सर्वोच्चले साउन ३० मा फैसला सुनाउने

झण्डै एक दशक लगाएर मुद्दा चलेपछि पूर्वमन्त्री तथा कांग्रेस नेता चिरन्जीवी वाग्ले कैद भुक्तान गरेर बाहिरिसके र तत्कालीन कांग्रेस नेता तथा अहिले फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता अहिले डिल्लीबजारको जेलमा छन्। अर्का कांग्रेसी नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी विशेष अदालतबाट भ्रष्टाचारी ठहर भइसकेका छन् तर सर्वोच्चमा अपील गर्न पाउने हुनाले उनी तुरुन्तै जेल जानु पर्ने छैन। अर्का लाइनमा छन् खुमबहादुर खड्का। वाग्ले र गुप्ताको नजिर हेर्दा उनी पनि जेलमा जाने नै देखिन्छ। उनको मुद्दाको फैसला न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायले साउन ३० गते सुनाउने भनेको छ। मुद्दाको पेशी पटक-पटक सरेको सर्यै भएको इतिहास हेर्दा साउन ३० गते ‘पूर्ण फैसला तयार हुन समय लाग्ने भएकोले फलानो गते फैसला सुनाउने’ भन्दै सारियो भने पनि अचम्म नमान्दा हुन्छ। यसअघि गुप्ताको केसमा पनि त्यस्तै भएको हो। तर के कुरा चाहिँ सही हो भने फैसलाको घडी नजिकियो। सर्वोच्चमा मुद्दा दर्ता गएको पाँच वर्षसम्म पेशी सर्यासर्यै गरेर भए पनि दुवै पक्षको बहस मंगलबार सकिएको छ। अब न्यायाधीशहरुले फैसला सुनाउने काम मात्रै त बाँकी हो। यो पनि बुझ्नुस् कि खुमबहादुर खड्का ज्यादै चतुर नेता हुन्। अझै पनि उनको शक्ति कांग्रेसमा कायमै छ। गृहमन्त्री भइसकेकाले बाहिर पनि ‘पावर’ बाँकी छ। नैतिक पतन देखिने यस्तो फौजदारी अभियोग प्रमाणित भयो भने उनको राजनीतिक भविष्य नयाँ कानुन बनाएर लागू गरे भने मात्रै हो, नत्र सँधैका लागि समाप्त हुनेछ। त्यसैले कस्तो फैसला आउला, सबैले प्रतीक्षा गरिरहेका छन्।
खड्काको मुद्दा रमाइलो छ, त्यत्रो पैसा कहाँबाट आयो भनी सोधखोज गर्दा उनले देखाएको आम्दानी पनि गज्जब कै थियो। उनले भनेका थिए- २०५९ सालपछि सांसद र मन्त्री पदमा रहँदा भत्ता, पत्रपत्रिका, धारा, बिजुली, टेलिफोन, निर्वाचन क्षेत्र भ्रमण, घर सफाइसमेतबापत बुझेको सम्पूर्ण रकमबाट खर्च नकटाई एकमुष्टरुपमा बचत गरी आम्दानी कायम गरेको। ए राता मकै, अनि धारा, बिजुली, पत्रपत्रिका, टेलिफोनको पैसा चाहिँ कसले तिरिदिएछ त नि ? त्यसरी आम्दानी देखाउँदा देखाउँदै पनि रू १२ लाख बराबरको सम्पति चाहिँ स्रोत नखुलेको सम्पति पुष्टि भएको भनी निस्कर्षमा पुगेको विशेष अदालत। तर पनि विशेष अदालतले हदम्याद गुजारेर मुद्दा दर्ता भएको भन्दै खड्कालाई सफाइ दिने निर्णय गरेको थियो। विशेष अदालतको त्यो फैसला विद्यमान कानुनी व्यवस्थाको प्रतिकूल देखिएको सर्वोच्चले आदेश दिइसकेको छ। अबको कानुनी व्यवस्था अनुसार चाहिँ भ्रष्टाचारको मुद्दामा कुनै हदम्याद लाग्दैन, मरिसकेपछि पनि मुद्दा चलाउन मिल्छ।
विशेष अदालतले हदम्याद नाघेको भनी २०६३ कात्तिक २९ गते नेता खड्कालाई जिताइदिएको थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट आयोगका अनुसन्धान अधिकृत गोबिन्दबहादुर श्रेष्ठले २०६३ चैत १५ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।
जति ढिला गरे पनि आखिर विशेष अदालतले गरेको फैसलालाई त्रुटिपूर्ण भन्ने प्रशस्त आधार छन्। गुप्ता कै केसमा पनि त्यस्तो फैसला गर्ने न्यायाधीशहरुलाई कारबाही गर्नुपर्ने भनी सर्वोच्चले न्यायिक टिप्पणी गरिसकेको छ। यसमा पनि त्यस्तै हुने प्रशस्त संभावना छ। खड्कालाई सफाइ दिने पनि गुप्तालाई सफाइ दिने तत्कालीन न्यायाधीशत्रय भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेरको इजलास नै हो।
खुमबहादुर खड्का किन जेल जान सक्छन् ?
अख्तियारले विशेष अदालतको फैसला किन गलत छ भनी गरेको तर्कहरु-
जिल्ला दाङ, सतबरिया गा.वि.स.वडा नं. ६ गोझेना स्थायी घर भई जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. २ सानेपा बस्ने खुमबहादुर खड्का …
ऐ.ऐ.बस्ने शीला शर्मा (खड्का) ….
ऐ.बस्ने पुनम खड्का ….गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा।
फैसला मिति : २०६३।७।२९
उल्लेखित प्रतिवादीहरू उपर विशेष अदालत, काठमाडौंमा उल्लेखित मुद्दा प्रतिवादी खुमबहादुर खड्कालाई तत्कालीन भ्र.नि.ऐन, २०१७ को दफा ७(१), १५ तथा दफा १६ (ग) तथा हाल प्रचलित भ्र.नि.ऐन, २०५९ को दफा २०(१) को कसूरमा ऐ. दफा २०(२) बमोजिम सजाय हुन तथा निज प्रतिवादी लगायत अन्य प्रतिवादीहरूका नाममा रहेका सम्पत्ति जफत हुन समेतको मागदाबी लिई दायर गरिएकोमा उक्त अदालतबाट प्रतिवादीहरूलाई सफाइ दिने गरी फैसला भएको।
२ करोडको स्रोत खुलेको छैन
१. यस आयोगबाट प्रतिवादी खुमबहादुर खड्का समेत विरुद्ध मिति २०६०।१।१५ मा विशेष अदालत, काठमाडौंमा दायर गरिएको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दाको आरोपपत्रमा प्रतिवादीले सार्वजनिक पदमा प्रवेश गरेपछि निज सो पदबाट हटे सम्मको अवधिका निजले आफ्नो र आफ्नी पत्नी तथा छोरी समेतका नाममा जोडेको चल अचल सम्पत्ति उल्लेख गरी सो अवधिमा निजलाई प्राप्त भएका वैध आर्जनबाट बचत हुन सक्ने रकम तथा निजको पैत्रिक सम्पत्ति (जग्गाको कृषि आय) बाट प्राप्त हुन सक्ने आय हिसाब गरी तथा सो आयबाट निजले उल्लेख गरे अनुसारको खर्च कट्टा गरी बाँकी रहने बचत रकमबाट आरोपपत्रमा उल्लेख भएका चल अचल सम्पत्ति खरिद गर्न, जोड्न स्रोत पुग्न सक्ने नसक्ने सम्बन्धमा विश्लेषण गरी स्रोत पुष्टि हुन नसकेको सम्पत्तिलाई गैरकानूनी आर्जनको सम्पत्ति मानी कानूनबमोजिम सजाय हुन र सम्पत्ति जफत हुन मागदाबी गरी आरोपपत्र प्रस्तुत गरिएको हो। जस अनुसार अनुसन्धानको समयको मूल्यको आधारमा निजको रु. २,७५,९८,२६४। सम्पत्तिमध्ये रु. ३९,१०,६३९।८१ को सम्पत्ति स्रोत खुलेको र रु. २,३६,८७,६२४।२४ को सम्पत्ति स्रोत नखुलेको ठहर गरी आरोपपत्र पेश भएको हो।
भ्र.नि.ऐन, २०५९ को दफा २० को प्रयोजनका लागि सम्पत्तिको गणना तथा स्रोत परीक्षण गर्नुपर्दा सार्वजनिक पदमा प्रवेश गर्दा निजसँग रहे भएको सम्पत्तिको यकिन गरी सो सम्पत्ति र तत्पश्चात् निजलाई वैध आय स्रोतबाट प्राप्त भएका आयबाट निजको पारिवारिक तथा अन्य खर्च कटाई बचत हुन सक्ने आयबाट निजका साथमा अनुसन्धान हुँदा देखिएको सम्पत्तिको स्रोत पुष्टि हुन सक्छ वा सक्दैन भनी सम्पत्ति जोड्दाको समय क्रमका हिसाबले विश्लेषण परीक्षण गर्नुपर्नेमा विशेष अदालत, काठमाडौंले प्रतिवादीको सम्पत्तिको स्रोत गणना र परीक्षण गर्दा निम्न प्रकारका त्रुटि गरी प्रतिवादीलाई सफाइ दिने गरी फैसला गरेको हुनाले फैसलामा चित्त नबुझेका कुरा निम्न प्रकरणमा उल्लेख गरी पुनरावेदन जिकिर लिइएको छ।
(अ) सर्वप्रथम, विशेष अदालतले प्रतिवादीको सम्पत्तिको वैधता परीक्षण गर्दा निजलाई प्राप्त भएका देखिने र प्राप्त हुन सक्ने आयलाई कुन कुन समयमा के कति आय प्राप्त भयो र सम्पत्ति आर्जन गरेको (बैंकमा जम्मा, घर निर्माण, घर जग्गा र अन्य चल सम्पत्ति खरिद र ठूलो अन्य कार्यमा रकम खर्च गरेको) समयमा निजको कति वैध आय बचत भएको हो सो यकिन गरी परीक्षण गर्नुपर्ने थियो। त्यस्तै, आय आर्जनको मिति यकिन हुन नसक्ने आय सम्बन्धमा पनि साल क्रमका आधारले आय रकम निर्धारण गरी आर्जित सम्पत्तिको स्रोत परीक्षण गर्नुपर्ने अवस्था थियो। तर विशेष अदालतले सबै आयलाई एकमुष्ट गणना गरी सबै आर्जित सम्पत्तिलाई तत्कालको मूल्यसँग परीक्षण गरेको छ। यसबाट पहिले सम्पत्ति आर्जन गर्दा स्रोत नै नभएको सम्पत्ति पनि सो भन्दा धेरै पछि प्राप्त भएका भनिएका तथाकथित आयबाट पुष्टि गर्ने कार्य भएको छ। यो गम्भीर त्रुटि हो।
एक करोड स्रोत पुष्टि नहुँदा पनि सफाइ
(आ) प्रतिवादीका साथमा रहेका चल अचल सम्पत्ति र तत् तत् अवधिमा निजले गरेको विशेष खर्च समेत गरी परीक्षण योग्य सम्पत्तिको परिमाण आरोपपत्रमा रु. २,७५,९८,२६४।– भएको मध्ये निजको पैत्रिक सम्पत्ति जग्गाको कृषि आय समेतका विभिन्न स्रोतबाट प्राप्त आयबाट घर खर्च गरी रु. ३९,१०,६३९।– रकम बचत हुन सक्ने ठहर गरी रु. २,३६,८७,६२४।२४ को सम्पत्ति (नगद बाहेक अन्य जग्गा घर, सुनचाँदी हालको मूल्यमा) गैरकानूनी आर्जनको भन्ने दाबी भएकोमा विशेष अदालतले परीक्षण योग्य सम्पत्ति तत्कालको मूल्यमा हिसाब गरी परीक्षण योग्य सम्पत्ति रु. १,५३,२३,७३०।– कायम गरेको र सोको स्रोत रु. १,४०,६४,७६०।– आय ठहर गरी स्रोत पुष्टि हुन नसकेको रु. १२,९८,९७०।– को सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको ठहर गरे तापनि त्यति रकमको स्रोत पुष्टि नहुनुलाई अमिल्दो र अस्वाभाविक मान्नु नहुने ठहर गरेको छ। विशेष अदालतको यो ठहर त्रुटिपूर्ण छ।
विशेष अदालतले प्रतिवादीका गणना गर्न नमिल्ने कतिपय आयहरूलाई पनि गणना गरी (यस सम्बन्ध पछिल्ला बुँदाहरूमा पृथक जिकिर लिइएको छ) सम्पूर्ण आयस्रोतबाट प्राप्त रकम गणना गरी सकेपछि र आय भएको थियो कि भनी आशंकासम्म गर्न सकिने कुनै स्रोत नै बाँकी नभएको अवस्थामा पनि यति ठूलो परिमाणको रकमलाई अस्वाभाविक नमान्ने ठहर गरेबाट सम्मानित अदालतको यस फैसलाले गैरकानूनी सम्पत्ति आर्जनको कसूर गर्ने प्रवृत्तिलाई प्रश्रय मिलेको छ। जे जति सम्पत्तिको वैध आयस्रोत पुष्टि हुँदैन त्यति सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको ठहर गर्नुपर्ने हुन्छ। तर भ्र.नि.ऐन, २०५९ को दफा २०(१) को प्रावधान प्रतिकूल त्यति ठूलो परिमाणको रकमको स्रोत पुष्टि नभएकोमा पनि निजलाई सफाइ दिनु त्रुटिपूर्ण छ।
३. माथिका बुँदाहरूका पुनरावेदन जिकिरमा प्रतिकूल असर नपारी थप निम्न पुनरावेदन जिकिर लिइएको।
खड्काले नै नमानेको आयलाई अदालतले मानिदियो
(क) प्रतिवादीले भक्तपुर कटुन्जेको र काठमाडौं सिनामंगलको जग्गा क्रमशः रु. ५१००००।–, रु. ५३४३७५।– र गौरीघाटको जम्मा रु. ४७०००।– मा खरिद गरी रु.३९६८०००।– मा बिक्री गरेको हुँदा जग्गा बिक्रीबाट रु. २८,७६,६२५।– आर्जन गरेको भनी अदालतले सो रकम आयमा गणना गरेको छ। जुन जग्गा बिक्री गर्दा नाफा भएको भनी आयमा गणना गरिएको हो सो जग्गा खरिद गर्ने नै आयस्रोत तत्काल नपुग्ने आरोपपत्रको दाबीतर्फ विचारै नपुर्याएको तछँदैछ (यसबारे अन्य बुदाँमा जिकिर छ) स्वयम् प्रतिवादीले अदालतमा बयान गर्दा (सवाल ९ को जवाफमा) मोहीलाई जग्गा बिक्री गरेको होइन भनी आफैले आय नमानेको रु. ३,२५,५००।– लाई समेत अदालतले आय मानी गणना गरी गम्भीर त्रुटि गरेको छ।
(ख) प्रतिवादीको सम्पत्तिको परीक्षण २०४८ पश्चात्को हो। प्रतिवादीले अदालतमा बयान गर्दा समेत २०५९ सालसम्म जम्मा १२ वर्षको कृषि आय दाबी गरेकोमा अदालतले प्रति बिगाहा सरदर रु. २०,०००।– का दरले मोही नलागेको जग्गाको र सोको आधा रकम मोही लागेको जग्गाको कृषि आय हुने ठहर गरी (यस सम्बन्धमा पुनरावेदन जिकिर अन्य बुँदामा छ) त्रुटि त गरेको छँदैछ, त्यसमाथि प्रतिवादीको आयमा गणना नै गर्न नहुने ०४४ देखि ०४७ सालसम्म चार वर्ष थप गरी जम्मा १६ वर्षको कृषि आय गणना गरी आयमा जोडी दिएको छ। यसबाट प्रतिवादीले दाबी नै नगरेको रु. ६,७१,५००।– आयमा गणना गर्नु गम्भीर रूपमा त्रुटिपूर्ण छ।
(ग) प्रतिवादीको परीक्षण गरिने सम्पत्ति आर्जन भएको अन्तिम मिति २०५८।१०।२६ सानेपाको घर जग्गा खरिद गरेको मितिसम्मको सम्पत्तिको वैधता परीक्षण गर्न सो मितिसम्म आर्जित वैध सम्पत्ति मात्र गणना गर्न मिल्दछ तर विशेष अदालतले प्रतिवादीको दाङस्थित घर मावोदावीले क्षति पुर्याए बापत मिति २०५९।६।१६ मा प्राप्त गरेको क्षतिपूर्ति बापतको रु. १५,५५,८६१।– लाई पनि सो भन्दा अघिको सम्पत्ति आर्जन र खर्चको स्रोत पुष्टि गर्न गणना गरी गम्भीर त्रुटि गरेको छ।
(घ) प्रतिवादीले सानेपाको घरजग्गा रु. ६०,००,०००।– मा खरिद गर्न अन्य आय स्रोतको अतिरिक्त (जुन आयस्रोत पनि गणना गर्न नमिल्ने भनी अन्य बँुदामा जिकिर लिइएको छ) अर्जुनकुमार श्रेष्ठबाट रु. १२ लाख र कृष्णप्रसाद रायबाट रु. १५ लाख ऋण लिएको भनी अदालतमा बयान गर्दा सवाल १६ को जवाफमा (बयानको पृष्ठ ५ र ६) स्पष्ट रूपमा दाबी लिएकोलाई अदालतले आय मान्न अस्वीकार गरेको छ। सो दाबी स्वीकारयोग्य आयमा गणना गर्न मिल्ने अवस्था पनि छैन। उक्त घरजग्गा किन्ने सो आय स्रोत रु. २७,००,०००।– स्वीकारयोग्य नभएपछि अदालतले अस्वीकार गरेकै आधारमा पनि सो घर जग्गामा परेको त्यतिसम्म रकम गैरकानूनी आर्जनको ठहर गर्नुपर्नेमा प्रतिवादीले दाबी नै नगरेका (सो सम्पत्ति खरिद गर्ने सम्बन्धमा) अन्य तथाकथित आय गणना गरी गम्भीर त्रुटि गरेको छ।
खर्च चैँ हुँदै नहुने, खाली आम्दानी मात्रै हुने ?
(ङ) प्रतिवादीले सांसद र मन्त्री पदमा प्राप्त गरेको आय भनी क्रमशः रु. ८,०५,३०८।०५, रु. १६,२६,००२।५० गरी जम्मा रु. २४,३१,३१०।– निजको आय भनी अदालतले आय गणना गरी दिएको छ। तर प्राप्त विवरणमा उल्लेख भएका उक्त रकम भित्र पि.ए.को तलब, मसलन्द खर्च, टेलिफोनको रकम, इन्धनको रकम, धारा, पानी, बिजुली, भाडा र सर सफाइ बापतको रकम समेत समावेश भएका छन्। उक्त विषयमा प्राप्त भएका रकम तत् विषयमै खर्च हुने रकम भएकोले बचत गरी अन्य सम्पत्ति जोड्न प्रयोग हुने रकम होइनन्। निजको तलब भत्ताको रकम नै निजको बचत हुन नसक्ने अवस्था छ भने (यस सम्बन्धमा अन्य बुँदामा जिकिर छ) निजको आयको रूपमा गणना नै गर्न नमिल्ने रकम करिब रु. १४ लाखभन्दा बढी रकम निजकै आयमा समावेश गरी अदालतले गम्भीर त्रुटि गरेको छ।
कति धेरै माया गरेको विशेष अदालतले ?
(च) प्रतिवादीले वैदेशिक भ्रमणमा जाँदा प्राप्त गरेको रकमको ५०% खर्च हुने र ५०% बचत हुने भनी आयोगमा बयान (सवाल १०७ को जवाफ पृष्ठ ३८) गरेका छन्। आयोगमा गरेको सो बयानलाई अदालतमा निजले स्वीकार गरेकै छन् (बयानको सवाल ११ को जवाफ पृष्ठ ३) तर विशेष अदालतले निजको ७०% बचत हुने भनी गणना गरी गम्भीर त्रुटि गरेको। प्रतिवादीले दाबी नै नगरेको आय अदालतले जोड्न मिल्दैन।
छोरी र पत्नीको नाममा लाखौँ रकम कसरी जम्मा भयो ?
(छ) प्रतिवादीकी छोरी र पत्नीका नाममा बैंकमा धेरै रकम जम्मा गरिएको पाइएको छ। (छोरी पुनम खड्काका नाममा ०५२।९।२५ मा रु. ५,००,०००।– मिति ०५५।९।१२ मा रु.. ४,००,०००।– गरी जम्मा रु. ९ लाख र पत्नी शिला खड्काका नाममा मिति ०५३।१२।१ मा रु. १५,००,०००।– र मिति ०५६।९।१२ मा रु. १०,००,०००।– गरी जम्मा रु. २५ लाख समेत गरी जम्मा मूलधन रु. ३४,००,०००।– जम्मा गरिएको)। तत्तत् अवधिमा सो रकम बैंकमा जम्मा गर्ने स्रोत प्रतिवादीसँग नभएको भनी सो रकम र सोमा पाकेको व्याजलाई गैरकानूनी आर्जनको भनी दाबी गरिएको हो र यसमध्ये छोरीका नामको रकम ०५८।१०।३० मा सानेपाको घर जग्गा खरिद गर्न परेको रु. ११,८५,०००।– लाई सो घर जग्गा नै दाबीमा परेकोले पृथक दाबी गर्नु नपरी बाँकी रकम रु. १६६८२।– र पत्नी शिला खड्काको नाममा रहेको रु. ३६,३९,९१२।६३ समेतको जम्मा रु. ३६,५६,५९४।– लाई गैरकानूनी आर्जनको भनी दाबी भएकोमा बैंकमा जम्मा भएको मूलधनको स्रोत समेत पुष्टि गर्न विशेष अदालतले सोही मूलधन समेतको सम्पत्तिको व्याजलाई स्रोत मानी व्याज बापत रु. १४,४१,५९५।– गणना गरी गम्भीर त्रुटि गरेको छ।
(ज) प्रतिवादीले आयोगमा बयान गर्दा मासिक घर खर्च रु. ११,०००।– लाग्ने भनी बयान गर्नु भएको छ (आयोगमा भएको बयान सवाल ८२ को जवाफ पृष्ठ २९)। उक्त बयानलाई निजले अदालतमा बयान गर्दा अस्वीकार गरेको छैन। अन्यथा भनिएको छैन। घर खर्च नै नहुने वा घटी हुने भन्ने दाबी जिकिर पनि छैन। २०४८ देखि २०५९ आश्विनसम्मको प्रतिवादीको तलब भत्ता आदि बापतको रकम (निजको आयमा समावेश गर्न नमिल्ने रकम कटाएर) ले उक्त मासिक रु. ११,०००।– ले घर खर्च पुग्ने सम्मको स्थिति पनि देखिँदैन। आयोगले यसै कारण निजको तलब भत्ता आदिको रकम घर खर्च र खानपिनमा खर्च हुने मानी बचतमा गणना पनि नगरेको र खर्च पनि हिसाब नगरेको हो। आरोपपत्रबाट यो स्पष्ट हुन्छ। प्रतिवादीको कृषि आयको सबै रकम बचत माने पछि तलब भत्ता बापत प्राप्त रकम घर खर्च बापत कट्टी गर्नुपर्ने रकम कटाएर मात्र बचत निर्धारण गर्नुपर्नेमा विशेष अदालतले खर्च कट्टी नै नगरी सम्पूर्ण रकम बचत मानेको त्रुटिपूर्ण छ। प्रतिवादीको पारिश्रमिकमै गणना गर्न नहुने रकम गणना गरे सम्बन्धमा माथि अन्य बुँदामा नै जिकिर भइसकेको छ।
सुन चाँदी सबै ससुरालीबाट
(झ) प्रतिवादीसँग भएको सुनचाँदीमध्ये पछि थप भएको देखिएको रु. ३,७५,१३५।– को स्रोत विवेचना गर्दा कृषि आय र विदेश भ्रमणमा जाँदा प्राप्त रकमबाट खरिद गरेको हुन सक्ने आधारमा आयोगले स्रोत पुष्टि भएको ठहर गरेको हो। प्रतिवादीले सबै सुन ससुराली समेतबाट प्राप्त भएको भनी दाबी गरेकोमा बिना आधार प्रमाण अदालतले निजको भनाइलाई स्वीकार गरेको छ। भ्र.नि.ऐ., २०५९ को दफा २० को कसूर सम्बन्धी मुद्दामा सम्पत्ति वैध स्रोतबाट आर्जन भएको भनी प्रमाणित गर्ने भार प्रतिवादीको हुने कानूनी प्रावधान विपरीत अनुमानको मात्र आधारमा मन्त्री भइसकेपछि घर ससुरालबाट यति ठूला रकमका गहना प्रतिवादीलाई प्राप्त भएका भन्ने हास्यास्पद दाबी स्वीकार गरेको त्रुटिपूर्ण छ।
(ञ) प्रतिवादीले दाङको सतबरिया वा.नं. ६ गोझेनामा २०५४ सालमा घर बनाएको भन्ने कुरा प्रमाणित नभएको भनी सो सम्बन्धी आरोपपत्रको दाबी पुग्न नसक्ने अदालतले ठहर गरेको छ तर सो घर माओवादीले क्षति पुर्याउँदा सो घरको क्षतिपूर्ति लिँदा ०५९ सालबाट अगाडि ५ वर्षको ह्रास कट्टा गरी मूल्य कायम गरी निर्धारण भएको क्षतिपूर्ति निजले बुझेको स्थिति छ। अन्यथा २०४९ सालमै बनेको घर हो भने १० वर्षको ह्रास कट्टी भई क्षतिपूर्तिको रकम निर्धारण हुने अवस्था थियो। जुन घरलाई ०५४ सालमा बनेको भनी क्षतिपूर्ति निजले लिएको हो सो को विपरीत ०४९ सालमा बनेको झूठ्ठा दाबी गरे पनि निजले फाइदा लिइसकेपछि सोको प्रतिकूल दाबी गर्न मिल्दैन। प्रतिवादी बिबन्धित हुने कुरालाई ध्यानै नदिई आफूले फाइदा गरेको कुरा उल्टाई पुनः फाइदा लिन मिल्ने ढंगबाट अदालतले आरोपित दाबी अस्वीकार गर्नु त्रुटिपूर्ण छ।
साढे ३६ लाख बैँकमा भएकोले १४ लाख ऋण किन लिएको ?
(ट) प्रतिवादीले ०५३ सालमा गाडी रु. २४,५०,०००।– मा खरिद गर्दा निजसँग सो गाडी खरिद गर्ने आय स्रोत नभएको भन्ने दाबी भएकोमा प्रतिवादीले रु. १४,००,०००।– जितेन्द्रलाल श्रेष्ठसँग ऋण लिएको र अझसम्म ऋण चुक्ता नगरेको भन्ने भनाइ रहेको छ। प्रतिवादीले रु. १४,००,०००।– ऋण लिएको भनिएको समयमा छोरीका नाममा बैंकमा रु. ५,००,०००।– रहेको र तत्पश्चात् पटकपटक बैंकमा नगद जम्मा भएको रकम रु. ३६,५६,५९४।– मौज्दात रहेको अवस्था हुँदा उक्त रु. १४ लाख ऋण लिएको भन्ने कुरा र ऋण लिएकै भए पनि तिर्न बाँकी रहेको भन्ने कुरा विश्वसनीय मान्ने आधार छैन। घरायसमा जुनसुकै बेला पनि बनाउन सकिने तमसुकलाई अदालतले ऋण लिएको प्रमाण नमान्ने अदालतकै निर्णय समेतका आधारमा जीतेन्द्रलालसँग रु. १४ लाख ऋण लिएको दाबी स्वीकार गर्नुपर्ने आधार केही छैन। सम्पत्ति न्यायिक जाँचबुझ आयोगमा पेश गरेको विवरणलाई अदालतले भर पर्ने आधार बनाउन मिल्दैन। किनकि सो कुरा निजले पेश गरेको विवरणसम्म हो। आयोगले ठहर गरेको कुरा होइन।
(ठ) प्रतिवादीको कृषि आयको गणना त्रुटिपूर्ण छ। अन्य कुनै मुद्दामा आयोगले प्रति बिगाह रु. २० हजार आय हुन सक्ने अनुमान गर्नु त्यस मुद्दाको तथ्यसँग सम्बन्धित विषय हो। सोसँग असम्बन्धित यस मुद्दामा पनि सोही कुरालाई मापदण्ड बनाउनुको आधार छैन। आयोगले प्रथम केही वर्ष वार्षिक जम्मा रु. ५० हजार र तत्पश्चात् केही बढी आय हुनसक्ने अनुमान गरी सो आय निजको बचत र अन्य सम्पत्ति आर्जन वा खर्चमा प्रयोग हुन सक्ने ठहर गरेकोलाई अस्वीकार गर्नुपर्ने आधार छैन। प्रतिवादी र निजको परिवारले कृषि कार्य नगरेको अवस्थामा कृषिबाट त्यति ठूलो रकम प्राप्त हुन सक्ने स्थिति छैन।
(ड) त्यस्तै निजकी छोरी पुनम खड्का भारत मनिपालमा चिकित्साशास्त्र अध्ययन गर्दा लाग्ने खर्च सोही कलेजमा पढ्ने अन्य छात्रालाई (रामाज्ञा चतुर्वेदीको छोरीलाई) लागे सरह लाग्ने हिसाब गरेकोमा विना आधार कारण सोलाई अस्वीकार गरी प्रतिवादीले रु. ४,५०,०००।– लागेको भनी गरेको दाबीलाई स्वीकार गर्नु त्रुटिपूर्ण छ। प्रतिवादीको दाबीको आधार प्रमाण छैन।
(ढ) प्रतिवादीले भक्तपुर कटुन्जेमा रु. ५,१०,०००।– मा र काठमाडौं सिनामंगलमा रु. ५,३४,३७५।– मा खरिद गरेका जग्गाको स्रोत पुष्टि तत्काल निजलाई प्राप्त आयबाट परीक्षण गर्नुपर्नेमा सो परीक्षण नगरी उपरोक्त भक्तपुर र सिनामंगलको जग्गा बिक्री गर्दा प्राप्त लाभको रकमलाई अन्य सम्पत्ति खरिद गर्ने स्रोत बनाई त्रुटिपूर्ण निर्णय गरेको छ। भक्तपुर कटुन्जे र काठमाडौं सिनामंगलमा जग्गा खरिद गर्न तत्काल निजको वैध स्रोतबाट अपुग हुने तथ्य आरोपमा विवेचना भइसकेको छ। उक्त जग्गा बिक्रीबाट प्राप्त रकम समेत सानेपाको घर जग्गा खरिद गर्दा परेको र सानेपाको घरजग्गा खरिदको सम्पूर्ण रकम नै वैध स्रोत नपुग्ने ठहर गरी दाबी लिइएकोले उक्त जग्गाको पृथक दाबी नगरिएकोसम्म हो।
३ लाखमा पनि घर बन्ने रैछ ?
(ण) प्रतिवादीले २०४९ सालमा रु. ३ लाखमा बनाएको भनी दाबी गरेको घर विशेषज्ञले गरेको तत्कालको मूल्यांकनको आधारमा रु. १२,५१,३७५।– मा निर्माण हुने देखिएको छ। प्रतिवादीले मन्त्रिपरिषद्मा सम्पत्ति विवरण पेश गर्दा आफूसँग रहेको भनिएको रु. २,००,०००।– सिनामंगलको जग्गा बिक्रीबाट प्राप्त रु. ९४,०००।– र २ वर्षको कृषि आय रु. १ लाख र पारिवारिक सहयोग समेतबाट प्राप्त हुने सम्भावना रहेका अन्य रकम समेतबाट सो घर निर्माण भएको हुन सक्ने मानी स्रोत खुलेको सम्पत्तिमा गणना गरिएको हो। तर विशेष अदालतले ०४९ सालमा बनिएको सो घरको मूल्य रु.३,००,०००।– मात्र गणना गरी आत्मगत मूल्यांकन गरेको छ। सो घर निर्माणको मूल्य रु. ३ लाख मात्र मान्ने कुनै आधार छैन। अदालतको उक्त निर्णय त्रुटिपूर्ण छ।
(त) प्रतिवादी छोरी र पत्नीका नाममा बैंकमा ठूलो परिमाणमा रकम जम्मा गरेको पाइएको छ। खेतीको रकम दाङको घरमै राख्ने गरेको र माओवादी आतंक बढेपछि काठमाडौं ल्याइएको भन्ने निजको भनाइ छ। तर २०५२, २०५३, २०५५ र २०५६ सालमा पटकपटक छोरी र पत्नीका नाममा बैंकमा रकम जम्मा भएको र जग्गा खरिद भएको देखिँदा निजको दाबी झूठ्ठो देखिन्छ। यस अवस्थामा बैंकमा रहेको रकम र ललितपुरमा रु. २०,९२,०००।– मा खरिद गरेको जग्गालाई गैर कानूनी आर्जनको मान्नु पर्नेमा अदालतले त्रुटिपूर्ण निर्णय गरेको छ ।
पुनरावेदन/पुनरावलोकन गरिएका मुद्दाहरू, अख्तियारको वार्षिक प्रतिवेदन २०६३/०६४ बाट
भ्र्स्तचारिहरुलाई मात्र जेल सजाय कमि हुन आऊछा / तेसैले सम्माननीय सर्बोच अदालत बाट सर्वसो सहित मृतु दण्डको फैसला सुनाऊन हामी अपिल गर्दछोउ / अनि मात्र नेपाली भुमि माताले कानुनी राज्यको महसुस गर्नेछिन् /
खुमे को मुद्दा हेर्ने न्यायाधिश किरण श्रेष्ठ को नियत माथि मलाइ शंका लाग्दछ. पुराना कांग्रेसी नेता भिम प्रसाद श्रेष्ठ को छोरा यिनी भित्र कांग्रेसी रगत छ र बिभिन्न न्यायिक आयोग मा कांग्रेस को तर्फ बात पनि यिन ले प्रतिनिधित्व गरि सकेका छन् अनि अस्ति भर्खर खुमे को पेसी को समय मा एक चोटी धनकुटा को अदालत को निरीक्षण भ्रमण र एकचोटी घर बिदा लिएर यिनले खुमे को मुद्दा लाइ पर सारेर आफ्नो नियत देखाई सकेका छन्.शायद अरु निडर न्यायाधिस भएको भए खुमे जेल जाने निश्चित थियो.
कांग्रेशमा के हो गोबिन्दे खुमे , सिटौल, पुर्ने धुन्ग्धुन्गती गन्हाउने सम्म मन्त्री हुन्छन अनि अरुले चान्स नै पाउदैनन किन ? यसर्थ गच्छदारको पनि ईच्छा हुदा पनि नपाएर पार्टी नै छाड्नु परयो / अनि ओली र रावाल , ईश्वर सबै गन्हाएका हुन् किन उनीहरुलाई कारबाही भएन यो पनि बुझ्नु पर्ने छ /
यसो हेर्दा अहिले सम्म दस करोड भन्दा कम भ्रस्टाचार गरेको आरोप लागेको नेताहरुलाई मात्रै कार्यबाही गरेको देखिन्छ, दस करोड भन्दा ठुलो रकमको भ्रस्टाचार गर्ने, रास्ट्रको भबिस्यको आधार भयको श्रोत नै भारतलाई सुम्पने कुनै नेतालाई आज सम्म कुनै कार्यवाही गरेको देखिंदैन उल्टै तिनै नेताहरुलाई रास्ट्र सेवक बिशिस्ट सम्मानीय आदि भन्दै पदमै नभय पछी पदमा भयको बेला भन्दा बढी सुबिधा दिंदै आयको यहि भूपू लाई दिईने भनेको अध्यादेस पनि हो/
मावोबादी सत्तामा नहुँदा ई माधव ओली सोली हरुलाई रास्त्र्घाती भन्दै आयको थियो तर मावोबादी सत्तामा पुगे पछी तिनै माधव ओलीहरु मावोबादीको निमित रास्ट्र सेवक बन्यो/ कुरा बुझी नसक्नु छ/
रास्ट्र सेवक भन्ने सब्द कर्मचारीहरुलाई प्रयोग गरिन्छ/ कानुनको पालना गर्न गराउन ज्यान जीवन जोखिममा राखेर काम गर्नु पर्ने कर्मचारीहरुलाई सरकारले सुरछ्या र सुबिधा दिनुले कर्मचारीहरुलाई देस र जनताको निमित ज्यानको बाजी लगायर काम गर्ने प्रोत्साहन दिन्छ/ यसकारण म सर्वोच्च अदालतको न्यायधिस, प्रहरी र सेना प्रमुखहरुलाई केहि सुरछ्या र सुबिधा दिनु पर्छ भन्ने धारणा राख्दछु/
तर ई नेताहरुत कुनै पनि बेला सिधान्त र नीति बदलेर भोलि लेंग्दुप पनि बन्न सक्छ/ भोलि जनताले मन दुत्कार्न सक्छ/ त् भू पु बनेका कुनै नेता मन्त्रीलाई यस्तो सुबिधा दिनै परे सदनले नै उनीहरुले पदमा रहंदा देस र जनताको निमित समर्पित भयर काम गरेको प्रमाणित गरेर अर्को चुनाव अबधि सम्म मात्रै दिनु पर्छ आजीवन कालको लागि दिनु हुँदैन/चुनावमा हारेका कुनै नेतालाई सम्मानीय मान्न सकिंदैन/ चुनाव जितेमा ईनिहरु भू पु हुनै सक्दैन,बहुमत बात पद नपाय सहमतिको आधारमा पदमा पुगेकै हुन्छ त् अहिले भू भनेको कुन नेता साँच्चैको भू पु हो? भू पुनेता बन्न त् राजनैतिक सन्यास लियको हुनु पर्छ गणेश मान कृष्ण प्रसाद जस्तै तव भू पु मान्न सकियला/
मित्रहरु ई मन्त्रि सांसदहरुलाई उहिले शेर बहादुर देउपाको कालमा भन्सार मुक्त गाडीहरु झिकाउन सक्ने सुबिधा दियको थियो/ सबैलाई थाह छ यो सुबिधा ई नीहरुले कति सम्मको दुरुपयोग गरेको थियो भने/ गाडीको ब्लु बुकमा गाडीको मालिकको नाम सांसद मन्त्रीको तर गाडी चलाउँदै हिड्ने त् ………./
अब दियको सुविधामा नेताहरुको गाडीको लागि भनेर ३००/४०० लिटर सम्म निशुल्क पेट्रोल दियकोछ/ लौ त् ईनिहरुको गाडीको किलो मिटर चेक गर्नुस त् के ईनिहरुले सितैमा पायको त्यो ३००/ ४०० लिटर पेट्रोल गाडी चलाउन मै प्रयोग गरेको छैन बेचेर खायको छ भनेर प्रमाणित हुन्छ/
अहिले नेता मन्त्रिहरुलाई दियको कुनै पनि गाडीले यक लिटर पेट्रोलमा कम से कम पनि ५ किलो मिटर गाडी त् गुड्छ नै यो हिसावले मात्रै हेर्ने हो भने ३०० लिटर पेट्रोल ले गाडी १५ किलो मिटर गाडी गुड्छ/ भन्नुको मतलव तिनीहरुले आफ्नो गाडी दानमा कमसे कम ५० किलो मिटर चलायको हुनु पर्छ/ नेताहको घर र पार्टीको दुरी सायदै ५ किलो मिटर होला/त् सितैमा पायको पेट्रोल सिध्याउन ईनिहरुले कता गाडी कुदाउन्छन? यदि लैनचौरको भारतीय दुतावासमा चाकरी बजाउन सुबिधाको गाडी चलायको हो भनेत ईनिहरुलाई गाडी होईन ठेला गाडीमा घुमाउनु पर्छ/
हुन त नेपालमा धेरथोर सबैले घुस खाँदै आएका छन्, तर कांग्रेसी बन्धुहरुले छेरुन्जेल घुस खाएकोले अहिले तिनलाई छेरौटी लागेको हो| घुस पनि पच्ने गरि खानुपर्छ क्या! लबस्तरो पाराले घुस घिचेपछी यसको नतिजा यस्तै हुन्छ| तर यसको मतलब घुस खानै पर्छ भन्न खोजेको चाहिं कदापि होइन है !!!
न्यायिक फैसला भयो भने खुमबहादुर जेल अवस्य जाने छ…..तर कानुन र अदालतले सधै न्यायिक फैसला मात्र गर्न सक्दैन !
एदी तेस्तो हुन्त्य्यो भने गोबिन्द प्रसाद मैनाली जापानी जेलमा कैद हुने थिएनन र कानुनी राज्य हुन्थ्यो भने आज हत्याराहरु नेता र मन्त्रि हुन पाउने थिएनन…चेतना भया !
हो, हर्के संकटकाल लगाएर १०००० मान्छे को हत्या गर्ने, झोला भरि टाउको ल्याउ, अनि झोला भरि पैसा लैजाउ भन्ने हत्यारा हरु नै शान्ति र मानवाधिकार को रटान लगाउछन र तिनी हरु कै नन्दी भ्रिंगी लठैत नै लोकतन्त्र को मन्त्र जप्दैछां (माइ संसार मा)भने यो नै कानुनि राज्य को उपहास हो, चेतना भया.
यिनी मुलुक्माराले नेपाली जनताको रगत चुस्नु चुसे | सबै नेपाली जनता लाई थाहा भयको कुरा हो |सर्बोचा अदालतले नेपाली जनताको पक्ष्य मा फैसला गर्नेमा ढुक्क छन् |येस्ता फैसलाले अपराधी मनोवृति ले स्थान पाउने छैन |
नेपाल का करोडपति भ्रस्ट हरु जेल जादै छन्.., अर्ब पति कामरेड भ्रस्ट किन चोखो भै बसी राखेका होलान. ???!!!….
४६ साल पछि कांग्रेसीले देशको ढुकुटी सखाप त्यसपछि एमालेले सखाप त्यस पछि मावावादिले सखाप !अनि कसरि देश उभो लाग्ने ! त्यो भन्दा द सबैलाई मिलाएर बाडेर खाए भै हाल्यो नि !
पूर्ण विश्वास छ, सम्मानित सर्वोच्च अदालतले देश र जनताको हितमा निर्णय गर्ने छ l
बल्लत शुरु भएको छ – किराहरुको रोकथाम l
बिस्तारै “करान्तविकाशी किराहरु” को पनि लौकिक र कानुनी शल्यक्रिया हुनेछ l
यो मान्छे त जेल नगई हुदैन / जिल्ला जिल्ला का लोकल गुन्डा एशैले पालेको हो / बिकाश निर्माण को tender सम्बंदी काम हेर्ने नै येही हो / tender को सबै comission ठेकदार बाट यो मान्छेलै अनि यो मान्छे ले चाही काँग्रेस को अरु नेता लाई बाड्ने येही हो / ठेकदार हरु नेपाल को सबै भन्दा ठुलो नेता येशैलाई मान्छन /
हामी दैनिक काम गर्नेको घर भाडा तिर्न, छोरा- छोरीको स्कुल फी तिर्न समस्या, मोरा राजनिती गर्छु भनेर जनता ठगने फटाहाहरुको सम्पति येत्रो कहाँबाट आयो? ठोक्ने पर्छ, काग्रेस, एमाले लगाएत सबैलाई. क्याबात!
हाम्रो नेपालका न्यायाधीश र वकिलहरुको ताल बुझ्न गाह्रो छैन| खुम बहादुर
किन जेल गएको छैन अहिले सम्म त्यो बुझे पुग्छ|
“मलाई पोलोस त् अरु को को लाई समेत तानीदिन्छु” भनेर गिरिजालाई
धम्की लाउँथे रे खुमेले| त्यसैले कैले शेर बहादुर कंहा, कैले ज्ञाने कंहा र
कैले कमल थापा संग जोडी मिलाउने गरेका हामीले देख्यौ|
उनी गृह मन्त्रि हुँदा मेडियामा ककसलाई रकम बाँडे, त्यसको रेकर्ड
पनि मसंग छ भन्ने गरेका थिए| त्यसै भएर उनका रकम हात पारेका जो
मेडियामा छन् वा अहिले अन्य ठाउँमा छन् खुमे संग डर मान्थे|
एस्तो मान्छेलै अदालतले केहि नगरे जनताले नै गर्नु पर्छा! लुट्नु लुट्यो एनी हरुले, मोजगर्नु गर्यो, अब बुढेसकाल मा क मतलब जेल जावोस या नजवोस, दस पुस्ताको लागि पुग्ने गरेर पैसा कुमलाई सक्यो!
होइन गच्छेदार को भास्त्रचार को पनि कारबाही हुनु पर्ने होइन\ यो फटाहा र डाँका ले मदेशी माथि पुर्बग्रह को कारण ले भन्ला| तर यसको भास्त्रचार को अनुसंदन हुन् थालनी बित्तिकै पनि नेपाली हरुले केहि राहत पौने छन्|
गछे जस्तालाई कहिलेइ पनि चुनाब लड्न नपाउने गरि निकाल्न पर्ने हो| त्यो पनि खुमे जस्तै हो भन्ने सबैलाई थाहा छ| तर रेस्लाई करबि गर्दा सरकार र कुर्ची जाने हुँदा बाबुराम ले आँट नगरेको होला| एडी तेसो हो भने बाबुराम पनि नैतिक पतन मान्छे भन्न मिल्छा|
बास्तबमा गच्छेदार जस्ता डाँका लै तह लगाउने हो भने उसको भास्त्रचार को अनुसन्धान गर्न सुरु गरे हुन्छा र उसको सत्ता तराई बाट गतिलो छबी भएको को छ भने(?) राखे हुन्छा| तर तराई नेता मा गतिलो छाबिभाएको पौने भनेको जिउदै स्वर्ग जाने भन्दा पनि गार्हो चैं पक्कै हुन्छा|
: यो जेल नपरी चोखियो भने नेपालको अदालत र न्यायाधिस हरु भ्रस्ट हो र रहेछन भनेर दुनिया सामु घाम जत्तिकै छर्लंग हुने कुरामा संकी रहेन!
यो त नेपालि कांग्रेसको सबैभन्दा भ्रस्ट हो! गोबिन्दे भन्दा पाच गुणा, जयप्रकाश भन्दा दश गुणा, चिरन्जिबी भन्दा पन्ध्र गुणा भ्रस्ट हो यो!
खड्का दाइ जेल जाने त अब कन्फम भएछ क्यारे …..’गाई चटारिन्छ, भ्रष्टाचार गरेको सम्पति देख्दा मन बटारिन्छ टुंग टुंग…..’ अब यहि गीत गाउदै बस जेलमा l थुइक्क खुमे 🙁
चिरन्जिबी, गोविन्द, जय प्रकाश र खुम बहादुर लाइ एकै पटक जेल हालिदियर १ गद्दी तास समेत दिएको भए त कल ब्रेक खेलेर दिन बिताउथे नि सजिलो संग / यस अर्थ मा उनीहरु माथी अन्याय भयको मान्नु पर्छ / एउटा निस्किसक्यो, अर्को छिटै निस्कने वाला छ , अनि अर्को कहिले हो कहिले जाने /
नेपाली कांग्रेस को akgb अर्जुन खुमे गोबिन्दे बिजय सबै लाई भ्रस्थाचार को आरोप छ/ अर्जुन र बिजय मा बिजय लाई पनि गृह मन्त्रि बात सिधै जेल लागेको हेर्न पाए हुन्थो
भ्रस्टचारी को गन्तब्य स्थान त पक्का जेल नै हो त्यहि पनि सावन ३० सम्म कुरौं त्यस पछी कमेन्ट लेख्नु पर्ला किन भने हामी सबैको जिब्रो मा झुन्डेको उखान नै छ नेपाल को कानुन दैबले जानुन !
अब दांगमा पनि खुमेका पुच्छर हरुले जुलुस निकाल्ने भए…….येस्ता गद्दार नेता तथा भ्रस्टाचार गर्न प्रेरित गर्ने पुच्छर हरुलाई पनि आजिबन जेलमा कोच्नु पर्छ………..पहिला चारपाटा मुडेर नेपालको प्रतेक सदरमुकाममा लगेर कालोमोसो पनि दल्ल्नु पर्छ अनि हाल्नु पर्छ जेल मा
जिल्ला दाङ, सतबरिया गा.वि.स.वडा नं. ६ गोझेना स्थायी घर भई जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. २ सानेपा बस्ने खुमबहादुर खड्का ……………………………………………………बिरुद्द
फैसला
खुर्सानी माईलो, गुप्ता, गोबिन्देको मुद्दाको त सम्मानित अदालतहरुबाट बस्तुनिष्ट प्रमाणको आधारमा अति राम्रो फैसला गरीयो । यि भ्रष्टाचारीहरु पनि कम शक्तिवाला होईनन्। यिनले मुद्दा थन्को लाउन निकै रोटी बेलेकै होलान तर सम्मानित न्यायमुर्तिहरु शक्ति , भक्ति र अर्थको अगाडि झुक्नु भएन , न्यायमुर्तिहरुलाई धन्यबाद दिनै पर्छ ।
मलाई माथिको फैसला र अख्तियारको जिकिर पढ्दा कहि कतै तत्कालिन न्यामुर्तिहरु साम, दाम, दण्ड, भेदको शिकार भएको त होईन भन्ने लाग्यो । तर खुशी के कुरामा लाग्यो भने खड्कालाई सफाइ दिने र गुप्तालाई सफाइ दिने तत्कालीन न्यामुर्तिहरु भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेरनै हुनुहुदो रहेछ ।
न्यामुर्तिहरु भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेरज्यु को गुप्तालाई सफाइ दिने फैसला सर्वोच्च अदालतबाट उल्टी भएको देखिदा खड्काको फैसला पनि उल्टी भई निज सदरखोर नै जानु पर्ने भएको हुदा निजलाई सदरखोरमा बस्न गुन्द्री काम्लो किन्न यसै “मेरो संसार” मार्फत खबर गरीदिनु ।
ईति सम्वत २०६९ साल साउन १७ गते रोज ४ शुभम् ……………………………………………………………………
जबसम्म भ्रस्टचारीलाइ अपराध प्रमाणित हुन साथ सिधा टुडिखेल मा लगेर गोलि ठोकेर मार्ने कानुन आउदैन! तबसम्म यस्ता हजार खुमबहादुर हरुले देश लै लुटी नै रहने छन्! पेसी ,तारिख ,सुनुवाई यो सब नौटंकी हो! तपाईं हामी सोझालाइ लाटो बनाउने! त्यहि भयर त अरु गिद्द हरुलाई पनि सजीलो भै राको छ! एक स्पस्ट नीति आओस भ्रस्टचार निवारण सम्बन्धि! जसमा कुनै सक्ति को दबाब ,चलखेल ले अपराधी प्रोटेक्ट गर्न नसकोस, फैसला १० वर्ष कुर्न पर्ने कस्तो यो बिडम्बना! अझै टुंगो छैन रे! खुन को बदला खुन होस्! अनि हेरम त कसले हिम्मत गर्छ?
सजाय पाउने भय १० वर्ष आगाडी नै पाउने थियो खुमबहादुर खड्का ले!!यो सब नाटक मात्र हो! भोलि फेरी सर्वोच्च बाट सफाई उसैले पाउछ! फेरी महान नेता बन्छ फेरी भ्रस्टचार गरेर अझ अकुत सम्पति जम्मा गर्छः!! हामी त केवल निरिह भयका छौ! मात्र जिन्दाबाद र मूर्दाबाद!!!!!!
खुमे ठुलो भ्रस्टचारी हो , यो जेल जान्छ र जानैपर्छ ………….
मलाई त न खुमेको न त सर्बोच्चको, कसैको पनि विश्वास लाग्दैन. ल जा भन्दिए. होइन भने पछाडी फर्केर, अरुलाई सोधेर, ऐनामा हेरेर, हिस्ट्री पढेर आदि बुझ्नु होला सबैले. नेपालमा सामान्य व्यक्तिले सितैमा पाएको स्वास फेर्दा-फेर्दै, आफैले कमाएको खादा-खादै पनि हेरी नसक्ने खुमेहरु, अदालतका भोकाहरु धेरै छन्, धेरै. कसैले वक-वक नगरे हुन्छ!
बिसेस अदालत ले गरेको फैसला हेर्दा त ” नेपाल को कानुन दैब ले जानुन” भन्ने भनाइ त्यसै आएको होइन जस्तो लाग्यो| अनि छोरी र श्रीमती को चै आय स्रोत के हो र त्यति धेरै सम्पति जम्मा भयो काम नै नगरी| यदि खेति किसानी नै गरेर कमाएको भए त हाम्रो देस का नागरिक हरु पनि धनि नै हुने थिए
भ्रस्टाचार गर्ने लै सामाजिक रुपमा हेर्ने द्रिस्तिकोद मा परिवर्तन नआएसम्म
भ्रस्टाचारमा कमि हुदैन .
नेपाली जनताहरु कस्ता छन् चिरन्जिबी वाग्ले जेल बाट निस्कदा फुल मल लिएर स्वागत गर्न जान्छन . गोविन्देको भरौटे हरुता झन् दिउसै सडकमा आएर नारा जुलुस गरिरछान.
जे जसरि कमाएपनि पैसा भए पछी जे पनि हुन्छा भन्ने मान्येता समाज मा स्थापित भएपछी भ्रस्टाचार घट्ने होइन झन् बढ्छा
अब यी कांग्रेसीहरुको जेल मै मरिज टिम पुग्ने भो … खुमे माहाको भ्रस्ट हो कुनै संखा छैन ..
गछादर ,सुजाता, हिसिला, बर्समान, प्रचण्ड , महरा, ओली, भरत मोहन, प्रदीप नेपाल , भिम रावल आदिको कठालो चाही कहिले समाउने हो ? यो देशमा गिरिजा PM हुदा सुजाता र बाबुराम हुदा हिसिलाले पदको अधिक दुरुपयोग गरेकाछन .. बाके/ बर्दिया तिर जम्मा जम्मी ४ कट्ठा (२.५ रोपनी जति ) जमिन हुने बामदेवको येत्रो शान सौकत, गाडी बंगला कसरि सम्भव छ ? यी सबलाई पाता कस्नु पर्छ, परेको म बेहरुला ..
बेलैमा जेल त कुनै भ्रस्टचारीलाइ पठायको नजिर नै छैन नेपालमा यी न्यायधीश हरुलाई पनि अब मुद्दा हाल्ने बेला आयको जस्तो छ/// जे होस् “नहुनु मामा भन्दा कानु मामा बेस” भने झैँ बिस्तारै बिस्तारै जनताले थाहा पाउन थालेका छन् नेपालका भ्रस्टचारीलाइ सजाय त सजाय पुग्ने गरेर कसैलाई दिने सकेको छैन आदालतले तर पनि सुरुवात भने भयको मान्नु पर्छ…. अब खुमे पनि गयो
हेर्नुस साथी हरु ! नेपाल मा बढी भ्रस्त्रचार गर्ने समूह को नाइके नै हो खुम बहादुर अब यो खड्का जी जेल गायन भने सर्बोच्च अदालत पनि भ्रस्त्र को सर्बोच्च हो भन्ने जनता मा पर्छ /
अब अर्को कुरा यहाँ उठाउनु पर्यो सालोक्य जी !
यी पाखण्डी नेता हरुलाई अब युद्द अपराध मा मुद्दा लगाउ , त्यो बेलाका सबै लड्ने लडाउने लै सस्पेन्ड गराउ अदालत बाट अनि नया युवा पुस्ता को पालो आउछ , नत्र नेपाल सुध्रिदैन क्रीपाया अब अभियान चलाउ !!
सबै नेता लाई खोर मा हालेर युवा पुस्ता लाई सत्ता दिनु पर्ने आजको प्रमुख आबसेक्ता !
जेल जान किन नसक्छन भन्ने कुरा गर्नु बेस होला ! ओहा र अहिलेका गृह मन्त्रि गच्छदार र बाकी सबै नेताहरु उस्तै उस्तै हुन् ! सबैलाई आमरण जेल मा जाकिदिए हुन्छ ,अनि जनताले केहि आनन्द को सास फेर्न पौने थिए !
यसको पनि बास स्थान त जेल नै हो / तर अल्ली ढिला भयो /
यी फटाह चोर हरुलाई त कोर्रा नै लगाउनु पर्ने हो / नेपाली जनताको रगत पसिना चुस्ने यी उडुस, उपिया, स्याल, ब्वास्साहरुलाइ त् आजीवन कारावास नै ठोक्नु पर्ने हो तर के गर्ने आँफु न्य्याधिस परिएन /
यो ४८ सालपछि मन्त्रि हुँदा के पो गरेन / जे होस् पाप धुरी बाट कराएको छ यी बदमासहरुलाई / अब गच्छेदार बाँकी छ / अनि प्रचंडे, बाबुरामे, बर्शमाने पुने, महारो, जुम्रकत्तेल, पर्सुरमे बस्नेत, शेरे आदि आदि /
जता ततैबाट निरासा नै निराशा हात लागोकोमा अदालतले थोरै भएपनि राहत दिएको छ / एसको लागि अदालत धन्यबाद पत्र छ /
ए राता मकै, यिनको पनी पालो आइपो हालेछ, येतिन्जेल के पो भएर बाँचेछन् को नी ?
जति पनि माथि उल्लेख गरिएका विवरणहरु छन् तिनका मिति र समय हेर्ने हो भने पनि प्रस्ट हुन्छ कि नेता खड्का उच्च राजनैतिक ओहोदामा रहदाको अवस्थामा जम्मा गरिएको तथ्यांक देखिन्छ / जब राजनैतिक जीवनमा अरु मिति र समयमा आम्दानी नहुने त्यहि गृह मन्त्रि, उप प्रधानमन्त्री वा मन्त्रि हुदा अकुत करोडौ आम्दानी हुने के यो सामान्य नेपालीले बुझ्न सक्ने तथ्य होइन र? यसकारण पनि अदालतले निष्पक्ष भएर निर्णय गर्न सक्नुपर्छ/ खुमबहादुर जस्ता भ्रस्टाचारीलाई अध्यारो कोठामा बन्द गर्न सक्नुपर्छ/ ता कि आगामी दिनहरुमा त्यस्ता प्रवृतिका चेहराहरु फेरी देख्न नपरोस्/ अनि तोकिएकै समयमा यो मुद्धाको छिनोफानो होस्/
साथी हो, गोबिन्दे र गुप्ता भन्ने जुका लाई चारखाल को चिसो मा हुले पछी अब अर्को ठुलो जुका को ( अलि ठुलो जुका लाई भ्यात्लुंग भन्छन क्यार …..गाउ-घर तिर ) पाली …..लौ हई …अनि प्रचंडे र बाबुराम को पालो चै कहिले …? कि इनी हरु कानुन भन्दा माथि हुन् कि क्या हो…..? सत्ता मा बस्दा गरेको पापधुरी बाट कराउछ…… भनेको साचो रहेछ ….!
खुम बहादुरलाई जेल जीवनको अग्रिम सुभकामना . अब, JP Gupta ले सगै कोठामा बस्ने साथी पायो. बधाई छ दुवै देसका कपुतहरुलाई !