Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गोविन्द जय-जय भन्दै हाइवे जाम !

Posted on July 31, 2012July 31, 2012 by Salokya
महान् नेता गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसलाको विरोधमा चार तारे झण्डासहित सडकमा उत्रिएका कङ्ग्रेस नेता/कार्यकर्ता। फोटो सौजन्यः Krish Nep/ Facebook

गोविन्द जय-जय, गोपाल जय जय !! राधा-रमण हरि, गोविन्द जय-जय !! बोल भएको भजन हैन ब्यारे, यो त अर्कै खाले पो त। तपाईँले देउताको भजन गा’को भन्ठान्नु भा’को ? हैन, यो त भ्रष्टाचारीको भजन पो गाएको त। कसले ? कसले हुनु अब, कार्यकर्ताहरुले नि ! कहाँ ? उनकै गृह जिल्ला तनहुँमा। कहिले ? साउने सोमबारको पवित्र दिनमा।

सोमबार अनौठै दृश्य देखियो। विशेष अदालतले भर्खरै भ्रष्टाचारी ठहर गरेका कङ्ग्रेस नेता गोविन्दराज जोशीको पक्षमा चार तारे झण्डै बोकेर एक हुल कार्यकर्ताले तनहुँको सदरमुकाम दमौलीको सडकमा नाराबाजी गरे। उनीहरुले विरोध सभा गरे र हाइवे बन्द गर्न कस्सिए। अरु बेला तमाशा हेरेर बसेको पुलिस हाइवे बन्द गर्न खोजेपछि एक्सनमा आयो र झ्याप्प पार्‍यो।

महान् नेता गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसलाको विरोधमा चार तारे झण्डासहित सडकमा उत्रिएका कङ्ग्रेस नेता/कार्यकर्ता। फोटो सौजन्यः Krish Nep/ Facebook


पृथ्वी राजमार्गमा अवरोध गर्न खोज्दा पक्राउ पर्नेहरुमा एक जना पूर्व सभासद् पनि थिइन्। नाम हो उनको उर्मिला (पार्वती) थापा। व्यास नगरपालिकामा बस्ने यिनी कङ्ग्रेसबाट समानुपातिकमा सभासद् भएकी थिइन्।

त्यसबाहेक पक्राउ पर्नेहरुमा महाधिवेशन प्रतिनिधि कृष्ण गौतम, महासमिति सदस्य उदयराज गौली, जिल्ला सदस्य गोपाल भण्डारी, क्षेत्रीय प्रतिनिधि विष्णु श्रेष्ठ र हरि सिग्देल तथा कार्यकर्ता कृष्ण भट्टराई र कृष्ण घिताल रहेछन्।

के माग थियो त उनीहरुको ? विशेष अदालतले उनीहरुको नेतालाई फँसाउन खोज्यो रे। सर्वोच्चको फैसला पनि यस्तै गरी सुनियोजित नहोस् भनेर दबाब दिन विरोध कार्यक्रमको आयोजना गर्‍या रे।

लौ जय होस् गोविन्दको !

अर्का कङ्ग्रेस नेता खुमबहादुर खड्काको मुद्दा भने सोमबार पनि हेर्दाहेर्दै मै रह्यो। गोविन्दको जस्तो खुमबहादुरको मुद्दा विशेष अदालतले विषयमा प्रवेशै नगरी त्यतिबेला खारेज गरिदिएको थिएन। विशेषले त्यतिबेला पनि १२ लाख रुपियाँको स्रोत नखुलेको ठहर गरेकै थियो। म्याद सकिएर मुद्दा दायर गरेकोले मात्र सजाय नतोकेको थियो। अब हदम्यादको सिद्धान्त खारेज भएको अवस्थामा हामी जनताले लाटो हिसाबले हेर्दा पनि दोषी देख्छौँ। सर्वोच्चलाई भने वर्षौँ लागिसक्यो यो मुद्दा टुङ्ग्याउन। यो मुद्दा कति लामो भयो भन्ने प्रमाण यसबाट हेर्नुस्-

दर्ता मिती: 2063.12.15
तारेख मिती तारेखको किसिम
2064.09.01 झ.झि. नभएको पेशी तारेख
2065.09.01 पेशी तारेख
2065.10.12 पेशी तारेख
2065.11.25 पेशी तारेख
2065.12.30 पेशी तारेख
2066.01.13 पेशी तारेख
2066.09.21 पेशी तारेख
2066.10.19 पेशी तारेख
2067.02.02 पेशी तारेख
2067.03.20 पेशी तारेख
2067.05.27 पेशी तारेख
2067.07.08 पेशी तारेख
2067.08.05 पेशी तारेख
2067.08.26 पेशी तारेख
2067.09.27 पेशी तारेख
2067.10.24 पेशी तारेख
2067.11.22 पेशी तारेख
2067.12.13 पेशी तारेख
2068.03.06 पेशी तारेख
2068.02.18 CASE DELETED FROM WEEKLY CAUSELIST
2068.03.14 पेशी तारेख
2068.03.27 पेशी तारेख
2068.04.22 पेशी तारेख
2068.07.07 पेशी तारेख
2068.11.30 पेशी तारेख
2068.11.29 CASE DELETED FROM WEEKLY CAUSELIST
2068.11.29 CASE Priority Changed

२०६८/०७/०७ देखि यो मुद्दा कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासमा ‘हेर्दाहेर्दै’ को अवस्थामा छ।
२०६८/११/१७ मा खुमबहादुर खड्काको कानुन व्यवसायीको तर्फबाट सुनुवाई स्थगित गरियो भने त्यसपछि चार पटक हेर्दाहेर्दैको अवस्थामा छ।
२०६८/१२/२६ मा सुनुवाई भयो, हेर्दाहेर्दै अनि अर्को पेशी चढ्यो एक महिनापछि
२०६९/१/२५ मा पनि हेर्दाहेर्दै, त्यसपछि पेशी चढ्यो दुई महिनापछि
२०६९/३/२५ मा पनि हेर्दाहेर्दै, अर्को पेशी चढ्यो
२०६९/४/१५ यसमा पनि हेर्दाहेर्दै !

यत्रो पेशी तारेख देख्दा त कुन चैँ हिन्दी फिल्ममा कुन चैँ हिरो तारेख पर तारेख, तारेख पर तारेख भनेर रिसाउनु पर्ने जस्तो अवस्था आइसक्यो।

कि छ वर्षअघि जनस्तरबाट यसरी गरे जस्तै अभिनन्दन गरिदिने हो उहाँहरुलाई ?

86 thoughts on “गोविन्द जय-जय भन्दै हाइवे जाम !”

  1. नारायण says:
    August 2, 2012 at 10:28 am

    यिनिहरु गोबिन्देले गरेको भ्रष्टाचार गरेको धनको रस खाएका भाडाका टट्टु हुन ।
    असली कांग्रेस त अदातलले नै डामेको गोबिन्देको पछि पछि लाग्न नपर्ने हो !
    कि गोबिन्देको गाडधन ( लुकाएको पैसा ) अझै बाकी भएर तो पनि खान पाईने लोभले भाडाका टट्टु पछि पछि लागेका हुन ?

    Reply
  2. Prakash says:
    August 1, 2012 at 10:21 pm

    येस्तई भुस्तिग्रे र गुन्डा जमात पालेर बसेका छन् नेपाल क चोर नेता हरु/ इनै गुण्ड हरुलाई चुनाब मा प्रयोग गर्छन र चुनाब जित्चन/ जनता भेडो राखेको छ (जनता गरिबीले थिचिएको छ), बलियो बांगो खाडी तिर, बुद्धि भएका हरु बेलायत र अमेरिका तिर, अलि, अलि पढेलेखेका नेपाल मा बस्ने हरु आफ्नै परिबारको स्वार्थ का लागि गोविन्द राज जोशी जस्ता खुम्रे नेताको गेडामा तेल लगाउने/ अनि त k.p. oli, ram sharan mahat, kamal thapa jasta हरुको राज नभयर कसको राज होला तो नेपाल मा/

    Reply
  3. dhruba paudel says:
    August 1, 2012 at 7:45 pm

    चार ताराको दुरुपयोग

    Reply
  4. प्रकाश छेर्लुंगे says:
    August 1, 2012 at 6:16 pm

    थुक्क कुकुरहरु अझै लाज लाग्दैन त्यस्ता भ्रस्टहरुको जय जय कार गर्न | यस्तै कुबुद्धि वलले नै हो देशका राजनीतिज्ञहरुलाई बिगारेको | हड्डी खान पाएकै भरमा मासुमा रजाई गर्नेको भक्त बनेर नेताहरु लै राक्षस बनायको \ हड्डी दिदा मासु किन खायौ तिमीहरु भनेर हिजो कठालो समातेको भय २ ३ लाख कुम्लौदै यी मुलाहरु लै जेल पुराउन सकिन्थियो | बल्ल बल्ल जेल जना लागेकाहरु लै अझै जय जय |||||||||\ थुक्क फलानो ठाउँमा बुद्धि हुनेहरु \\\\\\\\\\\\ घाँस खान जाओ कमसे कम घास खायौ भने बुद्धि नआय पनि कुबुद्धि त औदैना \\\\\

    Reply
  5. Hari Smith says:
    August 1, 2012 at 4:00 am

    यी राष्ट्रघाती नेताहरु हुन् , आफ्ना परिवार लाई बिदेसमा बसोबास गराएर, आफुहरु गरिब जनता माथि राजनीति गर्दै छन, यी सबै लाई सर्बशो सहित जन्म कहिद को सजाहे पनि कमि हुन्छ

    Reply
  6. काउचा, मगर says:
    July 31, 2012 at 11:05 pm

    लौ अब गोबिन्देको दिन त गए नै……यस्ता गोबिन्दे,जयप्रकासे,खुमे,चिरन्जिबे नेताहरुले गर्दा नेपालको एइतिहसिक पार्टी भनेर चिनिने “नेपाली कांग्रेस” पार्टीलाई नै भ्रस्ट पार्टीको बिल्ला लगाइदिए / हुनत नेता मात्र बदमास कहाँ होर? “घुस को भुस” नखाई कामै नगर्ने बानी लागेको “घुस्याहा नेताका पछाडी हिड्ने भुस्याहा” केटाहरुले गर्दा यस्ता “घुसखोर हरुको मनोबल उच्च, अनि फैसला गर्ने अदालतको मनोबल सुस्त” हुनजान्छ …..यिनीहरुलाई जेलको कालोकोठारी पनि रंगिन लाग्न थालिसक्यो होला,जति जेल- नेल उति राजनीतिमा अनुभव-पर्यावरण हुदोरहेछ ,…..अब पालो खुमे को कति दिनमा आउने हो ?

    Reply
  7. Bino, Italy says:
    July 31, 2012 at 9:25 pm

    यस्तै झोले कार्यकर्ताहरुले नै गोबिन्दे जस्ता कपुत कला मन भएका भ्रष्टहरुलाई अरु बढी भ्रष्टचारी बनाउन मलजल थपिरहेका छन् l जस जसले अहिले उसको पक्षमा सडकमा अबरोध पुर्याईरहेका छन् पक्कै पनि बेलामा उसको आशीर्बाद पाएका थिए होलान उनीहरुले l उनीहरुलाई पनि कानुन को उपहास अनि अवहेलना को कसुरमा संगै जेल ठोक्नु पर्ने l

    Reply
  8. Devendra Basnet says:
    July 31, 2012 at 9:21 pm

    यो देश सबै भ्रस्ट भएर नै बिग्रिएको हो..
    नेता देखि जनता सम्म .
    यी येस्तई येस्तई जनता छन् जो अलि अलि चाट्न पाए पछी जे पनि गर्न पछी पर्दैनन्.

    Reply
  9. Sesh Bhakta Tanuhungee Kangresse says:
    July 31, 2012 at 9:19 pm

    घुसखोरीहरुलाई कांग्रेसको झण्डा प्रयोग गर्न नदिनु रामो् हुने िथयो ।

    Reply
  10. Chetan Nepali says:
    July 31, 2012 at 7:54 pm

    यो कांग्रेसी पार्टी नै भ्रस्ताचारिहरुको पार्टी हो अरु के नै आशा गर्न सकिन्छ र यीनिहरुबता !

    Reply
  11. Ekraj says:
    July 31, 2012 at 7:08 pm

    नेपाल तेसै उदोगति लागेको होइन| एसंरी कुहेको भ्रस्ट सिनो को पछी लाग्ने प्रदुसित झिंग को पनि कमि छैन भनि देखौछा|
    यो पनि कंग्रेस को एउटा पाटो हो|

    Reply
  12. Manmohan says:
    July 31, 2012 at 6:45 pm

    अब पासो गलामा पुगेपछि गोबिन्देले भ्रस्टचार गरेर कमाएको खर्च जुलुसवाला नाइके र नाईकीलाई पनि दिएको यो ज्वलन्त प्रमाण हो| अरु केही होइन|
    नेपाली कांग्रेस जस्तो पार्टीको कार्यकर्ताले यस्तो प्रदर्शन गर्नु अशोभनीय हो| गिरिजाले गोबिन्द्लाई कमाउन दिए पनि सुशीलले अहिलेको स्थितिमा कमसेकम पार्टीका कार्यकर्तालाई सडकमा आउँनबाट रोक्न्परने थियो| बीपीको केही सास बचेको होला नेका मा?

    Reply
  13. Jenish says:
    July 31, 2012 at 6:01 pm

    तेत्रो घुष खाएको छ, जाबो तेतीजना मान्छे लाइ किन्न कति नै चाहीनछ र?

    Reply
  14. Sisir says:
    July 31, 2012 at 5:51 pm

    येही हो नेपालमा दुस्टहरु संगठित छन् भनेको ..

    Reply
  15. Dhan Bir Gaire says:
    July 31, 2012 at 5:51 pm

    घर लुतने पनि चोर, देश लुतने झन महचोर, अस्तल्लाई फासी दिनुपर्छ।
    यसको पछी लाग्ने १-२ जना आसेपासे मात्र हुन्.
    अस्को छोरो दिनेश, अस्का आसे पसे जो पैसा लुकाउना शहयोग गरेका छन जस्तै;
    रामक्रस्न तिवारी, कमल खनाल (खेल्कुद परिषद), उस्को भाई केदार खनाल (डीस्पी)बहनी सकुन्तला (खानेपन्नी) श्यामक्रिस्न अधिकारी (डीसपी), अस्को भाई जस्लाई जोशिले नै ईन्जिनियर बनैदिओ।
    कृष्ण (हाकिम, सितिवीती), रामचन्द्र पाण्डे (हकिम, उचमद्मिक परिषद), इन्द्र प्रशाद अधिकारी, ।।।।यस्त धेरी नाम छन जस्ले जोशिको लागि काम गर्छन् र यिनिहरुको पनि पैसा खोज्नुपर्छ। देश तेसै बिग्रेको हो र ? अस्ती हनुमान ले चाकरीको भरमा जागिर खय अनि मालिक को लागि फेरी काम गर्यो देश लुट्यो. यो चोरले रकहका मान्छे सबलाई हताउ.

    Reply
  16. Rai Yang pitang chhu Oxford says:
    July 31, 2012 at 5:25 pm

    पहिला पहिला कसैलाई “सराप्दा तेरो घरमा कांग्रेस पसोस्” भन्थे तर अब चाहि त्यसमा अझ “कांग्रेस चोर देश छोड़” थपे कसो होला ?

    Reply
  17. nimesh, bkk says:
    July 31, 2012 at 4:56 pm

    त्यो जय जय गर्ने सबैको काथालो समातेर गोविंदे संगै झेल ठोक्नु पर्ने अनि देख्छ भ्रष्टाचारीको साथ दिनेको हविगत तर के गर्नु हाम्रो न्यायालय नै …….

    Reply
    1. mahesh says:
      July 31, 2012 at 6:09 pm

      मलाइ लाग्दछ यिनी हरु गोविंदे का व्यक्तिगत झोले कार्यकर्ता हुन् कांग्रेस का कार्यकर्ता होइनन.

      Reply
  18. s.s.bhusal says:
    July 31, 2012 at 4:52 pm

    माथि को फोटो मा जनता छैनन्, शब् भरौटे मात्र हुन् धेरै साथी हरु ले भन्नु भाको रहेछ “सच्चा कांग्रेस को कार्यकर्ता ले कहिले पनि भ्रस्टचारी लाई साथ दिदैन” यो शहि हो, कांग्रेस को झन्डा दुरूपयोग भएको मा खेद….

    Reply
  19. sujeet says:
    July 31, 2012 at 4:41 pm

    यो देश मा अनिकाल नपरे सम्म यस्तै हो हुन्छ …

    Reply
  20. Thaneshwar says:
    July 31, 2012 at 4:34 pm

    कानुनको सर्वोच्चता भनेकै यहि हो. चाहे त्यो पुर्व मन्त्रि वा प्रधानमन्त्री नै किन नहोस कानुनको आँखामा सबै बराबरी. सोचे जस्तो त नहोला तर केहि मात्रामा भा पनि अदालतले आफ्नो कर्तब्य पुरा गरि रा छ.
    अपराधी वा भारस्ताचारिलाई जोगौना कांग्रेस ले माग, आन्दोलन केहि नगरेको अवस्थामा कान्ग्रेस्स्लाई दोष लगाउनु पूर्वाग्रह मात्र हुनेछ. सडकमा झन्डा बोकेर निस्केका काँग्रेस समर्थक होलान तर आधिकारिक रुपमा कंग्रेस्सले यो फैसलाको विरोध गरे जस्तो लाग्दैन है मलाई .

    Reply
  21. Uttam says:
    July 31, 2012 at 4:18 pm

    सबुत प्रमाण सबै खुलस्त हुदा पनि साथ दिने सबै लाई पनि कानुनी उपचार गर्न जरुरि छ !

    Reply
  22. उपासक उदास says:
    July 31, 2012 at 4:08 pm

    हाय गोविन्द , कस्तो तिम्रो मुखारबिन्द !
    अझै बुद्धिको धोका पुरापुर बन्द ?
    अब त हुनु पर्यो अकल्मंद !

    Reply
  23. Sudip Adhuikari says:
    July 31, 2012 at 3:45 pm

    गणेशमान बा ले त्यतिकै जनता भन्या veda हुन् भनेर भन्या हैनन्! गोविंदे र खुमे ले पैसा लगानी गर्या जस्तो छ गुण्डा हरु भाडा मा लिन! अरुबेला सोझा जनताको टाउको फुटाउने पुलिश हरु यतिबेला किन अघि अघि लुखुर लुखुर हिंडी रहेका छन्? सक्छौ त फुटा टाउको अब तिनीहरुको! वास्तविक देश द्रोहिहरु को!!!! नेपाली जनताले तिरेको करको न्याय हुन्छ!!! जय नेपाल !! भ्रष्टाचारी मुर्दाबाद !!

    Reply
  24. Badri Poudel says:
    July 31, 2012 at 3:29 pm

    जस्ता गुरु उस्तै कार्यकर्ता इनिहरुपनी गाउ र जिल्लाका साना ठुला
    भ्रस्टचारी न परे तब समर्थनमा आय अथवा जोसी का आसेपासे होलान नुनको सोजो गरेहोलान/जान्ने सुन्ने भन्छन मुलुकभर शिच्या परियोजना का भवन बनाउदा करोड करोड भास्ताचार भयको थियो जुन बेला उनि education मन्त्रि थीय/

    Reply
  25. lalanath says:
    July 31, 2012 at 3:20 pm

    अपराधि हरुको बलियो मिलेमतो हुँदो रहेछ अनि त देसै स्वातै निल्दा रहेछन!!!! थुक्क!!!!!!!! थुक्क!!!!!!!! थुक्क!!!!!!!!

    प्रजातन्त्रबादी अपराधीहरु!!!!!!!!!!!!!!!!!!!!

    Reply
  26. Ramesh Thapa says:
    July 31, 2012 at 2:10 pm

    थोत्रे चपल लगाएर काठमाडौँ छिरेको गोविन्दराज जोशी काठमाडौँ को गोल्छा परिवार जस्तो देखिएपछि त थाहा भैहाल्यो नि त सकली पारा????????????????

    Reply
  27. lalanath says:
    July 31, 2012 at 1:20 pm

    अपराधी हरुको संगठन निक्कै दह्रो हुन्छ र त अजिंगरले जस्तै देसै स्वातै निल्छन त !! थुक्क !!!!!!!!१ थुक्क !!!!!!!!!!!! थुक्क !!!!!

    प्रजातन्त्र बादी नरपिशाचहरु !!!!!!!

    Reply
  28. Harke says:
    July 31, 2012 at 1:05 pm

    १०० – २०० जना जति मलामी नहुने पनि के नेता ?

    Reply
  29. Deep says:
    July 31, 2012 at 12:33 pm

    हरे प्रभु !, हामी नेपालीको चेतना र बिबेकको स्तर…..

    भ्रष्टाचार गर्ने, गराउने र समर्थन गर्ने सबै देशका शत्रु हुन् l

    हेरौं, अब कांग्रेसले येस्ता राष्ट्रघाती कुकार्यमा आफ्नो पबित्र झन्डाको प्रयोग गरिनुलाई कसरि हेर्छ l

    Reply
  30. janak sharma says:
    July 31, 2012 at 12:11 pm

    हाइ हाइ नेता . काम छैन काज छैन, खाने बेलामा लाज छैन .

    Reply
  31. ryan says:
    July 31, 2012 at 11:27 am

    यो चोर हो , यो फटा हो भन्ने कुरा सार्बजनिक हुँदा हुँदै पनि उसैको जय जय कार गर्ने जनता …………….उ भन्दा पनि कु र नालाएक हुन् ……………

    Reply
  32. Roshan Sharma, Australia says:
    July 31, 2012 at 11:19 am

    खै, यी कार्य कर्ता हरुले ‘आफ्ना’ बाल बच्चा हरुको ‘किताब’ कापी समयमा किन्न सके कि सकेनन ? जसको कारण ले बच्चा हरुलाइ स्कूल मा लाजमर्दो अबस्था आएको थियो कि छैन !! तर, मेरो आफ्नै एक नाते दार, जो गोबिन्द राज कै कार्यकर्ता को चाहि बेहाल देखेकै हो /

    भन्न खोजेको के भने नि !

    -गोबिन्द राज को कान्छो छोरा ‘दिनेश र बुहारी’ अस्ट्रेलिया मा ‘बि.सन्. २०५६ साल (इ. सन्. 1999 ) आउदा अस्त्रलियन डलर ८८,०००.००(अठासी हजार’ ) नगद लिएर आएको छु कसरि यसको व्यवस्था गर्ने भनेर भनेको हल्ला सिड्नी मा हल्ला नेकै चलेको थियो / यो कुराको जांच ‘त्यसबेलाको’ अस्ट्रेलिया मा कर तिरेको प्रमाण पत्र हेरोयो भने थाहा हुने थियो /

    – दिनेश का श्रीमान, श्रीमती त्यति खेर ( इ. सन्. १९९९) मा पदना आउदा ‘सबै भन्दा’ महँगो ‘बिस्वो बिद्यालय मा पदना आएका थिए/
    – त्यति खेर २ बर्सको फी प्रति व्यक्ति ३०, ००० (तिस हजार’ ) डलर भन्दा माथि थियो/ काम पनि सिड्नी आएको २ वर्ष पछी गर्न सुरु गरेको हो दिनेश ले त ! त्यति खेर दुवै ले पुरै ‘फि’ तिरेर आएका हुन्/

    जुन बेलामा, १ डलर = ४५- ५० ने. रु. हुने थियो / र बैंक को ब्याज डर अस्ट्रेलिया मा ७%- ८% को आसपासमा थियो/
    -अब, कुरो आउछ, भर्स्ताछार निवारण आयोग ले कति गहिराहीमा गएर ‘प्रमाण’ खोजेको थियो भनेर !!!

    अनि, जुलुस मा जाने कार्यकर्ता हरुलाई कति ‘बोतल बियर र मासु दिएर ‘ पठाएको हो त्यो पनि अनुसन्धान गर्नु पर्ने हुन्छा/ भारस्ताचार गर्ने मात्र नभएर भ्रस्ताचारी को समर्थन गर्ने लाइ पनि ‘सजाय’ को ब्यबस्था गर्यो भने बल्ल हाम्रो नेपाल मा केहि हुन्छ कि !

    ****त्यो अस्ट्रेलिया मा ल्याएको रुपैया, धादिंग तिर त्रिसुली को आसपास मा ४-५ वटा स्कूल बनाउन खर्च गरेको भए ‘स्कूल जान’ लागेका बच्चा हरु ‘तुइनमा’ अड्केको ‘पिडा’ देश ले सहनु पर्थ्यो हो ल त !!!!!!

    अझ, अमेरिका मा जेठो छोरा र बुहारी र छोरी ले लिएर गएको बारेमा पनि कसैले जानकारी दिए कुरो देश प्रति ठुलो गुण लगाएको ठहरिने थियो/

    जननी जन्म भुमिस्चा स्वर्गादपि गरियसी !!!!

    सत्य सधै तितो हुन्छा !

    Reply
  33. Gautam Manandhar says:
    July 31, 2012 at 11:09 am

    Their demand could go to have the right of appointment their own Chief Justice from their own party.

    Reply
  34. Roshan Sharma, Australia says:
    July 31, 2012 at 11:07 am

    खै, यी कार्य कर्ता हरुले ‘आफ्ना’ बाल बच्चा हरुको ‘किताब’ कापी समयमा किन्न सके कि सकेनन ? जसको कारण ले बच्चा हरुलाइ स्कूल मा लाजमर्दो अबस्था आएको थियो कि छैन !! तर, मेरो आफ्नै एक नाते दार, जो गोबिन्द राज कै कार्यकर्ता को चाहि बेहाल देखेकै हो /
    भन्न खोजेको के भने नि !
    -गोबिन्द राज को कान्छो छोरा ‘दिनेश र बुहारी’ अस्ट्रेलिया मा ‘बि.सन्. २०५६ साल (इ. सन्. 1999 ) आउदा अस्त्रलियन डलर ८८,०००.००(अठासी हजार’ ) नगद लिएर आएको छु कसरि यसको व्यवस्था गर्ने भनेर भनेको हल्ला सिड्नी मा हल्ला नेकै चलेको थियो / यो कुराको जांच ‘त्यसबेलाको’ अस्ट्रेलिया मा कर तिरेको प्रमाण पत्र हेरोयो भने थाहा हुने थियो /
    – दिनेश का बुढा त्यति खेर इ. सन्. 1999 मा पदना आउदा ‘सबै भन्दा’ महँगो ‘बिस्वो बिद्यालय मा पदना आएका थिए/
    – त्यति खेर २ बर्सको ३०, ००० (तिस हजार’ ) डलर थियो/ काम पनि सिड्नी आएको २ वर्ष पछी गर्न सुरु गरेको हो दिनेश ले त ! त्यति खेर दुवै ले पुरै ‘फि’ तिरेर आएका हुन्/
    जुन बेलामा, १ डलर = ४५- ५० ने. रु. हुने थियो / र बैंक को ब्याज डर अस्ट्रेलिया मा ७%- ८% को आसपासमा थियो/
    -अब, कुरो आउछ, भर्स्ताछार निवारण आयोग ले कति गहिराहीमा गएर ‘प्रमाण’ खोजेको थियो भनेर !!!

    ****त्यो रुपैया, धादिंग तिर त्रिसुली को आसपास मा ४-५ वटा स्कूल बनाउन खर्च गरेको भए ‘स्कूल जान’ लागेका बच्चा हरु ‘तुइनमा’ अड्केको ‘पिडा’ देश ले सहनु पर्थ्यो हो ल त !!!!!!

    Reply
  35. Sisir says:
    July 31, 2012 at 10:52 am

    थुक्क पातकीहरु …
    गाईजात्राको बेला कुकुर पुजा ..

    Reply
  36. Ramindra cog bhhhetri says:
    July 31, 2012 at 10:31 am

    भ्रस्टचारी क दलालहरु, एक कप चियाको भरमा कांग्रेसको झण्डाको दुरुपयोग भएको देख्दा कांग्रेस भनेको भ्रस्ताचारिहरुको दस्ता मात्र रहेछा जस्तो लाग्न थाल्यो.

    जुलुसमा आइमाई त् छैनन् , तास खेलेर जिबिका चलाउने, स्वास्नीको कमाई खाएर जिन्दगि गुजारेका भुस्यहाहरु यी जुलुसकअ सहभागीहरु हुन्. कस्ता घिन लाग्दा मोराहरु रहेछन, स्वास्नी छोरा छोरीहरु पालना गोबिन्देको सहारा चाहिछा जस्तो छ

    Reply
  37. Gyanendra says:
    July 31, 2012 at 10:00 am

    हामी नेपाली हाम्रो देश नेपाल , जै नेपाल 🙂

    Reply
  38. krishna says:
    July 31, 2012 at 9:58 am

    चोरलाई चौतारी,साधुलाई सुली, काम नपाका खातेहरु

    Reply
  39. sunil khadka says:
    July 31, 2012 at 9:46 am

    गणेश मान ले भनेको ” जनता भेडा हुन् ” अलि अलि चाट्न पाएका थिए होला . नुन को सोझो गर्ने पर्यो नि /

    Reply
    1. mahesh says:
      July 31, 2012 at 1:39 pm

      हँसाए बा तनहु को कांग्रेसी ले. यो उदय राज गौली भनेको कांग्रेस को तनहु को नेता हो र पहिले को जिविस सदस्य थियो, गोविंदे को यो लागौतिया लाइ युद्द काल मा माओबादी ले भाटे कारबाही गरेर लखेटेका थिए, र युद्द काल भरि गाउ मा त के दमौली मा पनि खुट्टा टेक्न डराएको यो भ्रस्ट अपराधी अझै सुधिरेको रहेनछ. “सोझा सिधा लाइ कारबाही” ,भनेर कांग्रेस एमाले ले आरान्य रोधन गर्छन र तिन का नन्दी भ्रिंगी पनि अझै माइ संसार मा माओबादी बिरुद्द झुसिलो डकार गर्दछन नि तिनी हरु लाइ थाहा होस्, जन कारबाही येस्तई राजनीतिक खोल ओडेका अपराधी लाइ हुन्थ्यो र त्यो कारबाही को समाचार पत्रिका मा आउदा राजनीति को आस्था को आधार मा कारबाही गरिको भनेर आउनेथियो.

      Reply
  40. cRIS says:
    July 31, 2012 at 9:29 am

    घुसखोरीहरुलाई कांग्रेसको झण्डा प्रयोग गर्न नदिनु नै बेस|

    Reply
    1. samrat~ says:
      July 31, 2012 at 10:37 am

      के गर्ने तिम्रो कांग्रेस मा सबै जना मानानिये हरु घुस खोरी छन्..अब त्यो कांग्रेस को झण्डा नै घुस खोरी को चिन्नो भै सक्यो ..अब आफु ले पनि पार्टी बदलिनु पर्यो ..अहिले घुस न खाने पार्टी जोइन गर्ने भए रा प्र पा , किन भने तिनी हरु सत्ता मा छैनन् . के बिचार छ ?

      Reply
  41. Yukta says:
    July 31, 2012 at 9:15 am

    पंचायत कालमा मास्टर साहेब लाई तलब बुझेर परिवार पालन पनि धौ धौ थियो , बहुदल आए पछी यिनलाई गिरिजाबाबुको को आशिर्बाद प्राप्त भयो, आफु भन्दा सिनियर त्यागी कांग्रेसी कार्यकर्ता हरुलाई पछी पार्दै पार्टी को टिकेट मा चुनाव जितेर राजधानी भित्रिए त्यस पछी पटक पटक गरि मन्त्रि भए हेर्दा हेर्दै भ्रस्टचारी गरेर जनता ले तिरेको कर को पैसा बाट अकुल सम्पति जोडे , उसले लेखेको किताब तिस रुपयाँ तिरेर कसैले पढ्दैन भने कसरि किताब बेचेर तिस लाख कमाए भनेर अख्तियार मा बयान दिए लाज मर्दो कुरा हो अनि ति सडक मा यिनको समर्थन मा कांग्रेस को झन्डा बोकेर नारा लगाउने मान्छे हरु सबै सच्चा कांग्रेसी होइन ति सबै यिनका आसेपासे हुन् ! सच्चा कांग्रेस को कार्यकर्ता ले कहिले पनि भ्रस्टचारी लाई साथ दिदैन !

    Reply
  42. Sara says:
    July 31, 2012 at 9:08 am

    के भन्नु र खोइ …जनताहरु नै भेडा भएसी ,भ्रस्टचारी लाई नि साथ दिएर बन्द गराएर हिड्ने….

    Reply
  43. Tenjing Gaba says:
    July 31, 2012 at 9:07 am

    गोबिन्देको जुठो-पुरो खानु पाउनु पर्छ भनेर नि जुलुस निस्किनु थाल्यो
    गजब छ बा !!!!!!!

    जय नेपाल

    Reply
  44. sujan says:
    July 31, 2012 at 8:53 am

    जनता नै भेडा भए पछि के नै लाग्छ र…..कति सम्म थिस होलान त ती मान्छे हरु जसले बिरोध गरेका छन्………..उफ ….!!!!!!!!!!!

    Reply
  45. Pradip dongol from AZ says:
    July 31, 2012 at 8:49 am

    मेरो विचार मा अब सबै खुम बहादुर, गोविंदे , गुप्ते, वाग्ले सबै मिलेर नया पार्टी खोल्छ होला, नया गुत्बंधी, कि कसो?

    Reply
  46. योगेश आदी, न्यूयोर्क says:
    July 31, 2012 at 8:44 am

    अदालतले दोषी ठहर गरिसकेको अवस्थामा आउरे पाउरे धुपाउरेहरुले अनावश्यक सडक तताउनु गलत संस्कारको उपज मात्र हो !
    अझ यस्तो गलत कार्यको लागि कुनै पनि राजनीतिक दलको झण्डा समेत बोकेर उत्रिनु लज्जास्पद हो !

    Reply
  47. razen says:
    July 31, 2012 at 8:25 am

    आफ्ना नाता गोताहरु त होलान नत्र सुने अनुसार तनहुँका जनताहरुले त महान नेता भनौदा गोविंदेलाइ त सराप छन् रे | पाए लात हान्न तयार छन् रे |

    Reply
  48. chANDra says:
    July 31, 2012 at 8:22 am

    # अनर्थ! सार्है अनर्थ!!! “विधिको साशन मान्ने” र “Democracy ” को मसिहा ठान्ने नेपाली कांग्रेस पार्टीको कार्यकर्ता अदालतले ‘भ्रस्टचारी” किटान गरिसकेपछि पार्टी झन्डा सहित अदालतको फैसलाको बिरोध गर्नु सार्है असोभनिय कुरा हो!

    # लाग्छ यी मानिसहरु केवल “भ्रस्टचारी” गोबिन्देको लठैत/आसेपासे हरु हुन, जो नेपाली कांग्रेस हुनै सक्दैनन्, !!! येस्ताले गोबिन्दे मात्र हैन पार्टी नै डुबाउछन !!!!!

    Reply
  49. Ram babu Shrestha says:
    July 31, 2012 at 8:20 am

    कांग्रेसको झण्डा िकन यसरी सस्तो भएको ? के कांग्रेस पार्टी भ्रस्ताचारीहरुको पार्टी हो ? होइन भने झण्डाको दुरुपयोग हँुदा प्िन ि्कन चुप लागेर बसेको ?

    Reply
  50. Sukarma Nepali says:
    July 31, 2012 at 8:16 am

    होइन राजमार्ग बन्द गर्ने बिरुद्ध कुनै कानुन बन्न सक्दैन भन्या ?? आफनो अधिकार खोज्न अरुको अधिकार खोस्नु कहाको कानुनमा पर्छा?

    Reply
  51. Ritika says:
    July 31, 2012 at 7:55 am

    काँग्रेसको येस्तै मुर्खहरुको कारणले गर्दा नै हो कार्यकर्ता हरु frustrate हुने गरेको / सेन्ट्रल कमिटिले यिनीहरु लाई पार्टी बाट सस्पेंड गर्नुपर्छ /

    Reply
  52. Tulashi Dahal says:
    July 31, 2012 at 7:36 am

    हामी सबैको दिमागमा भ्रस्टाचार नै छ जस्तो लाग्छ / भ्रस्टचारीको समर्थन गर्नु, उसको पक्षमा प्रदशन गर्नु अघि एकपटक सोचौ/ सबै लै चेतना भया/

    Reply
  53. laxu says:
    July 31, 2012 at 7:16 am

    धिक्कार छ चार तारे झन्डा को अपमान गर्ने कथित कांग्रेसी कार्यकर्ताहरुलाई/ तिमिहरु जस्ता भेडाहरुको कारणले गोविंदे, खुमे जस्ता राष्ट्रका सत्रु हरु अजाई पनि सिर ठाडो गरेर हिडिरहेका छन्/

    Reply
  54. SURENDRA SUBEDI hongkong says:
    July 31, 2012 at 7:15 am

    होइन यस्तो सचेत नागरिक हरु ले एउटा जनता को पसिना चुस्ने दलाल को पछि कांग्रेस को चार तारे झन्डा नै लिएर सडक मा नै उत्रेर जय ,जय कार गर्नु पर्ने बिशेष अदालत ले कत्रो अपराद गरेछ?सकिन्छ भने जुलुस गर्ने महासय हरु ले गोविन्द राज जोशी को बिगो जरिमाना अनि सजाय भोग आफ्नो टाउको मा लिने हो त?नत्र अदालत को नजीर लाई लत्याउने चेस्टा किन?जम्मा ,जम्मी देस मा तेही यौटा अदालत मात्र त जनता को भरोसा छ नि,त्यस को पनि बिरोद गर्ने कस्तो भेडो जनता हुन् नेपाल का???

    Reply
  55. dipak shrestha says:
    July 31, 2012 at 7:04 am

    भ्रस्तहरुको लागि येस्ता क्रियाकलापले गर्दा दलहरुको छबीमा प्रस्न खडा भयको छ | दलमा लागेर नेतागिरी गर्नु भनेकोनै लुतन्त्र मचाउनु हो त ?

    Reply
  56. Resham says:
    July 31, 2012 at 6:36 am

    गोबिन्देले उठाएको होला नि / येस्ता ब्रस्ताचार मा डुबेको नेताको पछी लाग्ने कार्यकर्ताहरु एक छिन चिसो दिमागमा सोचेर काम गरे भै हाल्यो नि है.

    Reply
  57. Aakash ( Common wealth) says:
    July 31, 2012 at 6:10 am

    थुईइक्क तेरीमा ज्येमराज…. कहिँ नभाको जात्रा हाँडी गाउँ मा भन्या सुकेनेको हो …साँची हो रैछ ….. हाँसस्सई उठेर आयो कुरो सुनेर पनि ….येस्ता त छन जनता अनि किन नगरुन नेता ले मनपरी …..भनेर भन्छु म …

    Reply
  58. Pradip Lal Shrestha 'लेकाली माइला' says:
    July 31, 2012 at 6:01 am

    नेपाल मा एस्तै पैसामा बिक्ने हरुले गर्दा नै नेपाल बिग्रेको छ, गोविन्द ले तनहुँ मा त एस्तो पैसा दिएर आफ्नो कार्यकर्ता त कति बनाएको छन कति, राजमार्ग मात्रै होइन नेपाल बन्द पनि गर्न पछि पर्दैन गोविन्द को कार्यकर्ताहरु 🙂

    Reply
  59. bkpandey says:
    July 31, 2012 at 5:59 am

    अब गोबिन्दे संग टन्न लुटेको धन छदैछ,त्यसैले रेन्ट ए मब ल्याएर फुफुको श्राद्ध गरेजस्तै हो नि.सय पचास बेरोजगार लाई चिया पानी दिए पछी जस्कोनी जय जय कार गरि हाल्छन नि,तर सुन्दा चाही सारै नराम्रो लग्यो, तर हाम्रो नेपालमा ग्रिह मन्त्रि को बिसेस पाहुना चाही गणेस लामा हुन्छन, कति लाज मान्ने हामी नेपालीले ????? बहुदलीय होइन पंचायती प्रणाली नेपाल र नेपाली लाई सहि तन्त्र थियो जस्तो मलाई लाग्न थालेको छ ????? अन्य साथीहरुको के विचार ?????

    Reply
  60. Rahul says:
    July 31, 2012 at 4:37 am

    नेपाली जनता त भेडा नै हो नि!!! देवसम्सेर ले कहाँ त्यतिकै भनेका हुन् र!!! जय होस् नेपाली जनता!!! धेरै राम्रो काम!!!

    Reply
  61. Basant says:
    July 31, 2012 at 4:19 am

    कालो मोसो र जुत्ताको माला त् गोविन्द राज जोशी लाइ होइन एसका पिछाल्लु चम्चे कार्यकर्ता हरु लाइ पो लगाउनु पर्ने, जस्तो नेता तेस्तै कार्यकर्ता…… भोलि यिनै कार्यकर्ता चप्पल लगाएर सिंह दरबार पस्छन खुमे, चिरन्जीवी, गुप्ता, गोबिन्दे जस्तै …

    Reply
  62. gambhir ghimire ,benidorm ,spain says:
    July 31, 2012 at 3:40 am

    गोबिन्दे ले गरेको भष्ट्राचार को “अमिलो डकार” हो क्या यो… … कुरो बुज्नु पर्यो नि साथी हो …….अब चार खाल को चिसो सिडी बसे पछी एस्ता अमिला डकार आउन छोड्छ …

    Reply
  63. द्रोण says:
    July 31, 2012 at 3:15 am

    बिहान सबेरै गोबिन्द को घर मा फोन को घन्टी बज्छ |उताबाट कोइ जोसिलो आवाज मा बोल्छ
    धुपौरे :हजुर हामि अब याक्सन मा आउछौ| यो त् अति भो यो बाबुरामे ले जंग बहादुर बन्न खोज्यो |सारा जनता तातेको छ ,हामि अब चुप लाग्दैनौ |
    हामीले के गर्नु पर्यो भन्नुस ,

    जोसी : के गर्ने बाबु !सारा जिन्दगि देश र पजातन्त्र को लागि लडियो,आफ्नो लाइ कहिले सोचिएन ,आज यो दुर्दिन देख्नु पर्यो | भिम मल्ल ,भीमसेन थापा को सराप परेको देस !!
    देश को लागि भलो सोच्ने को कहिले पो भलो भयेको छ र ,तैपनि हामि संयमित हुनु पर्छ |
    प्रजातान्त्रिक संस्कार देखाउनु पर्छ , तेतातिर सरकारी गाडी ,गाबिस भबन हरु मा आगोलाग्ला ,बाबु हरु सतर्क रहनु !

    धुपौरे : आगो न लगाई ,गाडी न फुटाइ यो देश मा कसले सुन्छ हजुर ! हजुर लाइ जेल मात्र हालोस त् हामि देखाई दिन्छु ! मर्जी मात्र होस् ने के गनु पर्यो ?

    जोसी :(मन मनै ,कस्तो कोक्ल्याटो रे छ ,गाडी आगो लगा ,गाबी स भबन जाला भन्दैछु कुरा बुझ्दैन !!!फेरी खोक्दै ) हाम्रो जिबन दर्सन भनेकै प्रजातान्त्रिक संस्कार हो बाबु ,अरु पार्टी को जस्तो सानो सानो कुरामा सडक बन्द ,हाइवे बन्द ,कार्यकर्ता माथि आक्रमण
    हामीले कहिले गरेनौ | देश मा प्रजातन्त्र लेउन हाम्रा योद्दा हरुले प्लेन अपहरण गरेको
    आफ्नो लागि थिएँन | देश र पजातन्त्र को लागि थियो |

    धुपौरे ::हेर एस्तो महान नेतालाई जेल हालेको | धिकार होस् यो सरकार |देश को अदालत
    जोसी : (मन मनै , धिक्कार होस् एस्तो कार्यकर्ता हुनु भन्दा न हुनु ठिक ,केहि बुझ्दैन,कमसे कम एमाले र मावोबादीको जस्तो कार्यकर्ता भए !!गयो नेपालि कांग्रेस डुब्ने भो ,गिरिजा बाबु ,डुब्ने भो )

    Reply
  64. Harke says:
    July 31, 2012 at 3:07 am

    २०५१ सालको चुनाबमा हो क्यारे गोबिन्देले देशभरि सबैभन्दा धेरै भोट ल्याएको….अहिले जेल जाने तयारी मा छ…….!
    तेस्तै, संबिधान सभाको चुनाबमा चाइ लालुरामले भारतराइ देशभरिमा सबैको भन्दा धेरै भोट ल्याएको, अब लालुराम पनि ढिलो चाडो कि त जेल जान्छ, कि भारतीय सरणार्थी बन्छ…..चेतना भया…!

    Reply
    1. bibek says:
      July 31, 2012 at 1:33 pm

      यो हर्के बहुलाएछ, गोविंदे जेल गएको धेरै भोट ल्याएर श्राप परेर हो जस्तो पो गर्दछ. हों यो हर्के भन्ने लाइ मृत्यु शैया मा जीवन को अन्तिम इच्छा के छ भनेर सोध्यो भने “प्रचण्ड र माओबादी को सर्बनाश हेर्ने” भन्ने छ. छुद्र मानिस आफ्नो दुख मा भन्दा अरु को सुख मा आत्तिन्छ भन्थे, यो येही हर्के भन्ने जन्तु जस्तो हो.
      तिमि जस्ता ले सक्ने भए झोला मा टाउको ल्याएर झोला भरि पैसा लैजाने थिस वा बाबुराम ले १०० मत पनि ल्याउथें, एस्तो गति न पति को कमेन्ट पनि किन छाप्छ माइ संसार? एउटा प्रसंग आउँ पर्दछ नि माओबादी लाइ गाली गर्न, यो लठुवा त भैसी ले दुध नदिए पनि माओबादी, छोरा ले पैसा चोरे पनि माओबादी, दाल मा नुन चर्को भए पनि माओबादी भनेर पो बर्बराउँ थाल्यो त, ओइ हर्के सक्ने भए ७ पुस्ता को बल लगाएर देखाए भयो नि माओबादी बिरुद्द, किन भिजेको मुसा झैँ माइ संसार मा बसेर पाखुरा सुर्कने त्यो पनि असान्दर्भिक सवाल मा?

      Reply
      1. Harke says:
        August 1, 2012 at 1:35 am

        बिबेक बन्धु,
        भोट जनताले खसालेर मात्रै ल्याउने होइन……बुथ कब्जा गरेर पनि ल्याउछन क्या….!
        गोबिन्दे, खुमे होस् या लालुराम, पुकदा…..सबैको भोट ल्याउने काइदा उस्तै थियो…!

        कमाओबादिलाई उसैको उत्पादन (वाईस्याल र धनसेना) ले ठेगान लगाउछन, हर्केले पाखुरा सुर्कनु पर्दैन……चेतना भया…!

        Reply
        1. suman p. says:
          August 1, 2012 at 8:42 am

          काठमानदूमा पानी पर्यो, तेही माओ बादी ले गर्दा , आकास मा बादल लाग्यो, तेही माओ बादी ले गर्दा, हर्के बाजेलाई छेअर पति लाग्यो उही माओ बादी ले गर्दा, कसो हर्के जी ?

          Reply
          1. Harke says:
            August 1, 2012 at 11:46 am

            सुमन जी,
            त्यो त आफ्नो-आफ्नो बुझ्न सक्ने क्षमतामा पनि भर पर्छ….! तर पनि एकपटक झरी, बादल र छेर्पाटी भन्दा माथि उठेर सोच्नुस…………!
            हत्या र हिँसामा बिश्वास गर्नेहरुले देशलाइ उँभो लगाउन सक्दैनन् !आफ्नै दाजुभाई र गुरुहरु नै मारेर आएकाले, तपाई हामी वा देश जोगाउलान भन्नु मुर्खता हो…!

            Reply
    2. Omkaar says:
      July 31, 2012 at 1:40 pm

      यो मान्छे को केहि काम छैन कि क्या हो. जता पनि कमेन्ट हान्न भ्याकेई छ. माओबादी को सत्तो सराप गरेर केहि हुने वाला छैन तिमि हरु जस्ता ले. गर्नु बिधि त पहिले गरि सक्यौ.

      Reply
    3. mahesh says:
      July 31, 2012 at 3:12 pm

      हर्के कहिले ल्यायो गोविंदे ले २०५१ मा सबै भन्दा धेरै भोट? जे मन लायो तेही बोल्ने. माओबादी को रोग ले मानसिक अबस्था नै बिग्रेछ कि क्या हो, भक्तमान काण्ड मा जस्तै ? फेरी गोविंदे लाइ जेल सजाय भोट ल्याएको ले होइन कि नोट च्यापेको ले हो.बिचरा लाइ हरेक सवाल जस्तै भैसी ले दुध नदिए पनि, तरकारी मा नुन चर्को भए पनि माओबादी अनाबश्यक रुप मा दोष दिन खोज्यो धोति फुस्कि हाल्दछ.

      Reply
      1. Harke says:
        August 1, 2012 at 1:57 am

        महेश,
        निर्वाचन आयोगको वेभ साइट http://www.election.gov.np/EN/toptwo.html
        अनुसार गोबिन्देको १९०८६ थियो भने एक बहादुर राना मगरको ११३२२ थियो !
        मत को अन्तर ७७६४ थियो जुन एकबहादुरको मत को ६८.५७% हुन्छ…..!निर्वाचन आयोगले तेही डाटाको कुरा गरेको थियो तेतिबेला !
        फेरी,
        भोट जनताले खसालेर मात्रै ल्याउने होइन……बुथ कब्जा गरेर पनि ल्याउछन, त्यो त भनि रहनु नपर्ला नी….!

        Reply
        1. mahesh says:
          August 1, 2012 at 2:03 pm

          हर्के
          तेही आयोग को डाटा हेरे भयो नि २२००० मत ल्याउने पनि छन्(भारत मोहन अधिकारी) अझ गोविंदे को भन्दा धेरै ल्याउने धेरै छन्, अनि कसरि गोविंदे को १९००० सबै भन्दा बढी भयो देश भरि मा? नराम्रै गाजेछ यो हर्के लाइ माओबादी रोग ले. . हुन् त् यो मानसिक रोग को लक्षण भक्तमान अपहरण काण्ड मा नै देखिएको थियो, राम्रो उपचार नभएको ले बढे जस्तो छ.

          Reply
          1. Harke says:
            August 1, 2012 at 11:13 pm

            महेश,
            यहाँ २०५१ साल को चुनाब को कुरा भैराख्या छ ! २०५१ सालको चुनाबमा भरतमोहन अधिकारीको मत १६,७५८ थियो !
            भरतमोहन अधिकारीले २२,४२८ मत २०५६ साल को चुनाबमा ल्याएका हुन्…..!

            Reply
          2. mahesh says:
            August 2, 2012 at 3:50 pm

            मैले ५१ साल को चुनाव को गोविंदे भन्दा धेरै मत ल्याएको भन्ने हर्के को खुराफात को तथ्य सहित खण्डन गरिएको कमेन्ट किन प्रकाशित नगरिएको हो? माओबादी बिरुद्द को जस्तो बिष बमन पनि छाप्ने, तथ्य दिएर लेखिएको कमेन्ट किन नछापिएको हो? कि ब्लोगर को आस्था अनुकुल को कमेन्ट मात्रै छापिने हो? झुटा तथ्यांक दिएर दिउसै रात पर्न खोज्ने हर्के को गालि छापिने तर निबचन आयोग कै तथ्य दिएर छापिएको खण्डन चाहि नछापिने?

            Reply
        2. mahesh says:
          August 2, 2012 at 2:38 pm

          कुरो अझै मिलेन हर्के
          २०५१ कै चुनाव मा गिरिजा ले २१०13 बद्रि नारायण बस्नेत १९८२१, गच्छेदार २१९६३, मन्होहन अधिकारी २५६७२, बिद्या भण्डारी २१७६३,राम चन्द्र झा २०७४९, बिमलेन्द्र निधि २१३४०,राम बिलाश यादव २२६९३, महेन्द्र राय यादव २३७५८, राम चन्द्र पौडेल २२६३९, सलिम मिया अन्सारी २०१४८ गंगाधर लम्साल २०३२७ तुल बहादुर गुरुङ २२३७७७ सिद्दीलाल सिंह २३५६२ कृष्ण गोपाल श्रेष्ठ २२३१३ सेख इद्रिस २२६८१ उद्दव ढकाल २०४८२ पुरुषोत्तम पौडेल २१०७२ लगाएत अरु थुप्रै छन् गोविंदे ले भन्दा धेरै ल्याउने.

          अनि कसरि भयो गोविंदे को १९०८६ मत देश भरि को सबै भन्दा धेरै?
          माओबादी को अन्धो बिरोधि रोगि हो हर्के भन्ने मान्छे, यो भन्दा ठुलो प्रमाण अरु के चाहियो? बिचरो भक्तमान काण्ड मा पनि येसरी नै भ्यागुता कराए झैँ गरेर ट्वार टवार गर्थ्यो, त्यो रोग अझै सन्चो भएको रहेनछ ,
          येस्ता पत्रु त छन् कांग्रेसी कार्यकर्ता अनि के को फिल्ड मा प्रतिस्पर्ध हुन्थ्यो माओबादी कार्यकर्ता संग! फिल्ड मा पुच्छर लुकाएर भाग्यो अनि बन्द कोठा मा बसेर माओबादी बिरुद्द खोक्यो, येस्तई पत्रु कार्यकर्ता भए पछी कांग्रेस ३७ सिट मा नडल्लीए अरु को दल्लिन्छ त. जाउ बैचारिक प्रतिस्पर्धा गर्ने भए सत्य तथ्य को टिउशन लिएर आउ सुजाता खदके वा अरु को हुन् गुरु तिनी संग .

          Reply
          1. Harke says:
            August 3, 2012 at 12:18 pm

            महेस,
            जम्मा खसेको मतको अनुपातमा कति मत उसको पक्षमा पर्यो, तेस्को हिसाब हो, सिधा जोड घटाउ मात्र होइन !
            जहा मतदानमा नै बुथ कब्जा गरिन्छ भने……तेस्ता अंकहरुको बारेमा बहस गर्नु निरर्थक हुन्छ…..!
            गोबिन्दे होस् या लालुराम, खुमे होस् या पुकदा…., उस्तै हुन्…..चेतना भया !

            Reply
          2. mahesh says:
            August 4, 2012 at 12:58 pm

            कुतर्क को कुनै सिमा नै हुदेन हर्के.

            Reply
    4. गगने says:
      July 31, 2012 at 11:20 pm

      आदो ले जता पनि आफ्नो मानाशिकतानै पहिला देखाउछ रे! कसैकसैलाई चाहि बाबुराम नाजोदिकाना केहि देखिदैन न त लिखिन्छ नै! बाबुरामलाई गालि गर्न र बाबुरामको खेदो खन्न पायन भने खाना पच्दैन!
      यो देश नबनेको न त बाबुरामले गर्दा हो न इन्डियाले यो त यिनै आदो र घाडो हरुले गर्दा नै हो भन्नेमा मा पूर्ण बिश्वोस्ता छु!

      Reply
  65. Birendra says:
    July 31, 2012 at 2:44 am

    समचार हेरे अनि मलाई दुख लागो तनहुँका कांग्रेसीको विचार देखेर, कालो लाइ कालो र सेतो लाइ सेतो देख्न सिक. तिमीलाई गोबिन्देले सयोग गर्यो होला, दुई चार हजार दियो होला, तिमीहरु लाइ अनि तिम्रो आफन्तलाइ जागिर दियो होला त्यहि भयर पाल्तु कुत्ताहरु गोबिन्देको जय जयकार गर्दै छन् गोबिन्दे भ्रष्टाचारी त होनी तिमि कुत्ताहरु ले भुक्दैमा हुन्छा र ?

    Reply
  66. Janak b Thapa says:
    July 31, 2012 at 2:42 am

    व्रस्ताचारी देसद्रोही कांग्रस का गोबिन्द राज जोसी ले केही चम्चा हरु लै पैसा दियर जनता को आखामा छारो हाल्न लै नाटक देखौना खोजेको होला गदा चोर तर सर्बोचा अदालत ले नेया दिएसकेको छ

    Reply
  67. Laxman says:
    July 31, 2012 at 2:39 am

    The bloody dirty game- what the hell are they doing. We all know these corrupted leaders. You caders people are either sheeps or illegally/immorally benefitted by corrupted leaders. Either of these are not good for long term. Hey caders this the time to wake up and start begining something good and hopeful endevour.

    Reply
  68. Udeep Ratna says:
    July 31, 2012 at 2:38 am

    जे गरे नि जुलुस निकाल्न पाइने रैछ हाम्रो नेपालमा |

    Reply
  69. avaya says:
    July 31, 2012 at 2:33 am

    कांग्रेसको उँधो लागेको बुद्दी! येस्तई पाराले त चुनाबमा जनताले धुलोचटा उन्चन !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme