Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लौ आयो मंगल ग्रहबाट नयाँ फोटो

Posted on August 9, 2012August 9, 2012 by Salokya


मंगल ग्रहमा रहेको नासाको क्युरियोसिटी रोबोटले पठाएको दुई फोटोको संयोजित नयाँ फोटो आज सार्वजनिक भएको छ। ब्ल्याक एन्ड ह्वाइट भए पनि यो फोटो यसअघिको जस्तो धमिलो नभई स्पष्ट छ। यसमा मंगल ग्रहको ल्यान्डस्केप स्पष्ट रुपमा हेर्न सकिन्छ। फोटो अवतरण भएको गेल क्रेटरबाटै खिचिएको हो। रोबोट त्यहाँबाट गुडिसकेको छैन। त्यो टाढा देखिएको चाहिँ सार्प नाम राखिएको पहाड हो।

यो फोटो फूल रेजोल्युसनको हो। यसअघि साना फोटोमात्रै आएका थिए। फोटो रोभरको टाउकोमा रहेको क्यामेराले खिचेको हो। क्युरियोसिटीमा १७ वटा क्यामेरा छन्। अहिले नासाका वैज्ञानिकहरुले ती सबलाई सञ्चालन गर्न खोज्दैछन्।

तलको फोटो चाहिँ क्युरियोसिटीले खिचेको पहिलो ३६० डिग्रीको फोटो हो।

अहिले नासाका इञ्जिनियरहरु यसको हेल्थ चेकअपमा नै व्यस्त छन्। धन्दा नमान्नुस्, दुई वर्षसम्म यो त्यहीँ रहनेछ। आउँदा दिनहरुमा अझै स्पष्ट फोटोहरु यसले पठाउनेछ।

क्युरियोसिटीले मंगल ग्रहको थ्रीडी फोटो पनि पठाएको छ। यी फोटो हेर्न तपाईँले एउटामा रातो अर्कोमा नीलो रंगको शिशा भएको चश्मा प्रयोग गर्नुपर्छ।


16 thoughts on “लौ आयो मंगल ग्रहबाट नयाँ फोटो”

  1. तिर्थराज भण्डारी says:
    February 8, 2013 at 2:27 pm

    विश्वको यतिबेलाको बिज्ञानको चमत्कारले नयाँ नयाँ कुरा पत्ता लगाउनमा लागी परेको छ । तर नेपालमा हम्रा हरु आफ्नो कुर्चीको लागी लडी रहेका छन र देशलाई पछाडी तिर धकेलेर लगी रहेकाछन बिश्व बिज्ञानको चुनैती गर्न नसकेनि देशमा भएको अशान्ती त हटाएर सक्छन तर यिनिहरुको पुर्पुरो घाम कहीले हो लाग्ने ।।

    Reply
  2. द्रोण says:
    August 10, 2012 at 8:03 am

    ओली : (कार्यकता को अगी भासन ठोक्दै )म पी यम भए भने म मेरो कार्यकर्ता लाइ मंगल मा घुम्न पठाउछु |
    पी ये खुसुक्क कान मा बोल्दै ”ये हजुर भर्खर त् रोबोट क्युरोसिटी ओर्लियो , अहिले नै सम्भब होला र भन्या ,२ सताब्दी पछी भनेको भए हुने !!
    ओली : पी यम हुनेलाई पी ये ले सिकाउने लंठु,मैले कहा ग्रह भनेको छु ,
    हाम्रो झापा मा बुधबारे ,मंगलबारे ,सनिस्चरे सबै छ नि |

    Reply
    1. mahesh says:
      August 10, 2012 at 1:28 pm

      हो द्रोण जी
      महाकाली सन्धि भए पछी बढी भएको बिजुली सेटेलाइट बात निर्यात गर्ने भनेर माकुने ले भएको थियो. एस्त घगडान बैज्ञानिक प्रतिभा छन् एमाले मा.

      Reply
  3. इमरान खान,तारुत आइल्याण्ड, साउदी अरेबिया says:
    August 9, 2012 at 8:58 pm

    संसार धेरै अघि,
    चन्द्र,मंगल सबै नासामा,,

    नेपाली झनै पछि,
    फटाहा नेताको आशामा,,

    जय नेपाल आमाको.

    Reply
  4. Keshav says:
    August 9, 2012 at 5:56 pm

    Hey Nasa guys,
    Are you nuts in 18th century?
    Why don’t you publish some videos from mars, instead of B/W photos.
    I wish it is not another biggest movie like that you have made landing moon.
    Good Luck.

    Reply
    1. nirpan says:
      August 11, 2012 at 4:56 pm

      मुर्खताको नि हद हुन्छ! Do you even care to understand the science behind this rather than spout crap out of your mouth?

      First no one from NASA has time to listen to idiots like you, so stop addressing to NASA on mysansar.

      Telling NASA to not be in 18th century because the MSL sent some b/w photos! The purpose of MSL is to do science you idiot and not please you with videos. Videos are mostly useless in science especially when you are trying to study distant planets; after-all video is just a collection of large number of pictures.

      But how will that get to that small amount of gray matter that you are using inside your cranium when for you, Moon landing is a movie. I thought idiots like that were only in America but truly idiocy has no boundary.

      Reply
  5. देवराज जोशी, कैलाली says:
    August 9, 2012 at 1:35 pm

    यो रोभरले मंगल बारे धेरै जिज्ञाशा हरुको उत्तर दिन सफल हुनेछ भन्ने लाग्छ | यस्को कार्यकाल २ वर्ष भने पनि त्यस पछि यो निश्कृय हुने भने होइन यसमा भएको आणविक बिध्युत जेनेरेटरले 50 बर्ष काम गर्छ रे, विस्तारै यसका युनिट हरु निष्क्रिय हुँदै गए पनि १०-१५ वर्ष त पक्कै काम गर्छ होला जस्तो लाग्छ , नासालाई सफलताको लागि मेरो शुभकामना !

    Reply
  6. रविन says:
    August 9, 2012 at 1:05 pm

    यो सम्पूर्ण मानब जगत महान उपलब्धि हो. अनेक विनाशक हतियार बनाउनुको सट्टा यस्तै अन्वेषणमा लागे यो ब्रम्हाण्ड सम्बन्धिका अनेक श्रीजनाको जानकारी र त्यसबाट सम्पूर्ण बिस्वाले फाइदा पयिने छ

    Reply
  7. Bijen Deshar says:
    August 9, 2012 at 11:51 am

    मेरो बिचारमा यो सब झुट हुन् किन भने यी फोटो हरु त कम्प्युटर मा बनाउन पनि सकिन्छा मेरो बिचारमा नासा र अमेरिकाले झुटो प्रचार गरेको हो किन भने अमेरिका लाइ येस्मा फाइदा छ

    Reply
    1. Bino, Italy says:
      August 9, 2012 at 12:30 pm

      धन्न साथी ले हाम्रै मुस्तांग तिरको ब्ल्याक एण्ड ह्वाइट फोटो हो भनेर भन्न भ्याएनछन् l

      Reply
    2. yam pun says:
      August 9, 2012 at 4:55 pm

      म पनि बिजेन जी संग सहमत छु किन भने पृथ्वीको नजिकै रहेको चन्द्रमाको बारेमा उठेका थुप्रै जिज्ञासाहरु मेटौना नसकेको नासाले मंगल ग्रहको बारेमा खोज तलास गर्यो भनेर कसरि पत्याउने ????????????????????????????????
      अमेरिकाले संसारलाई उल्लु बनाउदै छ !

      Reply
  8. कविराज says:
    August 9, 2012 at 10:18 am

    लक्ष्मी प्रसाद देवकोटा को समय मा ——
    के हो ठुलो जगतमा पशिना विवेक, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक….

    हाम्रो समयमा ————
    के हो ठुलो जगतमा पशिना विवेक, उद्देश्य के लिनु उडी छुनु शुक्र एक….

    Reply
  9. Pratik says:
    August 9, 2012 at 7:28 am

    Great achievement !

    Reply
  10. rajesh says:
    August 9, 2012 at 6:56 am

    सालोक्य जी लाई धेरै धेरै धन्यवाद /बैज्ञानिक तथ्य हरु लाई यसरि नै भबिस्य मा पनि पोस्ट गर्नुहुने छ भन्ने विश्वास छ पाठक हरु लाई /

    Reply
  11. Ravi Aryal says:
    August 9, 2012 at 5:55 am

    नासाले बाहिर देखाउन मिल्ने तस्बिर त् यति देखयछ भने उनीहरुले अझ कति धेरै सूचना हरु संकलन गरेका होलान,अमिरीकनले छोडेनन् पृथ्बी देखि मंगल सम्म!!

    Reply
  12. Jitendra says:
    August 9, 2012 at 1:42 am

    सारै आनन्द आयो फोटो हेर्दा ! मुस्तांग तिर को बगर जस्तो लाग्ने !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme