Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालका टप टेन ‘भ्रष्ट’ जिल्ला

Posted on July 30, 2012July 30, 2012 by Salokya

नेपालमा बढी भ्रष्टाचार कुन जिल्लामा हुन्छ ? कुन जिल्लामा चाहिँ कम हुन्छ? भ्रष्टाचारको मापन गर्न गाह्रो छ, तर यो सूचि विगत १३ वर्षमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका भ्रष्टाचारका उजुरीमा आधारित हो।

भ्रष्ट जिल्लाको टप टेन काउन्ट डाउन (सबभन्दा भ्रष्ट तल)
१०) काठमाडौँ
९) बाँके
८) रुपन्देही
७) सिराहा
६) पर्सा
५) महोत्तरी
४) सप्तरी
३) धनुषा
२) ललितपुर
१) बारा

सबैभन्दा कम भ्रष्टाचार हुने १० जिल्ला

कम भ्रष्ट जिल्लाको टप टेन काउन्ट डाउन (कम भ्रष्ट तल)

१०) डडेलधुरा
९) भोजपुर
८) ओखलढुंगा
७) ताप्लेजुङ
६) मकवानपुर
५) रोल्पा
४) प्युठान
३) मुस्ताङ
२) बझाङ
१) मनाङ

विस्तृत तथ्याङ्क हेर्न यहाँ क्लिक गर्नुस्


अब यो बारे एन्टी करप्सन एक्सपर्ट डा. नारायण मानन्धरको विश्लेषणको सारसंक्षेप पढौँ न त-

अङ्कमात्रै हेरेर हुँदैन
यी तथ्याङ्कहरु भ्रष्टाचारको प्रवृत्ति र आयाम बुझ्न र स्थानीय स्तरमा भ्रष्टाचारको स्थिति बुझ्न प्रयोग गर्न सकिन्छ। तर यसको व्याख्या गर्दा निकै ध्यान दिनुपर्छ। भ्रष्टाचारको उजुरी दर्ता भएको संख्याको आधारमा स्थानीयय स्तरमा हुने भ्रष्टाचारको स्तर सही रुपमा मापन गर्न सकिँदैन। भ्रष्टाचारको उजुरी बढ्नुको कारण यो समस्याप्रति जनताको चेतना बढेकोले पनि हुनसक्छ। प्रशासनसम्म सहज पहुँचका कारण पनि यो भएको हुनसक्छ। धेरै आर्थिक गतिविधि हुने जिल्ला (धेरै बजेट छुट्याइने जिल्ला) मा ठूलो स्तरको भ्रष्टाचार हुन्छ भने तिनीहरुको तुलनामा कम आर्थिक गतिविधि हुने जिल्ला (कम बजेट छुट्याइने जिल्ला) मा कमै। अर्बौँ रुपियाँको भ्रष्टाचारको एउटा मात्र उजुरी भएको जिल्लालाई स-सानो भ्रष्टाचारका सय वटा उजुरी भएको जिल्लासँग दाँज्न मिल्दैन। उजुरीको संख्याले भ्रष्टाचारको समस्याको गहनता प्रष्ट्याउँदैन। तर अरु सूचनाहरुको अभावमा यी कुराहरुलाई ध्यानमा राख्दै प्राप्त तथ्याङ्कबाट केही विश्लेषण गर्न सकिन्छ।

तराईमा समस्या बढी गम्भीर
ललितपुर र काठमाडौँलाई छाड्ने हो भने टप टेनका सबै आठ जिल्ला दक्षिणी तराई भेगका छन्। राष्ट्रपतिको जिल्ला धनुषा तेस्रो नम्बरमा पर्छ। अझै फराकिलो पारी टप २० हेर्ने हो भने पनि धेरै जिल्ला तराईका भेटिन्छन्। यसले तराईमा भ्रष्टाचारको समस्या पहाड र हिमाली क्षेत्रमा भन्दा गम्भीर रहेको देखाउँछ। यस पछाडि सजिलो पहुँच, बढी आर्थिक गतिविधि, उच्च जनचेतना अथवा भ्रष्टाचारै बढी हुने कारण हुनसक्छ।

कम भ्रष्टाचार हुने जिल्लाको सूचिमा मकवानपुरलाई छाडेर सबै जिल्ला पहाड वा हिमालमा छन्। यी जिल्लाहरुमा आर्थिक गतिविधि कम हुने भएर भ्रष्टाचारको घटना कम भएको र त्यसले भ्रष्टाचारको घटनाको उजुरीमा कमी आएको हुनसक्छ।

यद्यपि जब हामी भ्रष्टाचारको उजुरी भएका जिल्लालाई गरिबी निवारण कोषले प्रयोग गर्ने सामाजिक आर्थिक विकासको कम्पोजिट इन्डेक्ससँग तुलना गर्छौँ, तब देख्छौँ कि कुनै पनि जिल्लाको सामाजिक-आर्थिक विकासको स्तरले भ्रष्टाचारको उजुरीको स्थितिसँग कुनै सम्बन्ध राख्दैन। सामाजिक-आर्थिक विकास उच्च होस् वा कम, त्यस्ता जिल्लाहरुमा भ्रष्टाचारको उजुरी समान रुपले उच्च वा बढी हुनसक्छ। भ्रष्टाचार धनी र गरिब सबै जिल्लामा विद्यमान छ।

नियमित उजुरी
१३ वर्षको अवधिमा हरेक वर्ष उजुरी परेका जिल्लाहरुको संख्या ४ मात्रै छ। महोत्तरी, धनुषा, चितवन र रुपन्देहीमा हरेक वर्ष भ्रष्टाचारको उजुरी परेका छन्। नागरिकहरु भ्रष्टाचारका विषयमा जागरुक हुनु र भ्रष्टाचारका घटना बढ्नु यसको कारण हुनुपर्छ।

उजुरीको ट्रेन्ड

उजुरीको संख्या सन् २००५ मा निकै बढेको छ। यति बेला राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएका थिए। भ्रष्टाचारविरोधी मुद्दा तत्कालीन शासकको मुख्य अजेन्डा भएकोले पनि जिल्ला स्तरमा भ्रष्टाचारको उजुरी बढेको हुनुपर्छ। त्यसैगरी बहुदल कालमा नयाँ भ्रष्टाचारविरोधी कानुन लागू भएसँगै अख्तियारको सक्रियता बढेको बेला पनि उजुरी बढेको देखिन्छ। सन् २००६ को जनआन्दोलनपछि भने भ्रष्टाचार उजुरी घटेको देखिन्छ। जिल्ला प्रशासन कार्यालयले उजुरीविरुद्ध कारबाही गर्ला भन्ने विश्वास त्यतिबेला गुमेको देखिन्छ।

सन् २००७ मा भ्रष्टाचार उजुरी सबैभन्दा कम बिन्दूमा पुगेलगत्तै बढ्दै गएको देखिन्छ। यो बढ्ने क्रम स्थानीय निकाय सर्वदलीय संयन्त्रले चलाउने निर्णयसँगै मिडियाले स्थानीय स्तरमा हुने भ्रष्टाचारको बारे रिपोर्टिङ बढाएपछि भएको देखिन्छ।

25 thoughts on “नेपालका टप टेन ‘भ्रष्ट’ जिल्ला”

  1. kisaan Thapa says:
    May 28, 2013 at 3:50 am

    अल्लि सन्तोष को कुरो आफ्नो जिल्ला ६२ नम्बर मा रहेछ / उही क्या अर्को अञ्चल, अर्को क्षेत्र र अर्को देश कुनै नछोईयेको नेपाल का दुइ जिल्ला मध्ये एक मनाङ्ग देखि दक्षिण , तनहुँ देखि उत्तर, कास्की देखि पुर्ब र गोर्खा देखि पश्चिम मा अबस्थित जिल्ला, पुर्बी साँध चेपे नदि ( चम्पावती ), पश्चिमी साँध मादी नदि , दक्षिणी साँध पाउदि,नाउदि , रिस्ती र कलेस्ती खोला र उत्तरी साँध भोट खोला भएको मध्ये नेपाल को अति सुन्दर जिल्ला लम्जुङ्ग

    Reply
  2. उदय बिक्रम बोहरा says:
    August 2, 2012 at 4:14 pm

    यो आँकडानिकाल्दा सकेसम्म प्रत्येक जिल्लाको जनघनत्वलाई आधार बनाउने हो भने हिसाब बराबर हुनासक्थ्योके?हुनत भ्रस्टाचार नहुने जिल्ला त कुन होला र?तैपने मनको शंतोक दुखि नेपालीको.

    Reply
  3. Dataram Sharma says:
    July 31, 2012 at 6:07 am

    येस्मा एउटा कुरा चाँही निर्विवाद हो कि तराई का जिल्ला हरुनै सबै भन्दा बढी भ्रष्ट रहेछन | एउटा काठमाडौँ उपत्यका बाहेक – काठमाडौँ त राजधानी भएको हुनाले देश भरिका हाँडी घोप्टेहरु यहाँ जम्मा हुने नै भए – सबै जिल्ला तराई कै छन् | तेस्मा पनि मदिसे नेता ले राजनीति गर्ने कर्मथलो नै – झापा, मोरंग, सुनसरी आदि तराई भए पनि त्यहाँ त्यति एक मधेस वाला हरुको दाल गल्दैन | एसले तराई को नाम मा राजनीति गर्ने को चरित्र उदांगो पार्दैन र ? तराई का नाम मा राजनीति गर्ने अधिकांश नेता – महन्त ठाकुर जस्ता एक आध अपवाद बाहेक – महाभ्रष्ट छन् | यिनीहरुले एक मधेस एक प्रदेश भनेको के का लागि रहेछ त ? अन्यथा नलिनुहोला, तराई का जनता चाँही अत्यन्त असल छन्, अधिकांश राष्ट्रवादी नै छन् | त्यस्तो (पहिलको) चोर ठाउँ बिहार को छेउ मा बसोबास गर्ने भए पनि हाम्रो तराई का जनता पारिका जनता भन्दा हरेक कुरामा धेरै असल छन् |

    Reply
  4. sundar regmi says:
    July 31, 2012 at 12:18 am

    लु बधाई छ मलाई, ४४ औ नम्बर मा परेछु ….
    बाग्लुंग क्या… तेही म्याग्दी पर्बत र गुल्मी संग जोडिएको जिल्ला…

    Reply
  5. Samir Joshi,Dhankuta says:
    July 31, 2012 at 12:18 am

    गा. बि. स.को कार्यालय बाट खनिएको भ्रष्टाचारको सुरुंग का पुगेर टुंगिनछ भनेर पहिल्याउदै हिडेको त मेरी बास्सै सिंहदर्बार भित्र प्रधानमन्त्रीको कुर्सि मुनि पो पुगेर टूंगीदो रहेछ गाठे !!!!!!! अनि कताको देस उभो लाग्नु नि

    Reply
  6. BINOD says:
    July 30, 2012 at 10:04 pm

    सबै भन्दा भ्रस्ट जिल्ला त हामीले देखे अब सबै भन्दा भ्रस्ट नेता हरुको पनि नामावली क्रमिक रुपमा देख्न पाएको भए अझ राम्रो हुन्थ्यो कि…
    जय नेपाल,

    Reply
  7. arun says:
    July 30, 2012 at 8:27 pm

    टप टेन भ्रस्ट निकाय को पनि नाम दिउ कि जस्तो लाग्यो!
    १.मन्त्रि परिषद
    २. नेपाल प्रहरी
    ३.भन्सार बिभाग (देश भर का सम्पूर्ण भन्सार कार्यालय)
    ४. त्रिभुवन विमानस्थल अध्यागमन
    ५. स्थानीय निकाय (नगर पालिका र गा बि स कार्यालय हरु)
    ६. सडक बिभाग
    ७.जिल्ला प्रसासन कार्यालय
    ८. यातायात ब्यबस्था कार्यालय
    ९.बैदेसिक रोजगार बिभाग
    १०. गैह्र सरकारी संस्था हरु
    येसरी बर्गिकरण गर्दै जाँदा नेपाल मा भ्रस्टाचार को जरा नपुगे को निकाय पाउन गारो छ तर पनि माथि उल्लेख गरीय का निकाय हरु को भ्रस्टाचार ले नेपाली जनता लाई परे को मर्का भने उल्लेख गरि नसक्नु को छ .

    Reply
    1. Tenjing Gaba says:
      July 31, 2012 at 10:28 am

      “मालपोत कार्यालय” तिर जागिर खानु हुन्छ कि के हो ?

      Reply
      1. arun says:
        July 31, 2012 at 5:25 pm

        त्यो छुटे को मा माफ पाऊ तेन्जिंग जी सबै भ्रस्ट छन् कति को लेख्ने हो?

        Reply
  8. Resham says:
    July 30, 2012 at 7:17 pm

    भ्रष्टाचार कम हुने जिल्ला मध्ये ओखलढुंगा पनि परेछ / खुसि लाग्यो / तर भ्रष्टाचार नबहेको ठाउँ चाही कहिँ पनि छैन होला नेपालमा/

    Reply
  9. dharmendra says:
    July 30, 2012 at 7:16 pm

    यो सर्वेक्षणले मात्र जिल्ला लाई १ देखि ७५ स्थानमा राखेको छ/ यो पक्कै पनि उजुरी लाई आधार मानेर गरिएको हो जिल्ला को ठाउमा ब्येक्ति अथवा नेताहरु को नाम यसरीनै सार्बजनिक गरे अति रोचक र पहिचान योग्य हुने थियो

    Reply
  10. aman says:
    July 30, 2012 at 6:52 pm

    काठमाडौँको ठाउं नै तोक्नु पर्दा उहिले नारायण हिटी हुन्थ्यो अहिले पेरिस डाँडा होला.

    Reply
  11. Suman says:
    July 30, 2012 at 6:14 pm

    जहाँ मान्छे कम हुन्छ, त्यहाँ भ्रस्टाचार को उजुरी आफै कम भैहाल्छ

    Reply
  12. aron says:
    July 30, 2012 at 3:30 pm

    सरसर्ती हेर्दा मैले के बुझे भने, जहाँ धेरै पढेलेखेका भनौदा हरु छन्, तेहा बढी भ्रस्टाचार भएको देखियो | तेसैले, शिक्छा र असल शिक्छा मा फरक छ | एदी शिक्छा असल छैन भने, त्यो शिक्छा अशिक्छा भन्दा धेरै खराब हुन्छ |

    Reply
  13. Bino, Italy says:
    July 30, 2012 at 3:24 pm

    जब हामी गाडी चढेर पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रा गर्छौं नि त्यो बेला गाडी रोकिएको प्रत्येक स्ट्यान्डमा कोहि नयाँ यात्रु चढ्यो भने उसलाई चढाए बापत बस को कन्डक्टर ले त्यहाँ रहेका दलाललाई कमिसन बापत केहि पैसा दिनु पर्छ l त्यो रकम ५ रुपैया देखि लिएर शुरु हुने रहेछ l महेन्द्र राजमार्ग का अधिकांश जिल्लाहरु तराई का जिल्ला हरु हुन् l यो पनि एउटा भ्रष्टाचारको धेरै सानो नमुना मध्ये एउटा हो भने अधिकांश जनसंख्या भएका तराई का जिल्लाहरुमा स्वाभाविक रुपले बढी छ l अनि यो एउटा बाध्यता, गरिबी, अशिक्षा अनि हाम्रो देश को फितलो नियम कानुन को कारण ले हो l समाचारहरु नपढु मन ले मान्दैन पढु फेरी यहि मन यी यसरी कटक्क हुन्छ l बाध्यता……..
    खोई त हो अन्त बिस्तृत तत्थ्यांक हेर्नु मिलेन नि त कि मैले जानिन हो l

    Reply
  14. उपासक उदास says:
    July 30, 2012 at 3:19 pm

    होइन , बढी वा घटी मात्र थाहा पाएर के फाइदा हुन्छ ?
    पत्ता लगाएर त्यसको मात्रा घटाउन कुनै ठोस उपाय पो निकाल्नु परेको छ यहाँ !
    नत्रभने , बिरालो नै चोर भनि जानी राख्नु जस्तो न हो , चाहिने कुरा त त्यसको दाँत र नंग्रा कसरि उखेल्ने भन्ने तिर पो ध्यान जानु पर्ने .

    Reply
  15. lbrumba says:
    July 30, 2012 at 3:02 pm

    जसरी नेपाल मा राजतन्त्र खत्तम भो सच्चि कुरा भन्नु पर्दा राजतन्त्र भन्द पनि महा खतरा आज पनि कायम छ त्यो हो कर्मचारी तन्त्र ! नेपालमा जब सम्म कर्मचारी तन्त्र सखाप हुदैन तब सम्म येस्तो भ्रस्टचार र भ्रस्टचारी को कहिले अन्त्य हुदैन ! यो कुरा सत्य हो !!!!

    Reply
  16. madan bajracharya says:
    July 30, 2012 at 2:46 pm

    मेरो बिचारमा त् काठमान्डू नै सबै भन्दा बढी भ्रस्टाचार हुने जिल्ला हो किन भने सबै भन्दा मोटो मोटो रकमको भ्रस्टाचार गर्नुमा भ्याट चोर र तस्कर व्यापारीहरुलाई पनि मात गर्ने भ्रस्ट नेताहरु त् काठमान्डू मै बस्छन/

    भन्नमा फलाना र ढिस्का जिलाको भन्छन ई नेताहरु; तर भोट लिन मात्रै त् जान्छन आफ्नो जिल्लामा/ बाकि समय त् काथ्मान्दुमै अनेकौ भ्रस्टाचारको लिला रच्दै बसेको हुन्छ/ ईनिहरु आफै भ्र्स्ताचारी हुन् त् ईनिहरुको सिफारिसमा नोकरी गर्ने, कमाउ थाहूँमा सरुवा हुनेहरु ईमान्दार हुनै सक्दैन/ ईमान्दार बन्न खोजे टिक्ने दिंदैन/ ईनिहरुलाई रकम बुझायर जागिर खाने भ्रस्टहरुकै कारण आज शिछित बेकारी बढेको हो; संस्थानहरु डुबेको हो/यो संदर्वमा म आफैले भोगेको केहि कुरा तल प्रामाणित उदाहरण दिन्छु/

    शानेबानीको भ्रस्ताचारिको अखडा त्याहाको एजेन्सी साखा पनि हो/ त्यो शाखा आफै भ्रस्ट नभय पनि त्यो शाखामा ई नेताहरुले आफ्ना मान्छेहरुलाई इन्चार्ज बनायर लुटको अखडा बनाउंदै आयको थियो भन्ने प्रमाण २०३६/३७ सालमा दोलखा ट्राभेल यजेंसिले ८३लाख रुपिया खायकोलाई लिन सकिन्छ/

    दोलखा काण्डले चर्चित त्यो कुरा मैले आफैले पत्ता लगायर तत्कालिन लेखा निर्देशक श्री गोपाल प्रसाद राज बाहकज्युलाई रिपोर्टिंग गरेर त्यो यजेंसिको मालिक जगन्नाथ राजभण्डारीलाई (जो मेरो टोलिया मित्र पनि थियो) म आफै बिशेस प्रहरीमा गयर रिपोर्टिंग गरेर तेस्लाई जेल पठायको थिय र पछी यसै आघातको कारण उ मरेको समेत थियो/ मर्नु अघि मलाई भेटेर उसले मलाई उसको ज्वाईले सबै घपला गरेको र उ त्यो रकम तिर्न तयार भयको भनेको थियो/

    मेरै सल्लाहमा उसले ३० लाख रकम बुझाउन समेत आयको थियो तर अचम्मै सिट त्यो बुझाउन आयको रकन निगमले बुझ्नै मानेन/ त्यो रकम बोकेर आयको मैले आफैले देखेको थिय र रकम बुझाउन उसले लेखेको निबेदन मैले पढेको समेत थिय/ पछी त्यो निबेदन नै गायव गरियो/ तत्कालिन पर्यटक मन्त्रि रमेस नाथ पाण्डेको दवावमा उसको जफत गरियको घर गाडी सबै फुक्का गरियो र गिरिजा प्रधान मन्त्रि भयको बेला त्यो रकम उठाउन नसकिने भनेर मिनाह गरियो/ जवकी दोलखा त्राभेल्सको त्यो मालिक, श्री जन्गनाथ राजभण्डारीको तेती सम्पन्न र धनि परिबारको निमित त्यो रकम ठुलो रकम नै थियन/त् मिनाह किन गरियो भन्ने कुरा छर्लंग नै छ/

    यस्तो घटना पटक पटक भयको छ र निगमलाई यक होईन दुई होईन एउतै एजेन्ट बात दसौं करोडको नोक्सानी भयको छ तर सायदै कुनै बात रकम उठाउन सकेको छ/ प्रमाणको रुपमा माउन्टेन भ्वायज र हारती त्राभेल्सले बैंक मा रकम नभयको चेक बात गरेको दसौ करोडको घपलालाई लिन सकिन्छ/

    सन् २००३ तिर मलाई त्यो साखाको इन्चार्ज बनाईयो/ तेतिबेला महाभ्रस्ट कार्यकारी निर्देशक रामाज्ञा चतुर्बेदी थियो/ उसले मलाई दुईटा गलत काम गराउन खोजेको थियो र नमाने पछी मलाई दण्ड स्वरूप नेपालगंज सरुवा गरेको थियो/

    ०१. अमेरिकाको ट्राभेल प्रमोसन नामको यजेंटलाई दिने नहुने टिकट स्टक दिलाउन खोजेकोमा मैले उसलाई पहिलात आदर पुर्वक नियमले नमिल्ने भने/ उसले सबैलाई तर्साय झैँ मलाई पनि तर्साउन खोज्यो/ मैले मान्दै मानिन/ तेतिकैमा रामाज्ञा चतुर्बेदी उसको कान्छी श्रीमती लियर अमेरिकामा तेही यजेंट को पाहुना बन्न गयो र तेही बात उअले मलाई ट्रंक कल गरेर तुरन्त यजेंतलाई निगमको टिकट स्टक दिन हुकुम दियो/ त् मलाई झोंक चल्यो र अब यसलाई नफसाय नचेत्ने निर्क्यौल गरेर “सर तेसो हो भनेसो यजेंट सिट भयको सम्झौता नबिकरण भईसकेको र त्यो एजेन्टले राख्नु पर्ने बैंक ग्यारेन्टी राखी सकेको उल्लेख गरेर यउटा लिखित आदेस फाक्स गरि दिनुसन भने/ उसले तेसरिनै फाक्स आदेश पठाई दियो/ त् मैले यकातिर उसको आदेश उल्लेख गरेर केहि टिकट पठाई दिय त् अर्को तिर रामाज्ञा चतुर्बेदिले गलत कुरा गरेको प्रमाणित गरेर लिखित जानकारी सबैलाई दिईदिय्/ तव उसले उसको बाबुको बिबाह देखेको थियो/ पछी उसलाई अमेरिका घुमाउने त्यो एजेन्टले लाखौ डलर तिर्नु परेको थियो/

    ०२.जापानमा निगमको यक मात्र एजेन्टको मालिक पंकज राना नेपालको प्रधान मन्त्रीको राना श्रीमतीको आफ्नै मान्छे थियो/ त्यो एजेन्टले हरायक बर्स ईन्सेंतिभ(यक् प्रकारको बोनस) को नाममा उसले पाउनै नपर्ने करोडौंको रकम हरायक बर्ष सुत्तुक्क लिंदै गरेको थियो/ सन् २००३मा म त्यो साखाको इन्चार्ज थिय र मेरो पालामा पनि पंकज रानाको जापानी श्रीमती सुजुकीले त्यो रकम उठाउन आयो/

    मैले सम्झौता र नियम अनुशार त्यो रकम उसले नपाउने भने पछी उसले आफ्नो पहुँचको पावर देखाई हाल्यो/ निगमको कार्यकारी अध्यछ्य तेही फताह रामाज्ञा चतुर्बेदिनै थियो/ मन्त्रि विजय गच्छदार थियो र प्रधान मन्त्रि शेर बहादुर देउपा थियो/ अब तपाईहरु सोच्न सक्नु हुन्छ म माथि कस्तो दवाव दियो भनेर/

    रामाज्ञा चतुर्बेदिले त् मलाई बोलायर प्रधान मन्त्रि र पर्यटन मन्त्रिले समेत दिनु भनेको छ, मैले दिनुस भनेर लिखितमै दिनु भनेर आदेश दिई सके तैपनि तपाई के नियम के सम्झौताको कुरा गर्दै हुन्छ सुरुक्क दिनुस भने पनि/ त् मैले मान्दै मानिन र लिखित रुपमै त्यो एजेन्टले तेस्तो करोडौं को बोनस पाउने नपर्ने कुरा प्रमाणित गरि दिय पछी/ रामाग्याले मलाई मुख छाडेरै गालि समेत गर्यो/ यो कुरामा पछी अख्तियारले पहिला दिनेहरुलाई कसैलाई ८० लाख त् कसैलाई ३० लाख धरौटी राख्नु पर्ने बनायो/

    अनि त् के थियो र रामाज्ञा चतुर्बेदिले मलाई नेपाल गंज सरुवा गरि हाल्यो/ अनि मो सरुवाको कुरा पत्र पत्रिकाहरुमा पनि प्रकाशित भयो/ तेतिकै समयमा विजय गच्छादार पर्यटक सचिप रिद्दीबाबा प्रधान समेत नेपालगंज आयो र मलाई बिमान स्थलमै “केहो मदनजी तपाईं यउटाको सरु लाई लियर पत्र पत्रिका देखि लियर राजदरवार सम्म चर्चा हुने भनेर झपार्यो/ त् मैले गलत काम गराउन नसकेर सरुवा गरे पछी चर्चा भई हाल्छ्नी भनेर मुख भरि जवाफ दिय/

    तेतिबेला १२ जना पत्रकारहरु र पर्यटन मन्त्रालयको सचिप पनि विजय गच्छदार संगै थियो/ त् उसले किन गलत के गलत भनेर तर्साउन खोजे/ अनि मैले उसको आदेशमा जापानको हिमाल वर्ल्डको पंकज रानालाई दिन खोजेको करोडौंको बोनस अनिमियत र गैकानुनी भयको तेही प्रमाणित गरि दिय/ अनि त विजय गच्छदार अक्मकायर पत्रकारहरुलाई हेर्दै” तपाईहरु हाम्रै पार्टीको पत्रकारहरु हुनु हुन्छ, हाम्रो ई कुराहरु प्रकाशित नगर्नुस भने/ अनि उ सिटी रहेको पर्यटन सचिप रिद्दी बाबाप्रधान मन्त्रीले म सिट यक्लै भेटेर “मलाई ई मन्त्रीहरुले ठुलो दवाव दियर त्यो बोनस निकासा गराउन खोज्दै छ र मलाई तपाईंको निगम भित्रको जटिल कुराहरु थाह छैन मदन जी, के गर्नु हुन्छ के गर्नु हुँदैन लेखेर दिनुस भने/ मैले लग भाग १२ पाना निगम भित्र नेताहरुको दवावमा गराउंदै आयको गर्न नहुने कामहरुको विवरण लेखेर दिय/ मलाई जहा सम्म थाह छ रिद्दी बाबा प्रधानज्युले मैले गर्न नहुने भनेको कुनै काम गर्नु भयन/

    (गलत भय कानुन बमोजिम सहुँला बुझुला)

    Reply
    1. Arjun says:
      July 30, 2012 at 10:55 pm

      मदन जी,
      कृपया यौटा पुस्तक लेख्नुहोस, म किताब किन्ने मान्छे हैन, तर तपाइको पुस्तक पक्कै किन्छु.

      Reply
    2. Sisir says:
      July 31, 2012 at 10:40 am

      मदन जी तपाईहरु जस्तो राष्ट्र सेवक कर्मचारी २०-३०% मात्र भएपनि धेरै भ्रस्टाचार र अनियमिता बन्द हुन्थे होला … तपाईलाई मेरो अभिबादन ..

      Reply
  17. Sisir says:
    July 30, 2012 at 1:21 pm

    टप २० मा त फोरमका सबै जिल्ला (सप्तरी, सिराहा,धनुषा,महोतरी, बारा, पर्सा,मोरंग, सुनसरी, रौतहट आदि) पो रहेछ , छिमेकको राम्रो प्रभाव छ … अन्तकाले लुटे भन्थे लुट्ने मामला त तिनै गछादर, गुप्ता मार्का नै पो अघि रहेछन …
    तर मेरो बिचारमा सबै भन्दा धेरै ठुला ठुला परिणामको आर्थिक र नीतिगत भ्रस्टचार चाही काठमाडौँमा हुन्छ …
    खाने मामलामा सबै नेपाली उदार छन् …

    Reply
    1. Basant says:
      July 31, 2012 at 4:12 am

      मलाई पनि मन पर्यो मदन जी तपाइको तितो सत्य, पुस्तक त म पनि किन्ने … लाउडा, चेज धमिजाको बारेमा पनि लेख्नुस न भित्रि कुरा के के रहेछ एसका भान्से हरु को को रहेछ? तपाइको कथा राम्रो भए एउटा राम्रो फिल्म पनि बनाउन सकिन्छ कि ?

      Reply
      1. madan bajracharya says:
        August 1, 2012 at 12:04 am

        बसंतज्यु
        धमिजा काण्डको बारेमा/ धमिजा काण्ड यौटा ले पनि काठमांडू देसको सबै भन्दा ठुला भ्र्स्ताचारी को जिल्ला हो भनेर प्रमाणित गर्छ/

        यो धमिजा गिरिजा-सुजाताको हनुमान नै थियो/निगमलाई कंगाल बनायको यहि काण्डले हो र मैले यो सम्झौताको सुरु देखि बिरोध गरेको थिय/ तर म पर्यो जावो शाखा अधिकृत स्तरको व्यक्ति तापनि धमिजा फताहले जति लुट्न खोजेको थियो तेती लुट्न नसक्ने बनाउनुमा मैले आफ्नो तरफ बात जागिरको माया मारेरै प्रयत्न गरेको थिय/ कति समस्या मैले भोग्नु पर्यो भनेर म के बयान गरु?

        मलाई तह लगाउन नसके पछी धमिजाले मलाई र मार्केटिंग विभागको बि के सिंहलाई धमिजाको लण्डनमा जागिर दिने भिसा मिलाई दिने समेत प्रस्ताव धमिजा आफैले गरेको थियो/ तर हामि दुवै जनाले त्यो अस्विकार गरेको थिय/

        अब धमिजा काण्डको बारेमा/
        कुरा सुरु भयको सन् १९९२ तिर थियो/ तेतिबेला गिरिजा प्रधान मन्त्रि थियो भने निगमको कार्यकारी अध्यछ्य भुवनेस्वर दैबग्य थियो/म अर्थ विभागको बिल्लिंग युनिटको इन्चार्ज/ सुरुमा शानेबानिको युरोपको जी यस य सम्भंदी सम्झौता जर्मनको दसेल्दर्फ़मा सुजाताको श्रीमान् जोस सम्भंदित एजेन्ट सिट हुन् लागेको थियो/ त्यो सम्झौता गर्न जाने टिममा निगमको तर्फ बाट मार्केटिंग विभागको आर आर उपाध्या; मेरै विभागको प्रबन्धक यादव लामिछाने अनि मेरो नाम पनि थियो/

        मेरो विभागको निर्देशक उपेन्द्र उपाध्यायले मलाई सुत्तुक्क बोलायर जर्मनमा सम्झौता गर्न जाने परिपत्र; जर्मन सम्म जाने टिकट र भत्ता बुझ्ने पत्र हातमा थम्यायाको थियो र भनेको थियो “यो बारेमा बढी नबोल्नुस सुत्तुक्क सम्झौता पत्रमा साछिमा सहि गरेर आउनुस/

        तेतिबेलाई मैले उपेन्द्र उपाध्यायलाई म यो सम्झौताको ड्राफ्ट नहेरी नजाने भने पछी बडो मुस्किलले मलाई त्यो सम्झौताको ड्राफ्ट दियको थियो/ मैले त्यो सम्झौता अद्योपान्त पढे पछी रन्थनियर उपेन्द्र उपाध्यायलाई “यो त् निगम नै बेच्ने सम्झौता भयो र म यस्तो सम्झौता गर्न जर्मन जान्न” भने”/ मलाई उहाले गर्नु गालि गर्यो/ तव मैले त्यो सम्झौतामा २४ बुंदाहरु निगमको निमित घातक हुने कुरा भयको विवरण लिखित रुपमै दिय/ तव उपेन्द्र उपाध्यायले ” के गर्ने मदनजी बालुवाटारको कडा निर्देशन छ सम्झौता त् गर्ने पर्छ; अब बढी नबोल्नुस र जर्मनमा पनि केहि बोल्नु परे अंग्रजीमा नबोल्नुस नेपालीमा आर आर उपाध्याय सिट कुरा गर्नुस,तर यो सम्झौता गर्नै पर्छ” भनेको थियो/ तव म जर्मन जादै नजाने भनेर उसको कोठा बाटै फर्केको थियो/

        पछी त्यो जोस्ट सम्भंदित एजेन्सी iata को पनि एजेन्ट भयको कारणले निगमको युरोपको यजेंसी लिन नपाउने नियमले गर्दा त्यो सम्झौता गर्ने प्रक्रिया रोकियो/ तव धमिजालाई अघि सारेको थियो/ रातोरात त्यो धमिजाको fare limited भन्ने कम्पनि लण्डनमा आधिकारिक पुंजी यक पाउँद!!!!! देखायर दर्ता गरियो/यक पाउँद पुंजी भयको कम्पनि र रास्ट्रिय धोजा बाहक सरकारी निगमको बिचमा सम्झौता हुनुले नै प्रमाणित हुन्छ कि त्यो सम्झौता कति घिन लाग्दो तरिकाले भयको थियो भनेर/

        त्यो सम्झौता पछी धमिजा नै अघोसित कार्यकारिणी अध्य्छ्य बन्यो निगममा/ धमिजा सिटी लण्डनमा किनेको टिकट भयकोले बाहेक अरुले निगमको जहाजमा सिट समेत नपाउने भयो/ यसको सिकार कांग्रेसको जल्दो बल्दो नेता बल बहादुर समेत भयको थियो र उसले निगमलाई लेखेरै त्यो बारेमा जानकारी गरायको थियो/ तर गिरिजा सुजाताको धमिजालाई छुने को?

        तर धमिजाको दुर्भाग्य मेरो शाखा थियो/ उसले बेचेको सबै टिकट प्रयोग गरेर उड्ने यात्रुको विवरण मेरै शाखामा आउंथ्यो त् त् मैले उसको कर्तुतहरुको बारेमा निरन्तर विभागीय प्रमुखहरुलाई लेख्न थाले/ म माथि तेतिबेला के मात्रै दावाव पर्यो परेन भनेर अनुमान गर्न सक्नु हुन्छ/

        याहा निर मेरो बारेमा मित्रहरुलाई के हि भन्छु; म सिट कुनै नेताको सिफारिस थियन/ निगमको कर्मचारी संगठन र केहि निर्देशकहरुमा अदित विभागको जितेन्द्र बहादुर राजभण्डारी नै मेरो प्रमुख बल थियो/

        धमिजाको यजेंसिको हैसियत जनरल सेल्स यजेंसिको भयको कारण उसले निगमको टिकटमा नियम अनुशार पाउने कमिसनको अतिरिक्त ३% प्रतिसत थप कमिसन पाउँथ्यो/ यो अंतर्रास्त्रिय नियम नै हो/ निगमले यहि नियम अघि सारेर आफ्नो पावर देखायर निगमका उल्लु हाकिमहरु बात त्यो धमिजाले अरु बिमान कम्पनीले जारि गरेको तिकथारुमा पनि ३% कमिसन दावी गर्यो र हाम्रो संचालक समितिले त्यो कुरा सकार्यो/

        अनि अर्को डेपुटी निर्देशक ypshrest (अहिले अमेरिका मै) ले सो रकम धमिजालाई उपलब्द गराउन मलाई लिखित आदेश दियो/तेती बेला धमिजा उ सिट कुर्सीमा बसेको थियो/धमिजाले दावी गरेको संचालक समितिले दिने निर्णय गरेको त्यो रकम बर्षको ३०सौ लाख भन्दा बढी हुने थियो/

        मैले तत्कालै त्यो कुरा नियमको बिरुद्ध हुने भने/ तव मलाई ypshresth ले झपार्दै संचालक समितिले सदर गरेको कुरामा बढी कुरा नगर्नु तुरन्त धमिजालाई यसको क्रेडिट भौचर जारि गर्नु भने/ मैले म यो नियमको आदेश मान्न असमर्थ भयको टिप्पणी उसको आदेस पत्रमै लेखेरै टेबुलमा फालेर फर्केको थिय/ तव म संग संगै धमिजा कुर्लंदै मेरो कोठा सम्म आयको थियो र मलाई “आई विल सी यु” भनेर धम्क्यायाको थियो तव मैले धमिजालाई तिमीलाई जे गर्नु छ गर्नु र मलाई मेरो कोठामा आयर धम्क्याउने काम नगर्नुस जे भन्नु छ हाकिमहरुलाई भन्न जानु भनेर फर्कायको थिय/

        तव भित्र भित्रै मेरी जागिर संकटमा परि सकेको थियो र मलाई तेस्को आभास समेत भयको थियन/ तेतिबेला मलाई अदित विभागको मेरो शुभ चिन्तक निर्देशक जितेन्द्र बहादुर राजभण्डारीले बोलायर के गरेको मदन संचालक समितिको निर्णय पनि नमान्ने भनेर टिप्पणी उठाउने? भन्नु भयो र नियम उपलब्ध गराउने सलाह दिनु भयो/

        तव मलाई ठुलै समस्या परेको थियो त्यो धमिजालाई त्यो रकम दिनु नपर्ने नियम निगमको आफ्नै नियम थियन अंतर्रस्त्रिय नियम थियो तर त्यो नियम निगमले पनि मान्ने पर्थ्यो/ त्यो नियमको बारेमा जान्न बुझ्न निगमले पहिला जेनेभा र सिंगापुरमा ट्रेनिंगमा मलाई पठायको थियो/ तर म सिट त्यो नियम सम्भंदित किताव थियन/ तव मैले iata को montrel स्थित केन्द्रिय कार्यालयमा सबै वृतान्त उल्लेख गरेर त्यो किताव उपलब्ध गराउन अनुरोध गरे / iata ले त्यो किताव मलाई दि यच यल बात निशुल्क नै पठाई दियो/

        तव त्यो किताव मैले जितेन्द्र बहादुर राज भण्डारीलाई दिय र उहाले त्यो नियमको बारेमा संचालक समितिलाई लेख्नु भयो र धमिजालाई दिने भनेर पहिला गरेको निर्णय खारिज भयो/ जितेन्द्र बहादुर राजभण्डारीलाई पछी जागिर बात अबकास दिईयो/

        धमिजाले निगमलाई फर्जी टिकट समेत काटेर ठगेको थियो/ तेस्ती २२ वटा टिकट हरु र निगमले उसको कम्पनि सिटको यजेंसी सम्झौता खारिज भई सके पछी पनि लग भाग ४०० वटा टिकट यजेंसी सम्झौता खारिज भयको मिति भन्दा पहिलाको मिति राखेर बेचेको तर निगमलाई तेस्को बिक्रि रकम नबुझायको कुरा प्रमाण सहित मैले विभागलाई जानकारी लिखितमै गरायको थिय/ तेती प्रमाणले नै धमिजालाई मुद्दामा सजिलै सिट हराउन सकिन्थ्यो/ तव मलाई धमिजा सिटको मुद्दामा आबस्यक हुने कागजात र कुरा खोज्ने समिति बाटै निकाल्यो र मैले पेस गरेको कुनै प्रमाण लण्डनको कोर्टमा पेस नै नगरी धमिजा सिट ५५ करोड दियर मिलापत्र गर्यो/

        त्यो मिला पत्र गरिने अघिल्लो दिन लण्डनको अदालतमा धमिजाको मुद्दाको पेसी थियो/ तेतिबेला कोर्टमा जाने निगमको यक जना प्रबन्धक ज्युले लण्डनको कोर्टमा ल्याउनु पर्ने कागजात ल्याउन भुलेको भनेर पेसीमा परेको मुद्दा फैसला हुनु बात रोकेको थियो र तेस पछी शेर बहादुर देउपाको मन्त्रि मण्डलले धमिजालाई ५५ करोड दिने लगाउने निर्णय भयको थियो/

        Reply
  18. Sandeep Rimal says:
    July 30, 2012 at 12:37 pm

    हाहाहा सबै भन्दा चोर ठाउँ काठमाडौँ नै टप टेन को लास्ट मा परेछ कसरि पत्याउने हामीले?

    Reply
  19. Ujjwal Acharya says:
    July 30, 2012 at 12:31 pm

    एक हिसाबले एउटा खाले मापन त हो तर जिल्लाको जनसंख्यासंगको अनुपातमा हेर्दा के देखिन्छ त्यो पो सहि मापन हो कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme