सामान्यतया पत्रकार कुटिँदा अरु पत्रकारहरु कोकोहोलो मच्चाउँछन्, चाहे त्यो जाँड खाएको बेलामा भएको झगडाका कारण कुटिएको होस् वा विकृति पर्दाफास गर्न चलाएको कलमका कारण। यस पटक भने अलि फरक भयो। हिरोइन रेखा थापाले सौर्य दैनिकका एक पत्रकारलाई कुट्दा त्यसरी हात हालिहाल्न चाहिँ नहुने थियो, कानुनी रुपमा अघि गए हुन्थ्यो भन्नेको आवाजै दबियो। बरु पत्रकारहरुले नै यस्तोसम्म भनेको सुनियो- पहिलो पटक पत्रकार कुटिँदा कुटाइ खानेप्रति सहानुभूति जागेन!
आखिर किन? किन भयो यस्तो ?
कुरा गाइजात्राको हो। गाइजात्राको दिन सौर्य दैनिकले रेखा थापाको मिनी स्कर्ट रहस्य शीर्षकमा चिरन्जीवी पौडेलले लेखेको एउटा अश्लील शब्दहरुले भरिएको लेख छाप्यो। त्यो लेखलाई सौर्य दैनिकको अनलाइन र अनलाइनखबरले इन्टरनेटमा राख्यो।
त्यो कुनै व्यङ्ग्य थिएन। अश्लीलताको हद थियो। मैले त त्यसलाई पूरा पढ्न पनि सकिनँ। हाँस्ने हैन, घिन लाग्ने कुरा थिए त्यसमा। व्यङ्ग्य नै गर्ने हो भने पनि नामको सङ्केत आउने गरी केही लेखेको भए हुन्थ्यो। तर त्यसको भाषा र प्रस्तुति पूरै घिनलाग्ने खालको थियो।
गाइजात्रा कै दिन पत्रकारहरुले यसको कडा आलोचना गरेका थिए ट्विटरमा
In the name of #Gaijatra, should anybody be allowed to stoop so low. Saurya doesn't have an editor?? http://t.co/GorsFjp6
— Somesh ! (@SomeshVerma) August 3, 2012
यति भद्दा गाइजात्रा ब्यङ्ग | छाप्ने सौर्य, सार्ने onlinekhabar र समग्रमा पत्रकारितालाइ राम्रो भएन| http://t.co/pmwoMrZI @Sarita_Giri @anbika
— उज्ज्वल आचार्य (@KANepal) August 3, 2012
Worst-ever #GaiJatra satire I've ever read! Published by Sourya http://t.co/Bpty0Q8Q Copied here http://t.co/thyzfuj2 @Sarita_Giri
— Ujjwal Acharya (@UjjwalAcharya) August 3, 2012
हिजो यही विषयमा आपत्ति जनाउन रेखा थापा सौर्य दैनिकको कार्यालयमा पुगेकी रहिछिन्। सम्पादक बोधराज त्रिपाठी र त्यो लेख लेख्ने चिरन्जीवी पौडेलबीच चर्काचर्की पर्दा रेखाले कुन आधारमा यस्तो लेख्नुभो भनी सोधिछिन्। पौडेलले कल्पनाको आधारमा भनेपछि रेखाले एक चड्कन लगाएर मैले पनि कल्पनामा हानेको भनिछिन्। सँगै रहेका प्रत्यक्षदर्शी फिल्मकर्मी सुरेशदर्पण पोखरेलका अनुसार रेखाको हातमा रहेको साउने चुरा फुटेर पौडेललाई घाउसमेत लाग्यो।
विवाद बढेपछि सम्पादक त्रिपाठीले आफू पोखरा गएको हुनाले सम्पादन गर्न नपाएको भन्दै माफी मागेछन्। उनले अनलाइनबाट पनि त्यो सामाग्री तुरुन्तै हटाउने वचन दिएछन्।
पछि दुई पक्षबीच यो कुरा सार्वजनिक नगर्ने सहमति भएको रहेछ। तर रेखाले आफू निकटका पत्रकारहरुलाई मैले त थप्पड हानेँ भन्दै सुनाएपछि यो कुरा सार्वजनिक भएको थियो। कुरा सार्वजनिक भएपछि पौडेल आफैले पनि फेसबुक स्टायटसमा यस्तो लेखेका थिए-
गाइजात्रे सामग्रीको विषयलाई लिएर देखा थापाले आज दिउसो मलाई मेरै अफिसमा आएर घाटीमा रगतै आउनेगरी नंग्राई। टिटानसको सुई लगाउ कि रेविजको ?
दोष कसको ?
सार्वजनिक भएपछि यो प्रसङ्गले पत्रकारहरु माझै पनि धेरै चर्चा पायो। धेरैले पत्रकार स्वयंले जिम्मेवारी बिर्सेकोले पहिलो दोषी पत्रकारै रहेको तर्क गरे। यस्ता केही पत्रकारहरुले गर्दा समग्र पत्रकारिता पेशा नै बद्नाम हुने गरेकोमा पनि उनीहरुले आलोचना गरेको देखियो।
प्रेस स्वतन्त्रताको बारेमा कुरा गर्दा मलाई सँधै पत्रकारिताका गुरु लालदेउसा राईले भन्नुभएको एउटा वाक्य याद आउँछ- वास्तवमा प्रेस स्वतन्त्रता भनेको निरामयी, निराकार विष्णु भगवान जस्तो हुँदै हैन। यसका पनि सीमितता हुन्छन्। पत्रकारिताले समाजप्रति जिम्मेवारीबोध गर्न जरुरी हुन्छ। रेखा थापाको पेन्टीको कुरासित प्रेस स्वतन्त्रतालाई लगेर जोड्नु पत्रकारिताको अपमान हो। त्यसै पनि यहाँ जस्तो प्रेस स्वतन्त्रता विश्वको कुनै मुलुकमा पनि छैन होला।
गाइजात्रामा यो मात्र हैन, हास्य कलाकारहरुको प्रहसनले पनि सीमा नाघेर अश्लीलता प्रदर्शन गरिरहेका हुन्छन्। गाइजात्रामा अश्लीलता भित्र्याउने कुसंस्कृति कहाँबाट पस्यो ? यसलाई नियन्त्रण गर्न अत्यन्त जरुरी छ। समयमा नियन्त्रण नभएकोले नै व्यक्तिगत लाञ्छना लगाउने भद्दा मजाक यसरी छापिएको हो। जाँड खाएको मान्छेले पनि दायाँबायाँ कोही नचिनेको मान्छे छ कि छैन हेरेर मात्र भन्ने यस्ता जोकलाई पत्रिकामा छापेपछि त्यसलाई प्रेस स्वतन्त्रताको आवरणमा लुकाउन पाइँदैन।
स्वतन्त्रताको नाममा स्वच्छन्दता उपयोग गरिरहेको पत्रकारितालाई लगाम लगाउन अर्ध न्यायिक संस्थाका रुपमा प्रेस काउन्सिल हुनुपर्थ्यो। तर यो अहिले सत्तारुढ दलको कार्यकर्ता भर्ती गर्ने थलोको रुपमा सीमित छ। छिमेकी देश भारतमा न्यायाधीश भइसकेकाहरु प्रेस काउन्सिलको नेतृत्व सम्हाल्छन्। भारतमा रहेका नेपाली समुदायलाई होच्याउने गरी वाचम्यान भन्दै व्यङ्ग्य गर्यो भनेर त्यहाँको प्रेस काउन्सिलले एउटा एफएमलाई केही दिन प्रसारणै रोक्ने सजाय दिएको थियो। हामीकहाँ त्यस्तो केही हुन्न। भर्खर पत्रकारिता थालेकाहरु आफूलाई अर्कै ग्रहका प्राणी जस्तै अलग र विशेष ठान्दै त्यही अनुसारको सुविधा हुनुपर्ने ठान्छन्।
रेखाले पनि हातै हाल्ने गरी गल्ती त गरेकी हुन्। तर त्यस्तो गल्तीका लागि उक्साउने काम कोबाट भयो त्यो पनि महत्त्वपूर्ण हुन्छ। तोडफोड, कुटपिट, कानुन हातमा लिने जस्ता कार्यको कसैले पनि समर्थन गर्नु हुँदैन। तर आफूमाथि त्यस्तो भद्दा जोक गरिएको बदलामा भित्री पेजको कुनै सानो ठाउँमा ‘माफी’ मागेका शब्द पर्याप्त हुन्छ भने रेखाले उठाएको हातलाई पनि उनले एक पटक ‘सरी’ भनेपछि किन पूर्ति नहुने ? यो पनि सोच्ने हो कि ! तर फेरि यसैलाई नजिर मान्दै आफूलाई मन नपरेको कुरा लेख्यो भन्दैमा ठटाइहाल्ने काम सुरु हुने हो भने यसले निकै गम्भीर दुर्घटना निम्त्याउनेछ।
यो घटनाले पत्रकारिताको नाममा जे गरे पनि हुने भन्ने पत्रकारहरुले शिक्षा लिन जरुरी छ। जस्तै गल्ती गरे पनि पेशागत आधारमा सबै पत्रकारको साथ हुन्छ भनेर नसोचे हुन्छ भन्ने यही घटनाले देखाइसकेको छ।
पत्रकारहरुलाई यो कुरा को ज्ञान हुनु पर्छ कि कुन, के, कहाँ, कसको, कसरी शिर्षकोको चर्चा उठाउने भन्ने, अब अरुले लगायको खायको चियाएर हिने पछी त्यसले थप्पड हैन लात पनि खानु पर्ने हो..!
अब कुरा नेपाली चलचित्र कर्मीहरुको त्यो नगर्दा नै बेस होला, किनकि नाटकीय रंगशालामा को कति बेला राम र रावण बन्ने हो समयले बताउछ..
कुरा बुझ्नुस घर तिर कुद्नुस.. बित्था मा टाउको नदुखाऊ..
यो सबै कमेन्ट हरुलाई हेर्दा मलाई के लाग्यो भने ‘संदेश’ जी ले अन्तिम मा लेख्नु भएको ‘रेखाले श्रीमान संग संगै नबसे नि … ‘ चाही अलि चित्त बुझेन सो अन्तर्वार्तामा रेखालाई श्रीमान संगै हुँदाको प्रसंगमा सोधिएको प्रश्नमा उनले २ हप्ताको एक-दुइ चोटी शारीरिक सम्पर्क हुन्छ भनेकी थिइन् र अर्को प्रश्नको जवाफमा उनले श्रीमान संग सम्पर्क गर्न त समय हुन्न अरु कोहि संग सोच्न पनि सकिन्न भनेकी थिइन् … त्यसैले यस्तो भ्रामक कुराहरु लेख्नु अगाडी हल्का सोच्ने र रिसर्च गर्ने बानी पो बसाल्ने होकी? आखिर यो त कसैको अश्मिता को सवाल हो ….
ये तेस्तो पो थियो अन्तरबार्ता ? मैले गलत बूजेजस्तो छ | धन्यवाद श्यामजी |
बढी बोल्दैमा पत्रकार हुँदैन पत्रकार ले धेरै कुरा हरु सुधार्नु जरुरि ६ पत्रकार भय भन्दैमा मनपरि गर्ने ?
पत्रिका कार्यालयमै पुगेर पत्रकारमाथि आक्रमण गर्ने रेखाजीको मति बिग्रिएको हुनुपर्छ । पत्रकार र स्वतन्त्र पत्रकारिता माथि दाग लाग्ने गरि साथीहरुले दिनुभएको प्रतिक्रिया प्रति मेरो पूरै असहमति छ । फिल्म खेल्ने बाहनामा र कथा बस्तुले मागेको भन्दै समाजलाई करुपता तर्फ धकेल्ने कलाकार र नेपाली कलाकारिताको सही चित्रण थियो त्यो लेख । ल आजैं आम नेपालीहरुको प्रतिक्रिया लिगौ. रेखाजी प्रति उनीहरुको धारणा के रहनेछ । आफ्ना आफन्तसँग बसेर हेर्न समेत लाज लाग्ने फिल्म बनाउने र खेल्नेहरुले अब पाठ सिक्नैपर्छ । रेखाजी एक पल्ट आफैले खेलेका फिल्म आफैले हेर्नुहोस् त अनि बल्ल आफूलाई चिन्नुहुनेछ ।
होइन अचेल फिल्म देखि पत्रकारिता सम्म अश्लिल कुरा बढेर गए है साथी हो/ येश्को मापदण्ड के हो? कोसैले बुझेको देखियन /
चित्त नबुझेको भए कानुनी उपचार खोज्नु पर्थ्यो “मिनिस्कर्ट” नानीले| मलाई नि यो नानीले स्वतन्त्र प्रेस माथि लगाएको झापड चित्त बुझेन भनेर यो नानीको घरमा पुगेर थप्पड हान्न जाने हो भने कानुनी राज्य कहाँ पुग्छ?
हाम्रो नेपालमा जे कुरामा पनि गुण्डागर्दी चल्छ| जो कोहिले पनि आफ्नो माग पुरा गराउन नेपाल बन्द गर्छ र अरुको स्वतन्त्र हिड्दुल गर्ने र ब्यबसाय गर्ने अधिकारलाई जबर्जस्ति कुण्ठित बनाउछ| कहिँ सवारी दुर्घटना भयो भने सार्बजनिक बाटो घन्टौ र कहिले दिनौ बन्द गर्छन| यो कानुनि राज्यमा हुने कुरा होइन| अब कानुनी राज्यको सार्थकता किन नेपालमा समाप्त हुँदैछ भन्ने कारण खोज्ने हो भने मेरो पोस्तिन्ग्मा देखिएको नेपाली जनताको रातो झन्डाहरु भन्दा अरु खोजि राख्नु पर्दैन|
कानुनी राज्य जिन्दाबाद||||
गुण्डागर्दी मुर्दाबाद||| (चाहे त्यो जो सुकैले गरेको किन नहोस|)
नेपालाँ कानुन बलियो गाराउनी हो भन्देखि रेखा थापाको चड्कन को नि बिरोध गर्नु पर्छ, हैन जस्तो चलिरहा तेस्तै चालोस भन्नि हो भन्देखि , चलिरखोस !
पछाडी फर्किनी हो भने, देवीप्रसाद ले चड्कन हान्दा नै कानुनी राज्य को खिल्ली उडिसक्यो, सबैले वाह वाह गर्दा, नेपालमा कानुन को कहिलेइ मान्यता हुनी भएन भन्ने थोरै मध्ये मा एउटा थिए |
हातै हालेर त्यसो नगर्नु परने हो| रेखाको गालामा सो कथित पत्रकार बन्धुका कोहि महिला मित्रले लुछी भने रेखालाई फेरी फिल्म खेल्न नपाइने अनुहार होला| काँचको घरमा बस्नेले अरुको घरमा ढुंगा हान्नु हुँदैन भन्छन|
अर्को कोणबाट हेर्ने हो भने जथाभावी लेखेर कसैले केही गर्न सक्दैन भन्ने भावना होला पौडेलजीको मनमा| मानहानीको मुद्दा हाले अदालतले यस्तो मुद्दा बर्षौ लाएर धन र इनर्जी खर्चे पछी पनि समयमा निष्कर्षमा पुग्ने होइन|
अदालतप्रति समयमा न्याय दिलाउने भरोसा नभएर यस्तो भएको हो|
बरु यस्तो नंग्रे सजाय त् अस्ति आंगकाजी प्रेस सम्मेलनमा जर्नलिस्टको ज्याकेट लाएर एक्टिभिस्ट हुने कथित पत्रकारलाई पनि दिन परने हो|
दुइचार कुहिया आलुले मेडियाको छवी बिगार्दै आएको छ, सचेत हुनपर्यो|
कतिले हद नाघेर लेख्ने गरेका छन्, त्यस्तालाई नंग्रे र मुड्की सजाय नभए के दिने?
डाक्टर, इनजिनियेर, ओकिल….. जस्तै पत्रकार लाई पनि केहि मापदण्ड बनाउनुपर्यो… लाईसेन्स वा सटिफिकेट को बेबस्था गर्नुपर्यो… level छुठआइदिनुपर्यो….. A B या C …. मिडिया मा काम गर्योकी पत्रकार, एस्तो सिस्टम हटाउनुपर्यो..
यी बिकाउ पत्रकार का लागि यो एउटा संदेश हो तर सबै लाइ तेही आँखाले हेर्नु गल्ति हुन्छ | नेपालको मिडिया छाडा भएको भने सत्ते हो पत्रकारले र मिडियाले कम्तिमा राष्ट्रिय सबालमा आफ्नो अनुसासन कायेम गर्नु पर्छ |
संदेश जी, माफ गर्नुस ! तपाइको कमेन्ट मा तुक छैन. रेखा जी को व्यक्तिगत चरित्र र व्यतित जीबनका कुरा यो अहिलेको थप्पड संग जोडेर अपमान गर्नु भाछ. यो गलत हो. म रेखा लाइ चिन्दिन, जान्दिन, मेरो कोहि पर्दैन, तर म र उनि संग को नाता नेपाली हो/ अनि गलत सधैं गलत नै हो. चाहे त्यो १०० जनाले होइन भनोस या १००० ले हो भनोस.
रेखाले दिएको छाडा अन्तरबार्ता ले गर्दा लेखेक महोदय लाइ एस्तो लेख्न प्रेरित गरेको हो कि जस्तो लागेको हो मलाई , तेसैले बिगतको अन्तरबार्ता कोट्याएको हो मैले | अनि उनले भौतिक कारबाही मा उत्रिनु पर्ने देक्दिना मैले , एदी व्यक्तिगत मानहानी /तनाब आदि भएको भए नियामक निकाय जस्तै प्रेस काउन्सिल , जिल्ला प्रसासन अथवा अदालत जान सक्थिन |
झापड पाउनु पर्ने मान्छे ले पाएछ …………………ठिकै भो
झलनाथ ले झापड खादा प्रधानमन्त्री भयो अब यो चिरन्जिबी मोरा के हुने होला ????
एक थप्पड मात्र भेटेछ बज्जियाले, त्यो बज्जियाको फुर्सद छ भन्दै मा बेसरम लेख छापेर
आफु वाह वाह को पात्र बनेर छिट्टै प्रख्यात बन्ने ? अनि बेफ्वांकमा रेखा थापा चाहिं प्रहरी चौकी जानु, उजुरी गर्नु, अनावश्यक तनाबमा रहनु, अनि कहिले निसाफ पाउनु ? कसैको व्यक्तिगत जिबन कसैकोलागि मजाकको पात्र किन ? अब पढे लेखेका हरुले एस्ता निच काम गरेपछि कहिले कहिँ थप्पडको पुरस्कारले सम्मान गर्नु उचित देखिन्छ.
नेपालमा, नपरे सम्म, नभोगे सम्म, थप्पड नखाए सम्म कुनै चेतना आउदैन. तेसैले यो थप्पड समय शापेक्छ्या छ. तर रेखा जी एस्तो फर्मुला सधैं उचित नगर्नु होला. भविष्यमा १०० पटक सोचेर मात्र फेरी थप्पड …………………………….///
ठिक गरेछन रेखा ले….. पत्रकार हरु पनि हद नाघ्दैछ … चाहिने ठाउमा लेख्दैन खालि तिनै हेरोइन,हेरो हरु को छबी नै बिगार्ने तिर मात्रै तल्लिन छन्…….
देस को स्वाधिनता लाइ रछ्या गर्न लाइ अग्रसर हुनु पर्ने इ देसका तेस्रो अंग मानिने पत्रकार को बेबहार नै राम्रो नभए पछि एस्तो नहोस पनि कसरि,,,,,,
अझै हेर न power news चलाउने प्रेम बानिया को बोलि….देसको प्रधान मन्त्रि जस्तो पद मा आसिन जसले देस हाकी रहेको छ. उनलाई प्र.म को दर्जा दिन त कहाँ हो कहाँ खाली सर सर मात्रै भनि सम्वोधन गर्छ अनि येस्ता ले कुटाइ न खाए कसले खान्छ ………………………….
ओलम्पिक र क्युरियोसिटि हेर्दै, मिनिस्कर्ट र नेपाल-बन्दमा कमेन्ट गर्नु परेको छ,
धेरै पीडाहरुको भिडमा यो पनि त पिडा नै हो, पत्रुकारलाइ नै पत्रकार भन्नु परेको छ !
कानुनी उपचारको बन्दोबस्त त राज्यले गरिदिएकै थियो !
कानुन हातमा लिने हुदा, कलाकार-पत्रुकार एकै लेबलमा पर्यो !
सभ्य संस्कृती, भद्दा विकृती बन्न पुग्यो,
एउटा पत्रुकार, मिनिस्कर्टको पछी पर्यो !
पढ्नमा रमाइलो . तर झोल बढी भएको कबाब जस्तो . मसला र झोलको balance हुनु जरूरी छ .
वास्तवमा , यो सामग्रीमा सार कुरा भन्दा असार प्रसंग र शब्दहरु को भरमार छ .
शायद , तेही कारणले रेखाको हात सल्बलायो . मुट्ठी उजायो .अनि , उखरमाउलो ‘पत्रकार’को गालामा बज्रन पुगेको हुनु पर्छ . आशा गरौँ , आइन्दा तेस्तो हुने छैन .
नेपालमा पीतपत्रकरिता अति नै हदसम्म बढेर गएको छ | कसैलाई कोहीप्रति बदला लिनु छ वा कसैको बेइज्जत गर्नु छ भने नेपालमा सबैभन्दा सजिलो उपाय भनेको यस्ता पीतपत्रकरहरुलाई पैसा खुवाउनु वा हातमा लिनु हो | यस्ता पीतपत्रकारहरुले कसैको अनर्गल चुक्लिका आधारमा सोधीखोजी नै नगरी जे पनि लेखिदिन्छन र अनर्गल समचारपीदितहरुको खण्डन समेत छापिदिदैनन | कतिपय पीतपत्रकारहरुले आफुलाई साहसिक देखाउन, आफ्नो राजनैतिक आस्थाका कारण अन्य राजनैतिक आस्थाको व्यक्तिलाई निचो देखाउन र बेईज्जत गर्न सामान्य कुरालाई पनि अतिरन्जित गरेर र कसैले कसैलाई सानो आरोप लगाएको छ भने मौका यही हो भनी आफ्नोतर्फबात पनि अनर्गल कुरा थोपरेर र अर्थको अनर्थ लगाएर लेख्ने गर्छन | यस्ता आलाकाँचा, अल्पज्ञानी पीतपत्रकारहरुले आफुलाई आफैले खुबै ठुलो, धेरै जान्ने र सबैले मान्नुपर्ने व्यक्तिका रुपमा लिन्छन | बुटवलमा पनि यस्ता पीतपत्रकारहरु धेरै छन् | झुठो लेखिदिने र खण्डन समेत नछापिदिने यस्ता पीतपत्रकरहरुलाई हामीले पनि मान हानी र चरित्र हत्याको मुद्दा हालेका थियौं र पीतपत्रकारहरुले लेखेको शतप्रतिशत झुठो र चरित्र हत्या गर्ने नियतले लेखेको ठहर भै ती पीतपत्रकारहरुलाईं जरिवाना भएको थियो | मैले पनि रेखा थापाबाट ठुलो हौसला पाएकी छु, पीतपत्रकारलाई चड्कन लगाउन | मेरो पनि रिस मरेको छैन | रेखा जीलाइ धेरै धेरै धन्यवाद र बधाई छ |
सत्यतथ्य र सोधीखोजी गरेर लेख्ने पत्रकारहरुप्रति मेरो प्रगाढ श्रद्धा र सम्मान छ | केही दुस्ट, दुराग्रही, भेडा र हावादारी पीतपत्रकाहरुले गर्दा राम्रा आदरणीय पत्रकारहरुलाई पनि असर पुग्न सक्छ र पुगेको पनि छ | झुठो, नितान्त व्यक्तिगत कुरा , र बेईज्जत गर्ने नियतले अतिरन्जित र अनर्गल कुरा लेखिदिदा ती व्यक्तिहरुलाई कति दुख हुन्छ होला, पीतपत्रकारलाई के थाहा | त्यसैले पीतपत्रकारहरुलाई पनि अरु अपराधी सरहको कारबाहीको व्यबस्था हुनु जरुरी छ | जे लेखे पनि कारबाही नहुँदा नै पीतपत्रकारहरुको मनोबल बढेको हो | पीतपत्रकारहरुको कारबाहीमा राम्रा पत्रकारले पनि साथ दिनु जरुरी छ |
कुरा अश्लिलता एवं शिलता को होइन कुरा इमान्दारिता को हो सबै ले आफ्नु तर्फ बाट इमान्दारिता देखाउनु पर्यो , आफ्नु सिमा मा बस्नु पर्यो अनि मात्र सभ्य समाजको बिकाश सम्भव छ सस्तो लोकप्रियताको ब्यापार गर्न कसैलाई पनि छुट हुनुहुन्न , कलाकारको पछी पत्रकारहरु संसार भरिनै लागि परेका छन् तर पनि आफ्नु सिमा हुन्छ !~, सिमा नाघेर आफुलाई साचै नै म के न हुँ भन्ने मानसिकताले ग्रसित हाम्रो पत्रकार जगतमा अनुशासनको ठुलो खडेरी परेको देखिन्छ ! मान्छे ले भन्न नसकी राखेका हुन अप्ठेरो पर्ला साथी हो तपाईं हरुको गुण्डा गर्दी पनि राजनीति गर्नेहरुको जस्तो बढिरहेछ !
मेरो अनुरोध पत्रकार साथी हरु कसैलाई व्यक्तिगत रुपमा होच्याउने, अनि बिना तथ्य परक समाचार हरु समाजमा नापस्कनु होला
मान्छेहरु चन्द्रमा पुगिसके चिरन्जीवी पौडेल चै रेखा को पेन्टी माथि आखा लगाएर बसेको रैछ, यो घटनाले पत्रकारिताको नाममा जे गरे पनि हुने भन्ने पत्रकारहरुले शिक्षा लिन जरुरी छ। जस्तै गल्ती गरे पनि पेशागत आधारमा सबै पत्रकारको साथ हुन्छ भनेर नसोचे हुन्छ चिरन्जीवी…
मानहानीको मुद्दा लगाएर करोडौ क्षति पूर्ति त लिन सकिन्छ तर हात कुनै पनि हालतमा हाल्नु जायज हुँदै होइन |
के तपाईं वा तपाईं को कोहि नजिकको मान्छे लै बाटोमा कसैले अस्लिल सब्द प्रयोग गरेर दुर्बेभार गरे के गर्नु हुन्छ ? कठालो समात्नु हुन्छ त्यो मान्छे को कि मुद्दा लगाउन जानु हुन्छ ?
जसले जस्तो किसिम को बेबहार गर्यो उसलाई पनि तेस्तै बेबहार गर्नु राम्रो / अस्लिल सब्द बोल्यो भन्दै मा चडकन हान्दा अस्लिल सब्द र चड्कन कुन चाही नराम्रो हो सोच्नु पर्ला जस्तो छ कि कसो
करोडौं उठाउन चै मुद्दा नै हाल्नु पर्छा लर्तरो चालले उठाउन सकिन्न . एस्त झिना मसिना कुरा को कारबाही र सजाय अदालत बाट नि हुन्न तेसैले छिट्टो मिठो चाहि यहि होला एस्त लेखक को लागि त !!
अनावश्यक र महत्वहीन कुराले कति प्राथमिकता पाउछ हो हाम्रो नेपाली समाज अनि हाम्रो मानसिकतामा. क्या गजव छ हाम्रो नेपाली पत्रकारिता. गल्ति गर्नेलाई चड्कन हान्दा समर्थन गर्ने रहेछ त हाम्रा स्वयम् पत्रकार महोदयहरुले. अबो प्रधानमन्त्री जस्तो देशको प्रमुख गरिमामय पदमा रहेको व्यक्तिलाई बाबुराम सर भनि अति तल्लो स्तरको व्यंग्य गर्ने प्रेम बानिया जस्ता पत्रकारिताको खोल ओडेको ज्ञाने शाहको दलालहरुलाई त मुक्का हाने पनि हुन्छ होला. नेपालमा प्रेश स्वतन्त्रता होइन प्रेश छाडातन्त्र छ. आखिर प्रेश केका लागि? आफुलाई राज्यको चौथो अंगको दावी गर्नेहरु देश निर्माणको लागि कि भात्काउनको लागि? सडक बनाउन लाग्दा डोजर आतंक देख्छ, देशमा बिदेशी लगानी भित्र्यौना खोज्दा अरुलाई देश सुम्पिन लागेको देख्छ. प्रेशको भूमिका भनेको सत्यथ्यको उजागर गर्दै देश र जनताको विकासमा सृजनात्मक सहयोग पुर्याउनु नै हो. तर नेपाली प्रेश हेर्दा निराशा र कुण्ठा बाहेको अरु केहि देख्दै देखिन्न. उ बहुसख्यक जनताको भावना र मागमा बिखन्डन देख्छ. औचित्य र अस्तित्व नष्ट भैसकेको राजतन्त्र उसको हेडलाइन बन्छ. हुदाहुदा दिलभूषण जस्ता पत्रकार तपाइको राजिनामा कहिले आउछ भनि प्रधानमन्त्रीसंग कुनै दलको प्रतिनिधि झैँ गरि प्रश्न सोध्न पुग्छ. मेरो मतलब प्रेश भनेको जनतालाई सुसुचित गराउदै प्रगतिमार्गमा अघि बढ्न सहयोग गर्ने मध्यम हो. तर नेपालमा यो क्षेत्र खालि भ्रम र अन्योल सिर्जना गर्ने क्षेत्रको रुपमा मात्र देखेको छ मोइले त.
हाम्रो नेपालमा रानीति मा लाग्ने,त्यसका आसे पासे,कर्मचारी,ब्यापारी सबै भ्रस्ट भएको बेलामा पत्रकार पनि dinner मा बिक्ने भएको,god save nepal .बन्द गर्ने लाई बन्द गर्नु पर्यो ?????
संदेश जी! तपैले रेखा थापाको ठाउँमा आफ्नी दिदि/बहिनि, आमा/भाउजु, वा तपाइको प्रेमिका/श्रीमती लाइ उभ्याएर सोच्नुस, अनि त्यो लेखले कति मानसिक तनाब दिदो रैछ? पक्कै पनि लेख्ने र बोल्ने स्वतन्त्रता हुन पर्छ, तर कसैको निजि/ब्यतिगत चरित्र हत्या गर्ने सोचलाइ कसरि स्वतन्त्रताको खोल ओढाउन सकिन्छ र ? त्यो नितान्त छाडापन हो/ जहाँ सम्म चड्कन हानेको कुरा छ, कतिलाई कानुनि प्रक्रियामा गएको भए राम्रो हुन्थ्यो भन्ने लागेको होला, तर मलाई व्यक्तिगत रुपमा त्यो चड्कन नै सहि लागेको छ/किनकि नेपालमा चरित्रहत्याको सजाय कानुनले तोकेको बिरलै पाइन्छ, अदालतलाइ खुस्खोरी हरुको मिसिल अध्ययन गरेर पुर्सदै छैन, यदि दस वर्ष पछि एसको फैसला भयो भने त्यो व्यक्तिले अरु कति जनाको चरित्र हत्या गरिसक्छ, अनुमान लगाउन सकिन्छ// अब कम्तिमा त्यो पत्रुकार (पत्रकार तेस्तो हुदैन) ले केहि लेख्न भन्दा अगाडी गाला छामेर पत्रकार बन्ने कोसिस गर्छ कि?
कस्तो अनौठो खालको अनि लठु मान्छे रैछ भन्नुहोला , तर मेरो दिदि बहिनि celebrity रैचन अनि कट्टुको बारेमा कोहि लठु पत्रकार ले गाइजात्रे लेख्यो भने मलाई खासै केहि हुदैन जस्तो लाग्छ | Celebrity को बारेमा झारपात पत्रिका अनि इन्टरनेट ब्लग मा के के लेक्चन पछि लगेर साध्य हुदैन | तर हुदै नभएको affair भनेर , परपुरुष संग को सम्बन्धको कथा बनाएर मन गदन्ते कुरा लेख्यो भने चै रिस उठ्छ ,किनभने त्यो चै चरित्र हत्या हुन्छ, पहिले कानुनी उपचार मा जानु पर्छ, तेस्ले नपुगे हात पनि उठ्ला |
अर्को कुरा, आफ्नै दिदि बहिनि Celebrity भएर पनि छाडा अन्तरबार्ता दिए भने के गर्ने भन्ने कुरा चै मैले आफ्नै कमेन्ट को तल पट्टि लेखेको छु |
संदेश मित्र रेखा थापा को ठाउँ मा तपाई को बहिनि वा अरु कोहि महिला आफन्त को पेन्टी को बारेमा लेखेको भए यहाँको प्रतिक्रिया येहिनै हुन्थियो की अलि फरक?
Just read the article, it’s full of filth and he should change his profession to porn writer!
समाज मा अस्लिल साहित्य पनि हुन्छ , राम्रो पनि सबले आफ्नो आफ्नो चाहना अनुसार
पढ्ने गर्छन,अस्लिलातालाई कसरी आलंकारिक बनाउने र सौन्दर्य मा ढाल्ने त्यो सबैमा क्ष्यमता हुन्न अनि अनाडिको हात को खेल हुन् जान्छ, थप्पड मा गएर दुखद अन्त हुन्छ |
यो केस मा चै पत्रकार ले सिमा नागेकै हो ,मैले उमेश जी को त्विटर मा यो खबर पढेको थिए |
तर म अस्लिलता को घोर बिरोधि चै हैन ,
मन्दिर टुडाल, उन्मत्त भैरब बुझ्ने हरुको लागि लाक्ष्यनिक प्रस्तुति हो ,न बुज्ज्ने लाइ अस्लिल ता ,जिबन को सुरुवात लाइ अस्लिल मान्ने ?
अस्लिलता मा अलिकति रंग भर्नुस लाज बन्छ , तातोपानी मा उम्हाल्नुस अदा बन्छ ,तेसैले अस्लिलता सौन्दर्य हो | मेंन कुरा आफ्नो स्वतन्त्रता को उपयोग गर्दा अरुलाई हानि पुर्याउनु भएँन |
सेलेब्रेती ,नेता कलाकार आदिको बिसय मा हल्का पुलका मजाक त् ठिकै हो ,त्यो कसैले रोकेर रोकिन्न |तर हद नै चै नाग्नु भएँन |
कोही भन्दा कोही कम छैनन् हाम्रो नेपालमा न पत्रकार न कलाकार न नेता न हामी जनता l पत्रकारले आफ्नो पत्रिका, रेडियो या टेलिभिजनलाई नम्बर एक देखाऊन सत्य तथ्य विचारै नगरी समाचार प्रकाशन प्रशारण गर्ने होड गर्छन् l गल्ति गर्नेको फोटो नै छापिदिन पाए हुन्थ्यो भिडियो खिचेर देखाई दिनै पाए हुन्थ्यो जस्तो गर्छन् l खोइ विदेशमा त यस्तो कहिँ पनि हुँदैन त l पत्रकारिताको पनि केहि आचारसंहिता त छ होला नि हाम्रो देशमा पनि l अनि नेपालको कलाकारहरुमा पनि यति घमण्ड छ कि अरुले तपाई भनोस् नभनोस् आफै मपाई l बोल्न पनि पैसा पर्ला जस्तो गर्छन् l त्यसैले त देशमा कसैले मान गर्दैनन् नि l कसैको नाम लियो भने ‘छ्या त्यो खाते/खतेनी?’ भन्छन् l आफु माथि परेको अन्यायको उजुरी गर्न जाने ठाउँ हुदाँ हुँदै पढे लेखेको सेलिब्रेटी भईकन पनि पाखुरा सुर्कदै कुट्न तम्सिनु? हुन त पेरिस डाँडाको दरो आड पनि छँदैछ अनि बाँदरे पार्टी बाट सिकेको दुई चार एक्सन पनि देखाउं क्यारे भनेर होला नि कमरेड नायिका, कि कसो ?
माई संसारको अघिल्लो ब्लग बिदेशी मान्छेले मंगल ग्रह चुमे भन्ने छ दोस्रोमा नेपाली पत्रकारको सपना रेखा थापाको स्कट र पेन्टीको रंग भन्दा माथि उठ्न सकेको छैन भन्ने छ,
नेपाली गए गुज्रेको चिन्तनको उदाहर्ण हो यो
कठै प्रेश काउन्सिल भन्ने जन्तु पनि छ नेपालमा, यस्ता केपीका हलीहरु……..घिनलाग्दा पत्रकारका नामका जिउदा मुर्दाहरु
अझ त्यो भात माराको फेसबुक हेरेको उसले ठुलै पुरुसार्थ गरे जस्तो गरि अझै के के लेखेको रहिछ यसको दिमाग ठिक छैन अझ गल्तिको महसुस छैन थुक्क नेपालको भातमारा पत्रकारिता ??????????????????????रेखा थापाले जे गरिन ठिक गरिन
हाँस्य-व्यंग्य वा पत्रकारितामात्र होइन जुनसुकै बहानामा पनि मर्यादा नाघ्नेहरूले चड्कन पाउनैपर्छ । एउटा सीमित क्षेत्र वा बन्द कोठाभित्र हुने कुरालाई सार्वजनिक गरिएकै कारण आज हाम्रो समाजमा विकृति फैलिँदै गइरहेको छ । कस्ताकस्ता कलाकार हुन्छन्, जो ‘कथा’ले मागेअनुसार यौन पस्किन्छन् । कस्ताकस्ता लेखक हुन्छन्, जो लेखले मागेअनुसार छाडा शब्दको दुरुस्त प्रयोग गर्छन्, कस्ताकस्ता पत्रकार हु्न्छन्, जो पत्रकारिता भन्दै कसैको नीजि जीवनमाथि नै खेलवाड गर्छन् । होइन ती कथित कलाकारहरूका ‘ननभेज’ जोक पैसा तिरेर किन हेर्न जानपर्यो ? किन ती छाडा लेखकहरूका किताब पैसा तिरेर पढ्नुपर्यो ? किन ती मर्यादाहीन पत्रकारहरूका पत्रकारिताको पछि लाग्नुपर्यो ? एउटा सीमित क्षेत्रको कुरा भए त ठीकै थियो; यिनीहरू त समाजका हरेक क्षेत्रमा पुग्छन् । अनि हाम्रो समाज कहाँ पुग्ला ! आफै विचार गरौं । त्यसैले यिनीहरूलाई चड्न जायज हो ।
कस्ताकस्ता कलाकार हुन्छन्, जो ‘कथा’ले मागेअनुसार यौन पस्किन्छन् । कस्ताकस्ता लेखक हुन्छन्, जो लेखले मागेअनुसार छाडा शब्दको दुरुस्त प्रयोग गर्छन्, कस्ताकस्ता पत्रकार हु्न्छन्, जो पत्रकारिता भन्दै कसैको नीजि जीवनमाथि नै खेलवाड गर्छन् । कस्ता कस्ता कार्यकर्ता हुन्छन, हान भने पछी हानी हाल्छन के क लागि कसका लागि किन भन्ने नै सोच्दैनन्…… अन्ध भक्त भएर लाग्छन… नेता ले मागे जति रगत दिन तयार हुन्छन जीवन नै बलिदान दिन तयार हुने… येस्तई हो संसार….. सबै आफुपयेक मात्रै राम्रो लाग्ने !!
कस्ताकस्ता अन्धविरोधी पनि हुन्छन्, जो कि त कुरै नबुझी विरोध गर्छन् कि त पर्दापछाडि कार्यकर्ताको हैसियत राख्छन् र अरुलाई कार्यकर्ताको आरोप लगाउँछन् ।
एउटा कलाकारको सम्मान गर्न नसक्ने पनि के को पत्रकार बरु रेखा थापाले रेबिज को सुइ लगाउन पर्ने हो…….. यो चिरन्जिबी भन्ने भातमारालाइ रेबिज लागेको छ नत्र यस्तो कुरो सोचेर बस्थ्यो…….थुक्क पत्रुकार,,,,,,,,,,,,,,,,,,,,,,,
चड्कन खाँदा त्यो पत्रकार सोल्टीलाइ बहुत मज्जा आयो होला. अनि अरुले पनि हिरोनी मैयाँको हातले आफ्नो गालामा मुसरिदेलानकी भनेर केहि नबोलेका होलान नि.
महिला अधिकारको कुरा खास गरि महिला नेत्री हरुलेनै चर्को रुप मा भासण दिएर ,हुन्छकी आफ्नो फाइदाको लागि नारा ,जुलुस गरेर हुन्छ ,तेसैमा सिमित थियो ,रेखा थापाले साचिकै महिला अधिकार प्रयोग गरेर देखाईन ,बधाई छ रेखा जी लाइ
मान्छे चन्द्रमा पुगिसके नेपालका थाग्ने पत्रकारहरु रेखाथापाको स्कटको लम्बाई नापेर र पेन्टीको रंग सोचेर बसओ
उमेशजी को कुरामा अल्ली असहमति राखे है मैले | रेखा थापा को गोपनियता भंग अथवा गालीगलौज/ मानहानी भएको भए उनि जंगीएर रगत नै आउने गरि पिटेको अलि अलि स्वाभाविक मान्न सकिन्थ्यो | त्यस्तो केहि थिएन , त्यो लेख त केवल अस्लिल कथा जस्तो थियो, रेखा थापाको नाम राखिएको थियो अनि गाइजात्र को अवसर | जे भएपनि सौर्य पत्रिका र onlinekhabar को स्तर देखिहालियो , गाइजात्रा भनेपनि जेभानेपानी अस्लिल कथा छापे, पाठकले सजाय दिनु पर्ने हो | पत्रकार को नैतिकता को कुरा त एकदम बिसयगत (subjective ) कुरा हो जस्तो लाग्छ , कसैलाई पनि जबर्बस्ती अस्लिल लेख कथा छाप , नछाप कसरि, कसले भन्ने ? अन्तिम मा सम्पादकले हेरेर बिबेक प्रयोग गर्नु पर्ने हो , तर सम्पादक को बिबेको को स्तर कसले जाच्ने ? अन्तिम मा त पाठक नै हो |
आफु त अभिव्यक्ति स्वतन्त्रता को घोर पच्यापति परियो , अर्कालाई हानी नपर्ने गरि जे पनि लेख्न, छाप्न पाउन पर्छ जस्तो लाग्छ | यो प्रकरण मा रेखा थापा लाई हानी वा मानसिक तनाब पुगेको थियो त ? मलाई त त्यस्तो लाग्दैन |
आफ्नै कमेन्ट मा केहि थप्न मन लाग्यो |
यिनै नानी ले होइन केहि महिना पहिले ‘श्रीमान संग संगै नबसेको १० महिना भयो, तर तेस्तै २ हप्ता को एकचोटी शारिरिक सम्पर्क गर्छु ‘ भनेको ? हुनत नेपालका रिपोर्टर न परे त्यो पनि कथा नै हुन सक्छ |
कसैले भन्ला तेस्तो अस्लिल लेखको पनि समर्थन गरेको ? आफ्नै दिदि बहिनि को बारेमा लेखेको भए थाहा पाउथिस | मेरो दिदि बहिनि सेलेब्रटी भएर माथिको जस्तो छाडा कुरा गरेर अन्तरबार्ता दिएको भए, १८ वर्ष भन्दा मुनिको भए २/४ चड्कन लागौथे | १८ माथि भए जे गर्छेस, जे बोल्छेस मन लाग्ने गर, मेरो नजिक नपर भन्थे |