Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: mysansar

अहो, मलाई कोरोना त भएन? लक्षण देखिएपछि मैले भोगेको एक हप्ते तनाव

Posted on August 10, 2020 by mysansar

-चिरन्जीवी खनाल- केही दिनदेखि रुघाखोकीले ग्रस्त थिएँ। लगत्तै टाउको र घाँटी दुख्न सुरु भयो। लक्षण कोरोनासँग मिल्दोजुल्दो थियो। केही दिनदेखि विभिन्न कार्यालयहरुमा पनि पुगेको थिएँ। भेटघाट धेरै जनासँग भएको थियो। दिनभरी बाहिर हुँदा खाजा पनि बहिरै खाइन्थ्यो। शंखमूलको शानदार मोमो, नयाँ बानेश्वरको सुन्दर मोमो, सिंहदरबारभित्रको क्यान्टिन र प्रहरी मेसमा खाजा खाएको थिएँ। यी सबै राजधानीमा… Continue reading

टिभीमा पत्रकारिता गर्न गएको, जिएम साब त ‘जसरी हुन्छ ठोक्नुस्’ आदेश पो दिन्छन्

Posted on August 6, 2020August 8, 2020 by mysansar

-सुमन शर्मा- “कर्मचारीको पिसिआर टेस्ट गरेको खबर बाहिर गयो भने राम्रो सन्देश जाँदैन। टेलिभिजन नै सिल हुनसक्छ। के गर्ने भनेर व्यवस्थापनले तयारी गर्दैछ, तपाईँ अहिले घर जानू। यदि टेस्ट गर्ने भयो भने अफिसले तपाईंलाई बोलाउँछ। जिएम सा’बले भन्नु भा’को। हैन, पिसिआर टेस्ट गर्ने नै हो भने तपाईं टेकु जानुस र आफै गर्नुस। डाक्टर चिन्नु भएको… Continue reading

एफएमका आरजे ‘ब्रो-सिस’हरु, थाहा नभएको कुरा त नबोल्नु नि !

Posted on July 21, 2020 by mysansar

होम बराल– सोमबार बिहान काठमाडौँको सिटिजन एफएम सुनिरहेको थिएँ। यो एफएमको दावी पनि गजबको छ- नेपालको पहिलो भिडियो एफएम रे! एफएम भनेकै अडियो माध्यम हो। तर यो त भिडियो एफएम रे। खैर मैले चाहिँ अडियो नै सुनेको हो। बिहानको ९ बजेको समाचारपछिको कार्यक्रम बजिरहेको थियो। कार्यक्रम प्रस्तोता (आरजे भन्छन् क्यार) एक जना ‘ब्रो’ र एक… Continue reading

फैसला गर्नेको ‘चित्तमा लाग्दा’ ज्यान मुद्दाका दोषीलाई साढे ११ वर्ष कैद सजाय ‘डिस्काउन्ट’

Posted on July 19, 2020July 19, 2020 by mysansar

केपी ढुंगाना (@kpdhungana) २०६८ सालको एउटा घटना अहिले २०७७ सालमा फेरि चर्चामा आएको छ। त्यो बेला घटना चर्चामा आउनुको कारण थियो- हत्यामा संलग्न व्यक्ति अनि उसले अपराध लुकाउन अपनाएको शैली। अहिले चर्चामा आउनुको कारण चैँ त्यही घटनामाथि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलासको ‘चित्त’। प्रधानन्यायाधीश राणा अनि न्यायाधीश तेजबहादुर केसीको इजलासलाई जिल्ला अदालत काठमाडौं अनि… Continue reading

एक म्यासेजको भरमा जागिर चट !

Posted on July 18, 2020July 18, 2020 by mysansar

– प्रमोद न्यौपाने (@Prmdneupane) – ‘ ……(फलानो नाम) ’, व्यवस्थापनको निर्णयअनुसार तपाईँको रोजगारी सम्झौता नवीकरण नहुने जानकारी गराइन्छ। यो सूचना दिनुपर्दा दुःखी छौं। एक ‘म्यासेजको भरमा जागिर चट ! न्यु ज २ ४ टेलिभिजनमा जेठ नलाग्दै यस्तै म्यासेजको भरमा पूर्व प्रतिवद्धता विपरित धमाधम कर्मचारी निकाल्न थालिएको थियो, सम्झौता सकिएको भन्दै। त्यसो त लकडाउन सुरु भएको… Continue reading

कथा : बाँध

Posted on July 11, 2020July 11, 2020 by mysansar

-शुषमा मानन्धर- “लेखिका महोदया, कतै म तिम्रो कथाको कुनै पात्र त बनेको छैन?” होटलमा बिहान ब्रेकफास्ट लिँदा सागरले हाँस्दै प्रश्न गरेको थियो। म एक लेखिका हुँ र लेख्नेहरुसँग यस्तो प्रश्न गरिनु कुनै अस्वाभाविक पनि हैन। “पहिला पढ्नू न।” मैले कुरालाई अँध्यारैमा टुङ्ग्याएकी थिएँ। उपन्यासको बाँकी रहेको अन्तिम भाग भर्खरै लेखिसकेकी छु। मनको निकै ठूलो भार… Continue reading

कथा : मोबाइल र श्रीमती

Posted on June 27, 2020 by mysansar

– प्रकाश अविनाश – करिब तीन चार महिनादेखि उनको व्यवहार अनौठो देखिन थालेको थियो । खास गरी मोबाइल फोनको सन्दर्भमा । यसअघि उनको मोबाइल कहाँ रहेको हुन्थ्यो उनैलाई थाहा हुने थिएन, धेरै जसो मेरो मोबाइलबाट कल गरेर पत्ता लगाउनु पर्थ्यो । जहाँ जति बेला जसले पनि खोलेर हेर्न, गेम खेल्न, कल गर्न सक्थ्यो , किनकि… Continue reading

बाह्रखरी कथा विवाद : दोषी लेखक कि निर्णायक?

Posted on June 26, 2020June 26, 2020 by mysansar

-मनीष उप्रेती- साहित्यमा ‘हजार’ नगदका पुरस्कारहरुको पनि खुबै चर्चा हुन्छ भने यो त एक लाख नगदको पुरस्कार। बाह्रखरी बुक्सले गत वर्षदेखि सुरु गरेको एक लाख नगदवाला ‘राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता’ यसपालि ठूलै विवादमा फँसेको छ। खासमा वैशाख १२ मा नै प्रतियोगिताको नतिजा घोषणा हुनु पर्ने थियो, तर लकडाउन भएका कारण दुई महिना पछि सारेर… Continue reading

किन बार-बार गाइन्छ नेपाली मिडियामा ‘सगुन’को गुनगान?

Posted on June 11, 2020June 11, 2020 by mysansar

अहिले फेरि विभिन्न ‘नाम चलेका’ नेपाली अनलाइनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ‘सगुनमा लगानी गरौं’ जनाउने किसिमका सामग्रीहरू देखा पर्न थालेका छन्। सगुनको यस्तो गुनगान गएको दुई दशकमा विभिन्न चरणमा नेपाली सञ्चार माध्यममा पटक‍-पटक भएको देखिँदै आइरहेको कुरा हो। तर बारम्बार अनेक चमत्कारिक दाबी गर्दै आएको यो कम्पनी के यस्तो स्तुति गाइरहने लायककै छ त? किन… Continue reading

के हामी ढुंगेयुग मै छौँ? ब्राह्मण परिवारकी बुहारी बन्दाको मेरो अनुभव

Posted on May 30, 2020May 30, 2020 by mysansar

-सृष्टि शाह- रुकुम घटनाले आज हामी नेपाली मात्र नभई यो संसारमा भएका सबै मानव जातिको मुटु कामेको छ। यस्तो निन्दनीय घटना गराउने सबैलाई राज्यले कडाभन्दा कडा सजाय गरोस्। ताकि अब यही सम्झिएर फेरि जातपात र छुवाछुतको कुरा गर्न पनि मुटु कामोस्। यो संसारमा तुच्छभन्दा तुच्छ विचार भएका यी ठूलो जात भनिने मानिसहरुलाई नङ्ग्याउन एकदम जरुरी… Continue reading

रुकुम घटनाले सम्झाएको जातीय विभेद, युरोपको नेपाली समुदायमा पनि छ विभेद

Posted on May 27, 2020 by mysansar

-सन्तोष न्यौपाने/बेल्जियम- “तल्लो जात भएको भन्दै अरू सबैलाई बोलाए तर म र मेरो साथीलाई घरमा लगाएको पूजा कार्यक्रममा निम्तो गरेनन्। तर पछि आमाबुवाको आज्ञा भन्दै आफू चोखो बन्न खोजें उनीहरू।” बेल्जियममा बस्दै आएकी एकजना दिदीले मलाई सुनाउनुभएको कुरा हो यो। कारण- उनीहरु दमाई, कामी जातका थिए। बेल्जियममा लामो समयदेखि बस्दै आएकी मनसुवा परियारको आफ्नै दुखद… Continue reading

यी प्रमाणले देखाउँछ लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रै हो

Posted on May 23, 2020May 23, 2020 by mysansar

-नेपालडायरी- नेपाल–भारत–चीनको त्रिदेशीय सीमाबिन्दु लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रको नेपाली भूमि भारतले आफ्नो नक्सामा समावेश गर्‍यो । जब त्यही भूमि हुँदै मानसरोवर जाने सडक भारतले उद्घाटन गर्‍यो, नेपालले पनि प्रत्युत्तरमा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्‍यो । फलस्वरूप नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ । सुगौली सन्धि (४ मार्च १८१६ )पछि नेपालले विधिवत् रूपमा काली नदी (महाकाली)पारिको जमिनमा आफ्नो… Continue reading

संस्मरण साहित्य : सिकार

Posted on May 10, 2020 by mysansar

– गोविन्द बेल्वासे – गरीबहरू खानको लागि सिकार गर्छन्, सम्भ्रान्तहरू रहरले सिकार गर्छन्। विक्रम सम्बत २०३० सालमा तौलिहवाबाट हाम्रो गाउँमा सिडियो सहितको टोली सिकार खेल्न आएको थियो। पूर्व पश्चिम राजमार्ग बन्न सुरू मात्र भएको त्यो अवस्थामा तौलिहवा अहिलेको बुटवलको तुलनामा बढी नै चहलपहल हुन्थ्यो। त्यस समयमा भारतसँग पीच बाटोले नेपाल जोडिएका चार बजार मध्येको एक… Continue reading

कोरोनालाई एक डाक्टरको पत्र

Posted on May 8, 2020 by mysansar

आदरणीय कोरोना, संसारकै सबैभन्दा ठूलो हलचल लेराउने महान यात्री तँपाइलाई म गरीब रास्ट्रको नागरिकको तर्फबाट नमस्कार छ। कोरोना, तपाइँको विश्व यात्रा अन्त्यमा कहाँ पुगेर टुगिन्छ थाहा छैन, तैपनि तपाइँ सारा संसारको चासो हुनुभएको महिनौँ भइसकेको छ। तपाइँ हाम्रो देशमा आएको नै दुई महिना पूरा भएछ। मलाई त सुरुमा प्रिय कोरोना भनेर सम्बोधन गर्न मन लागेको… Continue reading

कोरोना काल : हुनेखानेको चलेकै छ हुँदाखानेको बेहाल

Posted on April 28, 2020 by mysansar

-एलिजा हुमागाइँ, जर्मनी- नेपाल, दक्षिण एसियाको एक भूपरिवेष्टित राष्ट्र। नेपालको ग्रामीण परिवेशको एक उदाहरण दिएर नेपाललाई चिनाउने हो भने हरेक चाडवाडमा मुखियाको मुख ताक्नुपर्ने गरिब किसान जस्तो। मुखियाको मुख ताक्न त उसले परिश्रम गरेको छ, राष्ट्र सङ्घ वा विश्व स्वास्थ्य सङ्गठनको मुख ताक्न नेपालले के गरेको छ? गाउँ नै गाउँले भरिएको, गरिबीको निम्न रेखा भन्दा… Continue reading

प्रधानमन्त्री ओलीको शक्तिको श्रोत र विरोधका आयाम

Posted on April 23, 2020 by mysansar

-मनोज बाबु पनेरु- दुई तिहाइको प्रधानमन्त्री हुँदै सबै भन्दा लामो समयसम्म टिकेका (नफेरिएका) निर्वाचित प्रधानमन्त्रीको रेकर्ड तिर आँखा लगाउँदै गरेका श्री खड्ग प्रसाद ओलीको शक्तिको श्रोत के हो ? सत्ता शक्तिको श्रोत विगतमा बल, वंश हुँदै लोकतन्त्रको स्थापना पछि अङ्कमा (संसद् सङ्ख्या) पुगेको निर्क्योल उत्तरको एक कुनो मात्र हो, बाकी पहेलीहरु छन् । चुनावको प्रक्रियाबाट… Continue reading

उद्देश्य उल्टियो, मन्त्र पुरानै

Posted on April 18, 2020April 18, 2020 by mysansar

– गोविन्द बेल्वासे – प्रधानमन्त्री खड्ग प्र. ओलीको राजनैतिक उचाइ चारु मजुमदारसंग जोडिएर सुरु हुन्छ । झापा आन्दोलन कोअर्डिनेशन कमिटीको भावनाबाट जतिजति पलायन हुँदै गए त्यत्तित्यत्ति ओली पनि सत्ताका सिँढी चढ्दै गए । उनको सुरुको राजनैतिक भावनाका गुरु भने भारतको नक्सलीहरु नै हुन । ओलीले उतिबेला तारो बनाएका वर्ग दुस्मनको नेतृत्व गर्ने राजतन्त्रको अन्त्य भएर… Continue reading

कोरोना : आत्मबल बढाऔँ, रोगले भन्दापनि डर र त्रासले नखाओस् !

Posted on April 16, 2020April 26, 2020 by mysansar

डा. मुक्ति अर्याल/टेक्सास,अमेरिका कोरोना रोग लाग्न नदिन जुन होसियारी अपनाइएको छ -घर भित्रै बस्ने, हात धुने आदि। त्यसमा मेरो आपत्ति छैन। मेरो चिन्ता यदि होसियारी गर्दा गर्दै पनि रोग लागे के गर्ने भन्नेमा हो। कोरोनाको कारणले गर्दा हाम्रो वरिपरिको वातावारण त्रासमय बनेको छ। डर, पीर र चिन्ता थपेको छ, जुन स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ।… Continue reading

आहा, त्यो नयाँ वर्ष !

Posted on April 13, 2020 by mysansar

– सन्तोष न्यौपाने, बेल्जियम – फूलहरू त धेरै थिए तर गुलाफको फूल मन पर्‍यो साथीहरु त धेरै थिए तर तिमीलाई नै मन पर्‍यो यिनै सुभेच्छाका साथ तिमीलाई नयाँ वर्षको शुभकामना। कक्षा ९ मा पढ्दै गर्दा यही सायरी लेखेर साथीलाई पोस्टकार्ड मार्फत् नयाँ वर्षको शुभकामना पठाएको थिएँ। तर मैले पठाएको कार्ड जसले पाउनु पर्थ्यो उसले नपाएर… Continue reading

कोरोनाको वक्ररेखा र कठिनतम अबको दुई हप्ता

Posted on April 9, 2020April 9, 2020 by mysansar

-रविन्द्र सुवाल- केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ‘अमेरिका अबको दुई हप्ता कठिनतम समयमा गुज्रिनेछ’ भनेर सम्वोधन गरेका थिए। यसैगरी मंगलबार प्रधानमन्त्री केपी ओलीले पनि आफ्नो सम्वोधनको क्रममा ‘नेपालको अबको दुई हप्ता चुनौतीपूर्ण हुन सक्ने’ प्रक्षेपण गरे। नेपालको प्रधानमन्त्रीको दुई हप्ते प्रक्षेपणलाई विभिन्नले विभिन्न ढंगले अर्थ्याए। कसैले लकडाउन अझै दुई हप्ता बढ्ने अनुमान लगाए। कसैले अबको… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • …
  • 64
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme