Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्ध जयन्ती सम्बन्धी गम्भीर भ्रम

Posted on May 29, 2021 by mysansar


अनन्त गुणले सम्पन्न अनुत्तर सम्यक् सम्बोधी लाभ गरी मानव जगतलाई सत्यको मार्ग देखाउनु भएका भगवान् बुद्धको गुणानुस्मरण गर्ने र बुद्धोपदेशको अभ्यासलाई जनस्तरमा प्रचार प्रसार गर्ने उद्देश्यले नेपालमा मात्र होइन विश्वभरी बुद्ध जयन्ती मनाउँदै आएको छ।

वैशाख पूर्णिमा बुद्धको जन्म, बोधि लाभ र महापरिनिर्वाण गरी तीन संयोग परेको दिन भए पनि नेपालमा बुद्ध जन्मस्थल लुम्बिनी परेको हुनाले त्यसको गौरव स्वरूप तीनै संयोगलाई स्मरण गर्दै ‘बुद्ध जयन्ती’ अर्थात् ‘जन्म’लाई मात्र नामोच्चारण गरी मनाउने गरेको देखिन्छ।

नेपालमा मनाइने बुद्ध जयन्ती समारोहमा होस् वा कसैले दिने शुभकामना सन्देशमा होस् ‘२५६५ औं बुद्ध जयन्ती’ भनी उच्चारण गर्ने चलन व्यापक छ। वरिष्ठ भिक्षु, विद्वान् तथा उच्च पदाधिकारीहरुले समेत यही त्रुटि दशकौंदेखि दोहोर्‍याइरह