Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गाडी सुविधा दिनु नराम्रो, फुटाउनु चैँ राम्रो?

Posted on August 2, 2012August 2, 2012 by Salokya

बानेश्वरमा युवा संघका कार्यकर्ताले आफ्नो युवा शक्ति देखाउँदै गरेको केशव थोकरले खिचेको यो फोटो आजको रिपब्लिका दैनिकको फ्रन्टपेजमा छापिएको छ।

भूपू भीआइपीलाई सुविधा दिएको विरोधमा गाडी खोस्नेसहित सरकारविरोधी ‘म हान्’ आन्दोलन हाँकिरहेको एमालेको युवा स‌ंघ नेपालले हिजो नयाँ बानेश्वरमा मच्चाएको ताण्डव दृश्य आजको रिपब्लिका दैनिकले फ्रन्टपेजमा छापेको छ। हिजो आधा घण्टे चक्काजाममा उनीहरुले तीन वटा सरकारी गाडी तोडफोड गरे। सुविधा दिनु गलत हो, यसमा त धेरैको सहमति छ। तर जनताको करबाट सुविधा दिनु गलत हो भने जनताको करबाटै किनिएको सरकारी गाडी फुटाउनु चैँ कसरी राम्रो भयो? यसरी फुटाएपछि बनाउनलाई कसको पैसा लाग्छ? युवासंघको आन्दोलनको तारो प्रधानमन्त्री बाबुराम भट्टराईले त आफ्नो गोजीबाट यो गाडी बनाउन पैसा हाल्दैनन् क्यारे। बनाउन फेरि पनि नेपाली जनताकै पैसा लाग्ने हो। अनि जनताको नाममा जनतालाई नै मार पर्ने यस्तो उग्रता किन? आधा घण्टा चक्काजाममा त यस्तो हुन्छ भने अर्को हप्ता गरिने चार चार दिने बन्दमा कस्तो होला? (अर्को हप्ता युवा संघले लगातार दुई दिन उपत्यका बन्द र दुई दिन नेपाल बन्द गर्दैछ)

यसरी उग्र प्रदर्शन गर्न उक्साउने भने एमालेका शीर्ष नेताहरु नै हो। साउन ७ गते राजधानीमा भएको युवा संघको कार्यकर्ता भेलामा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री सत्ताच्युत हुने गरी आन्दोलन चर्काउन सार्वजनिक रुपमा निर्देशन दिएका थिए। उनले ज्ञानेन्द्रको शासनकालमा आन्दोलन शिथिल हुँदा नि तपाईँहरुले नै हो चर्काएको भन्दै फकाएका पनि थिए।

नतिजा देखियो हिजो।

सरकारले अध्यादेशबाट ल्याएको भूपू भीआइपीलाई आजीवन सुविधा दिनेबारे जनतामा नकारात्मक सन्देश फैलिरहेका बेला त्यसैलाई ‘क्यास’ गर्न आन्दोलन थालेको बुझ्न गाह्रो छैन। खोस्ने नै हो भने आफ्नै नेता केपी ओलीले पूर्व गृहमन्त्रीको हैसियतले पाएको गाडी खोस्न सक्छन् त उनीहरु?

अर्को कुरा के पनि बुझ्न जरुरी छ भने सरकारले यो अध्यादेश अस्ति भर्खर जारी गरेको हैन। बाबुराम भट्टराईको सरकारले संविधान सभा/व्यवस्थापिका संसद भंग हुनुअघि नै वैशाख ७ गते जारी गरेको थियो। त्यतिबेलाको समाचार हेर्नुस्। कहाँ गएका थिए त्यतिबेला नागरिक समाजको नाममा अहिले आन्दोलन गरिरहेका भूपू सरकारी कर्मचारीहरु ? कहाँ थिए त्यतिबेला यी दलहरु, युवा स‌ंघहरु। मिलेर लुट्न पाएको बेला त कसलाई चासो हुन्थ्यो र!

अहिलेको अध्यादेश त त्यतिबेला संसदको आँखा छली ल्याएको अध्यादेश संसदको बैठक बसेको तीन महिनाभित्र पास गर्नुपर्ने नत्र स्वतः रद्द हुने भएपछि बाध्य भएर ल्याउनु परेको हो। त्यही पनि यो अध्यादेशको सिफारिश सरकारले राष्ट्रपतिकहाँ गरेको बेला कुनै दलले बोले ? अहँ, चुइँक्कसम्म गरेनन्। जनदबाबका कारण बल्ल उनीहरुले गाडी फर्काउन थालेका थिए।

फेरि अर्को कुरा के पनि बुझ्न जरुरी छ भने यो कानुन खासमा सर्वोच्चको आदेशका कारण बनाउनु परेको हो। यस्तो सुविधा कानुन बन्नुअघि पनि दिइन्थ्यो, तर हचुवा तालमा। जसलाई जे मन लाग्यो, त्यही। प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेपछि सबभन्दा सुविधाजनक लाग्ने प्राडो गाडी लिएर हिँडेका थिए। माधव नेपालले पनि राजीनामा दिइसकेपछि प्रचण्ड कै लटको नयाँ प्राडो लिएर हिँडेकै हुन्। भीम रावलले पनि पूर्व गृहमन्त्री भन्दै नयाँ विलासी गाडी लिएर हिँडेकै हुन्। पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन भइसक्दा पनि गाडी फर्केको थिएन। केपी ओलीले विद्युत प्राधिकरणको गाडी लगेका थिए। नेताहरुको आकर्षण चमेलिया जलविद्युत आयोजनाको नयाँ सुविधाजनक विलासी गाडी हुन्थे।

त्यतिबेला मन्त्रिपरिषद्को तजबिजी निर्णयमा गाडी लगायतका सुविधा दिने निर्णय हुन्थ्यो। कतिले जबर्जस्ती गाडी पनि लान्थे। यसैलाई व्यवस्थित गर्न सर्वोच्चले जथाभावी नदिनू, मापदण्ड बनाएर मात्र दिनू भनेको थियो। अनि त्यसलगत्तै गाडी फर्काउनेहरुको लर्को चल्यो। ठूलो प्रचार भएको थियो, याद होला तपाईँहरुलाई नेताहरुले गाडी फर्काए भनेर। अनि फेरि सुटुक्क लिँदा चाहिँ कसैले वास्ता गरेनन्। अहिले जनदबाब बढेकोले फेरि फर्काउने लहर चलेको थियो। कुन दिन सुटुक्क लिन्छन्, कसैले थाहा पनि पाउने छैनन्।

तर अहिले त सर्वोच्चले नै मुद्दाको टुङ्गो नलागुन्जेल त्यो अध्यादेश कार्यान्व‌यन नगर्नू भनिसकेको छ। के फर्काउन बाँकी रहेका पूर्व प्रमहरु लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, शेरबहादुर देउवाले गाडी फर्काउँछन् ?तीन जना पूर्व प्रधानन्यायाधीशबाहेक अरुले गाडी फर्काएका छैनन्, सर्वोच्चको अन्तरिम आदेशको पालना गर्छन् उनीहरुले ?

के युवा संघले प्रहरीलाई उनीहरुको गाडी फिर्ता गर्न सहयोग गर्न सक्छन् ? अहँ, उनीहरुलाई त सरकारी गाडी बाटोमा देखिँदा आगो लगाउन र तोडफोड गर्न मात्र आउँछ। आखिर नेताहरुले नै उनीहरुलाई भनेका छन्- आन्दोलन चर्काउनू भनेर। भनेको मान्नै पर्‍यो। अनि खबरदार यसो गर्दा प्रहरीले पक्रन पाइँदैन। नत्र झन् ठूलो आन्दोलन हुन्छ।

89 thoughts on “गाडी सुविधा दिनु नराम्रो, फुटाउनु चैँ राम्रो?”

  1. Rajan says:
    November 2, 2012 at 10:14 pm

    Seriously, u got to be kidding….
    i don’t know what’s really going on. but whatever it is, I don’t think it’s right thing that guy did over there. There are lot of ways to solve the problem. In this picture ( u got to be kidding man..), this guy looks very stupid enough. looks like he doesn’t care. he is not thinking that’s his property as well. dude i am seriously embarrassed looking at this picture, telling myself he is one of the guy from my country. I always think i will return back to Nepal after I complete my education from America. i really wanna use my manpower in my home country. all u guys are doing is just making us to think there’s no future coming out there.
    All i can say is please stop embarrassing yourself and people in the abroad.

    Reply
  2. Raju Samyak says:
    August 8, 2012 at 3:44 pm

    यदि आँट छ भने सिंह दरबार गेट को आर्मी को बन्दुक मा एक लात हानेर देखा न.

    Reply
  3. Sarose Koirala says:
    August 7, 2012 at 4:13 pm

    यस्ता धुर्तलाई सार्बजनिक अपराध ऐन अन्तर्गत मुद्दा अगाडी बढाउनु पर्छ . तेरो बाउको सम्पति हो र लात्ताले हान्छ्स ए जेमराज

    Reply
  4. Bishnu Nepali says:
    August 5, 2012 at 11:38 am

    यो उरान टेउलो केटो कति मुर्ख पनि छ भने -कारको सिसा लात्ताले हान्दा खुट्टा काट्ने, उ जीउ नै भित्र पसेर धारिलो चूचो सिसाले घांटी काट्ने जोखिम छ |

    एसको सिसाले घांटी काटेको भए कठै भन्ने को हुन्थ्यो होला !! झाले, माकुने, ओली र महेश बस्नेत ले हत्यारो सरकार राजिनामा दे भन्नु र अरुलाई फेरी उक्सौनु भन्दा बडी के गर्थे होलान !!!

    Reply
  5. Alisa says:
    August 5, 2012 at 9:07 am

    very unwise! fighting for better Nepal and that’s your activity? worse than Monkey 🙁

    Reply
  6. Ekraj says:
    August 5, 2012 at 5:38 am

    यस्ता बुद्धिभ्रस्ट बिधन्स्कारी कारीहरुलाई पालेर तिनीहरुको नेताहुनु मा श्रेय ठान्ने र नेपालको सासन गर्ने जिम्मालिउछौ भन्ने हरुको औसधि गर्नेबेला धेरै पहिला नै भैसकेको हो|
    फोडेर देस र समाज बन्ने भए नेपाल झन् झन् गरिब बन्ने थिएन| यी कुरा यी राजनीति फटाहा र इनका उरन्ठेउला छाउराहरुले कहिले बुज्ने हुन्|

    Reply
  7. bkpandey says:
    August 5, 2012 at 4:59 am

    अब पचास बिसिस्ट व्यक्तिहरु ले (कुन criteria बाट यी भ्रस्टहरु आफैलाई बिसिस्ट व्यक्ति भन्छन )पाउने सुबिधा ,के को सुबिधा त्यो त् नेपालआमाको काट्टो हो काट्टो,खान नपाए पछी केहि नेता भनौदा पाखण्डीहरुले आफ्ना हनुमानहरु लाई देसको सम्पति नोक्सान गर्न,अझ बन्द गरि जनता लाई दुख दिने काम त् यी नेताहरु को hobby हो.कुनैपनि प्रजातान्त्रिक मुलुकमा देसको सम्पति यानेकि जनताको सम्पति छेती गर्नेलाई कानुन ले कार्यबाही गर्छ,आजको नेपालमा सधै गाइजात्रा मात्र गर्छन यी राजनैतिक पार्टीका भ्रस्टहरु.त्यो कार लाई लात्ती हान्ने लाई तक्मा दिने कि सहिद घोसना गर्ने ?????

    Reply
  8. R Anand says:
    August 4, 2012 at 8:36 pm

    गाड़ीको मर्मत गर्ने अनी यो चोर लाई बिल पठाउने र बोनसमा धोबी चुटाई दिने

    Reply
  9. Bikas Shrestha says:
    August 4, 2012 at 6:10 pm

    ज्ञानेन्द्र फेरी राजा भयो भने उसलाई कति सुबिदा दिन्छ? अहिले को भन्दा धेरै त होइन होला पचास गुना बढी त होला नि होइन त ? राज परिवार को पेट मा भएको बच्चा लाइ समेत तलब हुन्छ बनेको सुनेको थिए

    Reply
  10. विष्णु, न्यु योर्क | says:
    August 4, 2012 at 4:33 pm

    एमालेको दोहोरो चरित्रको अर्को उदाहरण देख्न पाइयो | न पोथी न भाले ; नेकपा एमाले , भन्थे , होनै रहेछ |

    Reply
  11. dhirajgrg says:
    August 4, 2012 at 9:16 am

    तेस्तो सरकारी गाडी माथि उफ्रियारा बल देखाउने खातेलाई सिदै गोलि हन्नुपर्चा अनि बल्ल अरु नेताको इसारामा नाच्ने खातेहरूको दिमाग घुस्थ्यो कि?

    Reply
  12. योगेश आदी, न्यूयोर्क says:
    August 4, 2012 at 8:43 am

    जस्तो संस्कृति मौलाएको छ, त्यसैको सिको गर्ने न हो !! शान्तिपूर्ण आन्दोलन र बिरोधको अवमुल्यन नहुँदो हो त कसलाई ज्यान दुखाउन मन थियो होला र ?! यदि तिन ओटा गाडी फुट्दैमा उक्त निर्णय रोकिन्छ भने फुटोस तर दिर्घकालसम्म राष्ट्रलाइ भार र मार पर्ने निर्णय चाँही कदापी नहोस !!

    Reply
  13. madan bajracharya says:
    August 4, 2012 at 6:52 am

    “भताभुंग देसको जथाभाबी चाला जोजसले सक्छ तेसतेस्ले खाला”
    यो टुक्का उहिले पंचायतको पालामा डाक्टर प्रकाश चन्द्र लोहनीले उसको प्रत्यक भासनमा भन्ने गर्थ्यो/ नेता र तिनका कार्यकर्ताहरुले उहिले पंचायतमा पनि लुट्थे अहिले पनि कुरा तेस्तै मात्रै होईन त्यो भन्दा बढी खराव छ/ त् पंचायत फालेकोमा हामीले के फरक पायौ?

    पंचायतमा चवन्नी लुथ्यो अहिले सर्वास्वो नै/ पंचायतमा लुट्न लुथ्यो तर दरवार सम्म कुरा पुग्ला भनेर अरु त् अरु हेम बहादुर जस्तो दिल बहादुर जस्तो डाकाको सर्दारहरु समेत थरक्कमान हुन्थ्यो तर अहिले…..!!!/

    यक दिनको कुरा हो/ न्यु रोद गेट निर यउटा प्रभावशाली व्यक्तिलाई पुलिश्ले हातमा हत्कडी लगायर लगभग घिचार्दै ल्याउँदै थियो/ तेस्को पछाडी केहि व्यक्तिहरु पनि आउंदै थियो/ त्यो व्यक्ति धान चामल कम्पनीको कार्यकारी अध्य्छ्य सुन्दरराज शर्मा थियो र उ माथि कम्पनीलाई ३० लाख घाटा हुने कम गरेको आरोप लागेको रहेछ/ उसलाई रत्नपार्क को अन्चालाधिस कार्यालयमा अन्चालाधिसले गलामा थप्पड माथि थप्पड लगायको सुनमा आयको थियो/ पछी उसलाई जेल सजाय भयो/

    यसको केहि समय पछी पंचायत ढल्यो/ चुनाव भयो गिरिजा चुनाव जिताउन लगायर जित्यो (!!! विवरण उल्लेख गर्नु पर्ला जस्तो लागेंन) अनि गिरिजा प्रधान मन्त्रि हुना साथ् त्यो व्यक्तिलाई जेल बात मुक्त गरेर आफ्नो निजि आर्थिक सलाहकार नियुक्त गर्यो/ यहि हो यस्तै हो हामीले आज पायको/

    भन्नुको अर्थ पंचायत राम्रो कदापि होईन तर पंचायत भन्दा नराम्रो ब्यबस्था र पन्चे भन्दा नराम्रो नेता पायौ र तिनीहरुलाई फाल्न समेत नसक्ने हामि कति लाचार भयौ भन्न खोजेको मात्रै हो/ चुनावमा हराउँदा पद बाट हटाउन नसकिने यस्तो ब्यबस्था पंचायत त् पंचायत भारतको बिहारको गुण्डा गुण्डा-नगर ‘चम्बल” मा यति हुँदैन होला जति आज हाम्रो नेपालमा हुँदै छ/

    चुनावमा जनताको मत पाउन नसकेको व्यक्ति समेत नेता मन्त्रि हुने र तिनीहरुकै बिचमा सहमति नभयमा सरकार नबन्ने संबिधान नबन्ने यो कस्तो लोकतन्त्र हो मैले त् बुझिन है/ सहमति हुन् नसकेको कुरामा पन्चे राजाले त् जनमत संग्रह गरायो तर अहिले ……/ पन्चे राजा जति पनि बन्न सकेन ई आफुलाई लोकान्त्रिक भन्नेहरु/

    उहिले राँको रानी साहिवाले छोरा पुना साथ् कर्नेल दर्जा पाउने गर्थ्यो/ क क्लासको राणाहरुको बिचमा पाली पालो चाकरी प्रणालीमा प्रधान मन्त्रि बन्ने गर्थ्यो/ अहिले ‘क” क्लास नै त् भनेनन् तर ठुला दल ठुला नेता चाहि भनेकै छ/ तर अहिलेकाले पनि तेही चक्रे प्रणालीमै पद लिंदै आयकै छ त् फरक मात्र सब्द्को छ कुरो त उस्तै नै छ/

    उहिले क क्लासको राणाहरुको बिचमा सहमति भयको कुरानै देसको संबिधान हुने जस्तै अहिले ठुला दलको ठुला नेताहरुको सहमति देसको बास्तविक संबिधान बनेको छ/

    ख ग क्लासको राणाहरुलाई ठुला पदहरुमा कोटा मा नियुक्त गर्थ्यो रास्ट्रको कोष बात बिर्ता बकस पाउँथ्यो/ अहिलेकाले पनि तेस्तै रास्ट्रको कोष बात भत्ता सुबिधा आफैले तोकेर लिंदै छन्/ कोत्तामा ठुला पदहरुमा नियुक्ति पाउँदै छन्/ उहिले जातिको रानाहरुले तेस्तो गर्थ्यो अहिले बेजातिको राणाहरुले उस्तै नै गर्दै आयको छ त् हामि अहिलेको लाई कसरि लोकतन्त्र मान्न सकिन्छ?

    Reply
  14. badal rana says:
    August 4, 2012 at 5:35 am

    तेरो बाउ को सम्पति भा को भए येसरी फुटआ थिस ..

    Reply
  15. madan bajracharya says:
    August 4, 2012 at 3:27 am

    यो व्यक्तिले रास्ट्रको सम्पतिको बिनास गर्ने अपराध गरेको छ/ प्रमाण सबैको अगाडी छ/ त् यसलाई समायर कानुनि कार्यबाही गर्न किन ढिला गर्दैछ?

    हड्ताल जुलुस बन्द र बिरोधको नामा जनता र रास्ट्रको सम्पति बिनास गर्ने माथि जव सम्म कार्यबाही हुने नजिर बस्दैन देसमा आतंकबादीको राज चल्दै रहनेछ/ कुनै पनि तन्त्रको नाममा आज सम्म जनतालाई आतंकित पार्ने र रास्ट्रको सम्पतिको बिनास गर्ने अपराध मात्रै हुँदैछ/ कुरा उठे हाम्रो कार्यकर्ता होईन भन्ने ई नेताहरुलाई लौ त् यो व्यक्ति को हो त् भनेर अहिले माथिको व्यक्तिलाई समायर देखाउनु पर्छ/

    Reply
  16. Chetan Nepali says:
    August 3, 2012 at 8:42 pm

    यो सब एमालेको फटाहा राजनीतिको दुस्परिणाम हो ! अद्यादेश ल्याउने बेलामा चु पनि नाभनिकाना पास गराउने अनि अहिले सस्तो लोकप्रियताको लागि बिरोध गर्ने त्यो पनि गुण्ड लगाएर ! यस्ताहरुले गर्दा देश कहिले उभो नलाग्ने भो त्यसैले त जनजाति नेताहरुले एमालेको पार्टी निती बिरोध गर्दै हिडेको रहेछन त !

    Reply
    1. Harke says:
      August 4, 2012 at 5:41 am

      ठिक भन्नु भो….!
      हिजो तिनका नेतालाई सुबिधाको लोभ……आज सस्तो लोकप्रियताको लोभ !
      नेतालाई नसकेपनि तिनका निर्देशनमा अपराध गर्नेलाई (फोटोमा देखिएका जस्तालाइ) कारबाही त गर्ने हिम्मत गर्नुपर्यो नी प्रशासन चलाउनेले !

      Reply
    2. Pramesh says:
      August 4, 2012 at 4:52 pm

      एमाले मात्र हैन सबै पार्टीको फटाहा राजनीतिको दुस्परिणाम हो यो| हामि येसरी छानेर एउटालाई राम्रो अर्कोलाई नराम्रो भन्छौ र त यिनीहरु टिकी राखेका|

      Reply
  17. Harke says:
    August 3, 2012 at 8:30 pm

    दण्डहिनताको नतिजा एस्तो नभए कस्तो हुने त ?
    लालुराम सरकार भने येस्तालाई कारबाही गर्न छोडेर शान्ति र संबिधान देउ भन्दै पत्रकार संग रुन्छन !

    Reply
  18. Uttam Khadka says:
    August 3, 2012 at 8:24 pm

    बुद्धि को भाडो मा बिर्को लागेको गोरुलाइ के थाह राष्ट्र को सम्पति को मुल्ले. नेताको झोला बोक्दा बोक्दा एसको दिमागमा खिया परि सक्यो. गाडी माथि माथि उफ्रिएर म जत्तिको बहादुर कोइ छैन भन ठान्दो हो.

    Reply
  19. Chandra Karki , London says:
    August 3, 2012 at 3:34 pm

    मुर्ख हरु ले राजनीति को नेत्रित्वो लियो भने देस मा येस्तईहुन्छ /
    कुकुरले खुट्टा टोक्छ भनेर आफ्नै खुट्टा काट्ने लाई के भन्ने खै !!

    Reply
  20. Sisir says:
    August 3, 2012 at 10:58 am

    केहि उदाहरण हेरौ
    ** एमाले युवा संघका जिल्ला इस्तारिय नेता(taxi driver turned millioniare) परसुराम बस्नेत ,अदालतमै गुन्डागर्दी/ रेपोर्तिंग गर्ने पत्रकारलाई मरणआसन्न हुने गरि पिटे , नतिजा केन्द्रीय सदस्यमा बढुवा, हिजो पुर्बांचल प्रहरी प्रमुखलाई नै सच्चिन आदेश दिदै थियेरे बिराटनगरको आधि घन्टे चक्का जाममा
    ** गोविंदेलाई जेल सजाय गधाहरुको बिरोध जुलुस, कांग्रेस केहि बोल्दैन,भ्रस्ट प्रमादित वाग्ले र गोविन्देलाई पार्टीबाट निलम्बन सम्म गर्दैन
    ** गणेश लामा गुण्ड गर्दी कै भरमा गछादरद्वारा फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य मनोनित
    ** रामहरी अपहरण र हत्यारा , यार्सागुम्बा र डलर लुटेरा काली बहादुर खाम, प्रचण्डद्वारा माओबादी केन्द्रीय सदस्यमा पदोन्नती ,

    एसले के देखाउछ भने राजनीतिक पार्टीहरु गुन्डाहरुले चलाऊछन् , यानी अपराधको राजनीतिकरण ..

    अब भन्नुस कुन पार्टी चाही नेपालमा गतिला छन् ? बिनालगानीको राजनीतिक व्यापार तेसै फस्टाको कहाँ हो र .

    Reply
  21. मन says:
    August 3, 2012 at 10:50 am

    यो गाडी माथि उफ्रने उरन्ठेउलो केटोलाई पनि कठघरामा उभ्याउन सकिएला?

    Reply
    1. mahesh says:
      August 3, 2012 at 12:52 pm

      जुन पार्टी वा भात्रि संगठान ले बन्द को आब्वान गर्यो त्यो दिन मा हुने क्षतिपूर्ति को जिम्मेवारी त्यो संगठान को नेता(अध्यक्ष ) हुने र त्यो बात नै असुल गराइने कानुन ल्याउन र तेस्को कार्यन्वयन गर्न ढिलो भैसक्यो.

      Reply
      1. Harke says:
        August 4, 2012 at 5:50 am

        महेश !
        यो कुरो चाइ मन पर्यो है..!
        उही महेस जी हो कि अर्कै पर्नु भो कुन्नि ?

        Reply
      2. mahesh says:
        August 4, 2012 at 2:28 pm

        म तेही महेश भन्ने थाहा पाएको भए त हर्के बात दिन भरि मा कति पल्ट रातो मा टिक आउथ्यो होला?

        Reply
    2. Harke says:
      August 4, 2012 at 5:48 am

      ओहो मन जी,
      तेसो गर्न सके त नेपाललाइ नेपाली ले नै स्वित्ज़ेरल्याण भन्दा सम्ब्रिद्द बनाउछन….! कुनै ढलको नेताले तेस्तो सपना बाड्न पर्दैन !
      तर दुखको कुरो “यो गाडी माथि उफ्रने उरन्ठेउलो केटो” भोलिको प्रधानमन्त्रि सम्म पनि बन्ने छ….चेतना भया !

      Reply
  22. Dipak says:
    August 3, 2012 at 10:04 am

    यो साले खाते चोर लाइ कति बल च ढेको हाम्रो सिम खेत मा लगेर गोरु लाइ झैँ चुट्दै जोत्नु पर्ने !!

    Reply
  23. Bishnu Nepali says:
    August 3, 2012 at 7:33 am

    नेपाल बन्द गर्ने, गराउने र सरकारी तथा निजि सम्पतिको तोडफोड गर्ने लाइ कडा कारबाई गर्नु पर्दछ !

    माकुने, झाले, ओली, महेश बस्नेत जस्ता गुण्डा हरुलाई यो गराएकोमा कारबाई गर्नु पर्दछ !

    Reply
  24. SURENDRA SUBEDI hongkong says:
    August 3, 2012 at 7:30 am

    आफु सत्ता मा हुदा सबै बेश,आफु बाहिर हुदा सबै ले नेपाल मा गर्ने नै यस्तै नै हो /जो -जस को सरकार भए पनि जनता लाई कहिले सुख नहुने भो मेरो नेपाल मा/आफ्नो बारी मा नफाल्ने महगा बिदेसी गाडी फुटाउनु यिन को नित्य कर्म जस्तो भइसक्यो/ लडाइ को सग हो त?जनता को कर बाट किनिएको गाडी सित कि सरकार सित?बुद्दी लगाऊ पाशा,बुद्दी /बिनास काले ,बिपरित बुद्दी ले सबै लाई नोक्सान सिबाय केहि हुन्न /तिम्रो गाडी फुटाउने काम ले निरिह नेपाली पनि छातिपुर्ती तिर्न बाध्य हुनु पर्ने यो कस्तो बिकाश हो मेरो नेपाल मा?

    Reply
  25. dhan says:
    August 3, 2012 at 6:56 am

    भेडा जनता जब सम्म जाग्दैन , नेपाल उभो लाग्ने वाला छैन. थुइक्क जनता !

    Reply
  26. Pradip Lal Shrestha'लेकाली माईला' says:
    August 3, 2012 at 5:30 am

    सुविधा दिनु गलत हो, यसमा त धेरैको सहमति छ। तर जनताको करबाट सुविधा दिनु गलत हो भने जनताको करबाटै किनिएको सरकारी गाडी फुटाउनु चैँ कसरी राम्रो भयो ? हे नेपाली दाजुभाईहरु अब त केहि कुरा बुज्ने कोसिस गर्नुस..

    Reply
  27. razen says:
    August 3, 2012 at 3:33 am

    तोड तोड भाई तोड…भएभरको ताकत देखा…अर्काले उ गर भने उ गर्ने गु गर भने गु गर्ने येस्तईहरु हुन् | अनि येस्तालाई नेताहरुले ननचाये कस्तालाई नचाउने | आफ्नो सोच्ने दिमाग छैन यिनीहरुको |

    Reply
  28. Bishwaraj says:
    August 3, 2012 at 1:29 am

    नेपालमा बसी सक्नु नहुने बनाउने यी राजनीतीक दलका नेता र दलका नेताले पालेका गुन्डाहरुले गर्दा नेपालमा बसी नसक्ने बनाएका हुन् i पहिले दरबारका गुण्डाहरुले सताए- हेरौ न, ६०१ जनामा कतीजना गुण्डाका लीडरछन्, के – पी ओली जस्तो- नेपाली नेताहरु बादर हुन्, र सबै जनताहरु भेडा हुन् – हेरौ न- पानी, बिजुली, महंगी, लुटपाट, बेरोजगारी. अपहरण, इस्कुल बन्द, कलेज बन्द, चक्का जाम, हस्पीटल बन्द, बा बा — यी सबै मासीने बेलाको नमुना हो-

    Reply
  29. Janak b Thapa says:
    August 3, 2012 at 1:11 am

    हाम्रो देस नेपाल मा सार्बजनिक सम्पति माथि थोड्फोद गर्ने र गुण्ड गर्दी गर्ने विद्याथी भानुदा गुन्डा हरु ले गर्छन एस्त गैर्नैतिक कम गने जो कसै लै पनि कडा भन्दा कडा कानुन र मिर्तुदंदा संब को सजाय दिनु पर्छा अनि मात्र समाज मा सान्ति अमनचैन हुन पाउदैन अर्को कुरा सान्ति पूर्ण बिरोद गर्न पाउने सबैलाई हक आदिकर छ तर हाम्रो नेपाल मा एस को दुरुपयोग हुन्छा एस मा सबै राजनीतिक संगठन हरुले मनन गर्नु पर्छा र सबै पार्टी हरु मिलेयरा एउटा कानुन बनाउनु पर्छा तर हाम्रो नेपाल मा आफ्नो सवर्थ को लागि तै चुप मै चुप छ एस को दोस सबै राजनीतिक पार्टी हरु को छ ><

    Reply
  30. Keshav says:
    August 2, 2012 at 11:27 pm

    जसले गाडी र सुबिधा फिर्ता दिंदैनन, उनीहरुलाई पहिले विनम्र निवेदन गरिनु पर्छ|
    त्यति गर्दा पनि नसुने केही न केही कारवाही गर्ने पर्छ| तर गाडी तोडफोड गरेर होइन|

    देउबा, झलनाथ, सुर्य बहादुर आदिले नफर्काएको भए सुबिधा उपयोग गरेको मितिदेखि दैनिक जरिमाना पनि लगाइनपर्छ|
    के झलनाथ, देउबा र सुर्य बहादुरमा आफ्नो सम्पतीले गाडी राख्ने क्षमता छैन?
    “काँक्रा चोरलाई मुड्की” सजाय|
    पुर्ब प्रधान न्यायधीशज्युहरुलाई मोसो दलला भन्ने भय हट्यो जस्तो छ?

    Reply
  31. शशांक लामा, न्युयोर्क says:
    August 2, 2012 at 11:00 pm

    हिजो वैस्यालले गुण्डागर्दी गर्यो भनेर अरण्य रोदन गर्नेहरु आफै गुण्डागर्दीमा किन उत्रेको होला? गुण्डागर्दीबाट प्राप्त उपलब्धिहरु दिगो हुँदैन भन्ने कुरा नेपालको इतिहासले पटक पटक देखाइसकेको छ र गुण्डा पालेर राजनीति गर्नेहरुको अबको नेपालमा खैरियत छैन| तिनले कुन दिन चाहिं जनताको नराम्रो भाटे चुटाइ भेटछ!

    Reply
    1. Harke says:
      August 4, 2012 at 5:52 am

      कुन पार्टीमा गुण्डा छैनन र ?

      Reply
      1. Bikas Shrestha says:
        August 4, 2012 at 6:13 pm

        सबै ले भन्छ आ आफ्ना पार्टी मा गुण्ड छैन / छैन भन्ने मान्छे गुण्डा नै हो

        Reply
  32. narendra says:
    August 2, 2012 at 10:49 pm

    यो त अति भो / कुनै पनि चिजको एउटा सिमा हुन्छ / आफैले सुबिधा लिने अनि कार्यकर्तालाई आन्दोलन गर र गाडी फुटाउन अलगाउने कस्तो राजनीति हो नेपालको? कस्ता मुर्ख, सुगुर र बादर रहेछन कार्यकर्ता पनि इनिहरु के युबाहुदाहुन् इ त बादरहुन् /

    Reply
  33. बिस्वाश says:
    August 2, 2012 at 9:48 pm

    जसले गरे पनि रे जे का लागि गरे पनि एकदमै गलत हो | कसैको सम्पति तोडफोड गर्नु र कुनै पनि प्रकारको ध्वंस गर्नु जन्गलिपना हो | अब त नेपालि जंगली युगबाट बाहिर आउनु पर्यो |

    Reply
  34. madan bajracharya says:
    August 2, 2012 at 9:36 pm

    ई नेता नामको लुटाहहरुलाई गाडी आवास आदि दिने निर्णय त् यमालेकै माधव प्रधान मन्त्रि हुँदा भयको होईन र? त् अहिले यमालेको यो बिरोध त् यौटा नौटंकी जस्तै देखियो/ माधव ले आफुहरुले यस्तो सुबिधा पाउने ब्यबस्था गर्नु अघि कृष्ण प्रसादलाई गाडी टक्राउन गयको थियो त् तेतिबेला कृष्ण प्रसादले यो माधव हामिलाए यस्तो गाडी दिन सक्ने भयो? भनेर प्रश्न गरेको थियो/

    भन्नुको अर्थ बाबुराम को अध्यादेस ठिक भन्नु कदापि होईन बाबुराम र माधव दुवै उस्तै भन्न खोजेको मात्रै हो दुवै को नीति प्रबिती उस्तै उस्तै नै छ; दुवै महान भारतको निमित प्रिय,माधव मनमोहनले योग्य घोसना गरियको, बाबुराम मनमोहनको देसको बिस्व बिद्यालय बात ठुला ठुला डिग्री पायको, दुवै आफ्नो अनेपाली मिसनमा पूर्ण सफल/ माधव संबिधान सभा कै बिरोधि बाबुराम संबिधान सभा नै भंग गर्ने/ माधवको कारणले उहिले यमाले टुक्रियो अहिले बाबुरामको कारणले मावोबादी तुक्रियो/

    शेरबहादुरले बारम्बार मावोबादिलाई यमाले बनाई छाड्ने भन्दै आयको थियो/ आज बाबुराम माधव भन्दा फरक देखिन नसक्नु र उहिले एमाले जस्तै अहिले मावोबादी पनि टुक्रिनु अनि तुक्रियाको एमाले र मावोबादीको नेत्रित्वो पनि अगाडिको अछ्यर “ब” (बाम देव र बैद्य)टै सुरु हुने बात हुनुले पनि शेर बहादुरको भनाई सहि साबित भयको देखिन्छ/

    अब हेर्नुस न बाबुराम यकातिर भू पु बिशिस्टहरु रास्ट्र सेवक भयको देसको निमित केहि गरेको महान हस्ती भयकोले यस्तो सुबिधा दियको भन्दै छ भने अर्को तिर ईने नेताहरुलाई लोकतन्त्र र लोकतान्त्रिक संबिधानको बिरोधि भयको आरोप लगाउन्दैछ/यदि बाबुरामले भने जस्तै ई अरु पार्टीका भू पु बिशिस्टहरुकै कारणले लोकतन्त्र र संबिधान बनाउन नसकेको हो भने बाबुरामले तिनीहरुलाई नै यस्तो रास्ट्र कंगाल पर्ने सुबिधा किन दियो; मनाउन हो बा फकाउन ?

    यदि मनाउन फकाउन यस्तो सुबिधा दियको हो भने यो त् घुस खुवायाको सरह भयो र कुरा यस्तै हो भने घुस खुवाउने र घुस खाने दुवै अपराधि नै मानिन्छ/ कुरा जे होस् बाबुराम मावोबादी दलको माधव त् बन्यो नै/ माधवले पानि बग्ने महाकाली भारतलाई सुम्प्यो अब बाबुरामले मलिलो माटोको तराईलाई अर्को महाकाली बनाउने त् होईन यो कुरामा सतर्क हुनु पर्छ/

    Reply
    1. गगने says:
      August 4, 2012 at 11:01 pm

      ‘पूर्वपदाधिकारीलाई सुविधा दिने कुरा सहमतिले गरिएको थियो । गत वैशाखमा सहमतिले अध्यादेश ल्याएको थियो । यस्तो सुविधा जहाँ पनि दिने गरिन्छ, हिजो बिनाऐन नियम वितरण गरिएको थियो,’ उनले भने, ‘अहिले ऐन बनाएर पारदर्शी ढंगले गरिएको थियो, यसलाई यति ठूलो बनाउन जरुरी थिएन ।’

      रास्ट्रको नेता जो आफ्नो राजनीतिक योगदान बात त्यो स्थानमा पुगेर जनता र देशको सेवा गर्दछ तिनीहरुलाई रास्त्रले सम्मान गरि सुबिधा दिने कुरा हो! यसमा माधब नेपाल, शेर बहादुर, प्रचण्ड, बाबुराम, राम बरण, लोकेन्द्र वा सुर्य बहादुर लाइ दिने भनेर सोच्नु हुदैन!
      हो राम्राकुरा कहिले काही नराम्रा व्यक्तिहरुले पनि पाउन सक्छ!
      रास्त्रले रास्ट्र संचालन गर्ने सर्बोच्च स्थानमा पुगेको व्यक्तिलाई केहि सुबिधा सम्मानमा दिन खोज्ने कुरालाई यसरि बेतुक को बिरोध गर्नु मचाहि कदापि उचित देख्दिन! हो तेस्मा बढी भय घटी गर्न आह्वान गर्न सकिन्छ वा केहि कुरा तलमाथि मिलाउन सकिन्छ!
      तेसोत यो सुबिधा पहिले अनाधिकृत जवार्दस्ती प्रयोग गरेको थियो तेसो गर्नु भन्दा आधिकारिक तबरले तोकेर खुत्यायर दियाकै राम्रो होइन र?
      केहि व्यक्ति र तिनीहरुको अकर्मंद्यता मा गयर एउटा उचित कुरा लाइ गलत भन्नु र ठान्नु हुदैन!
      सज्जन र उचित ब्यक्तित्वोलाई सम्मान गर्दा कहिले काही गलत व्यक्तिहरु पनि त्यो भिडमा घुस्न पुगेको हुन्छ!
      म त यो ठिक हो तर उप प्रधान र ग्रिह मन्त्रि आदि लाइ होइन मात्र प्रम र रास्त्रपतिलाई मात्र दिदा हुन्छ भन्छु र तेस्मा पनि समय परिस्थिति र क्षमता हेरी सुबिधा अलिक कम दिनुपर्छ, दिदै नदिनु भन्दा दिनु पर्छ भन्छु!
      आफाफ्नो सोच आफाफ्नो बिचार!

      Reply
      1. madan bajracharya says:
        August 6, 2012 at 9:15 am

        गगनज्यु/
        पदमा बस्दैमा सम्मानिय हुँदैनन् कोहि/ पदमा बसेर फोहर गर्ने फोहर खानेहरु पनि छन्; उदाहरण दिनु पर्दैन होला/ सम्मान दिन सम्मानिय आचरण हुनु पर्छ देस र समाजमा उल्लेखनिय काम गरेको हुनु पर्छ/

        अहिले बाबुरामकै भनाई सुन्ने हो भने ई भूपु नेताहरु नै लोकतन्त्रको लागि बाधक व्यक्तिहरु हुन् र माधव ओली आदि त् रास्ट्र घाती सन्धि गरेको आरोप लागेको व्यक्तिहरु हुन्/ त् किन दियो बाबुरामले तेस्तालाई सुबिधा र भत्ता त्यो पनि आफैले जारि गरेको अध्यादेस भन्दा ३ गुणा बढी?

        अध्यादेसमा भूपुहरुलाई भ्याट समेत जोडेर ५० लाख ननाघ्ने गाडी दिने भनियको छ तर उपलब्ध गरायको गाडीहरु त् डेढ करोड भन्दा बढी पर्ने छन्/

        भू पु नेताहरुको अतिरिक्त बिशिस्ट व्यक्तिहरुलाई पनि दिने सुबिधा भत्ता दिने भनियको छ/ तर बिशिस्ट व्यक्ति ठहर गर्ने कुनै मापदण्ड नै निर्धारण गरियको छैन/

        अर्को कुरा राम चन्द्र पौडेल जसले पशुपतिमा नेपाली मूल भट्ट नियुक्त गर्दा सबै भन्दा बढी बिरोध गर्ने व्यक्ति हो/ राम चन्द्र पौडेल कांग्रेसको केन्द्रिय समितिको सदस्य मात्रै हुन्/ रामचन्द्र जस्तै कुनै पार्टीको केन्द्रिय सदस्य बनेको व्यक्तिहरु सयौं छन् त् किन दियो उसैलाई मात्र सुबिधा र भत्ता?

        अर्को कुरा नेताहरु पदमा छंदा पनि भ्रस्टाचार गर्छन पद मुक्त मन्त्रि भै सके पछी पनि सुद्ध रहिरहन्छ भन्ने कुनै ग्यारेन्टी छैन/ गलत आचरण गरेमा भत्ता र सुबिधा खोसिन सक्ने कुनै प्राबधान त् हुनु पर्थ्यो/ ई सुबिधा र भत्ता तक्रईयाको कुनै महासय भोलि गुप्ता वाग्ले बा खुमे ठहर भयमा के गर्ने जेलमै सुबिधा र भत्ता तक्राउन्दै जाने?

        सम्मान निशर्त गरिंदैन शशर्त नै गरिन्छ/ सम्मान स्वरूप सुबिधार भत्ता तक्राईयको व्यक्ति जनप्रिय रही रहन सक्नु पर्ने हुन्छ/ अन्यथा भयमा सुबिधा र भत्ता बन्द हुन् सक्ने कुनै त् प्राबधान हुनु पर्थ्यो/ तर तेस्तो केहि ब्यबस्था गरियको छैन/ भू पु सम्मानियहरुलाई खुलेर गनेर “नगद” मात्रै दियको छैन तर “नगदी” सामानहरु दियको छ/

        Reply
  35. aditi says:
    August 2, 2012 at 9:35 pm

    माकुनेको उपहार, सरकारी गाडीको तोडफोड

    Reply
  36. ज्ञानेन्द्र खतिवडा says:
    August 2, 2012 at 9:25 pm

    सब जनालाई रोड खन्न पठाउनु पर्ने…. बल भका बुध्दि नभका नकचरा हरुलाई…….. यो भन्दा पहिले बिसिस्ट ले मोज गरेका थिए सरकार को आड मा अहिले यिनीहरुले मोज गर्न थाले बल को भर मा…….. दुख गरेर बस्ने नेपाली जनता यस्तो महंगी मा कर तिर्दा तिर्दा भगवान को सरण मा……..

    Reply
  37. Resham says:
    August 2, 2012 at 9:18 pm

    तोड फोड नगरे आन्दोलन नहुने आवाज नसुनिने परम्परा एउटा ट्रेन्ड बसेको देखिन्छ
    यो ठुला भनिएका नेताहरु बाट नै सिकेका चेलाहरु त परे यिनीहरु /

    Reply
  38. Idea says:
    August 2, 2012 at 9:05 pm

    यो मान्छेलाई कसैले चिन्छ? Many urban Nepalis and students have Facebook profiles now. Most of these profiles are public. We must find out who he is, name him, and shame him for being a rioter. So, anyone know who he is?

    Reply
  39. Sonam Sherpa says:
    August 2, 2012 at 8:51 pm

    एक मुखले बिरोध गर्ने अर्को हातले फुटाउने काम बन्द गर / के पी द्वारा पालित गुण्डाको चर्तिकला देखियो .

    Reply
  40. kaji,hk says:
    August 2, 2012 at 8:06 pm

    ‘नेपालमा बन्द,हड्ताल र तोडफोड …दिशाविहीन,पतुर नेताहरु र तिनका अन्धभक्त भेडा जस्ता भरौटे कार्यकर्ता’……शिर्षक राखेर पिएचडी गर्नु पर्ला जस्तो छ

    Reply
  41. Pradeep says:
    August 2, 2012 at 8:05 pm

    पार्टीहरु ले कस्ता कस्ता मानिस मन पराउछन भन्ने कुरा त नाम चलेका डन हरु लाई फूलमाला लगाइदिने होद्बादी को समाचार ले प्रस्ट भईसक्यो ! यसबाट हाम्रो नेता हरु को चाहना बुझिहलिंछ ! जाबो यौटा गाडी फोड्नु कत्रो कुरा हो र ! देस हाक्नु पर्ने युवा नै तोडफोड मा लाग्छन र उनका गद्फाडर बाट स्याबासी पाउछन भने के भन्ने ! जसले मार खान्छ त्यो बिचरा मात्र हो !

    Reply
  42. ajay says:
    August 2, 2012 at 7:18 pm

    गाडी दिदा केहि न केहि सर्बोछा ले रोक लगाए पछि धेरै चम्कने ! नाटक नै धेरै

    Reply
  43. Uttam says:
    August 2, 2012 at 7:10 pm

    सबै नेताहरु लै नेपाल मै बनेको मुस्तांग गाडी बाडौ होइन भने गाडीको तेत्रो कर कम गरे त सबैलाई सर्वसुलाब्मा गाडी चडन पाई हाल्थे नी ! कर चै तेत्रो सुबिधा चै केहि छैन! यो बारे पनि बहस चलाउनु आवससेयेक देख्छु म! नपाउने चिजलाई दुर्लब नै बनाउने सरकारको नीति नै गलत छ, अनि तेही दुर्लब वस्तु राष्ट्र का ब्वासहरुलाई आ आफै बाड्ने अनि कुनै पार्टी को पनि बिरोध छैन! जनताका लागि कोहि छैनन् भन्ने कुरा चै एसले पनि प्रस्टै पार्छ !

    Reply
  44. Gaurav Nepali "Oodaaseen" says:
    August 2, 2012 at 6:47 pm

    यो मान्छे त क्या खतरा खतरा रहेछ ! यसले त पाँच सात जना वीसयल लै पनि एकै चोटी ठिक पर्छ जस्तो छ !!!!!

    Reply
  45. lbrumba says:
    August 2, 2012 at 6:40 pm

    यो राजनीतिक भने कि कन्चट तातेर आउछ ! सरकारी सम्पति भए पनि जनता कै हो ! जनता को भए पनि देशकै सम्पति नै हो ! आखिर किन एस्तो उपद्र काम गर्न रुचाउँछन् !
    यो नेपाली आन्दोलन कारी को बुद्दी कैले आउने हो ! मुख छाड्न पैदैना यहाँ नत्र जानेको को थिए चोरहरुलाई !!

    Reply
  46. Deepak says:
    August 2, 2012 at 6:37 pm

    मैले सधै नेपाली जनता भेडा छन् भनेको त्यसै होईन नि. जनता आँखा भएर पनि अन्धा बनिदियपछी नेता अन्धा भएर पनि आँखा देख्ने हुन्छन.
    कानुन नहुनुको प्रमाण हो यो, कानुनी राज्यमा यस्तो हुँदैन !!!!!

    फुटाउ-फुटाउ सबै फुटाऊ, सक्छौ भने देसै लुटाउ,
    नेता हिडछन् पजेरो चडी, जनताले टाउको फुटाउ,
    दाजुभाई झगडा गरि, नेतालाई देसै चुसाउ,
    हस्तक्षपले मात्रै पुगेन, विदेशीलाई भित्रै घुसाउ !

    दिपक अधिकारी
    जर्मनी

    Reply
  47. Bino, Italy says:
    August 2, 2012 at 6:36 pm

    पहिले-पहिले बन्द हड्ताल मा सवारी साधन पसल तोडफोड आगजनी गरेको कुरा न्युज मा मात्र पढेको हेरेको थिएँ तर अस्ति को पालि नेपाल जाँदा जनजातीको आन्दोलन मा आफ्नै आँखा अगाडी मोटरहरु तोडफोड गरेको जलेको देखेर आएँ l कति निर्दयी छन् मान्छेहरु कति अनियन्त्रित र छाडा छ भिड ? बाँदरहरु ……. बिचरा नेपालका प्रहरीहरु हात मा लौरो बोकेर टुलुटुलु हेर्न बाहेक केहि गर्न सक्दैनन् l नेता त के नेता भन्नु हौ यिनीहरु लाई? यिनीहरु त भेडे जनता का खराब गोठालोहरु हुन् l

    Reply
  48. मणि says:
    August 2, 2012 at 6:29 pm

    अब देखि प्रधानमन्त्री र राष्ट्रपति बाहेक सबैलाइ मोटरसाइकल अनि तगडा हेल्मेट दिनु पर्छ, हेल्मेटले कालो अनुहार भित्रको कालो कपट मा अलिकति भएनी तेल र आसेपासे सुरक्षाको खर्च कम हुन्छ! कसैले बिरोध गरे त्यो पनि नपाउने पार्नु पर्छ| कुकुरहरुलाई नपचेको यो!

    नेताहरुलाई राज्यले कुनै सुबिधा दिनु हुदैन, नैतिक बिहिन नेताले जनतालाइ कति सुबिधा देका छन् र?

    Reply
  49. Basu says:
    August 2, 2012 at 6:21 pm

    शिक्षित र सचेत ठानिएका युवाहरुको नै यस्तो उद्दण्ड र हिंसाकारी व्यहोर छ भने अरुबाट के आशा गर्नु ?
    सार्वजनिक सम्पत्ति आफनै हो भन्ने चेत कहिले आउने होला ?

    Reply
  50. Sandesh says:
    August 2, 2012 at 6:01 pm

    एस्त क्रियाकलाप मा संग्लग्न हुने सबै मुर्ख जनावोर हुन्.

    Reply
  51. Rabindra says:
    August 2, 2012 at 5:50 pm

    ‘म हान्’ आन्दोलन

    Reply
  52. सुभाष सिद्धि says:
    August 2, 2012 at 5:43 pm

    यी बाँदरे बुद्धि पालेर आफूलाई ‘नेता’ ठान्नेहरुलाई ठेगान लगाउने कुनै चमत्कारिक आविष्कार भएको छैन र वैज्ञानिक दुनियामा ? जसको एक खुराक गिदीमा इन्जेक्सन गरेको दोस्रो दिनदेखि ‘ हँसिलो नेपाल ‘लाई सिर्जन गर्ने सुमति उदाओस /
    विदेशमा बस्नु हुने देशप्रेमिहरु मध्ये कसैले यसको सूचना दिनुभए ठूलो उपकार हुन्थ्यो !

    Reply
  53. aavash says:
    August 2, 2012 at 5:38 pm

    यो अरु केहि होइन नेताको बुद्दी मा किरा परेको हो . किरा परेको बुद्दी भयकाले आफु के
    गर्छन ??? अनि अरु लाई के गर्न सिकौचन ????

    Reply
  54. amrit subedi says:
    August 2, 2012 at 5:33 pm

    माई संसार डट कम कुनै पार्टी बिसेसको हो कि त्यो त था भएन एमाले बिरोधि त पक्कै हो, कुन आन्दोलोंन मा तोडफोड हुदैन नेपाल मा? मैले तोडफोडको सपोर्ट गरेको हैन,तर न्युज को सिर्सक ले सुबीदाको गाडीको पक्छ्य मा बोलेको छनी!! के पत्रकारिता भन्नु, !!

    Reply
  55. sima says:
    August 2, 2012 at 5:26 pm

    बनाउनु भन्दा बिगार्न अग्रसर हुने ए सिंग नभएका साँडेहरु हो हामी सोझा नेपाली जनताले येस्तो पीडादायक समाचार कति सुन्नु र हेर्नु पर्ने हो? द:ख लाग्छ अति भयो अति अब त शान्ति लेइदेउ बुझी देउ सरकार जनताकोमर्मा!!!!!!!!!

    Reply
  56. Om Nath Koirala says:
    August 2, 2012 at 5:00 pm

    नेताहरुले सिकाएको नै यस्तै छ | यी बबुराहरुले अरु के जानेका छन् र ?

    Reply
  57. gambhir ghimire ,benidorm ,spain says:
    August 2, 2012 at 4:36 pm

    बाबुराम ले सभ्य ,सलिन ,भद्र ,नरम भाषा नबुज्ने भय पछी के गर्ने त ?……आखिर यसरि नै तोढ़ फोड़, हत्या , हिंसा गरेर सत्ता मा पुगेकाछन इनी हरु क मालिक …..कोदो रोपेर धान फल्छ त?…..इ तोडफोड कारी नेता हरु को अनुहार सम्झानुष त …….!

    Reply
  58. bibek dhakal says:
    August 2, 2012 at 4:32 pm

    त्यो प्रत्येक comment dislike गर्ने महानुभाव चाही पक्कै कि त्यो ओली भनौदो हुनुपर्छ कि उसैको पाल्तु गुन्डाहरु मध्ये एक , अर्थात् – एमाले कार्यकर्ता. अलिकति पनि जनसमर्थन नभाको पार्टी को कार्यकर्ताहरु को फुइ देख्दा अचम्म लाग्छ. This Youth force is nothing but a bunch of anarchists and goons!!

    Reply
  59. anjan says:
    August 2, 2012 at 4:06 pm

    अब यो गुण्डाले के पी ओली बाट मास्टर डिग्रीको सर्टिफिकेट पाउछ बधाई छ केटा

    Reply
  60. द्रोण says:
    August 2, 2012 at 4:05 pm

    खड्ग जी को पी यम खाने कसरत जस्तो भान हुन्छ |
    केइ गाडी फुतुन,केइ जलूंन ,केइ मान्छे मरुन ,नाका बन्दि होस् ,देश ले खड्ग प्रसाद लाइ ये बाबा लौ न हजुर नै पी यम बनिदिनु पर्यो भनोस अनि पो पी यम खादा स्वाद हुन्छ |
    तर जनता तेसो भन्दैन , उ भन्छ ,
    ओली कराउदा गाउ मा धेरैको कुखुरा हराएको छ |
    राजनीतिक निकास को लागि दिल्लीमा उपचार गराएको छ |

    Reply
  61. krishna says:
    August 2, 2012 at 3:27 pm

    त्यो दुष्ट लाइ गोलि हान्नु पर्ने थियो /

    Reply
  62. prajwal says:
    August 2, 2012 at 3:26 pm

    राणी ले अरु लाई पनि राणी भएस भनेर आसिर्बाद दिन्छे रे ….

    नेपाल को सस्कृति नै भयो यो त ……अरु को भनेर बिगार्ने धेरै हुन्छन .. पछि त्यो पैसा आफ्नै कर बाट जाने नै किन नहोस …

    एक पटक मैले देखेको नारायणगढ पुल चोक मा आगन गाडी ले २ बिधार्थी हानेछ…
    अनि केहि बिधार्थी सबै आगन गाडी जलाउदै हिड्न थाले यो कुरा २००६ को हो …
    कत्तिले ऋण गरेर किनेको गाडी जलेर धोस्त भयो … देखेर दिक्क लग्यो… .

    नेपाली भनेर पनि आफुलाई चिनाउन पनि लाज लाग्ने भयो अब……

    Reply
  63. kiran says:
    August 2, 2012 at 3:09 pm

    ए सलोक्याजी मुर्ख हरु भन्दा पनि मुर्ख भेडा युवा संघ लाई के अर्ति दिनु र ?त्यो महेश बस्नेत त पटमुर्ख हो त्यस बाट के आश गर्नु र?कस्ता नेता छन् एमालेमा त्यो थाहा पाए पछी फेरी के कमेन्ट गर्नु ?

    Reply
  64. Chitra Bahadur Rai says:
    August 2, 2012 at 3:07 pm

    यो झलनाथको अस्सली रुप हो, के पी को रुपको प्रस्तुती हो, माधवको कर्तुटको परावर्तन हो . यस्ताहरुले देश चलाएको छ, कसरि उभो लाग्छा भन्या?

    Reply
  65. Deep says:
    August 2, 2012 at 2:44 pm

    यी सबै बिकृतिहरु असभ्य राजनीति र राजनैतिक गतिबिधिका उपज हुन् l

    गाडी फोडेर लल्लुरामलाई के होलार ? सरकारी गाडीले बाबुरामलाई लालुराम बनाएका त हैनन् नि l

    शान्तिपूर्ण, रचनात्मक र परिणाममुखी आन्दोलन गर्नुपर्छ l राष्ट्रिय सम्पति कुनै राजनैतिक दल वा प्रधानमन्त्रीका पैत्रिक सम्पति हैनन् l

    हिन्दि फिल्म “मुन्ना भाई MBBS” बाट केहि सिक्ने हो कि l

    Reply
  66. Pradip Nepali says:
    August 2, 2012 at 2:39 pm

    खोइ भेडा भन्नु कि के भन्नु? अरु काम गरि खाम भने हुति छैन, येती नगरुम भने पार्टी ले पैसा दिदैन, हाम्रा महान कार्यकर्ता भनि तक्मा दिदैन !

    Reply
  67. shantdil says:
    August 2, 2012 at 2:33 pm

    केपी ओली र के. पी. को जुत्ताको तलुवा चाट्ने लाठेत हरुको जिन्दगि येसरिनै चलेको छ. एती गरे पछी मात्र तिनीहरुको मुखमा माड पर्ने भाको ले येसो गर्न मा उद्दत छन्.

    इमान्दार नेपाली जनता हरु कहिले पनि नेता नाम का दानव को पछाडी नलागेको राम्रो देखिन्छ अब को १०-१५ बर्ष सम्म नेपालमा.

    सबै पार्टी का नेतालाई लैजाने हैजा कहिले आउने होला, हेर्न मात्र बाँकि छ.

    Reply
  68. santosh says:
    August 2, 2012 at 2:24 pm

    बादरहरु !! पशुपतिका बादरहरु !! आफुपनि केहि नगर्ने अरुलाइ पनि गर्न नदिने नेताका पाले का खाते कुकुर हरु

    Reply
  69. नारायण says:
    August 2, 2012 at 2:23 pm

    एमालेका कार्यकर्ता अलि संस्कारी , धैर्यवान , चेतनशिल र सभ्य छन भन्ने सोचिन्थ्यो तर यिनीहरु पनि “सरकारी गाडि” र “सुबिधाको गाडिमा” फरक छुट्याउन नसक्ने, जनताले तिरेको कर र जनताको पसिनाको कदर गर्न नसक्ने माओबादीका दाजुभाई नै रहेछन । ……………………………”गधा कहिले पनि गाई हुदैन”……………………… ।

    Reply
  70. raj says:
    August 2, 2012 at 2:18 pm

    अब को पालो भनेको एदी आफ्नै बाउ ले गल्ति गर्छ भने पनि गल्ति गर्यो भन्न सक्न पर्यो नत्र भने लास्टा तेइ हो, बाह्र वर्ष रामायण पडायो लास्टा क्रिश्चियन भयो भने जस्तो …..

    Reply
  71. कल्याण आचार्य says:
    August 2, 2012 at 1:42 pm

    क्या सन्तुलित समाचार टिप्पणी लेख्नुभो उमेशजी ! बडेबडे पत्रिकामा काम गर्ने वरिष्ठ पत्रकारहरूले पनि तपाईँको जस्तो निष्पक्ष टिप्पणी गरेको पढेको छैन मैले । जति वरिष्ठ भयो त्यति कसैको हितको लागि लेख्छन् फाइदाका लागि । तपाईँजस्तो युवाको कलम नबाङ्गियोस् । मेरो शुभकामना ।

    चुकुबा विश्वविद्यालय, इबाराकी, जापान

    Reply
  72. Ramesh Pokhrel Doha - Qatar says:
    August 2, 2012 at 1:39 pm

    ”सरकारले अध्यादेशबाट ल्याएको भूपू भीआइपीलाई आजीवन सुविधा दिनेबारे जनतामा नकारात्मक सन्देश फैलिरहेका बेला त्यसैलाई ‘क्यास’ गर्न आन्दोलन थालेको बुझ्न गाह्रो छैन। खोस्ने नै हो भने आफ्नै नेता केपी ओलीले पूर्व गृहमन्त्रीको हैसियतले पाएको गाडी खोस्न सक्छन् त उनीहरु?” एकदम सहि कुरा / एमाले को लगौटी हरुले यो कुरा बुज्लान ?

    Reply
  73. Suraj says:
    August 2, 2012 at 1:31 pm

    कानुन नभएको देश भनेको येही हो, हे भगवान हाम्रो देश मा किन एस्तो संस्कार बसेको मलाई अचम्म लाग्छ, नेता त नेता भैहाले तर उदण्ड हाम्रा देश क बिद्यार्थी भनौदा हरु देखेर….. के भनौ कुनै शब्द नै छैनन्…..

    Reply
  74. Devendra Basnet says:
    August 2, 2012 at 1:15 pm

    के पी ओली ले पालेका गुन्डा हरु न परे
    तोड फोद बाहेक अरु त के नै औछारा.?

    Reply
  75. एम बि टि मल्ल says:
    August 2, 2012 at 1:06 pm

    यस्ता क्रियाकलाप हरु हुनु साँची नै दुख लाग्ने हुन् / नेपाल बंध, चका जाम , थोड्फोद, लुटपाट त अब नेपाल को पर्याबाची नै भै सक्यो / तैपनि हेर्दै जाउँ कहिले सम्म र कति सम्म होला ?

    Reply
  76. dr says:
    August 2, 2012 at 12:43 pm

    चाहे त्यो हिजोको जंगलवादी माओबादीका कार्यकर्ता हुन् चाहे यी आफूलाई सर्बश्रेष्ठ ठान्ने एमाले,कंग्रेसका कार्य कर्ता हुन्। यी सबै आखिर नेपाली नै हुन्। यिनीहरुको शिक्षा र संकारमा थोर वहुत तिनै पाखण्डी नेता र तिनिहरुको कुरुप दर्शन ले प्रभाव पारेको छ। नेपालमा जुन जुन पार्टीले राज्य सत्ता चलाए न तिनिहरुमा कहिल्यै ठोस दर्शन र सस्कार अबलम्बन गर्ने बानी पर्यो , जनतालाई सिकाउने त कुरै भएन। यस्ता जंगली पाखण्डीहरुले आफुले बिकास गर्ने त कुरै नगरौ बिदेस बाट लाखौ पर्ने यस्ता गाडीहरु फोर्ने मै बादर हरुलाई रमाईलो लागिरहेको हुन्छ। अहिले आफ्नो गल्ती महसुस गरेर सबै पार्टीहरुका मान्छेहरु कोहि राजनिति बाट पलायन हुने र कोहि आफ्नो गल्ती प्रयाश्चित गर्ने बेलामा फेरी भुईखुट्टे आन्दोलन को कुनै तुक छैन। यो त गाउमा बादर मकैबारी मा पल्के जस्तै हो। जनतालाई कति सम्म दुख दिन्छन् यी बादरहरुले! गर्न खान नसकेरा गतिला र २।४ पैसा हुने जति सबै बिदेसिसके अब २।४ जना हामी आफ्नो गरिखानेलाई यी बादरहरुले कहिले सम्म दुख दिन्छन् । सरकार मा बसेका बादरहरु र प्रतिपक्षमा बसेका बादरहरुले सास फेर्नै नदिने भएत।

    Reply
  77. kiran says:
    August 2, 2012 at 12:09 pm

    गोठालो को काम सकियो अब भेडा को काम सुरु भएको हो /

    Reply
  78. Raghu says:
    August 2, 2012 at 11:53 am

    भेडा जनता भनेको यिनीहरु नै हुन्.

    Reply
    1. Suman says:
      August 2, 2012 at 7:12 pm

      सबै नेपाली जनता भेडा हुन् , यिनी हरु मात्र होइन

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme