Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खुमबहादुर भ्रष्टाचारी ठहर

Posted on August 14, 2012August 14, 2012 by Salokya

सर्वोच्च अदालते पूर्व मन्त्री तथा कङ्ग्रेस नेता खुमबहादुर खड्कालाई आज भ्रष्टाचारी ठहर गरेको छ। सर्वोच्चले
९४ लाख ७४ हजार १ सय २३ रुपियाँ पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै त्यति रकम जफत र त्यति नै रकम जरिवाना गर्ने सजाय सुनाएको छ। त्यसैगरी उनले डेढ वर्ष जेल पनि बस्नु पर्नेछ। एक वर्ष भ्रष्टाचार गरेकोमा र ६ महिना सार्वजनिक पदमा रहेर भ्रष्टाचार गरेकोमा। फैसलापछि उनका समर्थकहरुले आक्रोशित हुँदै नाराबाजी गर्दै सडकमा तोडफोड गरेका छन्। समर्थकहरुले रिसमा एउटा काम गरी खानेको ट्याक्सी तोडफोड गर्दा बिचरा ड्राइभर दाजु गोपाल तामाङ घाइते हुन पुगेका छन्। एउटा प्रहरी भ्यान पनि तोडफोडमा परेको छ। प्रहरीले केही उग्र प्रदर्शनकारीलाई समातेको पनि छ।

यसअघिको ब्लग : खुमबहादुर भ्रष्टाचारी हुन् कि हैनन् आज फैसला हुँदै, भ्रष्टाचारी ठहर भए प्रतिकारको तयारी
नेपाली कङ्ग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्कामाथि लामो समयदेखि लागेको भ्रष्टाचार मुद्दाको छिनोफानो आज हुने भएको छ। कि उनी जिन्दगीभर भ्रष्टाचारीको नमेटिने दाग लिएर बस्नुपर्नेछ, कि जनतामाझ जस्तो छवि भए पनि अदालतबाट सफाइ पाएको निर्दोष व्यक्तिका रुपमा छाती फुकाएर हिँड्न पाउने छन्। भ्रष्टाचारको अभियोग ठहर भयो भने उनको राजनीतिक करिअर समाप्त हुनेछ। नैतिक पतन देखिने फौजदारी अभियोग प्रमाणित भए पछि उनी भविष्यमा कुनै पनि सार्वजनिक पदका लागि योग्य ठहरिने छैनन्। शायद् त्यही भएर फैसला उनको विपक्षमा भए प्रतिकार गर्ने, आन्दोलन गर्ने चेतावनी फैसला अगावै कङ्ग्रेस युवा नेता र कार्यकर्ताहरुले खुल्लमखुल्ला दिएका छन्। सर्वोच्चको न्यायिक स्वतन्त्रतामाथि हस्तक्षेप हुने त्यस्ता अभिव्यक्तिविरुद्ध कुनै कडा विरोध पनि देखिएन। त्यही चेतावनी कै कारण आज सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

कस्तो आउला त फैसला ?

अहिलेसम्म केही भन्न सकिन्न। ५०-५० को अनुमान लगाइरहेका छन् मानिसहरुले। जेपी गुप्ता, चिरन्जीवी वाग्ले आदिको केसको नजिर हेर्ने हो भने उनी पनि भ्रष्टाचारी ठहर हुने अनुमान केहीले गरेका छन्। अर्कोतर्फ विशेष अदालतले अरुको जस्तो मुद्दाभित्र प्रवेशै नगरी हदम्यादको आधारमा खारेज गरेको नभई मुद्दाभित्र प्रवेश गरी १२ लाख रुपियाँमात्र स्रोत नखुलेको पुष्टि भएकोले यति रकम भ्रष्टाचारी ठहर गर्न अपर्याप्त भएको भन्दै सफाइ दिएकोले उनले सफाइ पाउने सम्भावना भएको अनुमान गर्नेहरु पनि छन्। अख्तियारले २ करोड ३६ लाख बराबरको सम्पतिको स्रोत नखुलेको आरोप लगाएको थियो।

फैसला सर्ला कि त?

फैसला पक्षमा वा विपक्षमा आउने बाहेक अर्को एउटा सम्भावना पनि छ-प‌्राविधिक कारण जनाउँदै फैसला मिति सारिने। जेपी गुप्ताको केसमा पनि तोकिएको मितिबाट फैसला सुनाउने मिति सारिएको थियो। सर्वोच्च स्रोतका अनुसार न्यायाधीशहरुले नोटै नबुझाइसकेको भएर आजै फैसला होला भनी ढुक्कै भइसक्ने स्थिति छैन। तर कल्याण श्रेष्ठ ‘एक्टिभ’न्यायाधीश भएकोले उनले अरुलाई टाइप गर्न नलगाई आफै फैसला टाइप गर्न सक्ने पनि भएकोले आजै फैसला हुनसक्ने संभावना टरेको पनि छैन। सर्वोच्चमा सुरक्षा बढाइएको देख्दा पनि फैसला आजै होला कि भन्ने आशा बढेको छ। त्यहाँमाथि सर्वोच्चमा ५ वर्षअघि दायर यो मुद्दाको सुनुवाई पटक पटक सरिसकेको छ। आज फैसला सुनाउने न्यायाधीशमध्येका एक कल्याण श्रेष्ठ नै विदामा बसेका कारण दुई पटक मुद्दाको सुनुवाई सरेको थियो।

प्रतिकारको तयारी

खुमबहादुर खड्का समर्थक नेता तथा कार्यकर्ताहरुले केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई वर्तमान सरकार फसाउने षडयन्त्रमा लागेको आरोप लगाउँदै त्यसविरुद्ध प्रतिकार गर्ने तयारी थाल्दै गत शनिबार सार्वजनिक चेतावनी दिइसकेका छन्। खुमबहादुर सरकारमा रहँदा लोकप्रिय मन्त्री थिए। उनले सबभन्दा बढी आसेपासे र कार्यकर्ताहरुलाई जागिर लगाइदिएका थिए। त्यसको गुण तिर्न पनि अहिले उनीहरु सडकमा उत्रनु अचम्म हैन। यसअघि विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका गोविन्दराज जोशीको समर्थनमा तनहुँमा जुलुस निस्किसकेको छ। शनिबार धमला क्लबमा आयोजित कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष उदय शमसेर राणाले खुमबहादुरलाई सरकारले फसाउने षडयन्त्र गरेको बताए।
कार्यक्रममा महासमिति सदस्यहरु राजु श्रेष्ठ, गणेशबहादुर विष्ट, हेमन्त मल्ल र स्ववियू सभापति शुभराम बस्नेतले फसाउने गरी फैसला भए त्यस विरुद्ध देशब्यापी प्रतिकार गर्ने चेतावनी दिएका थिए। गणेशबहादुर विष्टले खुमबहादुर खड्काको पक्षमा फैसला नभए काग्रेसको यूवाहरुले आन्दोलनको आधिवेहरी ल्याउने चेतावनी दिए। सफाइ पाए फूलमालासहितको जात्रा र दोषी ठहर भए आन्दोलन गर्ने भनी नाम चलेकै युवा नेताहरुले समेत बोलिसकेका छन्।

यो पनि पढ्नुस्-
के आरोप लगाएको छ खुमबहादुरलाई अख्तियारले ?

51 thoughts on “खुमबहादुर भ्रष्टाचारी ठहर”

  1. Mohan Sitaula says:
    August 15, 2012 at 8:24 pm

    खुमे, गोबिन्दे, गुप्ते, चिरिन्जिबे आदि इत्यादिको नाइके त गिरिजा हो . गिरिजाको सम्पति पनि यहि उसकी छोरी संग होला . अनि त्यो गिरिजालाई चाहि किन छुट . गिरिजालाई समाउन नसके पनि उसको सम्पति त असुल्न सकिन्छ नि .

    Reply
  2. lalanath says:
    August 15, 2012 at 4:19 pm

    पाखण्डीले कति हसुरेछ????

    Reply
  3. Janak b Thapa says:
    August 15, 2012 at 3:25 pm

    काँग्रेस का नेता हरु र उसका कार्यकर्ता हरु सबै भारस्ताचारी छन् भन्या कुरा खुम बहादुर को फैसला मा प्रस्ट छन् किन कि सर्बोछा अदालत को फैसला को दिन काँग्रेस का कार्यकर्ता बाट अदालत परिसर मा नाराबाजी र थोड्फोद ले नै हामी नेपाली जनता ले आत्मा साथ गर्नु पर्छा र काँग्रेस पार्टी माथि पोर्सना चिना लागेको छ?जे भए पनि सर्बोछा अदालत का नेयादिस जु हरु लै सादुबाद छ हामी गरिब नेपाली जनता हरु अब देखि राजनीतिक पार्टी र नेता का नेता हरु संग होइन अदालत का नयदिस जु हरु संग हुन्छुई
    जय देस जय सर्बोच्छा अदालत का नियदीश अन्तमा येस्ता किसिम का ब्रस्ताचारी जुनसुकै पार्टी को भय पनि छुट नदिनु होला र आफ्नो छबी राम्रो राख्नु होला

    Reply
  4. Giri prasad Thapa says:
    August 15, 2012 at 12:30 pm

    यो भर्स्ताचारी मात्र होएन, यो अत्याचारी पनि हो/ अदालत को फैसला भने जस्तो सजाए त भएन तर पनि देरै खुसि लग्यो/
    नेपाल मा कानुन छ बन्ने अनुभूति भयो/

    नेपाल अदालत जिन्दाबाद!!!!!!!!!!!!!!!!!!!

    Reply
  5. Ujjwal says:
    August 15, 2012 at 11:21 am

    किन युवा हरु यो भ्रष्टाचारी को पछि लागेका होलन………..अचम्म लाग्छ……

    Reply
  6. anup says:
    August 15, 2012 at 2:13 am

    खुम बहादुर मात्र हैन, तेसका चम्चा सबै लाई जेल हाल्नु पर्ने हो/ अदालत को फैसला मा पनि बिरोध गर्ने दलाल हरु/

    Reply
  7. Subash Dahal says:
    August 14, 2012 at 11:28 pm

    कङ्ग्रेस युवा नेता र कार्यकर्ताहरु सबै इनै चोर नेता हरुको भरौटे भर बसेका छन् अनि कहाँ बाट राम्रो हुन्छा देश..२-४ पैसाको लोव मा नलागी देश को पक्ष्य मा सोच्ने गर केटा हो एस्त को पछी लाग्ने हैन..इनी हरुले त उपभोग गर्छन अनि नचाहिने भए पछी लात हन्छन..नेता न हुन्..जे होस् Supreme court ले सानै भए पनि सजाए सुनायो kh

    Reply
  8. madan bajracharya says:
    August 14, 2012 at 9:44 pm

    नेपालमा नेताहरुले गरेको भ्रस्टाचारहरुलाई तुलनात्मक रुपमा हेर्ने हो भने ई गुप्ते गोबिन्दे चिरन्जीवी र खुमे ईनिहरु त् चवन्नी मार्काको भ्रस्ट नेताहरु मात्रै हुन्/ ईनिहरुलाई त् सजाय भयो तर ईनिहरुको पनि “बाप” ठुला भ्र्स्ताचारी हरु अझै नेपालको राजनीतिको “माईबाप” बनि बसेकाछन्; तिनीहरु माथि पनि कार्यबाही होस्/ बस यहि कामना गर्छु/

    ई चवन्नी चोरहरुले ब्यापारी कर्मचारीहरु बात अनैतिक रुपले रकम उठायाएको हो भने रास्ट्रको सम्पति बिदेसीलाई सुम्पेर खाने देसमाराहरु अझै “मै ठुलो” बनेर बसेकै छ/ जो ठुलो छ तेही सबै भन्दा ठुलो चोर रहेकोछ यहिनै नेपालको दुखद सत्य हो/

    नेपाल भित्रैको नेपाली ब्यापारी कर्मचारी बात भ्रस्टाचार गरेको रकमहरु आज सजायको रुपमा जफत भयो र चवन्नी चोरहरु जेल पनि गयो/ यस्तो चवन्नी भन्दा ठुला अथन्नी चोरहरु नेपालमा अझै शक्तिशाली रहेको कानुन बात बच्दै आयको कुरा “रुबेल” काण्डले पनि देखायाकै कुरा हो/ रुबेल र सुडान काण्डमा आरोपित पुर्व आई जी पी ओम बिक्रम रानाले कसले कति खायको थियो भनेर नाम किटेर भनेको थियो/

    गुप्ते गोबिन्दे चिरन्जीवी खुमे चवन्नी चोरहरु हुन् भने रुबेल-सुडान र भ्याट चोरी काण्डमा संलग्न व्यक्तिहरु अथन्नी चोरहरु हुन्/ ती चवन्नी र अथन्नी चोरहरु भन्दा ठुला चोरहरु रास्त्र्मारा सन्धि गर्ने चोर हरु हुन्/ ईनिहरु पनि बच्नु हुँदैन/

    महाकाली जस्तो रास्ट्रमारा सन्धि गर्नेहरुले ठुलै आर्थिक भ्रस्टाचार गरेको आरोप तिनीहरुकै दल भित्र बात उठेको थियो/ महाकाली सन्धि रास्ट्र मारा संधिनै हो किन भने त्यो सन्धि गराउन सदनले ४ संकल्प पुरा गर्नु पर्ने शर्त राखेको थियो तेस्को पालना नहुनु र महाकाली नदीको उता पारि सम्मनै नेपालको भयकोमा आज भारतले यता पारि सम्मै कब्जा जमायर बसेको कुरा माहाकाली सन्धि गराउने आरोपित व्यक्ति माधव नै प्रधान मन्त्रि छान्दा उसैको सरकारको संसदीय टोलीले आधिकारिक रुपमै माधवको सरकारलाई जानकारी गरायको थियो/ तर पनि माधव चुप बस्यो किन? यस्ता “किन?” हरु असंख्य छन् तर जवाफ नदिने माथि कार्यवाही गर्ने कोहि छैनन् किन?

    हो नेपाल गरिब छ र नेपालले आफ्नै लगानीमा ठुला आयोजनाहरु आजको आजै थाल्न सक्दैन भन्दैमा नेपाललाई नगन्य फाईदा हुने गरि तेस्ता सम्पदा बिदेसलाई सुम्पनु जतिको ठुलो अपराध अरु के हुन् सक्छ? तेस्ता रास्ट्र मारा सन्धिहरु गर्ने नेताहरुको हिजोको र अबस्था तुलनात्मक रुपमा हेरे मात्र पनि ती सन्धिहरु गरिंदा ठुलो आर्थिक भ्रस्टाचार भयको थियो भनेर तिनीहरुकै दल भित्र बात उठेको आवाज सत्य थियो भनेर देखाउन्दैन? छानबिन होस् यस्तो कुराहरु माथि पनि; बस यतिनै/

    Reply
  9. Chetan Nepali says:
    August 14, 2012 at 9:31 pm

    एकदम सहि र बहादुरीपूर्ण निर्णय गरेकोमा सर्वच्चोका न्यायाधिशहरुलाई साधुवाद !
    यी कांग्रेसी गुण्डा तथा कम्युनिस्ट (एमाले र मावाबादी) गुण्डाहरु बाट यी महान न्यायाधिशहरुलाई खतरा हुनसक्छ सरकारले उनीहरुको सुरक्ष्य ब्यबस्ता कडा गर्नु पर्छ !
    भ्रस्ताचारिको पिछालाग्गु (कार्यकर्ता, वकिल, पत्रकार, नेता) हरुलाई पनि नियम मिलाएर जेल कोच्नु पर्छ अनि मात्रै शान्ति मिल्छ जनतालाई !

    Reply
  10. ravi says:
    August 14, 2012 at 7:06 pm

    अनि कर्मचारीलाई चै जेल कोच्नु नपर्ने? कर्मचारीले कती मस्ती लुटेका छन् थाहा छ जो कोहीलाई? इन्जीनिएर सडक सिचाई , मालपोत कालाई नहेर्ने? बनका कर्मचारीले बर्साई पिच्छे घडेरी किन्छन यात भारती बैंकमा पैसा जम्मा गर्छन/ बनका भू पु महानिर्देशक दीप बहादुर कार्की ले गरेको भ्रस्टाचार हेर्नेहो भने रिंगटा लाग्छ , त्यसतै डी एफ ओ जीवन कुमार ठाकुर , बाबुराम भण्डारी ले जोडेको अकुत सम्पती कहाबाट ल्याका हुन्? तीनलाई हेर्नु पर्दैन? एक क्यु फीट काठ को कारोबार हुदा १५ रु डि एफ ओ ले , १० रेन्जरले ५ बन पालेले खान्छन —खै तीनका लेखाजोखा? हेर्दै बुझ्दै जाने हो भने सबै भ्रस्ट नेपाल भन्ने देशको !

    Reply
  11. नारायण says:
    August 14, 2012 at 7:05 pm

    मैले १ अगष्तको यस कारण खुम बहादुर जेल जान सक्छन भन्ने गरमागरम बहसमा
    “न्यामुर्तिहरु भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेरज्यु को गुप्तालाई सफाइ दिने फैसला सर्वोच्च अदालतबाट उल्टी भएको देखिदा खड्काको फैसला पनि उल्टी भई निज सदरखोर नै जानु पर्ने भएको हुदा निजलाई ” सदरखोरमा बस्न गुन्द्री काम्लो” किन्न यसै “मेरो संसार” मार्फत खबर गरीदिनु ।” भन्ने ठोकुवाका साथ भनेको थिए आज त्यहि भयो ।
    तेत्तिसकोटी सादुबाद छ न्यामुर्ति कल्याण श्रेष्ठ र तर्कराज भट्टज्यूलाई !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  12. गगने says:
    August 14, 2012 at 6:50 pm

    ‎’नहुनु मामा भन्दा कानो मामा जाति’
    नेपालि अदालत ले खुम बादुर माथी फैसला गरि जनजिब्रोको यो टुक्कालाई एक पटक चरितार्थ गरि दियको छ! तत्कालिन समयको सर्बाधिक उपल्लो कोटीको भ्रस्ताचारी लाई झुलाउदै लागेर अन्तत सफाइ दिन नसक्ने अवस्था आइ केही सिप नलागेसी सबैभन्दा कम सजाय र जरिवानामा थम्थम्याइदेको स्थिति हो यो!
    कम्सेकम यत्ति भयनी भयो भनेर चित्त बुझाउने हो हामि त, क्यार्नु?
    बाकी रह्यो नेपालि कांग्रेस र नेविसंघ का खुम बादुर ट्रेड मार्क को कार्यकर्ता हरुलाई चाहि के भन्न मन लाइराछ भने नि,
    चिन्ता पिर नगर्दा हुन्छ, २०% डिस्काउन्ट गर्दा र रातलाई पनि दिन मा गन्दा जाबो छ महिना त होनी मालिकको न्यास्रो तेसपछी अबिर जात्रा गरि रथमा चडायर घरघर लागि पुजा गरेनी भो नि त्! हाम्रो सार्बजनिक सम्पति को नाश गर्न र जनतालाई दुख दिदै हानि क्षति पुर्याउन किन उध्धत्ता छौ हो!

    अब अदालतले अर्को परमादेश दिदै यो नेविसंघ र खुमेका पाल्तु हरुबाट उपद्रो गरि जति क्षति पुर्यायको छ त्यो र तेस्को पनि क्षति को गणना गरि खुम बादुरको जरिवाना र सजायमा एडजस्ट गरिनु पर्छ! र जति उपद्रो हुन्छ तेसलाई हेरी यसको २०% डिस्काउँट खारेजी गर्नु पर्छ!
    अनि मात्र सकारात्मक संदेश प्रबाह हुन्थ्यो कि त्!

    Reply
  13. Ramesh Pokhrel Doha Qatar says:
    August 14, 2012 at 6:43 pm

    कांग्रेसले नाङ्गो नाच सडकमा देखाउन सुरु गर्यो / कार्यकर्ताको बुद्दी नै यस्तो भए पछी नेता लाइ के गालि गर्नु? अब त कांग्रेसको बिसेस्तानै भ्रस्टहरुको झुण्ड भन्दा सायद गल्ति नहोला

    Reply
  14. Bikash says:
    August 14, 2012 at 6:39 pm

    खड्का दाई होइन. खड्का जी पनि होइन. मास्टर खड्का जी त झनै होइन.
    यो त भ्रस्टचारी नरपिचास खड्को पो रहेछ.

    Reply
  15. Bishnu Nepali says:
    August 14, 2012 at 6:27 pm

    सबै भ्र्स्ताचारी हरु जेल हाल्नु परद छ|

    काँग्रेस- सुजाता, अर्नुज नर सिंह, लक्ष्मन् घिमिरे, सेरे, राम चन्द्रे, सिटौला, महत हरु,
    एमाले – बामे, इश्वोर पोखरेल, ओली, झले, माकुने, बिद्या भण्डारी, प्रदिप नेपाल
    माओबादी – लडाकुका पैसा खाने हरु
    सबै मधिसे हरु
    सबै पन्च हरु

    Reply
  16. Oasiss Dhital says:
    August 14, 2012 at 6:27 pm

    नेपाली काँग्रेस को केनदेर्य समिति को बैठक अब नक्खु जेल मा गर्नु पर्नी भो लौ न,,,,
    बरिस्ठ जति सबै उता,,,वाग्ले जी,,गुप्त्ता जी,,जोशी जी,,,खड्का जी,,,

    Reply
  17. Rajendra Mouny says:
    August 14, 2012 at 6:17 pm

    सबै लै थाहा छ २०४६ साल भन्दा पहिले खुम बहादुर को कति सम्पति थियो त्यस पछि गिर्जा को छहारी मा देश लाई निकै लुट्यो, ढिलो भयो सजा मा.सडक मन्त्रि हुँदा खुम बहादुर ले गरेको भ्रस्टाचार सबैलाई थाहा छ. उसको पछि लाग्ने हरु पनि उ जस्तै हुन्.

    Reply
  18. dharmendra says:
    August 14, 2012 at 6:13 pm

    आज म नेबी संघ , ने का, बिसेस गरि तरुण दल समर्थक भएकोमा ठुलो पश्चाताप गर्दछु किनभने तरुण दलले तरुण हरुलाई राम्रो बाटो देखाउला भनेको त भ्रस्ताचारिलाई पूर्ण समर्थन पो गर्दो रैछ …..कस्तो बिडम्बना …थूक्क्क तरुणदल …धिक्कार छ

    Reply
  19. Karma says:
    August 14, 2012 at 6:11 pm

    Great News !

    Who is next Yami or PK dahal ?

    Reply
  20. नरोत्तम says:
    August 14, 2012 at 6:02 pm

    ढिला सुस्ती भए पनि हाम्रो नेपालमा सर्बोच्च भुस निद्रामा चै परेको रहेनछ भन्ने बतायो यो निर्णयले|
    खुमबहादुरलाइ नेपाली जनताले पहिले नै भ्रस्टचारी ठहर गरिसकेका थिए| सर्बोच्चको ठहरले खुमबहादुर अब महा भ्रस्टचारी भए| जनताको सेवा गर्छु भनेर सबै धन कुम्लो पारने र नाता आफन्त स्वजनलाई पोष्ट्याई सकेका छन् यी भ्रस्ट सम्राट खुमबहादुरले| यसबेला गिरिजाको स्मरण गर्नपर्छ| उनैले हुन् खुमेलाई भ्रस्टचार गर्न दिएको र गर्दा पनि मौन रहेको| अब सुजाताको पालो|
    कांग्रेसका तरुण दलले तोडफोड गर्न भन्दा लाजै पचाएर खुमबहादुरलाई शहिद घोषणा गर्ने मांग राखेको भए हुन्थ्यो| नेपाली राजनीतिमा कांग्रेसको स्तर यति नीच र घिनलाग्दो स्थितिमा पुगेको छ कि यसलाई तु बिघटन गरे हुन्छ| बीपी सोचले र गणेशमानको दुखले
    अर्ज्याको समाजवादी ने. का. का अधिकांश नेताहरुमा पद लोलुपी र सुबिधा भोगी मात्र बचेको छ, धनवादी बनेको छ|
    कोही नेता होला ने. का. मा यस्तो तोडफोडको घोर बिरोध गरेर ती युवा भनाउदा भरौटेहरुलाई तुरन्त कारवाही गर्न आव्ह्वान गर्ने?
    कसले सोच्ने बिचरो घाइते ट्याक्सी चालक गोपाल तामांगको अवस्था?

    Reply
  21. Ram says:
    August 14, 2012 at 6:00 pm

    करोढ भ्रष्टाचार गर्ने चिरन्जिवी, गोबिन्द र खुमबादुरलाई कारवाही भएझैं यो देशका सम्पूर्ण भ्रस्टाचारीलाई कारवाई हुनु पर्छ ! राष्ट्रको सम्पति हुदै नभएका लडाकुको नाममा बुझेर अरवौ स्वाहा पारिएको यो घटना अमिक शेरचनले होइन अदुनिकाले तुरुन्त हेरोस् ! कोहिछ हाम्रो देशमा अन्ना हजारे र रामदेव बाबाझैं बिदेसिएको कालोधन फर्काउन र भ्र्स्ताचारिलाई कानुनको कठघरामा पुर्याउने आन्दोलनको नेत्रित्तो गर्ने ! यदि यो भए हाम्रो देश बिकाशको पथमा लम्किन्छ ! म ठोकेर भन्छु नेपालको कुनै त्यस्ता मन्त्रि छैनन जसले १/२ करोढ भर्स्ताचार नगरेका हुन् ! तिनलाई ५ बर्श्लागयेर हैन ५ मैनामा कारवाही गरौँ ! भस्टाचार निर्मुल हुन्छ छिटैनै !

    Reply
  22. Sisir says:
    August 14, 2012 at 5:50 pm

    आजको दिनको येही हो एउटा राम्रो समाचार …

    Reply
  23. ryan says:
    August 14, 2012 at 5:37 pm

    यो खड्का होइन पैसा पडका अनि जनता भड्का हो ………….येस्तालाई पार्टी को हिसाबले हेर्नु हुँदैन ……………यो देश को लागि उडुस हो एस्ले ………………

    Reply
  24. पुरन पाण्डेय , कोरिया says:
    August 14, 2012 at 5:34 pm

    जम्मा डेढ वर्ष कैद र ९४ लाख ७४ हजार रुपियाँ जरिवाना ????????????????????????????????????????? भ्रस्टाचारी लाई सजाय हो कि सम्मान हो यो ? अझै यस्तो पनि रे ???? – फैसलापछि खड्का समर्थकहरुले झण्डासहित नाराबाजी !!! हुन त कोहि एउटा चोखो भए पो न उफ्रिउन त ! सब का सब चोर छन् !! भोलि आफ्नो पनि त्यही हबिगत होला भनेर होला नि ……जाबो डेढ वर्ष कैद को लागि पनि के उफ्रिन्छौ हो अरौटे भरौटेहरु ???? लाज को मर्नु भन्या !

    Reply
  25. Gemmi says:
    August 14, 2012 at 5:32 pm

    राम्रो | अब गोविन्द राजलाई पनि कारवाही भए पछि कांग्रेस भ्रष्टाचारको ऐतिहासिक जालोबाट अलि मुक्त हुन्छ | एमाले र माओबादीका कसैले पनि खाएका छैनन् भनेर पत्याउन मुस्किल छ, तर यिनको नाम खासै बाहिर आए जस्तो लाग्दैन | कि यिनको नाम अबको दश बर्षपछि आउने होला |

    Reply
  26. gajendra says:
    August 14, 2012 at 5:30 pm

    एउटा जमात युबाहरु डाका ओलीको इसारामा बन्द तोडफोड अनि कांग्रेसी हरु एउटा भ्रस्टचारी को लागि मर्न र मार्न तयार! वा………………. नेपाली युवा तिमीहरु जस्ताले गर्दानै देसको हालत एस्तो भएको हो,

    Reply
  27. Krishna RAjbhandari says:
    August 14, 2012 at 5:17 pm

    आन्दोलनको नाम लियर खुम बहादुर खड्काबाट पालीयका भुसल्तेह्रुले अहिले गुण तिरेको देखाउनु खोजेका हुन .लाजै मर्नु एउता पार्टीको तीनजना नेता दोषी हुनु भनेको सानो कुरा होइन त?

    Reply
  28. DS Single says:
    August 14, 2012 at 5:13 pm

    आखिर नायापलिका ले काम त गर्यो ढिलाई भय पनि तर २ करोड को ठाउँमा ९४ लाख मात्र देखायो त भ्रस्टाचार. बाँकि चाही अहिले सम्म पुग्दा बैध भैसकेछ.

    Reply
  29. mahesh says:
    August 14, 2012 at 5:13 pm

    भ्रस्ट लाइ सजाय कम भयो. यो अपराधी लाइ कम्ति मा २० बर्ष सजाय हुनु पर्थ्यो. “अदालत ले सजाय गरेमा आन्दोलन गर्ने” भनेर नेपाली कांग्रेस र एसका भात्री संगठन नांगै भयो. नेपाली कांग्रेस को सांगठानिक निर्णय होइन भ्रस्ट लाइ जोगाउने भने भ्रस्ट को पक्ष मा लविंग गर्ने लाइ कारबाही गरोस.

    Reply
  30. jiban says:
    August 14, 2012 at 5:11 pm

    राम्रो खबर सर्बोच्च अदालत
    लाई धन्यवाद

    Reply
  31. xyz says:
    August 14, 2012 at 5:02 pm

    Wearing of the auspecious rings did not work.

    Reply
  32. Sisir says:
    August 14, 2012 at 5:02 pm

    खुमे जस्ता भ्रस्टहरुलाई जेल कोच्नै पर्छ ..
    ज्ञानेले साशन सत्ता आफ्नो हातमा लिए पछि यी भ्रस्ट केहि काग्रेसी बिरुद्ध अख्तियारलाई प्रयोग गरि उनिहरु बिरुद्ध भ्रस्टाचारको मुद्धा दर्ता भएको थियो .. जनताले यो कामको सराहना गरेका थिए भलै ति चल्तीका भ्रस्ट भए पनि यो राजनीतिक प्रतिसोध पूर्ण थियो होला, जसमा चल्तीका कांग्रेसीलाई मात्र छानी छानी मुद्दा हालिएको थियो, तर जे भए पनि यो ज्ञानेले निकै राम्रो काम गरेका थिए … भ्रस्टहरुको पक्कै निद हराम भाको थियो .. तर के यिनै १०-१५ जनाले मात्र भ्रस्टाचार गरे होलान ??
    के देशमा अरु भ्रस्ट छैनन् त ? कि २०५९ पछि भ्रस्टाचार नै भाछैना ?? ति बिरुद्ध पनि मुद्दा दर्ता गरि कडा भन्दा कडा सजायको बेबस्था गर्नु पर्छ .. भ्रस्टाचार देशको महारोग हो

    हे अदालत घेर्ने खुमेका झोले हो , अदालत घेर्ने होइन बरु आफ्नो शक्ति अरु भ्रस्टहरु खोजि तिनीहरु विरुद्ध सम्बन्धित निकायमा आरोप प्रमाड दर्ता गराऊ , ताकी तिनीहरुपनि खुमे संगै जेलमा बसुन , तेस्मै देश जनता र तिम्रो हित छ ..

    Reply
  33. Rames, Korea says:
    August 14, 2012 at 5:01 pm

    Congratulation! Its great victory of Nepalese people as brave judges decided against Khum B. Khadka. Its just stepping stone in our history, there are a lots of things we have do against corruptions in our country. Lets wait and see, how these dogs of Khadka will demonstrate on the street. Government should give prison as a gift to them.

    Once again, Thanks for all who involved and helped directly and indirectly to make this great success.

    Reply
  34. के.पी.अविश्रान्त,प्रगतिनगर,नवलपरासी says:
    August 14, 2012 at 4:59 pm

    पास सर्बोच्च अदालत //
    खुमबहादुर थापा अन्तत भ्रस्टाचारी साबित//
    ९४ लाख ७४ हजार १सय २२ रुपैया जरिवाना//
    डेढ वर्ष जेल//
    भ्रष्टाचार गरेको सम्पति जफत//

    Reply
  35. rohit says:
    August 14, 2012 at 4:55 pm

    के हि lacharpato लाग्दैन काँग्रेस धाम क्यौने मात्रै हुन् कांग्रेसको कुनै दम छैन दम छ भने बाबुरामलाई हतौचु भन्ने को फुर्ति देखिहल्योनी भ्रस्टाचार गरेर भतुवा कार्य कर्तालाई खुवाय त्यहि भतुवा हरू करको हुन् के हि लाचार्पतो लाग्दैन जति भुक्ने हो भुक्न दिनु पर्चा त्यो खातेहरूलाई गुण्ड खुमेलाई जसरिणी जेल हल्नुपर्चा

    Reply
  36. yam pun says:
    August 14, 2012 at 4:53 pm

    नेपालको राजनीति, नेता र कार्यकर्ता सबै ढलको पानी भन्दा पनी फोहोरी भैसकेको कुरा घाम जस्तै छर्लंग भै सक्यो! एउटा पार्टी, नेता र कार्यकर्ता मात्र बिग्रेको भए पो बिरोध गर्न पनी जाँगर चलेर आउथ्यो! सब का सब उइ दयांग का मुलाहरु हुन्!
    जे भए पनी अदालतले आज खुम बहादुर लाई कारबाही गरोस!
    अब आउने दिनहरुमा बाबुराम, प्रचण्ड, के पी ओली, झले, शेरे, शुसिले, उपेंद्रे, गच्छादारे, माकुने, हरुको नाम पनी भ्रस्ताचारिहरुको सुचिमा परि अदालती कारबाही अगाडी बढिरहेको छ भनेको समाचारमा माई संसारमा पढ्न पाऊ भनि प्राथना गर्दछु!

    Reply
  37. Deepakl says:
    August 14, 2012 at 4:45 pm

    खुमबहादुरका खुनी कांग्रेसीहरु चार तारा ज्यान मारा मात्र भन्न बाकी छ, अदातल नमान्ने भए बैद्यबा संग जंगल पसे हुन्छ | भ्रष्टचारी मुद्दामा सडक तताउने हो कांग्रेसको स्वतन्त्र न्यायपालिका ? यो दुनियाँमा घाम झैँ छर्लंग छ गोबिन्दे खुमे को हुन् भनेर …

    Reply
  38. shyam says:
    August 14, 2012 at 4:41 pm

    भ्रस्टचारीको बचाऊ गर्नेहरु पनि भ्रस्टचारी हुन्| चाहे ति राजनीतिक कार्यकर्ता हुन् अथवा वकिल, प्रशासक वा न्यायाधिश|

    Reply
  39. purna prasad khatiwada says:
    August 14, 2012 at 4:35 pm

    अख्तियारले २ करोड ३६ लाख भष्टाचार गरेको देखायको छ | पद मा छदा भष्टाचार गरेको धेरै समाचार मैले पत्रपत्रिका बाट पढेको अनि सुनेको छु | खुम बहादुर खड्का को ईमेज त्यति राम्रो छैन, भष्टाचार, ग्रियमन्त्रि हुदा जनता माथि गरेको दमन धेरै कुरा नराम्रा छन् , अदालत ले राम्रो संग सोचेर निर्णय गरोस ताकी अदालत माथि जनताको विश्वास धेरै बडोस, मलाई पूर्ण आशा छ , खुम बहादुर खड्का जस्ता धेरै जना लाई अदालत ले माफी दिने छैन भन्ने कुरामा , यस्ता भष्टचारी हरु धेरै छन् नेपाल मा , भष्टाचार उन्मुलन गर्न अदालतले बिसेस भूमिका खेल्नै पर्छ

    Reply
  40. Dip says:
    August 14, 2012 at 4:30 pm

    कल्याण दाइ को खुट्टी पनि हेरौ कति दरो ठेक्क छन् . सडक मा गुण्ड उफार्दा निर्णय परिबर्तन गरे भने प्रधानमन्त्री लै अदालत मा मान हानी को मुद्दा मा बोलाउनु पनि नाटकै रैछा भन्ने बुझाउला.

    Reply
  41. Uttam Khadka says:
    August 14, 2012 at 4:27 pm

    यो चोर भ्रस्टचारी लाई फासी र यसका झोलेहरु लाई जेल कोच्नु पर्छ अनि मात्र जनताले न्याये पाएको ठहरिन्छ!

    Reply
  42. Rames, Korea says:
    August 14, 2012 at 4:17 pm

    कल्याण श्रेष्ठ will not make wrong decision, as he is one of the most popular and brave Judge in history. I wish him for great success and remind him, all the Nepalese people are waiting your judgement aganist Khum B. Khadka case. Do not forget, there are whole Nepalese people are behind you. You just proceed the Khadka case.

    Reply
    1. mahesh says:
      August 14, 2012 at 5:18 pm

      हो हो नेबी संघे र तरुण दल का लठैत हो. अब आन्दोलन गर्ने एजेन्डा प्राप्त भयो. “बाबुराम सरकार राजिनामा दे, रास्ट्रिय भ्रस्टचारी को सरकार निर्माण गर” बरु बल नपुगे महेश बस्नेत परशुराम बस्नेत नाम का गुण्डा र तनहु मा जुलुस निकाल्ने गोविंदे को गुण्डा हरु संग सहाकार्य गर.

      Reply
    2. binaya says:
      August 14, 2012 at 5:38 pm

      हे डाकाहरु हो !!!!!! तिमीहरुले गर्दा नै हामि बिदेशमा गएर काम गर्न बाद्य छौँ !!!!!!!!!!!!!!!!!!! जेल मात्र होइन कोर्रा लगाउनु पर्छ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

      Reply
  43. sunil says:
    August 14, 2012 at 4:04 pm

    हामी नेपली नै कुकुर हौ . तेस्ता चोर नेता हरु लै सत्ता मा पुरौछौ . अनि तेस्ता चोर नेता ले भ्रस्टाचार गर्छन अनि हामी तीनै भ्रस्टाचारीको जय जय कार गर्दै भ्रस्टाचारी होइन भन्दै आदलत को फैशला ठिक भयन भन्दै जनता लाई दुख दिन्छाम .

    Reply
  44. raj says:
    August 14, 2012 at 3:59 pm

    “सफाइ पाए फूलमालासहितको जात्रा र दोषी ठहर भए आन्दोलन गर्ने भनी नाम चलेकै युवा नेताहरुले समेत बोलिसकेका छन्।” रे………..
    सफाइ पाए फूलमालासहितको जात्रा सफाई नपाए जुत्ताको माला भनेको भए पो हुन्थ्यो. बुद्दी बिग्रिएका युवा नेताहरु. …

    Reply
  45. के.पी.अविश्रान्त,प्रगतिनगर,नवलपरासी says:
    August 14, 2012 at 3:30 pm

    आजको फैसलामा सर्बोच्च अदालत पास हुन्छ कि फेल परिक्षाको पर्खाइमा आम नेपाली जनता//

    Reply
  46. maheshwar says:
    August 14, 2012 at 3:19 pm

    अरे ओ कांग्रेसी नेता तथा नेता का भरौटे हरु हो अलिकति पनि लाज लाग्दैन भ्रस्टाचारीलाई जोगाउन….गनाएका चोरहरु…….हामी कांग्रेसी सब भ्रस्टाचारी हौ भन्न खोजेको हो अदातल घेरेर………..प्रतिकारमा उत्रने सबैलाई गोलीले मकै भुटेको जस्तो भुत्ट्नु पर्छ….नत्र त भोलि ओली/एस्वरे/झले/थापा/बबुरामे/प्रचंडे/गच्चेदारे/गुप्ते सबैलाई भ्रस्टाचारको मुद्धा लगाउदा फेरी तिनका भरौटे संगठन हरुले पनि त्येस्तै प्रतिकार गर्छन……
    तर हे भगवान इनिहरुलाई कारबाई गर्ने कसले????…………..कसले गर्ने………भ्रस्टाचार को धरातलमा उभिएको म..हान पार्टीका गु…रब्साली नेता तथा काम नचलाऊ प्रधानमुन्तरी ले???? वा भबिस्यमा खुमेको जस्तो नियेती भोग्ने वालो गुहे (गृह) मन्त्रिले ???? वा पाकिस्तान म़ा जस्तो अयोग्य सरकार भनि सरकार बरखास्त गर्ने आँट गर्न सक्ने अदालतले???? वा आउने चुनाबम़ा फेरी येस्तई नेताहरुलाई जिताउन हामी दाजु भाई एक आपसमा लड्ने भेडाहरुले…….????

    Reply
  47. kusan sharma says:
    August 14, 2012 at 3:11 pm

    राजनीतिक गुन्डाहरुको संस्कार नै हो,गुन्डागर्दी गर्नु l आखिर उनीहरुले भनेकै कुरा फैसलामा आउनु पर्ने भए अदालत किन चाहियो त ? खड्कालाई बढीमा २ वर्षा त जेल पक्का छ – जनताको चाहना पनि तेही होला जस्तो मलाई लाग्छ l अदालतको फैसला जस्तो आएपनि जनताको अदालतमा त खुमबहादुर दोषी नै हुनेछन l

    Reply
  48. Mitrapal Singh says:
    August 14, 2012 at 2:51 pm

    नेपाली कांग्रेस अव घुस्याहा, फटाहा र डाकाहरुको पार्टी जस्ते हुन लाग्यो । प्रजातन्त्र भनेर नथाक्ने कांग्रेसका भात्रि संगठनहरु गुण्डा गर्दीमा उत्रादा पनि नरोक्ने मात्रै होइन, अदालतलाई समेत धम्क्याउन थालेका छन, तर माउ पार्टी चुप चाप रमिता हेरेर वस्दछ ।

    Reply
  49. उपासक उदास says:
    August 14, 2012 at 2:43 pm

    यी फुच्चे नेताहरुको ‘वक्तव्य ‘ सुन्दा यस्तो जीवको चित्र आँखामा आयो ,
    जसले टोक्यो भने ‘रेबीज’ भन्ने रोगले मान्छेलाई थला पार्न सक्छ .
    यिनीहरुले राष्ट्रलाई उँभो लगाउने कुरो त निकै टाढाको कुरो भयो.
    कम्तिमा देशलाई टोक्न छोडेर बिरामी मात्र नापरिदिए गुण माने हुन्छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme