Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मंगल ग्रहको महंगो यात्रा

Posted on August 6, 2012August 6, 2012 by Salokya

रातो ग्रहका रुपमा चिनिने मंगल ग्रहबारे धेरैले धेरै किसिमका कल्पना गरे। कति कथा र फिल्महरुमा त मंगल ग्रहवासीहरुले पृथ्वीमा आक्रमण गरेको समेत देखाए। यो ग्रह सँधै मानवका लागि क्युरियोसिटी (जिज्ञासा) जगाउने कुरा भइरह्यो। त्यहाँ अहिले जीवन छ होला त ? पहिले जीवन थियो कि ? यही जिज्ञासा मेटाउन मंगल ग्रहका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले क्युरियोसिटी नामको रोबोट यान मंगल ग्रहमा पठाएको थियो। सूर्यलाई परिक्रमा गर्ने क्रममा मंगल ग्रह र पृथ्वीको दूरी कहिले बढी कहिले घटी भइरहन्छ। नजिक हुँदा यो ५४६००००० किलोमिटर टाढा हुन्छ, टाढा हुँदा त ४०१०००००० किलोमिटर टाढा। त्यसैले पृथ्वीबाट यो यान राखेर उडाएको रकेट त्यहाँ पुग्न यसले अन्तरिक्षमा आठ महिनाको यात्रा गर्नुपर्‍यो। त्यसपछि आज बिहान ११ बजेतिर मंगल ग्रहको atmosphere छेड्न सात मिनेट लाग्यो। र, मंगल ग्रहमा सफलतापूर्वक यो अवतरण गरेको खबर आयो।

के हो क्युरियोसिटी मार्स रोभर ?


यो कार आकारको रोबोट हो। यसको निगरानी र नियन्त्रण लस एन्जल्स नजिकै रहेको नासाको जेट प्रोपुल्सन ल्यावरोटरीले गर्छ। मंगल ग्रहको भूमिमा अवतरण गर्ने यो सबैभन्दा ठूलो रोबोट हो। मंगल ग्रहको atmosphere भित्र प्रवेश गर्दा त्यसलाई पृथ्वीबाट हेर्न र नियन्त्रण गर्न सकिँदैन थियो। प्रवेश गर्ने, ल्यान्ड गर्ने काम रोबोट आफैले गरेको हो। त्यसैले यो सात मिनेटको समयलाई आतंकको रुपमा नासामा हेरिएको थियो। अवतरणको भिडियो यानमा भएको क्यामेराले खिचेको छ। सोमबार वा मंगलबारसम्म नासामा यो आइपुग्नेछ।

वास्तवमा यो रोबोट भूगर्भविद् (geologist) र रसायनविद् (chemist) दुवै हो। यसले त्यहाँको नमूना परीक्षण गर्दै नतिजा पृथ्वीमा पठाउनेछ।

म‍ंगल ग्रहको गेल क्रेटरको कलाकारले बनाएको चित्र। फोटोहरुः नासा

मंगल ग्रहको गेल क्रेटरमा यसले ल्यान्ड गरेको छ। त्यत्रो माथिबाट खसेको हुनाले अहिले यो त्यहाँको भूइँमा धस्सिएको छ। यसमा भएका विस्फोटक उपकरणको प्रयोग गरेर यसले पहिलो दिनमा आफूलाई मुक्त गर्नेछ। त्यसपछि बल्ल यसको क्यामेराले आफू ल्यान्ड भएको ठाउँको चारैतिरको प्यानोरेमिक फोटो खिचेर पठाउनेछ।

कति खर्च लागेको छ ?

यो रोबोट विकास गर्नलाई मात्र नासाले साढे दुई अर्ब अमेरिकी डलर खर्च गरेको छ। यसको नेपाली रुपियाँ कति हुन्छ र नेपालका कति वटा आर्थिक वर्षका बजेट त्यसले धान्छ, त्यसको हिसाब तपाईँ गर्दै गर्नुस्। नासाले भने त्यहाँ जीवनको अस्तित्व थियो कि थिएन भन्ने प्रमाण खोज्नमात्रै १० वटा विशेष उपकरण त्यसमा राखेको छ। अहिलेसम्मकै सबैभन्दा ठूलो र जटिल रोबोट भूगर्भविद् हो क्युरियोसिटी।

किन यत्रो महत्व ?

Curiosity Science Payload: Mastcam = Mast Camera; ChemCam = Chemistry and Camera instrument; RAD = Radiation Assessment Detector; CheMin = Chemistry and Mineralogy instrument; SAM = Sample Analysis at Mars gas chromatograph/mass spectrometer; DAN = Dynamic Albedo of Neutrons; MAHLI = Mars Hand Lens Imager; APXS = Alpha Particle X-ray Spectrometer; REMS = Rover Environmental Monitoring Station. MARDI, the Mars Descent Imager, will shoot video of the rover's descent. The brush, drill, sieves and scoop are tools on the rover's robotic arm. NASA/JPL-Caltech

के म‌ंगल ग्रहमा अहिलेसम्म केही अनुसन्धान भएका थिएनन् ? हैन, निकै भइसकेको छ। भाइकिङ वान र टु पनि मंगल ग्रहमा अवतरण गरेको थियो र त्यसले मंगल ग्रहका चट्टानहरुको विश्लेषण गरेको थियो। मंगलमा अवतरण गरेका स्पिरिट र अपर्च्युनिटी यानले त्यहाँ पानीको अस्तित्व रहेको प्रमाण फेला पारेको थियो भने अर्को यान फोनिक्सले मंगल ग्रहमा हिउँ देखेको थियो। त्यसो भए यसलाई किन यति महत्व त ?

किनभने यो मंगल ग्रहमा अवतरण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो रोबोट हो। र यसले हाम्रो सबैभन्दा चासोको विषयलाई खोज्नेछ- के मंगल ग्रहमा अहिले वा पहिले जीवनको कुनै अस्तित्व थियो ? यही खोज्नलाई यसलाई विशेष उपकरण जोडेर पठाइएको छ।

27 thoughts on “मंगल ग्रहको महंगो यात्रा”

  1. Sunita Tamang Lama says:
    August 7, 2012 at 6:11 pm

    यो कुरा सुन्दा पढ्न पाउदा अति गर्ब लाग्यो अर्काको देशमा त्यस्तो त्यस्तो कुरा को पत्ता लगाउने सोचेर ल्याउदा अचम्म लाग्छ खोइ हाम्रो देशको त केहि छैन न नेताले नै गर्न सक्यो न केहि कुनै एजेन्सी कम्पनी नै छ ? नेताको त के कुरा हामी आफैले आफ्नै कुनै कुराको परिपक्क गर्न सक्दैनौ कस्तो होला हाम्रो दिमाग ? मान्छे हुदा हुदा मंगल ग्रहमा समेत …?
    मान्छे जन्मिनु त त्यस्तो…

    Reply
  2. achut says:
    August 7, 2012 at 4:31 pm

    हाम्रै देश पनि मंगल ग्रह भन्दा के कम छ र,धुलो उडेकै छ,बत्ति कता हो बिजुली चम्किदा मात्र आउछ,पानी त छ नि तर मेलम्ची तिर मात्र,ओखती-मुलो को नाम मा जिबनजल को धुलो नि छैन……बरु एउटा राम्रो राज-नेता खोज्न सक्ने रोबोट बनाएर झार्दे हुने कसैले…..////

    Reply
  3. Ravi Aryal says:
    August 7, 2012 at 5:22 am

    मैले सानोमा पढेको थिए कि मंगल गह्रमा पनि जीवको अस्तित्तो छ र उनीहरु यस पिर्थीबीका मानब भन्दा अत्यन्तै ट्यालेन्ट पनि छन,अमेरिकाले यो यान त्यता पठाएर कतै उनीहरुसंग निहु खोजेको जस्तो नहोस!!

    Reply
  4. Rajendra says:
    August 7, 2012 at 1:44 am

    केहि बर्ष मै यी नेताहरुले नेपाललाई मंगल ग्रह भन्दा अगाडी लाने छन्, फेरी मंगल ग्रह को खोज गर्ने दुनिया को झन्झट खत्तम !

    Reply
  5. Gaurav Nepali "Oodaaseen" says:
    August 6, 2012 at 11:26 pm

    बिशाल ब्रम्हाण्ड भित्रको एउटा ग्रह मंगल ! यो ब्रह्माण्ड बिशाल छ भनेर हिन्दु ग्रन्थहरुमा धेरै पहिले नै भनियको छ, मंगल ग्रहमा पुग्नु पनि यसकै सारतत्व हो कि? यो सारा ब्रह्माण्ड एउटा इश्वोरिय शक्ति कणबात बनेको छ र हामी सबैमा त्यो कण छ ! त्यसैले भगवान्ले म सबैमा छु र सबै ममा नहुन सक्छन भनेका हुन्, जो हिन्दु ग्रन्थमा पढ्न पाईन्छ ! पृथिबी ग्रहमा बस्ने मान्छे भन्दा पनि अति बिकसित मान्छे (एलियन) अर्को ग्रहमा बस्छन ! फगत यो त सुरुवात मात्र हो !

    Reply
  6. rakesh says:
    August 6, 2012 at 11:17 pm

    यस सफलताको कथाबाट हामी नेपालीले महत्वपूर्ण पाठ सिक्नु पर्छ…. कुनै पनि कार्य सफल पार्न right attitude चाहिन्छ …. “A vision without action is a dream. Action without vision is nonsense. A vision with action can change the world” यो भनाइ कति सार्थक छ भन्ने कुरा कथाले पुष्टी गर्छ …. हाम्रा नेताका attitude हेरौ -जनतालाई सक्दो झुक्याउने,,,
    – देशलाई सक्दो लूटने,,,,
    – जनतालाई आफ्नो पुरा गर्नै नसक्ने vision देखाउने ” नेपाललाई singapore बनाईदिन्छु ”

    – देश बिकाशका कार्यहरुलाई थाती राख्ने, टार्ने, देखावटी बनाउने,,,,,
    – आफु भन्दा अर्को शक्तिसाली भए टुटाउने, गिराउने, फुटाउने,,,,,
    – action को त कुरै छोडौ …आफुलाई बनाऊ दै ठिक्क
    यस्तो attitude ले देश कसरी बनाऊ छन् हाम्रा नेताहरुले ….फेरी हामी किन यस्ता attitude भएका नेताहरुलाई चुन छौ….

    Reply
  7. avaya says:
    August 6, 2012 at 10:36 pm

    हाम्रो देसका नेताहरुलाई तेही यानमा राखेर मंगल ग्रहमा पठाउनु पर्ला जस्तो छ, फिर्ता नआउने गरि ! अनि, देशको केही भलो हुन्थ्यो कि!

    Reply
  8. Bino, Italy says:
    August 6, 2012 at 9:17 pm

    हेर मान्छेहरुले के के गरिसके, मंगलग्रहमा पुगेर के के पत्ता लगाईसके तर हाम्रा देशका नेता हरुलाई हेर संबिधान लेख्ने कलम अनि देश मा शान्ति र बिकाश ल्याउने बाटो समेत पत्ता लगाउन सकेनन् l धिक्कार छ यी नेता भई टोपलिएकाहरुलाई !

    Reply
  9. Keshav Bhojpure says:
    August 6, 2012 at 8:38 pm

    हे इश्वर बिष्णु भगवान !!! मर्ने बेला भै गो….. आफ्नो नेपाल त सुध्रिएको देख्न पाइएन मंगलग्रह को के कल्पना गर्नु र खै !!

    Reply
  10. Jitendra says:
    August 6, 2012 at 7:27 pm

    सारै रोचक लेख, हेर त मान्छेले कस्तो प्रयोग गरिसके, हामी नेपाली अझै बन्द भन्दै सडक घेर्दै छौँ .

    Reply
  11. lalanath says:
    August 6, 2012 at 7:26 pm

    अब नेपालि नेताहरुले पनि चन्द्रमामा पहिलो यान पठाउने तयारीमा छन् रे!
    धन्न हामि नेपालि ” बहादुर” भनेर गर्ब गर्न पाइने भो नत्र त म कता लुक्नु झैँ भाथे

    Reply
  12. gobinda says:
    August 6, 2012 at 6:52 pm

    अब मंगल ग्रह तिर बसाइ सराइ गर्नु पर्ला ……..

    Reply
  13. Nischal says:
    August 6, 2012 at 6:39 pm

    दिमाग लगा पासा दिमाग भने को यहि हो !!

    Reply
  14. Madhab Bhattarai says:
    August 6, 2012 at 6:30 pm

    येस्तै यानमा राखेर हाम्रो देशका दुइ चार दर्जन टाउके/लाउके नेताहरुलाई मंगल ग्रह तिरै पठाउन पाए नेपाल र नेपालीहरुको “मंगल” हुन्थेयो भन्ने हाम्लाई लागिराछ. नासाले “ट्रायेल” गरिदिन्छ कि ? येसो कसैले बुझिदिए हुन्थ्यो.

    Reply
    1. Lalit Narayan says:
      August 7, 2012 at 2:42 am

      हुँदैन हुँदैन ! नेपालका नेताहरुलाई मंगल ग्रहमा पठायो भने त त्यहाँ पनि भ्रस्टाचारको बिउ रोप्छ ! त्यो ग्रहलाइ त भ्रस्टाचार, बन्द, हड्ताल, युद्ध, गरिवी, अशिक्षा सबै रहित ठाउको रुपमा विकास गर्नु पर्छ l त्यस्तै परे नेपाल देश यहाँका नेता, कार्यकर्ता, भ्रस्ट कर्मचारीलाइ नै गरि खा भनेर नेपाली जनता जति मंगल ग्रह तिर बसाइ सर्नु पर्छ l बरु अहिले नै छिमेकी राष्ट्र को को हुनेवाला छ, पत्ता लगाई राम्रो संग शिमा सन्धि गर्नु पर्छ नत्र त्यहाँ पनि १९५० को जस्तो सन्धि नदोहरिएला भन्न सकिन्न l

      Reply
    2. lalanath says:
      August 7, 2012 at 7:45 pm

      मंगलमा किन नि कत्ति पैसा लाग्छ???? बरु अलि कम मा बर्मुडा त्रिकोण मा पठाए हुन्छ !!! सबैलाई सन्च

      Reply
  15. Resham says:
    August 6, 2012 at 5:51 pm

    तेही त हामी बेलुका र बिहान हात मुख जोड्ने समस्या लियर संघर्स गरि रहेका छौ / उनीहरु मगल ग्रह अनि कता कता पुगेर नया नौलो कुरा पत्ता लगाई रहेका छन्/ के गर्ने त अब?

    Reply
  16. देवराज जोशी, कैलाली says:
    August 6, 2012 at 4:53 pm

    Sorry ! अढाई करोड होइन अढाई अर्ब डलर लागेको रे बनाउन |

    Reply
  17. देवराज जोशी, कैलाली says:
    August 6, 2012 at 4:50 pm

    मंगलमा जीवनको अस्तित्व पत्ता लागोस नलागोस, मंगलमा यस्तो जटिल तथा भारि उपकरण पठाएर सकुशल उतार्नु चाही गज्जवकै उपलब्धी हो , वास्तवमा यो नासा र अमेरिकी हरुको लागि गर्वको विषय हो जस्तो लाग्छ | मंगलको पातलो वायुमण्डलमा एक टन भारी यान लाइ सटीक तरीकाले ल्याण्ड गर्नु निकै चुनौतिपूर्ण कार्य हो जहाँ हरेक स्टेपमा हरेक उपकरणले ठीक ठीक काम गर्नु पर्छ, एउटा पुर्जाले पनि काम गरेन भने अढाई करोड डलर र सयौ वैज्ञानिकको दशक लामो मेहनत चेट हुन्छ |

    Reply
  18. Santosh says:
    August 6, 2012 at 4:31 pm

    Watch the animated video of Mars Curiosity Rover landing on the surface of Mars!
    http://www.youtube.com/watch?v=PcJKmBwyVVw&feature=related

    Reply
  19. yam pun says:
    August 6, 2012 at 4:20 pm

    मंगल ग्रहको कुरा त धेरै टाढाको भयो ! चन्द्रमामा पहिलो पाइला टेक्ने निल आर्मस्तंग नै चन्द्रमा मा नपुगेको र उनले खिचेको अमेरिकाको झन्डा सहितको तस्बिर नै नक्कली हो भन्ने कुरा मैले एउटा पत्रिकामा पढेको थिए किन भने तस्बिरमा झन्डा फर्फरयाको छैन रे !
    तत्कालिन समयमा रुस र अमेरिकाको बिचमा अन्तरिक्षमा को पहिला पुग्ने भन्ने होडबाजीमा अमेरिकाले रुसलाई तल पार्न यस्तो सड्यन्त्र रचेको हो भन्ने कुरा पनि सो पत्रिकामा उल्लेख गरेकोछ !
    अब तपाई नै भन्नोस् ! अमेरिकाको नासाले गरेको मंगल ग्रहको क्युरियोसिती रोबोट साच्चै होला त ?????????????????????????????????????

    Reply
    1. Bino, Italy says:
      August 6, 2012 at 9:27 pm

      फोटोमा कहाँ झण्डा फरफराउँछ त साथी? भिडियोमा पो फरफराएको देखिन्छ त l पत्रिकामा त धेरै कुराहरु पढ्न पाइन्छ जुन सबै सत्य हुदैनन् l

      Reply
  20. Sisir says:
    August 6, 2012 at 3:53 pm

    Interesting … एस्तो भौतिक अन्बेसनले मानब बिकाशक्रम अगी बदौछ .. तर,
    साढे दुई अर्ब अमेरिकी डलर खर्च गरेको यो प्रोजेक्टले उनीहरुको आर्थिक हैसियत त देखाउछ तर मानबिय हैसियतलाई ओझेलमा पारेको छ … शक्ति राष्ट्र बन्ने होडमा बिना मानबिय प्रयोजन खरबौ खर्च गर्छन, तर जुन गरिब अफ्रिकी र एसियाली राष्ट्रको(पहिले र अहिले पनि ) प्राकृतिक र मानब साधन स्रोतको अकुत दोहन गरेर आज आफुलाई सम्पन्न भन्ने राष्ट्रले ति पिडित उपनिवेशको लागि तेस्तो केहि गरेक देखिदैन, इस्मरण गर्नु पर्ने कुरा के हो भने अहिले भएका अधिकाम्स गरिब राष्ट्र युरोपका विभिन्न राष्ट्रका विभिन्न समयमा उपनिवेश थिए, अंग्रेज निर्मित अमेरिका पनि अपबाद होइन …बिडम्बना पनि कस्तो, प्राकृतिक स्रोतमा सबैभन्दा सम्पन्न अफ्रिकी राष्ट्र , सबै भन्दा गरिब छन् …
    तिनै सम्पन्न यूरोपेली र अमेरिकी राष्ट्रले बार्षिक चकलेटमा खर्च गर्ने पैसाको केहि हिस्साले मात्रै पनि संसार भरि नै भोकमरी अन्त्य गर्न सकिनछ …

    Reply
  21. BNOD says:
    August 6, 2012 at 3:50 pm

    विश्वो काहा बाट काहा पुगी सक्यो हाम्रो नेपाल चाहि इ चोर,भ्रस्ट र तिनका भेडा कार्येकर्ता वा जनता भनाउदा हरु ले गर्दा यौटा सियो बनाउन पनि अरु देसको साहारा लिन पर्ने अबस्था छ…उफ…..कहिले आउला बुद्दी हाम्रो नेता हरु मा………

    Reply
  22. jatin says:
    August 6, 2012 at 3:12 pm

    बिस्व, मंगलग्रह पुगेर अनुसन्धान गरि सक्यो , हाम्रो देशमा भने, न त मंगल नै छ, न त ग्रह नै मिलेको छ ..खाली राजनैतिक ग्रहण मात्र लागि रहेको छ !!

    Reply
  23. बिषम नेपाली says:
    August 6, 2012 at 2:03 pm

    बिकासको निरन्तरता हो यो। तर पृथ्वीमा भएका भोकाना‌ङ्गा मानिस को दुख कस्ट को मुल्य भन्दा पहिलो अनुसन्धानको आबश्यकता त्यो हो कि होईन कुन्नी !! ?

    Reply
  24. kusan sharma says:
    August 6, 2012 at 1:19 pm

    हामी आफुसंग भएको पर्यटक गन्तब्य खोज्न सक्दैनौ l सानो तिनो कुरामै बन्द हड्ताल गरेर रमाउछौ l नया कुरा गर्नु त कता हो कता भाको चिज पनि धोस्त गर्न लालायित छौ l नासाको काम देख्दा एकातिर गौरब लगेर आउछ मानिस भएकोमा भने ,अर्कोतिर आफ्नो मुलुकको अबस्ता देख्दा हिनता बोध पैदा हुन्छ l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme