Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भगवान संकट मै परेका हुन् त ?

Posted on June 5, 2021 by mysansar

हरेक वर्ष बडादशैंका अवसरमा तनहुँको बन्दीपुरमा अर्कै रौनक छाउँछ, अर्कै खुशीयालीको माहोल देखा पर्छ। बन्दीपुरस्थित खड्गदेवी मन्दिरमा कथित पानी चल्ने र नचल्ने जातजाती आपसमा मिलेर पूजापाठ गर्ने तथा सामुहिक–समावेशी तवरमा कल्याण मंगलको प्राथना गर्ने गर्छन्।

मन्दिरको एउटै चुलोमा खाना खानेदेखि मन्दिरका चार कोणमा भिन्न जातीय पुजारीले खड्गदेवीको पुजा–आराधना गर्ने र नवमीका दिन खड्गदेवी तरवारलाई आलोपालो गर्दै बजार क्षेत्र घुमाउने प्रथाको इतिहास पनि यति पुरानो हो भन्न सकिन्न।

यो जातीय सद्भावको उदाहरणलाई पत्रकार रेणु क्षेत्रीले वृत्तचित्र ‘संकटमा भगवान’ (गड इन क्राइसिस)मा समेटेकी छिन्। सिद्धार्थ शाक्यको छायांकन रहेको ‘संकटमा भगवान’ डकुमेन्ट्री आधा घण्टा लामो छ।

विशेषतः पाठपूजा र मठमन्दिर संचालनमा रहेका गुठीहरु मासिंदै गएकाले स्रोतसाधन जुटाउनै हम्मे पर्दा सद्भाव र समावेशी भावका यस्ता उत्सवहरु पनि संकटमा पर्दै गएको यसमा देखाइएको छ। निर्माता तथा निर्देशक क्षेत्रीले बृत्तचित्रमा मानिसको आस्थाको नाममा कसरी बिभिन्न जातजातीलाई आत्मसम्मानसाथ समाजमा बस्न चाहेको माहोललाई देखाउन चाहेकी छिन्। यति भएरै पनि समावेशीताभित्रै समेत छुवाछुत कायमै रहेको तितो यथार्थलाई सूक्ष्म रुपमा देखाएकी छिन्।

यस वृत्तचित्रले मान्छेभित्रको भगवान के साँच्चै नै भौतिक सहयोगबिना संकटमैं पर्ने हो त भन्ने जिज्ञासामा घोत्लिने अवसर दिएको छ।

यो सनातन परम्परा र सर्वजातीय सभ्यताको उदाहरणीय काम लोप हुन लागेकोमा स्थानीयबासीले अक्षयकोष स्थापना गरेर कामचलाउ तवरमा खड्गदेवी पाठपुजा मुश्किलले संचालन भैरहेको छ।

वृत्तचित्र ‘संकटमा भगवान’ युट्युबमा उपलब्ध छ-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme