Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

३० वर्ष नपुगेकी महिला खाडीमा काम गर्न जान नपाइने

Posted on August 9, 2012August 9, 2012 by Salokya

सरकारले बुधबार एउटा अनौठो निर्णय गरेको छ- ३० वर्ष पूरा नभएकी महिला खाडी देशहरुमा काम गर्न जान नपाउने। किन यस्तो गरियो रे भन्दा सरकारका प्रवक्ता राजकिशोर यादवले भनेछन्- नेपाली केटीहरु सानै उमेरमा खाडीमा जान्छन्। तिनीहरुलाई त्यहाँ ठूलो शारीरिक तथा मानसिक यातना भइरहेको छ। ३० वर्ष पुगेका महिला महिला पाका हुन्छन्, सही निर्णय गर्न सक्ने हुन्छन्, त्यही भएर यसो गरेको।

अब वयस्कताको परिभाषा पनि परिवर्तन गर्नुपर्ने भयो उसो भए- ३० वर्ष पुगेकी महिलालाई मात्र वयस्क मानिनेछ भन्दै। फेरि ३० वर्ष पुगिसकेकी महिलालाई शारीरिक र मानसिक यातना नहोला भन्ने के ग्यारेन्टी छ त? कि बूढी भइसकी भनेर शारीरिक यातना (के कुरा घुमाएर भन्नु, सीधै भनौँ न- घरका मालिकले बलात्कार गर्दैनन्) भन्न खोजेको हो?

अहिले उमेर बढाएर पासपोर्ट लिएर १८ वर्षै नपुगेकीहरुलाई पनि खाडी लगिएको छ। उनीहरुलाई केही थाहा पनि हुन्न। कसैले भनेकै भरमा उनीहरु खाडी जान तयार हुन्छन्। अनि समाचारहरुमा प्रशस्त सुनिन्छ, दुःख पाएर गर्भ बोकेको अवस्थामा नेपाल फर्किइन्। यता नेपालमा पनि बिना बाउको बच्चा हुर्काउनु पर्दा उनीहरु अलपत्र। ३० वर्षको उमेरसम्म त बिहे भइसकेको हुन्छ। अनि त्यसरी फर्के पनि अलपत्र हुँदैनन् भन्ने पो सोच हो कि सरकारको ?

जस्तै सोच भए पनि यस्तो निर्णयले यस्ता समस्या हल हुने देखिन्न। मानव तस्करीको एउटा ठूलो माफिया यहाँ चलखेल गर्छ। उनीहरुका एजेन्टहरु गाउँगाउँ पुगेर फकाउँछन् महिला र उनीहरुका अभिभावकलाई। र उनीहरुले नेपालमा नपाएर के भो र, छिमेकी देश भारतको विमानस्थलबाट उडाइहाल्छन् हाम्री चेलीहरुलाई।

कुवेतमा कामी शेर्पाको मृत्युको आङ्गै सिरिङ्ग हुने घटना सार्वजनिक भएपछि तत्कालीन सरकारले २०५४ साल जेठ ३ गते खाडी क्षेत्रमा महिलालाई वैदेशिक रोजगारमा पठाउन प्रतिबन्ध लगाएको थियो। के समस्याको समाधान भयो त ? झन् गाह्रो भयो। माफियाहरुले दिल्लीबाट धमाधम नेपाली चेलीहरुलाई उडाए। अवैधानिक रुपमा गएको हुनाले झन् उनीहरुलाई केही समस्या पर्दा उद्धार गर्नै गाह्रो भयो। देशमा काम छैन, दाम छैन, खानलाई माम छैन। अनि नजा भन्दैमा जान्नन् ? हातमुख कसरी जोर्ने ?

२०५७ सालमा बल्ल सरकारले प्रतिबन्ध फुकुवा गरी खाडी क्षेत्रमा महिला जान पाउने तर संगठित क्षेत्रमा मात्र (घरेलु कामदारका रुपमा हैन) भन्ने निर्णय गरेको थियो। कार्यान्वयन भयो त त्यो ? अहँ भएन। नेपाली महिलाको माग भनेकै असंगठित क्षेत्र, घरायासी कामका लागि नै हो। सरकारी निर्णयलाई अवज्ञा गर्दै साउदी अरबमा मात्रै ३० हजार महिला अवैध बाटोबाट पुगेको तथ्याङ्क सार्वजनिक भयो। अनि बाध्य भएर सरकारले यो निर्णय पनि फिर्ता लिन बाध्य भयो।

यस्तो अवस्थामा ३० वर्ष नपुगेकी महिलालाई खाडीमा काम गर्न नपठाउने निर्णय पनि व्यवहारिक रुपमा लागू हुने देखिन्न। पुरानै अनुभवले पनि नियन्त्रण गर्नुभन्दा व्यवस्थित गर्नु उपयुक्त हुने पाठ सिकाएको छ। फेरि ३० वर्षमुनिकालाई जान नदिने भन्दैमा सरकारको कर्तव्य पूरा हुने हो त ? काम गर्ने उमेर भएका महिलालाई कि देशमा काम दिन सक्नुपर्‍यो। नभए जसरी पनि उनीहरुलाई काम त चाहियो। त्यसमाथि माफियाहरुको चलखेल। उनीहरुले लोभ्याउँछन् उनीहरुलाई यति पैसा आउँछ त्यति पैसा आउँछ। अनि नेपालबाट जान नपाइने भनेपछि भारतबाट नक्कली नाममा उतैको पासपोर्ट बनाएर ती माफियाले पठाउलान्। त्यसरी गएकाहरुको उता बिचल्ली भयो भने नेपाली हो भन्ने समेत थाहा नभएर कुकुरले नपाएको दुःख सहनु पर्ने हुनसक्छ।

सन् २००८-१० को बीचमा लेबनानमा घरेलु काममा गएका १९ नेपाली महिलाले आत्महत्या गरेको समाचार आएको थियो। यस विषयमा छानबिन गरेको संसदीय समितिको प्रतिवेदनले लेबनान र खाडी मुलुकमा राम्रो काम र आकर्षक पारिश्रमिकका नाममा नेपाली महिलाहरूको बेचबिखन तथा यौन उपयोग भइरहेको खुलासा गरेको थियो। खाडीमा त अधिकांश अवस्थामा जाँदा मात्रै वैदेशिक रोजगार भन्ने तर गइसकेपछि खासमा बेचबिखन हुने गरेको डरलाग्दो सत्य उजागर भएको थियो। घरेलु कामदारसँग सम्बन्धित कानूनी व्यवस्था खाडी मुलुकमा छैन। अनि ती देशमा त्यस्ता कामदार मालिकको अधीनमा रहने परम्परागत कफाला प्रणाली हुन्छ। त्यसअनुसार कामदारले आफूखुशी मालिक फेर्न पाउँदैनन्। मालिकले जेसुकै काम लगाउन, तलब रोक्न र पासपोर्ट जफत गर्नसम्म पाउँछन्। अत्याचार सहन नसकेर भागेका कामदार स्वतः अवैध हुन्छन् र दलालको किनबेचमा पर्छन्। इन्डोनेसिया र फिलिपिन्सले आफ्नो देशका महिलालाई त्यहाँ पठाउन रोकेपछि नेपाली महिलाको माग बढेको हो।

यी सत्यहरुलाई हेरेर सरकारले स्पष्ट नीति बनाउनु पर्‍यो। के खाडीमा महिलाहरु यौन शोषणका लागि नै लगिने हुन् ? हो भने अरु देशले झैँ हामीले पनि रोक्नुपर्‍यो। मुखले मात्र हैन, भारत लगायतका देशबाट समेत जान नपाउने गरी रोक्नुपर्‍यो। हाम्रो देशका महिला कामदारको सुरक्षाका लागि सम्बन्धित देशमा व्यवस्था मिलाउनु पर्‍यो। ३० वर्षमुनिकाको मात्र शोषण हुने, ३० वर्षपछिकालाई नहुने भन्ने पनि कुनै तर्क हो ?

[खाडी देशमा रहेका माइसंसारका मित्रहरु, तपाईँहरुले आफू बसेको देशमा नेपाली महिला कामदारको स्थिति कस्तो देख्नुभएको छ? सरकारले गरेको यो निर्णयले समस्या समाधान होला ? समस्या समाधानका लागि तपाईँको सुझाव के छ ? कृपया आफ्ना कुरा तल कमेन्टमा लेख्नुहोला। तपाईँहरुले आफूले देखेभोगेका कुरा बाँड्नुहोस्।]

43 thoughts on “३० वर्ष नपुगेकी महिला खाडीमा काम गर्न जान नपाइने”

  1. thakur pulami magar says:
    August 14, 2012 at 4:46 pm

    आजभोली क नेता हरु देश बनाउने तिर कहिले लाग्ने हैन मात्रै आफ्नो पेट भर्ना मा नै बिजी हुन्छा अनि नेपाली जनता कहिले शान्ति र संबिधान पाउलान.सर्बहारा वर्ग को नेता भन्ने हरु विलासी जिबन बितौना थाले पछी कहिले पउने जनता.

    Reply
  2. राजन रानाभाट हाल दोहा कतार says:
    August 11, 2012 at 6:29 pm

    म पनि भन्छु भोकै मरे पनि खाडी मुलुक मा नेपाली महिला दिदि बहिनि हरु आउन नपरोस यहाँ को मान्छेको व्यहोरा देख्दा त…………………? भन्नु पर्दा त कतिले अकाल मा आफ्नो अंग गुमाउनु परेको छ त कतिले गर्बधारण गरेर नेपाल फर्कनु परेको छ त कतिले येही को जेलमा झुट्टा मुद्दा मा परेर जेलको कालकोठारी मा जिबन बिताउन बाध्य छन् ,कति त मिर्तुको सिकार पनि भएका छन एहा ज कानुन छल ६ त्यो खाडी बासीको हितमा हुन६ आन्या देशक नागरिकलाई त मान्छे गंदैना तेही माथि महिलालाई त्यो पनि घरमा कम गर्ने महिलालाई .म अझै नि भन्छु खाडी मा घरमा कम गर्न आउनु भनेको कि अंघ भंग हुनु कि जेल बस्नु हो येश कारण मा त भन्छु प्रतिबन्ध लगाउनु पर्छा अनि देश्मनै९ रोजगारी सिर्जना गर्नु पर्छा

    Reply
  3. shyam, jhapa says:
    August 10, 2012 at 9:55 pm

    सरकारले बुधबार एउटा अनौठो निर्णय, भनेर भन्दा पनि यो निर्णय देरेई पहिला हुनु पर्ने थियो दिला गरेर निर्णय गरे पनि एकदम राम्रो काम गरेको छ तर यो निर्णय लाइ सहि नमान्ने हरु देरै छन् किन कि त्यी नेपाली नारि लाइ बेचेर धन कामौने हरुलाई ठुलै असर परेको छ यो गतिलो निर्णय हो,हुन् त खराब हुने हरुलाई उमेर ले केहि असर गर्ने छैन हेरौं केहि सुधार चाही हुन्छ यो निर्णय त भारत ले पहिला नै गरेको छ ज होस् नेपाल सरकारको को अहिले चै घैटो मा घाम लागे जस्तो छ

    Reply
  4. Binod says:
    August 10, 2012 at 5:31 pm

    यो अब फेरी महिलालाई बेच्न पाउने बाटो खोलेको जस्तो छ . पूर्ण चन्द्रले बैदेसिक रोजगार बिभाग मा कडाई गरेको ले मान्छे को व्यापार गर्ने हरुलाई अर्को बाटो खोलि दिएको हो मन्त्रालयले? लौ मन्त्रीजी मान्छे बेच्ने पैसा कमाउने अलि छिटो . जय होस्

    Reply
  5. हरि says:
    August 10, 2012 at 1:51 pm

    अब ३० बर्ष मुनिकालाई कीर्ते गरेर कागज पत्रमा ३० बर्ष बनाउने र पैसा खाने
    मौका लिने भयो पासपोर्ट र नागरिकता बनाउने र म्यानपावर दलालहरुले|
    देशमै गार्मेन्ट र गलैंचा कारखाना खोलेर महिलाहरुलाई रोजगारी दिलाउनु सट्टा
    के हो यो ३० बर्षे नियम| भारतबाट जाने भनेर यसो गरेको हो कि?

    जड समस्या भनेको रोजगारीको हो| दरिद्रताले भौंतारिएको बेलामा अरु सोच्न
    सकिंदैन| देशको जनसंख्याको आधाभन्दा बढी महिला भएको यो देशमा महिला रोजगारीलाई देशमा बढावा दिएको देखिदैन|
    बाबुराम, खाऊरामहरुले यो बुझिदिन पर्यो| नेताहरुको आफ्नै छोरा छोरी बुहारी पर्यो
    भने मात्र बुझ्ला|
    यसको दोष सुर्य बहादुर, लोहनी, पशुपति शम्सेर, भेष बहादुर, मोहन मान सैंजु
    आदिलाई पनि दिन पर्छ| त्यतिका बर्ष राज्य संचालन गर्दा महिलालाई खालि पंचायातको
    जुलुस झाँकीमा मात्र प्रयोग गरे तर महिला रोजगारीको आधारशिला बारे कुनै जग हालेनन| हाल्ने पनि किन? आफ्ना छोरा छोरी हरु बिदेशमा पढेर राम्रा जागिर खाइहाल्छन,
    नाता न आफन्त पर्ने महिलाहरुलाई कसले वास्ता गरने?
    आजको सरकारले भोलिको लागि जग हाल्ने बारे सोच्न्पर्छ र काम गर्नपर्छ|

    Reply
  6. Chandra Karki , London says:
    August 10, 2012 at 3:01 am

    खाडी मुलुक मात्रै हैन महिला लाई एक्लै कुनै पनि देसमा काम गर्न पठाउनु हुदैन / महिलाले अध्ययन का लागि जादा पनि आफन्त हरु भएका देसमा जानु चाही राम्रो हुन्छ / हुनत महिलाहरु पुरुष भन्दा के कम् भन्ने गर्छन तर काम बिग्रिए पछी बल्ल थाहा हुन्छ घमण्डको परिणाम /
    अधबैशे केटीहरु र तिस वर्ष नाघेका प्रौढ महिलामा भने अबस्य पनि धेरै फरक हुन्छ/
    तर पनि महिला हरु एक्लै हुनु भनेको साच्चै कठिन अनि असुरक्षित अवस्था हो /

    Reply
  7. kamal says:
    August 10, 2012 at 12:31 am

    नामै सुन्दा त कहाली लाग्छा खाडी मुलुक भन्दा , पुरुष का लागि त अति गारो छ खाडी मुलुक झन् महिला दिदि बहिनि हरु त ८/१० हजारको लागि त्यहाँ जना पर्दैन , आफनै देशमा बरु २/४ हजार कमाएर बसनुहोस तपाई हरुका लागि नेपाल नै स्वोर्ग हुनेछ , हुन त खाडी मुलुक म जाने महिला अशिक्षि भएका हरु जाने गर्छन पैसा को लोभमा यसको रोकथाम शिक्षा नै हो जस्तो लाग्छ हजुर हरुको विचार क छ खै ? कमल moscow

    Reply
  8. madan bajracharya says:
    August 9, 2012 at 9:41 pm

    क्या बोर्ड फर्स्ट मार्काको निर्णय गरेछ,/ जव सम्म नेपालको कुटनैतिक स्तर बलियो हुँदैन नेपाली माथि बिदेसमा हुने अत्याचारको प्रतिकार कसैले गर्ने सक्दैन/ बिदेशमा नेपाली माथि अन्याय हुँदा पनि केहि गर्न नसक्ने हो भने त्याहा राजदुतहरु राख्नुको अर्थ नै रहेन/

    हुनत देशमै सरकार भयको र नभयको को बिचमा केहि फरक नभयको बेला अरु कुरा के गर्ने? सट्टा र कुर्सिको लागि आफै नेपालीको अधिकार लुट्ने लुटाहहरु नेता बनेको छ पार्टी र सरकार चलायर बसेको छ/ तिनीहरु नै अपराधि भ्रस्ताचारी भयको प्रमाणित हुँदै आयकै छ त् यस्तै “नराम्रो राजा भन्दा नराम्रो” बनेकाको राजमा यस्तै लठेब्रो नीति बाहेक अरु बन्ने आस गर्नु त् बेकार कै कुरा हो/

    Reply
  9. chandramagar (Africa ,Seychelles) says:
    August 9, 2012 at 8:29 pm

    उमेर खाएको तरुनीहरु ले मार्केट लिन नसकेको कारण सोह्र बर्से तरुनी खाडीमा लगे को थाहा छैन अझै सरकार होकी दलाल को खेल होकी पुराना बुढी तरुनी हरुले आफुले मात्रै मार्केट लिनु को लागि सानो उमेर को लाई रोक्ने काइदा होकी जेसुकै भएपनि सुरक्षित छैन भने किन जाने र किन पठाउने त ? नेपालमा सचेत बनाउने मध्यम धेरै छन् नि अनि मार्नेलाई जेल र मर्न चाहने लाई कोउन्सिलिंग गरेर बचउने आफिस धेरै छन् त , यो सबै देशको सरकारको कामकाजमा भरपर्ने कुरा हो र दिदि बहिनिहरु सधै अरुको लहैमा नहिदनुस लोग्ने ले पनि बेच्छ धेरै समाचार छन् बरु नेपाल मै बसेर गीति फुटाएर सरकार लाई उपहार दिनुस अलिकति केहि असर पर्ने छ

    Reply
  10. rashmi says:
    August 9, 2012 at 8:20 pm

    मेरो बिचारमा चेतानाजनक कार्यक्रमहरुमा सरकारले अग्रसरता देखायको भय राम्रो हुन्थ्यो होला एस्तो खालको रोकावट गर्नु भन्दा…

    Reply
  11. kaji,hk says:
    August 9, 2012 at 7:15 pm

    मानब अधिकार शुन्य खाडी मुलुकमा घरेलु कामदारको रुपमा जानु हुने दिदीबहिनीहरुको दुखको समाचार सुन्दा पिडा हुन्छ …..तर घरेलु कामदारको लागि राम्रो सुबिधा भएको र १०औ हजार नेपालीहरुले काम पाउने सम्भावना भएको हंगकंगमा १,२ सय जना नेपालीले शरणार्थीको लागि आबेदन गरिदिदा नेपालीको लागि रोजगारी भिषा नै बन्द गरिदिएको छ

    Reply
  12. yam pun says:
    August 9, 2012 at 6:12 pm

    बिर्सेर पनि खाडी मुलुकमा नेपाली चेलीहरुले पाइला टेक्न नपरोस ! संसारले नै महिलाहरुलाई दोस्रो दर्जा को प्राणीको रुपमा हेर्ने भएता पनि खाडीमा त महिलाहरुलाई दर्जाबिहिन नै बनाएकोछ!
    बरु मागेर खाऊ! भोकै बस! खाडीमा नजाऊ! जिउदै नर्कमा हाम नफाल!
    नर पिशाच हरुले ३२ त के, ४० नाघेकालाई पनि छोड दैनन्!
    सरकारको निर्णय ” हग्ने लाइ भन्दा देख्ने लाइ लाज ” भने जस्तै हो! कुर्चीमा बसेर निर्णय गर्नेहरुको छोरी चेली, स्वास्नी र आफन्त हरु जान पर्ने भए सायद एस्तो निर्णय आउने थिएन होला!

    Reply
  13. Mukti Adhikari says:
    August 9, 2012 at 4:24 pm

    खाडी मुलुक भनेको नर्क नै हो, हामी जस्तो पुरुष हरु त कैयौ हण्डर खाएर बस्नु पर्छ अझै नारी हरु, सके सम्म नआएकै राम्रो त्यस माथि पनि घरेलु कामदार मा आउनु भनेको सरासर मृत्यु को मुखमा आउनु हो l

    Reply
  14. suman says:
    August 9, 2012 at 3:38 pm

    होइन, मैले चाही अलि बुझिन नि सालोक्य जी, यदि कोहि श्रीमानले(जो खाडी मुलुकमै कार्यरत छन) आफ्नी श्रीमती(जो ३० वर्ष नकाटेकी) लाइ कामदारको भिजा मिलाईदिएमा उसले खाडी मुलुकमा काम गर्न जान पाउने कि न पाउने????

    Reply
    1. lalanath says:
      August 9, 2012 at 9:16 pm

      बिबेक भए पो बिबेक को प्रयोग हुन्छ अनि हाम्रा पनि कुरा सुन्छन, गरिबका पक्षमा नियम कानुन बन्छ ! suman जी तपाइको प्रस्नको उत्तर सिधै “नपाउने” अनि तपाइँ आफ्नो श्रीमती लिएर आउन चाहनु हुन्छ भने AIRPORT मा SETTING भन्ने कुकृत्य चल्छ अनि बिबस भएर मागे जति दिनुस अनि आफ्नी बुडी ल्याउनुस.!!! थुक्क अलच्छिनिहरु!!!!!!!!!!!!!!!!!!!
      १ बिबेकहिन हरु
      २ अयोग्यहरु
      ३ अल्छिहरु
      ४ लुटेराहरु
      ५ गुणस्तरहिनहरु
      ६ पानि मरुवाहरु
      ७ ज्यान माराहरु
      ८ भ्रस्ताचारिहरु
      ९ लोभिहरु
      १० नाङ्गो नाच्नेहरु
      ११ अर्काको स्वास्नी लानेहरु
      १२ अरुलाई दुख नदिएसम्म निन्द्रा नलाग्नेहरु
      १३ अर्काको कुभलो मात्रै सोच्नेहरू
      १४ अरुलाई रुवाएर कुर्सीमा बस्नेहरु
      १५ सरम पचेकाहरु ( यी सबै चाहि नेता र सरकारी कर्मचारीहरु )
      अनि तपाइँ हामी सर्बसाधरणहरू चाहि “अभागीहरु”

      Reply
  15. niraj says:
    August 9, 2012 at 3:07 pm

    भावना मा बगेर हैन साथी हो बास्तबिकता र लेख को धरातल मा रहेर कमेन्ट गर्दा राम्रो हुन्छा साथी हो यहाँ बहस छ ३० वर्ष मुनि का लै खाडी मुलुक जना रोक लगाउनु ठिक कि बेठिक ठिक भय किन ठिक बेठिक भय किन बेठिक त्यो भनौ कसले को साग sex गर्यो कसले कसलाई छेद्खन गर्यो त्यो सवाल को बिसय होइन अहिले सरकार ले गरेको निर्णय भनेको चै घरायसी कामदार भनेको तोक्नु को सत्ता ३० वर्ष मुनि का लै खाडी मुलुक जना रोक भनेको छ यसको मतलब चमेली माया ले २४ वर्ष मा मास्टर गरिन अनि खाडी मुलुक मा मनागेर को पोस्ट मा job पाइन् अब सरकार को नियम अनुसार त उनि जना पैनन अब के गर्ने या त भन्न पर्यो मास्टर गरे पनि महिला अपरिपक्क हुन् छन् ३० वर्ष भन्दा मुनि हैन भने यो हादो फुटायारा खाडो जगाउने काम चै नगरौ हो नेता ज्यु

    Reply
  16. niraj says:
    August 9, 2012 at 2:54 pm

    काम पाइन बुहारी पाडाको kanDo कनाइ भनेको यहि हो रोकथाम र जाच बुझ गर्न नसक्ने हैन सक्ने हुन् चोर का खन्ती हरु तर तेसरी विदेश पठाउदा चोर हरुको खल्ती खाली भयो अनि दलाल हरु को जम घट ले यौटा कुरा पारित गर्यो यसो भन्नुस चोर खन्ती मन्त्रि ज्यु अनि कानुनी रुप मा जान नपाय पछी मोटो रकम असुल गर्न सकिन्छा बर्सेनि ३० हजार श्रमिक under ३० विदेश एरपोर्ट setting हो कि के हो त्यो गरेर पठाउने रे जनही ३० हजार को दर ल भन्नुस कति घोटाला गर्दै छन् यति राजस्वो चुहावट उता काम मा जाने को नो insurance पैसा मा पैसा खति कानुनी रुप मा embassy stamp सुद्द विसा औछा भने तेसमा पनि care गर्न नसके के को देसको जनताको सेवक भनेर भुडी भर्छु ये गधा चोर हो. जाबो २८०० मा हुने श्रम र insurance लाई तिमि चोर हरु ले ३०/३० हजार जनही उठायारा एरपोर्ट setting भन्दै दुनिया लाई रुवाछु १ दिन सबै चोर फटाहा डाका हरु को सफाया त गर्ने पर्ने हो मेरो ब४ मा अनि लेखक ज्यु अरु खाडी मुलुक मा घरायसी कामदार को नीति राम्रो होस् या नहोस uae को घरायसी कामदार को नीति चै पक्का नै दरो छ है यदि कुनै घरायसी कामदार लाई तेस्तो केहि भै हाल्यो भने सिधै police स्टेशन जानुस चोर का खन्ती नेपाली embassy मा जानु पर्ने जरुरत पनि छैन तेहा गयो भने त झन् मर्लान भन्ने पो dar हुन्छा त झन् , र आफ्नो सबै वृतान्त भन्नुस धटना को स्थिति हेरेर १ लाख dhs सम्म fine तिरयारा कामदार को हात मा त्यो पैसा रखिदियारा जन्म भुमि फर्कैदिन्छा दुवै सरकार ले अनि अपराधी लाई हदै सम्मको कारबाही पनि हुन्छा चाहे त्यो emarati नै किन नहोस. यो ३० वर्ष भन्दा काम उमेर को लाई रोक लगाउनु भनेको हास्यास्पद कुरा हो. suppose मैले २५ वर्ष मा मास्टर गरे अनि मलाई कुनै कम्पनी बाट job offer आयो अब के मा कानुनी हिसाब ले जान नपाउनु त ? हैन हो नेता ज्यु पढ्ने बेलामा बाख्रा गोठालो अनि आउरे भौरे धुपौरे हरु लाई सल्लाहकार भानायारा फिल्म हाल मा black मा ticket बेच्नेको को दिमाग ले गरेको निर्णय लाई लाहा छाप के हो यो चाला नेता ज्यु अब को चुनाब मा जुत्ता चै पक्कै खान्छौ तिम्ले चै बेरोजगार हरु को हात बाट फरिया ले छोपी देलैन है होस् गरम नेता ज्यु

    Reply
  17. subedi latika says:
    August 9, 2012 at 2:51 pm

    जाती दुख भए पनि आफ्नो देशमा दुख नै गर्नु ठीक छ. बिदेशी खाड़ी मुलुकमा पैसा कमाउना जानेहरुमा बीस बर्ष मुनिका नै देखिंछां उनीहरुलाई नत कुनै कामको बारेमा थाहा हुन्छा न त्यहा कती तलब अऊँछा भन्ने नै थाहा हुन्छा . मैले तेस्तो सम्मा थाहा पाएको छु . एकचोती बिदेश यात्रा गर्ने क्रम तराई मुलुकको ३\४ जाना १३\१५ बर्ष का केटीहरु भारतको इंदिरा गाँधी बिमानस्थलबात जोर्दियन ट्रांजिट हुने उड्डनमा भेटेको थिए उनीहरुलाई आफु बिदेश काम गर्न जान लागेको हो भन्ने त थाहा थियो तर कुन देशमा के काम गर्ने भन्ने थाहा नभए पनि घर को दुख ले पैसा कमाउने अनि छिटो कमाई घरमा पैसा पठाउने भन्ने मात्र सोच हुदो रहेछा तर उनिहरु धेरै बोल्न सक्ने र नेपाली भाषा धेरै जनदैनाथे .यस्तो अबस्थामा ती चेलीहरू बिदेश गएर कसरी पैसा कमौना सक्छन होला भन्ने मलाई लागिरह्यो .. धेरै दिन सम्म मलाई उनिहरु यादले सतायो …यो त मेरो एकचोती यात्रामा भेटेको थिए ..तर हाम्रो अरु बिदेश जाने नेपाली ब्यक्तिहरुले पनि भेटी रहनु भएको होला यस्तो देख्दा सबै लाई दुख लागिहल्छा नि . .यसरी दिनहु जसो नेपालबाट चेलीहरु बिदेसिने क्रम दिनप्रतिदिन बढिरहेको छ, ३० बर्ष मुनि का नै चेलिहरू बढ़ी हुदा रहेछन . यसलाई रोक्न सर्बप्रथम त सरकर ले नै पहल गरेको राम्रो हो, तर निति नियम बनाएर मात्र हुदैन, कार्यान्वयन हुनु पनि जरुरी छ.

    Reply
    1. lalanath says:
      August 9, 2012 at 9:48 pm

      हेल्लो!!!!!!!!!!!!!!!!!!!!
      यदि भाषा जान्दैनथे भने सिक्ने, सिकाउने सुझाब दिनु पर्यो,
      सिक्ष्या अनि सिप छैन त्यस अनुसारको नियम बनाउने ” न कि कहिँ नजाउ भन्ने ?” वा होलसेलमा ३० बर्स बढीको जान पाउने त्यो भन्दा कमको जान नपाउने???
      कस्तो date expire भएको दिमाग हो????????????
      समय परिबर्तनसिल छ, सिक्नु पर्यो नया नया अनुभब लिनुपर्यो.
      उहिले जस्तो पैत्रिक सम्पतिमा भर परेर जिन्दगि गुजारा चल्दैन . आजको समयमा श्रीमान र श्रीमतीका इच्छा पनि फरक फरक हुन्छन

      Reply
  18. maya brezin says:
    August 9, 2012 at 2:27 pm

    यस्तो पनि कहिँ कानुन हुन्छ ? भन्ने बेलामा पुरुष र महिला समान हुन् भन्ने ? महिला अधिकारको कुरा खोक्ने तर सोच भने उही पितृसतात्मक . मैले चाही बुझ्न सकिन . यो त महिला अधिकारको हनन हो . यसको अर्थ महिला को दिमाग हुदैन, बिबेक हुदैन, इताय्दी – हुनलाई ३० वर्षा पुग्नु पर्छ भनेको जस्तो भयो . अब भोलि महिलाले ३० बर्ष पुगेपछि मात्रै भोट हाल्न पाउछन भन्न बेर छैन यो सरकारले .
    यसको उपाय भनेको नेपाल सरकार र त्यहाँको सरकार संग उपाय खोज्ने, महिलाहरु काम गर्न गएको देशमा सपोर्ट अफिस खोल्ने आदि हुनुपर्नेमा , यहाँ त महिलालाइ होच्याउने र अधिकार हनन गर्ने काम भयो . यसको खुलेर बिरोद गरौ

    Reply
  19. Keshab Ghimire says:
    August 9, 2012 at 2:14 pm

    अचम्म अचम्मको निर्णय गर्छ यो सरकार | तर यो सरकार ले यस्तो यस्तो निर्णय गरेको छ जसले गर्दा जनतालाई सुख होइन धेरै दुख चाहि मिल्नेछ | कहिले कहिँ त लाग्छ सरकारले जानी जानी नै जनतालाई दुख दिन यस्तो निर्णय गरिरहेको छ |

    Reply
    1. सुभाषसिद्धि says:
      August 9, 2012 at 5:45 pm

      भोकै बसुन या एक – छाके रहुन / खाडी मुलुकमा कोही नपसुन //
      नेतृहरुले खाई बसे सुन / महिलाको पीडा यति छिटो बिर्सुन //

      Reply
  20. नविन says:
    August 9, 2012 at 1:58 pm

    नेपालमा कुनै िनयम लागुहुदैन िकन िक यहा जस्ले नियम कानुन बनाउ छ उसैबाट उलङ्घन भै राखे को तपाई सामु यथाबत छ । अब भन्नु पर्दा यस् बारे मा अाज भन्दा केहि समय अघि मैले Nepalkuwait.com मा पढे िक नेपाली राहादानी मा बंङ्लादेसी कामदार अाए कसरी अाए बंङ्गाली नेपाली भऐर त्यस्मा पनि MRP राहादानीमा? अब तपाई हरू अाफै अनुमान लगाउनुस मैले भन्न खोजे को के भने MRP जस्तो कुरा पैसा मा बाहिरीन्छ भने नेपाल नभई भारत बाट नेपाली चेली ल्याउन कुनै ठुलो कुरा हैन। नेपाल सरकारले सर्ब प्रथम भारत को नाका हुदै िबदेस उडाउनु रोदक्नु पर्छ। यहा कुवेत मा १०० मा ९०% नेपाली चेली भारत हुदै अाएका पाइने छ। अब अहिले को यो नियम पनि बालुवामा पानी हाले बराबर हो।।।।।।

    Reply
  21. drishya says:
    August 9, 2012 at 1:34 pm

    हामी सधै आफ्नो समस्या अरु मा देक्छौ |म खाडी मा काम गर्ने नेपाली दाजुभाइ लै सोध्न चाहन्छु “त्यहा नेपाली चेलीहरु संग कत्ति को इज्जतिलो रुपमा प्रस्तुत हुनुभएको छ? एक जना केटिको Mobile number पाउनु भयो भने सारा नेपालीहरु मा circulate गर्नु हुन्छ र यहाँ इज्जत को कुरा गर्नु हुन्छ |. त्यहाँ नेपाली चेलीहरु ज्यादा so called नेपाली दाजुभाइ बाट nai harress भएका छन्. पहिला आफु सुध्रिनुस अनि इज्जतको कुरा गर्नुस |

    Reply
  22. lalanath says:
    August 9, 2012 at 1:18 pm

    सरकारले बुधबार गरेको अनौठो निर्णय मलाइ “QUALITY नपुगेको” लाटो देसको गाँडो तन्नेरी नियम झैँ लागिराखेको छ! केवल यो सरकार मात्रै होइन, आजसम्मका सरकारको उदेस्य भनेको नेपाल र नेपालीको उन्नति भन्दा आफ्नै मात्र भुडी भर्ने उदेस्य छ!!!
    # के यो निर्णय गर्नु पहिला कुनै निकायले रोजगार खोज्ने तथा रोजगारमा बिदेस गएका सम्बन्धित महिला वर्ग संग सोधी खोजि गरेको छ?????? पिडा के????? अनि समाधान के हो ??? खोजेको छ???
    # निर्णय यहा केवल “घरेलु कामदारलाइ” भनिएको छैन “खाडी देशमा वैदेशिक रोजगारका लागि जान महिलाको उमेर ३० वर्ष नाघेको हुनुपर्ने” भनिएको छ!! जुन “QUALITY नपुगेको” निर्णय हो!!!
    # बिदेस गएका ३० वर्ष मुनिका सम्पूर्ण महिला बेस्या हुन् भन्ने प्रमाण सरकारसंग छ??? र ३० वर्ष माथिकाले गर्दैनन्???
    # नेपालमै बसेका महिला चाहि चोखा छन्??? नेपाल सरकारले पालन पोसन गरेर राखेको छ?? यहा हेर्नुहोस!!!
    १ http://www.youtube.com/watch?v=Wp0ryBa9S80
    २ http://www.youtube.com/watch?v=2uAMgSXNBAo&feature=related
    ३ http://www.youtube.com/watch?v=QXq7Z0G6ZZo&feature=related
    ४ http://www.youtube.com/watch?v=vR-5UQJ7h20&feature=relmfu
    # नेपाल सरकारलाई नेपालि महिलाले बिदेसमा दुख पाउछन भन्ने चिन्ता छ?? तेसो भए कति नेपालि महिला भारतका कोठी हरुमा नारकीय जिबन बिताउन बाध्या छन लेखा जोखा छ??? सिमा किन खुल्ला राखिन्छ??? १९७१ मा छुट्टिएका पाकिस्तान र बंगलादेस्ले पनि भारतसंग सिमाना खुला राखेका छैनन???
    # के नेपाल सरकारले नेपालीका पिडा भुज्ला??? के नेपाल सरकारसंग सोच्न सक्ने दिमाग छ???
    # सरकारले गरेका गल्ति पछी “गल्ति” हो भन्ने बुझेपछि स्वीकार गर्ने नम्र स्वोभाब छ??? सबै कुरा सधै भरि एउटै FORMULA बाट चल्दैन तेस्मा अपबाद हुन् सक्छन भन्ने “ज्ञान” छ???
    # महिला लाइ चाहि रोक्नु अनि पुरुषलाई नरोक्नु यो विभेद भएन???
    ## सरकारी कर्मचारीले जति केरकार (सोधपुछ) गर्छन के तेतिनै अति आवस्यक सुझाब सल्लाह दिन्छन???
    # येस्ता नियमहरुले पहुच वालाहरुलाई र “आफ्ना मान्छे” हुनेहरुलाई केहि असर गर्दैन ! केवल हरेक प्रकारले पिछडिएका र दुख पाएकालाई अझ दुख दिन्छ! भन्नु पर्दा आलो घाउमा नुन र चुक छरिदिन्छ? तर “अचानोको पिर खुकुरीले कहिल्यै बुझ्दैन”
    # सरकारले आफ्नो कर्तब्य के हो??? बुझेको छ??? जति अधिकारको कुरा गरछ तर आफ्नो कर्तब्य प्रति उत्तरदायी हुन्न भने त्यो मानबिय सुशासन होइन जनावरको सासन हो!!!!!!!!!!!!!!!!!!!!!!!!

    मलाइ नेपालका स्तरहीन काइते नेता तथा सरकारी कर्मचारी समझदा समुन्द्री लहरझैँ (सुनामी) सोरसार पारेर सफा नेपालको निर्माण गर्ने इच्छा लागेर आउछ!!! तर बिबस छु मानिस मार्नु मेरो उदेस्य होइन!!! सुधार्नु तथा सुध्रनु हामि सबैले पर्छ !!!
    मेरा केहि सुझाब …… तपाईहरु पनि थप्न सक्नुहुन्छ!!!
    १ बाटो छेकेर होइन अबसर दिएर रोक!!!!!!!!!!!
    २ जबर्जस्ति होइन, विकल्प हरु देउ अनि व्यक्तिगत स्वोतन्त्रतालाई हानि नपुर्याई सुधार!!! याद राख्नु हत्केलाले कहिल्यै सुर्य छेक्न सकिन्न
    ३ मन्दिरमा मुर्ति तथा सजावट त गज्जबका छन् !! आफ्ना नागरिकलाई पनि SEX सम्बन्धि आधारभूत ज्ञान देउ !!!!
    ४………..
    ५………….
    ६.७.८.९………………….

    lalanath
    हाल दुबई

    Reply
  23. देवेन्द्र कार्की says:
    August 9, 2012 at 12:51 pm

    सरकारले गरेको निर्णय ”नहुनु भन्दा कानो मामा सहि” जस्तो लाग्यो| घरेलु कामदारमा त ३० वर्षा माथिका होइन ,५० वर्ष नाघेका भए पनि नआउनु हुन सुझाब दिन्छु.| त्यो एउटा एस्तो यातना गृह हो, जहाँ शारीरिक, मानसिक र नैतिक पतन गराइन बाध्य बनाइन्छ|अन्य फिल्डको हकमा भने ३० बर्षे उमेरको सीमाले भने राम्रा खुबी भएका नेपाली चेलीहरुले अबसर बाट बन्चित हुने देखिन्छ| हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नेपाली बानीको निरन्तरता नहोस|

    Reply
  24. sapan rai says:
    August 9, 2012 at 12:31 pm

    कुनै नेपाली दिदि बहिनिहरु खाडीमा आउनु नपरोस एहा को मान्छेको व्यहोर देख्दा त एहा अझ भन्नु पर्दा त कतिले अकाल मा आफ्नो अंग गुमाउनु परेको ६ त कतिले गर्बधारण गरेर नेपाल फर्कनु परेको छ त कतिले येही को जेलमा झुट्टा मुद्दा मा परेर जेलको कालकोठारी मा जिबन बिताउन बाध्य छन् ,कति त मिर्तुको सिकार पनि भएका छन एहाको कानुन येहिको बासीको हितमा मात्र हुन्छ, आन्या देशक नागरिकलाई त मान्छे गंदैना तेही माथि महिलालाई त्यो पनि घरमा काम गर्नु , यहाँ जो महिला दिदि बहिनि आउनु भएकोछ वहा हरुलेनी आफुले भोगेको कुरालुकाएर अरुलाई हौसला दिने कमगर्नु हुन्छ! सके सम्म ३० हैन
    प्रतिबन्ध लगाउनु नै ठिक हो!!

    Reply
  25. तेन्जिंग गाबा "हिमाली" says:
    August 9, 2012 at 12:15 pm

    घरेलू-कामदार वा “Domestic Helper” वा “Housemaid” को रुपमा विदेश जाने नेपाली महिलाहरुले ३ तरिकाले दुख पाउछन

    १. “घरेलू कामदार” को काम के हो भन्ने नबुझी विदेश जानाले
    २. आफै घरेलू कामको लागि अयोग्य हुनाले
    ३. रोजगारदाता दुष्ट हुनाले

    १. “घरेलू कामदार” को काम के हो भन्ने नबुझी विदेश जानाले :
    नेपाली महिलाहरु घरेलु कामदार भनेको के हो र त्येस्तो महिलाले के के सम्म गर्नु पर्छ भनेर नबुझिकन विदेश गएका हुन्छन / एउटा घरेलु नोकरले बालक-बृद्द-अशक्त-रोगीको दिशा-पिसाब-थुक-खकार-बान्ता जस्ता फोहोर सरसफाई गर्ने देखि लिएर भान्सा-घरको सरसफाई अनि खानपिनको काम गर्नु पर्ने हुन्छ /
    बालक-बृद्द-अशक्त-रोगीहरुले दिशा-पिसाब-थुक-खकार-बान्ता जुनसुकै बेला र जतापनी गर्न सक्ने भएकोले कामदारलाई आरामको समयमा प्रतिकुलता झेल्नु पर्ने अवस्था आउनु सक्छ र त्येसको बिरुद्दमा सामान्यतया उत्रनु कामदारलाई सम्भब हुदैन/ अर्थात् कामदारको duty hour को बारेमा कुनै ठेगान हुदैन र कामको जटिलताको बारेमा पनि कुनै ठेगान हुदैन/
    त्येसको अलावा धेरैले खानाको पिडा पनि नेपालीहरुले भोग्छन / जन्मेदेखि नै दाल-भात-तरकारी खाएर हुर्किएको हामीलाई एक्कासि अरु खानु पर्दा सारै नियास्रो-खल्लो लाग्नू स्वाभाविक हो / त्येस माथि मालिकले ८४ व्यंजन खादा आफ्नो भागमा २-४ व्यंजन पर्दा दिमाग खराब हुनु स्वाभाविक नै हो तर त्यो कुरो पचाउनु अलिक गार्है नै पर्छ / खान कै बिषयमा घरधनी ले जे जे किन्छ त्येही वाट नै आफुले पनि खानु पर्ने वा आफ्नो choice नचल्ने कुरो ले धेरै प्रताडित हुन्छन / जस्तै “गौ-माता” भनेर पुजिरहेको गाईको मासु मात्र पकाउनु पर्ने र खाए पनि नखाए पनि त्यो मात्र आफ्नो भागमा पर्ने अवस्थाको सम्भावाना धेरै हुन्छ / भन्नाले सामान्यतया नोकरको लागि कसैले पनि बेग्लै भान्साको व्यवस्था गरि दिदैन भनेर मानसिक रुपमा तयार नहुनु पनि पीडाको अर्को कारण बन्न सक्छ/

    २. आफै घरेलू कामको लागि अयोग्य हुनाले :
    आजको युगमा विदेश तिर यन्त्र-प्रबिधिको ब्यापक प्रयोग हुन्छ चाहे त्यो निजि घरमा नै किन नहोस/ हाम्रो देशको ग्रामिण समाजमा हुर्किएको कामदारहरुलाई विदेश गए पछी उनले त्यहा प्रयोग गर्नु पर्ने मेसिन / प्रबिधि ठुलो अभिशाप हुनु पुग्छ / जस्तै: Gas-stove, Heater , Iron , Air-Con , vaccum cleaner, refrigeretaor , Micro -oven , Electric oven , washing machine,,,,,,, आदि/ आज भोलि यस्ता यन्त्र नहुने घर पाउनु सम्भब नै हुदैन / तर बिडम्बना हाम्रो देशबाट घरेलू कामदारमा विदेश जाने हरुलाई यी कुरा प्रयोग गर्न त् के कसै कसैले त् देखेको-सुनेको पनि हुदैन / अब त्येस्तो अबस्थामा मालिकले ति कामदार पार्टी कस्तो दृस्टी राख्छ वा उक्त कामदारलाई कति निकृष्ठ दर्जामा उसले राख्छ होला , त्यो मैले भनि रहनु पर्दैन होला/

    ३. रोजगारदाता दुष्ट हुनाले :
    सबै मानिस असल मात्र हुदैनन् त्येसैले रोजगारदाता वा घरधनी असल नै पर्छ भन्ने कुरोको कुनै ग्यारेन्टी हुदैन / कानूनी रुपमा नै घर धनि निक्कै शक्तिशाली भएको अबस्थामा निरिह कामदार श्रम-शारीरिक शोसनमा पर्ने सम्भावना जहिले पनि हुन्छ / सामान्यतया निरिह कम्जोरहरुलाई सबैले हेप्छन यो प्रकृतिको नियम हो /
    अर्को कुरो, खाडी भनेको यौन-कुण्ठाको ठुलो सागर हो भनेर बुझ्नुस, महिलाको-हकमा अस्ति एकजना मित्रले लेखेको सम्झन्छु, “खाडीमा महिला त् के जुँगा-दाह्री नभएको सुकुमार ठिटोलाई पनि इज्जत जोगाउनु धौ-धौ पर्छ” भन्थे अब कुरो बुझ्नुस,

    जय नेपाल
    तेन्जिंग गाबा “हिमाली”

    Reply
  26. Suman bhote says:
    August 9, 2012 at 12:04 pm

    येस्तो देश नेपाल हो जाहा कुनै सिस्टम नै छैन…. सरकार ले प्रतिबनध लागौछा, तेही कुरा बढी हुन्छ… भोलि र परसी बन्द रे…. no discount रे…. अब येस्तो समस्या भएको देश मा कसरि जिबिका पाल्ने? इंडिया भएर चेलीबेटी जान्छन… बेचिन्छन…. तर हाम्रा नेतालाई जसरि भएपनि मन्त्रि बन्नुछ… रेमिटेन्स पाए भैगयो हाम्रा नेताहरुलाई….. घर भात्काउना सक्ने, सुकुम्बासी हटाउनसक्ने, मपसे लागुगर्न सक्ने सरकार ले येसो बेबस्था गर्न सक्दैन भन्ने कसले विश्वास गर्छ….
    केगर्ने थाहा छैन भने येसो इंडिया र फिलिपिन्स को सिस्टम हेरे भैहाल्यो नि… कति राम्रो बेबस्था छ… आफ्नो मान्छे को full detail छ…
    जुनदेश को passport नै नक्कली बन्छ भने…. के को कर-कर गर्ने….

    Reply
  27. bbash says:
    August 9, 2012 at 11:17 am

    पहिलो नो नेपाली राजनिक garda aaja यस्तो दिन आयको हो र मा पनि बाहिर 3 येअर्स कम गरेर मैले धेरै देखेको छु कि नेपाली ले कति दुख पायको छ वनेर र ३० वर्ष वन्द माथि को केटि मान्छे ले मात्रै बाहिर जना पुछा वनेको सबै नाटक मतरै हो र उ आफै ले नै पायो वने १५ वर्ष को केटि lai पठाऊ छ
    र नेपाल र राजनीतिक मान्छे को आफ्नो मान्छे आरब को कोठी मा नापरिका कसै ले पनि केहि गर्दैन

    Reply
  28. manu says:
    August 9, 2012 at 10:26 am

    खाडी मुलुक को कुरा गर्नु पर्दा बिसेस गरि साउदी अरेवीया मा नेपाली चेली हरुलाई रोजगारी को लागि ल्याउन रोक्का नै गर्नु पर्छ जस्तो मलाई लाग्छ किनभने यहाँ को मान्छे मा दया माया को भावना एकदम सुन्य नै हुन्छ ल बाटो मा केटा मान्छे हरु(बिसेस गरि फिलिपिनी हरु लाई किन भने फिलिपिन्स बाट गे हरु पनि बैदेसिक रोजगार को लागि यहाँ आउने हुदा ) देख्दा त केटीलाई जस्तै पछ्याउने ठाउँ मा कुनै पराइ केटीलाई यिनीहरुले छोड्ला त ?त्येसैले त्यो जति नै उमेर समूह को भए पनि नेपाली चेली लाई साउदी पठाउनु वा ल्याउनु भनेको एकदम ठुलो गल्ति हुनेछ ल्त्येसैले मा नेपाली चेली हरुलाई के सल्लहा दिन्छु भने एकछाक खाएर नै भए पनि आफ्नै ठाउमा दुख गर्नुस l

    Reply
  29. dipak shrestha says:
    August 9, 2012 at 8:48 am

    सरकारको यो निर्णय लाई बिबादास्पद बिषय बनाइरहनु जरुरि लाग्दैन | जे भय पनि पाको उमेरका ले केहि हदसम्म भय पनि प्रतिवाद गर्न सक्ने हुनाले खाडी मुलुकमा नेपाली चेली हरु बिरुद्ध हुन सक्ने हिंसा मा कमि आउने सक्दछ |

    Reply
  30. deepak says:
    August 9, 2012 at 7:58 am

    जाने क्रम त रोकिदैन, तर यो नियमले इम्मिग्रेशन र एरपोर्ट को कर्मचारीले बैधानिक अड्को थापेर खल्ती भर्ने भए/ यो नियम थोडै पिडितहरुको सुरक्छ्याको लागि हो र, अब त पिडितहरुको पिडाको यात्रा नेपालको एरपोर्ट बाटै पो सुरु हुने भयो बा /

    Reply
  31. vivek says:
    August 9, 2012 at 6:34 am

    राम्रो कुरालाई राम्रो भन्ने बानी राख्नु पर्छ सबैले l यो एउटा सहि निर्णय हो l हो अनौठो अवस्य छ , अनि यसलाई बंगाएर सरकारको मजाक उडाउन सजिलो छ l तर यदि एक मात्र चेलीको भएनी अस्मिता बचाउन सकिन्छ भने पनि त्यो कदम सहि हो l मेरो नजरमा राज्यका निम्ति कुनै कदमको स्वागत होलाकी न होला भन्दा नि त्यो कदमले जनताको हित गर्छ कि गर्दैन नै महत्व रहन्छ l सरकार भनेको गरिब अनि अबोध जनताको लागि अभिभावक पनि हो l

    Reply
  32. योगेश खपाङ्गी, हाल: आबु धाबी, युएई says:
    August 9, 2012 at 5:27 am

    युएई, आबु धाबीको ‘द नेशनल’ दैनिक पत्रिका (हाम्रो नेपालको ‘गोरखापत्र’ जस्तो सरकारी स्वामित्व भएको ) मा एउटा अचम्मको समाचार केही महिना पहिले पढियो, एउटी लोकल महिलाले सुडानबाट एउटी हाउसमेड (घरायसी कामदार) झिकाएकी रहिछन् । कामदार सुन्दरी भई रे भनेर फिर्ता पठाउन अदालतमा अपील गरेकी रहिछन् । अदालतले के निर्णय ग¥यो थाहा पाउन सकिन । स्थानीय अखवारको समाचार अनुसार हाल युएईमा हाउसमेड ल्याउन पाइने देश (सरकारले दिएको मान्यता अनुसार बंगलादेश, भारत, फिलिपिन्स र सुडानलाई मात्र हाउसमेड राख्न पाइन्छ ।) का कुनै पनि महिला कम्तीमा तीस वर्षको हुनुपर्ने भन्ने निर्णय गरेको छ । स्मरण रहोस् यहाँको कानुन अनुसार ब्याचलरले हाउसमेड राख्न पाउँदैन । परिवार भएकोले पनि ल्याउनु पर्ने कारण स्पष्ट खुलाएपछि मात्र अध्यागमन विभागले भिषा प्रदान गर्छ ।
    यसको अर्थ नेपालबाट युएईमा कानुनन हाउसमेड ल्याउन पाइदैन । त्यसैले तीस वर्षीय हद नेपाल सरकारले नतोक पनि हुने हो, युएईको हदमा । तापनि त्यस्तो निर्ण गरेछ । ठिक हो कि होइन, बहसको विषय हुनसक्ला । तर खाडीमा रोजगारीको लागी आउनु वेश्यावृत्ती गर्न आउनु हो भनेजस्तो गरेर प्रतिक्रिया दिनु कुनै हालतमा उचीत होइन । यहाँ पनि नेपाली महिला चाहे विवाहित हुन् या अविवाहित, आफ्नो इज्जतमा बसेर नै काम गरेका छन् । कोही–कोही त्यसरी इल्लिगल्ली घरायसी कामदार बस्न जान्छ भने त ‘आ बैल मुझे मार’ भनेको सरह नै हो । अज्ञानतावस हाउसमेडमा आएका महिलाले चाहेमा नेपाली राजदुतावास या स्थानीय प्रहरीमा उजुरी गर्न सक्छन् ।
    जगजाहेर छ हाम्रो देश गरीब छ । रोजगारीका लागी विदशिनु हाम्रो केही रहर, केही बाध्यता पनि हो । बिदेश जानु घुम्नु, कमाउनु, खानु र परिवारलाई पठाउनु नराम्रो पक्कै होइन । त्यसैले विदेशमा रहेका सबै महिलालाई गलत काम गर्छन्, दुःखै पाएका छन् भन्ने सोच्नु हुन्न ।
    मेरो व्यक्तिगत कुरा गर्नु हो भने म नेपालमा केही गर्न नसकेर या सरकारले केही दिएन भनेर युएई आएको होइन । युएई आउनु मेरो रहर हो । घुम्ने, दुइचार पैसा कमाउने, मुस्लिम समाजलाई नजीकबाट चिन्ने र मरभुमीको आनन्द लिने मेरो चाहना थियो । धेरै मान्छेहरुमा विदेशिएका जती सबै बाध्यताले हिडेका हुन् । नेपालमा केही गर्न सके कोही पनि जाने थिएन, त्यहाँ दुःख मात्र छ भन्ने भ्रम छ । त्यो कदापी होइन भन्ने सकारात्म सोच भएका साथीहरुलाई भन्न चाहन्छु । जय नेपाल !

    Reply
  33. Deep says:
    August 9, 2012 at 2:29 am

    खाडीमा हाम्रा नेपाली दिदि बहिनि जानु भनेको पैसालाई सबै भन्दा माथि राखी इज्जत भाडमा जाओस भन्ने मानसिकतालाई आत्मा साथ गर्नु हो, थोरै अपबाद होलान, त्यो छुट्टै कुरा हो तर, समग्रमा बास्तबिकता येही हो l

    तर सबैभन्दा दुखको कुरा आफ्ना चेलिबेटीको इज्जत भन्दा पैसालाई ठुलो मानी उनीहरुकै कमाईमा बाउ-आमा, दाजु-भाई अनि श्रीमान रमाउछन्, आफ्नो स्वाभिमान र कर्तब्य कुन चारको नाम हो बालै भएन l

    दिदि बहिनि हरुले पनि के बुझ्नु आबश्यक छ भने, २/४ वर्ष कमाएको धनले छोरा छोरीलाई बोडिंग वा निजि कलेज पडाएर खोक्रो आडम्बर देखाउनु भन्दा सरकारी स्कुल र कलेज नै पढाउनु राम्रो, आमाको स्नेहको अभाबमा छोरा छोरी कुलतमा लाग्नु र सम्पूर्ण रुपमा घर भत्कनु भन्दा त आदर्शमा अडेको गरिबीकै जिबन राम्रो l

    सरकारको यो निर्णयले (यदि लागु भएमा) खाडीमा जाने महिलाहरुको संख्यामा उल्लेख्य रुपमा कमि आउनेछ, जुन नितान्त आबस्यक छ l

    Reply
    1. Deep says:
      August 10, 2012 at 4:00 am

      Would like to add further:
      The above comment was written assuming that proposed restriction is only for being employed as “house-maid” in gulf countries for ladies. However, there could be very genuine cases, like dependent visa, professional employment and many others, where eligibility by age and gender finds no more valid ground.

      Following aspects but not limited to only these, should be considered on rational basis to ensure fair judgment on restriction:
      – Nature of employment
      – Qualification to support the intended employment
      – Capability to ensure all types of personal safety
      – Nature and identity of employer

      Moreover, if the proposed restriction is for all types of employment, it is against the principle of “equality in employment”.

      Reply
  34. कुजो काबा says:
    August 9, 2012 at 2:26 am

    यहाँ खाडी , बिसेस गरि साउदी को हालत खत्तम छ ! राजदुत बेकाम छ ! अस्ति राजदुत ले नेपाली हरु को इज्जत लुटिनु मा नेपाली चेलीको दोष छ भन्यो ! नुन को सोझो , उसको पनि अखिर जागिरको सवाल छ ! अनि इ मुस्ले हरुलाई दुइटा खुट्टा उभिएको भए भै गो ! पाएदेखि आफ्नै आमा चड्ने जातलाई के भन्ने ?
    नेपाल सरकार ले ३० बर्से उमेर भन्दा पनि साउदी सरकार संग कुरा गरि दिप्लोमटिक तवर मा कुरा राख्नु पर्छ ! यहाँ घरमा काम गर्ने आइमाई हरुलाई सारै गारो छ ! बाहिर जान पाउदैनन ! अनि उनीहरुले आफ्नो मालिक बिरुद्ध मुद्दा लड्न नि न पाउने रे !
    यहाँ आएका कुनै पनि महिलाले आफ्नो इज्जत लुताउनु निश्चित छ बरु नेपालमै बसे राम्रो , भोकै किन बस्नु नपरोश ! यहाँ खाडी , बिसेस गरि साउदी को हालत खत्तम छ ! राजदुत बेकाम छ ! अस्ति राजदुत ले नेपाली हरु को इज्जत लुटिनु मा नेपाली चेलीको दोष छ भन्यो ! नुन को सोझो , उसको पनि अखिर जागिरको सवाल छ ! अनि इ मुस्ले हरुलाई दुइटा खुट्टा उभिएको भए भै गो ! पाएदेखि आफ्नै आमा चड्ने जातलाई के भन्ने ?
    नेपाल सरकार ले ३० बर्से उमेर भन्दा पनि साउदी सरकार संग कुरा गरि दिप्लोमटिक तवर मा कुरा राख्नु पर्छ ! यहाँ घरमा काम गर्ने आइमाई हरुलाई सारै गारो छ ! बाहिर जान पाउदैनन ! अनि उनीहरुले आफ्नो मालिक बिरुद्ध मुद्दा लड्न नि न पाउने रे !
    यहाँ आएका कुनै पनि महिलाले आफ्नो इज्जत लुताउनु निश्चित छ बरु नेपालमै बसे राम्रो , भोकै किन बस्नु नपरोश !

    Reply
    1. inteha says:
      August 9, 2012 at 12:58 pm

      नेपाली मा लेखेको छु जे बोले पनि हुन्छ भनेर न शोच्नुस घाटी मा छुरी राखेर आमा माथि चढेको प्रमाण खोज्न नपरोस, मुस्लिम हरु को संजाल लै मामुली न सम्झनुस, कसै ले इनार मा धकेल्छ भने इनार लै होइन धकेल्ने लै दोसी मान्नुस तपाईं को अगेंट हरु संग एक्शन लिनुस – घर मा काम गर्ने नोकर्नी लै त तपाईं कै बा ले पनि छोर्दैनन – नेपाल को कम्लरी प्रथ लै हेर्नुस पहिले आफ्नो घर भित्र राम्ररी हेर्न सिक्नुस साबधान मुसलमान हरु को बिरुद्ध जथा भाभी नबोल्नुस

      Reply
  35. rajbarsingha says:
    August 9, 2012 at 12:38 am

    आधा पेट खानुस / गाऊ मा दिनको सय रुपिया मा काम गर्नुस .बर्सको १० वोटा कुखुराको भाले बेच्नुस / बर्सको २ वटा खसी बेच्नुस / सागपात तरकारी लगाउनुस./.आफ्नो ठाउमा जुन अन्नको उत्पादन ज्यादा हुन्छ तेही अन्न लाई मुख्य खान बनाउनुस / घरमा दहि, दुध,हरियो सग सब्जी टन्न छ भने ढिडो / भात जे पनि मिठो हुन्छ /जता गए नि काम त गर्न नै पर्छ ..नेपाल मा भन्दा ज्यादा …. ( मेरो मतलब भात नै खानु पर्छ भन्ने होइन ).कृपया खाडी को घरमा काम गर्न नआउनुस आफन्त लाई नजा भन्नुस / खाडीको प्रत्यक घर घरेलु कामदारको लागि नरक हो / जान्दा जान्दै सुन्दा सुन्दै किन नरक मा पस्ने ..नेपाली चेली हरु ..मैले देखेको …९० % अरबको मान्छे अरु देशको मान्छे लाई गर्ने बेबहार / मानबिय बेबहार / घरेलु कामदारलाई गर्ने बेबहारको लागि पशु भन्दा तल छ / अब हजुर हरु नै भन्नुस यस्ता पसुहरु बाट के आसा गर्ने/
    फेरी नि भन्छु जान्दा जान्दै सुन्दा सुन्दै नरक मा नपस्नु होला ……….

    Reply
  36. Deepak says:
    August 9, 2012 at 12:32 am

    कानुन बनाउनु भन्दा पनि पहिले बरु देशमै रोजगारीको अवसर दिनु धेरै राम्रो हुने थियो. तरपनि कानुन बनेकोमा खुशी लाग्यो. ३० बर्ष पुगेपछि सारीरिक र मानसिक यातना हुदैन भन्नु भन्दा पनि ३० वर्ष पुगेकाले त्यो परिस्थितिको अर्कै तरिकाले सामना गर्न जानेका हुन्छन !! मानिस ठुलो हुदै उसको बुद्दी पनि पस्दै जान्छ अनुभब ले पनि उसलाई पक्को बनाउछ. त्यसैले जे भयो राम्रै भयो.
    तरपनि आफ्ना देशका चेलीहरु यसरि विदेश गएर सोषित नभए हुन्थियो , त्यसकोलागी बरु सरकारले तुरुन्तै पहल गर्नु जरुरि छ !१
    दिपक अधिकारी
    जर्मनी

    Reply
  37. CA Hari Prasad Lamichhane says:
    August 9, 2012 at 12:30 am

    खै के भन्ने र खै ? सबै कुरा सरकार ले नै गर्दिनु पर्छ भन्ने कुरा पनि अलि कस्तो कस्तो, खाडी मुलुक मा आउने भनेको नेपाल मा गर्ने काम भन्दा धेरै पैसा पाइने छ भन्ने सोच नै मुख्य हो, जेन टेन खेत बारी मा दुख गर्ने हो भने नेपाल मा खान बिन मर्नु पर्छा जस्तो लाग्दैन |

    म २००६ देखि खाडी मा कार्यरत छु, र महिला हरु बिसेस गरि अबैध तरिकाले आफैले जानी जानी नै आउने हुन्, ऐले येत्रो सर मान्छे हरु गाउ गाउ देखि खाडी मा छन् र आउन भन्दा पहिले येसो सोध्न सल्लाह गर्न त जसले पनि सक्ने कुरा हो र कुनैपनि खाडी मा भएको पुरुष (दलाल बाहेक ) ले महिला लाइ येह आउने सल्लाह दिदैंन , आइमाई मान्छे खाडी मा आउनु भनेको त आफ्नै खुट्टा मा आफैले बन्चरो हान्नु सरह हो |

    धेरै पैसा टिप्ने चक्कर मा न पर्नु होस् आफ्नो इज्यत आफै बचाउनु होस् |

    Reply
  38. dipak bhattarai says:
    August 8, 2012 at 11:58 pm

    म त भन्छु भोकै मरे पनि खाडी मुलुक मा नेपाली महिला दिदि बहिनि हरु आउनु नपरोस एहा को मान्छेको व्यहोरा देख्दा त एहा अझ भन्नु पर्दा त कतिले अकाल मा आफ्नो अंग गुमाउनु परेको ६ त कतिले गर्बधारण गरेर नेपाल फर्कनु परेको छ त कतिले येही को जेलमा झुट्टा मुद्दा मा परेर जेलको कालकोठारी मा जिबन बिताउन बाध्य छन् ,कति त मिर्तुको सिकार पनि भएका छन एहा ज कानुन छल ६ त्यो खाडी बासीको हितमा हुन६ आन्या देशक नागरिकलाई त मान्छे गंदैना तेही माथि महिलालाई त्यो पनि घरमा कम गर्ने महिलालाई .म अझै नि भन्छु खाडी मा घरमा कम गर्न आउनु भनेको कि अंघ भंग हुनु कि जेल बस्नु हो येश कारण मा त भन्छु प्रतिबन्ध लगाउनु पर्छा अनि देश्मनै९ रोजगारी सिर्जना गर्नु पर्छा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme