शुक्रबार बिहान चीलसँग ठोक्किएर दुर्घटना भएको सीता एयरको चिलगाडी कस्तो हो त ? यो जर्मन प्लेन हो। यसलाई डोर्नियर २२८-२०२ विमान भनिन्छ। दुर्घटना भएको विमान पहिलो पटक साढे २५ वर्षअगाडि उडेको थियो। सन् १९८७ को अप्रिल ८ मा यो पहिलो पटक उडेको थियो। विश्वको जुन ठाउँमा प्लेन उडाउँदा पनि कल साइन दर्ता गर्नुपर्छ। तपाईँले प्लेनको… Continue reading
Author: Salokya
चराले लियो १९ जनाको ज्यान
काठमाडौँ विमानस्थल नजिकै आज बिहान सीता एयरको एउटा डोर्नियर विमान दुर्घटना हुँदा त्यसमा रहेका १९ जनाको मृत्यु भएको छ। चालक दलका तीन सदस्यसहित सात नेपाली, सात बेलायती र पाँच चिनियाँ नागरिकको ज्यान जाने दुर्घटनाको कारण भने अरु नभएर एउटा चरा थियो। बिहान ६ बजेर १७ मिनेटमा प्लेन उडेको थियो। उड्ने बित्तिकै चरासँग ठोक्कियो। त्यसपछि आपतकालीन… Continue reading
ल हेर्नुस् त रक्सी कम्पनीले कसरी सबको आँखामा छारो हालेको ! घुस खुवाएपछि रक्सी बन्यो ‘म्युजिक’
माथिको फोटोमा देखिएको जस्तो भट्टी पसलमा मात्र हैन, काठमाडौँका विभिन्न ठाउँमा ठूल्ठूला होर्डिङ बोर्डमा यस्तो देख्न सकिन्छ। विज्ञापनमा रुस्लान १०० % प्योर म्युजिक लेखिएको छ। खासमा यो रुस्लान भोड्काको विज्ञापन हो। दुरुस्तै रङ्ग र लोगो प्रयोग गरिएकोले यसले भोड्का कै विज्ञापन गर्न खोजेको हो। सर्वोच्च अदालतले रक्सी बियरको विज्ञापन सार्वजनिक ठाउँमा राख्न नपाइने कानुन बनाउन… Continue reading
के भन्नुहुन्छ तपाईँ यसबारे ?
माथिको फोटो फेसबुकबाट लिइएको हो। शायद् तीजमा खिचेको फोटो हुनुपर्छ। फोटोसँगै कुसुम दाहालले सोधेकी छिन्- ‘यसरी सार्वजनिक ठाउँमा एउटा गोडा उचालेर अप्ठ्यारो गरी भए पनि ढोगाइ खान (लिन) इच्छुक पुरुषलाई तपार्इ के भन्नुहन्छ?’ साँच्ची तपाईँ चाहिँ के भन्नुहुन्छ यसबारे ?
यौन शोषणको प्रश्न आउँदा हिरोइनले के जवाफ दिइन्?
बुक वर्म ट्रस्टले आयोजना गरेको चार दिने नेपाल लिटरेचर फेस्टिभलमा धेरै विषयमा छलफल भए। माइसंसार मै पनि त्यहाँ भएका केही बहस जस्तै सन् १९९० पछि बदलिएको नेपाली समाज, मिडियाबारे सम्पादकहरुको बहस र नेपाली कसरी लेख्नेमा भएको छलफल राखिसकेका छौँ। फेस्टिभलको अन्तिम दिन अन्तिम कार्यक्रम नेपाली सिनेमामा हिरोइनहरुको चित्रणबारे अहिलेका हिरोइनहरुबीच छलफल भएको थियो। सहभागीहरु –… Continue reading
पुस्तक अंशः खोज (भाग ५)
सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक आइतबार प्रकाशन हुँदैछ। यो पटक व्यस्तताको कारण आइतबारको साटो सोमबार राखेको हुँ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ तेस्रो भाग यहाँ चौथो भाग यहाँ श्रद्धा र विश्वास -कर्ण शाक्य- धार्मिक हुनका लागि मात्रै म… Continue reading
नेपाली कसरी लेख्ने ? (बहसको अडियो सुन्नुस्)
आजभोलि मादक पदार्थ सेवन भन्ने वाक्य खुब चलेको छ। अझ यसको छोटकरी रुप ‘मापसे’ पनि चलेको छ। ट्राफिक प्रहरीले सूचना राखेको हुन्छ- मादक पदार्थ सेवन गरी सवारी साधन सञ्चालन नगरौँ। मिडियामा समाचार आउँछ- मादक पदार्थ सेवन गर्नेहरुबाट ट्राफिकले यति करोड जरिवाना संकलन गरेको छ। के हो मादक पदार्थ सेवन भनेको ? भन्न खोजेको जाँड-रक्सी खाएको… Continue reading
पत्रकारलाई नि पेन्सन चाहियो रे !
सरकारले अहिले वृद्धलाई हजार रुपियाँ र विधवालाई ५ सय रुपियाँ मासिक भत्ता राज्यकोषबाट दिने गर्छ। अब सरकारकै कोषबाट पत्रकारलाई पनि पेन्सन भत्ता चाहिने माग पुराना पत्रकारहरुले गर्न थालेका छन्। पहिले नसुनिएको यस्तो माग शनिबार प्रधानमन्त्री बाबुराम भट्टराईसहितको उपस्थिति रहेको प्रेस काउन्सिल वार्षिकोत्सव कार्यक्रममा सुनिएको हो। यस्तो माग गरेका हुन् देवप्रकाश त्रिपाठीले। उनी घटना र विचार… Continue reading
के भन्छन् मिडियाबारे सम्पादकहरु स्वयं?
मिडियाबारे सर्वसाधारणले धेरै बोलिसके, मिडिया क्रिटिक्सहरुले पनि धेरै बोलिसके। तर मिडियाको वर्तमान अवस्थाबारे स्वयं मिडियाका सम्पादकहरु चाहिँ के सोच्दा रहेछन्? के भन्दा रहेछन्? आज नेपाल लिटरेचर फेस्टिभलको बिहानको सेसनमा अहिलेका चल्तीका ठूला मिडियाका सम्पादकहरुले यसबारे सार्वजनिक रुपमा विचार विमर्श गरे। सहभागीहरु थिए- कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, नागरिक दैनिकका सम्पादक किशोर नेपाल र दि हिमालयन… Continue reading
हेर्दाहेर्दै के विधि बदलियो नि हाम्रो समाज !
१९९० पछि बदलिएको नेपाली समाज अहिले २२-२३ वर्ष पुगेका युवायुवतीहरुलाई थाहै छैन- सन् १९९० अघिका युवायुवतीलाई भ्यालेन्टाइन डे भनेको थाहै हुन्न थियो। मोबाइलमा अभ्यस्त यी युवायुवतीलाई त्यतिबेला हिँड्दाहिँड्दै फोन गर्न पनि मिल्छ भन्ने कुरा अचम्मको लाग्थ्यो। फेसबुक र ट्विटरमा स्वतन्त्रताका वकालत गर्ने यो पुस्तालाई उतिबेला पत्रपत्रिकामा कडा सेन्सरसिप हुन्थ्यो र खिटिक्क केही कुरा लेख्यो भने… Continue reading
नाम चैँ ‘इन्टरनेसनल’, विद्यार्थी सबै नेपाली !
रिलायन्स इन्टरनेसनल एकेडेमी, जेभियर इन्टरनेसनल कलेज चेल्सी इन्टरनेसनल एकेडेमी, ठुङराम इन्टरनेसनल एकेडेमी अवेरनेस इन्टरनेसनल एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी लुम्बिनी इन्टरनेसनल कलेज, मल्पी इन्टरनेसनल कलेज कसमस इन्टरनेसल कलेज, लिटल स्टेप इन्टरनेसनल एकेडेमी ट्रिनिटी इन्टरनेसनल कलेज,इन्टेनसिभ इन्टरनेसनल एकेडेमी नाम सुन्दा अन्तर्राष्ट्रिय कलेजहरुको नाम झैँ सुनिँदैन त? पक्कै पनि। तर नाममा इन्टरनेसनल झुण्ड्याइए पनि यस्ता कलेजहरु के आधारमा… Continue reading
पहिरोले ५० मिटर तल खस्यो तर घर सग्लै!
नेपालीमा एउटा उखान छ- ‘गैराको घरलाई पैराको डर, डाँडाको घरलाई ..डाको डर’ बोलिचालीको उखान भए नि सभ्यताका कारण पूरै उखान लेख्न मिल्दैन। तर यसको अर्थ हुन्छ- गहिरो ठाउँमा घर भयो भने पहिरोको डर हुन्छ, डाँडामा घर भयो भने केको डर? उखान गलत साबित भएको छ। डाँडाको घरमा पनि पहिरोको डर हुने देखिएको छ। लगातारको वर्षाले… Continue reading
के हेरेर दियो शिक्षा मन्त्रालयले ‘नक्कली’लाई मान्यता?
विदेशमा अमान्य युनिभर्सिटीलाई नेपालमा मान्यता विदेशी डिग्री भनेपछि नेपालीहरु मरिहत्ते गरिहाल्छन्। चाहे त्यो विदेशमा मान्यताप्राप्त होस् कि नहोस्। त्यही भएर अहिले विदेशी विश्वविद्यालयको सम्बन्धन (affiliation) लिएर नेपालमै विदेशी डिग्री पढाउनेहरुको बिगबिगी छ। सम्बन्धन छ भन्दै जथाभावी पढाउने काम भइरहेको छ। सम्बन्धन लिएर मात्र हुँदैन, त्यसको अनुमति पनि शिक्षा मन्त्रालयबाट लिनुपर्छ। शिक्षा मन्त्रालयले ६६ वटा कलेज… Continue reading
तीजको रहर….
तीजको दिन महादेव मन्दिर वरपर निकै रमझम हुन्छ। त्यही हेर्न दिउँसो लागेको थिएँ बसन्तपुर। ठूलै भीड थियो। राजनीतिक कार्यक्रमहरु पनि थिए। महादेवपार्वती डबलीमा प्रधानमन्त्री अतिथि हुने कार्यक्रम थियो, अलि पर कुमारी घरनजिकै अर्को राष्ट्रिय जनमोर्चाको संघीयताविरोधी तीज कार्यक्रम थियो। मखनको महादेव मन्दिर वरपर भने सर्वसाधारण थिए। म त्यतै लागेँ। त्यतै खिचेका तीजका केही फोटोहरु हेर्नुस्।
तीजमा डिस्को डान्स
यस पटक तीजको रमझम पहिलेभन्दा फरक देखेँ। नाचको शैलि पनि बदलिएछ। बसन्तपुरमा स्पिकर घन्काएर नाच्नमा धेरै रमाएका देखिए। ‘नाचौँ हामी डिस्कोमा तीज’गीतमा सबभन्दा रमाई रमाई उफ्रीउफ्री महिला नाचेको देखियो। छोटो भिडियो पनि खिचेको छु। भिडियो हेर्न भित्र आउनुस्।
शुभकामना तीजको !
हाँसौँ, नाचौँ, रमाऔँ। तीज मनाउने सबै महिलालाई शुभकामना!
पुस्तक अंशः खोज (भाग ४)
सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक आइतबार प्रकाशन हुँदैछ। गत हप्तादेखि खोजको सुन्ने किताबको अंश पनि राख्न थालेको छु। सुन्ने किताबको अडियो यो ब्लगको सबैभन्दा पुछारमा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ तेस्रो भाग यहाँ… Continue reading
कतारमा नेपालीको संख्या त्यहीँको नागरिकभन्दा बढी
कतारमा नेपाली ‘डन’को आतंक विषयमा रवि रोषीको एक महिनाअघिको ब्लग पढ्दा धेरैले अचम्म मानेका थिए। विदेशी भूमिमा पनि नेपाली अपराधीले नेपालीलाई दुःख दिँदो रहेछ भनी सबै अचम्म मानेका थिए। उनीहरुले कल्पना गरेका थिएनन्, कतारमा कति नेपाली छन्? भर्खरै एउटा तथ्याङ्क सार्वजनिक भएको छ। तथ्याङ्क अनुसार कतारमा नेपालीको संख्याले त्यहीँका नागरिकहरुको संख्यालाई उछिनिसकेको छ। कतारमा कतारीको… Continue reading
अहिले यस्तो कसैले बनाएको भए… ?
एक जना कलाकारले बनाएको चित्रलाई लिएर अहिले भइरहेको बहस देखेर मेरो मनमा जागेको सामान्य जिज्ञासा हो यो। मैले कसैको समर्थन वा विरोध गरेको हैन। समाजको ठूलो हिस्सालाई यदि आफ्नो आस्था र विश्वासप्रति ठेस पुगेको महसूस हुन्छ भने त्यस्तोमा आफ्नो अभिव्यक्ति स्वतन्त्रता नखोजेकै राम्रो हुन्छ भन्ने मेरो मान्यता हो। तथापि अहिले भइरहेको विरोध हेर्दा हाम्रो समाज… Continue reading
बन्दमा डिस्काउन्ट दिने चलन
तीन दिनभित्र दोस्रो बन्द थियो आज। बुधबार विद्यार्थीहरुले बन्द गरेका थिए। आज भने क्रान्तिकारी भनाउन रुचाउने वैद्य माओवादीको पालो रहेछ। कस्तो होला बन्द भनेको त कलंकीदेखि सुन्धारासम्म जाँदा कालिमाटी चोकमा मात्रै केही कार्यकर्ता थिए। जोश हराएका कार्यकर्ताहरु जस्ता देखिन्थे। फाट्टफुट्ट चलाइरहेका मोटरसाइकलहरु फर्काइरहेका थिए। कालिमाटी चोकबाहेक अरु कतै कार्यकर्ताहरुको नामोनिशान थिएन। बरु यसरी गाईवस्तुहरु सडकमा… Continue reading