Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: mysansar

क्वारेन्टिनको रहर आयो बरी लै, तर मापदण्ड?

Posted on April 2, 2020April 2, 2020 by mysansar

-रविन्द्र सुवाल- अहिले देशमा कोरोनाको महामारी फैलिरहेको छ। यसमा विभिन्न क्षेत्र र तहले आफूले सक्ने काम गरिरहेको छ। तर यो महामारी अन्य विपद् भन्दा फरक छ। यस विपद्‍मा कसैको हेल्चक्रयाईँ वा हिरोइज्म (Heroism) बन्ने लालसाले समाज र देशले ठूलो मूल्य चुकाउनु पर्ने हुनसक्छ। यहाँ प्रसंग क्वारेन्टिन (हाम्रोमा क्वारेन्टाइन लेख्ने चलन छ। खास उच्चारण चैँ क्वारेन्टिन… Continue reading

कोरोना मारमा जेष्ठ नागरिक, बेल्जियमको अनुभवबाट नेपालले सिक्नुपर्ने विषय

Posted on March 29, 2020 by mysansar

-सन्तोष न्यौपाने,बेल्जियम- “गुड आफ्टरनुन इचेन। तिमी केही पिउँछौं ?” ढोका ढकढक पार्दै प्रश्न तेर्स्याएँ। “पैसा तिर्नु पर्ने हो?”उनी बोलिन्। “हैन पर्दैन। सित्तैमा हो है,” मेरो प्रतिउत्तर थियो। “अँ पिउँछु। जुस देऊ प्लिज।” उनले जवाफ फर्काइन्। “तिमीले दिएको एक गिलास जुसको लागि धन्यवाद.” इचेनले मुस्कुराउँदै भनिन्। “तपाईंले धन्यवाद मलाई होइन, डाइरेक्टरलाई दिनुहोस्। यो उहाँको तर्फबाट तपाईंहरूलाई… Continue reading

कसरी बच्‍ने कोरोना भाइरसको सङ्क्रमणबाट? यस्ता छन् उपाय

Posted on March 29, 2020March 29, 2020 by mysansar

-डा. जेबी आले मगर/अस्ट्रेलिया- कोरोनाको यो सङ्कट घडीमा यससँग सम्बन्धित बग्रेल्ती लेखहरु छापिएका छन्। कति लेखहरु विज्ञले लेखेका छन् भने कति अलि अलि जानेकाले लेखेका छन्। मैले यहाँ COVID-19 को विस्तृत वर्णन गरेर र कहाँ कति संक्रमित भए, कुन देशले के गर्दैछ भनेर लेखलाई अनावस्यक लम्ब्याउन चाहिनँ। किनकी यस्तो खबर आजभोलि जताततै पढ्न पाइन्छ। आफूसँग… Continue reading

कोरोना संक्रमण : हामीले के बुझ्ने र के गर्ने?

Posted on March 26, 2020March 29, 2020 by mysansar

-डा. सन्देश दाहाल- कोरोनाको बारेमा समग्रमा भन्दाखेरी यसलाई “सामान्य रुघाखोकी” भनेर सुरुमा हल्का टिप्प्णी गरेको देशले अहिले संकट्काल लगाएर पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेर ठुलो जनधनको क्षति बेहोरेर ठुलो मुल्य चुकाउनु परेको छ। यसबाट थाहा हुन्छ कि यो कुन तहको घातक छ भन्ने। छिमेकी चीनबाट सुरु भएको कोरोना नेपालमा यति ढिलोमात्र देखिनु भनेको हाम्रो… Continue reading

‘राजधानी’मा गलत समाचार कसरी छापियो? समाचार लेख्‍ने पत्रकार यसो भन्छन्

Posted on March 23, 2020March 23, 2020 by mysansar

-प्रशान्त वली- यदि नेपालमा दुई हजार जनालाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ रिपोर्ट देखियो भने न त कोरोना परीक्षण गर्ने प्रविधि तयारी अवस्थामा छ न त चिकित्सकहरुनै पर्याप्त मात्रामा छन्। न स्वास्थ्य उपकरणदेखि व्यक्तिगत सुरक्षात्मक उपकरण (पि.पी.ई) अस्पतालहरुमा आवश्यकता अनुसार छन्। त्यसैले पनि अहिलेसम्म कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले प्रभावकारी तयारी गर्न नसकेको देखिएको छ।… Continue reading

के व्यक्तिगत स्वतन्त्रता निरपेक्ष हुन्छ ?

Posted on March 11, 2020March 1, 2020 by mysansar

—दधि अधिकारी— ** भरखरै मात्र नर्वेमा एक भारतीय दम्पत्तिलाई डेढ बर्षको काराबासको सजाय सुनाईयो । उनीहरुमाथि आफ्नो सात बर्षको बच्चालाई घरमा पढाऊँदा यातना दिएको अभियोग लागेको थियो । हाम्रो देश लगायत करिब करिब संपुर्ण एसिया र अफ्रिकामा बच्चाहरुलाई पढाऊँदा दिइने सजाय सामान्य नै मानिन्छ । ** आकासबाट खस्ने उल्का पिण्ड लगायत अन्य आकाशीय पिण्डहरु खस्दा… Continue reading

आफुले आफुलाइ हानी गर्न पाउने कि नपाउने ?

Posted on March 9, 2020March 1, 2020 by mysansar

-डा.डोलेश्वर भण्डारी- हत्या, अपहरण, चोरी, डाका, छलकपट, भ्रष्टाचार जस्ता अपराधी कृयाकलापले अरुलाइ हानी पुर्याएको हुन्छन् र सभ्य समाजमा यस्ता अपराधिहरुलाइ दण्ड दिइन्छ । जुनसुकै समाजको पनि जीउधनको सुरक्षा गर्ने र शान्ती स्थापना गर्ने पहिलो लक्ष हुन्छ । नेपालमा भने अरुले अरुलाई दुख दिने माथी भनिएका अपराधका घटना नै फालाफाल घटिराखेका छन् । यीनलाइ नियन्त्रण गर्न… Continue reading

जर्मनीमा मेडिसिन पढ्ने विचार गर्नुभा’छ? यो पढ्नुस्

Posted on March 7, 2020March 1, 2020 by mysansar

-विश्वास चाम्लिङ/बोन,जर्मनी- महिनामा लगभग एक दर्जन इमेल र फोन आउँछ र प्रश्न केवल एकै किसिमका हुन्छन्। त्यहाँ त मेडिसिन पनि सित्तैमा पढ्न पाइन्छ रे नि हो? सबैको तुरून्तै जवाफ फर्काउन नसकेपनि ढिलोछिटो लेख्ने गर्छु। तर नेपाली दाजुभाइहरुले नबुझि विदेशिंदा पाउनुभएको हन्डरको समाचार दिनै जसो आइरहेको अवस्थामा म आज यो विषयलाइ पनि समसामयिक ठान्दै सार्वजनिक रूपमा… Continue reading

गुरु तेरो लुगामा धुलो लाग्नुभो : मातृभाषामा पढाइ, कसरी सम्भव ?

Posted on March 5, 2020March 1, 2020 by mysansar

-डोलेश्वर भण्डारी- ‘गुरु तेरो लुगामा धुलो लाग्नुभयो’ भनेर मखबहादुर लिम्वुले स्कुलका गुरुलाई सजग गराउन खोज्दा भनेको कुराले उनलाई बूढो भइन्जेल पनि नेपाली बोल्नेहरुले गिज्याउन छाडेनन्। यो घटना थियो तेह्रथुमको एउटा लिम्वु गाउँको। यस्तो गिज्याइ खानेहरु नेपालको पूर्वका राई, लिम्वुदेखि लिएर तराईका मैथिली, भोजपुरी, अवधि, थारु भाषामा बोलचाल गर्ने मधेशीहरु, पहाडतिरका तामाङ, शेर्पा, गुरुङहरु सबै छन्।… Continue reading

मान्छेले स्वर्ग भन्ने गरेको के यही हो अमेरिका!

Posted on March 4, 2020March 1, 2020 by mysansar

-प्रदीप नेपाल- यहाँ वासिंगटनमा बसेको छ, कमाएको र खाएको छ अनि नेपालको बारेमा नचाहिंदो कचरपचर गरेको छ। जे गरेका छन् नेपालीले नेपालमा, त्यसको फल उनीहरुले बेहोरिरहेका छन्। त्यहाँ बेहोर्नुपर्छ भन्ने डरले अमेरिका भासिएका मानिसले बेकारमा किन पचास खालको टिप्पणी गर्नु हँ? फर्किएर नेपाल जाने, त्यहाँको ढुङ्गा माटोसँग खुरी खेल्ने पनि होइन, यहाँको गाडीमा सुइंकिएर अर्थ… Continue reading

टुरिस्ट भिसामा विदेश जान दोहोरो टिकटको नियम : यसकारण अव्यवहारिक

Posted on March 2, 2020March 1, 2020 by mysansar

-श्यामसुन्दर/टोरन्टो- नेपाल सरकार अध्यागमन विभागले मिति कात्तिक २६ गते स्वीकृत गरिएको एउटा सूचना विभागको वेबसाइटमा राखेको छ। यहाँ क्लिक गरी हेर्न सकिन्छ। यसअनुसार नेपाली नागरिकहरुलाई पर्यटकीय प्रकृतिका भिसामा विदेश प्रस्थान अनुमति पाउन दोहोरो टिकट काटेको हुनुपर्ने उल्लेख छ। यो नियम सरकारले व्यवहारिक हिसाबले नै लगाउन खोजेको होला। तर क्यानाडामा बसोबास गर्ने धेरै नेपालीका बुवाआमा र… Continue reading

हाम्रो स्वास्थ्य पत्रकारिता : नजानेको कि जानाजान भ्रम फैलाउन खोजेको?

Posted on February 26, 2020February 26, 2020 by mysansar

-डा. सन्देश दाहाल- प्राविधिक विषयमा समाचार सम्प्रेषण धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको विषयमा त अझ होस पुर्‍याउन जरुरी हुन्छ। तर अचेल मिडियाले त्यो संवेदनशिलतालाई बेवास्ता गरेको पाइन्छ। यो ब्लग लेखिरहँदा फागुन १० गते रातोपाटीमा एउटा शीर्षक छ, “विवाहको प्रलोभनमा तीन वर्षदेखि आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ” शीर्षकमा… Continue reading

कपिलवस्तुमा वन्यजन्तुलाई बढ्दो सकस

Posted on January 15, 2020 by mysansar

-प्रशान्त घिमिरे- शाक्यमुनिहरुको राजधानी र गौतम बुद्ध हुर्किएको कपिलवस्तुले धार्मिक सास्कृतिक इतिहासमा मात्रै होइन प्राकृतिक वर्तमान पनि उत्तिकै महत्व राख्छ। घना जंगल, ठुला ताल तलैया र समथल फाटमा समेटिएको कपिलवस्तु जिल्लामा बन्यजन्तुको प्रचुर सम्भावना रहको छ। सन् २०१४/१५ मा बाणगङ्गा नदिको किनार, जगदीशपुर ताल र वरपरका जंगलमा दुई महिना स्वचालित क्यामेरा ट्रयाप राखेर बन्यजन्तुको खोजि… Continue reading

सरस्वतीलाई सम्झेर

Posted on January 8, 2020January 8, 2020 by mysansar

– क्या. जगत नवोदित – ……र हामी पाँच जना अन्जु, महेश, रञ्जना, गणेश र म आफू पढेको स्कुललाई सम्झेर दिक्तेल जाने भयौँ। म बिहानको पाँच नबज्दै कोटेश्वर चोकमा पुगिसकेको थिएँ। महेशले थाहा दियो- गणेशसँग त्यहाँ आइपुग्न अलि समय लाग्छ। म नजिकैको ठेला गाडामा पाक्दै गरेको चिया तिर लम्किएँ। त्यो मिर्मिरे बिहानीको चियासँगै दुई जना कलिला… Continue reading

कस्ता सपनाको के अर्थ हुन्छ?

Posted on December 28, 2019December 27, 2019 by mysansar

-गौतम उदय- हामीले देख्ने सपनाहरुलाई गनेरै यति वटा हुन्छन् भनी नम्बर लाउन त सकिन्न, तैपनि मोटामोटी रुपमा करिब यस्ता प्रकृतिका भनेर निश्चित घेराभित्र पार्न भने सकिन्छ। सपना भनेको नै हाम्रा ५ ज्ञानेन्द्रीयहरु-आँखा, कान, नाक, जिब्रो, छालाले अनुभब गरेका बिषयबस्तुहरुलाई हाम्रो मस्तिष्कले जोडेर भावनात्मक, सम्बेदनात्मक तथा नयाँ ज्ञान (Learning) सम्बन्धि अर्थ लगाउन खोजिरहेको एक प्रक्रिया हो।… Continue reading

बाउआमा मरेपछि अंश लिन मात्र नेपाल जाने

Posted on December 26, 2019December 24, 2019 by mysansar

-श्रवण कुमार- “तिनका बाउ आमा मर्छन्, अनि बल्ल जाने नेपाल आफ्नो अंश लिनलाई। नत्र किन जाने अहिले सबैको नोकर हुनलाई? “, मन्दिरा भाउजूले च्याँठिएर भनिन्। कुरा क्रिसमसको हो, स्थान बाल्टिमोर – अमेरिका। २ वर्षमा मन्दिरा भाउजूमा निक्कै परिवर्तन आएछ। २ वर्ष अघिसम्म सासु ससुरा भनेका हाम्रा आफ्ना जन्मदिने बाउ आमा समान हुन्छन्, उहाँहरुको सेवा गर्नु… Continue reading

मेरी क्रिसमस कि ह्यापी होलिडेज ?

Posted on December 24, 2019December 24, 2019 by mysansar

मधुसूदन आचार्य, क्यानडा क्रिसमस क्रिश्चियन धर्मावलम्बीहरु तथा पश्चिमी देशका वासिन्दाहरुको प्रमुख चाड हो । यो चाड हरेक बर्ष डिसेम्बर महिनाको २५ तारिखका दिन मनाईन्छ । सबैलाई थाहा भएकै कुराहो कि क्रिश्चियन धर्मावलम्बीहरु भगवान् जिसस क्राइस्टको जन्मको रुपमा क्रिसमस चाड धुमधामका साथ मनाउने गर्दछ्न । पश्चिमी देशहरुमा २४ तारिखका दिन अधिकांश अफिसहरु आधा दिनमा नै विदा… Continue reading

एक हजार फोटोबाट सर्वोत्कृष्ट भएका चार फोटो जसले झल्काउँछ ‘सुन्दर नेपाल, खुसी नेपाली’

Posted on December 23, 2019 by mysansar

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको “सुन्दर नेपाल खुसी नेपाली” फोटो प्रतियोगितामा देशभरका २११ फोटोग्राफरले करिब हजार वटा फोटो पठाएका थिए। तीमध्येबाट चार सर्वोत्कृष्ट फोटो छानिएको छ। पाल्पाका मिथुन कुँवरले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको फोटो प्रथम भएको छ। यसैगरी प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको फोटो दोस्रो… Continue reading

एनसेलले जानेबुझेकैलाई त यसरी ठग्न खोज्छ भने अरुलाई के गर्ने होला

Posted on December 23, 2019 by mysansar

-आशिष विष्ट- यो एनसेलले कर तिर्ने, नतिर्ने वा कर छलेको विषयमा ब्लग होइन। म एनसेलको प्रयोगकर्ता हुँ। प्रविधिमा आफूलाई अलि बुझेकै ठान्छु। म जस्तो मान्छेलाई त एनसेलले सीधै ठग्न खोज्यो भने अरु सामान्य मानिसहरुलाई के गर्ने होला भन्ने सोचेर दङ परेको छु। कुरा यसो हो। म एनसेलको प्रयोगकर्ता हुँ। एनसेलको एउटा सिम मैले मेरो एउटा… Continue reading

उपप्रमले दुबईमा भनेको- नेपाल ‘भर्जिन ल्याण्ड’ हो रे ! यसकारण पत्याउन गाह्रो

Posted on December 14, 2019December 14, 2019 by mysansar

– मेघराज सापकोटा/यूएई – – सामान्य भाषामा भर्जिन ल्याण्ड भन्नाले जे रोपे पनि फल्ने, जेमा लगानी गरे पनि नाफा भइहाल्ने भन्ने बुझिन्छ। मात्र लगानी अर्थात् पैसाको जरुरत पर्दछ। लगानीकर्ताले लगानी गरेको पैसा डुब्दैन भन्ने विश्वाश दिलाउन सकियो भने मात्र विदेशीले आएर लगानी गरिदिने हुन्। पैसा डुबाउन वा नोक्सान हुन कसैले पनि लगानी गर्दैन। -विदेशमा बसेर… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 64
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme