Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: mysansar

कपिलवस्तुमा वन्यजन्तुलाई बढ्दो सकस

Posted on January 15, 2020 by mysansar

-प्रशान्त घिमिरे- शाक्यमुनिहरुको राजधानी र गौतम बुद्ध हुर्किएको कपिलवस्तुले धार्मिक सास्कृतिक इतिहासमा मात्रै होइन प्राकृतिक वर्तमान पनि उत्तिकै महत्व राख्छ। घना जंगल, ठुला ताल तलैया र समथल फाटमा समेटिएको कपिलवस्तु जिल्लामा बन्यजन्तुको प्रचुर सम्भावना रहको छ। सन् २०१४/१५ मा बाणगङ्गा नदिको किनार, जगदीशपुर ताल र वरपरका जंगलमा दुई महिना स्वचालित क्यामेरा ट्रयाप राखेर बन्यजन्तुको खोजि… Continue reading

सरस्वतीलाई सम्झेर

Posted on January 8, 2020January 8, 2020 by mysansar

– क्या. जगत नवोदित – ……र हामी पाँच जना अन्जु, महेश, रञ्जना, गणेश र म आफू पढेको स्कुललाई सम्झेर दिक्तेल जाने भयौँ। म बिहानको पाँच नबज्दै कोटेश्वर चोकमा पुगिसकेको थिएँ। महेशले थाहा दियो- गणेशसँग त्यहाँ आइपुग्न अलि समय लाग्छ। म नजिकैको ठेला गाडामा पाक्दै गरेको चिया तिर लम्किएँ। त्यो मिर्मिरे बिहानीको चियासँगै दुई जना कलिला… Continue reading

कस्ता सपनाको के अर्थ हुन्छ?

Posted on December 28, 2019December 27, 2019 by mysansar

-गौतम उदय- हामीले देख्ने सपनाहरुलाई गनेरै यति वटा हुन्छन् भनी नम्बर लाउन त सकिन्न, तैपनि मोटामोटी रुपमा करिब यस्ता प्रकृतिका भनेर निश्चित घेराभित्र पार्न भने सकिन्छ। सपना भनेको नै हाम्रा ५ ज्ञानेन्द्रीयहरु-आँखा, कान, नाक, जिब्रो, छालाले अनुभब गरेका बिषयबस्तुहरुलाई हाम्रो मस्तिष्कले जोडेर भावनात्मक, सम्बेदनात्मक तथा नयाँ ज्ञान (Learning) सम्बन्धि अर्थ लगाउन खोजिरहेको एक प्रक्रिया हो।… Continue reading

बाउआमा मरेपछि अंश लिन मात्र नेपाल जाने

Posted on December 26, 2019December 24, 2019 by mysansar

-श्रवण कुमार- “तिनका बाउ आमा मर्छन्, अनि बल्ल जाने नेपाल आफ्नो अंश लिनलाई। नत्र किन जाने अहिले सबैको नोकर हुनलाई? “, मन्दिरा भाउजूले च्याँठिएर भनिन्। कुरा क्रिसमसको हो, स्थान बाल्टिमोर – अमेरिका। २ वर्षमा मन्दिरा भाउजूमा निक्कै परिवर्तन आएछ। २ वर्ष अघिसम्म सासु ससुरा भनेका हाम्रा आफ्ना जन्मदिने बाउ आमा समान हुन्छन्, उहाँहरुको सेवा गर्नु… Continue reading

मेरी क्रिसमस कि ह्यापी होलिडेज ?

Posted on December 24, 2019December 24, 2019 by mysansar

मधुसूदन आचार्य, क्यानडा क्रिसमस क्रिश्चियन धर्मावलम्बीहरु तथा पश्चिमी देशका वासिन्दाहरुको प्रमुख चाड हो । यो चाड हरेक बर्ष डिसेम्बर महिनाको २५ तारिखका दिन मनाईन्छ । सबैलाई थाहा भएकै कुराहो कि क्रिश्चियन धर्मावलम्बीहरु भगवान् जिसस क्राइस्टको जन्मको रुपमा क्रिसमस चाड धुमधामका साथ मनाउने गर्दछ्न । पश्चिमी देशहरुमा २४ तारिखका दिन अधिकांश अफिसहरु आधा दिनमा नै विदा… Continue reading

एक हजार फोटोबाट सर्वोत्कृष्ट भएका चार फोटो जसले झल्काउँछ ‘सुन्दर नेपाल, खुसी नेपाली’

Posted on December 23, 2019 by mysansar

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको “सुन्दर नेपाल खुसी नेपाली” फोटो प्रतियोगितामा देशभरका २११ फोटोग्राफरले करिब हजार वटा फोटो पठाएका थिए। तीमध्येबाट चार सर्वोत्कृष्ट फोटो छानिएको छ। पाल्पाका मिथुन कुँवरले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको फोटो प्रथम भएको छ। यसैगरी प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको फोटो दोस्रो… Continue reading

एनसेलले जानेबुझेकैलाई त यसरी ठग्न खोज्छ भने अरुलाई के गर्ने होला

Posted on December 23, 2019 by mysansar

-आशिष विष्ट- यो एनसेलले कर तिर्ने, नतिर्ने वा कर छलेको विषयमा ब्लग होइन। म एनसेलको प्रयोगकर्ता हुँ। प्रविधिमा आफूलाई अलि बुझेकै ठान्छु। म जस्तो मान्छेलाई त एनसेलले सीधै ठग्न खोज्यो भने अरु सामान्य मानिसहरुलाई के गर्ने होला भन्ने सोचेर दङ परेको छु। कुरा यसो हो। म एनसेलको प्रयोगकर्ता हुँ। एनसेलको एउटा सिम मैले मेरो एउटा… Continue reading

उपप्रमले दुबईमा भनेको- नेपाल ‘भर्जिन ल्याण्ड’ हो रे ! यसकारण पत्याउन गाह्रो

Posted on December 14, 2019December 14, 2019 by mysansar

– मेघराज सापकोटा/यूएई – – सामान्य भाषामा भर्जिन ल्याण्ड भन्नाले जे रोपे पनि फल्ने, जेमा लगानी गरे पनि नाफा भइहाल्ने भन्ने बुझिन्छ। मात्र लगानी अर्थात् पैसाको जरुरत पर्दछ। लगानीकर्ताले लगानी गरेको पैसा डुब्दैन भन्ने विश्वाश दिलाउन सकियो भने मात्र विदेशीले आएर लगानी गरिदिने हुन्। पैसा डुबाउन वा नोक्सान हुन कसैले पनि लगानी गर्दैन। -विदेशमा बसेर… Continue reading

भारतीय राजदूतले त मानेनन् रे लौ, नेपाली राजदूतले चाहिँ किन लिन नमानेको सीमा अतिक्रमणको विरोधमा ज्ञापन पत्र लिन?

Posted on December 9, 2019December 9, 2019 by mysansar

-सन्तोष न्यौपाने/बेल्जियम- बेल्जियममा केही समयअगाडि नेपालीहरुले भारतीय दूतावासअगाडि गएर भारतले नेपालमा गरेको सीमा अतिक्रमणको विरोधमा प्रदर्शन गरे। भारतीय राजदूतले त्यतिबेला ज्ञापन पत्र लिन नमानेपछि पोस्टबक्समा खसालिएको थियो। जुन संस्थाले यो कार्यक्रमको आयोजना गरेको थियो, त्यही संस्थाले सोमबार बेल्जियमको नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो। तर भारतीय राजदूतले जस्तै नेपाली राजदूत लोकबहादुर थापाले पनि… Continue reading

थुक्क! मेरो सपनाको अमेरिका!!

Posted on December 7, 2019 by mysansar

-हरि घिमिरे, भर्जिनिया- सागर त्यसबेला सुखी परिवारको अभिभावक। छोरा र छोरी विज्ञान विषय लिएर आइ.एस्सी. उत्तीर्ण गरेका। श्रीमती कलेजमा पढाउने। आफू पनि सरकारी कलेजको कमर्शको प्राध्यापक,बोर्डिङ् स्कूलको संस्थापक, निजी कलेजको प्रिन्सिपल। कुनै कमी थिएन जीवन सञ्चालन गर्ने पद्धतिमा। सागरलाई अमेरिका जाने धून चढ्यो। उसले कयौं प्रयास गर्‍यो। तर सफल हुन सकेको थिएन। आफ्ना सम्पूर्ण नजिकका… Continue reading

शीर्षकमात्र पढ्ने बानीले यस्तोसम्म गर्‍यो

Posted on November 27, 2019November 27, 2019 by mysansar

– सन्तोष न्यौपाने/बेल्जियम – तपाईं कुनै पनि समाचारको शीर्षक मात्रै हेरेर प्रतिक्रिया जनाउनुहुन्छ वा भित्रको गुदी पनि पूरा पढ्नुहुन्छ? हिजोआज फेसबुक चलाउनेको जमात थुप्रो छ।चाहे देशमा होस वा विदेश। अझ पछिल्लो समय यो जमात कुनै न्युजपोर्टलले सेयर गरेको समाचारमा प्रतिक्रिया दिन उत्तिकै अग्रसर पनि देखिन्छ। प्रतिक्रिया समाचार पूरै पढेर दिइएको भने हुँदैन। केवल समाचारको शीर्षक… Continue reading

ब्रसेल्सको भारतीय दूतावासअगाडि नेपालीको प्रदर्शन, राजदूत भेट्न नपाएपछि पोस्टबक्समा ज्ञापन पत्र

Posted on November 19, 2019 by mysansar

-सन्तोष न्यौपाने/बेल्जियम- बेल्जियमका नेपालीहरुले ब्रसेल्सस्थित भारतीय दूतावास अगाडि सीमा अतिक्रमणको विरोध गरेका छन्। दुतावास अगाडि सोमबार दिउँसो उनीहरुले नाराबाजी र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा बेल्जियमस्थित संघसंस्थाका प्रतिनिधि तथा नेपालीहरुको उपस्थिति थियो। “कालापानी,लिपुलेक,लिम्पियाधुरा नेपालको हो”,नेपाललाई गरिने हस्तक्षेप बन्द गर जस्ता प्ले कार्ड प्रदर्शन गरिएको थियो।

सन्दीपलाई पोलार्डले छक्का हान्दा हात उठाउने नेपाली अम्पायर

Posted on November 18, 2019 by mysansar

-गोविन्दराज नेपाल- युएईमा भइरहेको अबुधावी टी १० लिगमा दुई नेपाली खेलाडीले खेलिरहेका छन्। दुवैको लागि आजको दिन सुखद रहेन। आजको खेलमा सन्दीप लामिछाने आवद्ध टिम कर्नाटका टस्कर्स पराजित भयो। सन्दीपले धेरै रनको चुटाइ खाए, विकेट पनि लिन सकेनन्। अर्का खेलाडी पारस खड्का भने अबुधाबीको पहिलो रोजाइमै परेनन्। नेपालका दुई पुस्ताका दुई चर्चित खेलाडी अहिले युएईमा… Continue reading

भोलि ब्रसेल्सको भारतीय दूतावासअगाडि सीमा अतिक्रमणको विरोधमा प्रदर्शन हुँदै

Posted on November 17, 2019 by mysansar

-सन्तोष न्यौपाने/बेल्जियम- बेल्जियमका नेपालीहरुले ब्रसेल्सस्थित भारतीय राजदूतावास अगाडि सोमबार दिउँसो सीमा अतिक्रमणको विरोधमा प्रदर्शन गर्ने तथा ज्ञापन पत्र बुझाउने भएका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरा मात्रै नभई देशका विभिन्न मिचिएको सीमाको विरोधमा पनि प्रर्दशन गर्न लागिएको छ। ज्ञापन पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै यो समस्या तत्काल समाधान गर्न र सीमा अतिक्रमण लगायत सीमामा… Continue reading

दराजले सेलको नाममा यसरी झुक्यायो

Posted on November 16, 2019 by mysansar

-भूपध्वज कार्की- दराजले नोभेम्बर ११ अर्थात् ११.११ सेलका रुपमा भव्य प्रचार गरी सेल कार्यक्रम गरेको थियो। भन्नलाई ठूलो छुट भने पनि मूल्य आकासिने राखेर त्यसमा डिस्काउन्ट देखाएर मूल्य उस्ताउस्तै वा अझ महँगो राखेर झुक्याएको बारेमा सामाजिक सञ्जालमा प्रशस्तै आलोचना भए। मेरो भोगाइ भने अलि फरक छ। ११.११ को दिन दराजमार्फत् अनलाइन सपिङ गर्ने क्रममा मलाई… Continue reading

पोर्चुगलमा नेपालको सरकारी छाप नै कीर्ते ! कतिसम्म गर्न सकेका !

Posted on November 2, 2019November 3, 2019 by mysansar

-सन्तोष न्यौपाने,बेल्जियम- पोर्चुगलको राजधानी लिस्वनमा नेपाल परराष्ट्र मन्त्रालय र यातायात ब्यबस्था विभागको छाप किर्ते गरेर कागजपत्र बनाउने गरेको खुलासा भएको छ। धादिङ घर भई पोर्चुगल बस्दै आएका एक नेपालीले कागजपत्र प्रमाणितको लागि वाणिज्य दूतावासमा जाँदा पो बल्ल यस्तो हुने रहेछ भन्ने थाहा भएको हो। प्रमाणीकरण गर्नका लागि नेपालको सवारी साधन अनुमति पत्रको विस्तृत कागजपत्र ती… Continue reading

विदेशमा बस्ने म जस्ता देश भक्तहरु

Posted on October 17, 2019October 20, 2019 by mysansar

-अज्ञात- सधैं झैं यस पटकको दशैँ तिहार जमघटमा धेरै नेपालीहरुसँग भेटघाट भयो। नेपालीको जमघटमा दुईवटा कुरा छुटेको हुँदैन- पहिलो कुरो र क्सी र दोश्रो कुरो राजनीतिक गफ। सानो जमघट होस् या ठूलो, नेपालको राजनीतिको कुरा जहिले पनि गफको केन्द्रमा हुन्छ। नेपालको अहिलेको राजनीतिको विषयमा विदेशमा बस्ने म सहित प्राय: सबैको तर्क एउटै हुन्छ- अहिलेका नेताहरु… Continue reading

कसरी गर्ने कार्यालयमा खाली समयको सही सदुपयोग?

Posted on September 23, 2019 by mysansar

-प्रतिभा थापा- अहिलेको भागदौड र प्रतिस्पर्धी जिन्दगी, सास फेर्ने फूर्सद छैन। सबैका लागि समय बहुमूल्य छ। तर पनि यदाकदा काम वा व्यस्तताका बीच खाली समय आउन सक्छ। थकित अहिलेका युवा पुस्ता हामी, यस्तो समयमा के गर्ने सोच्दासोच्दै बित्छ। हामीसँग ठोस उपाय वा योजना पनि हुँदैन, कार्यालयमा खाली समयको सही सदुपयोग गर्ने। प्रायः त्यस्ता समय उसै… Continue reading

पुरानो फोटो पठाएर नयाँ पर्यटन मन्त्रीलाई झुक्याउँदै चाकडी कसले बजाएछ?

Posted on September 12, 2019September 12, 2019 by mysansar

-सन्तोष न्यौपाने/बेल्जियम- नयाँ पर्यटन मन्त्री योगेश भट्टराईले बुधबार आफ्नो भेरिफाइड फेसबुक पेजमा दुई वटा फोटो राख्दै लेखे- ‘ब्रसेल्समा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार। धन्यवाद मित्रहरुलाई।’ फोटो र त्यसमा लेखिएको विवरणहरु हेर्दा भर्खरै ब्रसेल्समा यसरी प्रचार गरिएको झैँ भान हुन्छ। तर त्यो सत्य हैन। खासमा यो पुरानो फोटो हो। चार महिना पुरानो फोटो।

सरकारी वेबसाइटमा ‘क्याप्टेन मार्भल’ र ‘गल्ली ब्वाई’ : लापरवाहीको हद

Posted on September 4, 2019September 4, 2019 by mysansar

-महेश दाहाल, तुसार खतिवडा- कानुनले नेपाली तथा विदेशी फिल्म तथा सफ्टवेयरको पाइरेसी, चोरी तथा गैरकानुनी बिक्री वितरणमा रोक लगाएको छ। कानुन पालना गराउने काम सरकारको हो। तर नेपाल सरकारकै आधिकारिक वेबसाइटबाटै गैरकानुनी सफ्टवेयर र टोरेन्टमार्फत् चोरिएका फिल्म वितरण भयो भने नि? सुन्दा अचम्म र असम्भव लाग्न सक्छ। तर हामीले यस्तै भेट्टायौँ। हलिउड फिल्म क्याप्टेन मार्भल,… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 63
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme