगको सबैभन्दा पुछारमा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ लुकेका प्रतिभा -कर्ण शाक्य-… Continue reading

लौ आयो डिस्काउन्ट, अपराधीहरुलाई डिस्काउन्ट!

Posted on September 5, 2012September 6, 2012 by Salokya

मौकाको फाइदा उठाउनुस्, १५% सम्म छुट पाउनुस्! केही भ्रष्टाचारी ठहर भएकाहरुले कैद र जरिवानामा २० प्रतिशत डिस्काउन्ट पाउँदा नेपालको कानुनी व्यवस्थाबारे थाहा नभएकाहरुले जिब्रो टोकेका थिए- आम्मै, यस्तो नि हुने रैछ र भन्दै। उनीहरुलाई के थाहा, फैसला भएको मितिले ६० दिनभित्र आफै अदालतमा उपस्थित भएमा मात्र २० प्रतिशत डिस्काउन्ट होइन, ६० दिन नाघेमा पनि डिस्काउन्ट… Continue reading

काठमाडौँमा बेलायतको जस्तै ट्राफिक लाइट

Posted on September 5, 2012September 5, 2012 by Salokya

काठमाडौँका आठ स्थानमा बेलायतको जस्तै ट्राफिक लाइट जडान भएको छ। ती लाइटहरु सञ्चालनमा आइसकेका भने छैनन्। यसअघिका लाइटहरुभन्दा यो फरक छ। बेलायतमा सन् १९६९ मा सुरु भएको पेलिकन लाइटको प्रयोग यहाँ पनि गरिएको हो। पेलिकनको अर्थ हो pedestrian light controlled बेलायतमा सुरु भएको भए पनि विश्वका विभिन्न देशमा पनि यसको प्रयोग हुन्छ। तर अचम्म, नेपालमा… Continue reading

अब भूतको हल्ला नहोला कि !

Posted on September 4, 2012September 4, 2012 by Salokya

गएको अप्रिलमा राजधानी काठमाडौँको मुख्य स्थान न्युरोडमा दिउँसो अफ आवरमा पनि ठूलो जाम भयो। किन रहेछ भन्दा पिपलबोटको ठ्याक्क अगाडि पुरानो रन्जना हल जाने गल्लीको मुखैमा रहेको घर हेर्न मान्छेहरुको ताँती लाग्यो। के थियो र त्यो घरमा ? भूत ! भीड भन्थ्यो- भूतले मान्छे पिट्यो रे। कोही कोही ऊ ऊ छायाँ देखियो भन्थे। कोही भूतले… Continue reading

नक्कली भ्याट बिलमा व्यापारी दोषी

Posted on September 4, 2012 by Salokya

नक्कली भ्याट बिल कान्डमा सरकारले निर्धारण गरेको जरिवाना चित्त नबुझेर त्यसलाई उल्ट्याउन पाइएला कि भनेर राजस्व न्यायाधीकरणमा पुनरावेदन गर्न गएका व्यापारीहरुले त्यहाँबाट पनि लोप्पा खाएर फर्कनु परेको छ। न्यायाधीकरणले व्यापारीविरुद्ध फैसला गरेका चार कम्पनीको मुद्दामा कुख्यात व्यापारिक घराना चौधरी ग्रुपको अरुण कन्टिनेन्टल र त्रिवेणी ग्रुपको विश्वकर्मा सिमेन्टसमेत पर्छ। पूर्व सभासद विनोद चौधरीका कान्छा भाइ अरुण… Continue reading

MySansar Exclusive: खोज (भाग २)

Posted on September 2, 2012September 4, 2012 by Salokya

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ बजारमा आएको धेरै भएकै थिएन, माइसंसारमा प्रकाशन गर्ने अनुमतिसहित पूरै पुस्तकको सफ्टकपि पठाउनुभएको थियो। लेखकले अनुमति दिए पनि म आफैले यहाँ राख्‍न धेरै समय लिएको हुँ। बीचमा ‘सोच’ जस्तो यसलाई पनि अडियोमा नै प्रस्तुत गर्ने कि भन्ने पनि तयारी भएको थियो। तर… Continue reading

जाने हैन त काठमाडौँ- हेटौडा सुरुङ मार्गमा ?

Posted on September 2, 2012September 2, 2012 by Salokya

काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने त झन् १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटोबाट भने द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ।

अमेरिकी कम्पनीले नेपालमा पेट्रोल खोज्ने

Posted on August 30, 2012August 30, 2012 by Salokya

के नेपालीले नेपाल कै पेट‌्रोल प्रयोग गर्ने दिन आउला ? के खाडीको हैन, विराटनगर, राजविराज वा जनकपुरमा उत्खनन् गरिएको पेट्रोलियम पदार्थ प्रयोग होला? वर्षौँ भयो नेपालीले यस्तो सपना देखेको! स्कूले शिक्षामा समेत हामी नेपालमा पेट्रोलियम पदार्थको खानी रहेको पढ्थ्यौँ। तर अहिलेसम्म पेट्रोलियम पदार्थको प्रयोग बारे ठोस काम हुन सकेको थिएन। अहिले अलिकति आश जगाउने काम… Continue reading

बीबीसी पत्रकारविरुद्ध पाँच मुद्दामा आज सुनुवाई

Posted on August 30, 2012September 1, 2012 by Salokya

अपडेटः घरेलु हिंसा, अदालतको मानहानी र सम्बन्ध विच्छेदको मुद्दामा सुनुवाईपछि न्यायाधीशले यसै मुद्दासँग सम्बन्धित सबै नयाँ मुद्दालाई एकीकृत रुपमा पेश गर्न आदेश दिए। नयाँ मुद्दामा सुरेन्द्रले अदालतको मानहानी, गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् भने चरिनाले यौन दुर्व्यवहार, साइबर धम्की/मानहानीको नयाँ मुद्दा दायर गरेकी छिन्। अब यी सब मुद्दालाई एकीकृत गरी २५ सेप्टेम्बरमा अर्को सुनुवाई… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 191
  • 192
  • 193
  • 194
  • 195
  • 196
  • 197
  • …
  • 199
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme